`

युक्रेनमा पुनः आणविक संयन्त्र सुरु नगर्न रुसलाई आइएइएको चेतावनी

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले रुसलाई दक्षिणपूर्वी युक्रेनमा जापोरिजिया आणविक ऊर्जा संयन्त्रलाई पुनः सुरु नगर्न चेतावनी दिएको आइएइए प्रमुख राफेल ग्रोसीले बुधबार बताउनुभएको छ । रुसी सेनाले आफ्नो आक्रमणको पहिलो दिनमा कब्जा गरेको फ्रन्टलाइन प्लान्ट लगातार हमलाका कारण सन् २०२२ देखि बन्द छ । ग्रोसीले रुसको आणविक अपरेटरले संयन्त्रलाई अनलाइनमा फिर्ता राख्नुपर्ने सुझावको जवाफ दिनुभएको थियो ।

“यो आसन्न छैन, म आफ्नो रुसी समकक्षीहरूको त्यस्तो कुनै पनि कारवाहीका लागि विचारहरूको आवश्यकता हुनेछ भन्ने तथ्यतर्फ ध्यानाकर्षण गरिरहेको छु”, उहाँले भन्नुभयो, “सबैभन्दा पहिला यो सक्रिय युद्ध क्षेत्र हो र यसलाई बिर्सन सकिँदैन, दोस्रो यो संयन्त्र लामो समयदेखि बन्द छ ।” उहाँले भविष्यमा कुनै पनि विन्दुमा संयन्त्रलाई पुन अनलाइन गरिने कुरालाई अस्वीकार गर्नुभएन तर यसका लागि ‘धेरै सुरक्षा आकलन गर्ने आवश्यकता हुने’ बताउनुभयो ।

सन् २०२२ मार्चमा मस्कोले कब्जा गरेपछि पावर स्टेसनलाई बारम्बारको गोलाबारी र ड्रोन आक्रमणहरूले हल्लाएको छ र ‘ओभरहिटिङ’ लाई रोक्नका लागि निरन्तर मर्मतको आवश्यकता छ । ग्रोसीले आफ्ना दुई प्रमुख चिन्ताहरू संयन्त्रको भौतिक अखण्डतार र यसको बाह्य विद्युत् आपूर्तिमा अवरोध भएको बताउनुभयो । युद्ध सुरु भएपछि उक्त संयन्त्रले आठ पटक बाह्य विद्युत् गुमाएको छ । यसमा डिसेम्बरमा युक्रेनले उसको ब्याकअप डिजेल जेनेरेटरमाथि निर्भर रहन बाध्य हुनुपरेको बताएको थियो ।

जडीबुटी सङ्कलन गर्न जाँदा हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

जुम्ला, २३ फागुन : जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्घार गरिएको छ ।

यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले राससलाई जानकारी दिनुभयो । हिउँमा फसेका आठै जनालाई सकुशल हेलिकप्टरबाट उद्धार गरिएको छ । पालिका–४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्धार गरेको हो । उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताउनुभयो ।

‘राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन’: विक्रम पाण्डे

भरतपुर (चितवन), २३ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो पार्टी कुनै पनि गठबन्धन र सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले राप्रपा आन्दोलनमा जाने घोषणाका साथ अघिबढेकाले पार्टी अहिले त्यसैमा केन्द्रित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले आन्दोलनको घोषणा गरिसकेका छौँ । चैत १६ गतेदेखि हाम्रो आन्दोलन सुरु हुन्छ । हामी कुनै पनि गठबन्धनको सरकारमा नजाने निर्णयमा अडिग छौँ ।”फरक प्रसङ्गमा उहाँले मिटरब्याजपीडित, महिला, गरिब किसानका पक्षमा सरकारले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ

काठमाडौँ, २३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आज पद तथा गोपनीयतको शपथ लिनुभएको हो ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शपथ लिनुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले शपथ लिनुभएको छ ।

पद तथा गोपनीयतको शपथ लिनेमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सहरी विकासमन्त्री धनबहादुर बुढा हुनुहुन्छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

पहिलो चरणमा विनाविभागीय मन्त्रीका रुपमा नियुक्त हुनुभएका नेकपा (एमाले)का पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले यही फागुन २१ गते शपथ लिनुभएको थियो ।

मन्त्रीमण्डल पुनर्गठनका क्रममा आज एमालेका गिरीलाई कानुन, न्याय तथा संसदीय व्यवस्था, माओवादी केन्द्रका तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वतन्त्र पार्टीका अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्नु हुनेछ ।

धादिङ बस दुर्घटनाका मृतक सातै जनाको सनाखत

मलेखु (धादिङ), २३ फागुन : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।आफन्त र परिवारसँग सम्पर्क गरी मृतकको यकिन गरिएको जैसवारले बताउनुभयो । प्रहरीका अनुसार सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३९ जना घाइते छन् ।

महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

काठमाडौँ, २३ फागुन : यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ ।

कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवं धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्वाध सञ्चालन गर्ने जनाएको छ ।यसैगरी महाशिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटै ढोका खोली भक्तजनलाई सहज दर्शनका गराइने कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताउनुभयो। यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । पशुपति क्षेत्रमा गाजा, भाङ, मदिरा तथा मासु पूर्णरुपमा निषेध गरिएको छ ।पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार महाशिवरात्रिका दिन पशुपति आउने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन गरिनेछ ।

मोरङमा खोरेतविरुद्धको खोप अभियान सुरु

पथरी (मोरङ), २३ फागुन : मोरङको पथरी शनिश्चरे–८ मङ्गलबारेका किसान चिन्तित रहेका छन् । मङ्गलबारेका किसानका गाईबस्तुमा खोरेत रोग लागेपछि चिन्तित बनेका हुन् । तीन दिनदेखि पशुमा ज्वरो आउने, खुट्टा र मुखमा घाउ देखिने र खोले नखाएपछि किसान चिन्तित बनेका हुन् ।

पशुमा खोरेतको लक्षण देखिएपछि किसाने वडामा खबर गरी उपचार सुरु गरेका छन् । पथरी शनिश्चरे– ८ का वडाध्यक्ष नवीन कार्कीको सहयोगमा मङ्गलबार दिउँसोदेखि उपचार सुरु भएको हो । पशुमा खोरेतको लक्षण देखिएलगत्तै वडाध्यक्ष कार्की मङ्गलबारेस्थित किसानका गोठगोठमा पशु चिकित्सक र प्राविधिकको टोलीसहित पुग्नुभएको छ ।

वडाध्यक्ष कार्कीले किसानका समस्या सुनेर तत्काल नगरका पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेलसहितको टोलीलाई रोग फैलिएका क्षेत्रमा आज बिहानैदेखि खोरेतविरुद्ध खोप लगाउन थालिएको राससलाई बताउनुभयो । खोरेतविरुद्ध किसानलाई सचेत पारिएको पनि वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा, २३ फागुन : साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र वसन्त जिम्बाले गोल गरेका थिए ।

श्रेष्ठले खेलको ६१औँ मिनेटमा तथा जिम्बाले ८०औँ मिनेटमा गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीन विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए । आर्मी झापा गोल्ड कपको चारपटकको विजेता टोली हो । प्रतियोगितामा पहिलोपटक सहभागी भएको मच्छिन्द्र क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

आजको खेलमा म्यान अफ दी म्याच आर्मीका बसन्त जिम्बा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । बिहीबार आयोजक झापा–११ तथा एन्फा मकवानपुरबीच क्वाटरफाइनलको खेल हुनेछ । यही फागुन २८ गतेसम्म चल्ने झापा गोल्डकपमा १० टोली सहभागी छन् ।

अफगानिस्तानमा महिला तथा बालिकाको अधिकारलाई प्राथमिकता दिन आग्रह

अफगानिस्तानमा महिलाहरूलाई आधारभूत अधिकारबाट वञ्चित भएको विवरणह आइरहेका समयमा मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त, भोल्कर टर्कले अफगानिस्तानमा महिला तथा किशोरी अधिकारलाई प्राथमिकता दिन आह्वान गर्नु भएको छ ।

तुर्कले अफगानिस्तानले सामना गर्ने महिला तथा किशोरीहरूको अधिकारको अत्यधिक उल्लङ्घनको विषयमा ध्यानाकर्षण गर्नुभएको खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ ।
अफगानिस्तानमा मानव अधिकारका लागि संयुक्त राष्टसङ्घीय विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिला तथा बिशोरहरूको दुरावस्थालाई विशेष जोड दिँदै अफगानिस्तान मानव अधिकारको गम्भीर अवस्थामा तुर्कको चिन्तालाई उजागर गर्नुभयो ।

महिला अधिकारमा ध्यान केन्द्रित गर्दै अफगानिस्तानको इस्लामिक इमिरेटसँगको कुनै पनि अन्तरक्रियाका लागि मानव अधिकारको मौलिक सम्मान पूर्व शर्त भएको बेनेटले बताउनुभयो । तालिबानले सत्ता कब्जा गरेको दुई वर्षभन्दा बढी समयपछि अफगानिस्तानमा मानव अधिकारको निरन्तर ह्रासबारे बेनेटको प्रतिवेदन २९ फेब्रुअरीमा संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्मा पठाइएको थियो ।

खामा प्रेसका अनुसार तुर्कले मानव अधिकारका मुद्दाहरूमा मात्र नभई तालिबानले सञ्चारमाध्यम र पत्रकारिताको दमनको बारेमा पनि चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिवेदनमा कान्दाहारमा व्यक्तिहरूको तस्बिरको प्रकाशनलाई गैरकानुनी बनाउने र खोस्ट प्रान्तमा महिलाहरूलाई रेडियो कार्यक्रममा समेत निषेध गर्ने जस्ता उपायहरू समावेश छन् ।

यद्यपि, तालिवान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले महिला अधिकारका लागि वर्तमान् सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । मानव अधिकारको उल्लङ्घनलाई अस्वीकार गरी पश्चिमी राष्ट्रहरूले अफगान सरकारलाई दबाब दिन यी दावीहरू प्रयोग गरेको दावी उहाँले गर्नुभयो ।

तालिबानले महिला अधिकारमा लगाएको कडा प्रतिबन्धले उनीहरूको शिक्षा र रोजगारीका अवसरहरूमा घातक प्रभाव पारेको छ । अफगान महिला तथा बालिकाहरूले सशक्तिकरण र आर्थिक स्वतन्त्रताको लागि आवश्यक मार्गहरूबाट वञ्चित गर्दै विद्यालय जान वा सुखद भविष्यको खोजी गर्न विकराल अवरोधहरूको सामना गरिरहेका छन् ।यसैगरी, अन्तर्राष्ट्रिय समुदायले व्यापक मानवीय प्रयासको एक हिस्साको रूपमा अफगान महिला अधिकारको संरक्षण र समर्थनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको खामा प्रेसले जनाएको छ ।

