`

हेर्नुहोस् बैशाख ३० गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि – प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि – आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

मारबाडी क्रिकेट लिगः वीरगञ्ज र लुम्बिनी लायन्स सेमिफाइनलमा

भैरहवा (मर्चवार), २९ वैशाखः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स भैरहवा चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । यी दुई टिम समूह ‘बी’बाट शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।समूह ‘बी’अन्तर्गत शनिबार भएको अन्तिम खेलमा वीरगञ्जले जनकपुरमाथि एक सय १३ रनको सानदार जित निकाल्दै सेमिफाइनल पुग्दा लुम्बिनीलाई भने नेपालगञ्ज वारियर्सले वाकओभर दिँदा सेमिफाइनल सहज भएको हो ।

भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको वीरगञ्जले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा एक सय ७० रनको बलियो योगफल बनायो । त्यसका लागि अभय रु¬ङ्गटाले ४४, रौनक केएलले अविजित ४२, गौरव अग्रवालले २० तथा सुमित कडमिया र राजन केएलले १४–१४ रनको योगदान गरे । बलिङमा जनकपुर रोयल्सका रवि अग्रवाल, आशिष सराफ, प्रविण अग्रवाल र राहुल नहरले समान १–१ विकेट लिए ।

एक सय ७० रनको उच्च योगफल पछ्याएको जनकपुर १२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५७ रनमै समेटियो । उसका लागि आशिष सराफले १८ र प्रवीण अग्रवालले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न नसक्दा सो टिम फराकिलो अन्तरले पराजित भयो । जनकपुरलाई सस्तैमा रोक्न बलिङमा वीरगञ्जका विनित लोहियाले तीन दशमलव पाँच ओभरमा १८ रन खर्चेर सात विकेट हात पारे । यस्तै, अभय रुङ्गटाले दुई विकेट लिए । खेलमा विनित लोहिया प्लेयर अफ द म्याच भए ।

नेपाल राष्ट्रिय मारबडी युवा सङ्ठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेटमैदान काठमाडौँमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कँडेलद्वारा सर्वदलीय बैठक आह्वान

कर्णाली, २९ वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्नेगरी आज बैठक आह्वान गर्नुभएको हो ।

कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो । “समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो”, उहाँले भन्नुभयो, “एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक दलहरूबीच साझा सहमति खोज्ने उद्देश्यले जेठ ४ गते बस्नेगरी बैठक आह्वान गरिएको हो ।”मुख्यमन्त्री कँडेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसहित तीनजना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको बताउनुभयो ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ । नीतिगत व्यवस्थाअनुसार कर्णाली प्रदेश सरकारले जेठमा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउनेगरी तयारी थालेको छ ।

स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छः महामन्त्री थापा

काठमाडौँ, २९ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणालीमा सुधारका लागि रोग लाग्न नदिने अवस्था बनाउन लाग्नुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३० मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दोस्रो वार्षिकोत्सवका अवसरमा आज स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य प्रणालीमा सुधार गर्न रोग लाग्नुअघि नै निधानात्मक उपाय प्रवर्धनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले रोग लागेपछि मात्र अस्पताल जाने प्रचलन रहेकामा स्वास्थ्य प्रणालीमा सुधार ल्याएर रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । “ठूलो रोग लागे गरिबीमा फस्ने अवस्था छ, स्वास्थ्य प्रणालीलाई सुधार गर्दै नागरिकलाई निरोगी राख्न र उपचार गनुपर्ने अवस्था आउन नदिन सहरी स्वास्थ्य केन्द्रको अवधारणा ल्याइएको हो”, उहाँले भन्नुभयो ।

उहाँले स्थानीय सरकारले प्राथमिक स्वास्थ्य र नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । नागरिकले पनि स्वास्थ्य जीवनशैलीमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वडावासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोग लाग्नै नदिन जनचेतना फैलाउने र सहुलीयत दरमा औषधिको व्यवस्था गर्ने उद्देश्यले स्थापना भएको बताउनुभयो ।

शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यकः प्रदेश प्रहरी प्रमुख खापुङ

खोटाङ, २९ वैशाखः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले आज आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि’ नामक अन्तरक्रियामा डिआइजी खापुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयासले सम्भव नहुने भन्नुहुँदै सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङको सभाहलमा आयोजित अन्तरक्रियामा डिआइजी खापुङले जनताले उठाएका जायज माग तथा विषयलाई सम्बोधन गर्न हातहतका प्रहरीलाई निर्देशनसमेत दिनुभयो । “हामी प्रहरी जनताका सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धतासहित भर्ना भएका हौँ । जनताले उठाएका जायज माग तथा विषयलाई प्रहरीले सम्बोधन गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “प्रहरीले जनताको अपेक्षा पूरा गर्न सकेमात्र उनीहरूले हामीबाट शान्ति सुरक्षाको महसुस गर्छन् । समाजमा शान्ति सुरक्षा कायम गर्न हरेक विषयमा प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नुपर्छ ।”

समाजमा हुने आपराधिक घटना जनचेतना अभावका कारण भएको जिकिर गर्नुहुँदै डिआइजी खापुङले जिल्लामा क्रियाशील राजनीतिक दलहरुले समाजमा जनचेतना फैलाउन सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको छ । “जनचेतना अभावले समाजमा अहिंसा, आपराधिक क्रियाकलापलगायत कानुनले बर्जित गरेको घटना हुने गर्दछ । प्रहरीले अहिलेसम्म निःशुल्क रूपमा सचेतनामूलक कार्यक्रम गरिरहेको छ । जनचेतना फैलाउने काम प्रहरीको मात्र ठेक्का होइन । यो सबैको दायित्वभित्र पर्छ”, उहाँले भन्नुभयो, “सबै राजनीतिकको गाउँगाउँमा सङ्गठन छन् । उनीहरुलाई परिचालन गर्न सके नागरिकहरु सचेत हुन्छन् । यसले राजनीतिक दलका कार्यकर्ताहरू क्रियाशील हुने अवसर पनि मिल्छ । नागरिकहरुसमेत सचेत हुन्छन् ।”

डिआइजी खापुङले प्रहरीको भूमिकाप्रति प्रशंसा नभइ रचनात्मक आलोचना गर्न कार्यक्रममा सहभागीलाई आग्रहसमेत गर्नुभएको छ । “प्रहरीको भूमिकाप्रति सञ्चारमाध्यमले आलोचना गर्नुपर्यो । सचेत नागरिकले आलोचना गर्नुपर्यो । अनिमात्र प्रहरीले सच्चिने अवसर पाउँछ । प्रशंसाले प्रहरीको उद्देश्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “आलोचना भन्दैमा प्रहरीमाथि आक्षेप लगाउनु भनेको होइन । रचनात्मक आलोचना गर्नुपर्यो भनेको हो । रचनात्मक आलोचनाले प्रहरीहरू सचेत भएर जनताको सेवामा समर्पित हुन्छन् ।”

डिआइजी खापुङले पछिल्लो समय देशमा साइबर क्राइम (विद्युतीय अपराध)सम्बन्धी घटना वृद्धि भइरहेको भन्नुहुँदै सचेत रहन आग्रह गर्नुभएको छ । “विद्युतीय अपराधका घटनाहरू दिनानुदिन वृद्धि भइरहेका छन् । यसले धेरैको घरबार बिग्रिएको छ । धेरैको सम्पत्ति सकिएको छ । धेरैका छोरीचेली पीडित भएका छन्”, उहाँले भन्नुभयो, “विद्युतीय अपराधका घटनाबाट जोगिन आफैँ सचेत हुनुपर्छ । यो विषयमा प्रहरीले पनि भर्खरैमात्र मुद्दा हेर्न थालेको छ । घटना भएर प्र्रहरीमा पुग्नुभन्दा आफैँ सचेत हुनु उत्तम उपाय हो ।”

जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकाय, पत्रकार, नागरिक समाज, महिला अधिकारकर्मीलगायतको सहभागिता रहेको अन्तक्र्रियाका वक्ताहरूले जिल्लामा प्रहरीले पछिल्लो समय खेलेको भूमिकाप्रति खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री, ज्येष्ठ नागरिक सङ्घ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, महिला मानवअधिकार रक्षक सञ्जाल खोटाङका अध्यक्ष पूर्णमाया तामाङलगायतले प्रहरीले जिल्लामा खेलेको भूमिकामाथि टिप्पणी गर्नुभएको थियो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्लाका कतिपय ठाउँमा शान्ति सुरक्षाको अवस्था अझै नाजुक रहेको भन्दै तत्काल प्रहरी चौकी स्थापना गर्न पहल गरिदिन डिआइजी खापुङलाई आग्रह गरेका छन् । उनीहरूले लामो समयसम्म अस्थायीरूपमा सञ्चालित प्रहरी चौकीलाई स्थायी बनाउँदै त्यसलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागिसमेत पहल गरिदिन अनुरोध गरेका छन् ।

यसैबीच प्रहरीले आगलागीपीडित हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका पूर्वप्रहरी सहायक निरीक्षक गोपालबहादुर थापामगरलाई रु एक लाख ५० हजार पाँच सय सहयोग रकम उपलब्ध गराएको छ । कोशी प्रदेश प्रहरी कल्याण कोषले उपलब्ध गराएको रु १० हजार, डिआइजी खापुङले रु पाँच हजार तथा जिल्ला प्रहरी कार्यालय खोटाङ मातहतका प्रहरीबाट सङ्कलन भएको रु एक लाख ३५ हजार पाँच सय सहयोग रकम पीडित थापामगरलाई उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।

सुक्खाग्रस्त क्षेत्र सल्लेमा यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँ पस्दा गोपालबहादुरसहित सातजना स्थानीय बासिन्दाको घर जलेको थियो । सल्लेमा भएको आगलागीमा रु एक करोड ३३ लाख बराबरको धनमाल जलेरको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

जेठ ३ देखि ताप्लेजुङमा खुल्ला म्याराथन प्रतियोगिता हुने

फुङ्लिङ (ताप्लेजुङ), २९ वैशाखः ताप्लेजुङमा खुला म्याराथन प्रतियोगिता हुनेभएको छ । आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुने ताप्लेजुङ महोत्सवको अवसरमा खुला पुरुष तथा महिला म्याराथन प्रतियोगिता गर्न लागिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

