`

धरान–इटहरी सडक निर्माण सुस्त गतिमा,समयमै सडक निर्माण नहुँदा यात्रुलाई सास्ती

धरान- कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।

धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुलाई समस्या भएको छ । लामो समयदेखि जताततै सडक भत्काइएको छ । वर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको छ । सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटना बढिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए । दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७९÷८० मा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको । दुर्घटनामा ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्युको छ भने १० जना घाइते भएका छन् ।

सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन । ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन । चीनको नाका किमाथाङ्कादेखि भारतको नाका जोगबनी जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग अधुरै रहँदा प्रदेशको व्यापार व्यवसायमा असर पुगेको छ ।

धरान–इटहरी सडक आयोजना इटहरीका इन्जिनियर अस्मिता सुवेदीले चार लेन सडकको पश्चिमतर्फको दुई लेन सडकको काम भइरहेको बताउनुभयो । निर्माणमा संलग्न ठेकेदारलाई काम छिटो गर्न पत्राचार गरेको उहाँको भनाइ छ । ठेक्काको म्याद सकिएपछि म्याद थप्ने प्रक्रिया अघि बढाइएको इन्जिनियर सुवेदीले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी, २३ फागुन : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रव झाले बताउनुभयो । “स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति बुझ्न र संरचना नहटाउँदा तिप्ल्याङ बजारभित्र सडक विस्तार, नाली निर्माण हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “प्राविधिक टोलीले संरचनाको पुनःमूल्याङ्कन गरेको क्षतिपूर्ति रकम बुझ्न तयार भई संरचना हटाउन थाल्नुुभएको छ ।”

सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा, गोठहरूको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो । गलेश्वरबाट तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माणको काम सकेर कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार तथा नाली निर्माणको काम रोकिएको थियो ।

स्थानीयवासीको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्याङ्कन र क्षतिपूर्तिको रकम संशोधन गरिएको हो । दायाँ र बायाँतर्फ नाली हुने सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन संरचना भत्काउन लागिएको आयोजना प्रमुख झाले बताउनुभयो । राहुुघाटबाट बेगखोला–तिप्ल्याङ–पोखरेबगर हँुदै भुरुङ तातोपानी खण्डमा पहिरो र नदी कटानको जोखिमयुक्त ठाउँबाहेक करिब १५ किलोमिटर दूरीमा कालोपत्र गर्न थालिएको छ ।

योजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने एक सय ७८ वटा घरगोठ र टहराको करिब रु आठ करोड क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया थालेको थियो । सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपूर्ति वितरणको काम अझै जारी छ । म्याग्दीमा ८० र मुस्ताङका ९८ वटा घरटहरा र गोठ हटाउन क्षतिपूर्तिका लागि छनोट गरिएको थियो ।

बेनी–जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो ।

पछिल्लो व्यवस्थाअनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन विसं २०७४ मा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

जितपुरसिमरामा बस दुर्घटना : एक जनाको मृत्यु, चार गम्भीर घाइते

बागमती- पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

मंगलबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो । धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको विस्तृत विवरण प्राप्त भएको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुहोस् फागुन २३ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

बृष राशि – वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

मिथुन राशि – पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि – शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

सिंह राशि – नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

कन्या राशि – भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

तुला राशि – बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि – तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि – आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि – कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

कांग्रेसमाथि आक्रमण भएको सुरजपुराको घरलाई सङ्ग्रहालय बनाउन सुझाव

लुम्बिनी-नेपाली कांग्रेसको साङ्गठनिक अभियानका क्रममा ४० वर्ष अघि रुपन्देहीको सुरजपुरामा भएको घटनामा दिवङ्गत हुनुभएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ । नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा घटना भएको स्थानमा ४० औँ स्मृतिसभा आयोजना गरिएको हो ।

विक्रम संवत् २०३६ को जनमत सङ्ग्रहमा बहुदल पराजित भएपछि निष्क्रिय भएको पार्टीलाई पुनः सशक्त तुल्याएर प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यलगायत नेताको अगुवाइमा देशभर साङ्गठनिक अभियान सञ्चालन भएको थियो ।

अभियानका क्रममा नेताहरुको टोलीले नेपाली कांग्रेस रुपन्देहीले तत्कालीन रुपन्देहीका सभापति पुष्पानन्द गिरिको देवदह नगरपालिका– ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदलविरुद्धको समूहले आक्रमण गरेको थियो । आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनुभयो भने घटनामा पार्टीका वर्तमान सभापति शेरबहादुर देउवासहित २७२ जना घाइते भएका थिए ।

स्मृतिसभाका वक्ताहरुले उक्त घटना भएको घरलाई सङ्ग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्रप्राप्तिको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै उक्त घटनाको साक्षी बनेको घरलाई सङ्ग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली कांग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसाबले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उक्त घरलाई सङ्ग्रहालय बनाउने विषयमा धेरै प्रयास भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औँल्याउनु भयो ।

नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले कांग्रेसलाई सिध्याउ खोज्नेहरुले पार्टीको अभियानका क्रममा सुरजपुरा घटना गराएको बताउनुभयो ।

सभामा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हीराबहादुर खत्री, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भूर्तेल, वडा नं. ३ का वडा सभापति थमबहादुर बुढाथोकीले उक्त घरलाई सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

लुम्बिनी-नेपाली कांग्रेसको साङ्गठनिक अभियानका क्रममा ४० वर्ष अघि रुपन्देहीको सुरजपुरामा भएको घटनामा दिवङ्गत हुनुभएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ । नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा घटना भएको स्थानमा ४० औँ स्मृतिसभा आयोजना गरिएको हो ।

विक्रम संवत् २०३६ को जनमत सङ्ग्रहमा बहुदल पराजित भएपछि निष्क्रिय भएको पार्टीलाई पुनः सशक्त तुल्याएर प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यलगायत नेताको अगुवाइमा देशभर साङ्गठनिक अभियान सञ्चालन भएको थियो ।

अभियानका क्रममा नेताहरुको टोलीले नेपाली कांग्रेस रुपन्देहीले तत्कालीन रुपन्देहीका सभापति पुष्पानन्द गिरिको देवदह नगरपालिका– ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदलविरुद्धको समूहले आक्रमण गरेको थियो । आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनुभयो भने घटनामा पार्टीका वर्तमान सभापति शेरबहादुर देउवासहित २७२ जना घाइते भएका थिए ।

स्मृतिसभाका वक्ताहरुले उक्त घटना भएको घरलाई सङ्ग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्रप्राप्तिको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै उक्त घटनाको साक्षी बनेको घरलाई सङ्ग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली कांग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसाबले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उक्त घरलाई सङ्ग्रहालय बनाउने विषयमा धेरै प्रयास भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औँल्याउनु भयो ।

नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले कांग्रेसलाई सिध्याउ खोज्नेहरुले पार्टीको अभियानका क्रममा सुरजपुरा घटना गराएको बताउनुभयो ।

सभामा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हीराबहादुर खत्री, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भूर्तेल, वडा नं. ३ का वडा सभापति थमबहादुर बुढाथोकीले उक्त घरलाई सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कर्णाली प्रदेश प्रमुखद्वारा प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

