`

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

लुम्बिनी । आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको

सहयोग अपरिहार्य भएको बताउनुभयो । विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी आउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिने बताउनुभयो । बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । हिजो साँझ देखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ ।

आज बिहान अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थना तथा शोभायात्रा भएको छ । लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलङ्का त्रिदेशीय मोटरसाइकल यात्रासमेत प्रारम्भ गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले राससलाई बताउनुभयो ।

सभामुख घिमिरद्वारा उँभौली पर्वको शुभकामना

काठमाडौँ, जेठ १० गते । सभामुख देवराज ले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित शुभकामना व्यक्त गनुभएको छ ।

सभामुख घिमिरले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो ।

“नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो”, सभामुख घिमिरेले सन्देशमा उल्लेख गर्नुभएको छ । हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बँेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन् । उँभौली विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ ।

वन डढेलो र फँडानीले जैविक विविधता संरक्षणमा चुनौती

कञ्चनपुर । वन डढेलो, अतिक्रमण, फँडानी, चोरी सिकारीलगायत विविध कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका छन् । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित कृष्णबैजनाथ बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजना गरेको जलवायु परिवर्तनका प्रभावदेशमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा वन अतिक्रमण भएको चर्चा गर्दै उनले त्यसबाट वन्यजन्तुको बासस्थान तथा सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको बताए ।

“पृथ्वीको तापक्रम बढ्दै जाँदा जलवायु परिवर्तनको असर यहाँ पनि देखिन थालेको छ” उनले भने, “तराईमा मात्र पाइने वनस्पती र जीवजन्तु हाल पहाडी क्षेत्रमा पनि भेटिन थालेका छन् । ”

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले जैविक विविधता संरक्षणका लागि विद्यालयस्तरबाटै चेतना जगाउनुपर्ने धारणा राखे ।

क्याम्पसका उपप्रमुख भवराज निरौलाले निकुञ्ज, संरक्षित क्षेत्रलगायत प्राकृतिकस्थलमा बस्ने जीवजन्तुलाई मात्र संरक्षण गरेर नहुने भएकाले चरन क्षेत्रमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनप्रति पनि धयान दिनुपर्ने बताए ।
क्याम्पस व्यवस्थापन समितिका सदस्य शेरबहादुर साउदले वन माथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिए ।

गाजामा हवाइ आक्रमण : दुई हमास नेतासहित पाँच लडाकुको मृत्यु

तेल अभिभ। हमासको ट्यांक प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् ।उनले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ)विरुद्ध आक्रमण र आतंकवादी षड्यन्त्रको नेतृत्व गरेका थिए । इजरायलको आतंकवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका सूचना प्रणाली प्रमुख फदी सलिमसहित पाँच हमास लडाकु मारिएका छन् ।

लक्ष्य निर्देशित गर्न सकिने र अधिक विस्फोटक शक्ति भएकाले एन्टी–ट्यांक मिसाइलहरू आईडीएफ एकाइहरूका लागि रकेटभन्दा बढी खतरनाक हुन्छन् । यसबाहेक, इजरायली वायु सेनाका लडाकु विमानहरूले आईडीएफ दक्षिणी कमान्ड र इन्टेलिजेन्स विङको निर्देशनमा उत्तरी गाजा पट्टीको डार्ज टफाह क्षेत्रको फाहमी अल्जेरजावई विद्यालय परिसरबाट सञ्चालन गरिरहेका पाँच हमासलाई मारेका थिए ।गाजाको जनसंख्यालाई आफ्नो अनुकुल प्रयोग गर्दा हमासले नागरिकहरूलाई सुरक्षा कवचका रूपमा प्रयोग गरेको र खान युनुसको कारबाहीमा हमास नेताको मृत्यु हुनुले यसलाई पुष्टि गरेको आईडीएफले जनाएको छ ।

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पू्रा

राँझा (बाँके), जेठ १० गते । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ ।

पूर्वी अफ्रिकामा भारी वर्षा, बाढीले १६ लाख मानिस प्रभावित

नैरोबी। भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घको राहत एजेन्सीले बुधबार जनाएको छ ।

राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले मे १७ सम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा चार सय ७३ जनाको ज्यान गएको र झण्डै चार लाख १० हजार तीनसय ५० मानिस विस्थापित भएको बताइएको छ ।

यस क्षेत्रभरका मानवीय एजेन्सीहरूले खोज र उद्धार कार्यमा सरकारलाई सहयोग गर्न जारी राख्ने र आवश्यकता मूल्याङ्कनहरू सञ्चालन गर्ने, उपलब्ध स्टकहरू पूर्व–स्थितिमा राख्ने र तत्काल सहायता उपलब्ध गराउने ओसिएचएले बताएको छ ।

केन्याको राजधानी नैरोबीमा जारी गरिएको बाढीको अपडेटमा भनिएको छ, “भारी वर्षा र बाढी फैलिएपछि प्रतिक्रिया मापन गर्न थप कोष आवश्यक छ ।”

सभापति देउवाद्धारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उहाँले हाम्रो देश अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन नसकेको बताउँदै मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

“शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस्, सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउँन्”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

आज बिहानदेखि भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भए

वीरगञ्ज (पर्सा)। भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उहाँले जानकारी दिनुभयो ।

“दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उहाँले भन्नुभयो । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो । उहाँले आजकै दिन स्वाँया पुन्हिः, उँभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिनुभएको छ ।

भगवान् गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–जस्तो वीरलैको त्रिसंयोग एकै दिन अर्थात् वैशाख पूर्णिमामा भएकाले यो दिवसको अत्यन्तै ठूलो महत्व रहेको उहाँको भनाइ छ । “गौतमबुद्धले ३६ वर्ष उमेरमा दिनुभएको पञ्चशीलका उपदेशहरु ः चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु–अजम्बरी मात्रै छैनन्, आज पनि उत्तिकै समय सान्दर्भिक छन् । यी उपदेशहरुलाई हामी सबैले अनुशरण, अनुकरण र आत्मसात गर्दै आ–आफ्नो जीवन पथमा अग्रसर हुन अति आवश्यक छ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने मान्यता राख्नेहरुमा अन्य धर्मका मानिस पनि उत्तिकै भएको उहाँको भनाइ छ । “सिङ्गो मानव जातिका लागि गौतमबुद्धका वाणी, त्याग, तपस्या र सङ्घर्ष सर्व–धर्म र सर्व–सम्प्रदायमा मूलसूत्रका रुपमा व्याप्त छन् । सत्ता र वैभव समस्या समाधानका लागि पूर्ण हुने धेरैको भ्रमलाई चिर्न भगवान बुद्ध सफल हुनुभएको एउटा सत्य र यथार्थ पनि हो”, सन्देशमा भनिएको छ ।

बुद्ध जयन्तीका अवसरमा बुद्धसँग सम्बन्धित पवित्रस्थलमा दीप प्रज्जवलित गर्ने, रङ्गीन पताकाहरुले झकिझकाउ बनाउने र बुद्धको शिक्षामा आधारित जीवन जिउने सङ्कल्प लिने परम्परा रहिआएको छ । यसले मौलिक सांस्कृतिक पक्ष र जीवन सूत्रको महत्वलाई दर्शाउँदछ ।

गौतम बुद्धको जन्म सिद्धार्थ गौतमका रुपमा झण्डै ५६३ इसा पूर्व नेपालको लुम्बिनीमा हुनुले नेपालको संस्कृतिमा बौद्ध धर्मको अतूलनीय योगदान हाम्रा लागि मौलिक तथा ऐतिहासिक पक्ष भएको उहाँले बताउनुभयो । “अहिंसाको अवधारणा बौद्ध धर्मको प्रमुख योगदान त हुँदै हो, नेपालको कला एवं वास्तुकलामा बौद्ध धर्मको उल्लेख्य योगदान पनि उत्तिकै छ”, उहाँले भन्नुभयो ।

बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरुले मात्रै होइन हिन्दू धर्मावलम्बीहरुले पनि उत्तिकै श्रद्धाका साथ मनाउने गर्छन् । यो भनेको हाम्रोजस्तो बहुधार्मिक मुलुकमा परस्परा धार्मिक घुलनशीलता र सहिष्णुताको विशिष्ट उदाहरण हो । यसबाट कुनै पनि धर्मले अन्य धर्मप्रति सदाचार, सद्भाव र समभाव कायम राख्ने पवित्र सन्देश प्रवाह गरेको हुन्छ ।

“यो हामी सबैका लागि अत्यन्तै मननीय छ । बुद्ध पूर्णिमा (बुद्ध जयन्ती) पर्व गौतम बुद्धका आदर्शहरु तथा धर्मको मार्गमा हिँड्ने प्रेरणा प्रदान गर्दछ । यो पर्व सबैलाई शान्तिको सन्देश पनि दिन्छ । यस पर्वका अवसरमा बौद्ध धर्मका अनुयायीहरुले भगवान् बुद्धका पवित्र तथा धार्मिकस्थलमा गई मौलिक परम्पराअनुसार पूजापाठ गर्नु, बोधीवृक्षमा पूजा गर्नु, दियो बाल्नु, दूध र इत्र मिश्रित पवित्र जल चढाउनु, सरसौँको तेल हालेको दियो पीपलको बोट मुनि बाल्नेजस्ता अनुष्ठान यो धर्मको अर्को मौलिक संस्कृति र पहिचान हो”, शुभकामना सन्देशमा भनिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा उँभौली पर्वको शुभकामना

काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति र समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पूर्वराष्ट्रपतिले भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

उँभौली पर्वले सम्पूर्ण नेपालीहरूलाई आपसमा एक भएर सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना उहाँले सन्देशमा गर्नुभएको छ ।उँभौली किरात समुदायद्वारा वैशाख शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति (भूमि)को पूजा गरी मनाइने विशिष्ट चाड हो ।

शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनुभएको छ ।विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिनुभएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूले आमनेपाली जनताको सकारात्मक भूमिकाको अपेक्षा गरेको उहाँले बताउनुभयो । “आजका सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ”, शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गर्नुभएको छ । उहाँले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ ।

राष्ट्रपति पौडेलद्धारा उभौली पर्वको शुभकामना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरूले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पु¥याउने बताउनुभएको छ ।किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले पर्वहरूले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताउनुभएको हो ।

“हाम्रा पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पु¥याउँछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भन्नुभएको छ, “उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्य रूपमा मनाउने गर्दछन् । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस् भन्ने कामना गरेर तथा प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेर यो पर्व मनाउँदछन् ।साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ ।

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको छ ।

आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौँ। शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।

अस्ट्रेलियामा पहिलोपटक मान्छेमा देखियो बर्ड फ्लु

सिड्नी,जेठ ९-अस्ट्रेलियामा बर्ड फ्लु पनि भनिने एभियन इन्फ्लुएन्जा पहिलो मानवमा सरेको पाइएपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ। भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५ एन–१’ एभियन इन्फ्लुएन्जा यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो।

गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्ण रूपमा निको भइसकेका छन्। यो रोग मानिसबीच सजिलै नसर्ने भएकाले स्वास्थ्य विभागले राज्यभर उक्त संक्रमणको फैलावटको कुनै प्रमाण नभएको र थप मानिसलाई सर्ने सम्भावना धेरै कम रहेको बताएको छ।

मेलबर्नबाट करिब ८० किलोमिटर पश्चिममा रहेको ग्रामीण टाउनसिप मेरिडिथ नजिकैको अन्डा फार्ममा कुखुरामा एभियन इन्फ्लुएन्जा भाइरस भेटिएको थियो। उक्त संक्रमण मानवको संक्रमणसँग सम्बन्धित नभएको परीक्षणले देखाएको छ। एजेन्सीले विज्ञप्तिमा भन्यो, “कुखुरापालकहरू, घरपछाडिको समुदाय र पक्षी मालिकहरूलाई अपरिचित पक्षीहरूको मृत्युको कुनै पनि घटना रिपोर्ट गर्न आग्रह गरिएको छ।”

फिलिपिन्समा दैनिक ५५ नयाँ एचआईभी केस दर्ता भएपछि …

मनिला । फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला परेका छन् । यो विश्वमा सबैभन्दा उच्च भएको फिलिपिन्सका स्वास्थ्य सचिव टियोडोरो हर्बोसाले बताए ।

हर्बोसाले किशोरकिशोरीहरूमा केसहरू बढी रहेको उल्लेख गर्दै सबैभन्दा कान्छो सङ्क्रमित १५ वर्षका रहेको जानकारी दिए ।

‘हामीसँग लगभग ५९ हजार मानिस एचआईभीसँग बाँचिरहेका छन् । करिब एक लाख ३० हजार अवस्थित केसहरू अनुमान गरिएको छ । यो अझै पनि एक करोड १० लाख जनसङ्ख्या भएको यो मुलुकका लागि लागि कम हो तर नयाँ मामिलामा योभन्दा धेरै छ, एक दिनमा ५५ नयाँ मामिला, हामी विश्वमा सबैभन्दा माथि छौँ’, उनले भने ।

उनले सक्रिय युवालाई सङ्क्रमण पत्ता लगाउन परीक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए । विशेषगरी प्रयोगशील र जिज्ञासु किशोरकिशोरीहरू बीच अझ राम्रो र प्रभावकारी सूचना अभियानका लागि स्वास्थ्य विभाग (डिओएच) सँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

डिओएचको तथ्याङ्कअनुसार सन् २०२१ देखि मासिकरूपमा रिपोर्ट गरिएका नयाँ एचआईभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । सन् २०२१ मा रिपोर्ट गरिएको औसत एक हजार २७ मासिक केसबाट बढेर सन् २०२२ मा एक हजार दुई सय ४५ मासिक केसहरूमा पुगेको छ । सन् २०२३ को चौथो त्रैमासिकसम्म प्रतिमहिना नयाँ रिपोर्ट गरिएका केसहरूको औसत सङ्ख्या थप बढेर एक हजार चार सय ३८ पुगेको छ ।फिलिपिन्सले सन् १९८४ जनवरीदेखि सन् २०२३ डिसेम्बरसम्म आफ्नो पहिलो केस पत्ता लगाएदेखि डिओएचले एक लाख २६ हजार तीन सय ७८ मामिला र सात हजार दुई सय ३३ जनाको एचआईभीबाट मृत्यु भएको जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिमा सुधार, कुन प्रदेशको योगदान कति ?

