`

हेर्नुहोस् फागुन १४ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि – आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि – पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि – थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि – मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि – बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

पूर्वराष्ट्रपति डा यादवद्धारा मुन्धुम अन्तरराष्ट्रिय कला प्रदर्शनीको अवलोकन

काठमाडौँ, १३ फागुन : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्राकृतिक दृश्य, सम्पदा तथा मौलिक विषयलाई कला सृजनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताउनुभएको छ ।

नेपाल कला परिषद् काठमाडौँमा जारी मुन्धुम अन्तरराष्ट्रिय कला प्रदर्शनीको आज अवलोकन गर्नुहुँदै पूर्वराष्ट्रपति डा यादवले खोटाङका मौलिक पहिचान, कलासंस्कृति र रहनसहनलाई ‘क्यान्भास’मा उतारेर काठमाडौँमा प्रदर्शन गर्दा विशेषतः खोटाङको परिचय आम नेपाली र विश्वसामु पुग्ने बताउनुभयो ।

कला सृजनाको अवलोकनपछि प्रतिक्रिया व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले प्राकृतिक सौन्दर्यको खानी हाम्रो देशका कला र संस्कृतिको प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्नुहुँदै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई विशेष धन्यवाद दिनुभयो । प्रदर्शनीको आजै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रकाशमान सिंहले पनि अवलोकन गर्नुभयो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि यहाँ कला प्रदर्शनी सुरु भएको हो ।

उक्त ‘मुन्धुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ । सांसद, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु अभिरुचिका साथ कला अवलोकन गर्न आएका छन् । यसअघि प्रदर्शनीमा सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत सांसदले अवलोकन गरिसक्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले राससलाई जानकारी दिनुभयो ।

प्रदर्शनीमा ५० देशका दुई सय १० चित्र सृजना समावेश छन् । स्वदेशी र नेपाल आएका विदेशी (१४ देशका) कलाकारले गत असोज १७ देखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तरराष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भई बनाएका सृजनाहरु यहाँ समावेश छन् । यसका साथै विदेश र स्वदेशबाट मगाइएका कूल ५० देशमा दुई सय १० भन्दा बढी चित्र प्रदर्शनीमा राखिएको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताउनुभयो । प्रदर्शनीमा अवलोकनका लागि कला पारखीहरुको बाक्लो उपस्थिति हुने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रमुख भट्टराईले पालिकाको संस्कृति र पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले एउटै चित्र रु दुई–तीन लाखमा किन्ने भनेर धेरै कलापारखी आउनुभएका तर यहाँ समावेश सबै चित्रकलालाई अन्तरराष्ट्रिय सङ्ग्रहालयका बनाएर खोटाङमै राखिने बताउनुभयो । नेपालसहित अष्ट्रेलिया, बङ्लादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लाद्भिया, लिथुवानिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामका कलाकारले दिक्तेल नै पुगेर चित्र बनाएका थिए ।

कांग्रेसद्वारा राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको स्वागत

काठमाडौँ, १३ फागुन : नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित सदस्यबीच परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरुलाई कांग्रेस राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले स्वागत गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले राष्ट्रियसभामा हालसम्म कांग्रेसको भूमिका, राष्ट्रियसभा र विषयगत समितिहरुमा कांग्रेसको कार्यसम्पादनबारे नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

राष्ट्रियसभा दिगो विकास तथा सुशसान समितिका सभापति प्रकाश पन्थ, राष्ट्रियसभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गाकुमारी गुरुङ, नारायणदत्त मिश्र र युवराज शर्माले आफ्ना अनुभव सुनाउनुभएको थियो ।

निवनिर्वाचित राष्ट्रियसभा सदस्यहरु कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले राष्ट्रियसभाको गरिमालाई उच्च राख्ने, कानुन निर्माणमा सक्रियता साथ लाग्ने र जनताका अपेक्षा सम्बोधन हुनेगरी निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आउँदो फागुन २० देखि लुम्बिनीमा त्रि- दिवसीय त्रिपिटक वाचन हुने

काठमाडौँ, १३ फागुन : अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले भगवान् बुद्धको जन्मस्थलबारेको भ्रमलाई चिर्न र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान विश्वभर स्थापित गर्न यस अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सहयोगीसिद्ध हुने विश्वास प्रकट गर्नुभयो ।

बुद्धले आफ्नो जीवनकालमा उपदेश दिनुभएका ८४ हजार धर्मस्कन्धहरु सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक गरी तीन भागमा सङ्गृहीत छन् ।

त्रिपिटकका हरेक धर्मस्कन्धको अध्ययन र अभ्यासले सुख, शान्ति र मानव कल्याणको मार्ग प्रशस्त गर्ने र यसको सश्रद्धा एवं सगौरव गरिने वाचन र श्रवणले असीमित पुण्य सञ्चय हुने विश्वास छ । भारतको बुुद्धगयामा हरेक वर्ष १० दिन त्रिपिटक पाठ गर्ने चलन छ भने अन्य बौद्ध देशहरुमा पनि श्रद्धापूर्वक त्रिपिटक पाठ हुने गर्छ ।

पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले विश्वभर शान्ति र मैत्रीको सन्देश फैलाउने र करुणाभाव जगाउने उद्देश्यले आयोजना गर्न लागिएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन –२०८० लाई भव्य रुपमा सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहभागिता जनाउन सबैमा आह्वान गर्नुभयो ।

कार्यक्रम मुताविक पहिलो दिन फागुन २० गते समुद्घाटन समारोह अघि बिहान ८ बजे त्रिपिटक शोभा यात्रा निकालिने छ भने फागुन २२ गते साँझ दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने छ । यस कार्यक्रममा १२ राष्ट्रका बौद्ध धर्मगुरुहरु, भिक्षुहरु तथा प्रतिनिधिहरु सहभागी रहने बताइएको छ ।

भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविरका अनसार यस कार्यक्रम अन्तर्गत १ हजार २५० जनालाई प्रवज्या दिलाई उनीहरुलाई त्रिपिटक वाचन कार्यक्रममा सम्मिलित गराइने छ । त्यसैगरी, भिक्षु महासङ्घबाट लुम्बिनीमा दोस्रो चरणको निर्माण सम्पन्न भएको सङ्घावासको पनि उद्घाटन गरिने कार्यक्रम छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ, १३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आजका लागि निर्धारण भएको स्थायी समितिको बैठक आगामी मङ्गलबार हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न भएको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक मङ्गलबार गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिनुभएको छ ।

“पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिनुभएको छ । आवश्यक गृहकार्य गरेर पुनः मङ्गलबार बिहान ८ः३० बजे बैठक बस्नेछ,” प्रवक्ता सापकोटाले भन्नुभयो ।

हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ । समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गरिने उहाँले बताउनुभयोे । मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारले पहल थालिसकेको छ । आजै गृहमन्त्रालयले मिटरब्याजपीडितलाई वार्ताका लागि आह्वान गरेको छभने लघुवित्तपीडितको माग सम्बोधनका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसक्नुभएको छ ।

अफगानमा कृषि क्षेत्रमा ३० करोड अमेरिकी डलर विनियोजन

युद्धग्रस्त अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न कुल २.२ अर्ब अफगानी (करिब ३० करोड अमेरिकी डलर) विनियोजन गरिएको छ । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले आइतबार यसबारे जनाएको छ।कृषि, सिँचाइ तथा पशुपक्षी कार्यवाहक मन्त्री मौलवी अत्तउल्लाह ओमारीको अध्यक्षतामा बसेको बैठकले गरिब मुलुकमा कृषिको विकास गर्ने प्रयासस्वरुप उक्त निर्णय गरेको बताइएको छ ।

देशमा कृषि उत्पादनको प्रवद्र्धनका लागि किसान, पशुपालन र कृषि व्यवसायलाई सहयोग गर्ने सरकारी स्वामित्वको वित्तीय संस्था कृषि विकास कोष (एडिएफ) को नवौं अधिवेशनले यस्तो निर्णय गरेको हो ।

सहायता एजेन्सीहरूका अनुसार अफगानिस्तानमा करिब १ करोड ६० लाख मानिसहरू खाद्य असुरक्षाको सामना गरिरहेका छन्।अफगानिस्तानलाई वार्षिक ६.५ मिलियन टन गहुँ आवश्यक पर्ने र यस वर्ष अहिलेसम्म ५० लाख टन गहुँको उत्पादन भएको बताइएको छ ।

तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन

भक्तपुर, १३ फागुन : मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडाँै लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यसवर्षदेखि कक्षा ९ सम्म भर्ना लिने जनाएको छ । तर विडम्बना करिब तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय आजसम्म पनि अवैध छ । दर्ताबिना सञ्चालनमा छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय, विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन । चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ ।

कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना लिइिरहेको संस्कार गुरुकुल त एउटा उदाहरण मात्रै हो । मध्यपुरथिमि नगरपालिकामा मात्रै मन्टेश्वरी र प्ले ग्रुपको नाममा यस्ता विना दर्ता सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्लाका चारवटै पालिकामा तीन सयभन्दा बढी यस्ता विद्यालय दर्ता विना सञ्चालनमा छन् तर जिम्मेवार निकाय नगरपालिका भने बेखबर बनिरहेको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालय अनुगमन सुरु गरेको बताउनुभयो । विना दर्ता अवैध रुपमा मन्टेश्वरी विद्यालयका नाममा धेरै स्कुल सञ्चालनमा रहेको जानकारी पाएको भन्दै उहाँले आजदेखि सुरु हुने अनुगमनबाट त्यस्ता विद्यालयलाई आवश्यक कारबाही गरिने बताउनुभयो । कुनै पनि विद्यालय सञ्चालन गर्न दर्ताका लागि नजिकैको दुई विद्यालयको सहमति अनिवार्य लिनुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर संस्कार गुरुकुलले त्यो प्रक्रिया पूरा गर्न नसक्दा दर्ता हुन नसकेको नगरपालिकाको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दर्ता गर्ने तथा नियमन गर्ने निकायको कमजोरीले दर्ता विनाका विद्यालय सञ्चालन मौलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा मन्टेश्वरीको नाममा कक्षा ५ सम्म विद्यार्थी भर्ना धेरै विद्यालय छन्, दर्ता विना सञ्चालनमा रहेका अवैध विद्यालयलाई प्रक्रिया पु¥याएर कि सञ्चालनको अनुमति दिनुपर्छ कि कारबाही गर्नुपर्छ, स्थानीय तहले टुलुटुलु हेरेर बस्न मिल्दैन, त्यहाँ विद्यार्थीको भविष्य जोडिएको हुन्छ ।”

सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा पनि यस्ता विना दर्ताका मन्टेश्वरी र प्रिस्कुलका नाममा विद्यालय प्रशस्तै रहेपनि नगरपालिकाले अनुगमन र कारबाही भने गर्न नसकेको उहाँको भनाइ छ ।

कडा अनुगमनका बीचमा पनि भक्तपुर नगरपालिका क्षेत्रमा पनि मन्टेश्वरीका नाममा धेरै विद्यालय सञ्चालनमा रहेका छन् । अनुगमनमा भेटिएका यस्ता विद्यालयलाई कारबाही नगर्न विभिन्न बाहना बनाएर नगरपालिकाका शिक्षा शाखाकै कर्मचारीले रोक्ने गरेको विद्यालय सञ्चालक नै बताउँछन् । ‘विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौँला’ भनी मध्यपुरथिमि नगरपालिकाका शिक्षा शाखाका प्रमुखले नै भन्ने गरेको विद्यालय सञ्चालकले जानकारी गराएका छन् ।

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने

काठमाडौँ, १३ फागुन : निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख ५ गते हुने जनाएको छ ।

प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले रिक्त रहेको थियो । निर्वाचन कानुनबमोजिम बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उपनिर्वाचनको मिति तोकिएसँगै आयोगले मतदाता नामावली दर्ता हाललाई स्थगन गरेको छ ।

२६१औँ सेना दिवसका अवसरमा सैनिक प्रदर्शनी हुने

महेन्द्रनगर (कञ्चनपुर), १३ फागुन : महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्नेभएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ ।

सो क्रममा इतिहासदेखि हालसम्मका सेनासम्बन्धी गतिविधि तथा हातहतियार, उपकरण, पोशाकलगायत विविध विषयवस्तु प्रदर्शनमी रहने सेनाले जनाएको छ । निःशुल्क प्रवेश सुविधा मिलाइएको प्रर्दशनीमा सर्वसाधारण, विद्यार्थीलगायत सबैले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

युनिटी रनमा सहभागी हुनेहरुले यहाँ रहेको सैनिक गण तथा गुल्महरुमा नाम दर्ता गर्ने प्रवन्ध मिलाइएको छ । कञ्चनपुरबाट सहभागी हुने खेलाडी तथा सर्वसाधारणहरुको नाम दर्ता श्रीदल गुल्म भगतपुर ब्यारेकमा गर्न सकिने सेनाले जनाएको छ ।

गत वर्ष पनि सेना दिवसका अवसरमा सुदूरपश्चिममा सैनिक प्रर्दशनीका साथै खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको थियो ।

प्रधानसेनापति शर्माद्वारा दज्र्यानीचिह्न प्रदान

काठमाडौँ, १३ फागुन :प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति हुनुभएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दज्र्यानीचिह्न प्रदान गर्नुभयो ।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त हुनुभएको छ । उहाँहरू सरकारको यही फागुन ६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति हुनु भएको हो ।

दज्र्यानीचिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

सिरियाको होम्स प्रान्तमा इजरायली हवाई आक्रमणमा परी ३ जनाको मृत्यु

मध्य सिरियाको होम्स प्रान्तमा आइतबार इजरायली हवाई आक्रमणमा परी ३ जना सर्वसाधारणको मृत्यु भएको छ ।अल-वतन अखबारका अनुसार दक्षिणपश्चिमी होम्सको अल-कुसाइर क्षेत्रमा दुईवटा नागरिक सवारी साधनलाई निशाना बनाएर आक्रमण गरिएको थियो।यसैबीच, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा दुई हिजबुल्लाह सदस्य मारिएको बताएको छ।

यो हवाई आक्रमण सिरियामा इजरायली आक्रमणको शृङ्खलाको पछिल्लो घटना हो। इजरायलले हालै इरानी मिलिशियासँग संलग्न व्यक्तिहरू विरुद्ध हत्या प्रयास गरेको छ।अब्जरभेटरीले आइतबार प्रतिवेदनमा इजरायलले सन् २०२४ को शुरुदेखि सिरियामा हालसम्म १६ वटा आक्रमण गरेको उल्लेख गरेको छ।

सिरियाली सेनाले पश्चिमी क्षेत्रमा ७ वटा हतियारयुक्त ड्रोन खसाल्यो

सिरियाली सेनाले आइतबार हामा र इडलिब प्रान्तमा ७ वटा हतियारयुक्त ड्रोनहरू नष्ट गरेको रक्षा मन्त्रालयले जनाएको छ । आतङ्ककारीहरूद्वारा सञ्चालित ड्रोनहरू इडलिब र हामा दुवैका सैन्य स्थानहरूका साथै अन्य गाउँ र शहरहरू नष्ट गर्न पठाइएको बताइएको छ ।

उत्तरी सिरियाका विद्रोहीहरूले, विशेष गरी इडलिबको उत्तरपश्चिमी गभर्नोरेटमा हालै सरकारी नियन्त्रित क्षेत्रहरूमा ड्रोन आक्रमणलाई तीव्र पारेका छन्।यस किसिमको सबैभन्दा घातक घटना सन् २०२३ अक्टोबरमा भएको थियो । उक्त ड्रोन आक्रमणले होम्सको गभर्नरेटमा रहेको सैन्य एकेडेमीमा स्नातक कार्यक्रमको भइरहेका बेला आक्तमण गर्दा ८० जनाभन्दा बढी सैन्य कर्मचारी र सर्वसाधारणको मृत्यु भएको थियो ।

मापदण्डानुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था हालका लागि बन्द

काठमाडौँ, १३ फागुन : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो । सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो ।

मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ । मन्त्रालयमा दुई सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये तीनले नवीकरण गरेका छैनन् ।

वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम अनुगमन सुरु गरिएको थियो । अनुगमन तथा निरीक्षण टोलीले काठमाडौँ उपत्यकाभित्र र उपत्यका बाहिर रहेका स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेको थियो ।

मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परीक्षणबिना नै ‘मेडिकल रिपोर्ट’ तयार गरी कामदारलाई दिने गरेको अनुगमनका क्रममा पाइएको छ । यी संस्थाहरुमा कर्मचारी र उपकरण पर्याप्त नभएको र परीक्षण नै नगरी प्रतिवेदन दिने गरेको पाइएको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपालबाट जाने नेपाली कामदारको गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्य परीक्षण गरिन्छ । गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्यमा समस्या भएर फर्कनुभन्दा नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने गरिएको होे । मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाका लागि मन्त्रालयले पूर्वाधारको मापदण्डसमेत तोकेको छ ।

मन्त्रालयमा सूचीकृत संस्थामा समस्या देखिएपछि गन्तव्य मुलुकले आफ्नै मुलुकको मापदण्डानुसार स्वास्थ्य संस्था छनोट गर्न थालेका छन् । यसमध्ये मलेसियाले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा संस्था छनोट गरेको छ । साउदी अबरले १९ वटा संस्था तोकेको छ । कतारले कतार भिसा सेन्टरबाट नै सबै प्रक्रिया पूरा गर्दै आएको छ । भने इजरायलले चार र कोरियाले तीन वटा यस्ता स्वास्थ्य संस्था तोकेको छ ।

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता

म्याग्दी, १३ फागुनः बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले यही फागुन ११ गते एक सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित सडक छेउका घरटहरा हटाउन र क्षतिपूर्ति बुझ्न आह्वान गरिसकेको छ । सो क्षेत्रमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा र गोठ हटाउन लागिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाइँले बताउनुभयो ।

“प्रभावितले क्षतिपूर्तिको दररेटमा असहमति जनाएपछि संरचना हटाउन सकिएको थिएन”, उहाँले भन्नुभयो, “संरचना नहट्दा सडक विस्तार र नाली निर्माण रोकिएको थियो ।” उहाँले क्षतिपूर्तीको पुनःमूल्याङ्कन भएपछि स्थानीय रकम बुझ्न तयार भएकाले संरचना हटाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

गलेश्वरदेखि तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माण पूरा भइ कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार र नाली निर्माण रोकिएको थियो । स्थानीयको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्याङ्कन गरी क्षतिपूर्तिको रकम संशोधन गरेको थियो ।

सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन लागिएको सूचना अधिकारी चापागाइँले बताउनुभयो । योजनाले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दुरीको सडकको क्षेत्राधिकारमा पर्ने एक सय ७८ वटा घरगोठ र टहराको करिब रु आठ करोड क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया सुरु गरिएको थियो ।

सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपूर्ति वितरण अहिले पनि जारी छ । म्याग्दीमा ८० र मुस्ताङमा ९८ वटा घर, टहरा र गोठ हटाउने निर्णय गरिएको थियो ।

बेनी-जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इञ्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो ।

पछिल्लो व्यवस्था अनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन विसं २०७४ मा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

चितवन, १३ फागुन : भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ ।

भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्घाटन पछि सारेर मार्च १ अर्थात् फागुन १८ गते गर्न लागिएको हो । नारायणी नदी किनारमा भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरिँदैछ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुखहरु, सङ्घीयमन्त्री, प्रदेशका प्रमुख एवं मुख्यमन्त्री, प्रदेशका मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय एवं प्रदेशका सांसदलगायतलाई निमन्त्रणा गरिएको छ । उहाँका अनुसार उद्घाटन समारोहपूर्व सबै वडाबाट झाँकीसहितको ¥याली नारायणगढ नजिक नारायणी नदी किनार आइपुग्नेछ ।

विभिन्न जातजाति एवं सङ्घसंस्थाले झाँकी प्रदर्शन गर्ने दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष उद्घाटनमा ५० हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौँ । महानगरका सबै वडासहित जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाबाट समेत उद्घाटन समारोहमा सहभागिता हुनेछ ।”

कार्यक्रमको घोषणापूर्व र उद्घाटनसत्र पछि राष्ट्रिय तथा स्थानीय कलाकारले नदी किनारमा साँझसम्म साङ्गितक प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यकोसमेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो ।

भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ । समितिको शनिबार बैठक बसेको थियो । प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य रहेका छन् ।

भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा गरिँदैछ । महानगरका उपप्रमुख अधिकारीका अनुसार रु छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरले रु तीन करोड विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी पर्यटन बोर्डबाट रु ६५ लाख निकासा भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक निर्माणमा समेत महानगरले खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उहाँले बताउनुभयो । भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ ।

महानगर प्रमुख दाहालले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो । भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुरेन्टले विशेष छुटमा प्याकेज दिँदैछन् । प्रमुख दाहालका अनुसार महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमता महानगरभित्रका होटलमा रहेको छ ।

भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्नेगरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५० भन्दाबढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गरिँदै छन् । ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिँदैछ । भ्रमण वर्षको उद्घाटनपछि लगत्तै दियालो बङ्गला सञ्चालनमा ल्याइनेछ । त्यहाँ पुनःनिर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी दुर्लभ पाटेबाघ पर्यटकले हेर्न मिल्ने गरी खुला खोरमा राख्न लागिएको छ । भ्रमण वर्षको उद्घाटनअघि नै बाघ राखिनेछ । महानगरको देवनगरमा बाघसँगै सोही क्षेत्रमा गैँडा राख्नका लागि खोर बन्दैछ । दाहालले भन्नुभयो, “अब यहाँ आउने पर्यटकले निकुञ्जमा बाघ, गैँडा नहेरी फर्कनु पर्दैन ।”

महानगरपालिकाले गैँडाको खोर, मचान र त्यहाँ पुग्ने ठाउँसम्मका लागि बाटो निर्माण गर्न रु एक करोड खर्च गरेको छ । बाघको खोर निकुञ्ज आफैँले बनाएको हो । भ्रमण वर्षका अवसरमा विश्वका विभिन्न देशमा बस्ने भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउनका लागि निम्तो दिइएको छ ।

प्रमुख दाहालले भन्नुभयो, “अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ ।” भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो । उहाँले थप्नुभयो, “भ्रमण वर्ष सफल पार्न सरकारी प्रयासले मात्रै हुँदैन, निजी क्षेत्र पनि सक्रियरुपमा लाग्नुपर्छ ।” सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उहाँको अपेक्षा छ । देशमै स्थानीयस्तरमा भौतिक पूर्वाधारमा अग्रणी मानिएको भरतपुर महानगरपालिकामा यहाँको भौतिक निर्माण हेर्न अन्य स्थानीय तहबाट जनप्रतिनिधि आउने अपेक्षा गरिएको छ ।

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षले सिथिल भएको समग्र अर्थतन्त्र चलायमान हुने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्या–पर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्वपूर्ण छ ।

सुवेदीले भन्नुभयो, “सरकारी तवरबाट यो ढङ्गले पर्यटन प्रवर्द्धनका लागि गरिएको यो प्रयास निजी क्षेत्रका लागि कोसेढुङ्गा हुनेछ ।” उहाँका अनुसार भरतपुर महानगरभित्र अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र सिटिहल बन्दैछ । प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ । राजधानी नजिक रहेको यो महानगर आर्थिक नगरीका रुपमा विकास हुँदै गएको छ । यस्ता कार्यक्रमले यहाँको पर्या–पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पोर्चुगलको चुनावी अभियानमा दक्षिणपन्थी समूह बलियो : सर्वेक्षण

पोर्चुगलको आधिकारिक चुनावी अभियान आइतबारदेखि सुरु हुँदैछ । मार्च १० मा हुने विधायिकी मतदानमा पपुलिस्ट पार्टीहरूले सफलता पाउने सम्भावना छ ।

करिब आधा शताब्दी लामो फासिवादी तानाशाही व्यवस्थाको अन्त्य गरी पचास बर्ष पहिले ‘कार्नेसन रिभोलुसन’मार्फत् स्थापित व्यवस्था अन्तर्गत चलेको पोर्चुगलमा हालै युरोपका अन्य ठाउँहरूमा सफलता हासिल गरेका दक्षिणपन्थी र संस्थापन विरोधी पार्टीहरू पछि पर्ने पुर्वानुमानहरू गरिएका छन् ।

सन् २०१९ मा एक फुटबलका पूर्व कमेन्टेटरद्वारा गठन गरिएको चेगा पार्टीे देशको राजनीतिक र आर्थिक अभिजात वर्गको एक प्रबल आलोचक बनेको छ र १५ देखि २० प्रतिशत मतको साथ भागेदारी बन्ने देखिएको छ ।

लिस्बन विश्वविद्यालयको इन्स्टिच्युट अफ सोसल साइन्सेजका राजनीतिशास्त्री एन्टोनियो कोस्टा पिन्टोले समाजवादी प्रधानमन्त्री एन्टोनियो कोस्टाको आश्चर्यजनक राजीनामाले चेगालाई सहयोग पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो युरोपेली सङ्घमा भ्रष्टाचारको विषयले कट्टरपन्थी दक्षिणपन्थीको पक्षपोषण गरेको छ ।”

– अति दक्षिणपन्थी गठबन्धन –

इटाली, स्लोभाकिया, हंगेरी र फिनल्यान्डलगायत थुप्रै युरोपेली देशहरूमा अति दक्षिणपन्थी पार्टीहरूको नेतृत्वमा वा समावेशी गठबन्धनद्वारा सरकार सञ्चालित छन् । नेदरल्याण्ड्स गत नोभेम्बरमा भएको विधायिकी चुनावमा गीर्ट वाइल्डर्सको विजयपछि यो सूचीमा सामेल भएको छ ।

आप्रवासी विरोधी तर सधैं युरोपेली सङ्घ (ईयू) विरोधी नभएको चेगा सन् २०२२ को जनवरीमा पोर्चुगलमा भएको चुनावमा सात प्रतिशत मत र २३० सदस्यीय संसद्मा १२ जना सदस्यसहित देशको तेस्रो ठूलो राजनीतिक शक्ति बनिसकेको छ ।

चेगाका अध्यक्ष आन्द्रे भेन्टुराले मध्य–दक्षिणपन्थी सोसल डेमोक्र्याटिक पार्टी (पीएसडी) लाई पोर्चुगलको सत्ताधारी सशक्त शक्तिबाट विस्थापित गर्ने लक्ष्य राख्नुभएको छ ।

यद्यपि, अहिले पीएसडीलाई पछि पार्दै भेन्टुराले आफ्नो दललाई संसदमा बहुमतका साथ स्थापित गर्ने रणनीतिसाथ अघि बढ्नुभएको छ । तर पीएसडी सत्तासिन समाजवादी पार्टीभन्दा अलि अगाडि लगभग ३० प्रतिशत मतको साथ आउने सर्भेक्षणले देखाएको छ ।

दुई साना रूढÞिवादी पार्टीहरूसँग गठबन्धन बनाएका पीएसडी नेता लुइस मोन्टेनेग्रोले तत्कालका लागि चेगासँग कुनै पनि गठबन्धनलाई अस्वीकार गर्नुभएको छ ।

सोसलिस्ट पार्टीका कोस्टाका उत्तराधिकारी पेड्रो नुनो सान्तोसले मध्यदक्षिणपन्थीको नेतृत्वमा अल्पमतको सरकार गठन हुन नदिने बताउनु भएको छ ।तर विश्लेषक कोस्टा पिन्टोका अनुसार ‘अति दक्षिणपन्थीहरूको वरिपरिको घेराले अन्य युरोपेली लोकतन्त्रहरूमा काम गरेको छैन, र पोर्चुगल अर्को उदाहरण हुनेछ’ ।

सन् २०१५ को अन्त्यदेखि प्रधानमन्त्री कोस्टाले सरकारको वित्तीय स्थितिमा सुधार गर्दै धेरै हदसम्म स्वस्थ अर्थतन्त्रको निरीक्षण गर्नुभएको थियो । आफ्नो कार्यालयमा लुकाइछिपाइ राखेको ७५ हजार ८०० युरो (८२ हजार अमेरिकी डलर) नगदसहित फेला परेका उनका आफ्नै चिफ अफ स्टाफसम्म पुगेपछि अन्तिम झट्का लागेको थियो ।अनुसन्धानमा कोस्टाको नाम उल्लेख गरिएको थियो र उहाँले नोभेम्बरमा राजीनामा दिनुभएको थियो । उहाँले नयाँ कार्यकालको लागि दावी नगर्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीसँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, १३ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गर्नुभयो । उहाँले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गर्नुभयो । नौसेनाध्यक्ष एक्विलिनो यही फागुन ८ देखि यहाँ जारी ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल भ्रमणमा हुनुहुन्छ ।