कर्णाली- कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्नुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष आज सिफारिस भई आएबमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गर्नुभएको हो ।

सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीद्वारा अध्यक्ष नेपाललाई आग्रह

काठमाडौँ, २२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आज उहाँको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहितका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि बढाउन आग्रह गर्नुभएको हो । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन गरिएको सहमति सार्वजनिक भएको थियो । भेटका अवसरमा अध्यक्ष नेपालले चार दलको नयाँ सहमतिबारे आफूलाई जानकारी नदिइएको बारे प्रश्न राख्नुभएको थियो । एमालेसँगको विभाजनपछि अध्यक्ष ओली र अध्यक्ष नेपालबीच कोटेश्वरमा पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले सोमबार पनि अध्यक्ष नेपालसँग कोटेश्वरस्थित निवासमा भेटवार्ता गर्नुभएको थियो ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका अध्यक्ष ओलीले छलफल सकारात्मक भएको बताउनुभयो । सो पार्टीका महासचिव पोखरेलले आफूहरुले नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेको र समाजवादी पार्टी सकारात्मक रहेको बताउनुभयो । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गर्नुभएको बताउँदै यस विषयमा आफूहरुले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिनुभयो । महासचिव भुसालले भन्नुभयो, “उहाँहरुले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा बुधबार बिहान बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।”

शारीरिक अस्वस्थताका कारण केही दिनयता आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएका पूर्वप्रधानमन्त्री नेपाललाई शीर्ष नेताहरुले स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो ।

बन्द भएको सामाजिक सञ्जाल फेसबुक खुल्यो

काठमाडौं । आज राति बन्द भएको सामाजिक सञ्जाल फेसबुक खुलेको छ । एकाएक बन्द भएको फेसबुक केही समय बन्द भएर चलेको हो ।

चलिरहेका फेसबुक एकाउन्ट सवा ९ बजेदेखि अचानक लगआउट भएका हुन् । फेसबुकसँगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको थियो ।

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन रत्यौली

लुम्बिनी, २२ फागुन : बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीनदिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ पारायण भएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।

त्रिपिटक पाठको समापन गर्दै पूर्वमन्त्री अशोक राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको सँगालो त्रिपिटक पाठले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै उहाँले बुद्धका शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु फ्रा खु्र धमेशभनले आजको आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो । महासङ्घले तेस्रो पटक लुम्बिनीमा त्रिपिटक पाठ पारायण गरिएको उहाँले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्ध शिक्षालाई विश्वव्यापी बनाउन सघाएको बताउनुभयोभने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सहयोग पुगेको बताउनुभयो । त्रिपिटक पाठमा भारत, श्रीलङ्का, थाइल्याण्ड तथा म्यान्माका भिक्षुभिक्षुणी सहभागी हुनुहुन्थ्यो ।

युक्रेनले खृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्यो

युक्रेनको गुप्तचर एकाइ “समूह १३” ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रूसी गस्ती जहाजलाई नष्ट बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ ।

रूसी ब्ल्याक सी फ्लीट जहाज “सर्गेई कोटोभ” मागुरा भी-५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ । अक्रमणबाट जहाजमा क्षति पुगेको छ। रुसले हालसम्म उक्त घटना बारे कुनै प्रतिक्रिया दिएको छैन ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउन मुख्यमन्त्री शर्माको आग्रह

कर्णाली, २२ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री शर्मालाई आज भेट्न आउनुभएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध गर्नुभएको हो । त्यसक्रममा मुख्यमन्त्री शर्माले हालसम्मको आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको थियो ।

माथिल्लो कर्णाली जलविद्युत् कर्णाली प्रदेशसहित मुलुकको महत्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने सुझाव दिनुभएका मुख्यमन्त्री शर्माले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको जनाउनुभयो । आयोजनाका प्रतिनिधि शर्माले आयोजनाअन्तर्गत सबै प्रक्रिया पूरा भएको र अब काम अगाडि बढाउने बताउनुभएको थियो ।

नौ सय मेगावाट जलविद्युत् क्षमताको उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले लिएको छ । जिएमआरले माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अगाडि बढ्न सकेको छैन । जिएमआरले सन् २००८ मा नै आयोजना निर्माणको जिम्मा पाएको थियो ।

कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

काठमाडौँ, २२ फागुन : नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति कांग्रेस प्रतिबद्ध रहेको तर त्यो कार्यादेशलाई बेवास्ता गर्दै प्रधानमन्त्री दाहालले अविश्वसनीयरुपमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेपछि त्यसप्रति असहमति जनाउँदै समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो ।

संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै सुधारोन्मुख अर्थतन्त्रलाई गति प्रदान गर्दै नागरिक पङ्क्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा गठबन्धन नियोजित ढङ्गले भत्काइएको निष्कर्ष बैठकले निकालेको महामन्त्री शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालको यो कदमले अन्योल र अस्थिरतालाई बढावा दिएको कांग्रेसको ठम्म्याइ छ । बैठकले यो घटनालाई गम्भीर ढङ्गले लिँदै संसद्मा प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने निर्णय गरेको छ ।

बैठकले स्वदेश र विदेशमा रहेका कांग्रसका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई बदलिएको परिस्थितिमा एकताबद्ध भएर देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै सङ्गठनमा समर्पित हुन अपिल गरेको छ ।

राष्ट्रपति सीद्वारा परिस्थिति अनुकूल गुणस्तरीय उत्पानमा जोड

चीनको व्यवस्थापिकाको राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा मङ्गलबार बोल्दै राष्ट्रपति सी चिन फिङले स्थानीय परिस्थितिअनुसार नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले अधिवेशनको छलफलमा भाग लिँदै उक्त टिप्पणी गर्नुभएको हो। सम्बोधनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै चैत ९ देखि नारायणी नदी किनारमा महोत्सव

चितवन, २२ फागुन : जनजातिको भाषा र संस्कृति प्रवर्द्धन गर्न चितवनमा महोत्सव गरिने भएको छ । आगामी चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सास्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो । आदिवासी जनजाति महासङ्घले आयोजना गर्न लागेको उक्त महोत्सवको तयारीबारे आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । महोत्सवमा तीन सय कक्ष रहने छन् ।

भरतपुर भ्रमण वर्ष, २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासङ्घ चितवनका अध्यक्ष एवं मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो । यसबाट भरतपुर भ्रमण वर्र्षको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ ।

” महोत्सव अवधिभर दैनिकजसो सांस्कृतिक प्रदर्शनीको अवलोकन गर्न सकिने छ । सो अवसरमा चितवनमा ४० आदिवासी जनजाति समुदायको बसोबास रहेको जानकारी दिइयो । तीन लाख ३२ हजारभन्दा बढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलोपटक आयोजना गर्न लागिएको सो महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचान दिने संयोजक दुराको भनाइ छ । चितवनमा कूल जनसङ्ख्याको ४६ प्रतिशत आदिवासी जनजातिको बसोबास छ ।