काठमाडौँ । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, कोशीको १५ दशमलव आठ, लुम्बिनीको १४ दशमलव तीन, मधेसको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान गरिएको छ । जिडिपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब चार दशमलव तीन प्रतिशत बराबर मात्रै रहने अनुमान तथ्याङ्क कार्यालयले गरेको छ ।

कार्यालयका अनुसार गत आव २०७९÷८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा परिवर्तन भएको छ । ‘गत वर्षको तुलनामा कूल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ’, तथ्याङ्क कार्यालयले भनेको छ ।

चालु आव २०८०/८१ मा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु ५७ खर्ब पाँच अर्ब हुने अनुमान गरिएको छ । देशको शासन प्रणालीमा भएको परिवर्तन पछि प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक विभेदलाई न्यून गर्न आवश्यक नीति निर्माणका लागि तथ्याङ्क कार्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

अर्थतन्त्रको प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ ।

चालु आवको प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा चार दशमलव ५५ र लुम्बिनीमा चार दशमलव ०५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ ।

त्यस्तै, कोशीको आर्थिक वृद्धिदर तीन दशमलव ५१, मधेसको तीन दशमलव ७८, बागमतीको तीन दशमलव ९६ र सुदूरपश्चिमको चार दशमलव ४१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशमा तीन दशमलव ३९ प्रतिशत बराबर मात्रै हुने प्रारम्भिक अनुमान छ ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।

तथ्याङ्क कार्यालयका अनुसार सबै प्रदेशमा आव २०७८/७९ को वृद्धिदरभन्दा आव २०७९/८० को वृद्धिदर कम देखिएको छ भने आव २०७९/८० को वृद्धिदरभन्दा आव २०८०/८१ को वृद्धिदर धेरै रहेको देखिएको छ ।

कोशी प्रदेश कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु नौ खर्ब तीन अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु आठ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

मधेस प्रदेशको चालु आवका लागि करिब रु सात खर्ब ४८ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु सात खर्ब तीन अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार बागमती प्रदेशको जिडिपी चालु आवमा करिब रु २० खर्ब ७५ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको कूल गार्हस्थ्य उत्पादन चालु आवमा रु पाँच खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु चार खर्ब ८४ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु आठ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु सात खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन चालु आवमा करिब रु दुई खर्ब ४४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु दुई खर्ब २९ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु चार खर्ब चार अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु तीन खर्ब ८१ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन

काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ जनाले आवेदन दिएका छन् । आयोग अध्यक्षका लागि आजसम्म आवेदन दिने अन्तिम दिन थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा रामप्रसाद धिताल, मोतीबहादुर बँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह सायद, अर्जुनजङ्ग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिनुभएको छ ।

त्यस्तै सदस्यका लागि जयराम भण्डारी, चूडामणि चापागाईँ, डा मधुसुदन अधिकारी, सुरेशबहादुर भट्ट, भागीरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिनुभएको छ ।

मन्त्रालयले गत वैशाख २६ गते १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना आह्वान गरेको थियो । सूचनाअनुसार, एक अध्यक्ष र तीन सदस्यका लागि आवेदन दिन भनिएको थियो । मुलुकको ऊर्जा क्षेत्रको नियमन गर्ने निकायका रुपमा आयोग क्रियाशील छ । आयोगका अध्यक्ष र सदस्यको कार्यावधि पाँच वर्षको रहेको छ ।

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन । २५६८ औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आज आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धले शाश्वत वाणीहरू विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए ।

“बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।”

लुम्बिनी आउँदा आफूलाई सँधै खुशी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए । उनले भने, “नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलको रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त गरेको छ ।”

सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए । नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे ।

“हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन,” प्रधानमन्त्री प्रचण्डले भने, “यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ ।” परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीन कालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस–सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पारे ।

“हाम्रा जनताको आकांक्षाअनुसार नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उपलब्ध अवसरहरूको सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीको लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ ।”

श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल

काठमाडौँ । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि आज महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा भएको त्रिपक्षीय छलफलपछि पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा चिनी मिलका तर्फबाट हितेश गोल्छा र विशाल अग्रवाल, किसान सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार यादव तथा मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख रहनुभएको छ ।

मन्त्री भण्डारीले बजेट अगाडि सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि ठोस योजना ल्याउन आग्रह गर्नुभयो । उहाँले उद्योगलाई अन्यत्र सार्नुभन्दा सोही स्थानमा सञ्चालन गर्न सुझाव दिनुभयो ।

एक हप्ताभित्र सो उद्योगका समस्याको टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सरोकारवालासित आग्रह गर्नुभयो । “बन्द उद्योग सञ्चालन गर्ने सरकारको उदेश्य छ, हामी यो चिनी मिललाई बन्द गर्न वा सार्न भन्दैनौँ, बरु सञ्चालनका लागि के गर्न सकिन्छ त्यसमा मन्त्रालयबाट आवश्यक सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।

मिल सञ्चालनका लागि गर्नुपर्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग आवश्यक सहजीकरणका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ठाउँ सारेर कुनै फाइदा हुँदैन, बरु त्यही ठाउँमा सञ्चालनको वातावरण बनाउन म तयार छु, प्रधानमन्त्री र अर्थमन्त्रीसँग यस विषयमा कुरा गर्नुपरे सरोकारवालासहित म पनि छलफलका लागि जाउँला ।”

छलफलमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सांसद विनादेवी साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, कल्याणी खड्कालगायतले बन्द उद्योग सञ्चालन गर्नका लागि मन्त्री भण्डारीलाई मन्त्रालयका तर्फबाट आवश्यक पहलकदमीका लागि आग्रह गर्नुभयो ।

उहाँहरुले उक्त उद्योग अन्यत्र सारिए रौतहटका किसानले चर्को आन्दोलन गर्ने चेतावनी दिइसकेकाले अहिले रहेकै ठाउँमा सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले मिल अन्यत्र सारेर लग्न नदिइने पनि बताउनुभयो । सभापति खानले सोही स्थानमा उद्योग सञ्चालनका लागि स्थानीय किसानबाट हुने सबै किसिमको सहयोग जुटाउने प्रतिबद्धता जनाउनुभयो । उद्योग बन्द हुँदा धेरैको रोजगारी गुमेको र त्यही स्थानमा सञ्चालन हुँदा स्थानीय जनताले थुप्रै अवसर पाउने उहाँहरुको भनाइ छ ।

छलफलमा उद्योग सचिव कृष्ण राउत, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिइओ)लगायत स्थानीय सरोकारवाला र उद्योगका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

विसं २०४९ सालमा स्थापित सो उद्योग २०७७ सालदेखि बन्द अवस्थामा रहेको छ । झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योगको नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गर्नुभएको छ । जग्गाको भने लिलाम गरिएको छैन ।

अग्रवालले मिल अन्यत्र जिल्ला सार्न खोजेपछि स्थानीय किसान सङ्घर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका छन् । किसानले सोही ठाउँमा मिल सञ्चालन गर्न दबाब दिँदै आएका छन् । मिल सञ्चालनका विषयमा विभिन्न चरणमा छलफल तथा वार्ता गरिए पनि सार्थक हुन सकेको छैन ।

पशुपतिको वनकालीमा साउनभर कोटीहोम महायज्ञ हुने

काठमाडौँ, जेठ ९ गते । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।

उक्त महायज्ञ आगामी साउनभर चल्ने श्रीमदभागवत कथा पुराण प्रवक्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले जानकारी दिनुभयो । हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानवजातिको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उहाँले बताउनुभयो । नेपाल अध्यात्म भूमि हो । यस तपोभूमिबाट योग, ध्यान, प्रणाम धर्म, ज्ञान, साधना र विज्ञानको महत्व विकास भएकाले हो भन्ने जानकारी र सन्देशसमेत जनजनमा पुर्याउने महायज्ञको ध्येय रहेको छ ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकले जनाएका छन् । मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । महायज्ञ अवधिभर जगद्गुरु, साधुसन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । विभिन्न गुरुबाट नित्य हवन, पूजा, आरती र भजनकीर्तन हुने आयोजकले जनाएको छ ।

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी हुनभएको थियो ।
मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गर्नुभयो । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न जानुभएको थियो । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताउनुभयो । “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दु:ख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।”

मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताउनुभयो । शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो ।

अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए । अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोध्नुभएको थियो । औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाउनुभएको थियो ।

मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिनुभयो । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गर्नुभएको थियो ।

डा भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिनुभयो । “औषधीको अभाव छ, हामी स्वीकार गर्छौं”, उहाँले भन्नुभयो, “दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।”मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिनुभएको थियो ।