‘स्थानीय अग्र्यानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीयस्थलको प्रचारप्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवको अन्तिम दिन म्याराथन प्रतियोगिता आयोजना गरिने गरिने छ । म्याराथनमा भाग लिने पुरुषले फुङलिङ बजारबाट पाथीभरा (मुकुमलुङ) धाममा पुगेर पुनः फुङ्लिङ बजारसम्मको करिब ५० किलोमिटर दूरी पार गर्नुपर्ने छ । यस्तै, महिला हाफ म्याराथनका लागि करिब ४० किलोमिटर दू्री तय गरिएको छ ।

म्याराथनअन्तर्गत पुरुषतर्फ प्रथम हुनेलाई रु एक लाख ५१ हजार एक सय ११, दोस्रोलाई रु एक लाख ११ हजार एक सय ११ र तेस्रो हुनेलाई रु ५१ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिने छ भने महिलातर्फ विजेतालाई रु ८१ हजार एक सय ११, उपविजेतालाई रु ५१ हजार एक सय ११ र तेस्रो हुनेलाई रु ३१ हजार एक सय ११ पुरस्कार पुरस्कार प्रदान गरिने छ । त्यस्तै सहभागी प्रतियोगीमध्ये उत्कृष्ट १०औँ स्थानसम्म आइपुग्ने पुरुष तथा महिला दुवैलाई समान रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

धरानबाट तीन सय तेह्र केजी गाजासहित २८ वर्षे आशीष पक्राउ

धरान, २९ वैशाखः धरान उपमहानगरपालिका–८ बाट तीन सय १३ गाजासहित एक जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षे आशीष कार्की सो परिमाणको गाजासहित पक्राउ गरेको हो ।

धरान–८ स्थित बुढासुब्बा वर्कसपमा बा१०च ६८३८ नंको स्कार्पियो गाडी शङ्कास्पद अवस्थामा देखिएपछि चेकजाँचका क्रममा गाडीभित्र कालो प्लाष्टिकमा राखिएको गाजासहित कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।   उहाँले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो । 

व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयोः अध्यक्ष उपेन्द्र यादव

जनकपुरधाम, २९ वैशाखः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्नो पार्टी विभाजन भएको जिकीर गर्नुभएको छ ।
मधेस स्वास्थ्यकर्मी फोरम नेपालको चौथौ राष्ट्रिय महाधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले पार्टी फुटाउने कार्य सत्ता स्वार्थका लागि भएको र त्यसबाट जनतालाई धोखा दिएको आरोप लगाउनुभयो ।

विगतमा पनि केही व्यक्तिले आफ्नो स्वार्थका लागि पार्टी फुटाएर गएको स्मरण गर्दै उहाँले अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको तर त्यसबाट पार्टीलाई कुनै असरनपर्ने दाबीसमेत गर्नुभयो । आफूबाहिर गएको मौकाछोपी केही व्यक्तिले निहित स्वार्थमा पार्टी फुटाएको भन्दै उहाँले पार्टी फुटाउनेहरूको कुनै भविष्य नरहेको पनि बताउनुभयो । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र फुटेर गएका साथीहरू आत्मलोचनासहित फर्किने पनि उहाँको भनाइ थियो ।

आयोजक संस्थाका अध्यक्ष सचितानन्द जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणराज्यमन्त्री दीपककुमार कार्की, मधेस प्रदेशका समाज कल्याण तथा खेलकुदमन्त्री सुरिता साह र मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ । एघार सेकेन्डको क्लिपमा ती व्यक्तिलाई बोलिरहेको देखाइएको छ । यसमा अरबी र हिब्रू भाषामा ‘समय समाप्त हुँदैछ, तपाईंको सरकारले झुटो बोलिरहेको छ’ लेखिएको छ । समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा बन्धकले दबाबमा बोल्दै गरेको देखाइएको छ । यो गाजामा बन्दी बनाएको एक महिनाभन्दा कम समयमा जारी गरिएको तेस्रो फुटेज थियो ।

अप्रिल २७ मा समूहले जारी गरेको एउटा भिडियोमा दुई बन्धक किथ सिगल र ओमरी मिरानलाई जीवित देखाइएको थियो । यसको तीन दिनअघि समूहले अर्को प्रसारण गरेको भिडियोमा बन्धक हर्श गोल्डबर्ग–पोलिनलाई जीवित देखाइएको थियो । अक्टोबर ७ मा हमास लडाकू समूहले दक्षिणी इजराइलमा हमला गरेर गाजा क्षेत्रबाट करिब दुई सय ५० मानिसलाई बन्धक बनाएको थियो । इजराइली अधिकारीहरूक अनुसार तीमध्ये एक सय २८ लाई अहिले पनि प्यालेस्टिनी क्षेत्रमा बन्दी बनाइएको छ । तीमध्ये ३६ जनाको मृत्यु भइसकेको छ । 

हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० भन्दा बढी इजराइली र विदेशीहरूको मृत्यु भएको आधिकारिक इजराइली आँकडाले बताएको छ । हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको जवाफी सैन्य कारबाहीमा अहिलेसम्म अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३४ हजार नौ सय ७१ जनाको मृत्यु भएको छ ।

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो

पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।

शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्यो । बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए ।

बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोशनीको फोन स्न्याप साझा गरेका छन् । यो घटना दक्षिणमा लन्डन र दक्षिणी इङ्गल्यान्डसम्म देखिएको छ । बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भन्नुभयो, “मुलुकभर माथिदेखि तलसम्म दृश्यहरू थिए ।” उहाँले कार्यालयले प्राग र बार्सिलोनालगायत अन्य युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताउनुभयो । 

एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्ष यानका सञ्चालकहरूका साथै सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ । एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भन्नुभयो, “पृथ्वी ग्रहमा अधिकांश मानिसका लागि उनीहरूले केही गर्नुपर्दैन ।”

एनओएएले आँधीले अमेरिकाको सुदूर दक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोशनी उत्पन्न गर्न सक्ने बताएको छ । तर यसको भविष्यवाणी गर्न कठिन थियो । सामान्यतया उत्तरी रोशनीहरूसँग सम्बन्धित रङको नाटकीय पर्दा नहुने तर अधिक हरियो रङको छर्रा जस्तै हुने विश्लेषकहरूले बताएका छन् । 

“यो वास्तवमा अन्तरिक्ष मौसमको उपहार हो : अरोरा”, स्टिनबर्गले भन्नुभयो । उहाँ र उहाँका सहयोगीहरूले सबैभन्दा राम्रो अरोरा दृश्य नग्न आँखाको तुलनामा प्रकाशलाई क्याप्चर गर्न राम्रो हुने फोन क्यामेरामा आउन सक्ने बताउनुभयो ।  रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्य अमेरिका र सम्भवतः हवाईमा आएको थियो । 

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार पनि

काठमाडौँ, २९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित गरिएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आजदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आइतबार बस्नेगरी आज स्थगित गरिएको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राख्नुभएको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराउनुभएको पनि उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राख्नुभएको थियो भने बाँकी नेताहरूले आइतबारको बैठकमा बोल्नु हुनेछ ।

स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । सो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।

गण्डकी प्रदेशका कला, साहित्यको प्रचारप्रसारमा लागौँ: मुख्यमन्त्री अधिकारी

लेखनाथ (कास्की), २९ वैशाखः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकरीले प्रदेशका कला र साहित्यलाई विश्वभर फैलाउन प्रचारप्रसारमा लाग्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो बताउनुभएको हो ।

उहाँले देशमा ख्यातिप्राप्त लेखनाथ पौडेल, भानुभक्त आचार्य, माधव घिमिरेजस्ता कवि यसै क्षेत्रमा जन्मेकाले प्रदेश कला, साहित्यमा निकै धनी रहेको समेत बताउनुभयो । “लोक संस्कृतिमा समेत धनी मानिएको गण्डकी प्रदेशलाई कला र साहित्यमा अगाडि बढाउँदै विश्वभर फैलाउन जरुरी छ । त्यसका लागि पर्यटनको राजधानी पोखरामा यस क्षेत्रको कला, संस्कृति, वेशभूषा र नेपाली भाषाको विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

पर्यटकीय राजधानी पोखरामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याएर यहाँको कला र संस्कृतिका बारेमा जानकारी र प्रचारप्रसार गर्न जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

त्यसअवसरमा कला, साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएको स्रष्टालाई नगदसहित सम्मान गरिएको थियो । साहित्यतर्फ सरस्वती प्रतीक्षा, भूपेन्द्र खड्का, कलातर्फ गोपाल श्रेष्ठ, छिरिङफोन्जो गुरुङ, संस्कृतितर्फ खगराज शर्मा, लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने र नृत्यतर्फ रवीन गुरुङलाई मुख्यमन्त्री अधिकारीले सम्मान गर्नुभएको थियो ।

शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी

काठमाडौँ, २९ वैशाखः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । तीनकुनेस्थित एप्पल इन्टरनेशनल स्कुलले आज आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाइ अपनाउन आग्रह गर्नुभयो । संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाइ बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो ।

“संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गर्न पाउने व्यवस्था छ”, उहाँले भन्नुभयो, “राज्यको संरचनाअनुसार तीनै तहमा शिक्षाका केही विषय एकखालको हुनुपर्छ । पाठ्यक्रम पनि जीवनोपयोगी, अहिलेको प्रविधिअनुसार हुनुपर्छ । विद्यालय, माध्यमिक विद्यालय स्थानीय तहमै हुने भएकाले केही अधिकार स्थानीय तहमै गएको छ । बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ ।”

शिक्षण सिकाइ अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उहाँले बताउनुभयो । “शिक्षण सिकाइ बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ । अब हामीले जीवनोपयोगी शिक्षा पनि समावेश गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ । चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ । त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ ।’

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उहाँले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभयो । “सरकारी विद्यालयको स्तर खस्किएको छ । शिक्षामन्त्रीले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ । अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुनसक्छ । सरकारी स्कुलमा केही न केही बेथिति छन् । त्यसलाई हामी सबैले सच्याउनुपर्छ ।”

बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उहाँले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, “तपाईँको बच्चा बन्न स्कुल परिवार पनि जिम्मेवार हुन्छ सँगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुन्छ । यी दुवै कुरामा तालमेल नमिलेमा बच्चाको पढाइ राम्रो हुँदैन ।” विदेशमा आफ्नो बालबालिकालाई सुरक्षित राख्नका निम्ति ‘ट्र¥याकिङ सिस्टम’ प्रयोग गर्ने गरेको भन्दै उहाँले बालबालिकाहरूलाई त्यसरी सुरक्षित राख्न सकेमा धेरै राम्रो हुने बताउनुभयो ।

विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बच्चा पनि विभिन्न माध्यमबाट प्रताडित छन् । ती सबै बालबालिकाको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने छ । हाम्रो मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यस क्षेत्रमा काम गर्दै आएको छ ।”

भोलिका दिनमा देश बनाउने अहिलेका बालबालिका भएको भन्दै मन्त्री चौधरीले अहिले संसद्मा शिक्षासँग सम्बन्धित विभिन्न विधेयकमा छलफल भइरहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकलाई सम्मान गरिएको थियो ।

जनताले परिवर्तनको महसुस गर्न सकेनन्: नेता सिटौला

काठमाडौँ २९ वैशाख: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभएको हो । “संविधान जारी भएपछि जनतामा जुन परिवर्तन हुनुपर्ने हो त्यो हुन सकेको छैन,” उहाँले भन्नुभयो ।

नेता सिटौलाले संविधानमा देखिएका कमी–कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । “पछिल्लो समय प्रचण्ड नेतृत्वको तीनवटा फरक–फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको छ”, नेता सिटौलाले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पङ्क्ति एक भएर जनतामाझ जानुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्य सरिता प्रसाईंले जनताका पक्षमा उठाएका विषयमा सरकार गम्भीर नहुँदा कांग्रेसले संसद अवरोध गर्नुपरेको बताउनुभयो । संसदमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उहाँको भनाई थियो ।

सम्पर्क समितिका सभापति दीपक उप्रेती, कांग्रेस नेता एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, झापा कांग्रेसका सभापति देउमान थेवेलगायतले वर्तमान परिस्थितीसँग जुध्नका लागि पार्टी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

झापा–काठमाडौँ सम्पर्क समितिको सभापतिमा जोशी
नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको सभापतिमा नवीन जोशी निर्वाचित हुनुभएको छ । समितिको आज सम्पन्न तेस्रो अधिवेशनबाट जोशीको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

समितिको उपसभापतिमा लक्ष्मी ओली, निरज सिटौला र उमा श्रेष्ठ, महासचिवमा तुलसा पन्त, प्रवक्तामा सागर घिमिरे, सचिवमा सञ्जय ढकाल र कोषाध्यक्षमा यशोधा कार्की निर्वाचित हुनुभएको छ ।कुल २९ सदस्यीय कार्यसमिति रहेको सम्पर्कमा पाँच सदस्यभने सभापतिले मनोनित गरिने बताइएको छ ।

वीरगञ्ज महानगरले भत्कायो अनधिकृत रूपमा कब्जा गरेर निर्माण गरेका सटर

वीरगञ्ज (पर्र्सा), २९ वैशाखः वीरगञ्ज महानगरपालिकाले वडा नं ९ स्थित गीता मन्दिर परिसरका अनधिकृतरुपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज तीनवटा एक्जाभेटर लगाएर भत्काएको हो ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जका मठमन्दिर केही व्यक्ति र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताउनुभयो । “भगवान्लाई बन्धक बनाएर राख्न पाइँदैन, श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ”, नगरप्रमुख सिंहले भन्नुभयो, “वीरगञ्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवान्लाई बन्धक बनाएर राख्ने चलन छ । त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ ।” महानगरले मन्दिरको मुलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्जाभेटर लगाएर भत्काएको हो ।

नगरप्रमुख सिंहले केही व्यक्तिले अनधिकृत रूपमा सार्वजनिक मठमन्दिर वरपर संरचना निर्माण गराएर कमाइखाने भाँडो बनाइरहेकाले सोलाइ हटाउने अभियान थालेको बताउनुभयो ।

“केही व्यक्तिले बिनाअनुमति मन्दिरको सौन्दर्यकरणलाई प्रत्यक्ष प्रभावित पार्नेगरी विभिन्न सटर थापेको पनि पाइयो”, उहाँले भन्नुभयो, “गीता मन्दिर परिसरमा अनुमतिबेगर नै व्यापारिक सटर निर्माण गरेर सञ्चालन गरेको पाइएपछि भत्काएका हौँ ।”

नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबारको स्पष्ट नभएको पनि दाबी गर्नुभयो । “हामीले १२ दिन अगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ । सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ । तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ ।” सो परिसरमा आधा दर्जनभन्दा धेरै सटर रहेका थिए ।

नगरप्रमुख सिंहले अनधिकृत संरचना भत्काएसँगै अब मन्दिर परिसरलाई व्यवस्थित गराउने बताउनुभयो । “गीता मन्दिर परिसरमा अनधिकृत संरचनालाई पूर्ण रूपमा हटाएर तुरुन्तै व्यवस्थित रूपमा नयाँ खालको आवश्यक संरचना बनाएर अघि बढाउनेछौँ ।” वीरगञ्ज महानगरले पछिल्लो समय अतिक्रमणमा परेको सार्वजनिक जग्गालाई फिर्ता गर्ने काम गर्दै आइरहेको छ ।

झापामा मोटरसाइकल चालकसँग ट्राफिक प्रहरीको पाँचमिनेट अभियान

झापा, २९ वैशाख : झापामा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘दुई पाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेकाले सचेतनामूलक अभियान सुरूगरिएको जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएकामा जसमध्ये मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३९ रहेको र सो अवधिमा चार सय ६३ वटा सवारी दुर्घटना भएकामा मोटरसाइकलको संख्या २८८ रहेका छन् ।

“मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । त्यसैले चालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ कि भन्ने सोचेर ट्राफिक प्रहरीसँग पाँच मिनेट अभियान चलाएका हौँ”, न्यौपानेले भन्नुभयो,“ हाल यो अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरिएको छ । अभियानअन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षासम्बन्धी प्रशिक्षण दिने गरेको छ ।”

साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्रगति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएकाले कान छोपिने हेल्मेट लगाउन, मदिरासेवन गरेर सवारी नचलाउन र तीव्रगतिमा नकुदाउन आग्रह गर्ने गरिएको उहाँको भनाइ छ ।

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारणलाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिए पनि स्थानीय वनसँग कुरा नमिल्दा प्रसारणलाइन निर्माणको काम प्रभावित भएका आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्याकेज—३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत टावर ठड्याउने काम अगाडि बढ्न नसकेका उहाँको भनाइ छ । “तनहुँखण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ”, श्रेष्ठले भन्नुभयो ।

हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारणलाइन प्याकेज–३ अन्र्तगत ३४ दशमलव ७ किलोमिटर दूरीमा प्रसारणलाइनको काम भइरहेको छ । सो कार्य गर्ने ठेक्का केइसी इन्टरनेशनल लिमिटेड, भारतले पाएको छ तर सम्झौताअनुसारको म्याद गुज्रिसकेको छ । यो खण्डमा रहेका कूल ९४ टावरमध्ये ७६ टावरको फाउण्डेसन कार्यसम्पन्न भएको र ५६ टावर ठडाइसकिएको छ । सो प्याकेजको समग्र निर्माण प्रगति ७३ प्रतिशत रहेको जनाइएको छ श्रेष्ठका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ प्रतिशत र समग्रमा आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ ।

आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा

सल्लेरी (सोलुखुम्बु), २९ वैशाख: यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले राससलाई जानकारी दिनुभयो ।

कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो । “उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरु जान्छन् ।” उहाँले भन्नुभयो ।

शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा (दोलखा), तेन्जिङ ग्याल्जेन शेर्पा, (सोलुखुम्बु), पेम्बा टासी शेर्पा (सङ्खुवासभा), लाक्पा शेर्पा (सङ्खुवासभा), दावा रिन्जे शेर्पा (सङ्खुवासभा), दावा शेर्पा (सङ्खुवासभा), पाम दोर्जी शेर्पा(सोलुखुम्बु), सुकबहादुर तामाङ (सङ्खुवासभा), नामग्याल दोर्जे तामाङ (सोलुखुम्बु) र लाक्पा रिन्जी शेर्पा (सङ्खुवासभा) छन् । यो वसन्त ऋतुमा ४१ वटा समूहका चार सय १४ आरोहीले सगरमाथ चढ्ने अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौँ, २९ वैशाख : मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् ।

भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएपछि सो क्षेत्रका बासिन्दामा खुसी भएका हुन् । अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका लागि साझेदारी गरेको रारा होल्डिङ प्रालिले शुक्रबार काठमाडौँमा मुगुका स्थानीयवासी, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिसँग गरेको अन्तक्र्रियामा त्यहाँका बासिन्दा रारामा वैदेशिक लगानी भित्रिन लागेकोमा खुसी भएका हुन् ।

स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा नेपालमा जन्मेर लामो समय अष्ट्रेलियामा बस्दै आउनुभएका बद्री अर्याल र सञ्जीव शर्माले एक्सपर्ट गुप्रमार्फत लगानी भित्र्याउनुभएको हो । तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र सचिव दीपक काफ्लेको उपस्थितिमा रारा रिसोर्टमा लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

पूर्वराज्यमन्त्री हस्तबहादुर मल्ल रारा रिसोर्टले मुगुमात्र नभई समग्र कर्णाली प्रदेशकै विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “उक्त रिसोर्टलाई समयमा नै सम्पन्न गर्नका लागि स्थानीयवासीलाई समेटेर अगाडि बढ्न जरुरी छ”, उहाँ भन्नुहुुन्छ । रारा क्षेत्रमा राष्ट्रिय निकुञ्जसमेत रहेकाले राष्ट्रिय निकुञ्जभित्रको ऐन, कानुनलाई समेत समावेश गरेर अगाडि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेकपा (एमाले) मुगुका पूर्वजिल्ला अध्यक्ष डम्बरबहादुर रावल मुगुको पर्यटन क्षेत्रको विकासका लागि विदेशी लगानी भित्रिन लागेकोमा खुसी व्यक्त गर्नुहुन्छ । “मुगुको विकासका लागि रारा रिसोर्ट निर्माण हुन लागेको छ भन्ने आम मुगुपासीलाई अनुभूति दिलाउन जरुरी छ”, उहाँ भन्नुहुन्छ ।

नेपाली कांग्रेस मुगुका नेता खगेन्द्र मल्ल मुगुमा नयाँ रिसोर्ट बन्दै गर्दा यहाँ काम गर्ने कामदारदेखि निर्माण सम्पन्न भएपछि रिसोर्टमा काम गर्ने जनशक्तिमा मुगुलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । “विकासमा राजनीति गर्न हुँदैन, यहाँ पर्ने अप्ठेरालाई सहजीकरण गर्न स्थानीय क्षेत्रका बासिन्दा भएकाले हामी सहयोग गछौँ”, उहाँ भन्नुहुन्छ ।