चितवनमा थारु, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरुङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बरामलगायतका जनजाति छन् । सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवं भ्रातृत्व अभिवृद्धिका लागि महोत्सवबाट मद्दत पुग्ने महासङ्घका सल्लाहाकार पदम गुरुङले बताउनुभयो ।

व्यावसायिक, मनोरञ्जनात्मक गतिविधिका लागि श्रीलङ्काले गाले बन्दरगाहको विकास गर्ने

श्रीलङ्काको मन्त्रिपरिषद्ले ऐतिहासिक गाले बन्दरगाहलाई व्यावसायिक र मनोरञ्जनात्मक गतिविधिहरूका लागि नयाँ ढङ्गले विकास गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार पत्रकार सम्मेलनमा सो निर्णय बारे जानकारी गराउनु भएको हो । पत्रकार सम्मेलनमा बोल्दै गुणवर्द्धनाले गाले हार्बर विकास आयोजनासँग सम्बन्धित पूर्वाधार विकास र मनोरञ्जन गतिविधिसँग सम्बन्धित पूर्वाधार विकासका लागि सार्वजनिक–निजी साझेदारी ढाँचामा उपयुक्त लगानीकर्ता छनोट गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताउनु भएको छ ।

श्रीलङ्काले गाले बन्दरगाहलाई १७ करोड ५० लाखदेखि २० करोड अमेरिकी डलरको लगानीमा दक्षिण एसियाको पूर्ण पर्यटकीय बन्दरगाह र मनोरञ्जन केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ।

विद्यालयको दिवा खाजामा गाउँकै कोदो, मकै र फापरका परिकार

मान्म (कालीकोट), २२ फागुनः सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् ।

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक–फरक परिकारको तालिका बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको अहिले सोहीअनुसार दिवा खाजा खुवाउने गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले बताउनुभयो ।

“विद्यार्थीलाई स्थानीय मौलिक परिवार खिर, लिटो, फलफूल, दातभात, रोटीलगायतका खाजा खुवाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार विद्यार्थी भए पनि तीन हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको छ ।” दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म उपलब्ध गराइएको छ ।

मोरङमा जिल्लास्तरीय महिला क्रिकेट

मोरङ, २२ फागुन : अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा मोरङमा महिला क्रिकेटको विकास गर्ने उद्देश्यले आजदेखि विराटनगरमा महिला क्रिकट प्रारम्भ भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा सञ्चालित महिला क्रिकट प्रतियोगिता फागुन २५ गतेसम्म विराटनगर–६ स्थित ज्वाला क्रिकट मैदानमा सञ्चालन हुनेछ ।

मोरङ जिल्ला क्रिकेट सङ्घसँगको समन्वयमा हुने २० ओभरको उक्त प्रतियोगितामा कोशीको मोरङ, इलाम र मधेस प्रदेशबाट सप्तरी एवं सिराहा जिल्लाका महिला खेलाडीको सहभागिता छ । नेपाल क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता उद्घाटन गर्दै महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेल मैदानमा ल्याउन हामी सबै लाग्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले पुरुष खेलाडीले अन्तर्राष्ट्रियस्तरमा राम्रो खेलेबापत प्राप्त भएको रकमकै कारण आज खेलाडीलाई मासिक तलब दिन सङ्घ सक्षम भएको बताउनुभयो । प्रतियोगिताका माध्यमबाट कोशी र मधेश प्रदेशमा महिला क्रिकेटको विकासमा सहयोग पुग्ने फाउण्डेशनका संयोजक श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

चलचित्र ‘रङ्गेली’ मा दया र मिरुना

काठमाडौँ, २२ फागुन: अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पश्चात यो जोडीले ‘नाङ्गो गाउँ’, ‘रङ्गेली’, ‘घर ज्वाइँ’, ‘अञ्जिला’लगायतका चलचित्रमा काम गरिसकेको छ । उहाँ दुवैले अभिनय गर्नुभएको ‘रङ्गेली’ आउँदो यही फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।

“हाम्रो जोडीलाई दर्शक र निर्माता निर्देशकले रुचाउनुभएकै कारण चलचित्रमा अभिनयको प्रस्ताव आइरहेका छन् । सोही कारण सुहाउँदो भूमिकालाई स्वीकार गरेर चलचित्रमा काम गरिरहेका छौँ”, अभिनेता दयाहाङ राईले भन्नुभयो । अभिनेता राई पछिल्लो व्यस्त अभिनेतामा पर्नुहुन्छ । यस वर्ष मात्र उहाँले दशभन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएको छ । सोही कारण पनि उहाँको चरित्र उस्तै देखिने गरेको गुनासो बढ्ने गर्छ । अभिनेता राई पनि यस विषयमा जानकार हुनुहुन्छ । “

चलचित्र रङ्गेलीमा मेरो भूमिका अघिल्लाभन्दा फरक छ । यस चलचित्रमा नायक र खलनायक दुवै भूमिकामा मलाई देख्नसक्नुहुनेछ”, उहाँले भन्नुभयो, “सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने चरित्र छ ।” उहाँले यसमा एक आपाराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभएको छ ।

उहाँले धेरै समय पश्चात यस किसिमको भूमिका निर्वाह गरेको बताउनुभयो । “पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भन्नुभयो । अभिनेत्री मगरले यस चलचित्रमा थारु समुदायकी युवतीको भूमिका निर्वाह गर्नुभएको छ ।

“मेरो चलचित्र यात्राकै एक सशक्त भूमिका यसमा निर्वाह गरेकी छु । किनकि यसमा मेरो भूमिका नाचगानमा मात्र सीमित छैन । “चलचित्रमा नायिकको भूमिका पनि बलियो छ”, अभिनेत्री मगरले भन्नुभयो । अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले पनि अभिनय गर्नुभएको छ ।

राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन गर्दै

राँझा (बाँके), २२ फागुन : बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।

“विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा राजस्व सङ्कलनमा कमी भए पनि गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व सङ्कलन हुँदै आएको छ”, देवकोटाले भन्नुभयो, “यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाएका छाँै ।”

नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिका–२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो । नदीजन्य पदार्थको समयमै ठेक्का सम्झौता भएकाले चोरी–निकासीको समस्या कमी भएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।

विगतमा नदीजन्य पदार्थको चोरी–निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्दीको निरीक्षण, अनुगमन गर्ने कार्य गरेको उल्लेख गर्दै उहाँले गाउँपालिका क्षेत्रमा भएका प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी गाउँपालिकालाई समृद्ध गर्नतर्फ आफू अग्रसर भएको बताउनुभयो ।

सात करोड लागतमा निर्माण सम्पन्न भएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल सञ्चालन

गलकोट (बागलुङ), २२ फागुन : बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ ।

रू सात करोड लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिनुभयो । “पुलबाट वारिपारि गर्न थालेको चार दिन भयो । निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन भने भएको छैन”, उहाँले भन्नुभयो, “पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न एक÷डेढ घण्टा लाग्नेमा अब १० मिनेट लाग्नेछ ।”