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उहाँले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै गएकाले यस्ता समस्या न्यूनीकरणका लागि साझा प्रयत्न जरूरी छ भन्नुभयो ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले नेपालजस्ता मुलुकको पर्वतीय क्षेत्रमा नकारात्मक असर परिरहको भन्दै सहभागीको ध्यानाकर्षण गराउनुभयो । पृथ्वीको बढ्दो तापमान वृद्धिले जलवायु परिवर्तनको समस्या अझै बढ्नसक्ने भन्दै उहाँले तापमान वृद्धि एक दशमल पाँच डिग्री सेल्सियसमा सीमित राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । “जलवायु परिवर्तनले ल्याएका समस्या अझै बढ्ने अवस्था छ । यसबाट हिमाली क्षेत्रमा बढी असर गरिरहेकाले त्यहाँको जनजीवन अझै कठिन बन्दै जाने देखिन्छ,” उहाँले भन्नुभयो, “यसर्थ विश्व समुदाय नै तापमान वृद्धि रोक्न एकजुट भए लाग्न जरुरी छ ।”

जलवायु परिवर्तनका असरले हिमाली भेगका समुदाय, त्यहाँको परिस्थितिकीय प्रणाली, कृषि, वन्यजन्तुलगायतमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले न्यूनीकरण र अनुकूलनको तयारीमा नजुटे अझै बढी असर पर्ने धारणा राख्नुभयो ।

जलवायु परिवर्तनको असरका कारण विपद्जन्य घटना बढ्न सक्ने र समयमा नै सबै क्षेत्र सजक रहेर जलवायुको असर न्यूनीकरणमा लाग्नुपर्ने उहाँको भनाइ थियो । “जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूले न्यून भूमिका खेले पनि यसको असर सबैभन्दा बढी हाम्रै हिमालमा परेको छ, हिमालका हिउँ पग्लिँदै छन्, हिमताल विस्फोट हुने खतरा बढ्दैछ”, उहाँले भन्नुभयो, “तसर्थ अब जलवायु न्यायका लागि हामीले आवाज उठाउनुपर्छ, जलवायु परिवर्तनको असर सम्बन्धमा सबैको एउटै साझा आवाज हुनुपर्छ ।”

सङ्घद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण

काठमाडौँ, जेठ ९ गते । नेपाल नेत्रज्योति सङ्घले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन संस्थाको आर्थिक सहयोगमा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ ।

कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीलाई धुवाँ, धुलो तथा घामको समस्याबाट जोगाउन सङ्घले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई हजार चस्मा हस्तान्तरण गरेको हो । आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष प्रा.डा.चेतराज पन्त र ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले संयुक्तरुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई ती चस्मा हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा सङ्घका अध्यक्ष पन्तले बढी समय धुवाँ, धुलो र प्रत्यक्ष प्रकाशका किरणमा सेवा गर्नुपर्ने ट्राफिक प्रहरीका आँखामा समस्या आउन नदिन चस्माले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि पनि सवारी चालकको नियमित आँखा परीक्षण गरिनुपर्ने र यसकार्यमा सङ्घलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक प्रहरीको समस्या बुझी उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीका लागि चस्मा हस्तान्तरण गरेकामा सङ्घ र ह्याल्पिङ ह्यान्डलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष श्रेष्ठले दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन र सुरक्षामा निरन्तर सेवा प्रवाह गर्नुहुने ट्राफिक प्रहरीहरुको आँखाको सुरक्षाका लागि आफ्नोतर्फबाट केही सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले यस प्रकारका सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सङ्घका सचिव वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र, ह्याल्पिङ ह्यान्डका देशीय निर्देशक पशुराम दाहाल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतको समेत उपस्थिति रहेको थियो । सङ्घका कार्यकारी निर्देशक डा.मिश्रले सङ्घअन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिनुभयो ।

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल

काठमाडौँ, जेठ ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) ‘बेइजिङ प्लस रिभ्यू’को तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ । मन्त्रालयले कार्यक्रम आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो ।

त्यस अवसरमा विज्ञ कपिल अर्यालले प्रतिवेदनबारे प्रस्तुतीकरण दिँदै सार्वजनिक सेवामा महिलाको उपस्थिति २८ प्रतिशत पुगेको भन्दै न्यायाधीश हुने महिलाहरुको सङ्ख्या ११ प्रतिशत पुगेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाको उपस्थिति वृद्धि हुँदै गएको भन्दै उहाँले केही क्षेत्रमा भने अहिले पनि न्यून रहेको बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बालविवाहको समस्या अहिले पनि रहेको उल्लेख गर्दै यसको खास समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रेम विवाह गरिसकेपछि जात, आर्थिक अवस्थालगायतका कुरा नमिल्दा पनि बालविवाहको मुद्दा पर्ने गरेको उहाँको भनाइ थियो । बालिकाहरुलाई महिनावारीको समयमा विशेष ख्याल गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले अपाङ्गता भएका महिलाहरु बढी जोखिममा पर्ने गरेकाले ती महिलाहरुको सुरक्षाका निम्ति विशेष जोड दिनुपर्ने आवश्यकताता औँल्याउनुभयो । प्रतिवेदनमा धेरै कुरा आए पनि प्राप्त सुझावहरु समेटेर प्रतिवेदनलाई थप परिमार्जन गर्न निर्देशन दिँदै मन्त्री चौधरीले राम्रा विषयसँगै कुन क्षेत्रमा बढी समस्या छ भनेर उल्लेख गर्नसमेत निर्देशन दिनुभयो ।

सचिव दिनेश भट्टराईले महिला मन्त्रालयको संरचना प्रदेश तथा पालिका तहमा नहुँदा महिलाका समस्याहरु सुनाउने ठाउँ नभएको बताउनुभयो । महिला सम्बन्धी धेरै विषय उठेको भन्दै कसरी प्रतिवेदनलाई राम्रो बनाउन सकिन्छ भन्ने ती कुरालाई ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी विज्ञले प्रतिवेदनमा सङ्घीय सरकारले गरेका कामका विषयहरु धेरै आए पनि प्रदेश र स्थानीय सरकारले गरेका कामहरु पनि समेट्न सुझाव दिनुभएको थियो । अपाङ्गता भएका, दलितलगायत जातीयरुपमा उत्पीडित समुदायको अवस्था पनि प्रतिवेदनले समेट्नुपर्ने भन्दै विज्ञहरुले लैङ्गिकता पहिचान गरी भ्रुण हत्या बढ्दै गइरहेको उल्लेख गर्नुभयो ।

कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन माग

काठमाडौँ, जेठ ९ गते । आफ्ना सदस्यबिच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले उक्त रकम तत्काल फिर्ता गराउन माग गरेको छ ।

पार्टी केन्द्रीय सहकारी विभागले आज जारी गरेको वक्तव्यमा सुप्रिम सहकारी बुटवल, सूर्यदर्शन सहकारी पोखरा, स्वर्णलक्ष्मी सहकारी काठमाडौँ र साहरा सहकारी चितवनबाट ९५ करोड ८१ लाख गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी भएको प्रमाणसहित तथ्य सार्वजनिक भएको दाबी गर्दै उक्त रकम तत्काल फिर्ता गर्न आग्रह गरेको हो ।

विभाग प्रमुख देवेन्दराज कँडेलद्वारा जारी विज्ञप्तिमा सहकारी ऐन २०७४ एवम् नियमावली २०७५ विपरीत सहकारीको रकम अपचलन भएको उल्लेख छ । कँडेलले सहकारी संस्थामा प्राकृतिक व्यक्ति मात्र सदस्य हुन पाउने र वित्तीय कारोबार गर्ने सहकारी संस्थाले सदस्यबीच ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा नेटवर्क प्रालिमा पैसा गएको बताउनुभयो । बचत अपचलन गर्ने सहकारी सञ्चालक र कार्यकारी प्रमुख साथै गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक एवम् कार्यकारी प्रमुखलाई कानुनबमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना र सजाय हुनुपर्नेमा कांग्रेसको माग छ ।