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्यान्पे लामा रारा क्षेत्रमा आएका पर्यटकलाई छाँयानाथसम्म लैजान सके मुगु जिल्लाको पर्यटन क्षेत्रले गति लिने बताउनुहुन्छ । रिसोर्ट निर्माणमा स्थानीय बासिन्दालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

रारामा रिसोर्ट निर्माण गर्न लागेको नेपाली कम्पनी रारा होल्डिङस् प्रालिका सञ्चालक अभिषेक विक्रम शाह रारा क्षेत्रमा जतिसक्दो धेरै पर्यटक लगेर रारामात्र नभई समग्र कर्णाली क्षेत्रको पर्यटक विकासका लागि ‘रारा रिसोर्ट’ निर्माण गर्न लागिएको बताउनुहुन्छ ।

“म कर्णाली क्षेत्रकै बासिन्दा हुँ, कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि मैले केही गर्नुपर्छ भनेर उक्त परियोजना अगाडि सारेको हुँ, यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।
मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड लगानी हुने बताइएको छ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने शाह बताउनुहुन्छ ।

समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । “यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो, परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्, मुगुवासी सबैसँगको छलफल र सहकार्यमा यस परियोजनालाई आगामी १८ देखि २२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ”, शाह भन्नुहुन्छ ।
आयोजनामा दोस्रो चरणमा रु ४० करोड लगानी थप हुने निर्माण कम्पनीले जनाएको छ । एक्सपर्ट गुप्रले अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत्का क्षेत्रमा लगानी गर्दै आएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौँ, २९ वैशाख: भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो ।भवनको पाटन नगरपालिकाका प्रमुख गौरी सिंहरावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

त्यसअवसरमा नगरप्रमुख रावलले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले निरन्तर सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो । “बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुरÞ्याउनेछ,” भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिअनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनमा छन्भने चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ४० वटा परियोजना सञ्चालनमा छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग राख्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए

भैरहवा (रुपन्देही)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् ।नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा एक कार्यक्रममा आउनुभएको प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

“भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भैरहेकोमा अब यो उडानलाई कम्तीमा दैनिक दुईतर्फी रुपमा उडान सञ्चालन हुने व्यवस्थासहित ध्यानाकर्षण गराएका हौँ ।” सङ्घका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीलाई विश्वास छ गत वर्ष जेठ महिनामा एकतर्फी उडान सुरुआत भएजस्तै यस वर्षको जेठ महिनाभित्रै दैनिक दुईतर्फ हवाई उडान सुरु हुनेछ ।”तत्कालीन समयमा प्रधानमन्त्रीको पहलमा नेपाल एयरलाइन्सले मलेसियाबाट भैरहवा साताको एक उडान गर्दै आएको छ ।

विमानस्थलवाट नियमित उडान नहुँदा यस क्षेत्रका पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौंको लगानी जोखिममा परेको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडानहरू सुरुवात गर्न सके केही आशाका किरणहरू देखिने उहाँको भनाइ छ । सङ्घले ध्यानाकर्षण पत्रमा वैदेशिक रोजगारमा जानेका लागि श्रमसँगै रपन्देहीमै स्वास्थ्य परिक्षणको व्यवस्था गराउन माग गरेको छ । “श्रमको कार्य भैरहवाबाटै हुने भए पनि स्वास्थ्य परीक्षणका लागि काठमाण्डौमा नै जानु पर्ने व्यवस्था रहेको छ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो “नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य जाँच परीक्षण भैरहवा बुटवलकै अस्पताल वा प्रयोगशालाबाट गर्न मिल्ने व्यवस्था छिटोभन्दा छिटो मिलाओस ।”

यस्तै दुबई, कतार लगायतका देशका भिसा सेन्टरको स्थापना भैरहवामा गर्न, आइएलएस (इन्स्टमेन्ट ल्याण्डिङ सिस्टम) उपकरण विमानस्थलमा जडान रहेको तर हालसम्म पनि प्रयोगमा आउन नसकेकाले यो उपकरण सञ्चालनमा ल्याउन पनि सङ्घले माग गरेको छ ।भैरहवाबाट उडान गर्ने विमान सेवा कम्पनीलाई कम्तिमा यहाँको उडानको आधारमा कर छुट सहुलियत साथै कम्तीमा पाँच वर्षको लागि ग्राउन्ड ह्य्यान्ड्लिङ आफैँ गर्न सक्ने व्यवस्था गरी आकर्षित गर्न प्रधानमन्त्रीलाई सङ्घले माग गरेको छ ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई हवाई इन्धनको मूल्य काठमाडाँैमा भन्दा सस्तो गर्न पनि आग्रह गरेको छ । अहिले तराईतिरै बाट काठमाण्डु पुग्ने हवाई इन्धनको मूल्य काठमाडौ र तराईमा एकै रहेको छ । स्थानअनुसार इन्धन मूल्य कायम गरे विमानसेवा कम्पनीको उडान खर्च कम हुने र उनीहरुलाई आकर्षित गर्न सकिने श्रेष्ठले बताउनुभयो ।

चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, कम्बोडिया म्यान्मार जस्ता बढी वृद्ध धर्म मान्ने देश हरुबाट लुम्बिनी भ्रमणमा बढी आउने गरेका छन । ती देशहरूसँग कूटनीतिक पहल गरी कम्तीमा हप्ताको एक उडानका लागि अनुरोध गर्न आग्रह गरिएको श्रेष्ठले बताउनुभयो ।

यस्तै नेपाल एयरलाईनसँगै नेपालको अर्को निजी कम्पनी हिमालय एयरलाइन्सलाई पनि साताको एउटा मात्र भए पनि उडान गराइदिने व्यस्था गर्न संघले आग्रह गरेको छ । भैरहवाबाट दिल्ली, लखनउ लगायत भारतका सहरमा उडानका लागि आफ्ना भारतीय समकक्षी समक्ष पहल गरिदिने आग्रह पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

विमानस्थल नियमित सञ्चालनका लागि यहाँका निजी क्षेत्रले के कार्य गर्नुपर्ने हो त्यसका लागी नेतृत्व लिनुपरे सिद्धार्थ उद्योग वाणिज्य सङ्घ तयार रहेको उहाँले बताउनुभयो । यस विषयमा प्रधानमन्त्रीले पनि सकारात्मक चासो दिएको श्रेष्ठको भनाइ छ । सङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले यसको लागि पहल जारी रहेको बताउनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै,हालको आम्दानीले बाँच्न गाह्रो

एक तिहाइभन्दा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) का शोधकर्ताहरूले बुधबार एएनयुपोलको प्रकाशित गरेको पछिल्लो संस्करणको नतिजाले सन् २००८ देखि अस्ट्रेलियालीको विचारमाथि पछ्याउँदै आएको छ ।

यसले जनवरीसम्म चार हजारभन्दा बढी उत्तरदातामध्ये ३४ दशमलव दुई प्रतिशतलाई आफ्नो हालको आम्दानीबाट गुजारा चलाउन गाह्रो वा धेरै गाह्रो भएको फेला पारेको छ । प्रतिवेदनका प्रमुख लेखक तथा एएनयुको स्कूल अफ पोलिटिक्स एन्ड इन्टरनेशनल रिलेसन्सका प्रमुख निकोलस बिडलले मिडिया विज्ञप्तिमा सन् २०२० फेब्रुअरीपछिको सर्वेक्षणले मापन गरेको वित्तीय तनावको उच्चतम दर भएको बताउनुभयो ।

जनवरीको एएनयुपोलमा सहभागीहरूमध्ये ६२ प्रतिशतले आर्थिक दबाबको प्रतिक्रियामा किराना र आवश्यक वस्तुहरूमा कम खर्च गरिरहेका र ५० प्रतिशतले प्रमुख खरिदहरू स्थगित गरेको बताएका छन् ।
“यो वित्तीय तनावलाई हेर्दा सम्भवतः मुलुकको दिशालाई लिएर सन्तुष्टिमा कमी आउनु आश्चर्यजनक होइन”, बिडलले भन्नुभयो, “यो घटेर करिब ६२ प्रतिशत भएको छ, यो सन् २०२३ देखि करिब १० प्रतिशतले कम हो ।”

एकदेखि १० सम्मको स्केलमा आफ्नो जीवनसँग सन्तुष्टिको मूल्याङ्कन गर्न प्रश्न गर्दा उत्तरदाताहरूले छ दशमलव ५५ को औसत जवाफ दिएका छन् । यो सन् २०१९, २०२० र २०२३ को औसत रेटिङभन्दा कम हो ।    बिडलले यो तथ्याङ्क कोभिड–१९ को महामारीका बेला ठूलो जनसङ्ख्या बन्दाबन्दीमा रहेको बेला गरिएको सर्वेक्षणको नतिजासँग बराबर भएको बताउनुभयो ।जनवरीको सर्वेक्षणले अस्ट्रेलियाको आवास बजारमा विशेष ध्यान केन्द्रित गरेको र भाडा वा ऋण भुक्तानीमा पछाडि परेका जनसङ्ख्याको अनुपात अप्रिल सन् २०१७ को दुई दशमलव दुई प्रतिशतबाट चार दशमलव आठ प्रतिशतमा दोब्बरभन्दा बढी भएको फेला पारेको थियो ।

पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी समापन,४० लाख भक्तद्वारा स्नान, दर्शन

धरान (सुनसरी), २९ वैशाख: सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको हो ।

मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले राससलाई बताउनुभयो । मेला आयोजना गर्न सङ्घीय सरकारले रु७० लाख र प्रदेश सरकारले रु ५५ लाख प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

कुम्भस्नान गर्न जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुग्नुभएको थियो ।

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्नेगरेको छ ।

राज्यकोषबाट सुविधा लिने कर्मचारी तथा शिक्षकले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी , २९ वैशाख: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन लागेको हो । विद्यालयको भौतिक संरचनालाई मात्र होइन शैक्षिकस्तर सुधार अपरिहार्य भएकाले सम्भव भएसम्म अधिकतम बजेट छुट्याउने योजना रहेको उहाँले बताउनुभयो ।