निर्वाचनको दिन पुटिन विरुद्ध प्रदर्शन गर्न युलिया नभाल्नायाको आह्वान

रुसी विपक्षी नेता एलेक्सी नभाल्नीकी विधवाले बुधबार रुसीहरूसमक्ष मतदान केन्द्रहरूबाहिर लामो लाइन बनाएर राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध निर्वाचनका दिन विरोध प्रदर्शन गर्न आह्वान गर्नुभएको छ ।

युलिया नभाल्नायाले गत महिना आर्कटिक कारागार कोलोनीमा आफ्ना पतिको स्तब्धकारी मृत्युपछि उहाँको काम र क्रेमलिनको विरोधलाई जारी राख्ने प्रतिज्ञा गर्नुभएको छ ।

बुधबार प्रकाशित एक युट्यब भिडियोमा नभाल्नायाले यसै महिना राष्ट्रव्यापी मतदानमा मतदान केन्द्रहरूलाई अत्यधिक भिड बनाउने प्रयास गर्ने पहलको समर्थन गर्नुभयो । मतदानबाट पुटिनलाई राष्ट्रपतिका रूपमा अर्को छ वर्षको कार्यकाल सुरक्षित हुनेछ ।

“हामी यहाँ छौँ र हामी धेरै छौँ भनेर देखाउन निर्वाचनको दिन प्रयोग गर्न आवश्यक छ”, नभाल्नायाले भन्नुभयो, “हामीले मार्च १७ तारिख १२ः०० बजे एक दिन एउटै समयमा मतदान केन्द्रमा जानुपर्छ, अब के गर्ने ? तपाईं छनोट गर्न सक्नुहन्छ, तपाईं पुटिनलाई छाडेर कुनै पनि उम्मेदवारलाई मत दिन सक्नुहुन्छ, तपाईं आफ्नो मतपत्र बिगार्न सक्नुहुन्छ, तपाईंले ठूलो अक्षरमा ‘नभाल्नी’ लेख्न सक्नुहुन्छ ।”

उहाँले आगामी राष्ट्रपति निर्वाचनलाई ‘बनावटी’ भन्नुभयो । पुटिनले ‘आफूले चाहेको परिणाम निकाल्ने’ तर मतदानका दिन विपक्षीहरूको दृश्य प्रदर्शनले क्रेमलिनलाई डराउन सक्ने उहाँको भनाइ थियो । नभाल्नी आफैँले पनि मर्नुअघि कारागारबाट आफ्नो अन्तिम पोस्टमा उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो । यसलाई आयोजकहरूले ‘पुटिनविरुद्ध मध्याह्न’ भनेका छन् ।

पहलका समर्थकहरूले यो रुसीहरूका लागि क्रेमलिनविरुद्ध विरोध गर्ने कानूनी र सुरक्षित तरिका हुने आशा गरेका छन् । रुसमा सरकारविरोधी सडक जुलुस र प्रदर्शन प्रभावकारीरूपमा गैरकानूनी छ र आयोजक तथा सहभागीहरूलाई वर्षौंको कारागार सजाय हुनसक्छ ।

बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती, २३ फागुन : बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिनुभएको हो ।

नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त हुनुभएको थियो भने अन्य चारजना गत जेठ ७ गते नियुक्त हुनुभएको थियो ।

बागमती प्रदेशमा नेपाल कम्युष्टि पार्टीसहित पाँच दलको समर्थनमा अघिल्लो वर्ष पुस ५ गते नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । सत्तासाझेदार दलहरु एमाले र राप्रपाले सरकार छाडेपछि नेपाली कांग्रेससँग मिलेर गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले सरकार पुनर्गठन गर्नुभएको थियो ।

सङ्घीय सत्ता गठबन्धनमा आएको परिवर्तनले बागमती प्रदेश सरकार पनि एक पटक पुनर्गठन भइसकेको छ । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो भने नेकपा (एमाले) का २७ सदस्य सहित दोस्रो ठूलो दल हो । प्रदेशमा नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

नयाँ गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीले साझेदारी गर्दा बागमती प्रदेशमा ५५ जना सदस्यको समीकरण बन्दछ । एक सय १० सदस्यीय बागमती प्रदेशसभामा यो समीकरण सरकार गठनका लागि पर्याप्त हुँदैन ।

‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ, २३ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरेको भनिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसमेत उक्त कार्यमा संलग्नविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको मुद्दामा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई रु ८४ लाख ८६ हजार बराबरको रकम हानिनोक्सानी गरेको दाबी गरिएको छ ।

डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्रीले सिम्ता उपभोक्ता समितिलाई भुक्तान गरेको रु ८४ लाख ८६ हजार असुलउपर गर्न र निजहरुमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय र बिगोबमोजिमको जरिवाना गर्न माग गरिएको अख्तियारले जनाएको छ ।

साथै, सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन रेञ्जर कमल चित्रकार र भोजप्रसाद उपाध्यायले सिम्ता उपभोक्ता समितिलाई ढुवानीबापतको रकम उपलब्ध गराउन सिफारिस गरेको भन्दै दुवैमाथि क्रमशः रु ७१ लाख ७७ हजार र रु आठ लाख ७१ हजार बिगो कायम गर्न मागदाबी गरिएको छ ।

सिम्ता ‘हाइटेक’ नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, सचिव चन्द्रप्रकाश थापा र कोषाध्यक्ष मीना पोखरेल हमालले झुठा बिलहरु पेस गरी डिभिजन वन कार्यालय सुर्खेतबाट भुक्तानी लिएको भन्दै निजहरुबाट पनि रु ८४ लाख ८६ हजार असुल गरी कैद र जरिवाना गर्न आयोगले माग गरेको छ ।

साथै, सिम्ता नर्सरीका लागि फर्जी कागजात बनाई उपभोक्ता समितिबाट भुक्तानी लिएको भन्दै नाफ सिड्स प्रालिका सञ्चालक गौतम महर्जनविरुद्ध रु ७१ लाख ७७ हजार बिगो कायम गरी कैद र जरिवाना गर्न आयोगले मागदाबी गरेको छ ।

उक्त नर्सरी निर्माणको कार्य नभए पनि सिफारिस गर्ने सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसी र वडा नं ५ का वडाध्यक्ष मोहनकुमार बिसीविरुद्ध पनि नर्सरी निर्माणमा मतियार बनेको भन्दै निजहरुविरुद्ध रु ८४ लाख ८६ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।

नेपालीको मनलाई धर्मले संस्थागत गर्दै एकापसमा मानवीय भावना पैदा गरेको छ – अध्यक्ष ओली

गलकोट (बागलुङ), २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताउनुभएको छ । धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत गरेको उहाँले उल्लेख गर्नुभयो ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा यही फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि रहेको उल्लेख गर्दै कमलनयनाचार्यकोे पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एकापसमा जोड्न सकेको बताउनुभयो ।

“दामोदर कुण्ड, मुक्तिनाथ र त्रिवेणीधामलाई पवित्र कालीगण्डकीले जोडेको छ, यहाँको धार्मिक क्षेत्रको प्रसार गर्नका लागि पञ्चकोटमा विशाल महायज्ञ आयोजना भयो, यति ठूलो महायज्ञ सम्पन्न गरेकामा यहाँका सङ्कल्पकर्ता र स्थानीयलाई धन्यवाद दिन चाहन्छु”, अध्यक्ष ओलीले भन्नुभयो, “स्थानीयको मानवीय भावना र मातृत्वलाई संस्थागत गर्न पञ्चकोटले ठूलो योगदान पु¥याएको पाए, पञ्चकोटले पवित्र कालीगण्डकी, शालग्राम शिला र बह्माण्डको संरक्षणका लागि महायज्ञ आयेजना गर्नु आफैँमा सन्देशमूलक छ ।”

धर्मको नाममा अन्य राष्ट्रमा भइरहेको अत्याचार, हिंसा र अपराधलाई निरुत्साहित गर्दै नेपाली समाज मिलेर बसेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालीको मनलाई धर्मले संस्थागत गर्दै एकापसमा मानवीय भावना पैदा गरेको बताउनुभयो । एउटा व्यक्तिको सङ्कल्पमा पञ्चकोटमा विशाल संरचना तयार भएको भन्दै उहाँले स्वामी कमलनयनाचार्यको प्रशंसा गर्नुभयो ।

अध्यक्ष ओलीले पञ्चकोटको पूर्वाधारका लागि सङ्घीय सरकारले विनियोजन गरेको रु १० करोड उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

सो अवसरमा स्वामी कमलनयनाचार्यले २०७१ फागुन ९ गते पञ्चकोटमा निर्माण थालिएको १०८ फिट अग्लो विश्वशान्ति कलशको शिलान्यास समारोहमा सहभागी भएर अध्यक्ष ओली संस्थापक सदस्यसमेत हुनुभएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्वामी कमलनयनाचार्यले पञ्चकोट गृह जिल्लामा मात्र नभएर मुस्ताङ, म्याग्दीसहितका जिल्लामा धार्मिक पूर्वाधार निर्माण गरिरहनुभएको उल्लेख गर्नुभयो ।

‘डिजिटल कर्णाली’ बनाउन १४ बुँदे प्रतिबद्धता

जाजरकोट, २३ फागुन : विसं २०७४ माघ ६ गते तत्कालीन मुख्यन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारले कर्णालीलाई ‘डिजिटल प्रदेश’ बनाउने भन्दै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णयबाट एक समिति बनाइएको थियो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा विसं २०७४ फागुन ८ गते आठ सदस्यीय अध्ययन समिति गठन गरेर काम थालिएको थियो ।