सरकारले जनतामा कानुनी राज्यको अनुभूति दिलाउन पनि कानुनविपरीत काम गर्नेलाई कारबाही गरिनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको हो । न्यून आय भएका गरिब, किसान, पिछडिएका वर्गको आर्थिक सामाजिक उन्नतिमा महत्वपूर्ण योगदान गर्दै आएको सहकारी क्षेत्रलाई यस्ता अराजक गतिविधिले बदनाम गरिरहेकाले यसमा संलग्न हुने जोसुकै व्यक्ति, कम्पनीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न र सर्वसाधारण जनताको बचत सुरक्षा गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

देशको समग्र विकासका लागि सहकारी आन्दोलनको अपरिहार्यता बोध गरी नियमित र सुशासित सहकारी आन्दोलन अघि बढाउन आवश्यक नीति, ऐनको संशोधन हुनुपर्नेमा पनि कांग्रेसले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ ।

कर्णाली प्रदेश : मन्त्री शाहद्वारा सपथ ग्रहण

काँर्केविहार (सुर्खेत), जेठ ९ गते । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

आज प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो । यसअघि मन्त्रिपरिषद विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको थिएन ।

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री उप्रेती र कांग्रेस नेता लेखकबीच छलफल

महेन्द्रनगर (कञ्चनपुर), ९ जेठ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबीच आज छलफल भएको छ ।
निर्माणाधीन मझगाउँ विमानस्थलका लागि दक्षिणतर्फ रहेको नेपाली सेनाको केही भाग जग्गा आवश्यक पर्ने भएकाले सोका लागि सहजीकरण गरिदिन कांग्रेस प्रमुख सचेतक लेखकसहितको टोलीले मन्त्री उप्रेतीलाई ध्यानाकर्षण गराएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका लेखकको टोलीमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र बेदकोट नगरपालिकाका नगरप्रमखु भोजराज बोहराको सहभागिता रहेको थियो ।

लेखकका स्वकीय सचिव जनक भट्टले मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासहित भएको छलफल सकारात्मक रहेको बताए । “मन्त्री र प्रधानसेनापतिसँगको छलफलका क्रममा उहाँहरूले विमानस्थल स्तरोन्नतिका लागि सहयोग गर्छौ भन्नुभएको छ”, भट्टले भने,“यो प्रक्रियागत अल्झन फुकाउन नेता लेखक सक्रिय हुनुहन्छ ।”

केही समयअघि स्थानीयले विमानस्थलका लागि मझगाउँस्थित रत्न वाटिका खाली गराएका थिए । विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि पहल थालिए पनि उक्त कार्य पूरा नहुँदा निर्माणमा बाधा पुगेको छ ।

विमानस्थलको दक्षिणतर्फ रहेको रत्न वाटिका र नेपाली सेनाको केही भू-भाग विमानस्थल स्तरोन्नतिका क्रममा प्रयोग गर्नुपर्ने अवस्था छ । ४५ करोडको ठेक्का दिइएको विमानस्थलको पुनःनिर्माणको काम हाल ३६ प्रतिशत सकिसकेको छ ।

भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो ।
मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री उप्रेती र कांग्रेस नेता लेखकबीच छलफल

रिपोर्टर्स नेपाल
२०८१ जेष्ठ ९, बुधबार १७:२६
98
Shares
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonsharethis sharing button

महेन्द्रनगर (कञ्चनपुर), ९ जेठ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबीच आज छलफल भएको छ ।

निर्माणाधीन मझगाउँ विमानस्थलका लागि दक्षिणतर्फ रहेको नेपाली सेनाको केही भाग जग्गा आवश्यक पर्ने भएकाले सोका लागि सहजीकरण गरिदिन कांग्रेस प्रमुख सचेतक लेखकसहितको टोलीले मन्त्री उप्रेतीलाई ध्यानाकर्षण गराएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका लेखकको टोलीमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र बेदकोट नगरपालिकाका नगरप्रमखु भोजराज बोहराको सहभागिता रहेको थियो ।

लेखकका स्वकीय सचिव जनक भट्टले मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासहित भएको छलफल सकारात्मक रहेको बताए । “मन्त्री र प्रधानसेनापतिसँगको छलफलका क्रममा उहाँहरूले विमानस्थल स्तरोन्नतिका लागि सहयोग गर्छौ भन्नुभएको छ”, भट्टले भने,“यो प्रक्रियागत अल्झन फुकाउन नेता लेखक सक्रिय हुनुहन्छ ।”

केही समयअघि स्थानीयले विमानस्थलका लागि मझगाउँस्थित रत्न वाटिका खाली गराएका थिए । विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि पहल थालिए पनि उक्त कार्य पूरा नहुँदा निर्माणमा बाधा पुगेको छ ।

विमानस्थलको दक्षिणतर्फ रहेको रत्न वाटिका र नेपाली सेनाको केही भू-भाग विमानस्थल स्तरोन्नतिका क्रममा प्रयोग गर्नुपर्ने अवस्था छ । ४५ करोडको ठेक्का दिइएको विमानस्थलको पुनःनिर्माणको काम हाल ३६ प्रतिशत सकिसकेको छ ।भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो ।

‘हिमाली पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण संवेदनशील छन्’

काठमाडौँ, ९ जेठ । जलवायु विषयका जानकारहरुले हिमाली पारिस्थितिकीय प्रणाली हालैका वर्षहरुमा जलवायु परिवर्तनका प्रभावप्रति विशेषरूपमा संवेदनशील रहेको उल्लेख गरेका छन् ।आजदेखि यहाँ सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को पहिलो सत्रका वक्ताहरुले अन्य स्थलीय बासस्थानभन्दा हिमालमा छिटो दरमा जलवायुका कारण प्रभावित भइरहेका तथ्य पेस गरे ।

उक्त सत्रमा बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरी, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहाका लागि सहायक निकाय (साब्टा)का अध्यक्ष ह्यारी भिरेउ, किर्गिस्थानका पर्वतीय मुद्दाहरूमा राष्ट्रपतिका पूर्वविशेष दूत नुर्लान आइटमुजाइभ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले आ–आफ्ना धारणा राखेका थिए ।

यसैगरी यस सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मुख्य वक्ताका रुपमा हुनुहुन्थ्यो भने यस सत्रको सञ्चालन जलवायुविज्ञ मन्जित ढकालले गरेका थिए। विश्वको ४० प्रतिशत जनसङ्ख्या अप्रत्यक्ष रूपमा पिउने पानी, कृषि, जैविक विविधता र जलविद्युत्का लागि हिमाली स्रोतहरूमा निर्भर छ, जुन विश्व तापमानमा वृद्धिका कारण गुम्न सक्छ ।

हिमपहिरो र पहिरोजस्ता चरम घटनाहरू सामान्य हुँदै गएकाले जलवायु परिवर्तनले खतराहरूको जोखिम बढाउने सम्भावना पनि छ । नीति निर्माता, वैज्ञानिक, व्यवसायी र नागरिक समाजका संस्थाहरूलाई एकसाथ ल्याएर हिमालमा जलवायु परिवर्तनसम्बन्धी विज्ञान र प्रमाणसम्बन्धी सूचना र ज्ञानको आदानप्रदानलाई प्रवद्र्धन गर्न यो सत्रको आयोजना गरिएको हो ।

बारा, पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

वीरगञ्ज .पर्सा), ९ जेठ ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरिएको हो ।

केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’ लिएका ‘एचटी मिटरिङ युनिट’ जडित ९ट्रान्सफर्मर० जडित क्षमता दुई सय केभीदेखि २५ हजार किलो भोल्ट एम्पेरेस क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरिएको हो ।

केन्द्रका अनुसार उद्योगका ग्राहकको टिओडी मिटरलाई ‘शून्य दशलमलव दुई एस एकुरेसी क्लास’को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर निःशुल्क जडान गरेको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका दुई सय १२ उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताए ।

“स्मार्ट इनर्जी मिटर जडान गरेका उद्योगमा मिटर रिडिङका लागि जानु पर्दैन”, उनले भने, “विगतमा जस्तै टिओडी मिटर डाउनलोड गरिरहनुपर्ने झन्झट पनि हुँदैन । प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको सर्भरमा स्मार्ट इनर्जी मिटर जडान भएको उद्योगले खपत गरेको विद्युत्को अभिलेख रहन्छ । हामीले पनि अनलाइन सिस्टमबाटै रेकर्ड हेरेर बिलिङ गर्न सक्नेछौँ ।”

प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रकम पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ । कार्यालयका अनुसार ती उद्योगमा सो मिटर जडान गर्न एक करोड ५२ लाख ६४ हजार रकम लागेको जनाएको छ । उद्योगीले महिनाको अन्त्य भएको दिनको मध्यरातमा नै बिल प्राप्त गर्न सक्नेछ ।

“कुन उद्योगमा कति विद्युत् खपत भइरहेको छ । कुनमा खपत भइरहेको छैनलगायत विवरण पनि यो मिटरबाट थाहा हु्न्छ”, कार्यालय प्रमुख दुवेले भने, “यसले विद्युत्को माग र आपूर्तिबीच पनि तालमेल गराउन निकै ठूलो सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ ।” कार्यालय प्रमुख दुवेले मिटर जडान गरेसँगै मिटर रिडिङ गर्ने दुईजना जनशक्तिको भार पनि कम भएको बताए ।

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली, ९ जेठ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।कर्णाली प्रदेश सरकारको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा उनले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताए । मुख्यमन्त्री कँडेलले भने, “कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी नै न्यून छ । तपाईँ हामीले गरेका सबै अपेक्षा पूरा हुन सक्दैनन् ।”

क्षेत्र र भूमिका हिसाबले फरक भए पनि हामी सबैको गन्तव्य कर्णाली बनाउने हो भन्दै उनले निजी क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने जनाएयो ।

समृद्धिको लागि सुशासन आवश्यक भएको र त्यसका लागि नीति नियममा बसेर काम गर्ने कुरा प्रमुख रहेको मुख्यमन्त्री कँडेले बताए । उनका अनुसार सबैको सहयोगबाट कर्णालीको विकासका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गरिनेछ । त्यसैगरी सुर्खेत विमानस्थल निर्माणको जिम्मा सङ्घीय सरकारले लिनेगरी कर्णाली प्रदेश सरकारले त्यसको पहल गर्ने छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदबहादुर शाही, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि कँडेललगायत विभिन्न क्षेत्रमा कार्यरत उद्योग व्यवसायीले कर्णालीको पानी, खानी, विद्युत्, पूर्वाधार, कृषि, पर्यटन, खेल, जडीबुटी, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास हुनेगरी आगामी आवको नीति तथा कार्यक्रम ल्याउन सुझाएका थिए ।

कामिरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।

“कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ”, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।

फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।

‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा

काभ्रेपलाञ्चोक। जिल्लाको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा सयै महिना बत्ती बाल्ने योजना छ ।

गाउँपालिका कार्यालयले कुनै बस्तीका घरमा केन्द्रीय बिजुलीको तार तान्न, हाउस वाइरिङ गर्न, मिटर बक्स जोड्न बाँकी रहेको वा छुटमा तत्कालै आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सार्वजनिक अपिल गरेको छ । गाउँपालिकालाई नै पूर्ण विद्युतीकरण गर्ने अन्तिम तयारीमा पुगेकाले उज्यालो अभियानलाई यही जेठमा सक्ने योजनामा रहेको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार अभियानका क्रममा वडा नं १, ३, ४, ५, ६ र ७ मा केन्द्रीय प्रसारणको बिजुली बत्ती बलिसकेको छ । गाउँपालिकामा आठवटा वडा छन् ।

वडा नं २ र ८ मा केन्द्रीय प्रसारण लाइनको विस्तारकार्य भइरहेको छ । “यी दुई वडामा जेठभित्र केन्द्रीय प्रसारणको लाइनमार्फत बिजुली बत्ती बाल्छौँ, हाल हामी पूर्ण विद्युतीकरणको गाउँपालिकातर्फ उन्मुख भइसकेका छौँ”, जिम्बाले भन्नुभयो ।

स्थानीय जनप्रतिनिधिले चार वर्षअघि महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले रु एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम थालिएको थियो ।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणले महाभारत गाउँपालिका मात्र नभई काभ्रेपलाञ्चोकलाई नै पूर्ण विद्युतीकरण गर्न बाँकी रहेका स्थानीय तहमा तीव्रगतिमा विस्तार कार्यमा लाग्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्रीय प्रसारण लाइन विस्तारअन्तर्गत विद्युतीकरण भइरहेका खानीखोला गाउँपालिकाको केही स्थान, रोशी गाउँपालिकाको केही स्थान र बेथानचोक गाउँपालिकाको केही स्थानमा अपुग पोल, तार तान्नेलगायत काम एक साताभित्रै ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

‘लू’ र यसबाट बच्ने उपाय

काठमाडौं ।  गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ ।

मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो।

प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरूका लागि मङ्गलबार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिए।

उनले लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई–मधेसका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको बताए।

परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ।


सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्तिलाई प्रयोग गर्न पनि भनिएको छ।

एउटा सन्देश रेडियोको हकमा एक मिनेट र भिडियो हो भने दुई मिनेटभन्दा लामो नबनाउन, स्थानीय परिवेशअनुसार महत्त्वपूर्ण लागेका सन्देश धेरै जनालाई माध्यम बनाएर उत्पादन र प्रसारण गर्न, विपद् व्यवस्थापनमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सहायता लिएर उनीहरु स्वयंको सामाजिक सञ्जाल र प्रसारण माध्यमबाट पनि प्रचारप्रसार गर्न लगाउन पनि निर्देशन गरिएको छ।

स्थानीय सञ्चारमाध्यममा दैनिक/साप्ताहिक/अर्धमासिक रूपमा बनाइरहेका कार्यक्रममा यी सन्देश प्रसारण गर्ने व्यवस्था मिलाउन पनि सबै जिल्लालाई परिपत्र पठाइएको प्राधिकरणले जनाएको छ।

‘लू’ र यसबाट बच्ने उपाय
गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ। यसले स्वास्थ्यमा असर गर्छ । कहिलेकाहीँ मृत्युसमेत हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘लू’ लागे शरीरमा कस्तो असर देखिन्छ?
चिकित्सकका अनुसार थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने हुन्छ। हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने हुन्छ। यस्तै मुटुको धड्कन बढ्ने, छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप पनि धेरै हुने गर्छ।

त्यसैगरी ‘लू’ लाग्दा एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिने र पछि बिरामीको ज्यानसमेत जान सक्ने हुन्छ।

लू लागेमा के गर्ने?
लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिनुपर्ने हुन्छ । बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको पेय पदार्थ, जाँड रक्सी नदिने, पङ्खाले हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने गर्नुपर्छ । यस्तै बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान भनिएको छ।

आफू र अरुलाई कसरी जोगाउने?

चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतबारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्को घाममा नहिँड्ने वा काम गर्ने परे शीतल हुनेगरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ।

पत्रु खाना (जङ्कफुड) नखाने, घरमै बनाएको ताजा खानेकुरा खाने, घरमा शीतल हुनेगरी पर्दा, पङ्खा, सिलिङ र झ्यालढोकाको प्रबन्ध गर्ने गर्नुपर्छ।

यस्तै आफ्ना छोराछोरीलाई माथि भनिएका उपाय अपनाउन लगाउने, दिउँसोको चर्को घामम खेल्न जान नदिने, लूका कारण गाह्रो भएमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, ज्येष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौला रोग भएकालाई लूले छिटो असर गर्ने भएकाले उनीहरुलाई माथि भनिएका जोगिने उपाय सिकाउने गर्नुपर्छ।

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मङ्गलबार संयुक्त रूपमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ गर्नुभएको छ।

त्रिवर्षीय यो आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छवटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायताजस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवाहरूमा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ लैङ्गिक हिंसापीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा सहज पहुँचमार्फत लाभान्वित गराउने आयोजनाको लक्ष्य रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

“लैङ्गिक हिंसाको सम्बोधनलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ । नगर, प्रदेश र सङ्घीय तहमा लैङ्गिक हिंसाविरुद्धका प्रतिकार्य संयन्त्रहरूलाई आबद्ध गर्ने कार्यमूलक समन्वय प्रणाली स्थापनाका लागि यस आयोजनाले सहयोग गर्नेछ”, मन्त्री चौधरीले भन्नभुभयो ।

आयोजनाका लागि लागि स्टेट एण्ड पिसबिल्डिङ ट्रष्ट फण्ड (राज्य तथा शान्ति निर्माण कोष)ले ४६ लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ । आयोजनाको कार्यान्वयन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्नेछ ।

आयोजनाले संस्थागत संरचना र क्षमता सुदृढ गर्नुका साथै सेवाको पहुँच र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी लैङ्गिक हिंसाविरुद्धका नवीनतम् उपायहरूसम्बन्धी नमूना कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

“यो आयोजनाले विशेषगरी अति दुर्गम र पुग्न कठिन क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धका सेवाहरूमा तत्काल पहुँच प्राप्त गर्न, हिंसाको उजुरी गर्न र यसका लागि सहयोग माग्न महिला तथा बालिकालाई सशक्तीकरण गर्नेछ । नेपालको हरित, उत्थानशील र समावेशी विकासमा टेवा पुर्‍याउन यो ज्यादै महत्त्वपूर्ण छ”, विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले भन्नुभयो ।

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मङ्गलबार संयुक्त रूपमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ गर्नुभएको छ।

त्रिवर्षीय यो आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छवटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायताजस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवाहरूमा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ लैङ्गिक हिंसापीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा सहज पहुँचमार्फत लाभान्वित गराउने आयोजनाको लक्ष्य रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

“लैङ्गिक हिंसाको सम्बोधनलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ । नगर, प्रदेश र सङ्घीय तहमा लैङ्गिक हिंसाविरुद्धका प्रतिकार्य संयन्त्रहरूलाई आबद्ध गर्ने कार्यमूलक समन्वय प्रणाली स्थापनाका लागि यस आयोजनाले सहयोग गर्नेछ”, मन्त्री चौधरीले भन्नभुभयो ।

आयोजनाका लागि लागि स्टेट एण्ड पिसबिल्डिङ ट्रष्ट फण्ड (राज्य तथा शान्ति निर्माण कोष)ले ४६ लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ । आयोजनाको कार्यान्वयन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्नेछ ।

आयोजनाले संस्थागत संरचना र क्षमता सुदृढ गर्नुका साथै सेवाको पहुँच र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी लैङ्गिक हिंसाविरुद्धका नवीनतम् उपायहरूसम्बन्धी नमूना कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

“यो आयोजनाले विशेषगरी अति दुर्गम र पुग्न कठिन क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धका सेवाहरूमा तत्काल पहुँच प्राप्त गर्न, हिंसाको उजुरी गर्न र यसका लागि सहयोग माग्न महिला तथा बालिकालाई सशक्तीकरण गर्नेछ । नेपालको हरित, उत्थानशील र समावेशी विकासमा टेवा पुर्‍याउन यो ज्यादै महत्त्वपूर्ण छ”, विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले भन्नुभयो ।

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी

काठमाडौँ। जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘अन्तर्राष्ट्रिय संवाद’ हुँदैछ । भोलि सम्पन्न हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा २५ देशका विशेषज्ञ सहभागी हुनेछन् ।

संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी यो विज्ञ संवादको उद्देश्य पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित कार्यलाई सुदृढ तुल्याउनु हो ।

संवादबाट जलवायु परिवर्तनको वार्ताको क्षमता अभिवृद्धि गर्ने, जलवायु अनुुकूलन र न्यूनीकरण कार्यका लागि आवश्यक पर्ने स्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिने उद्देश्य रहेको मन्त्रालयलका सहसचिव डा.महेश्वर ढकालले राससलाई जानकारी दिए। साथै पर्वतीय देशहरू र सरोकारवालालाई जलवायु परिवर्तन महासन्धिअन्तर्गतका कार्यक्रममा सहकार्य गर्न वातावरण बनाउने सम्मेलनको लक्ष्य छ ।

संवादको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि तीनवटा प्रमुख विषयगत क्षेत्रमा केन्द्रित रहेर विभिन्न विधाका १० वटा सत्र सञ्चालन हुने सहसचिव ढकालले बताए । प्रत्येक सत्रमा मुख्य वक्ता, फरक विषयका प्रस्तुति र समूहगत छलफल हुनेछ । सबै सत्रका दौरान ५० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूले भाग लिई आफ्नो विज्ञताका क्षेत्रमा धारणा व्यक्त गर्ने कार्यतालिका छ ।

पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्याङ्क’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटासन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने सत्र समावेश गरिनेछ ।

दोस्रो सत्रमा ‘प्रकृतिमा आधारित पर्वतीय उत्थानशीलताका उपायहरू’ विषयमा केन्द्रित भएर छलफल गरिनेछ । यो सत्रमा जनता, जलवायु नीति र समृद्धिका उपायहरू, स्थानीय नेतृत्वमा जलवायु अनुकूलन र जलवायु न्याय, लैङ्गिक समानता र स्थानीय समुदायका आवाज समावेश गरिने छ । तेस्रो सत्रमा ‘पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्नेगरी’ मुख्यतया स्वच्छ र हरित ऊर्जामा लगानी वृद्धि गर्ने, जलवायु वित्तलाई सहज र सघन बनाउने तथा अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय साझेदारीलाई अभिवृद्धि गर्ने विषय समावेश छन् ।

संवादको उद्देश्य संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)को ६०औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र र रणनीति तयार गर्नु रहेको छ । यसका निष्कर्षलाई आगामी जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६०औँ सत्रमा जोड्ने र त्यसपछि आगामी कोप–२९ का एजेण्डामा प्रवेश गराई संस्थागत गराउने नेपालको योजना छ ।

बङ्गालदेश र भुटानका मन्त्री तथा साब्टाका अध्यक्षद्वारा प्रधानमन्त्रीसँग भेट

संवादमा सहभागी हुन विभिन्न देशका उच्च अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि मङ्गलबार नै काठमाडौँमा आइसकेका छन्। बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरी मङ्गलबार नै नेपाल आएका थिए । उनले मङ्गलबार नै प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गरेका थिए । भेटमा उनीहरूबीच विद्युत् व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

भुटानका कृषि तथा पशुपक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्सो पनि मङ्गलबार नै नेपाल आएका थिए । सोही दिन उनले पनि प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गरेका थिए। सो अवसरमा उनीहरूबीच जलवायु परिवर्तनको असर एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संवादमा भाग लिन संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) अध्यक्ष ह्यारी भिरेउ सोमबार नेपाल आए । उनले मङ्गलबार प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरे। भेटमा उनीहरूबीच जलवायु परिवर्तनले निम्त्याएका असर एवं यस मुद्दामा नेपालले गर्दै आएको नेतृत्वदायी भूमिकालगायतका विषयमा छलफल भएको थियो ।

पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको छ । फलतः गत वर्षको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)ले पहिलोपटक जलवायुले हिमालमा पारेका असरलाई आफ्नो निर्णयमा समावेश गरेको थियो । सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै नेपालले जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको थियो ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेको छ । सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । तापक्रम वृद्धिले यस क्षेत्रमा रहेका हिमालका दुईतिहाइ हिमभण्डार पग्लिने जोखिम बढेको छ ।

अघिल्ला दशकका तथ्याङ्क विश्लेषण गर्दा हिमालमा प्रतिदशक शून्य दशमलव ०५ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने क्रम पनि बढिरहेको छ । यसको प्रत्यक्ष असर हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीदेखि साना टापु राष्ट्रसम्म परेको छ । सन् १९८० देखि २०१० सम्मको अवधिमा भएको तापमान वृद्धिले २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको देखाएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हाल नेपालमा दुई हजार ७० हिमताल छन् र तीमध्ये २१ वटा जोखिममा छन् भने चीनको स्वशासित क्षेत्र तिब्बतका २५ र भारतको एउटा हिमतालको जोखिम पनि नेपालसम्म पुग्ने देखिन्छ । पर्वतीय क्षेत्रले विश्वको १५ प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई बास, गाँस र कपासको आधारशिलाको प्रत्याभूति गरेको छ । साथै ५० प्रतिशतभन्दा बढी वनस्पति र वन्यजन्तुलाई आश्रयस्थलसमेत प्रदान गरेको छ ।

दक्षिणी म्यान्मामा खाद्य विषाक्तताका कारण ४० भन्दा बढी अस्पताल भर्ना

याङ्गुन। दक्षिणी म्यान्माको अय्यारवाडी क्षेत्रमा खानामा विषाक्तताका कारण ११ बालबालिका सहित ४५ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय उद्धार संस्थाका एक अधिकारीले बताएका छन् ।

उक्त क्षेत्रको लबुट्टा नगरपालिकाका पीडितहरू सोमबार मसलादार अण्डाको तरकारी खाएपछि बिरामी परेको ती अधिकारीले बताए ।

प्रभावितमा दैनिक मजदुर र उनीहरूका परिवारका सदस्यहरू रहेका छन् । मजदुरहरूले आफ्नो कार्यस्थलमा तरकारी प्राप्त गरकोे र परिवारसँग बाँड्न घर ल्याएका थिए ।एकतीस जना पीडितलाई मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको अधिकारीले बताउनुभयो ।

साना टापु राज्यहरूले संयुक्त राष्ट्रको अदालतमा मुख्य जलवायु मुद्दा जिते

बर्लिन। संयुक्त राष्ट्रसङ्घको समुद्री अदालतले मङ्गलबार नौवटा साना टापु राष्ट्रहरूको पक्षमा फैसला सुनाएको छ । ती राज्यले विनाशकारी जलवायु परिवर्तनबाट विश्वका महासागरहरूको सुरक्षा बढाउन माग गरेका थिए ।

कार्बन उत्सर्जनलाई समुद्री प्रदूषक मान्न सकिन्छ भन्ने फेला पार्दै अदालतले महासागरहरूमा उनीहरूको प्रभावलाई कम गर्न उपायहरू अपनाउनुपर्ने देशहरूको दायित्व रहेको बताएको छ ।“वातावरणमा मानवजनित हरितगृह ग्यास उत्सर्जन समुद्री वातावरणको प्रदूषणको कारक हो”, अन्तर्राष्ट्रिय सन्धि युएनसिएलओएसअन्तर्गत समुद्री कानूनका लागि अन्तर्राष्ट्रिय न्यायाधिकरण (आइटिएलओएस) ले विज्ञहरूको रायमा फैसला गरेको छ ।

त्यसकारण प्रदूषक देशहरूसँग आफ्नो अधिकार क्षेत्र वा नियन्त्रणमा रहेका उत्सर्जनले अन्य राज्य र वातावरणलाई प्रदूषणले नोक्सान पु¥याउँदैन भन्ने सुनिश्चित गर्नका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने विशेष दायित्व रहेको अदालतले जनाएको छ ।

एन्टिगुवा र बारबुडा, भानुआटु र टुभालुलगायत जलवायु परिवर्तनबाट असमानरूपमा प्रभावित नौ साना देशहरूले सेप्टेम्बरमा यो मुद्दा ल्याएका थिए ।ती देशले ह्याम्बर्गस्थित अदालतलाई महासागरहरूले अवशोषित कार्बन डाइअक्साइड उत्सर्जनलाई प्रदूषण मान्न सकिने भनेर राय जारी गर्न आग्रह गरेका छन् ।युएनसिएलओएस सन्धिले देशहरूलाई महासागरहरूको प्रदूषण रोक्न बाध्य पार्छ, समुद्री जीवलाई हानि पुर्याउने प्रदूषणलाई समुद्री वातावरणमा पदार्थ वा ऊर्जाको परिचयका रूपमा परिभाषित गर्दछ । तर यसले कार्बन उत्सर्जनलाई विशिष्ट प्रदूषकका रूपमा व्याख्या गर्दैन ।

नेपाली राजदूतावासको आयोजनामा क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो ।ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली सङ्घका पदाधिकारीको उपस्थितिमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले कला, संस्कृति, परम्परा, रहनसहन, प्राकृतिक सौन्दर्य, जैविक विविधता, विशाल हिमशृङ्खला र अतिथिको सधैँ सत्कारमा रमाउने नेपालीको देश हरेक उमेर समूहका लागि आकर्षकको केन्द्र भएको बताउँदै एकपटक नेपालको भ्रमण गर्न आह्वान गर्नुभएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत पौड्यालले गैरआवासीय सङ्घका पदाधिकारी एवं त्यहाँ रहेका अन्य नेपाली नागरिकले आफ्ना मित्रहरूलाई एकपटक नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै पत्रकार तथा यात्रा व्यवस्थापन गर्ने पर्यटन व्यवसायीलाई पनि नेपाल भ्रमणमा आफ्ना ग्राहक पठाउन अनुरोध गर्नुभयो ।

अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतकले आफ्नो प्रान्तमा कार्यक्रम आयोजना गरेकामा नेपाली दूतावासप्रति कृतज्ञता व्यक्त गर्दै एडमन्टन सहर र नेपालबीच पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले कार्यक्रमका सहभागीलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रहरूको भिडियो प्रस्तुतिका साथै नेपाली उत्पादन चिया, कफी, पस्मिना सल, हस्तकलाका सामग्री पनि प्रदर्शनीमा राखिएका थिए । नेपाली कलाकारको एक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

कूटनीतिक अधिकारीहरूसँग छलफल

काठमाडौँ। कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको छ ।

मङ्गलबार भएको छलफलमा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले कन्सुलर सेवालाई सहज रूपमा प्रवाह गर्न विभागले थालेका नयाँ कदमबारे जानकारी दिनुभएको थियो । उहाँले कन्सुलरसम्बन्धी सेवाग्राहीलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयले गरेका सुधार तथा नयाँ व्यवस्थाबारे विस्तृत रूपमा जानकारी दिनुभएको थियो ।

छलफलमा संयुक्त राष्ट्रसङ्घलगायत ती कूटनीतिक नियोगका ६० जनाभन्दा बढीको उपस्थिति थियो । सहभागीहरुले कन्सुलर सेवा प्रवाहका निम्ति आफूहरुलाई समयमै अवगत गराएकामा विभागप्रति कृतज्ञता व्यक्त गरेका थिए ।