“वडाहरूलाई अब स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिनेछ । वडाको जनसङ्ख्या, भूगोल, उत्पादन, कर सङ्कलनको अवस्थालगायत मापदण्डका आधारमा बजेट दिइने छ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो । राज्यकोषबाट सुविधा लिनेले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउनुपर्नेमा जोड दिनुभयो । हाल नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

काठमाडौँ, २९ वैशाख हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आज राति मुलुकभर आंशिकदेखि साधारणतया बदली हुने तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

आगामी २४ घण्टामा मुलुकका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपतिले सम्बोधन गर्नुहुने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

“सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, सूचनामा भनिएको छ । सबै सांसदलाई उक्त दिन २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइ सक्न भनिएको छ ।

कार्यालय सहयोगीलाई पूर्वविद्यार्थीले दिए चार लाख ६८ हजार सहयोग

खोटाङ-विद्यालयको कार्यालय सहयोगीबाट उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका परशुराम भुजेललाई पूर्वविद्यार्थी समूहले नगदसहित बिदाइ गरेका छन् । छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयमा ४० वर्ष अस्थायी रुपमा काम गर्नुभएका कार्यालय सहयोगी भुजेललाई पूर्वविद्यार्थी समूहले रु चार लाख ६८ हजार ७११ रकमसहित बिदाइ गरेका हुन् ।

विसं २०४१ देखि कार्यालय सहयोगीको काम गर्नुभएका भुजेल गत चैत मसान्तदेखि उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएको थियो । अस्थायीरुपमा विद्यालयमा ४० वर्ष काम गर्नुभएका भुजेललाई स्थानीय सरकारले खाती हात घर पठाएपछि पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर सम्मानसहित बिदाइ गरेका हुन् ।

बीस वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म विद्यालयमा पसिना बगाउनुभएका भुजेललाई सरकारले खाली हात घर पठाएकाले पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर सम्मान गरिएको रकम सङ्कलन अभियानका संयोजनकर्ता एवम् पूर्वविद्यार्थी उत्तम खड्काले बताउनुभएको छ । विसं २०२१ मा स्थापना गरिएको जनसेवा माध्यमिक विद्यालयमा भुजेलले सुरुको चरणमा मासिक रु एक सय ६५ तलबबाट जागिर सुरु गर्नुभएको थियो ।

अवकाश हुनुपूर्व मासिक रु १० हजार तलब बुझ्दै आउनुभएका भुजेललाई सरकारले बुढेस कालमा खाली हात घर पठाएपछि चन्दा सङ्कलन गरेर नगद सहयोगसहित बिदाइ गरिएको पूर्वविद्यार्थी खड्काले बताउनुभएको छ । “उमेर रहुञ्जेल हाम्रो सेवामा लाग्नुभयो । अहिले सरकारले खाली हात घर पठाएको छ । उहाँको बाँकी जीवनयात्रामा केही सहज होस् भनेर विद्यालयका दुई सय पाँच जना पूर्वविद्यार्थीले रकम सङ्कलन गरेर प्रदान गरेका हौँ”, खड्काले भन्नुभयो, “विद्यालयका प्रधानाध्यापक कोपिला राई, व्यवस्थापन समिति अध्यक्ष वीरकाजी खड्का लगायतका व्यक्तिहरु पनि रकम सङ्कलन अभियानमा लाग्नुभएको थियो । सबैले गरेर रु चार लाख ६८ हजार सात सय ११ रकमसहित बिदाइ गरेका हौँ ।”

गत चैत मसान्तबाट अनिवार्य अवकाश हुनुभएका भुजेललाई बिहीबार विद्यालयमा औपचारिक कार्यक्रमसहित बिदाइ गरिएको पूर्वविद्यार्थी समूहले जनाएको छ । बिदाइ कार्यक्रममा सहभागी गाउँपालिका प्रमुख लोकेन्द्र राई, छितापोखरीका वडाध्यक्ष मिलन राई लगायतका व्यक्तिले सङ्कलित रकम हस्तान्त्रण गर्नुभएको हो । पूर्वविद्यार्थी समूहले भुजेललाई नगदसहित बिदाइ गरेर उदाहरणीय काम गरेको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर अघिल्लो वर्ष उक्त विद्यालयमा सरस्वतीको मन्दिरसमेत बनाएका थिए ।

नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

नेपालगञ्ज – बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका बन्द गरिएको जानकारी दिनुभयो । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने पनि उहाँको भनाइ छ ।

निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको छ । लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दैआएका छन् ।

यातयात व्यवसायीका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ (कास्की)-गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकरीले जोखिमपूर्ण सडकका कारण यातायात क्षेत्र अझै सुरक्षित बन्न नसकेको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन गण्डकी प्रदेशको तेस्रो प्रदेश अधिवेशनको पोखरामा उद्घाटन गर्दै उहाँले यातायात व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार सकरात्मक छ भन्नुभयो ।

“राजनीतिक अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने अवस्था छैन, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “गण्डकी प्रदेश सरकार यातायातमैत्री बनाउन चाहन्छ, सरकारले याातायात व्यवसायीसँग कर मात्र लिने हैन व्यवसाय गर्न उनीहरुलाई सहज वातावरण बनाउने काम पनि हो ।”

यातायात व्यवसायीलाई सहज रुपमा सेवा प्रदान गर्न केही दिनभित्र नै यातायात व्यवस्था कार्यालय गण्डकीको शाखा कार्यालय पोखराको लेखनाथमा विस्तार गरिने जानकारी उहाँले दिनुभयो । यातायात व्यवसायीले भोग्दै आएका समस्याका बारेमा आफू जानकार भएको बताउँदै उहाँले उनीहरुका समस्या समाधानमा आफ्नो भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

“राजनीतिक अधिकार प्राप्तिका लागि अब आन्दोलन गर्नुपर्ने अवस्था छैन, व्यवसायीले स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस्”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “यातायात क्षेत्रमा भएको अर्बाै रुपैयाँको लगानी डुब्न दिने पक्षमा गण्डकी प्रदेश सरकार छैन ।” यातायात व्यवसायी योगेन्द्र केसीले निजी लगानीमा सञ्चालनमा ल्याइएको यातायात सेवा जोखिमपूर्ण बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । याातायात मजदुर नेता रुद्र खत्रीले याातायात मजदुरका समस्या समाधान गर्नेतर्फ व्यवसायीको ध्यान जानुपर्नेमा जोड दिनुभयो । सङ्गठनका गण्डकी प्रदेश संयोजक बलराम सापकोटाको अध्यक्षतामा भएको उक्त अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

हेर्नुहोस् बैशाख २९ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि- निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि – अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि – प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि – सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि- प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

राष्ट्रियहितलाई सर्बोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउँछः अध्यक्ष ओली

काठमाडौँ, २८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियहितलाई सर्बोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिनुभयो ।

त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजजीकरण गरिदिन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि उहाँले बताउनुभयो । अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै त्यसलाई उकास्नेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजीकरणका लागि आग्रह गरिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।

अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म गिरावट आएकाले शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्नेबारे छलफल गरिएको उहाँले बताउनुभयो । वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ । “विगतमा लिएका सङ्कुचित नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ, व्यापार असहजीकरण, शेयर बजारको सङ्कुचन, घरजग्गा कारोबारमा सुस्ततालगायत कारणले आर्थिक गतिविधी खुम्चिएको छ, सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ । यसै विषयमा एमाले अध्यक्षसँग कुरा भएको हो”, अध्यक्ष अग्रवालले भन्नुभयो ।

अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि पनि अविलम्व पहल गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरिएको बताउनुभयो । “सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएका छन्, सहकारी क्षेत्रको समस्या अविलम्व समाधान हुनुपर्दछ”, उहाँले भन्नुभयो ।
अध्यक्ष अग्रवाल नेतृत्वको टोलीमा निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलगायत पदाधिकारीको सहभागीता रहेको थियो ।

समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्छ : महासचिव पोख्रेल

दमौली (तनहुँ), २८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलले पार्टी देश निर्माणको अभिभारा बोकेर अगाडि बढेको बताउनुभएको छ । नेकपा (एमाले) तनहुँको आज यहाँ आयोजित दसौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले समाजलाई बदल्ने सङ्कल्प बोकेर पार्टी अगाडि बढेको बताउनुभयो ।

उहाँले पोख्रेलले भन्नुभयो, “देश बनाउने मुख्य अभिभारा बोकेर पार्टी हिँडेको छ । समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्नेछ ।” आर्थिक, सामाजिक विकास अहिलेको आवश्यकता रहेको बताउँदै महासचिव पोख्रेलले विगतमा राजनीतिक परिवर्तनको यात्रामा धेरै समय खर्चिएको बताउँदै भन्नुभयो, “अब राजनीतिक परिवर्तनको यात्रा होइन । जनताको जीवन परिवर्तन गर्ने यात्रामा अगाडि बढ्नुपर्छ ।”

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देललगायतले पार्टीलाई एकढिक्का बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी रहेको पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनका लागि हालका उपाध्यक्ष हरिराज कँडेल र पूर्वप्रदेश कमिटी सदस्य विष्णुभक्त सिग्देल आकाङ्क्षी छन् ।

लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत छ: गृहमन्त्री लामिछाने

काठमाडौँ, २८ वैशाख : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत रहेको बताउनुभएको छ ।

लैङ्गिक अल्पसङ्ख्यक समुदायले नागरिकता लिन झेल्नुपरेको समस्याबारेको छलफलमा आज गृहमन्त्री लामिछानेले नागरिकता कार्याविधिमा छलफल गर्ने तयारी भइरहेकाले छलफलमा सक्रिय सहभागिता जनाइ आफ्ना गुनासा राख्न आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले भन्नुभयो, “हरेक व्यक्तिले आफ्नो अधिकार निर्वाध प्रयोग गर्न पाउनुपर्छ भन्नेमा सचेत छु । सरकार पनि सचेत छ । जुन समाजमा लैङ्गिक अल्पसङ्ख्यकको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन । त्यसैले अरुको जति अधिकार छ तपाईंहरुको पनि त्यति नै छ । ”

त्यसक्रममा लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूले स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरूले सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी) मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।

रफाह आक्रमणले ‘मानवीय विपत्ति’ निम्त्याउँछ– गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिनुभएको छ । बिना कुनै सम्झौता वार्ताकारहरूले कायरोमा युद्धविराम वार्ता छाडेपछि उहाँले त्यस्तो चेतावनी दिनुभएको हो । “रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने छ र अनिकालका कारण मानिसहरूलाई सहयोग गर्ने हाम्रो प्रयासलाई रोक्नेछ”, नैरोबीको भ्रमणका क्रममा गुटेरेसले भन्नुभयो । उहाँले दक्षिणी गाजा सहरको अवस्था ‘तरबारको धार’ मा रहेको बताउनुभयो ।