समितिले तत्कालीन कानुनमन्त्री नरेश भण्डारीसमक्ष ‘डिजिटल प्रदेश’ सम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा ‘जिपिएस प्रणाली’ जडान गर्ने उल्लेख थियो । उक्त प्रतिवेदन बुझाइएको छ वर्ष हुँदासम्म ओझेलमा परेको उक्त विषयलाई अहिलेको सरकारले पुनः अगाडि बढाएको छ ।‘आइसिटी फाउण्डेशन’ नामक संस्थासँगको सहकार्यमा ‘डिजिटल कर्णाली’बारे यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ‘कन्क्लेभ कर्णाली’ आयोजना गरी पुनः छलफल गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञका सहभागिता थियो । नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार, टेलिकम लगायतका संस्थाका प्रतिनिधिसँग छलफल भएको थियो । ‘डिजिटल कर्णाली’ अन्तर्गत आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा प्रदेश सरकार मातहतका कार्यालयमा ‘कागजरहित चुस्त सेवा’ दिने भनिएको थियो । तत्कालीन मुख्यमन्त्री शाहीले सरकारको काम कारबाहीलाई व्यवस्थित, पारदर्शी, कम खर्चिलो बनाउन कागजरहित प्रणाली सुरु गरिएको बताउनुभएको थियो । योसँगै प्रदेशका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्न र पर्यटकलाई सम्बन्धित पर्यटकीय क्षेत्रबारे विस्तृत जानकारी दिन डिजिटल पर्यटन सूचना केन्द्र स्थापना गर्ने घोषणा प्रदेश सरकारले गरेको थियो ।

यस्तै डेटा सेन्टर स्थापना गर्ने भनिए पनि उक्त काम अहिलेसम्म अलपत्र छ । प्रदेशका प्रमुख सहरमा ‘वाईफाई हटस्पट’ सेवा, वीरेन्द्रनगरको सडक सुरक्षाका लागि ‘सिसिटिभी’ जडानलगायत योजना हालसम्म कार्यान्वयनमा आउन सकेका छैनन् । प्रदेश सरकारअन्तर्गत प्रथम पञ्चवर्षीय योजनामा ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’को नारा पूरा गर्न राखिएका छ प्राथमिकतामध्ये ‘डिजिटल कर्णाली’ पनि परेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसीले विगतकै योजना भएकाले कार्यान्वयनमा ल्याउने गरी पहल थालिएको बताउनुभयो ।

उहाँले पाँच वर्षभित्र अभियान सञ्चालन गरी यहाँका अधिकांश नागरिकलाई जोड्ने बताउनुभयो । यसअघिका नीतिगत समस्या र समाधानका उपायका आधारमा अगाडि बढ्ने लक्ष्य लिइएको मन्त्री जिसीले बताउनुभयो । “शिक्षा, कृषि, स्वास्थ्य महत्वपूर्ण क्षेत्र हुन् । किसानले विभिन्न ठाउँमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन सकुन् भन्ने उद्देश्यले सूचना प्रविधिको विस्तार गरी कृषि क्षेत्रलाई पनि डिजिटलाइजेसन गर्दै जाने छौँ”, उहाँले भन्नुभयो ।

नागरिकलाई स्वास्थ्यमा कुनै समस्या भए सूचना प्रविधिबाट आवश्यकता अनुसार परामर्श लिन सकिने व्यवस्था गरिने जिसीले बताउनुभयो । “सूचना तथा सञ्चारसम्बन्धी कानुन तथा नीति निर्माण हुने, प्रदेशका सबै कार्यालय, विद्यालय तथा विश्वविद्यालय, अस्पतालमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै पहुँच विस्तार गर्न आवश्यकता अनुसार टावर निर्माण र अप्टिकल फाइबर विस्तार गर्ने योजना छ”, उहाँले भन्नुभयो । उक्त अभियानका लागि बजेट, विद्युत् र इन्टरनेट आवश्यक पर्ने भन्दै प्रदेशका कतिपय स्थानमा भौगोगिक विकटताका कारण मोबाइल फोनको नेटवर्क विस्तार हुन नसकेको मन्त्री जिसीले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा विद्युत्को पहुँचमा ६७.५ प्रतिशतमा र इन्टरनेटको पहुँच ४० प्रतिशतमा मात्रै छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जिसीले पञ्चवर्षीय गुरुयोजना अनुसार २०८०÷८१ सम्म इन्टरनेट प्रयोगकर्ता ६५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको जानकारी दिनुभयो । अहिले प्रदेशका सात जिल्लामा अप्टिकल फाइबर पुगेको भन्दै बाँकी जिल्लामा पनि विस्तार भए इन्टरनेट सेवा प्रभावकारी हुने उहाँको भनाइ छ ।

छ वर्षपछि पुनः १४ बुँदे प्रतिबद्धता डिजिटल कर्णालीको नारा बनाइएको छ वर्षपछि प्रदेश सरकारले पुनः १४ बुद्धे प्रतिबद्धतापत्र सार्वजानिक गरेको छ । राष्ट्रियस्तरको ‘डिजिटल कर्णाली कन्क्लेभ’ कार्यक्रममार्फत सरकारले उक्त प्रतिबद्धता व्यक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री जिसीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षभित्र उक्त योजनाअन्तर्गत ‘वेब पोर्टल’ तयार गरी सरकारका तथ्याङ्क डिजिटलरुपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

आगामी आवमा डिजिटल प्रदेशको गुरुयोजना तर्जुमा गरी कार्यान्वयन प्रक्रियामा लगिने, सूचना प्रविधिसम्बन्धी उपलब्ध सेवासुविधाको अधिकतम उपयोग गरी सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन एकीकृत सूचना प्रणाली निर्माण प्रतिबद्धतामा उल्लेख छ । पारदर्शी प्रशासन बनाउन प्रविधिको सहज पहुँच विस्तारका लागि आवश्यक पूर्वाधार, संस्थागत व्यवस्था र क्षमता विकास गर्न नीति, योजना कार्यक्रम र बजेटको व्यवस्था तथा दूरसञ्चार प्राधिकरण, टेलिकम र विद्युत् प्राधिकरणसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

प्रदेशमा सूचना, प्रविधिसम्बन्धी दक्ष जनशक्ति उत्पादन तथा सीप विकास गर्न आइटी कलेज स्थापनाको पहल, शैक्षिक संस्थामा प्राविधिक शिक्षासम्बन्धी तालिम प्रदान गरी क्षमता विकास गरिने, सबै जिल्लामा डिजिटल साक्षरता अभिवृद्धि गर्न अभियान सञ्चालनमा जोड दिने प्रतिबद्धतामा जनाइएको छ ।

यहाँका सबै जिल्लामा कम्तीमा एउटा सरकारी वा सामुदायिक शैक्षिक संस्थामा डिजिटल पूर्वाधार विकास गरी आधुनिक तथा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्राथमिकीकरण गरिने योजना रहेको जिसीले बताउनुभयो । प्रदेशमा आइटी उद्योग विकासका लागि कम्पनी स्थापना सञ्चालन गर्न प्रोत्साहन गर्ने, अनुसन्धान केन्द्र सञ्चालनका लागि पहल गरिने उल्लेख छ । प्रदेशमा स्नातक तहमा आइसिटी अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि निश्चित कोटामा विशेष छात्रवृत्तिको व्यवस्था गर्ने बताएको छ ।

भारतसँगको सिमानामा सशस्त्रको बिओपी आजदेखि सञ्चालन

इनरुवा, २३ फागुन : सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जु गाउँपालिका–४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन भएको छ ।

कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रुपमा सञ्चालनमा ल्याएको हो । बर्जु गाउँपालिका–४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङ र बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायलगायतको उपस्थितिमा उक्त बिओपीको उद्घाटन गरिएको हो । सशस्त्र प्रहरी बलले विराटनगरका रोमी जैनले उपलब्ध गराएको चार कट्ठा र बर्जु गाउँपालिकाले उपलब्ध गराएको दुई कट्ठा गरी छ कट्ठा क्षेत्रफलमा बिओपी निर्माण गरेको छ ।

सीमासुरक्षा र चोरीतस्करी नियन्त्रणसँगै सीमा अपराध रोक्न बिओपीबाट मद्दत मिल्ने बराह बाहिनीका बाहिनीपति पोखरेलले बताउनुभयो । बिओपीबाट ३ दशमलव ९ किलोमिटर क्षेत्रभित्रका ५१ वटा सीमास्तम्भको रेखदेख हुनेछ । हर्बोनीमा बिओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बिओपी सङ्ख्या नौ पुगेको छ ।

रुकुम पश्चिमको जिल्ला कारगारमा पाँच गुणाभन्दा बढी कैदी

त्रिवेणी (रुकुम पश्चिम), २३ फागुन : रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ । विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका गरेर एक सय ५० कैदी तथा थुनुवा रहेका छन् ।

पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा हाल सो सङ्ख्यामा कैदी तथा थुनुवा रहेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुुवाले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय जना विभिन्न अभियोगमा दोषी ठहर भएका कैदी छन् भने ५० जना विभिन्न अभियोगमा अदालतबाट फैसला आउन बाँकी रहेका थनुवा छन् । क्षमताभन्दा बढी सङ्ख्या हुँदा बसाइ व्यस्थापनमा समस्या हुने गरेको छ । त्यसैगरी, हिउँको समयमा पानीको पनि उत्तिकै समस्या हुने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिनुभयो ।

कारागारमा भवन तथा अन्य समस्याको समाधानका निम्ति पटक–पटक मौखिक तथा पत्राचार गर्दा पनि कारागार व्यस्थापन विभागले व्यवस्था गर्दा कैदीबन्दीलाई समस्या हुने गरेको छ । रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ । जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिनुभयो ।

हाल कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेको कारगार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ७० वर्षमाथिका चार कैदीबन्दी छन् । त्यस्तै १६ महिनाका एक बालक र दुई वर्षका एक बालक गरेर दुई बालक पनि कारागारमा रहेका छन् ।

थाई विमानस्थलमा पशु तस्करलाई रोक्ने क्रममा पशुपक्षी बरामद

थाइल्यान्डका भन्सार अधिकारीहरूले रेड पान्डा, सर्प, सुगा र छेपारोलगायत ८६ अन्य पशुपक्षीको तस्करी प्रयास गरेको आरोपमा छ भारतीयलाई पक्राउ गरेको अधिकारीहरूले बुधबार बताएका छन् ।

बैङ्ककको सुवर्णभूमि विमानस्थलमा संदिग्धहरूले मुम्बईका लागि उडान भर्ने प्रयास गरिरहेको बेला उनीहरूको जाँच गरिएको सामानमा अवैध पशुपक्षी समूह लुकाएको पाइएको थियो । थाइल्यान्ड वन्यजन्तु तस्करहरूका लागि प्रमुख ‘ट्रान्जिट हब’ हो । तस्करहरूले प्राय पशुपक्षीलाई चीन र भियतनाममा बिक्री गर्दछन् । यद्यपि हालैका वर्षहरूमा भारतमा तस्करीमा वृद्धि हुन थालेको छ ।

भन्सार विभागले विज्ञप्तिमा भनेको छ, “कालो घाँटी भएको मनिटर छेपारो २९ वटा, २१ वटा सर्प, सुगासहित पक्षी १५ गरी कूल ८७ पशपक्षी छन् भन्ने हामीलाई थाहा भयो, ती पशुपक्षी सामानभित्र लुकाइएको थियो ।”