भेटका अवसरमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिति थियो ।

क्रेमलिनका आलोचकद्वारा एलेक्सी नाभाल्नीको शव आमालाई हस्तान्तरण

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उहाँको मृत्युको एक साताभन्दा बढी समयपछि उहाँकी आमालाई बुझाइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनाइ उद्धृत गर्दै सिएनएनले बताएको छ ।

सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा यार्मिशले भन्नुभएको छ, “एलेक्सीको शव उहाँकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।” उहाँका अनुसार नाभाल्नीको शव राखिएको आर्कटिक सहर सालेकहार्डमा उहाँकी आमा ल्युडमिला नाभाल्नाया अझै हुनुहुन्छ ।

फेब्रुअरी १६ मा एलेक्सी नाभाल्नीको पेनल कोलोनी कारागारमा हुँदा मृत्यु भएको हो । रुसी प्रेस सेवालाई उद्धृत गर्दै सिएनएनले नाभाल्नीले ‘टहलिएपछि अस्वस्थ महसुस गर्नुभएको’ र ‘करिब तुरुन्तै’ बेहोश हुनुभएको बताएको छ ।

यार्मिशले नाभाल्नीको अन्तिम संस्कार सम्बन्धमा अझै योजना नबनाइएको बताउनुभयो । “परिवारले चाहेअनुसार र एलेक्सीको चाहनाबमोजिम गर्न अधिकारीहरूले हस्तक्षेप गर्छन् वा गर्दैनन् हामीलाई थाहा छैन”, उहाँले भन्नुभयो, “खबर आउनेबित्तिकै हामी तपाईंलाई सूचित गर्नेछौँ ।”

नाभाल्नीको परिवार र सहकर्मीहरूले उहाँको मृत्युका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिएका छन् । एलेक्सी नाभाल्नीको मृत्यु मार्चमा रुसमा हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि भएको छ ।

एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले पुटिनमाथि नाभाल्नीको मृत्युको कारण लुकाउन र उहाँको अन्तिम संस्कारमा ठूलो भीड सहभागी हुने डरले शवलाई राख्न आदेश दिएको आरोप लगाउनुभएको छ । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको सिएनएनले बताएको छ ।

पछिल्ला धेरै दिनदेखि नाभाल्नीको परिवारले रुसी अधिकारीहरूसँग उहाँको शव दिन अनुरोध गरिरहेको थियो । एलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाले आफ्नो छोराको मृत्युपछि तुरुन्तै शव निकाल्न सालेकहार्डको भ्रमण गर्नुभएको थियो । यद्यपि उहँको अनुरोधलाई रुसी अधिकारीहरूले बारम्बार अस्वीकार गरेका थिए ।

यसैबीच एलेक्सी नाभाल्नीको श्रीमती र छोरीले फेब्रुअरी २२ मा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको छ । युलिया नाभाल्नाया र दशा नाभाल्नायासँगको भेटका क्रममा बाइडेनले कारागारमा रुसी नेताको मृत्युपछि ‘हार्दिक समवेदना’ व्यक्त गर्नुभयो । उहाँले एलेक्सीलाई असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने उहाँको विरासतको प्रशंसा गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले एलेक्सी नाभाल्नीको असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने उहाँको विरासत र कानूनी शासन सबैका लागि समानरूपमा लागु हुने एक स्वतन्त्र तथा लोकतान्त्रिक रुसका लागि प्रशंसा व्यक्त गर्नुभयो ।”

बाइडेनले एलेक्सीको विरासत रुस र विश्वभरका मानिसले उहाँको क्षतिमा शोक मनाउने र स्वतन्त्रता, लोकतन्त्र तथा मानवअधिकारहरूका लागि लड्ने माध्यमबाट जारी राख्नेमा जोड दिनुभएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ह्वाइट हाउस प्रशासनले एलेक्सीको मृत्यु, रुसको दमन र आक्रामकता तथा युक्रेनमा रुसको क्रुर र अवैध युद्धको जवाफमा भोलि रुसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गर्ने उहाँले पुष्टि गर्नुभएको छ ।”

नर्वेजियन प्रधानमन्त्रीले चीनसँगको सहकार्य बढाउने

नर्वेजियन प्रधानमन्त्रीले चीनसँगको सहकार्य बढाउननर्वेजियन प्रधानमन्त्रीले चीनसँगको सहकार्य थप प्रगाढ बनाउने बताउनु भएको छ ।नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले बुधबार ऊर्जा र जलवायु परिवर्तन जस्ता विभिन्न क्षेत्रमा चीनसँगको सहयोग विस्तार गर्न आफ्नो प्रशासनको गहिरो चासो व्यक्त गर्नुभएको छ।

“हामी चीनसँग व्यापक सहयोग आदान-प्रदान गर्न चाहन्छौं । हामीसँग द्विपक्षीय रूपमा सहयोग बढाउन सक्ने थुप्रै क्षेत्रहरू छन्,” स्टोरले किर्कनेस सम्मेलनमा सिन्ह्वासँगको अन्तर्वार्तामा बताउनु भएको छ ।चीनको विश्वव्यापी प्रभावलाई उजागर गर्दै उहाँले विश्व अर्थतन्त्रमा चीनको भूमिका रहेको भन्दै उर्जा, जलवायु परिवर्तनका समस्या र शान्ति सुरक्षाका ठूला समस्या समाधानका लागि नर्वेसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

आर्कटिक सर्कल भित्र अवस्थित, किर्कनेसले उत्तरी नर्वेको फिनमार्क काउन्टीको सोर-भ्यारेन्जर नगरपालिकाको केन्द्रीय हबको रूपमा सेवा प्रदान गर्दै गरेको उल्लेख गरिएको छ । सन् २००८ मा पहिलो पटक आयोजित, किर्कनेस सम्मेलनले उत्तरी नर्वे र यसको छेउछाउका क्षेत्रहरूमा राजनीतिक, व्यापार र सामाजिक प्रगतिलाई समेट्न विभिन्न प्रयास गर्ने विश्वास व्यक्त गरिएको छ।

पूर्वराष्ट्रपति यादव र पूर्वमन्त्री उपाध्याय महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौँ, १३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८०’ पूर्वराष्ट्रपति डा रामवरण यादवलाई प्रदान गर्नुभएको छ । वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्न महत्वपूर्ण योगदान पु¥याएबापत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरिएको हो ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवनमा आयोजित १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गर्नुभयो ।राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ सङ्गीत साधक सरिता मिश्रलाई प्रदान गर्नुभयो ।त्यस अवसरमा राष्ट्रपति पौडेलले देश, जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गर्नुभएका नेता निधिले गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको उत्थानमा ध्यान दिनुभएको स्मरण गर्नुभयो ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा छाएको हो कि भनेर चिन्ता प्रकट भइरहेको राष्ट्रपतिले उल्लेख गर्नुभयो ।राष्ट्रपति पौडेलले कतिपय सन्दर्भमा हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले यस्तो अवस्था उत्पन्न भएको होइन भन्दै कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन भन्ने प्रश्न गर्नुभयो । “मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखापरेका यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको राष्ट्रपतिले बताउनुभयो ।“२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनहरूमा अग्रपङ्क्तिमा रहेर सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुन्थ्यो, निधिजीको स्मृति दिवसमा म उहाँंप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले करिव पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भावका पक्षमा, सामाजिक न्यायका पक्षमा निधिले गर्नुभएको काम हामी सबैका लागि सँंधै प्रेरणाको स्रोत भएको बताउनुभयो ।सम्मानित प्रथम राष्ट्रपति यादवले महेन्द्रनारायण निधिको राजनीतिक योगदानको स्मरण गर्नुभयो । “प्रजातन्त्रको दियो बाल्ने महेन्द्रनारायण निधिको त्याग तपस्या र बलिदानको पछिपछि हामी लागेका हौँ । उहाँको आचारण, निष्ठा र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले हामीलाई मार्गनिर्देश ग¥यो”, उहाँले भन्नुभयो,यस्तै, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित दुर्गा घिमिरेले पुरस्कारका लागि प्रतिष्ठानप्रति आभार प्रकट गर्दै प्रजातन्त्रका लागि आन्दोलनदेखि जेलजीवनको भोगाइको स्मरण गर्नुभयो । उहाँले बेचबिखनमा परेका महिलाको उद्धार र आर्थिक सशक्तिकरणको अभियानमा अझ बढी दृढ सङ्कल्पित भएर अघि बढने बताउनुभयो ।

कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी : प्रवक्ता

कम्बोडियाको सिनेट (माथिल्लो सदन) का लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले दुई तिहाइभन्दा बढी सीटसहित विजयी भएको छ । सीपीपीले सिनेटको पाँचौं निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ता सोक आइसानले बताउनु भएको छ ।

प्रवक्ता आइसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै चुनावमा सीपीपीले सबैभन्दा बढी मत प्राप्त गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सीपीपीले सिनेटका ५८ सिटमध्ये कम्तीमा ५० सिट जितेको छ, जुन कूल सङ्ख्याको ८० प्रतिशतभन्दा बढी हो ।” “सन् २०२३ को जुलाईमा भएको आम निर्वाचनमा हामीले शानदार जित हासिल गरेकोसीपीपीका लागि यो अर्को ठूलो सफलता हो,” आइसानले भन्नुभयो ।