युद्धविरामका लागि आफ्नो आह्वानलाई दोहोर्याउँदै उहाँले भन्नुभयो, “हामी रफाह र केरेम शालोम क्रसिङमार्फत अत्यावश्यक इन्धनसहित जीवन रक्षक आपूर्तिको प्रवेशलाई पुनः सुरु गर्न संलग्न सबैसँग सक्रियरूपमा सहभागी छौँ ।”
अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तरवार्तामा यदि रफाह सहरमा पूर्णस्तरको आक्रमण भयो भने इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोकिने वाचा गर्नुभएको थियो । यसपछि पनि एएफपीका पत्रकारहरूले रफाहमा तोप हमला भएको बताएका छन् ।

इजराइललाई रफाहबाट बाहिर रहन बारम्बार आग्रह गरिसकेपछि बाइडनेले इजराइलमाथि प्रतिवर्ष कूल तीन अर्ब डलरको सैन्य सहायता बढाउनुभएको अन्तिम अमेरिकी लाभ यो पहिलो पटक थियो । व्यापक अन्तर्राष्ट्रिय विरोधका बावजुद इजराइली सेनाले मङ्गलबार हमास लडाकूहरूको खोजीमा रफाहको पूर्वी क्षेत्रमा प्रवेश गरेको बताएको थियो ।

शिक्षामा सीप: विद्यार्थीका बाह्र सय सिर्जना प्रदर्शनी

काठमाडौँ, २८ वैशाख : शिक्षामा सीप कार्यक्रमअन्तर्गत काठमाडौँका विभिन्न सरकारी विद्यालयले बनाएका कला सिर्जनाको आजदेखि प्रदर्शनी थालिएको छ ।

काठमाडौँ महानगरपालिकाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगरअन्तर्गतका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको ‘स्केचिङ एन्ड स्कप्चर’ तालिमबाट विद्यार्थीले बनाएका कलाकृतिको प्रदर्शनी थालिएको हो ।

प्रतिष्ठानको कार्यालय नक्सालमा प्रदर्शनी उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप कार्यक्रम गरिएको बताउनुभयो । उहाँले शिक्षा र सीप, कला र सिर्जनाबीच अन्योन्याश्रित सम्बन्ध रहेको पनि बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सीपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो । उहाँले महानगरका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीहरूले तयार गरेका एक हजार दुई सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले कार्यक्रम सुरूमा गाह्रो देखिए पनि त्यसको नतिजा देख्दा खुसी लागेको बताउनुभयो । “कार्यक्रम एकदमै राम्रो लाग्यो । यसमा प्रत्यक्ष–अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसात् गरेर काम अघि बढाई त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताउनुभयो । उहाँले विद्यार्थीले सिकेका कलासम्बन्धी ज्ञान दैनिक जनजीवनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएको बताउनुभयो ।

यही वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मावि, रत्राज्य मावि., ज्ञानोदय मावि., तरुण मावि, गीतामाता मावि., कन्या मन्दिर मावि., शहिद शुक्र मावि., पद्मकन्या विद्याश्रम मावि र कोटेश्वर सरस्वती माविका विद्यार्थीहरूले सिर्जना गरेका कलाकृति राखिएका छन् ।

एलडिसी स्तरोन्नति असर: निर्यात र समग्र आर्थिक वृद्धिदरमा गिरावट

काठमाडौँ, २८ वैशाख : नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा विभिन्न क्षेत्रमा पर्नसक्ने सम्भावित असर र त्यसको न्यूनीकरणका लागि अबलम्बन गरिनुपर्ने योजनासहित सरकारले ‘नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सहज सङ्क्रमणकालीन रणनीति’ (नेपाल एलडिसी ग्राजुएसन स्मुट ट्रान्जिसन स्ट्राटेजी) ल्याइएको छ । राष्ट्रिय योजना आयोगले लामो समयको अध्ययनपछि यो रणनीति ल्याएको हो ।

‘स्मुथ ट्रान्जिसन स्ट्राटेजी’ले मुख्यगरी स्तरोन्नतिका क्रममा विभिन्न क्षेत्रमा पर्ने असर न्यूनीकरण गर्ने र स्तरोन्नतिपछिको लाभ कसरी लिने भन्ने विषय समेटेको राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो । “अति कम विकसित मुलुकका रूपमा हामीले व्यापारमा छुट, विकास सहायतामा अनुदान छुट, केही छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय फोरममा भाग लिन जाँदा त्यसको आर्थिक दायित्व नपर्नेलगायत सुविधा पाइरहेका थियौँ । स्तरोन्नतिपछि ती सुविधा गुम्ने भएकाले त्यसबाट पर्ने प्रभावलाई कसरी कम गर्ने भन्ने उद्देश्यले यो रणनीति ल्याइएको हो”, आयोगका प्रवक्ता भुसालले भन्नुभयो, “स्तरोन्नतिपछि नेपाल विकासशील मुलुकको क्लबमा जाँदा त्यहाँबाट कसरी बढीभन्दा बढी फाइदा लिन सकिन्छ भन्नेबारे पनि अध्ययन भएको छ ।”

नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिपछि एलडिसीका रूपमा अहिले पाइरहेका के–कस्ता सुविधाको कटौती हुन्छन् र त्यसबाट पर्नसक्ने सम्भावित असर व्यवस्थापन कसरी गर्ने भन्नेबारे विस्तृत योजनासहित स्मुथ ट्रान्जिसन स्ट्राटेजी ल्याइएको हो । एलडिसी ग्राजुयसन’का लागि नेपालले पाएको सन् २०२६ सम्मको तयारी अवधिभित्र यस्ता क्षेत्र पहिचान र असर व्यवस्थापनका लागि काम गरिसक्नुपर्नेछ ।

मुख्यतः अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता परिचालनलगायत क्षेत्रमा स्तरोन्नतिअघि र पछिको अवस्था फरक हुनेछ । अन्तर्राष्ट्रिय व्यापार तथा विकास सहायता परिचालनसँगै शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारका क्षेत्रमा पनि स्तरोन्नतिको असर देखिनेछ ।

आयोगले सार्वजनिक गरेको ‘स्मुथ ट्रान्जिसन स्ट्राटेजी’ प्रतिवेदनअनुसार अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले अहिले पाइरहेका विभिन्न व्यापारसम्बन्धी सुविधा गुम्ने भएकाले निर्यातमा चार दशमलव तीन प्रतिशतले गिरावट आउनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै, समग्र व्यापार क्षेत्रको वृद्धिदरमा शून्य दशमलव १२ र समग्र आर्थिक वृद्धिदरमा शून्य दशमलव ००६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । त्यसैगरी करिब ११ हजार चार सय व्यक्ति अर्थात् कूल बेरोजगार सङ्ख्याको शून्य दशमलव १६१ प्रतिशत बेरोजगारीस्तरोन्नतिका कारण सिर्जित हुनसक्ने अनुमान गरिएको छ ।

“अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) ले गरेको अध्ययनअनुसार सन् २०२६ सम्ममा नेपालले अमेरिकी डलर एक अर्ब ३७ करोड २० लाख बराबर रहने अनुमान गरिएको तर अतिकम विकसित मुलुकका रुपमा नरहँदा अमेरिकी डलर पाँच करोड ९० लाख अर्थात् त्यो बेलाको अनुमानित निर्यातको चार दशमलव तीन प्रतिशत घटेर अमेरिकी डलर एक अर्ब ३१ करोड ३० लाख बराबर मात्रै हुनेछ”, स्मुथ ट्रान्जेसन स्ट्राजेटीमा भनिएको छ, “युरोपियन युनियन, टर्की, चीन, संयुक्त अधिराज्य, क्यानडा, जापान, संयुक्त राज्य अमेरिकासँगको निर्यात व्यापारमा असर पर्नेछ ।”

त्यसैगरी, स्तरोन्नतिबाट नेपालले अहिले पाइरहेको आधिकारिक वैदेशिक सहयता (ओडिए) मा पनि सामान्य प्रभाव पर्नेछ । यद्दपि विकास सहायताप्राप्ति द्विपक्षीय राजनीतिक तथा ऐतिहासिक तथा भूराजनीतिकजस्ता सम्बन्धले निर्धारण गर्ने र दातृ निकायले सम्बन्धित मुलुकको गरिबी, बजार आकार, मानवीय आवश्यकतालगायत विषयलाई हेर्ने भएकाले ठूलो असर नपर्ने जनाइएको छ ।

द्विपक्षीय दातृ निकायबाट नेपाले अहिले पाउँदै आएको सहुलियतपूर्ण ऋण र अनुदान सुविधामा सामान्यमात्र प्रभाव पर्नेछ । “भारत र चीन नेपालका दुई ठूला द्विपक्षीय विकास साझेदार हुन् । यी देशसँगको विकास साझेदारीलाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनु वा नहुनुले असर गर्दैन”, स्ट्राटेजीमा भनिएको छ, “तर जापान, दक्षिण कोरिया, जर्मलीलगायत देशबाट हुने विकास साझेदारी अतिकम विकसित मुलुकलाई केही प्राथमिकता र सहुलियत दिइन्छ ।” जर्मनीले अतिकम विकसित मुलुकलाई सहुलियत दरको ऋण उपलब्ध गराउँदछ भने जापानले पनि न्यून आय भएका अतिकम विकसित मुलुकलाई सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउँछ । स्तरोन्नतिपछि नेपालले पनि उच्चदरको ब्याजदरसहितको ऋण लिनुपर्नेछ र अहिले पाइरहेको ग्रेस अवधि पनि छोटो पाउनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैङ्क (एडिबी), विश्व बैङ्क, इन्टरनेसनल बैङ्क फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट (आइबिआरडी) लगायत बहुपक्षीय विकास साझेदार र दातृ निकायले मुलुकको स्तरोन्नतिको अवस्थाभन्दा पनि प्रतिव्यक्ति आयको अवस्था हेरेर सहुलियत दरको ऋण तथा अनुदान उपलब्ध गराउँछन् तर इन्ह्यान्स्ड इन्ट्रिग्रेटेड फ्रेमवर्क (इआइएफ), अतिकम विकसित मुलुकहरुको कोष, युएन टेक्नोलोजी बैङ्क फर लिस्ट डेभलप्ड कन्ट्रिज, इन्भेस्टमेन्ट सफोर्ट प्रोग्राम फर एलडिसीलगायत कोष तथा कार्यक्रमबाट भने स्तरोन्नतिपछि नेपालले सुविधा पाउनेछैन ।