दुई वर्षमा निर्माण सक्ने गरी विसं २०७९ जेठमा सम्झौता भई विसं २०७९ साउनदेखि निर्माण सुरु भएकामा डेढ वषमा काम सकिएको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । पुल हस्तान्तरणको तयारी भइरहेको कम्पनीका प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो ।

निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौँले गरेको थियो । बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा यहाँको व्यापार व्यवसाय बढ्ने छ घने जलजलाका स्थानीयलाई घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्था अन्त्य भएको छ । जलजलाबाट बागलुङ बजारको विद्यामन्दिरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई हिडेर यहाँ अध्ययन गर्न आउँदा डेढ घण्टा लाग्ने गरेको बताउनुभयो ।

चार दिनदेखि पुलबाट आवातजावत गर्न थालेको भन्दै यसले समयमको बचत भएको बताउनुभयो । “यसअघि दैनिक आउजाउ गर्न सास्ती भएपछि कोठा लिएर ११ कक्षा पढेको थिएँ । पुल बन्नथालेपछि कोठा छोडेर घरबाटै आउन जान थालेकामा अहिले चार दिनदेखि सहज भएको छ । करिब १० मिनेटमा विद्यालय पुग्न सकिन्छ”, जिसीले भन्नुभयो ।

पाथीभरामा भक्तजनले चढाएको १७८ तोला सुन लिलाम गरिँदै

फुङ्लिङ (ताप्लेजुङ, २२ फागुन :ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

२०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्लन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले राससलाई बताउनुभयो । कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य रु एक लाख २१ हजार र प्रतितोला चाँदीको मोल रु एक हजार ४१० कायम गरिएको छ ।

सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन् । भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन् ।

सरकार फेरबदल भइरहने प्रणालीबारे समयमै सोच्नु जरुरी : मुख्यमन्त्री शर्मा

कर्णाली, २२ फागुन : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताउनुभएको छ । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका–९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ शुभारम्भ गर्नुहुँदै उहाँले राजनीति र धर्म फरक देखिए पनि मर्म एउटै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा रहेका अन्याय, अत्याचार, कुरीति, कुसंस्कार र विभेद अन्त्य गरेर मानव सेवा गर्नु नै राजनीति र धर्मको लक्ष्य हुनुपर्दछ ।”

धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा आन्तरिक र बाह्य पर्यटक आर्कषणका लागि आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको बताउँदै मुख्यमन्त्री शर्माले भन्नुभयो, “कैलाश मानसरोवरलाई गन्तव्य बनाउनेगरी सर्किट तयार गनुर्पछ । कर्णाली प्रदेशका विभिन्न धार्मिक र प्राकृतिक पर्यटकीयस्थल हाम्रा सम्पदा हुन् । पयर्टन समृद्धिको माध्यम हो ।” मानिसलाई आर्थिक सम्पन्नताले सुख र सामाजिक न्यायले खुसी तुल्याउने भएकाले त्यो अवस्था निर्माणमा सरकार लागेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “सरकार फेरबदल भइरहने प्रणालीबारे समयमै सोचेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुनसकेमात्र राजनीतिक स्थिरता कायम हुन्छ । अब दलहरूको बहस यता केन्द्रित हुन जरुरी छ ।”

महायज्ञमा सांसद हृदयराम थानी, सांसद नरबहादुर विष्ट, कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टलगायतले मानव जीवनलाई अनुशासित र नैतिक मूल्य, मान्यताका बारेमा ज्ञान दिने कार्यक्रमले समाजलाई सभ्य एवं सुसंस्कृत बनाउने धारणा व्यक्त गर्नुभएको थियो ।

मोरङमा मामाघरमा बस्दै आएकी पन्ध्र वर्षीया किशोरीको शव फेला

पथरी (मोरङ), २२ फागुनः मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारि’लो हति यार प्रयोग गरी ह त्या गरेको आशङ्का गरिएको छ ।

स्थानीयवासीका अनुसार शनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन् । गए राति शौचालय जाने क्रममा उनको ह त्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धा रिलो हति यार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताउनुभयो ।

घटनालगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । घटना घटेको केही समयमै घटनास्थललाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिनुभयो । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।

मनाङको ढुकुरपोखरीमा हिमपहिरो : आवतजावत गर्न जोखिम

मनाङ, २२ फागुन : मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ ।

हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।”
दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।”

समय सकिनलाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन ।
यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उहाँले अनुरोध गर्नुभएको छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।

सबै वर्ग र समुदायलाई हेरेर कानुन बनाउँछौँ – सांसद बेल्वासे (अन्तर्वार्ता)

काठमाडौँ, २२ फागुन : राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्वासेलाई कानुन बनाउने जिम्मेवारी पाएका सांसदले कानुन बनाउँदा सबै वर्ग, जाति र समुदायलाई न्याय प्रदान गर्न सक्नुपर्छ भन्ने लाग्छ ।

जनताको निरन्तरको सङ्घर्ष र बलिदानले मुलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था आएको जनाउँदै यसले प्रदान गर्ने अधिकारको उपयोग सबै नेपालीले गर्न पाउनुपर्छ भन्ने उहाँको मान्यता छ ।

“राष्ट्रियसभामा विधेयकहरू आउने, छलफल गर्ने, अध्ययन गर्ने तरिका विशेष किसिमको छ, कानुन बनाउँदा सबैखाले वर्ग, समुदायलाई हेरेर बनाउनुपर्छ”, नेकपा (माओवादी केन्द्र)का सांसद बेल्वासेले भन्नुभयो, “मुलुक सङ्घीयतामा गइरहेको अवस्थामा त्यसलाई कार्यान्वयन हुनेगरी र सबैलाई समेट्नेगरी विधेयक आएको छ कि छैन भनेर अध्ययन गर्छाैँ ।”

“कतिपय विधेयकहरू स्पष्ट नबुझिनेगरी आएको हुन्छ । कतिपय विधेयकको पुनर्लेखन पनि गरिएको छ”, उहाँले विधेयक निर्माणका सन्दर्भमा भन्नुभयो, “विधेयक निर्माणमा समितिमा धेरै छलफल हुन्छ । छलफल गर्दा ६० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएमा नयाँ विधेयककै रूपमा बनाउँछौँ । विज्ञ, सरकार, सरोकारवालासँग छलफल गरेर मात्र अन्तिम रूप दिन्छौँ ।”

सांसदका रूपमा चार वर्ष काम गर्दा उहाँमा धेरै कुराको अनुभव भएको छ । “संसद्ले कानुन बनाउँछ तर अधिकांश हामी सदस्यहरू कानुन विषय पढेर आएका होइनौँ । तालिम लिएर, अध्ययन गरेर विधेयक निर्माणमा लागिरहेका हुन्छौँ”, उहाँले जोड्नुभयो, “संविधान र ऐनहरू पढेर आवश्यक तयारी गर्ने गर्छु ।”