सीपीपीका ७१ वर्षीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सामदेक टेचो हुन सेनले निर्वाचनपछि सिनेटको अध्यक्षको जिम्मेवारी सम्हाल्ने र राजा विदेशमा रहँदा कार्यवाहक राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो ।

श्रीलङ्काका हम्बनटोटा बन्दरगाहलाई म्यानमासँग जोडिने

श्रीलङ्काको दक्षिणमा रहेको हम्बनटोटा बन्दरगाहलाई म्यान्मासँग जोडिने भएको छ । बन्दरगाहलाई विस्तार गर्ने र म्यान्मासँग जोड्ने योजनाबारे राष्ट्रपति रनिल विक्रमासिङ्घेले छलफलका क्रममा अधिकारीहरूसँग राख्नुभएको राष्ट्रपतिको सञ्चार विभागले जनाएको हो ।

राष्ट्रपति विक्रमासिङ्घेले विशेष गरी पूर्वी प्रान्त, कोलम्बो सिटी, पश्चिमी क्षेत्र र ग्रेटर हम्बनटोटामा रणनीतिक पर्यटन क्षेत्रहरूको लागि गुरू योजनामा ध्यान केन्द्रित गर्दै आर्थिक विकास र पूर्वाधार लगानीका लागि आफ्नो भावी योजना सार्वजनिक गर्नुभएको हो ।

उहाँले हम्बनटोटाको आर्थिक सम्भाव्यतामा जोड दिँदै यसलाई पूर्वाधार विकास र कनेक्टिभिटीको लागि एक महत्वपूर्ण हबको रूपमा उल्लेख गर्दै यसले म्यानमा र श्रीलङ्काको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

पीएमडीले भने कि राष्ट्रपतिले हम्बनटोटामा पहिले नै पूर्वाधारमा गरिएको व्यापक लगानीको महत्वमा जोड दिए, विगतका चुनौतीहरूको बावजुद।

देशको अर्थतन्त्रको अवस्थाप्रति म गम्भीर छु – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १३ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताउनुभएको छ ।

नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग प्रधानमन्त्रीले सो धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्रको अवस्थाप्रति आफू गम्भीर रहेको र यसको सुधारका पक्षमा सरकारले काम पनि गरिरहेको जानकारी दिनुभएको ती संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले देशमा व्यावसायिक वातावरणको निर्माणका लागि सरकार लागिपरेको पनि बताउनुभएको थियो । अर्थतन्त्रमा समस्या देखिएपछि आफू प्रधानमन्त्री भएदेखि नै निजी क्षेत्रको सल्लाह र सुझावका आधारमा काम गरेको र अहिले पनि निजी क्षेत्रको परामर्शअनुसार अघि बढ्ने उहाँले बताउनुभएको थियो ।

निजी क्षेत्रका संस्थाका अध्यक्षहरुले प्रधानमन्त्री दाहाललाई भेटी देशमा व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । उहाँहरुले प्रधानमन्त्रीसँग अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभएको थियो ।

बाह्य क्षेत्र सुधार हुँदै गए पनि बजार चलायमान हुन नसक्दा अर्थतन्त्र अभैm पनि जोखिममा रहेको तथा औसतमा उद्योगहरु ४० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेको भन्दै उहाँहरुले प्रधानमन्त्रीसमक्ष व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभएको प्रेस वक्तव्यमा जनाइएको छ ।

सो वक्तव्यमा भनिएको छ, “कोभिडपछिको तीव्र विस्तार व्यवस्थापन गर्न नसक्दा यो समस्या आएको हो । मूलतः सरकार र अन्य नियामक निकायहरुको नीतिका कारण अर्थतन्त्रमा साना व्यवसायीबाट सुरु भएको समस्या बैङ्क वित्तीय संस्थामा पुगिसकेको छ । बैङ्क वित्तीय संस्थापछि यसको असर सरकारको राजश्वमा समेत परिरहेकातर्पm निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ ।”

“न्यून माग छ, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रतिकूल छ र आयोजना निर्बाध रुपमा चलाउन सकिएको छैन,” महासङ्घ अध्यक्ष ढकालले भेटका क्रममा भन्नुभयो, “सरकार समस्या समाधानका लागि तत्पर हुनैपर्छ ।”

उहाँले अख्तियार, सतर्कता केन्द्रजस्ता निकायले निजी क्षेत्रलाई हेर्ने प्रावधान न्यायसङ्गत नभएको हुँदा प्रस्तावित विधेयकहरुबाट यसलाई हटाउनुपर्नेमा जोड दिँदै व्यवसायीको सम्मानका लागि निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्नुपर्ने माग अध्यक्ष ढकालले गर्नुभयो ।

भेटका क्रममा परिसङ्घका अध्यक्ष अग्रवालले व्यवसायीहरुलाई निर्बाध काम गर्ने वातावरण हुनुपर्ने धारणा राख्दै निजी क्षेत्रलाई हेर्ने व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

चेम्बर अध्यक्ष मल्लले घरजग्गा र शेयर कर्जामा रहेको जोखिम भारको व्यवस्थालाई एक सय प्रतिशतमा झार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले एक सय २५ प्रतिशत जोखिम भार छ, यसलाई एक सय प्रतिशतमा घटाउन सके बजारमा माग बढछ ।”

उहाँहरुले सो भेटका क्रममा ‘रेमिट्यान्स’ आप्रवाह र विदेशी मुद्राको सञ्चिति निकै बढी भए पनि मूलतः बजारमा माग नहुँदा व्यवसायी निराश भएको र ठूलो रकम बैङ्क वित्तीय संस्थाहरुमा थन्किएको बताउनुभएको थियो ।

त्यसैगरी, पछिल्लो समयमा लगानीको वातावरण बिथोल्ने गरी देशका विभिन्न स्थानमा विविध क्रियाकलाप भइरहेको जानकारी गराउँदै सरकारबाट स्वीकृति लिएर काम सुरु गरेका आयोजनामा समेत अनावश्यक अवरोध उत्पन्न गरिएको बताउँदै वित्तीय क्षेत्र लक्षित पछिल्ला गतिविधिले समेत अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलनमा काठमाडौँ महानगरपालिकाको रोक

काठमाडौँ, १३ फागुन : काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ ।महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै मा रोक लगाएको हो । यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।फोहर सङ्कलनमा रोक लगाइएका अस्पतालहरुलाई सङ्क्रमित फोहर निःसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका सङ्घघसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।“ल्याण्डफिल साइटमा मानव स्वास्थ्यका निम्ति हानीकारक फोहर नपुगोस् भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहर व्यवस्थापन अभ्यास हेर्दा फरक अवस्था देखिएको छ,” श्रेष्ठले भन्नुभयो, “सङ्क्रमित फोहरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैको एकै किसिमको गल्ती छैन, कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहरको सम्बन्धमा निर्णय गरिनेछ ।’फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कामपाले विगत दुई हप्तादेखी अस्पतालजन्य फोहरको नियमित अनुगमन र आवश्यक निर्देशन दिदैँ आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहरमैला सङ्लन, पुनः उपयोग, प्रशोधन, विसर्जन र त्यसको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ । साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड गर्ने अधिकार पनि स्थानीय सरकारलाई दिएको छ ।

कठाङ्ग्रिदो जाडोले मङ्गोलियामा २० लाख भन्दा बढी पशुको निधन

मङ्गोलियामा यस वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशुको निधन भएको छ । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाए अनुसार देशभर ‘दिजुद’ चिसोका कारण कम्तिमा २० लाख २ हजार पशुको निधन भएको छ ।

“दिजुज” मङ्गोलियन शब्द हो जुन कडा चिसो जाडो बुझाउन प्रयोग गरिन्छ । जमिन चिसोले जमेको वा हिउँले ढाकिएका कारण यहाँ लाखौ पशुपक्षीको निधन भएको छ । देशको मौसम अनुगमन एजेन्सीका अनुसार हालसम्म देशको ८० प्रतिशतभन्दा बढी भूभाग हिउँले ढाकेको छ ।संसारमा अन्तिम जीवित घुमन्ते देश (नोमाडिक) देशको रूपमा चिनिने मङ्गोलियाले हालै कडा जाडो र पशुधनको क्षतिको कारण उच्च सतर्कता अपनाएको छ।

भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या ६४.७ मिलियन थियो।

उज्बेकिस्तानमा जनवरी १ सम्म ७६६ औद्योगिक क्षेत्रहरू स्थापना

व्यापक राष्ट्रिय सुधार भएपछि उज्वेकिस्तानले जनवरी १ सम्म ७६६ वटा औद्योगिक क्षेत्र स्थापना गर्न सफल भएको छ । लगानी, उद्योग तथा व्यापार मन्त्रालयले शनिबार सिन्ह्वालाई बताएअनुसार उज्बेकिस्तान आत्मविश्वासका साथ विस्तारै औद्योगिक क्षेत्रहरू विकास गर्न अग्रसर छ, यसले देशको चरणबद्ध आर्थिक विकासका लागि रणनीतिक लक्ष्यहरू प्राप्त गर्न योगदान पुर्यागउनेछ ।

औद्योगिक क्षेत्रहरूमा रहेका उद्यमहरूले सन् २०२३ मा कुल ५३ . ४ ट्रिलियन सोम (४.३ बिलियन अमेरिकी डलर) बराबरका दत्पादन गरी राष्ट्रिय अर्थतन्त्रलाई योगदान पिर्याएको छ ।

यसैबीच, सन् २०२३ मा औद्योगिक क्षेत्रमा २० हजार ७ सय रोजगारी सृजना भएको थियो भने यो वर्ष २७ हजार ७ सय नया रोजगारीका पद सृजना भएको थियो । “हालका वर्षहरूमा उज्बेकिस्तानले स्वदेशी र विदेशी लगानीकर्ताहरूका लागि आकर्षक र सहज व्यापारका निम्ति वातावरण सृजना गर्न उल्लेख्य सुधारका कार्यक्रम लागू गर्दै छ ।

बजेटको जोहो नहुँदा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनिएको शिक्षा पदक अलपत्र

काठमाडौँ । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “बजेट खोज्दै छौँ ।”

मन्त्रालयले आफ्नो वेबसाइटमा गत असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृतको नामावली सार्वजनिक गरेको थियो । त्यस बेला तत्काल पदक तयार गर्न समय अभावले सम्भव नभएकाले फागुन ७ गते औपचारिक कार्यक्रमको आयोजना गरेर वितरण गर्ने भनी पुरस्कृत भएकालाई मौखिक जानकारी दिइएको थियो । मन्त्रालयले बजेट छिटै उपलब्ध भइसक्ने र पदक तयार गर्दा बढीमा दुई महिना लाग्ने अनुमानका भरमा फागुनमा पुरस्कार वितरण गर्ने सोच बनाएको थियो ।

यतिबेला पदकका लागि नाम सार्वजनिक भएकाले दैनिक जसो मन्त्रालयका पदाधिकारीलाई फोन गर्दै जिज्ञासा राख्ने गरेका छन् । मन्त्रालयका एक अधिकारीले दैनिक आउने गरेका फोनको जवाफ दिँदा दिँदा आफूहरू हैरान भइसकेको भन्दै उनीहरूलाई मन्त्रालयसँग रकम नभएको भन्न पनि कठिन भइरहेको बताए । २०३१ सालदेखि हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा मनाउन थालियो । राष्ट्रिय शिक्षा दिवस अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउनु उपयुक्त नभएको भन्दै नयाँ मिति निर्णय नहुन्जेलका लागि भनेर २०७६ देखि २०७९ सालसम्म शिक्षा दिवस मनाइएन । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७६ जारी भएको मितिका आधारमा असोज २ गते शिक्षा दिवस मनाउने निर्णय भएपछि पदक वितरणको पनि निर्णय गरिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । जारी सम्भावित कार्यसूची अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने रहेको छ ।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्नेछन् ।

सामाजिक न्यायका लागि सरकार प्रतिबद्ध छ – गृहमन्त्री श्रेष्ठ

राजविराज (सप्तरी) – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्ध नेपाल निर्माण र सामाजिक न्याय स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

खड्क नगरपालिकास्थित कल्याणपुरमा खड्क बहुमुखी क्याम्पस भवनको उद्घाटन तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले विकास र समृद्धिको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

जनताको सामाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उहाँको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचार निर्मूल आवश्यक भएको बताउनुभयो ।

प्रहरी जनताको सेवाका निम्ति रहेकाले जनताको सुखदुःख र पीडामा उनीहरुलाई साथ दिनुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरी प्रशासन जनताको सेवाका निम्ति हुनुपर्छ, हामीले कडाइपूर्वक निर्देशन दिएका छौँ । कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस् ।”

उहाँले सबै मिटरब्याजपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “मिटरब्याजपीडितको समस्या समस्या समाधान हुन्छ, यसका लागि हामीले कानून बनाएका छौँ । आयोग गठन गरी काम पनि गरिरहेका छौँ । सबै पीडितले न्याय पाउनुहुन्छ”, उहाँले भन्नुभयो ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर, १३ फागुन : तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिनुभयो । “अब पहाड काट्न एक÷दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, उहाँले भन्नुभयो । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिनुभयो । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । छ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उहाँले जानकारी दिनुभयो । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उहाँले बताउनुभयो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।

हेर्नुहोस् फागुन १३ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृष राशि – पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ ।

मिथुन राशि – एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मानसम्मानमा आचँ आउन सक्नेछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि- बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ ।

सिंह राशि- हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

कन्या राशि – साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

तुला राशि- धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ ।

बृश्चिक राशि – नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।

धनु राशि- कार्य क्षेत्रमा यत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

मकर राशि – कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

कुम्भ राशि – अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ ।

मीन राशि – सामान्य खर्च हुने योग रहेको छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ ।

‘नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ’ – अर्थमन्त्री डा महत

त्रिशूली (नुवाकोट), १२ फागुन : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको शिक्षा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको प्रतिस्पर्धामा उत्कृष्ट रहेको बताउनुभएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको आज आयोजित ३८औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई भर्चुअलरुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले नेपालका विद्यार्थीले उच्च शिक्षा अध्ययनका क्रममा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा उत्कृष्ट अङ्क हासिल गर्दै आएको उदाहरण दिँदै नेपालको शिक्षा उत्कृष्ट रहेको बताउनुभयो ।

“विद्यालय तहको अध्ययन पूरा गरेका नेपाली विद्यार्थीले विदेशका विश्वविद्यालयमा छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउन सक्ने हुनुमा नेपालको पढाइको गुणस्तर विश्वभरमा प्रतिस्पर्धी मान्न सकिन्छ”, उहाँले भन्नुभयो “गुणस्तरीय र प्राविधिक शिक्षा सहुलियत शुल्कमा उपलब्ध भएकाले अध्ययन पश्चात रोजगारको सृजनामा केन्द्रित हुन युवा वर्गलाई आग्रह गर्दछु ।”

आर्थिक समृद्धिका लागि देशमा सम्भावनाको अवसर प्रशस्त भएकाले त्यसको सदुपयोग गर्ने जिम्मेवारी युवाको काँधमा आएको उहाँले बताउनुभयो । “युवाले स्वदेशमा केही हुँदैन भनेर निराश हुनुहुँदैन । रोजगारको अवसर र सुनौलो भविष्यको खोजीमा भौतारिनुभन्दा क्षमता र दक्षताको आधारमा यही उद्यमी बन्न सकिन्छ”, उहाँले भन्नुभयो ।

देशको अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सृजनामा केन्द्रित हुने अर्थमन्त्री डा महतको भनाइ छ । “मूल्यवृद्धि घट्दो छ । शेयर बजार उकालो लाग्दै छ । विदेशी पर्यटनको आवागमन र राजस्वको वृद्धिले आशा पलाएको छ”, उहाँले भन्नुभयो । “आगामी वैशाखामा हुन लागेको लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोसिस गर्दैछाँै । देशको लगानी पनि परिचालन गर्नेछौँ । अवसरका ढोका अब खुला हुँदै जानेछन् ।”

नुवाकोट र रसुवावासीलाई लक्षित गरी ३८ वर्षअघि स्थापना भएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको भौतिक संरचनाको विकास र गुणस्तरीय शिक्षाका लागि प्राविधियुक्त सिकाइका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

धर्म र संस्कृतिले नेपाल र नेपालीलाई अक्षुण्ण बनाएको छः मन्त्री बस्नेत

बाह्रबीसे (सिन्धुपाल्चोक), १२ फागुनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विभिन्न धर्म र संस्कृतिले नेपाल र नेपालीलाई अक्षुण्ण राख्दै एकताबद्ध बनाएको बताउनुभएको छ ।

बाह्रबीसे नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको आयोजनामा आज बाह्रबीसे–३ खोर्सानीबारीमा आयोजित २८६०औँ डुक सोनाम ल्होछार कार्यक्रममा उहाँले भन्नुभयो, “हामीकहाँ विभिन्न जातिका आ–आफ्नै पर्व र संस्कृति छन् । हामीकहाँ फरक जातिको पर्व पनि उत्तिकै उत्साहका साथ मनाउने गरिएको छ । धर्म र संस्कृतिले हामीलाई एकापसमा जोडेको छ ।”

मन्त्री बस्नेतले आफू यसै जिल्लाबाट निर्वाचित भएकाले जिल्लाको विकासका लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । “सिन्धुपाल्चोकका सबै वडा मेरा लागि बराबर छन् । सबै वडाको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक योजना समेट्न अधिकतम प्रयास गर्नेछु”, उहाँले भन्नुभयो ।

उहाँले आफू मन्त्री भएपछि निजी, सरकारी र सामुदायिक अस्पतालमा १० प्रतिशत साधारण शय्या गरिब तथा विपन्नका लागि निःशुल्क उपलब्ध गराएको समेत उल्लेख गर्नुभयो ।

त्यस अवसरमा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले यस्ता कार्यक्रमले समाजमा सद्भाव र आत्मियता बढाउने धारणा राख्नुभयो । उहाँले यस्ता कार्यक्रम हरेक वर्ष भव्य र सभ्य रुपमा मनाउँदै धर्म, संस्कृतिलाई बचाउन क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो मौलिक सभ्यता र संस्कृतिलाई अनुशासित तरिकाले जोगाउँदै अघि बढाउन युवाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले बाह्रबीसे नगरपालिकामा तामाङ र शेर्पा समुदायको बाहुल्यता भएको उल्लेख गर्दै तामाङ र शेर्पा समुदायको पनि राज्यको माथिल्लो निकायमा प्रतिनिधित्व हुनु जरुरी छ भन्नुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा यसप्रकारका कार्यक्रमले सद्भाव र सहिष्णुता बढाउने धारणा राख्नुभयो । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पाले भाषा, सम्प्रदाय, कला, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण काम भएको र खुसी साटासाट गरेर नयाँ जोशका साथ अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।

सोनाम ल्होछारलाई तामाङ र शेर्पा समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउँदै आएका छन् । नेपाली कांग्रेस बाह्रबिसे नगरसभापति शम्भुबहादुर तिमल्सिना, बाह्रबिसे नगरपालिकाको उपप्रमुख मञ्जु तामाङ, वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारीलगायतले त्यस अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तनहुँका १९ हजार बालबालिकालाई दादुरा रुबेला खोप

दमौली (तनहुँ) १२ फागुन : तनहुँका १९ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले आगामी फागुन १५ गतेदेखि २७ गतेसम्म जिल्लाका १० वटै पालिकाका १९ हजार एक सय ३३ जना बालबालिकालाई खोप लगाउन लागेको हो ।

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । पहिलो चरणमा फागुन १५ गतेदेखि १९ गतेसम्म व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा फागुन २२ गतेदेखि २७ गतेसम्म भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

खोप अभियानका लागि जिल्लाका दुई सय ३८ खोप केन्द्रमा दुई सय ३८ स्वास्थ्यकर्मी, चार सय ६६ स्वयंसेवक र प्रत्येक पालिकामा एक जना चिकित्सक सहभागी हुने अधिकारीले बताउनुभयो ।

समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याइ यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पु¥याउन अभियान सञ्चालन गर्न लागिएको हो ।

खोपको पहँुचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोप केन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकड क्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ ।

दादुरा र रुबेला दुवै रोग भाइरसबाट हुने र यसले महामारीको रुप लिन सक्ने भएकाले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालिम, जिल्लास्तरमा अभिमुखीकरण, सबै पालिकामा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

कार्यालयले अभियानकै क्रममा सबै घरधुरीमा सन्देशमूलक कार्ड वितरण गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सन्देशमूलक कार्ड वितरण गर्न लागिएको हो । “अझै पनि खोपबाट बालबालिका वञ्चित रहेकोले उनीहरुलाई खोपको पहुँचमा ल्याउन निमन्त्रणा कार्ड बाँड्ने तयारी गरेका छौँ”, अधिकारीले भन्नुभयो, “कार्ड वितरणपछि छुटेका बालबालिका खोपको पहुँचमा आउने विश्वास गरिएको छ ।”

भक्तपुरमा ८० वर्ष अगाडि खिचिएका फोटो प्रदर्शनी

भक्तपुर, १२ फागुन : भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष अगाडि खिचिएका फोटो भक्तपुरमा प्रदर्शनीमा राखिने भएको छ ।

भक्तपुर पर्यटन विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुरमै पहिलो पटक तीन पुस्ते ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी-२०८० को आयोजना गर्ने जानकारी दिएको हो ।

समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपेशराज शर्माले भक्तपुरकै पहिलो फोटोग्राफर स्व बद्रीप्रसाद बनेपाली, उहाँका छोरा केदार, नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोको प्रदर्शनी गर्न लागिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

भक्तपुर, काठमाडाँै, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, त्यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने ८० वर्ष अगाडिदेखि ३० वर्ष अगाडिसम्म खिचेका फोटोको प्रदर्शनीमा गरिने भएको उहाँले बताउनुभयो ।

भक्तपुरको दरबार क्षेत्रमा यही फागुन १८ र १९ गते आयोजना हुने प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६८ वटा तस्बीर राखिने भएको छ । विसं १९७२ मा भक्तपुरको दत्तात्रयमा जन्मिएका स्व बद्रीप्रसाद बनेपाली १४ वर्षको उमेरमै भारतमा फोटोग्राफी तालिम लिएर फर्केपछि भक्तपुरका घर घरमा गएर फोटो खिचेर व्यावसायिक फोटोग्राफी सुरु गरेको उहाँका छोरा एवं फोटोग्राफर केदार बनेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुवाले विसं २०१० मा आफ्नै घरमा दत्तात्रय फोटो स्टुडियो सञ्चालन गरेर भक्तपुरमा व्यावसायिक फोटोग्राफी सुरु गर्नुभएको थियो । मैले पनि १२ वर्षको उमेरमा बुवासँगै फोटो खिच्न सुरु गरेको थिए । मेरो छोरा र छोरीले पनि त्यही काम गरिरहेका छन् । अहिले हामी तीन पुस्ताको फोटो प्रर्दशनी गर्न पाउँदा खुसी लागेको छ ।”

प्रदर्शनीमा हाल अस्तित्वमा नरहेका सम्पदाका तस्बिर समावेश हुने उहाँको भनाइ छ । प्रदर्शनीले सम्पदाको परिवर्तित स्वरूपबारे नयाँ पुस्तालाई जानकारी गराउने र पर्यटकलाई आकर्षक गराउने विश्वास लिएको आयोजक समितिका सचिव रामसुन्दर भेलेले बताउनुभयो ।

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश – प्रधानमन्त्री

सर्लाही, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताउनुभएको छ । बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो ।

“विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ ।” उहाँले नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध हुँदा नै देशको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता हामी नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा नयाँ सन्देश दिने उद्देश्यका सबै अभिभावक एवं विद्यार्थीले सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेको भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्रीले सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण गर्नुभयो । ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसैका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो । विभिन्न वडाहरूबाट ‘हामी सुधार्छौँ हाम्रो विद्यालय, सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी’ भन्ने नारासहित आ–आफ्नो भेषभुषामा अभिभावकहरूको झाँकी प्रस्तुत गरिएको थियो ।

यो कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमुना कार्यक्रम हुने र सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन हुने आयोजकको विश्वास गरिएको छ ।

स्थानीयले प्रधानमन्त्रीलाई सोधे – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने अवधि २०८१ साल असार ११ सम्म थियो । निर्माणको जिम्मा पाएको श्री सपना/उमा एण्ड कम्पनी र थानी जेभी बत्तिसपुतली काठमाडौँले समय अगावै अर्थात् गत माघ १८ गते नै पुल निर्माण पूरा ग¥यो । सोही पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विधिवत् उद्घटन गरेका छन् ।

त्यस अवसरमा प्रधानमन्त्री दाहाललाई स्थानीय र जनप्रतिनिधिले अब कमला नदीमाथिको निर्माणाधीन मोटरेबल पुललाई छिटोभन्दा छिटो टुङ्ग्याउने गरी पहलकदमी लिन आग्रह गरे । “नदी तर्नका लागि त यो पुलले निकै सजिलो भएको छ तर मोटरगाडी नचल्ने भएकाले हाम्रा ठूला दुःख त बाँकी नै छन् । छिट्टै पुल निर्माण हुन्छ भन्ने आशा छ”, स्थानीय ८३ वर्षीय सत्यनारायण साहले भने ।

उनले नजिकैको पुल समय अगावै पूरा हुने र अर्को पुल १२ वर्षसम्म पनि पूरा नहुने भन्दै समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । “बजेट छैन भने सरकारले दिनुपर्यो । बजेट भएर पनि काम गरेको छैन भने ठेकेदारलाई छिटो गर्न भन्नुपपर्यो”, उनले भने, “हामी झोलुङ्गे पुल बने पनि उताको दुःख कसरी बिर्सिन सक्छौँ ?”

स्थानीय राजुदेवी दासले पनि झोलुङ्गे पुलले केही राहत भए पनि वर्षौंदेखिको समस्याबाट मुक्तिका लागि उत्तम विकल्प मोटरेबल पुलको निर्माण नै भएको बताए । उनले प्रधानमन्त्री नै आएकाले अब मोटरेबल पुल चाँडो बन्ने आशा जागेको बताए । “झोलुङ्गे पुलले नजिकका बस्ती, साइकल, मोटरसाइकलमा जानेलाई केही राहत भयो तर गाडी चल्ने पुल निर्माण नहुँदा सबै समस्या समाधान भएका छैनन् । त्यसैले त्यो पुल चाँडै बनाउनका लागि भन्नुपर्छ”, दासले भने  ।

दासको जस्तै भनाइ छ स्थानीय सरस्वतीदेवी दासको पनि । कमला नदीमा पानी बढेकाबेला जोखिम मोलेर जानुभन्दा झोलुङ्गे पुलको प्रयोग गर्नु आफूहरूका लागि सुरक्षित भएको उनको भनाइ छ । उनी भनिछन्, “यो पुल निर्माण भएकोमा सरकारलाई धन्यवाद छ । अब १२ वर्षसम्म बन्न नसकेको पुल पनि चाँडै बनोस भन्ने चाहना छ । प्रधानमन्त्री नै आउनुभएपछि केही आशा पलाएको छ ।”

सत्यनारायण, राजुदेवी र सरस्वती मात्रै होइन धनुषा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री दाहाललाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहलकदमी लिन आग्रह गरे ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद यादवले हुलाकी सडकअन्तर्गत कमला नदीमाथि बनिरहेको पुल यथाशीघ्र निर्माणका लागि निर्देशन दिन आग्रह गरे । उनले भने, “निर्माण सुरु भएको वर्षौसम्म पनि कमला नदीमाथि मोटरेबल पुल बन्न सकेको छैन । प्रधानमन्त्रीले त्यसबारे जानकारी लिइ तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिन आवश्यक छ । त्यसका लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।”

उनले कमला नदीकै कारण स्थानीयको उर्वरभूमि काम नलाग्ने अवस्थामा रहेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत तथा मुआब्जाको व्यवस्था, मानवबस्ती तथा बाँकी भूभागको संरक्षणका लागि पक्की तटबन्ध निर्माणका लागिसमेत आग्रह गरे ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री यादवले मधेसमा रहेका बाटो, सिँचाइ तथा नदी कटान, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । “समथर र उर्बर भूमि भएर पनि मधेस प्रदेशमा समस्यामा छन् । आगामी आवको बजेटमा आवश्यक रकम बिनियोजन गरी यहाँका सम्भावना र समस्या सम्बोधनका लागि पहल हुनेमा विश्वास छ”, मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

जवाफमा प्रधानमन्त्रीले मधेसको विकास नभई मुलुक विकास नहुने भन्दै मधेसको विकासमा आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । उनले हुलाकी सडकअन्तर्गत कमला नदीमा निर्माण भइरहेको मोटरेबल पुलको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए ।

“यो झोलुङ्गे पुलले धनुषा र सिरहाका जनतालाई धेरै ठूलो राहत पुर्याएको छ । वर्षायाममा यहाँका जनताले भोग्नुपर्ने समस्या अन्त्य भएको छ”, प्रधानमन्त्री दाहालले भने, “भत्केको पुलका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु ।”

प्रधानमन्त्री दाहालले कमला नदीमा पक्की तटबन्ध नभएका कारण खेतीयोग्य जमिन बगरमा परिणत भएकाबारे ध्यानाकर्षण भएको भन्दै तराईमा सिँचाइ विस्तार गरी उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने बताए ।

देशभर १० हजारभन्दा बढी झोलुङ्गे पुल

त्यसअवसरमा सहरी विकासमन्त्री सीता गुरुङले आधारभूत सेवा प्रवाहका लागि आवश्यक पुलको पहिचान गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनाका साथ सरकारले काम गरिरहेको बताइन् ।  उनले हाल तीनै तहका सरकार र दातृ निकायसमेतको सहयोगमा देशभर १० हजार चार सय १० वटा पुल निर्माण भइसकेका र चालु आर्थिक वर्षमा छ सय पुल निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेका जानकारी दिइन् ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सरकारले विसं २०७५ मा सार्वजनिक तुइनलाई प्रतिस्थापन गर्न ल्याएको नीतिअनुसार हाल एक सय ४३ मध्ये तीन वटा तुईन मात्र प्रतिस्थापन गर्न बाँकी रहेको बताए ।

उनले हाल झोलुङ्गे पुलको प्रविधि र सीपका क्षेत्रमा अन्य देशलाई सहयोग गर्न आफूहरू सक्षम भएको र नेपालले ताञ्जेनिया, इथियोपियाजस्ता देशलाई प्राविधिक सहयोगसमेत उपलब्ध गराएको बताए ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर ७६ मा ‘आगामी तीन आर्थिक वर्षभित्र बढीमा एक घण्टा हिँडाइको दूरीमा झोलुङ्गे पुल निर्माण गरिने’ र बजेट वक्तव्यको बुँदा नं ३३५ मा ‘दुर्गमा क्षेत्रमा आवागमन सहजता एवं सम्भाव्यताका आधारमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाइने र छ सय झोलुङ्गे पुल निर्माण सम्पन्न गरिने’ उल्लेख छ ।

आवागमन सहजताका लागि झोलुङ्गे र अन्य पुल निर्माण गर्ने सरकारको नीतिअनुसार धनुषा र सिरहा जोड्ने सो झोलुङ्गे पुल विसं २०७९ मा निर्माण सुरु भएको थियो । एक हजार पाँच सय दशमलव ४४ मिटर लामो यो पुल ठेक्कामार्फत करिब २५ करोड ८० लाख र सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोकले उपलब्ध गराएका तीन करोड पाँच लाख बराबरको लठ्ठालगायत सामग्रीको लागतमा पुल निर्माण गरिएको हो ।

पाँच सय ४० मेट्रिकटन भारवहन क्षमता (करिब ३८८६ पैदलयात्री) को यो पुलको चौडाइ चार फिट रहेको छ । यस हिसाबले चौपाया, साइकल र मोटरसाइकल आवागमन गर्न सहज भएको छ । पूर्वपश्चिम राजमार्गबाहेक यस क्षेत्रमा नदी तर्ने अर्को विकल्प थिएन । विसं २०६८ मा तीन वर्षभित्र निर्माण गरिसक्ने सम्झौता भएको हुलाकी सडकअन्तर्गत कमला नदीमाथिको पुल अहिलेसम्म बनेको छैन । पुल अन्तिम चरणमा पुगेको भनिएका बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि थप समस्या भएको छ ।

नेपालकै लामो झोलुङ्गे पुल निर्माण भएपछि यहाँका नागरिक उत्साहित भएका छन् । यसअघि नेपालकै लामो मानिएको कञ्चनपुरको महाकाली नदीमाथिको ‘दोधारा चाँदनी मल्टिस्पान पुल’ को लम्बाइ एक हजार ५२ दशमलव ९६ मिटर रहेको थियो ।

जुम्लामा १८ करोड २६ लाख राजस्व सङ्कलन

जुम्ला, १२ फागुन : जिल्लास्थित आन्तरिक राजस्व कार्यालयले रु १८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको सुरुदेखी माघसम्म रु १८ करोड २६ लाख ३४ हजार राजस्व सङ्कलन गरेको हो ।कार्यालयले वार्षिक राजस्व उठाउने लक्ष्य रु ५९ करोड १० लाख रहेको राजस्व कार्यालयका प्रमुख सुब प्रसाद रिजालले जानकारी दिनुभयो ।

कार्यालयले आयकरतर्फ रु १३ करोड २६ लाख ३४ हजार, मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड ६२ लाख नौ हजार, ब्याजतर्फ रु २३ लाख एक हजार, अन्तःशुल्कतर्फ रु ७१ लाख ९४ हजार, घर बहाल कर रु ३३ लाख २६ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी धनसिंह थापाले जानकारी दिनुभयो ।

जम्मा करदाता सङ्ख्या अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ रहेको कार्यालया सूचना अधिकारी थपाले बताउनुभयो । “जुम्लामा एक पटक व्यवसायिक र एक पटक निर्माण व्यवसायिकलाई करदाता शिक्षा दिइएको छ । कालिकोट र मुगुका व्यवसायिकलाई पनि करदातासम्बन्धी शिक्षा दिएका छौँ”, कार्यालय प्रमुख रिजालले भन्नुभयो ।

चालू आवको सात महिनामा विविध शीर्षकअन्तर्गत सो सङ्ख्यामा राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमा पुगेर दिने कार्यालयको योजना रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

जुम्लाका १० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने

जुम्ला, १२ फागुन : जुम्लाका करिब १० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा १५ महिनादेखि पाँच वर्षमुनिका १० हजार सात जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यही फागुन १३ गते (भोलि) देखि खोप दिइने कार्यक्रम रहेको कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ । अभियानका लागि ९५ जना स्वास्थ्य क्षेत्रका जनशक्ति परिचालन हुने सापकोटाले बताउनुभयो । जिल्लाभर एक सय ६० खोप केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणअन्र्तगत चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी र तातोपानी गाउँपालिकामा फागुन १३ देखि १८ गतेसम्म तथा दोस्रो चरणमा तिला, हिमा, सिङ्जा र कनकासुन्दरी गाउँपालिकामा फागुन १९ गतेदेखि फागुन अन्तिमसम्म खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिनुभयो ।

लेखकलाई समाजवादको विकासका निम्ती कलम चलाउन मन्त्री किरातीको आग्रह

काठमाडौँ, १२ फागुन : लेखक डा पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज यहाँ आयोजित कार्यक्रममा डा राईको कथा सङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गर्नुभएको हो ।

सोही कार्यक्रममा डा राईका अन्य कृतिहरु कोभिड दैनिकी ‘डरका बिम्वहरु’, उपन्यास ‘वसन्त रितु’, नाटक ‘लासमाथिको मानवता’ र विश्लेषण ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ पनि लोकार्पण गरियो ।

मन्त्री किरातीले लेखक डा राईलाई बधाई दिँदै सबै साहित्यकार एवं लेखकलाई समाजवादको विकासका निम्ती कलम चलाउन आग्रह गर्नुभयो । “नेपाली समाजको गर्भभित्र समाजवादको भ्रुणहरु छन् । लेखकहरुले त्यसलाई उजागर गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’माथि समालोचना गर्दै आप्रवासी नेपाली कवितामा अलङ्कार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महत्व भएको धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस) का महाप्रबन्धक सिद्धराज राईले लेखक डा राईलाई शुभकामना व्यक्त गर्दै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको बताउनुभयो ।

अनलाइन अभिलेख प्रालिद्वारा प्रकाशित उक्त कृतिमा प्रा डा विष्णु राई, झरना सञ्चारका सम्पादक सोमनाथ दाहाल र डा भक्त राईले समालोचना गर्नुभयो ।

नेपाल एयरलाइन्समा कार्यरत लेखक डा राईले उपन्यास र नाटक आफ्नो पहिलो प्रयास भएको सुनाउँदै लेखनका सन्दर्भमा आवश्यक सुझाव र सल्लाह दिने सबैप्रति आभार प्रकट गर्नुभयो ।

“डरका विम्बहरु, विश्वव्यापी महामारी कोभिडले आक्रान्त बनाएका मानिसको कहाली हो”, उहाँले आफ्नो दैनिकी ‘डरका विम्ब’बारे भन्नुभयो, “म पनि हजारौँ मानिस प्रवाह हुने अन्तर्राष्ट्रिय विमानस्थलमा दिनरात खटिने कारिन्दा भएकाले यी कहानीको देखि जान्ने, सुनी जान्ने साक्षी हो ।”