सन् २०२३ मार्च ५ देखि ९ तारिखसम्म कतारको दोहामा चलेको अतिकम विकसित राष्ट्रहरुको पाँचौँ शिखर सम्मेलनपछि यो फोरमको अध्यक्षता नेपालले गरिरहेको छ । एलडिसी फोरमको अध्यक्ष राष्ट्र भएका कारण पनि नेपालले स्तरोन्नति चरणको सङ्क्रमणकालीन अवधि र स्तरोन्नति पछिको कार्यदिशा कसरी तयार पार्छ र कस्तो रणनीतिक अघि सार्छ भनेर अन्तर्राष्ट्रिय द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायहरुले पनि चासोका साथ हेरिरहेका छन् ।

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा सबैभन्दा बढी प्रभावित हुने क्षेत्र अन्तर्राष्ट्रिय व्यापार हो । विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को प्रावधानअनुसार एलडिसीका रूपमा नेपाली वस्तु तथा सेवाले अन्तर्राष्ट्रिय बजारमा पाउने प्राथमिकता र सुविधा गुमाउनेछन् । स्तरोन्नतिको सङ्क्रमणकालीन अवधिपछि डब्ल्युटिओले प्रदान गरेका अन्तर्राष्ट्रिय व्यापार, बौद्धिक सम्पत्तिलगायत सहुलियत बन्द हुनेछन् जसकारण नेपालको निर्यात घट्ने ठानिएको छ तर यस्ता सुविधा जोगाइराख्न नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि नयाँ क्षेत्र तथा बजार पहिचान र व्यापारको विविधीकरण आवश्यक रहेको छ । त्यस्ता सुविधाको निरन्तरताका लागि युरोपियन युनियनलगायत निकायहरुसँग नेपालले पहल गर्नुपर्ने देखिन्छ ।

नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा जोडिएको भारतसँगको व्यापारमा भने यसको त्यति ठूलो असर देखिने छैन । नेपाल र भारतबीचको व्यापार द्विदेशीय सन्धिअनुसार चलिरहेका कारण न्यून असर देखिनेछ । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा), विमस्टेकलगायत क्षेत्रीय रुपमा व्यापार सम्झौता गरिएका देशमा भने यसको केही असर देखिनेछ । यद्यपि, भारतले साफ्टा सदस्य राष्ट्रहरुमा अतिकम विकसित र अन्य मुलुकका लागि फरक भन्सार दर कायम गर्ने गरेको छ । नेपालले भारतमा निर्यात गर्ने प्रशोधित सोयाबिन र पाम तेल त्यसको उदाहरणका रुपमा लिन सकिन्छ । साफ्टामा रहेका अतिकम विकसित मुलुकका लागि भारतले यी वस्तुमा शून्य भन्सार लगाउँछ तर साफ्टाभित्रकै अतिकम विकसितबाहेकका मुलुकका लागि सोयाबिन तेलमा २५ प्रतिशत र पाम तेलमा ५४ प्रतिशत भन्सार लाग्ने गरेको छ । अहिले नेपालले निर्यात गरिरहेका वस्तुहरुको सूचीका पाम र सोयाबिन तेल पहिलो र दोस्रो स्थानमै पर्दछन् । नेपालको आफ्नै उत्पादन नभए पनि कच्चा वस्तु प्रशोधन गरी मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर निर्यात गरिरहेका यी वस्तु प्रभावित हुने देखिन्छ ।

योजना आयोगको एक अध्ययनअनुसार एलडिसीका रुपमा नेपालले अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे र स्विजरल्यान्डमा शत्प्रतिशत ‘ड्युटी फ्री, कोटा फ्री’ सुविधा पाइरहेको छ । क्यानडामा दुग्धजन्य र मासुजन्यलबाहेक अरू वस्तुले ‘ड्युटी फ्री, कोटा फ्री’ सुविधा पाइरहेका छन् । हाल क्यानडामा निर्यात भइरहेका ९८ दशमलव ६ प्रतिशत वस्तु ‘ड्युटी फ्री, कोटा फ्री’ सुविधामा गइरहेका छन् ।

नेपालले अहिले छिमेकी मुलुक चीनमा रसायन (केमिकल्स), सवारी साधन तथा मेसिनरी, विद्युतीय सामग्री तथा कागजजस्ता वस्तुबाहेकमा ‘ड्युटी फ्री, कोटा फ्री’ को सुविधा पाइरहेको छ । चीनमा निर्यात हुने ९६ दशमलव ६ प्रतिशत वस्तुहरु ‘ड्युटी फ्री, कोटा फ्री’ अन्तर्गत पर्दछन् । 

त्यस्तै, भारतमा ९५ प्रतिशत वस्तु ‘ड्युटी फ्री, कोटा फ्री’मा गइरहेका छन् । भारतले प्लास्टिक, कफी, चिया, अल्कोहलजन्य वस्तु, सुर्ती र खाद्य वस्तुमा बाहेक ‘ड्युटी फ्री, कोटा फ्री’ सुविधा दिइरहेको छ । युरोपियन युनियनअन्तर्गतका देशहरुमा हातहतियारबाहेकका सबै वस्तुमा नेपालले ‘ड्युटी फ्री, कोटा फ्री’ पाइरहेको छ । अमेरिकाले कपडाजन्य वस्तु, जुत्ताचप्पल, दुग्धजन्य र मासुजन्यबाहेकका ८२ प्रतिशत वस्तुमा ड्युटी फ्री, कोटा फ्री’ सुविधा दिन्छ । 

त्यस्तै, टर्कीले फलामजन्य वस्तु, खाद्यवस्तु, मासु, तेलजन्यबाहेकका ८० प्रतिशत वस्तुमा ड्युटी फ्री, कोटा फ्री सुविधा दिइरहेको छ । स्तरोन्नतिपछि नेपालले कृषिजन्य वस्तुको निर्यातमा अनुदान दिन पाउनेछैन । गैरकृषिजन्य वस्तुको निर्यातमा दिइने अनुदानमा पनि कटौती हुनेछ । प्रतिव्यक्ति कूल राष्ट्रिय आय (जिएनआई) एक हजार डलरभन्दा कम भएका मुलुकका लागि भने गैरकृषिजन्य वस्तुमा निर्यातमा अनुदान पाउन सक्छन् तर अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा प्रतिव्यक्ति आयको सर्त पनि रहने भएकाले यो अवस्था स्वतः सकिन्छ । 

यद्यपि, कृषिजन्य वस्तुको नेपालभित्र हुने आन्तरिक व्यापारमा दिइने अनुदानमा भने यस्तो व्यवस्था कायम हुनेछैन । स्तरोन्नतिपछि गैरकृषिजन्य स्थानीय वस्तुमा पनि अनुदान दिन पाइनेछैन । नेपालले स्तरोन्नतिकै चरणमा यस्ता अनुदानहरु उपलब्ध गराएको÷नगराएको जानकारी गराउनुपर्नेछ तर सेवा क्षेत्रमा सरकारबाट पाइरहेको सुविधामा भने फरक पर्नेछैन ।

नेपालले निर्यात गुमाउँदा त्यसको असर रोजगारी सिर्जना र मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पनि देखिनेछ । नेपाल उद्योग वाणिज्य महासङ्घको एक तथ्याङ्कअनुसार अहिले कपडा, कार्पेट र पस्मिना क्षेत्रमा दुई लाई ६२ हजारभन्दा बढी कामदार कार्यरत रहेका छन् । निर्यातमा चार दशमलव तीन प्रतिशतले कमी आउँदा यी क्षेत्रमा मात्र १० हजार पाँच सय श्रमिकले रोजगारी गुमाउने अनुमान गरिएको छ । यस्ता उद्योगहरुमा महिला कामदार बढी हुन्छन् जुन मानव पूँजी विकाससँग जोडिएको विषय हो । यसरी निर्यात घट्दा त्यसले आर्थिक वृद्धिदरमा पनि केही असर गर्नेछ । सँगसँगै डब्ल्युटिओ र क्षेत्रीय सङ्गठनमा आबद्ध देशहरुसँगको व्यापारलाई थप खुला र उदार बनाउँदै लैजानुपर्ने हुन्छ जसकारण नेपाली उत्पादनले अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

बौद्धिक सम्पत्तिको अधिकार अर्को प्रभावित हुने क्षेत्र हो । योजना आयोगका अनुसार स्तरोन्नतिपछि नेपालले ‘एग्रिमेन्ट अन ट्रेड रिलेटेड एस्पेक्ट्स अफ इन्टेलेक्चुअल प्रोपटी राइट (ट्रिप्स एग्रिमेन्ट) अन्तर्गतका सुविधाहरु पाउनेछैन जसकारण औषधिजन्य उत्पादनमा नेपालका कम्पनीहरुले प्रयोग गर्दै आएका विदेशी कम्पनीका प्याटेन्ड, डिजाइन, कपिराइट र सेक्रेट फर्मूलालगायत सुविधा कसिलो हुनेछन्। अथवा त्यस्तो अधिकार नै गुमाउनुपर्ने हुनसक्छ ।

प्रविधि हस्तान्तरणका क्षेत्रमा पनि एलडिसी ग्राजुएसनको केही असर देखिनेछ । विकसित देशहरुले आफ्नो क्षेत्रका उद्यम र संस्थाहरुमा प्रविधि हस्तान्तरणका लागि निश्चित प्रतिशत लगानी गर्छन् । स्तरोन्नतिपछि उदारीकरणसँग सम्बन्धित प्रतिबद्धता नेपालले पनि पालना गर्नुपर्नेछ । त्यस्तै, स्पेसल एन्ड डिफ्रेन्सियल (एड एन्ड डी) भनिने सुविधाहरु गुमाउनेछ ।

नेपाल सन् १९७१ देखि संयुक्त राष्ट्र सङ्घको अतिकम विकसित मुुलुकहरुको सूचीमा छ । पछिल्लो ५३ वर्ष अवधिमा नेपालले आफ्नो यो हैसियत उकास्न सकेको छैन । एलडिसीबाट स्तरोन्नतिका लागि नेपालले सन् २०१५ मै प्रक्रिया थालेको थियो । त्यसको तीन वर्षपछि २०१८ मा समीक्षा गर्दा भूकम्पपछिको पुनर्निर्माणको चरणमा भएकाले केही समय थप रोकियो । सन् २०२१ नोभेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभा (जेनेरल एसेम्ब्ली) ले तीन एसियाली मुलुकहरु नेपाल, बङ्गलादेश र लाओसलाई पाँच वर्षको तयारी अवधि दिएर अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’