सांसद हुनु र संसद् बाहिर रहेर काम गर्दा केही फरक अनुभव उहाँलाई भएको छ । “संसद्मा आएपछि जनताको समस्या शून्य र विशेष समयमा राख्न पाइन्छ, संसद्मा रहनु र बाहिर रहनुमा केही फरक त छ, संसद्मा रहँदा कानुन बनाउनुपर्ने विषयमा बढी ध्यान दिनुपर्ने हुन्छ”, उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “बाहिर रहँदा जनताको विषयवस्तुमा मात्र केन्द्रित भए हुन्छ ।”

“विधायकलाई अध्ययन एकदमै जरुरी छ, सचिवालयले सहयोग गरेर मात्र पुग्दैन, त्यसका लागि आफूले जानेको र स्वअध्ययन गरेको हुन्छ, दलको सचिवालयले पनि सहयोग गर्छ”, सांसद बेल्वासेले भन्नुभयो, “समितिमा पनि केही अप्ठ्यारो परेका विषयहरूका खुलेर छलफल गर्न सकिन्छ । कानुन निर्माणमा पुराना प्रथा, परम्परा सबै हेरेर पनि छलफल गर्छौँ । अहिलेसम्म कुनै पनि विधेयक बहुमत वा अल्पमतले पारित गर्नुपरेको अवस्था छैन, त्यो सम्झिँदा असाध्यै खुसी लाग्छ ।”

“बैठक ठीक समयमा सुरु हुन्छ । कुनै एक दलबाट राजीनामा दिएर आएको भए पनि कुनै दिन पनि राष्ट्रियसभा अध्यक्षले विभेद गरेको महसुस गर्नुपरेको छैन”, बैठक सञ्चालनका बारेमा अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “अध्यक्षले निष्पक्ष र हार्दिकतापूर्वक बैठक सञ्चालन गर्नुभयो । कुनै पनि पार्टीलाई असहज भएन, कुनै पक्षपात हुने तरिकाले बैठक सञ्चालन गर्ने र व्यवहार गर्ने गर्नुभएन । बैठकमा खुलेर छलफल गर्ने वातावरण बन्यो । समितिका बैठकमा पनि त्यस्तै हार्दिकता देखियो ।”

“राजनीतिक जीवनमा मैले निकै लामो समय व्यतित गरिसकेकी छु”, सांसद बेल्वासेले विगत सुनाउँदै भन्नुभयो, “मेरा बच्चा पनि यही आन्दोलनमा जन्मिए, हुर्किए । महिला, दलित, पछाडि परेका वर्गसँग सङ्गठन निर्माणमा मैले भूमिका निर्वाह गरेकी छु । सक्रिय भएर काम गर्ने भएकाले पार्टीमा कुनै पनि किसिमको विभेद भोग्नुपरेको छैन ।”

उहाँले भन्नुभयो, “जिम्मेवारीबाट पन्छिन मन लाग्दैन । महिलाको केन्द्रीय नेतृत्वमा २०५२ सालदेखि नै काम गर्दै आएँ, जतिसुकै कठिन परिस्थितिमा पनि मैले पार्टीको काम गर्न छाडिनँ ।”

विसं २०२६ साल पुस ५ गते जन्मिनुभएकी सांसद बेल्वासे चितवन जिल्लाबाट प्रतिनिधित्व गर्नुुहुन्छ । हाल नेकपा (माओवादी केन्द्र) मा सक्रिय बेल्वासे २०४७ सालदेखि (तत्कालीन नेकपा चौथो अधिवेशन) राजनीतिमा होमिनुभएको थियो ।

विसं २०४७ सालमा अखिल नेपाल महिना सङ्घमा सहभागी हुनुभएका बेल्वासे २०४७ सालमै नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)को सदस्य हुनुभयो । विसं २०४८ मा नेकपा (एकता केन्द्र)को घोराही नगर एकता अधिवेशनको प्रतिनिधि र सोही अधिवेशनबाट नगर समिति सदस्यमा निर्वाचित हुनुभयो । विसं २०५० साल फागुनमा सम्पन्न अखिल नेपाल जनवादी युवा लिगको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्य तथा २०५७ सालमा जनमोर्चा नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभयो ।

विसं २०७५ मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को एकतापछि बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्य हुनुभयो । विसं २०७७ मा नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य भएर काम गर्नुभयो । सांसद बेल्वासेको अनुभव र विज्ञता खासगरी महिला समानताको अभियान, समाजसेवामा रहेको छ । सांसद बेल्वासेको फुटकर लेख र रचनाका कृति पनि प्रकाशन भएका छन् ।
(सांसदसँग रासस सम्वादका लागि राष्ट्रिय समाचार समितिका समाचारदाता कालिका खड्काले सांसद गङ्गाकुमारी बेल्वासेसँग गर्नुभएको कुराकानीमा आधारित)

दुई सय वर्षअघिको इतिहास खोजी : ‘निशान पदमार्ग’ विकास गरिँदै

फिक्कल (इलाम), २२ फागुन : इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ ।

इलाम सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीबाट करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’का रूपमा विकास गर्न लागिएको हो ।

गणपति प्रलाद घलेको पहलमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुख, पदमार्गले छुने पालिका इलाम र सूर्योदय नगरपालिका तथा माईजोगमाई गाउँपालिकाका प्रमुखहरूको बैठकले त्यस्तो निर्णय गरेको हो ।
“सम्बन्धित स्थानीय तहहरूको पहलमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँगको समन्वयमा निशान ल्याउँदा प्रयोग भएको मार्गलाई निशान पदमार्गका रूपमा विकास गर्न आ–आफ्नो क्षेत्रभित्र पर्ने इलाकाको पहिचान गर्न सम्बन्धित पालिकाले नेतृत्व गर्ने निर्णय भएको छ”, गणपति घलेले भन्नुभयो, “सो बाटोको पहिचान गर्न एक समिति गठन गरी कार्यप्रारम्भ भएको छ ।”

समितिले पहिचान गरेको स्थानहरूमा ऐतिहासिक महत्व झल्किने किसिमका प्रवर्द्धनात्मक सामग्री तयार गर्न पालिका र नेपाल पर्यटन बोर्डसँग समन्वय गरिने उहाँले बताउनुभयो । ‘निशान पदमार्ग’का लागि पर्यटन बोर्डले रु १० लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको खोज, पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले निशान पदमार्गलाई विकास गर्न खोजिएको गणपति घलेले बताउनुभयो । “इतिहासको संरक्षणमा ठोस योगदान पुग्नेछ, इलामवासीको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रूपमा रहेको माईस्थान मन्दिर क्षेत्रको महत्व बढ्नेछ”, उहाँले भन्नुभयो, “समग्रमा इलामको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्नेछ ।”

‘निशान पदमार्ग’ निर्माणका लागि इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले चासो देखएका छन् । सूर्योदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बरालले आफ्नो नगरपालिकाका भू–भागभित्र निशान ल्याइएको मार्ग पहिचान गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको बताउनुभयो । “हामीले एकपटक समन्वय बैठक बसेर निशान ल्याइएको मार्ग पहिचान गर्न अध्ययन सुरु गरिसकेका छौँ”, बरालले भन्नुभयो, “पमदमार्गसहित गढीसमेत राख्ने पहल गरिरहेका छौँ ।”

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले विस्तृत योजना बनाएर जाने तयारीमा रहेको बताउनुभयो । “पदमार्गले अकुपाइ गर्ने जग्गा व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित पालिकालाई दिएर जानुपर्छ”, उहाँले भन्नुभयो, “इतिहासको खोजी गरी पर्यटनको विकासमा समेत टेवा पुर््याउने यस्तो काममा माईजोगमाई गाउँपालिका सधैँ तत्पर छ ।”
सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भएको बताएएको छ । यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ ।
मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका बताइएको छ ।

पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम –७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निशान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

ललितपुरको बालकुमारी मन्दिरबाट चाँगुनारायणसम्म शिवपार्वती रथ यात्रा

भक्तपुर-: चाँगुनारायण नगरपालिका–८ सुडाल कलमसीमा एक सय आठ फिट अग्लो कल्पेश्वर महादेव मन्दिरसम्म शिवपार्वती रथ यात्रा हुने भएको छ । मानवकल्याण आध्यात्मिक प्रतिष्ठानले रफत सञ्चार क्लब भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा शिवतान्त्रिक बुद्धिकुमार गुरुले यही फागुन २३ गते विजय एकादशीको दिन १५औँ बृहत् शिवपार्वती रथ यात्राको आयोजना गरिने बताउनुभयो ।

प्रतिष्ठानले हरेक वर्ष झँै यसवर्ष पनि ललितपुरको बालकुमारी मन्दिरबाट बिहान सुरु हुने रथयात्रा कोटेश्वर, जडिबुटी, लोकन्थली, ठिमी, राधेराधे, सूर्यविनायक, कमलविनायक, सुडालहँुदै चाँगुनारायण‐८ कलमसी कल्पेश्वर धाममा पुगेर समापन हुने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका महासचिव इन्द्रप्रसाद श्रेष्ठले रथयात्राको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । प्रतिष्ठानले सुडालको कलमसीमा एक सय आठ रोपनी क्षेत्रफलमा एक सय आठ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित मन्दिर निर्माण सुरु गरेको छ । त्यस क्षेत्रमा शिवको मूर्तिलगायत बुद्ध, मायावती, बुद्धका सात पाइला, श्री एक सय आठ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति समेत राखिने छ ।

कोशीटप्पुमा यस वर्ष चराको सङ्ख्या घट्यो, मानवीय क्रियाकलापले गर्दा संख्या घटेको अनुमान

बेलबारी (मोरङ), २२ फागुन : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो ।

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ । गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ । बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो ।

गत पुस २५ देखि २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको हो । कोशीमा सबैभन्दा धेरै ८ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन् । त्यसैगरी उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ फेला परेका छन् ।

पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले चराको सङ्ख्या घटेको हुनसक्ने कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउनुहुन्छ । “मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरूपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ ।” उहाँका अनुसार रसिया, साइबेरियालगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसारमा मोटरबोट सञ्चालनमा आउनाले पनि चराको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ ।

कोरोनाले विश्व आक्रान्त बनेको समय सन् २०१९ को गणनामा कोशीमा चराको सङ्ख्या अत्याधिक बढेर नौ हजार दुई सय ८९ पगेको थियो । यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको सङ्ख्या बढेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो ।

असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन् । जाडो छल्न नेपाल आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।

यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् ।

उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् ।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । आज राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा आन्दोलनको तयारी , बृहत् मोर्चा निर्माण ,सङ्गठन सुदृढीकरण योजना ,प्रशिक्षण कार्यक्रम र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल हुने उनले बताए । बैठकमा पार्टी अध्यक्ष कमल थापाले आफ्नो धारणा राख्नेछन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे भापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

नारायणगढबाट माडीतर्फ जाँदै गरेको बसको ठक्करबाट नौ वर्षीय बालकको मृत्यु

भरतपुर (चितवन), २२ फागुन-चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्तावलाई सर्वसम्मतिले अस्वीकार

अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।

कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको छ ।

हुन्डी कारोबारमा संलग्न पाँचजना २१ लाखसहित पक्राउ

बारा- हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट रु २१ लाखसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारीका २९ वर्षीय रञ्जित सर्राफ, ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रविशङ्कर सिंह तथा बाराको कलैया उपमहानगरपालिका–७ का ३१ वर्षीय कलामुद्दिन अंसारी र कलैया–४ का ३९ वर्षीय मेराजुलहक अंसारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले कलैया–६ अस्पताल रोडबाट रञ्जित सर्राफलाई रु पाँच लाखसहित पक्राउ गरेको थियो । सर्राफले दिएको बयानमा आधारमा अन्य चारजनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो । यस्तै पक्राउ परेका भारतीय नागरिकबाट रु १६ लाख नौ हजार बरामद गरिएको थियो ।

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब, दैनिक जनजीवन चलाउन मुस्किल

भजनी (कैलाली), २२ फागुन : कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।

तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उहाँहरूको भनाइ छ । “आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।” गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भन्नुभयो, “समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।”सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्षको सुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय तहबाट आउनुपर्ने बजेट समयमा आउन नसकेका कारण समस्या देखिएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिनुभयो । “गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि वार्षिक रु तीन करोडभन्दा बढी बजेट चाहिन्छ । यस वर्ष रु एक करोड १४ लाख बजेटमात्रै आएको हुँदा त्यस बजेटले असोजसम्मलाई भयो”, उहाँले भन्नुभयो, “अन्य शीर्षकबाट पनि खर्च गर्न नपाइने भएपछि कार्यरत स्वास्थ्यकर्मीको चार महिनाको तलब रकम भुक्तानी गर्न सकिएको छैन ।”हाल गाउँपालिकामा सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका ४९ स्वास्थ्यकर्मी कार्यरत छन् । स्थानीय तहले करार तथा ज्यालादारीमा व्यवस्थापन गरिएका अन्य कर्मचारीले भने नियमित तलबभत्ता पाइरहेका छन् । “मन्त्रालयबाट तलबभत्ता शीर्षकमा आएको रकम तीन महिनामा सकिएपछि बाँकी आउने रकम समयमा नआउँदा समस्या आएको हो ।” स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले भन्नुभयो, “हामीले गाउँपालिकाबाट मन्त्रालयलाई ताकेता गर्दै आएका छौँ । स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई रकमका लागि आग्रह गरिसकेको भन्ने आएको छ, आशा गरौँ तलब आउँछ ।”गाउँपालिकाले पटक–पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्यकर्मीको तलबभत्ताका लागि लिखित तथा मौखिक आग्रह गर्दै आएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरी बताउनुभयो । “हामीले हाम्रो तर्फबाट गर्ने प्रयास गरिरहेका छौँ । मन्त्रालयले जतिसक्दो चाँडो कर्मचारीको तलबभत्ता व्यवस्थापन गरोस् भन्ने हो”, उहाँले भन्नुभयो ।गत वर्ष यस्तै समस्या भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि देखिएको थियो । सङ्घबाट समायोजन भएर स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको तलबभत्ता नआएपछि स्वास्थ्यकर्मीले आन्दोलन नै गर्नुपरेको थियो । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि केही महिनाको तलबभत्ता स्थानीय तहले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेका थिए ।

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा, २२ फागुन : सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उहाँका मुहारमा खुसी छाएकोे हो ।

“यही पाउनका लागि धेरै वर्षको प्रतिक्षा थियो । पुस्तौँपुस्ता बिताउनुपर्यो”, हातमा निस्सापत्र देखाउँदै उहाँले भन्नुभयो, “धेरै खुसी लागेको छ । हामीले दुःखजिलो गरी गुजरा चलाउने जमिनको मालिक आफैँ हुन पाइनेभयो । यो पत्र (निस्सापत्र) लगेर घरमा श्रीमान्लाई देखाउँछु, उहाँ पनि खुसी हुनुहुन्छ ।”

लक्ष्मीजस्तै सोही वडाका रामप्रसाद महतो पनि खुसी देखिनुहुन्थ्यो । “भूमिको नाममा कहीँकतै केही नभएको म यो निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ”, उहाँले भन्नुभयो, “निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।” चौधरी र महतोजस्तै वडा नं १६ का तीन सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितरूपमा बसोबास गर्दै आएका परिवारले सोमबार निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् ।

वडावासीलाई भूमिको अधिकार दिलाउन वडा र नगरको सहजीकरण समितिबाट प्रमाणीकरण गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी नगरपालिकाले निस्सा वितरण गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वषौँदेखि जोतभोग गरेका तर आफ्नो नाममा जग्गा नभएका यहाँका भूमिहीनलाई जग्गा दिलाउन हामीले विभिन्न वडामा पहिलो चरणको प्रक्रिया सुरु गरिसकेका छौँ । निस्सा वितरणका आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ । सम्पूर्ण प्रक्रिया पूरा गरी एक महिनाभित्रै जग्गाधनी पुर्जा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोगका प्रतिनिधिलाई अनुरोध गर्दछु ।”

नागरिकलाई अधिकारसहित गाँसबासको व्यवस्था गर्नु राज्यको दायित्व भएको जनाउँदै नगरपालिकाका उपप्रमुख रापचलितार महतोले वर्षौँदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा प्राप्ति भूमिप्राप्तिको आधार बनेको बताउनुभयो । नगरपालिकाले गत माघ २८ गते वडा नं १५ का सात सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सापत्र वितरण गरेको थियो ।

राष्ट्रिय भूमि आयोग सिराहाका अध्यक्ष रामअधिन यादवले नागरिकलाई जग्गाविहीन हुन नपरोस् भनी आयोगले काम गरिरहेको बताउनुभयो । उहाँको अनुसार १० वर्षसम्म एउटै जमिन जोतभोग गर्ने नागरिकलाई डेढ बिघासम्म उक्त जमिनको लालपुर्जा पाउने अधिकार हुनेछ । उहाँका अनुसार सिरहा जिल्लामा अहिलेसम्म आठ हजार सुकुम्बासी र तीन हजार आठ सय अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आ–आफ्नो बसोबास रहेको पालिकामा निवेदन दिएका छन् ।

‘सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्न नयाँ गठबन्धन’

काठमाडौँ- सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने सर्तसहित नयाँ सत्ता गठबन्धनका लागि चार दलबीच सहमति भएको ती दलका नेताहरुले बताएका छन् ।सोमबार साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिनुहुँदै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताउनुभयो । मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरुबीच सत्ता गठबन्धनका लागि सहमति भएको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का महासचिव शङ्कर पोखरेलले सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नेगरी चार दलबीच सहकार्य भएको बताउनुभयो । सरकारलाई पूर्णता दिने प्रक्रियासँगै न्यूनतम साझा कार्यक्रम बनाउने र त्यसैअनुरुप सरकारले काम गर्ने नेता पोखरेलले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुनेबारे अन्य दलसँग छलफल पछि मन्त्रालय बाँडफाँड टुङ्गो लाग्ने पनि उहाँले बताउनुभयो । “सबैभन्दा पहिले हामी यो गठबन्धनमा को–को दल सहभागी हुन्छन् भनेर छलफल गरिसकेपछि मात्रै मन्त्रालय बाँडफाँटले सार्थकता पाउँछ । अहिले नै मन्त्रालय बाँडफाँटमा प्रवेश गर्दा अरुलाई सामेल गर्ने कुरा रोकिने भएकाले यो विषयमा छलफल भएको छैन”, उहाँले भन्नुभयो, “मन्त्रालय बाँडफाँट ठूलो विषय होइन, सजिलै टुङ्गिन्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा स्वर्णिम वाग्लेले पनि आर्थिक सुशासन, जवाफदेहिता र सेवा प्रवाहलाई सहज बनाउने सर्तसहित आफ्नो दल सरकारमा गएको बताउनुभयो ।

“आर्थिक शिथिलता र कुशासनका शृङ्खलाहरुबाटसमाजमा नैराश्य छ । त्यसलाई चिर्न सेवा प्रवाहको गति, मात्रा र गुणस्तर रफ्तारमा जाओस् भन्ने समाजको चाहना छ । त्यसलाई प्रधानमन्त्रीले गम्भीर रुपमा लिनुभएको हामीले पायौँ । अब फरक ढङ्गले जानुपर्छ भनेर प्रस्ताव आएपछि सरकारमा जाने निर्णय भएको हो” नेता वाग्लेले भन्नुभयो ।

चार दलबीच भएको आठबुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा रास्वपा सरकारबाट बाहिरिने पनि उहाँले स्पष्ट पार्नुभयो । “हामी निश्चित एजेण्डासहित यो–यो काम गर्ने भनेर सरकारमा जान लागेका छौं । ती काम गर्न सकेको दिनसम्म सरकारमा रहन्छौं । गर्न नसकेको दिन हामी छोड्ने छौं । तर त्यस्तो दिन आउँछ जस्तो हामीलाई लाग्दैन”, वाग्लेले भन्नुभयो, “शङ्काको लाभसहित सरकारमा प्रवेश गरेका छौं । हाम्रो प्रवेश सशर्त छ । सेवा प्रवाह गर्न सकेको दिनसम्म हामी सरकारमा रहन्छौँ नसकेको दिन सम्मानजनक बहिर्गमन खोज्नेछौं ।”

जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेन्द्र श्रेष्ठले संविधानको भावनाअनुसार मुलुकलाई गति दिन आफ्नो दल सरकारमा गएको बताउनुभयो । “सङ्घीयता, सुशासन र सामाजिक न्याय र समाजवाद उन्मुख राज्यसत्ता निर्माण गर्ने र अर्थ राजनीतिका हिसाबले पनि समाजवाद उन्मुख बनाउने हिसाबले आठबुँदे सहमति भएको छ । यसैका आधारमा नयाँ सत्ता समीकरण अघि बढ्छ । सेवा प्रवाह र सुशासनको पहलकदमीलाई थप प्रभावकारी बनाएर जान सहकार्य भएको हो,” उहाँले भन्नुभयो ।

निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन ’

ढोरपाटन (बागलुङ), २२ फागुन : बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुगेको हुँदा यात्रामा पनि सहज नै छ । तर अहिलेसम्म अन्धकारमा बस्न बाध्य स्थानीयले गाउँमा विद्युत् ल्याइदिन माग गरेका छन् ।

जिल्लाको सबैभन्दा दुर्गम मानिने निसलढोरका स्थानीयले गोबरको गुइठा, दियालो र टुकीको भरमा रात कटाउने गरेका छन् । सामान्य भए पनि स्वास्थ्य सेवा दिने हिसाबले गाउँपालिकाले गत जेठ महिनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गर्दै आएको छ ।

नेपाल टेलिकमले निसीखोलाको शिरमा टावर निर्माण गरेर गत असोजबाट मोबाइल ‘नेटवर्क’ सञ्चचालन गरेको छ । गाउँमा हुनेखानेले त सौर्य ऊर्जा (सोलार)को प्रयोग गरेका छन् भने सामान्य परिवार अन्धकारमै छन् । स्थानीय मनबहादुर विकले गाउँमा विस्तारै विकासले गति लिन थाले पनि वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता हट्न नसकेको गुनासो गर्नुभयो । विद्युत्को सुविधा नहुँदा मोबाइल फोनमा टावरले काम गरे पनि बेँसीमा बस्ने आफन्तसँग कुराकानी गर्न नपाइने उहाँको भनाइ छ । एउटा मोबाइल फोन चार्ज गर्नका लागि तीन घण्टा हिँडेर ढोरपाटन उपत्यका पुग्नुपर्ने स्थिति रहेको उहाँले बताउनुभयो ।

“गाउँका विकास नभएको होइन, विस्तारै हुँदै छ, हाम्रो मुख्य समस्या अहिले बिजौली (बिजुली) बत्तीको छ, सरकारलाई हाम्रो पीडा सुनाएका छौँ, कहिले आउँछ भन्ने अत्तोपत्तो छैन, आउन त आउला एक दिन तर हामीहरूलाई निकै खाँचो छ”, विकले भन्नुभयो, “पहिला–पहिले बेँसी (निसीगाउँ)मा बस्दा त बिजौलीको सुविधा थियो, यहाँ आएपछि तर अँध्यारोमा बस्नुबाहेक अरु विकल्प छैन, सानो मोबाइल चलाउँछु चार्ज गर्न ढोरपाटन पुग्नुपर्छ, कहिलेकाहीँ अतेरलाग्दा आफन्तलाई फोन गर्नुपर्छ ।”

पाँच वर्ष अगाडिसम्म निसेलढोर निसीका स्थानीय बर्खामा पुशचौपाय चरन र खेतीपातीका लाग आउने गर्थे भने हिउँदमा बेँसीमै बस्थे । तर अहिले करिब ६० घर परिवार बाह्रै महिना यही बस्न थालेका छन् । स्वास्थ्य संस्था सञ्चालनमा आएपछि बुर्तिबाङ जानुपर्ने समस्या समाधान भएको स्थानीय कलीकुमारी सुनारले बताउनुभयो । विद्युत् नहुँदा साँझ पर्दाबित्तिकै खाना खानुपर्ने र बालबालिकाले साँझमा पढ्न नपाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यो ठाउँमा कहिले बिजुली आउँछ ?, कि हामी सधैँ यस्तै अँध्यारोमा बस्नुपर्ने हो ?, सबै ठाउँमा पुग्यो यहाँ अहिलेसम्म नआउँदा हामीहरू निकै मर्कामा छौँ, हाम्रो समस्या बुझ्ने नेता नभएर हो कि, बिजुलीबिनाको टावर छ, मोबाइल अफ छन्, बिजुली हुन्थ्यो भने टिभी चलाउन पाइन्थ्यो, टाढा–टाढाका घटना, समाचार देख्न पाइन्थ्यो, के गर्नु छैन ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले भौगोलिक विकटताका कारण अहिलेसम्म निसेलढोरमा विद्युत् पुर्याउन नसकेको बताउनुभयो । विद्युत्को पहुँच पुर्याउनका लागि स्थानीय जलविद्युत र विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उहाँको भनाइ छ । आफू निर्वाचित हुनु पूर्वदेखिनै यहाँ विद्युत् पुर्याउने विषयमा माथिल्लो निकायसँग माग गरेको जनाउँदै उहाँले अब केही समयमा यहाँका नागरिकले विद्युत् बाल्न पाउने जानकारी दिनुभयो ।

फुटपाथ व्यवासायीमाथि कुटपीट घटनाको आयोगद्वारा अनुगमन

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ ।

आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताउनुभयो । “व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्”, उहाँले भन्नुभयो ।काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीमाथि यही फागुन १६ गते कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा दुवैतर्फका ११ व्यक्ति घाइते भएका थिए । आयोगले उक्त घटनाको अध्ययन गरिरहेको जनाएको छ ।घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीसँग यसअघि गरिएका सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायी र सरोकारवालासँग जानकारीसमेत लिएको आयोगले जनाएको छ ।

छ महिनाभित्र कञ्चनपुरको सुक्खा बन्दरगाहको काम अगाडि बढ्ने :रमेश लेखक

महेन्द्रनगर (कञ्चनपुर- नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको काम अघि बढ्ने बताउनुभएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्यागिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रमुख सचेतक लेखकले भारतको सहयोगमा निर्माण गरिने सुक्खा बन्दरगाह बनाउने विषयमा भारतसित सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनिसकेको बताउनुभयो ।“छ महिनाभित्र सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्नेमा विश्वस्त छु,” उहाँले भन्नुभयो, “  नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीजीले नै गत वर्ष यही महोत्सवमा आएर पनि भनेर जानुभएको हो ।” उहाँले   राजनीतिक परिर्वतन भएको बताउँदै नयाँ बनिरहेको गठबन्धनका बारेमा कुनै टिप्पणी गर्नुभएन । “प्रचण्डजीले अप्रत्याशित र अविश्वनीय ढङ्गले पुरानो गठबन्धन भत्काएर नयाँ बनाउन अघि बढ्नुभएको छ,” उहाँले भन्नुभयो, “अब विकासमा राजनीति गर्नुहुँदैन, सबै मिलेर विकास गरौँ, हामी सहयोग गर्छौं ।”कञ्चनपुर सम्भावना बोकेको जिल्ला भएको बताउँदै उहाँले ठूला अर्थतन्त्र भएको मुलुक चीन र भारतसित यहाँबाट ढोका खोल्नुपर्ने बताउनुभयो । “यो रणनीतिक महत्वको भूगोल पनि हो,” नेता लेखकले भन्नुभयो, “यो क्षेत्रलाई आर्थिक, पर्यटकीय र धार्मिक नाकाका रुपमा विकास गर्न सबै लाग्नुपर्छ ।” यहाँको पूर्वाधार विकास, ठूला योजनाको निर्माणमा वाणिज्य सङ्घले रचनात्मक दबाब र उत्प्रेरणा दिँदै आएको बताउनुभयो । 

सरकारमा सहभागी हुने जसपाको निर्णय

काठमाडौँ, २१ फागुन : जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उहाँले बताउनुभयो ।