विभागले जारी गरेको तस्बिरहरूमा लोपोन्मुख प्रजाति रेड पान्डाले सानो डालोबाट बाहिर हेर्दै गरेको देखिएको छ भने एउटा सुगा हावाका लागि प्वाल पारिएको ढक्कनसहितको प्लास्टिक कन्टेनरमा बन्द गरिएको थियो । धेरै प्लास्टिक टबहरूमा छेपाराहरू राखिएको थियो भने सर्पहरूलाई कपडाको थैलीमा एकसाथै लपेटिएको देखिएको थियो ।

संदिग्धहरूले अधिकतम १० वर्षको कारागार वा आयात शुल्कको चार गुणा सजाय भोग्नुपर्नेछ । गत महिना एक मङ्गोलियालीलाई कोमोडो ड्र्यागन, अजिङ्गर र दुई दर्जन जीवित माछा मुलुकबाट बाहिर तस्करी गर्न खोजेको आरोपमा सोही विमानस्थलमा पक्राउ गरिएको थियो ।

प्लाइउडमा नयाँ कानुन लगाउने म्याद थप्न भारत सकारात्मक, नेपाली उद्योगीलाई राहत

झापा, २३ फागुनः नेपालबाट निकासी हुने प्लाइउड (काठको प्रशोधित पाता)मा इण्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) मापदण्ड लागू हुने म्याद थप्न भारत सरकार केही लचिलो बनेको छ ।

आइएसआई प्रमाणित नभएका नेपाली प्लाइउडको आयातमा यही फागुन १६ गतेदेखि रोक लगाउने गरी छ महिनाअघिको भारत सरकारको निर्णयबाट नेपालका प्लाइउड उत्पादक चिन्तित बनेका थिए । नेपाल सरकारले आइएसआई प्रमाणपत्रका लागि प्रक्रिया पूरा गर्न समय लाग्ने जनाउँदै भारत सरकारलाई कडाइ नगरिदिन अनुरोध गरेपछि भारतले लचिलो हुँदै आगामी छ महिनाका लागि म्याद थप गरेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाइँले बताउनुभयो ।

“प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख राजनीतिक दलका नेतालाई भेटेरै भारतले नेपाली प्लाइउड रोक्ने नयाँ नीति लागू गरेको अवगत गरायौँ”, सङ्घका अध्यक्ष प्रसाइले भन्नुभयो, “बर्सेनी अर्बौंको विदेशी मुद्रा आर्जन हुने प्लाइउड निर्यात रोकिएमा ठूलो क्षति हुने विषयमा उहाँ पनि चिन्तित हुनुभयो ।

तर अहिले भारत सरकारले छ महिनाको म्याद थप गरेको हो ।” भारत सरकारले हालै आफ्नो राजपत्रमा नयाँ सूचना जारी गर्दै नेपालको प्लाइउड भारतमा बिक्री गर्नका लागि आइएसआई प्रमाणपत्र लागू हुने म्याद फेब्रुअरी २९ तारिखबाट छ महिना बढाएर अगस्टसम्म पु¥याएको हो । नेपाल भेनियर उत्पादक सङ्घका उपाध्यक्ष श्याम न्यौपानेले भारतले थपेको छ महिनाले समस्या टरेको नभएर केहीपर धकेलिएको मात्र बताउनुभयो ।

उहाँले नेपालका भेनियर उद्योग आइएसआईमा दर्ताका लागि प्रयासरत् रहेको जानकारी दिनुभयो । आइएसआई प्रमाणपत्र नलिइ अब निकासी सम्भव नहुने भयो भनेर नेपालका उद्योग धमाधम आइएसआइ दर्ताको प्रक्रियामा लागेको उहाँले बताउनुभयो । के हो आइएसआई ? आइएसओ अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गुणस्तर मापदण्ड हो भने आइएसआइ भनेको भारत सरकारको गुणस्तर मापदण्ड हो । भारतले आइएसआइ मापदण्ड पूरा नभएका विभिन्न विदेशी सामानलाई उसको मुलुकमा आयातको अनुमति दिदैन । भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय अन्तर्गत रहेको ब्यूरो अफ इन्डियन स्टेन्डर्सले आइएसआई चिह्न र प्रमाणपत्र जारी गर्दछ ।

भारतले नेपाल लगायतका केही छिमेकी मुलुकलाई उक्त गुणस्तर मापदण्ड बिना नै यसअघि प्लाइउड आयातको अनुमति दिँदै आएको थियो । हाल आएर भारत सरकारले नेपाली प्लाइउडलाई कडाइ गर्दै गुणस्तर मापदण्डको दायरामा ल्याएको हो । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रसाइका अनुसार आइएसआई गुणस्तर चिह्न र प्रमाणपत्र प्राप्त गर्नका लागि सुरुमा आफ्नो उद्योगमा गुणस्तर प्रयोगशाला स्थापना गर्नुपर्दछ ।

नेपालमा उत्पादित प्लाइउडको नमुना भारतको पटना, दिल्ली र कोलकातालगायतका प्रयोगशालामा परीक्षण गराउनु पर्ने झञ्झट थपिएको प्रसाइको भनाइ छ । नेपालमा उच्चकोटीको प्रयोगशाला नभएको कारण देखाउँदै भारतले आफ्नै मुलुकको प्रयोगशालामा गुणस्तर जाँच्नु पर्ने बाध्यता सिर्जना गर्दै आएको उहाँले बताउनुभयो । आइएसआई चिह्न र प्रमाणपत्रका लागि उद्योगमा प्रयोगशाला स्थापना गर्दा रु २० लाखभन्दा बढी आर्थिकभार थपिने उहाँको अनुमान छ ।

रु दुई अर्बको निर्यात नेपालबाट बर्सेनी रु दुई अर्ब बराबरको प्लाइउड भारततर्फ निकासी गर्दै आएको छ । गुणस्तरको बहानामा भारतले प्लाइउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौँ भेनियर उद्योग बन्द हुनेछन् । त्यहाँ कार्यरत ६० हजारको रोजगारी गुम्ने छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार गतवर्ष पूर्वी नाकाबाट रु एक अर्ब ९९ करोड बराबरको प्लाइउड भारत निर्यात भएको थियो ।

व्यवसायीहरुले प्लाइउडको कच्चा पदार्थ निर्यात गर्दा प्रतिकेजी रु छ र तयारी प्याइउड पठाउँदा रु एक सय १३ का दरले भन्सार महसुल तिर्दै आएका छन् । नेपाल भेनियर उत्पादक सङ्घका उपाध्यक्ष न्यौपानेका अनुसार कोशी प्रदेशमा करिब ८० वटा र झापामा मात्र ३२ वटा भेनियर उद्योग सञ्चालनमा छन् ।

ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ

काठमाडौँ, २३ फागुन : काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई बताउनुभयो । “ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्”, प्रहरी प्रवक्ता ढकालले भन्नुभयो ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ, २३ फागुन : नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने ÷नहुने विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र ) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ । बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताउनुभयो ।

मधेस प्रदेशका मुद्दाप्रति सरकार संवेदनशील हुनुपर्छ : सांसद यादव

काठमाडौँ । कृषिप्रधान देश नेपालमा किसानलाई मारमा पारेर समृद्धिको सपना देख्नु न्यायसङ्गत हुन्छ र ? कृषि क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मधेस प्रदेशका किसान आज किसान हुनुमा पीडा महसुस गर्दैछन् । पछिल्लो समय झन् बल्झँदै गएको मिटरब्याजपीडित, उखु किसान, दाइजो प्रथालगायतका मधेस प्रदेशका मुद्दाप्रति सरकार संवेदनशील हुनुपर्छ ।

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्दा मैलै अनुभव गरेको, सरकारले मधेस प्रदेशलाई हेर्ने दृष्टिकोण नै फरक छ । हरेक प्रकारले राज्यद्वारा मधेस प्रदेशलाई पछाडि पारिएको छ । मुलुकमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न संविधानसभाबाट नेपालको संविधान पारित गरेका हौँ । सङ्घीयताको माध्यमद्वारा मुलुकमा शान्ति, सुशासन, समृद्धिका लक्ष्य पूरा गर्न संविधानसभाबाट संविधान पारित गरेका हौँ । संविधानलाई समयसापेक्ष, जनताका मागअनुसार संशोधन गर्दै जाने भन्ने विषयमा विश्वास गरी मधेसमा विरोध जनाउँदा हामी त्यस क्षेत्रको प्रतिनिधित्व गरेका सांसद संविधानमा हस्ताक्षर गरेका हौँ ।

हामीले प्रतिबद्धता जनाएका एजेण्डा कति सम्बोधन गरेका छौँ ? जनताका मागलाई हामीले कति मध्यनजर गर्न सकेका छौँ ? संविधानमा व्यवस्था गरेका जनताका अधिकार सुरक्षा, संरक्षणमा राज्य कतिको संवेदनशील भएको छ ? आज प्रश्न गर्ने समय आएको छ । संविधानमा उल्लेखित सामाजिक, सांस्कृतिक विकासका विषयमा आज हामी कहाँ छौँ ? आज धर्म, संस्कृति, जात, क्षेत्रका नाममा भएका विभेद तथा समस्या समाधानमा राज्य संवेदनशील बन्नुपर्ने हो । विगतमा धर्म, संस्कृतिका नाममा विभेद, मनमुटाव भएका थिएनन् । पछिल्लो समय एकापसमा बढ्दै गएको विभेद, मनमुटावले आउने समय त्रसित बनाउन सक्छ । जटिल समस्या निम्त्याउन सक्छ । यसमा राज्य चनाखो हुनुपर्छ ।

संसद्को अघिल्लो अधिवेशनमा एउटा मात्र कानुन निर्माण गर्न सफल भएका थियौँ । सोही समयमा पारित भएको मिटरब्याजसम्बन्धी विधेयकले झन् विकराल अवस्था सिर्जना गर्नेवाला छ । ऋण लेनदेनमा केहीले बदमासी गरेका होलान् तर दुवै पक्ष पीडित छन् । अहिले उद्यम, व्यवसाय गर्न ऋण लिन बैंकबाट पाउँदैनन् । साहुले दिँदैन । आफूसँग भएको जग्गा सही मूल्यमा बिक्री हुन नसक्दा छोराछोरीको पढाइमा समस्या आएको छ । वैवाहिक कार्यक्रममा असर परेको छ । ऋण लिने समयमा एकापसमा गरेको समझदारी बिर्सेर साहुलाई निवेदन दिएर फसाउने प्रवृत्तिले गाउँमा त्रास छ । यो विधेयकले मधेस प्रदेशलाई नियोजित तरिकाले फसाएको छ । सुनियोजित ढङ्गले मधेस प्रदेशमा झडप, मनमुटावको वातावरण सिर्जना गरिदिएको छ । कस्तो मिटरब्याजपीडित हो भन्ने कुरा कानुनमा उल्लेख छैन । परिभाषामा उल्लेख त हुनुपर्यो नि ? यस सम्बन्धमा छलफल पनि भएन ।

एकातिर हामी भन्छौँ आयात घटाउने, निर्यात बढाउने तर किसानलाई सहुलियत ऋण, अनुदान, सुविधा प्रदान गर्न सकेका छैनौँ । जबसम्म हामी व्यावसायिक, वैज्ञानिक खेतीसँग जोडिदैनौँ तबसम्म आत्मनिर्भर बन्न सक्दैनौँ । परम्परागत शैलीको कृषि प्रणालीले उत्पादकत्वमा समुन्नत बनाउन सक्दैन । उत्पादकत्व बढ्दैन भने कसरी आयात घट्छ ? सरकारले समयसापेक्ष किसान लक्षित योजना तय गर्नुपर्छ ।

उर्वरभूमि बोकेको मधेस प्रदेशमा कृषि क्षेत्रलाई समृद्ध बनाउनुको विकल्प छैन । अहिले मधेस क्षेत्रमा चुरेको संरक्षण छैन । सिँचाइ छैन । दिगो सिँचाइ सुनिश्चित गर्नतर्फ ध्यान छैन । कहाँबाट उत्पादन बढ्छ ? उखुखेतीमा किसान उचित मूल्य नपाएर पीडित भएका छन् । किसानको पसिनाको मूल्याङ्कन गर्न सकेका छैनौँ । खेती गर्छन् पैसा दिँदैन । सिँचाइ नभएर खेती बाँझो राख्नुपर्ने अवस्था आउन थाल्यो । सरकार मधेस प्रदेशप्रति संवेदनशील भएन ।

सरकार स्थिर नहुँदा नीतिगत, राजनीतिक, सामाजिक समस्या जनताले भोग्नुपरेको छ । पछिल्लो समय मुलुकका संवेदनशील तथा महत्त्वपूर्ण विधेयकका रूपमा सरकारले राम्रो गति लिएको थियो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शिक्षा विधेयकलगायतका विधेयकमा समिति संसद्मा तीव्रगतिमा गएको थियो । अचानक सरकार उथलपुथल हुँदा संसद्को क्यालेण्डरअनुसार संसदीय गतिविधि प्रभावित बन्न पुगेका छन् । हिउँदे अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल रहेको बैठक स्थगित भयो । राजनीतिक अस्थिरताले संसदीय अभ्यासलाई प्रभावित गर्ने गर्छ ।

व्यवस्था र अभ्यासमा हामीमा ठूलो खाडल छ । जनसङ्ख्याको आधारमा समानुपातिक समावेशीको सिद्धान्तलाई अवलम्बन गर्ने विषयलाई त पछि सम्बोधन भयो । तर जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र अझै पनि बाँकी छ । सङ्घीय संसद्का दुवै सदनमा यस क्षेत्रका समस्या, मुद्दा उठान गर्ने गरेको छु । वास्तवमा म मधेस प्रदेशको महिला प्रतिनिधि पनि हुँ । महिलालाई आर्थिक, शैक्षिक, राजनीतिकरूपमा सवलीकरण तथा सशक्तीकरण गर्नुपर्छ । महिला लक्षित कार्यक्रम आएका छन् तर वास्तविक लक्षित वर्गसम्म त्यो पुग्दैन । सरकार पुग्दैन । सरोकारवाला पुग्दैनन् । मिडिया पुग्दैन । विशेषगरी घरायसी काममा संलग्न महिला दैनिकरूपमा गुइँठाले खाना बनाइरहेका छन् । जलवायु परिर्वतनका विषय गर्दा गुइँठाको असर महिलाले धेरै खेप्नुपरेको छ । त्यो कसले बुझिदिने ? ग्रामीण भेगका वर्गको दयनीय अवस्था कसले हेरिदिने ?

दाइजो प्रथाको अवस्था यस क्षेत्रमा विद्यमान छ । जबसम्म हामीले आफ्नै घरमा छोराछोरीमा विभेद गरिन्छ, तबसम्म यस्ता कुप्रथाले निरन्तरता पाउँछन् । शिक्षा, रोजगारीमा विभेद छ । शिक्षाको मूल जरोमा महिलालाई प्रोत्साहन गरिँदैन । समाजमा समानता विस्तार भएमा यस क्षेत्रको चरम समस्याका रूपमा रहेको दाइजो प्रथाका समस्या घट्दै जान्छ ।

संविधानले राज्यका सबै निकायमा समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको छ तर कार्यान्वयनको अवस्था भने फरक छ । समानुपातिक र प्रत्यक्ष सांसदलाई हेर्ने दृष्टिकोण फरक छ ।
-सांसद मुक्ताकुमारी यादवसँग सीता भट्टराईले गरेको कुराकानीमा आधारित०

नयाँ गठबन्धन : सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव

काठमाडौँ, २३ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै वामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै भाव–सञ्चार भएको छ ।

तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्काेलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा वामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने टिप्पणी गर्नुभएको छ । जनताका जल्दाबल्दा समस्याको सम्बोधन, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनालाई आत्मसात्् गरी वैचारिक र कार्यक्रमिक सहयात्राका लागि गृहकार्य गरिएमा ऊर्जायुक्त गठनबन्धन सावित हुने उहाँहरूको भनाइ छ । ती लक्ष्यमा नभई केवल पदीय भागबण्डाको स्वार्थमा ध्यान दिइए जनतामा पुनः निराशा पैदा गर्न सक्ने भएकाले संविधानको प्रस्तावनामा रहेको समाजवदोन्मुख कार्यदिशाका लागि गृहकार्य गरी दिगो र प्रभावकारीरूपमा अघि बढ्न उहाँहरूको सुझाव छ ।

यही फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र जनता समाजवादी पार्टीले नयाँ गठबन्धन गरी तीन नयाँ मन्त्रीसहितको सरकारका गठन भएको हो । ती दलले सरकार विस्तार तथा साझा न्यूनतम कार्यक्रमका लागि आपसी गृहकार्य र अन्य दलसँग पनि संवाद अगाडि बढाएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै गत निर्वाचनमा गठबन्धन गरेको कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितका दलहरूको सहयात्रा निर्वाचनपछि टुटेको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गचित्रका आधारमा २०७९ पुस १० गते एमाले, रास्वपा सहितका समर्थनमा दाहाल प्रधामन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा कांग्रेस पुनः सरकारमा र एमाले सत्ताबाहिर हुन पुगेपछि निर्वाचनका समयकै गठबन्धन लामो समय जाने अनुमान गरिएको थियो । राजनीतिक उतारचढावका बीच यही फागुन २१ गते ‘पुस १०’ को घटनाक्रम दोहोरिएर एमाले, माओवादी केन्द्रको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेको छ । आन्तरिक र बाह्य कारण जे भए पनि यो घटना एकाएकजस्तै विकसित भएको छ । यो घटनाले २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र तालमेल गरी विजय हासिल गरी करिब दुईतिहाइको समर्थनमा सरकार बनाउन समर्थ हुँदाको समये झैँ स्मरण ती दलका कार्यकर्तामा हुन पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टीको सम्मिलनमा भएको गठबन्धनलाई ‘सजातीय’ गठबन्धनको पनि सङ्ज्ञा दिइएको छ ।

अध्यक्ष ओली र दाहालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा एकै पार्टी भएर सरकार र पार्टी चलाउँदाका आन्तरिक विवाद मिलाउन नसक्दा दुईपटक संसद् विघटन (२०७७ पुस ५ र २०७८ जेठ ८) सम्मको घटना हुनु, अध्यक्ष ओली तथा अध्यक्ष दाहाल, नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच बेमेल बढ्नुले पार्टी विभाजन भएको बताइएको छ । विगतमा पनि एकता–विभाजन–एकताको अनुभव बोकेका कम्युनिष्ट पार्टीहरू ती गल्तीबाट माथि उठेर अब पुनः नयाँ शिराबाट सहयात्रामा अग्रसर भएका हुन्–होइनन् ? अहिले नै ठोकुवा गर्ने आधार त छैन र तर नेताहरूले चाहेमा त्यो असम्भव नदेखिएको टिप्पणी गरिएको छ । नयाँ गठबन्धन भएकै दिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले वामपन्थी दलहरूबीच पुनः सहायात्रा र एकताको लक्ष्यसहित आफूहरू अघि बढेको सार्वजनिक अभिव्यक्ति दिनुबाट लामो यात्राकै सङ्केत बुझ्न सकिन्छ ।

वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले सिद्धान्त, विचार र कार्यक्रमका आधारमा सहयात्रा गर्न कार्यदलस्तरमा तयारी गरेर लिखित दस्तावेजका साथ आएमा यो गठबन्धन दिगो बन्ने जनाउँदै कांग्रेस र माओवादी केन्द्रको तुलनामा एमाले र माओवादी केन्द्रको सहयात्रा सहज हुने बताउनुभयो । “तर फागुन २१ गतेको चार दलका शीर्षनेताहरूको सहमतिपत्रमा रुपान्तरणकारी कार्यक्रम देखिएको छैन । सैद्धान्तिक र वैचारिकरूपमा सवल र एकीकृत भएर देश र जनताका समस्या सम्बोधन गर्ने हो भने त्यस लयमा जानुपर्छ । नत्र केवल मन्त्रालयको भागबण्डामा सीमित भएको देखिन्छ र भागबण्डा नमिल्दा गठबन्धन टुट्न पनि सक्छ”, रासससँग कुरा गर्दै नागरिक अभियन्ता श्रेष्ठले भन्नुभयो, “टाउको (विचार) नमिलाई टुपीमात्रै बाँधेर लामो सहयात्रा हुँदैन । शरीर (सङ्गठन) र खुट्टा (हिँड्ने बाटो) पनि मिलाउनुपर्छ । त्यसो भएमा यसलाई सानातिना हुरीले ढाल्न सक्दैन ।”

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले विकसित राजनीतिक घटनाक्रम ‘पुस १०’ कै निरन्तरताअन्तर्गत विकसित भएकाले यसले वाम, लोकतान्त्रिक र रुपान्तरणकारी शक्तिलाई सहयात्रामा ल्याएको टिप्पणी गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा देवकोटाले राष्ट्रियता, विकास र समृद्धिका आधारमा यो गठबन्धन आवश्यक भएकाले यसप्रति सकारात्मक हुन सकिने बताउनुभयो ।

वाम विश्लेषक एवं स्तम्भकार झलक सुवेदीले प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीले विगतका ‘इगो’लाई भुलेर नयाँ गठबन्धन टिकाउन सकेमा यसले सकारात्मक ‘भाइब्स्’ निर्माण गर्ने बताउनुभयो । “आगामी २०८४ सालमा हुने निर्वाचनमा वाम गठबन्धन या पार्टी एकताका माध्यमबाट जान सकिने गरी लागेमा यो गठबन्धनको लाभ एमाले–माओवादी केन्द्र दुवैले लिन सक्छन् । देश र जनताका लागि पनि सकारात्मक नै हुनेछ”, उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षनेताहरूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई मङ्गलबार साँझ भेटवार्ता गरी सरकारमा सामेल हुन आग्रह गर्नुले वामपन्थी दलहरूबीच टुटेको लय फेरि मिलाउन भने खोजेको देखिएको छ ।

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो

मलेखु (धादिङ), २३ फागुन : धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी छ ।

उहाँले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताउनुभयो । प्रउ गौतमले “घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।”

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘उत्कृष्ट नारी सम्मान’सहित प्रथम ओलम्पियन धावक रावतलाई अभिनन्दन

झापा, २३ फागुन : नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी महिला धावक मेनुका राउतलाई मङ्गलबार यहाँ ‘उत्कृष्ट नारी सम्मान’सहित नागरिक अभिनन्दन गरिएको छ ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले उहाँलाई उक्त सम्मान गरेको हो भने जिल्लाका ५० भन्दा बढी सङ्घसंस्थाले उहाँलाई ‘नागरिक अभिनन्दन’ गरेका हुन् ।

मेचीनगर–७ निवासी ५२ वर्षीया रावतका आजभन्दा ३६ वर्षअघि सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा सम्पन्न ओलम्पिक प्रतियोगितामा एथलेटिक्स विधाबाट नेपालको राष्ट्रिय ध्वजावाहक महिला धावकका रूपमा सहभागी हुनुभएको थियो । उक्त ओलम्पिकमा नेपालबाट दुईजना महिला धावक राउत र काभ्रेकी राजकुमारी पाण्डे सहभागी हुनुभएको थियो । त्यसअघिका ओलम्पिकमा नेपाली महिला धावकको सहभागिता रहेको थिएन ।

वीरता लेडी जेसिजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नेपालको सुकीर्ति फैलाउने झापाको एकजना महिला प्रतिभालाई हरेक वर्ष उत्कृष्ट नारी सम्मान प्रदान गर्दै आएको छ । वीरता लेडी जेसिजलगायत दर्जनौँ सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले प्रथम ओलम्पियन खेलाडी रावतलाई नागरिक अभिनन्दनपश्चात विर्तामोड बजार परिक्रमासहित १४ किलोमिटर टाढा निजी निवासमा पुर्याएका थिए ।

सम्मान कार्यक्रममा कोशी प्रदेशकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले सम्मानपत्र प्रदान गर्दै राष्ट्रका लागि योगदान पुर्याएकी राउतको सम्मान गरेर जेसिजलगायतका झापाका सङ्घसंस्थाले नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा लाग्न अभिप्रेरित गरेको धारणा व्यक्त गर्नुभयो ।

यस वर्षको उत्कृष्ट नारी सम्मानका लागि प्रतिभाको चयन गर्न नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कमिटीका पूर्वकोषाध्यक्ष अम्बिका भण्डारी र वीरता जेसिजका पूर्वअध्यक्ष युवराज दाहाल रहेको तीन सदस्यीय छनोट समिति चयन गरेको थियो ।

उक्त सम्मानबाट विगतमा राजनीतिज्ञ गिरिराजकुमारी प्रसाईँ, शिक्षासेवी प्रभा घिमिरे र प्रथम महिला पाइलट जीना लिङ्देनलाई सम्मानित गरिसकेको छ ।

जङ्गली जनावरको त्रासमा निकुञ्ज वरिपरिवासी

वीरगञ्ज (पर्सा), २३ फागुन : पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । शरीरका विभिन्न भागमा चोट लागेका उहाँको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । गत २०८० पुस ८ गते साँझ बाघले आक्रमण गरी पटेर्वा सुगौली –२ थरकट्टी गाउँका ३२ वर्षीय मनोज महतो उराँवको ज्यान लियो । साँझको समयमा शौच गर्न जानुभएका उहाँको शव क्षतविक्षत अवस्थामा बिहान फेलापरेको थियो ।

नेपाल प्रहरी र गाउँलेले जङ्गलदेखि करिब ५० मिटर टाढा बाघले मारेको अवस्थामा शरीरको केही भागमात्र फेलापरेको थियो । सोमबार साँझमात्र पर्साको जिराभवानी गाउँपालिकाको वडा नं ४ मा बाघले पूर्व वडाध्यक्ष सुभाष राउतसहितका स्थानीयका बाख्रालाई बाघले आक्रमण गरेको छ । सोही गाउँपालिकाको वडा नं ५ हरैया पहाडीटोलस्थित राउतले पालेको चौपायालाई खोरभित्रै पसेर बाघले आक्रमण गरी मारेको हो ।

बाघले दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई भने घिसारेर लगेको प्रहरी चौकी शङ्करसरैयाले जनाएको छ । यस्तै गत फागुन १६ गते पर्साको पर्सागढी नगरपालिका–७ निवासी ललन यादवको गोठमा राखेका सातवटा बाख्रा मारेको बाघले सोही राति पर्सागढी –१ कोलाभार निवासी मायादेवी मोक्तानको गोठमा रहेको चार बाख्रा खाएको थियो । गत कात्तिक ८ गते जङ्गली हात्तीले आक्रमण गर्दा पर्साको पर्सागढी –१ निवासी एकवाल हजराको मृत्यु भएको थियो ।

सोही राति ती हात्तीले सो गाउँका एक दर्जन स्थानीयको घर भत्काएर अन्नबाली खाएको थियो । विगत दुई महिनाको अवधिमा पर्साको पटेर्वा सुगौली, पर्सागढी नगरपालिका र जिराभवानी गाउँपालिकामा बाघ र हात्तीको आक्रमणबाट दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको र बाख्रा, गाई र भैँसी गरी तीन दर्जनभन्दा बढी पशुचौपाया मारेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिनुभयो ।

पर्साका विभिन्न गाउँबस्तीमा बाघ, हात्तीलगायतका जङ्गली जनावरको आक्रमणबाट बर्सेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । जङ्गली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भए पनि घाउमा इन्फेक्सन भएर केही समयपछि पनि मृत्यु हुने गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनजङ्गलबाट आउने बाघ, हात्तीलगायतका जङ्गली जनावरले मानवबस्ती पसेर मानवीय तथा पशुचौपायालाई क्षति पुर्याउनुको साथै गहुँबाली तथा तरकारीबाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनालीको सुरक्षाका लागि राति जाग्राम बस्न बाध्य भएका छन् ।

पर्साको जिराभवानी, ठोरी, पटेर्वा सुगौली, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका एक दर्जन गाउँका किसान जङ्गली जनावरबाट पीडित भएका छन् । वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालु, मयूरलगायतका जङ्गली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउन जाग्राम बस्न बाध्य भएको ठोरी गाउँपालिकाका रञ्जित श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय वनमा घेरबार नहुँदा दैनिकजसो जङ्गलबाट आउने जङ्गली जनावरले बालीनली नष्ट पार्ने गरेको श्रेष्ठले बताउनुभयो । खासगरी रातिको समयमा आउने जङ्गली जनावरले गहुँबालीमा व्यापक क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरणका लागि सो ठाउँमा मचान बनाएर रातिको समयमा निगरानी गरिरहेको जिराभवानी गाउँपालिकाका किसान शङ्कर महतोको भनाइ छ । रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटका पड्काउने र अन्य जङ्गली जनावरलाई भगाउन टिन ठटाउने र होहल्ला गर्ने गरेको महतोले बताउनुभयो ।

स्थापनाकालदेखि नै पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको जीवजन्तुले बर्सेनि उत्पात मच्चाँदै व्यापक धनजनको क्षति पुर्याउँदै आएकाले यसको नियन्त्रणको ठोस पहल गर्न नयाँ सरकारसँग स्थानीयले आग्रहसमेत गरेका छन् । जङ्गली जीवजन्तुको उत्पातबाट आफूहरूको जीवन नै सङ्कटमा परेको छ, पटेर्वा सुगौली–२ का स्थानीय सुमन अधिकारी भन्नुहुन्छ, “कतिबेला जङ्गलबाट बाघ, भालु र हात्ती आउँछ र आक्रमण गर्छ भन्ने त्रासमा हामी बाँचिरहेका छौँ ।” जङ्गली जनावरका कारण आफू न स्वतन्त्ररूपमा हिँडडुल गर्न सकिरहेका छौँ, न त निर्धक्क घरकै सुत्न पाइरहेका छौँ”, उहाँको दुखेसो छ । पटक–पटक जङ्गली जनावर नियन्त्रणका लागि स्थानीयवासीबाट माग उठ्दै आए पनि सरकारीस्तरबाट खासै कुनै पहल नभएको सुनाउँदै ठोरी गाउँपालिकाका रामबहादुर श्रेष्ठ भन्नुभयो, “हामीले जङ्गली जनावरको आतङ्क रोक्न धेरैपटक आवाज उठायौँ तर अहिलेसम्म हाम्रो समस्या समाधान भएन ।” बाघ, हात्ती, अर्ना, भालुलगायतका जङ्गली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन जनप्रतिनिधिसँग समेत आग्रह गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त साहले राष्ट्रिय वनजङ्गल आसपास क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएको स्वीकार्दै समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूला खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ । आफूहरूसँग बाघ व्यवस्थापनको उचित टोली नभएकाले समस्या निरन्तर बढेको उहाँको भनाइ छ । तर यो समस्या समाधानबारे आफूले सम्बन्धित निकायमा पत्राचार गरेको जनाउनुभयो ।

“बाघको उद्धार गर्ने स्पेसल टोली चितवन राष्ट्रिय निकुञ्जमा छन्”, उहाँ भन्नुभयो, “त्यहीबाट टोली माग गरेका छौँ । टोली आइसकेपछि बाघको उचित व्यवस्थापन तथा उद्धारमा जुट्नेछौँ ।” पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले मानवबस्तीमा बाघ पसेर मानवीय क्षति पुर्याउने कार्यप्रति आफू गम्भीर रहेको र तत्काल समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताउनुभयो ।

गाजामा जोर्डनले आठ वटा संयुक्त हवाई उडानमार्फत सहयोग सामग्री पुर्यायो

– जोर्डन सशस्त्र बल–अरब सेनाले मङ्गलबार विभिन्न देशहरूसँगको सहकार्यमा द्वन्द्वग्रस्त गाजामा सहायता सामग्रीको ढुवानी बढाएको छ । उसले आठ वटा संयुक्त हवाई उडानमार्फत सहयोग सामग्री पु¥याएको छ ।

गाजापट्टीका बासिन्दाहरूलाई मानवीय सहायता पु¥याउने निरन्तर प्रयासको हिस्साका रूपमा रोयल जोर्डन एयर फोर्सका तीनवटा विमान, तीनवटा अमेरिकी विमान र एक–एक वटा इजिप्ट र फ्रान्सेली विमानद्वारा सहायता पु¥याइएको राज्यद्वारा सञ्चालित पेट्रा समाचार एजेन्सीले जनाएको छ ।

राहत र खाद्य सहायता सामग्री उत्तरी गाजाका थुप्रै स्थानहरूमा पु¥याइएको छ । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सामग्री पनि त्यसमा समावेश रहेको पेट्राले उल्लेख गरेको छ । यस कदमलाई द्वन्द्वग्रस्त गाजापट्टीका बढ्दो इजरायली आक्रमणका कारण खाद्यान्न र औषधिको गम्भीर अभावको पूर्ति गर्न, थप चिकित्सा, राहत र खाद्य सहायता पठाउने जोर्डनको जारी प्रयासको रूपमा लिइएको छ ।

हमासलाई इजरायलसँग ’तत्काल युद्धविराम’ स्वीकार गर्न ब्लिन्केनको आग्रह

–अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार हमासलाई इजरायलसँग “तत्काल युद्धविराम“ स्वीकार गर्न आह्वान गर्नु भएको छ ।

हमास लडाकुहरूले कायरोमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग भेट गरेको सन्दर्भमा अमेरिकी विदेशमन्त्रीको सो धारणा सार्वजिनक भएको हो । “हामीसँग तत्काल युद्धविरामको अवसर छ जसले बन्धकहरूलाई घर ल्याउन सक्छ, प्यालेस्टिनीहरूलाई मानवीय सहायताको मात्रामा व्यापक वृद्धि गर्न सक्छ,“ उहाँले उल्लेख गर्नु भएको छ ।

वाशिङ्टनमा कतारका प्रधानमन्त्रीसँगको भेटमा अमेरिकी मन्त्रीले द्वन्द्वको स्थायी समाधानका निम्ति हमास लडाकुहरूले निश्चित शर्तसहित अगाडि बढ्नुपर्ने धारणा पनि सार्वजनिक गर्नु भएको छ । हमास यो युद्धविराम प्रक्रियामा संलग्न हुन तयार छ कि छैन भन्ने बारे निर्णय गर्ने कुरा हमासको हातमा रहेको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले स्पष्ट पार्नु भएको छ ।

दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता

खोटाङ, २३ फागुन : दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मङ्गलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ ।

क्याम्पसले औपचारिकरूपमा क्यूएए प्राप्ति गरेको जानकारी दिँदै क्यूएए प्राप्त गर्न पहल र प्रयास गर्ने सबैलाई धन्याद दिँदै बधाई ज्ञापन गरेको छ । क्याम्पसले क्यूएए प्राप्त गर्न विसं २०७१ देखि प्रयासरत गरेको जनाइएको छ ।क्यूएएको प्रमाणपत्र प्राप्त गरेसँगै दिक्तेल बहुमुखी क्याम्पस पूर्वी पहाडमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न योग्य शैक्षिक संस्थाको रूपमा प्रमाणित भएको क्याम्पस प्रमुख हिराकुमार राईले जानकारी दिनुभयो छ ।“देशभर एक हजार चार सय ५५ वटा क्याम्पस सञ्चालनमा छन् । जसमध्ये अहिलेसम्म विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट एक सय छवटाले क्यूएए प्राप्त गरेका रहेछन् । त्यसभित्र हाम्रो क्याम्पसको नाम पनि लेखाउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “कोशी प्रदेशमा दुई सय तीनवटा क्याम्पस छन् । यसमध्ये १० वटाले यसअघि नै क्यूएए प्राप्त गरिसकेका रहेछन् । त्यसमा हाम्रो क्याम्पस पनि थपिएको छ । तर यो सधैँभरिका लागि होइन । पाँच वर्षपछि पुनः क्यूएएको प्रक्रियामा जानुपर्छ । यसका लागि हामी थप गुणस्तर सुधार गरेर अगाडि बढ्ने योजनामा छौँ ।”क्यूएए प्रदान गर्नका लागि आयोगको एजुकेसनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यू टिमले गत जेठ २८ देखि असार १ गतेसम्म क्याम्पसमा आएर फाइनल एसेसमेन्ट गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी संस्था दिक्तेल बहुमुखी क्याम्पसले क्यूएए प्राप्तिका लागि विसं २०७६ मा स्वअध्ययन प्रतिवेदन बुझाएको थियो ।क्यूएए प्राप्तिबाट उत्साहित दिक्तेल बहुमुखी क्याम्पसले हप्ता दिनअघिमात्र च्यास्मिटार मावि, चम्पावती मावि बुइपा र सरस्वती मावि पाथेकामा समुदायमा पहुँच कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै क्यूएएबाट क्वालिफाइड भएको प्रमाणपत्र पाएको विषयमा जानकारी दिन जिल्लाका विभिन्न माविहरूमा प्रचारात्मक कार्यक्रम गरिएको क्याम्पस प्रमुख राईले जानकारी दिनुभएको छ ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले ढिलै भए पनि क्यूएएको प्रमाणपत्र पाएकामा खुसी व्यक्त गरेका छन् ।विसं २०३७ मा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी अध्ययन गर्दै आएका छन् ।मानविकी तथा समाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको विषय अध्ययन÷अध्यापन हुँदै आएको क्याम्पसमा करिब सात सयको हाराहारीमा विद्यार्थी छन् । आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

आगो बालेर तर्साए पनि भागेन हात्तीको बथान,पेट टन्न हुनेगरी गहुँबाली खाएपछि बल्ल निकुञ्जतिर लाग्यो

कञ्चनपुर, २३ फागुन : राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ ।

“विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो”, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भन्नुभयो, “हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो ।” साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उहाँले बताउनुभयो ।

“पेट टन्न हुनेगरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल निकुञ्जतिर लाग्यो”, उहाँले भन्नुभयो, प्रत्येक वर्ष हात्तीले धानबाली र गहुँबाली पाक्नै लागेका बेला छिरेर नोक्सानी गर्दै आएको उहाँले गुनासो गर्नुभयो । “पाक्नै लागेको गहुँबालीमा हात्तीले पसेर नोक्सानी गर्न लागेका बेला भगाउन जानैपर्छ”, स्थानीय केशरबहादुर साउदले भन्नुभयो, “गहुँबाली आफ्नै आँखा अगाडि खाएको हेर्नै सक्दैनौँ, भगाउन जाँदा हात्तीले लखेट्न आउने भएकाले मानवीय क्षति हुने सम्भावना पनि बढेर गएको छ ।”

हात्ती छिर्ने ठाउँमा विद्युतीय मेसवायर लगाउन एक दशक अघिदेखि माग गर्दै आए पनि पूरा नभएको उहाँले बताउनुभयो । तीन दिनको अवधिमै हात्तीले वडा नं ५ गर्जमुनिका भीमबहादुर साउद, केशरबहादुर साउद, जीतबहादुर साउद, सागर बोहरा, उत्तम भण्डारी, जयबहादुर साउद, विनोद कुवँर, भानदेव पन्त, लक्ष्मी पन्त, पूजा पाल, लोकेन्द्र खत्री, अर्जुन पन्त, मालती पाल र धनबहादुर साउदको गरी झण्डै चार बिघा खेतमा लगाएको गहुँबाली हात्तीले सखाप पारेको छ । किसानको न्यूनतम दुई कठ्ठादेखि १० कठ्ठासम्म जग्गाको गहुँबाली हात्तीको बथानले नोक्सानी गरेको छ ।

तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ । रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताउनुभयो । “राति अबेरसम्म हात्ती भगाउनमै खटिन्छौँ”, उहाँले भन्नुभयो, “हात्ती नखाई भाग्दै भाग्दैनन्, घर नै भत्काउने डर पनि हुन्छ, त्यही भएर पनि जाग्राम बस्नुपर्ने अवस्था छ ।”

हात्तीले बर्सेनि क्षति पुर्याउँदै आए पनि हालसम्म क्षतिपूर्तिबापतको रकम स्थानीयले नपाएको गुनासो गर्नुभएको छ । हात्तीसँगै चितल, निलगाई र बँदेलले किसानका खेतमा पुगेर गहुँलगायतका बालीमा नोक्सानी गर्ने गरेको छ । खेतमा लगाएको अन्नबाली जङ्गली जनावरले खाएर नोक्सानी गर्न थालेपछि परिवारको वर्षभरिको भरणपोषणका लागि अन्न खरिद गर्न गर्जमुनि गाउँका अधिकांश बासिन्दाले रोजगारीका लागि भारततर्फ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

वडाध्यक्ष चक्रबहादुर खड्काले वडा कार्यालयमा जङ्गली जनावरले खेतमा लगाएको बालीनाली नोक्सानी पुर्याएकाले क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि ३० जना बढी किसानले निवेदन दिएको बताउनुभयो । जङ्गली जनावरले क्षति पुर्याएकोबारे सिफारिस गरिँदै आए पनि वन्यजन्तुले बालीनालीमा पुर्याउने क्षति न्यूनीकरण गर्ने भरपर्दो उपायबारे निकुञ्ज कार्यालय, नगरपालिका र प्रदेशमा पत्राचार गरे पनि अहिलेसम्म ठोसरूपमा कुनै कार्य अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।

निकुञ्जबाट आउने हात्तीले गर्जमुनिमात्रै नभएर वडा नं ६, ७, २ र ३ मा पनि बर्सेनि बालीनाली भित्र्याउने बेला नोक्सानी पुर्याउँदै आएको छ । तीन वर्षको अवधिमा नगरपालिका क्षेत्रका चार जनाले हात्तीको आक्रमणमा परेर ज्यान गुमाइसकेका छन् ।

काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदीमा खस्यो : चारको मृत्यु, ३० जना भन्दा बढी घाइते

मलेखु (धादिङ), २३ फागुन-कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ ।

आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

धरान–इटहरी सडक निर्माण सुस्त गतिमा,समयमै सडक निर्माण नहुँदा यात्रुलाई सास्ती

धरान- कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।

धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुलाई समस्या भएको छ । लामो समयदेखि जताततै सडक भत्काइएको छ । वर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको छ । सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटना बढिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए । दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७९÷८० मा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको । दुर्घटनामा ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्युको छ भने १० जना घाइते भएका छन् ।

सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन । ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन । चीनको नाका किमाथाङ्कादेखि भारतको नाका जोगबनी जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग अधुरै रहँदा प्रदेशको व्यापार व्यवसायमा असर पुगेको छ ।

धरान–इटहरी सडक आयोजना इटहरीका इन्जिनियर अस्मिता सुवेदीले चार लेन सडकको पश्चिमतर्फको दुई लेन सडकको काम भइरहेको बताउनुभयो । निर्माणमा संलग्न ठेकेदारलाई काम छिटो गर्न पत्राचार गरेको उहाँको भनाइ छ । ठेक्काको म्याद सकिएपछि म्याद थप्ने प्रक्रिया अघि बढाइएको इन्जिनियर सुवेदीले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी, २३ फागुन : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रव झाले बताउनुभयो । “स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति बुझ्न र संरचना नहटाउँदा तिप्ल्याङ बजारभित्र सडक विस्तार, नाली निर्माण हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “प्राविधिक टोलीले संरचनाको पुनःमूल्याङ्कन गरेको क्षतिपूर्ति रकम बुझ्न तयार भई संरचना हटाउन थाल्नुुभएको छ ।”

सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा, गोठहरूको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो । गलेश्वरबाट तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माणको काम सकेर कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार तथा नाली निर्माणको काम रोकिएको थियो ।

स्थानीयवासीको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्याङ्कन र क्षतिपूर्तिको रकम संशोधन गरिएको हो । दायाँ र बायाँतर्फ नाली हुने सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन संरचना भत्काउन लागिएको आयोजना प्रमुख झाले बताउनुभयो । राहुुघाटबाट बेगखोला–तिप्ल्याङ–पोखरेबगर हँुदै भुरुङ तातोपानी खण्डमा पहिरो र नदी कटानको जोखिमयुक्त ठाउँबाहेक करिब १५ किलोमिटर दूरीमा कालोपत्र गर्न थालिएको छ ।

योजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने एक सय ७८ वटा घरगोठ र टहराको करिब रु आठ करोड क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया थालेको थियो । सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपूर्ति वितरणको काम अझै जारी छ । म्याग्दीमा ८० र मुस्ताङका ९८ वटा घरटहरा र गोठ हटाउन क्षतिपूर्तिका लागि छनोट गरिएको थियो ।

बेनी–जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो ।

पछिल्लो व्यवस्थाअनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन विसं २०७४ मा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

जितपुरसिमरामा बस दुर्घटना : एक जनाको मृत्यु, चार गम्भीर घाइते

बागमती- पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

मंगलबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो । धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको विस्तृत विवरण प्राप्त भएको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुहोस् फागुन २३ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

बृष राशि – वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

मिथुन राशि – पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि – शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

सिंह राशि – नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

कन्या राशि – भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

तुला राशि – बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि – तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि – आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि – कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

कांग्रेसमाथि आक्रमण भएको सुरजपुराको घरलाई सङ्ग्रहालय बनाउन सुझाव

लुम्बिनी-नेपाली कांग्रेसको साङ्गठनिक अभियानका क्रममा ४० वर्ष अघि रुपन्देहीको सुरजपुरामा भएको घटनामा दिवङ्गत हुनुभएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ । नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा घटना भएको स्थानमा ४० औँ स्मृतिसभा आयोजना गरिएको हो ।

विक्रम संवत् २०३६ को जनमत सङ्ग्रहमा बहुदल पराजित भएपछि निष्क्रिय भएको पार्टीलाई पुनः सशक्त तुल्याएर प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यलगायत नेताको अगुवाइमा देशभर साङ्गठनिक अभियान सञ्चालन भएको थियो ।

अभियानका क्रममा नेताहरुको टोलीले नेपाली कांग्रेस रुपन्देहीले तत्कालीन रुपन्देहीका सभापति पुष्पानन्द गिरिको देवदह नगरपालिका– ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदलविरुद्धको समूहले आक्रमण गरेको थियो । आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनुभयो भने घटनामा पार्टीका वर्तमान सभापति शेरबहादुर देउवासहित २७२ जना घाइते भएका थिए ।

स्मृतिसभाका वक्ताहरुले उक्त घटना भएको घरलाई सङ्ग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्रप्राप्तिको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै उक्त घटनाको साक्षी बनेको घरलाई सङ्ग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली कांग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसाबले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उक्त घरलाई सङ्ग्रहालय बनाउने विषयमा धेरै प्रयास भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औँल्याउनु भयो ।

नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले कांग्रेसलाई सिध्याउ खोज्नेहरुले पार्टीको अभियानका क्रममा सुरजपुरा घटना गराएको बताउनुभयो ।

सभामा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हीराबहादुर खत्री, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भूर्तेल, वडा नं. ३ का वडा सभापति थमबहादुर बुढाथोकीले उक्त घरलाई सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

लुम्बिनी-नेपाली कांग्रेसको साङ्गठनिक अभियानका क्रममा ४० वर्ष अघि रुपन्देहीको सुरजपुरामा भएको घटनामा दिवङ्गत हुनुभएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ । नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा घटना भएको स्थानमा ४० औँ स्मृतिसभा आयोजना गरिएको हो ।

विक्रम संवत् २०३६ को जनमत सङ्ग्रहमा बहुदल पराजित भएपछि निष्क्रिय भएको पार्टीलाई पुनः सशक्त तुल्याएर प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यलगायत नेताको अगुवाइमा देशभर साङ्गठनिक अभियान सञ्चालन भएको थियो ।

अभियानका क्रममा नेताहरुको टोलीले नेपाली कांग्रेस रुपन्देहीले तत्कालीन रुपन्देहीका सभापति पुष्पानन्द गिरिको देवदह नगरपालिका– ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदलविरुद्धको समूहले आक्रमण गरेको थियो । आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनुभयो भने घटनामा पार्टीका वर्तमान सभापति शेरबहादुर देउवासहित २७२ जना घाइते भएका थिए ।

स्मृतिसभाका वक्ताहरुले उक्त घटना भएको घरलाई सङ्ग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्रप्राप्तिको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै उक्त घटनाको साक्षी बनेको घरलाई सङ्ग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली कांग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसाबले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उक्त घरलाई सङ्ग्रहालय बनाउने विषयमा धेरै प्रयास भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औँल्याउनु भयो ।

नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले कांग्रेसलाई सिध्याउ खोज्नेहरुले पार्टीको अभियानका क्रममा सुरजपुरा घटना गराएको बताउनुभयो ।

सभामा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हीराबहादुर खत्री, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भूर्तेल, वडा नं. ३ का वडा सभापति थमबहादुर बुढाथोकीले उक्त घरलाई सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कर्णाली प्रदेश प्रमुखद्वारा प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

कर्णाली- कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्नुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष आज सिफारिस भई आएबमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गर्नुभएको हो ।

सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीद्वारा अध्यक्ष नेपाललाई आग्रह

काठमाडौँ, २२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आज उहाँको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहितका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि बढाउन आग्रह गर्नुभएको हो । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन गरिएको सहमति सार्वजनिक भएको थियो । भेटका अवसरमा अध्यक्ष नेपालले चार दलको नयाँ सहमतिबारे आफूलाई जानकारी नदिइएको बारे प्रश्न राख्नुभएको थियो । एमालेसँगको विभाजनपछि अध्यक्ष ओली र अध्यक्ष नेपालबीच कोटेश्वरमा पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले सोमबार पनि अध्यक्ष नेपालसँग कोटेश्वरस्थित निवासमा भेटवार्ता गर्नुभएको थियो ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका अध्यक्ष ओलीले छलफल सकारात्मक भएको बताउनुभयो । सो पार्टीका महासचिव पोखरेलले आफूहरुले नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेको र समाजवादी पार्टी सकारात्मक रहेको बताउनुभयो । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गर्नुभएको बताउँदै यस विषयमा आफूहरुले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिनुभयो । महासचिव भुसालले भन्नुभयो, “उहाँहरुले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा बुधबार बिहान बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।”

शारीरिक अस्वस्थताका कारण केही दिनयता आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएका पूर्वप्रधानमन्त्री नेपाललाई शीर्ष नेताहरुले स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो ।

बन्द भएको सामाजिक सञ्जाल फेसबुक खुल्यो

काठमाडौं । आज राति बन्द भएको सामाजिक सञ्जाल फेसबुक खुलेको छ । एकाएक बन्द भएको फेसबुक केही समय बन्द भएर चलेको हो ।

चलिरहेका फेसबुक एकाउन्ट सवा ९ बजेदेखि अचानक लगआउट भएका हुन् । फेसबुकसँगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको थियो ।

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन रत्यौली

लुम्बिनी, २२ फागुन : बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीनदिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ पारायण भएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।

त्रिपिटक पाठको समापन गर्दै पूर्वमन्त्री अशोक राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको सँगालो त्रिपिटक पाठले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै उहाँले बुद्धका शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु फ्रा खु्र धमेशभनले आजको आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो । महासङ्घले तेस्रो पटक लुम्बिनीमा त्रिपिटक पाठ पारायण गरिएको उहाँले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्ध शिक्षालाई विश्वव्यापी बनाउन सघाएको बताउनुभयोभने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सहयोग पुगेको बताउनुभयो । त्रिपिटक पाठमा भारत, श्रीलङ्का, थाइल्याण्ड तथा म्यान्माका भिक्षुभिक्षुणी सहभागी हुनुहुन्थ्यो ।

युक्रेनले खृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्यो

युक्रेनको गुप्तचर एकाइ “समूह १३” ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रूसी गस्ती जहाजलाई नष्ट बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ ।

रूसी ब्ल्याक सी फ्लीट जहाज “सर्गेई कोटोभ” मागुरा भी-५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ । अक्रमणबाट जहाजमा क्षति पुगेको छ। रुसले हालसम्म उक्त घटना बारे कुनै प्रतिक्रिया दिएको छैन ।