Site Icon

काठमाडौँ, २८ वैशाखः समस्याग्रस्त सहकारीहरूको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को वर्षे अधिवेशनको पहिलो दिनमै दुवै सदनका कार्यसूची प्रभावित भएका छन् । जनताको सार्वभौम थलोका रूपमा रहेको सङ्घीय संसद्को बजेट अधिवेशनसँग नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्र्रस्तुतगरी पारित गर्नुपर्ने दायित्व रहेको छ ।

पहिलो दिनमा झै सहकारीका विषयमा संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने भन्नेमा मुख्य दलबीचको मतान्तर कायमै रही घेराउ र नारावाजीमा बैठक सम्पन्न हुनथालेमा ती महत्वपूर्ण कार्यसूचीमाथिको छलफल सहज हुने देखिँदैन । सहकारी र लघुवित्तपीडितका सवालका साथै केही दिनदेखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट जनधनको क्षति, वातावरण प्रदूषणको असर, राष्ट्रिय गौरवका आयोजनाका कामको गति, सरकारको पूँजीगत खर्चमा कमी, खानेपानी अभाव, अशन्न मनसुनजन्य विपद्को पूर्व तयारी, बजार मूल्य नियन्त्रण र सहज आपूर्ति, अर्थतन्त्रलाई कसरी सुधार गर्नेजस्ता जनताका समसामयिक समस्या ज्यूकात्यूँ छन् ।

 यी विषय मुखररूपमा सदनमा उठाउन सत्तापक्ष र प्रतिपक्षका सांसदलाई सदनका बैठक नियमत चल्नुपर्ने आवश्यकता छ तर एउटै विषयमा लगातार सदन अवरोध हुनु र सहमतिमा पुग्न नसक्नुले जनतामा एक प्रकारको दिक्दारी महसुुस भएको हुनसक्छ । यसले संसदीय व्यवस्था र प्रणालीमाथि समेत निराशा पैदा गर्न सक्ने स्वयम् सांसदहरूको बुझाइ छ । राष्ट्रियसभाको आजको पहिलो बैठकमा जनस्तरका मुद्दामा केन्द्रित हुनुपर्ने भन्दै सत्ता पक्ष नेकपा (एमाले) का नेता देवेन्द्र दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका मन्तव्यका सार पनि यस्तै थिए ।

 प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएकाले उक्त समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदन चल्न नदिने अडान राखेपछि पहिलो दिनका कार्यसूची प्रभावित भएका हुन् । यही जेठ १ गते संसद्मा राष्ट्रपतिको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनका बैठकमा प्रस्तुत हुनै नपाएकाले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन नै परिवर्तन हुने देखिएको छ ।

 यही वैशाख २ गते हिउँदे अधिवेशन पनि सहकारीकै विषयमा अवरोधका कारण विधेयकहरूमा  पर्याप्त छलफल हुन नपाइ अन्त्य भएको थियो । उक्त विधेयक अधिवेशनको अन्तिम दिन पनि सहकारी अनियमिताका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग सम्बोधन नभएपछि अवरोधका बीच समापन भएकाले धेरैले बजेट अधिवेशनमा सहमतिको यात्रा आरम्भ हुने अपेक्षा गरेका थिए तर परिणाम त्यस्तो हुनसकेन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकहरूसँग गत्यावरोध अन्त्यका लागि परामर्श गर्नुभएको थियो तर ती प्रयास पनि सार्थक हुनसकेनन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसको आजको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’ भएको पुनःस्पष्ट गरेको थियो ।

 सो दलले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको संलग्नताको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः अघि सारेको थियो । कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयासका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरूभएको प्रतिनिधिसभाको पहिलो बैठकजस्तै दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण स्थगन भएकोे थियो । पहिलो बैठक कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नारावाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो । सभामुख घिमिरेले दोस्रो बैठकको कारवाही आरम्भ गर्नासाथ प्रतिपक्षका सांसद रोष्ट्रम घेराउसहित नारावाजीमा उत्रँदै गर्दा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए पनि विपक्षीले बाटो छेकेका थिए । सभामुख घिमिरेले आशन ग्रहणगरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना भनाइ राख्न आग्रहगर्दा पनि विपक्षीले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम सूचीबाट हटाइ बैठक स्थगनको घोषणा गर्नुभयो ।

 राष्ट्रियसभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम पूरा भएको थियो भने प्रतिनिधिसभामा बोल्ने क्रम पनि चल्न सकेन । प्रतिनिधिसभाका सभामुख घिमिरेले र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले सम्बन्धित सभाका बैठकमा मुलुकका सामु देखिएका चुनौती र समस्या प्रस्तुत गर्न र जनताप्रति जवाफदेही भएर प्रस्तुत हुन सरकार तथा सांसदलाई गर्नुभएको आग्रह कामयावी हुन सकेन ।

 पटक पटकका आग्रहका बीच सदनमा अवरोध र नारावाजी भइरहेपछि बैठक स्थगन गर्न उहाँहरु बाध्य हुनुभयो । सहमतिको बिन्दू खोजेर आगामी बैठक सहजरूपमा सञ्चालनका लागि मुख्य दलका शीर्ष नेताको पहल कुनरूपमा अघि बढ्छ त्यस आधारमा वर्षे अधिवेशनको सार्थकता निहित रहनेछ ।

महिलासँग सम्बन्धित अपूर्ण कानुन संशोधन गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौँ, २८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानुनलाई संशोधन गर्न आवश्यक रहेका बताउनुभएको छ । महिला सुरक्षा दबाब समूहले आज काठमाडौँमा आयोजना गरेको “लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानुनमा भएका कमीकमजोरी र समाधानबारे सरोकारवालाहरूसँग राष्ट्रिय संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । “महिलासँग सम्बन्धित कानुन अपूर्ण नै छन् । अन्य ऐन, कानुनमा पनि त्यस्तै समस्या छन् । त्यसैले कानुनमा भएका कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्न जरुरी छ”, मन्त्री चौधरीले भन्नुभयो ।
महिलाका समस्या समाधानका लागि एकीकृत कानुन बनाउन आवश्यक रहेको र त्यसका लागि मन्त्रालयले एकीकृतरूपमा ऐन बनाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो । “सबै विभागको एकीकृत गरेर ल्याउँछौँ । त्यसमा पनि महिला हिंसासँग सम्बन्धित कानुनहरूमा के–के बुँदाहरू थप गर्ने यहाँहरू जस्तो कानुनविद् र अधिकारकर्मीहरूको राय, सल्लाह र सुझावमा हामीले कानुन ल्याउनेछाँै”, उहाँले भन्नुभयो ।

विशेषगरी आमाको नामबाट नागरिकताप्राप्त गर्ने कुरामा धेरै समस्या भएका र त्यसमा राज्यले सहजीकरण गर्न आवश्यक रहेकामा जोड दिँदै उहाँले सम्बन्ध विच्छेदको मुद्दामा पनि सम्पत्ति लिइसकेपछि फेरि फिर्ता गर्नुपर्ने विषय संशोधनको आवश्यकता औँल्याउनुभयो ।

त्यस्तै, गैरकानुनी ढङ्गबाट खाडी मुलुकमा गएका महिला पीडित हुने अवस्था रोक्न श्रम ऐन संशोधन गर्नुपर्नेमा पनि उहाँको जोड थियो । “अहिले ट्रान्जिट भिसामा विशेषगरी खाडी मुलुकमा जाने हाम्रा दिदीबहिनीहरू फर्कदाखेरि धेरै समस्या देखिने गरेको छ”, मन्त्री चौधरीले भन्नुभयो, “यौनहिंसामा पर्ने, गर्भवती भएर आउने, विभिन्न प्रकारका घरेलु हिंसामा पर्ने गरेको पाइएको छ । यही समस्याका कारण महिलालाई विदेश जान बन्देज गर्नुहुँदैन तर त्यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरा श्रम ऐनमा समावेश गरेर जानुपर्छ ।”

उहाँले बालविवाहको विषयमा पनि अब गम्भीर भएर सोच्ने पर्ने समय आइसकेको बताउनुभयो । “अहिले पनि गाउँमा प्रत्येक महिना पाँच÷छ वटा बालविवाहका मुद्दा आइरहने अवस्था छ । सानै उमेरमा प्रेम र विवाह हुने त्यसपछि विभिन्न कुरा नमिल्दा बालकालिका समस्यामा पर्ने गरेका छन् । यस विषयमा पनि गम्भीर भएर समस्याको पहिचान र सम्बोधनको प्रयास गर्न जरूरी छ”, उहाँले भन्नुभयो ।

गगन थापालाई रवी लामिछानेको कडा प्रश्न – ‘प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो ?’

रवी लामिछाने । कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ।

तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र??
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।

मुख्यमन्त्री अधिकारीद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको अनुगमन

दमौली (तनहुँ), २८ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा, बेलचौतारामा सडकको कामका बारेमा अनुगमन गर्नुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री अधिकारीले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिँदै काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । सडक आयोजनाको काम ढिलाइ हुँदा जनतालाई सास्ती भइरहेकोप्रति सचेत रहन मुख्यमन्त्री अधिकारीले आग्रह गर्नुभयो । उक्त खण्डअन्तर्गत शुक्लागण्डकी नगरपालिकामा घर–टहरा भत्काउन ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित शेराटारदेखि कोत्रेसम्म सडक मापदण्डभित्र निर्माण गरिएका एक सय ४६ संरचना हटाउन ढिलाइ भएको हो ।

संरचना हटाउने प्रयोजनका लागि रितपूर्वक पेस भएका निवेदकहरुलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भए पनि कतिपयले क्षतिपूर्ति रकम लिएर पनि घर भत्काउन ढिलाइ गरेको जनाइएको छ ।पश्चिम खण्डमा हालसम्म २३ प्रतिशत प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये २० किलोमिटर सडक छ लेनको हुने पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो ।

पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ । पश्चिम खण्डको काम विगतमा केही सुस्त भए पनि अहिले कामले तीव्रता पाएको पौडेलको भनाइ छ ।   पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ ।