`

संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्छ : कोइराला

दमक । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन् । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उनले बताए ।

कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत आज झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने गरी व्यवस्था मिलाउन आफ्नो पार्टीले नीतिगत पहल गर्ने बताए ।

उनले भने, “अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिटनै सुरक्षित गर्नुपर्छ । महिला–महिला, दलित–दलितमा र जनजाति–जनजातिका बीचमा प्रतिस्पर्धा हुने गरी संविधानमा नै व्यवस्था गर्नुपर्छ ।” नेता कोइरालाले समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने र प्रतिनिधिसभामा भने प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा झापाको माईपश्चिम भूगोल दमक, कमल, गौरादह र शिवसताक्षी नगरपालिकाका २३ जना अगुवा नेता–कार्यकर्ताले नेता कोइरालासमक्ष सुझावहरु राखेका थिए । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला तहबाट पार्टीले सञ्चालन गरिरहेका कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए ।

सुझावको ओइरो
अन्तरक्रियाका अधिकांश सहभागीले आगामी निर्वाचनमा कांग्रेसले अन्य दलसँग गठबन्धन गर्न नहुने सुझाव दिएका थिए भने भ्रातृ सङ्घहरुको गठन र परिचालनमा ध्यान दिइनुपर्ने, समय– समयमा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुको भूमिका सशक्त बनाइनुपर्ने, कांग्रेसले गरेका कामको प्रचारप्रसार उल्लेख्य मात्रामा हुनुपर्ने, चुनावमा टिकट वितरण गर्दा पहुँच र पैसालाई प्राथमिकता दिन नहुने तथा उम्मेदवारको लोकप्रियतालाई ध्यान दिनुपर्ने लगायत विविध सुझाव प्रस्तुत गरेका थिए ।

भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन

भरतपुर । भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ । स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वको टोलीले अस्पतालको भौतिक संरचना, शय्या, औषधि, उपकरणको अवस्था, लिफ्ट वा अपाङ्गतामैत्री र्याम्प, पर्याप्त पार्किङ भए÷नभएकोलगायत विषयमा स्थलगत निरीक्षण गरेको छ ।सो अवसरमा उपप्रमुख अधिकारीले भने, “मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुधार हुन जरुरी छ । बहानाबाजी चल्दैन, कानुनभन्दा माथि कोही छैन ।” अनुगमन क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्यालले अस्पताललाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनका लागि अनुगमन सुरु गरिएको उल्लेख गरे । “भरतपुरका केही अस्पताल बिना इजाजत सञ्चालन गरेको पाइयो”, उनले भने, “त्यसैलाई खबरदारी गर्न हामी अनुगमनमा निस्केका हौँ ।”भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ ले महानगरभित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्डअनुसार सञ्चालन गर्न अनुमति दिने व्यवस्था रहेको छ । जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत दीपक सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा अस्पताल, क्लिनिक र प्रयोगशाला गरी ४९ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । यसमध्ये अस्पताल चार, बाँकी ४५ क्लिनिक र प्रयोगशाला छन् ।त्यस्तै अहिले महानगरपालिकामा तीन अस्पताल, ४३ क्लिनिक तथा प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् । स्थानीयस्तरमा १५ शय्यासम्मको अस्पताल सञ्चालन गर्न स्थानीय सरकारलाई अनुमति दिइएको छ भने प्रदेश सरकारले दुई सय शय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । दुई सय शय्याभन्दा माथिको अस्पताल सञ्चालन गर्न सङ्घीय सरकारलाई अधिकार दिइएको छ ।

गर्भवती महिला प्रहरीलाई छुट्टै पोसाक

काठमाडौँ । प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् ।

गर्भावस्था आफैँमा महिलाका लागि जटिल अवस्था हो । गर्भभित्र हुर्कंदै गरेको शिशुको सुरक्षा र कार्यालयको कामको जिम्मेवारी पूरा गर्न महिला प्रहरीका लागि तोकिएको प्रहरी पोसाक सर्ट र पाइन्ट बाधक थियो । पाइन्टमा बेल्ट लगाउनु शिशुका लागि ठिक हुँदैन । छालाको बुट कसेर बाँध्ने गर्दा गर्भावस्थामा खुट्टा सुनिने, हिँड्न गाह्रो हुने गथ्र्यो ।चिकित्सकले सजिला कपडा लगाउन सुझाव दिने गरेको सम्झँदै भुसालले भनिन्, “बस्न, निहुरिन, शौचालय जान र हिँडडुल गर्न सो पोसाकमा गर्भवती प्रहरीका लागि सहज थिएन ।” अहिले पाएको पोसाक एकप्रकारले वरदान जस्तै बनेको उनी बताउछिन् । गाउनको डिजाइनको सो पोसाकले लगाउन र काम गर्न सजिलो भएको अनुभव उनी जस्तै गर्भवती प्रहरी बताउछन् ।महिला प्रहरी अनिता भुसालका अनुसार पनि हरेक महिना बढ्ने गर्भका कारण आफैँ नयाँ प्रहरी पोसाक सिलाएर लगाउन कठिन थियो । उनले भनिन्, “गर्भवती भएको जानकारी कार्यालयमा गराएपछि सहज हुने कपडा लगाएर आउनु भन्नुहुन्थ्यो, हामी त्यसै गथ्र्यौं ।” अब गर्भवती हुने महिला प्रहरीका लागि पोसाककै कारण अप्ठ्यारा दिन सकिएको उनी सुनाउछिन् ।नेपाल प्रहरीले गर्भवती महिलाका लागि नयाँ पोसाक निःशुल्क वितरण थालेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सुरुवाती चरणमा ३७० जना गर्भवती प्रहरीलाई गर्भावस्था अनुकूलको पोसाक दिइएको छ ।गर्भवती प्रहरी कर्मचारीलाई पोसाकका कारण काम गर्न गाह्रो भएको विषयलाई नेपाल प्रहरीले गम्भीरतासाथ मनन गरी विदेशको चलनचल्तीको पनि अध्ययन गरेर गर्भवती प्रहरीलाई छुट्टै पोसाक दिनुपर्ने निर्णय भएको हो । यसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सक्रियता रहेको बताइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते

देउखुरी (दाङ), २२ माघ : लुम्बिनी प्रदेशसभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ ।

नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

सूर्यविनायक धुलिखेल सडक विस्तार : घरटहरा हटाउन थालियो

भक्तपुर, २२ माघ : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि आजैदेखि भत्काउन थालिएको छ ।

अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना आजदेखि नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर लगाएर भत्काउन सुरु गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाले विगत एक वर्षदेखि जगातीबारदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई चरणमा एकैसाथ सडक विस्तार भइरहेको छ । कार्य क्षेत्रमा खटिएका आयोजनाको इञ्जिनीयर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना भत्काउन सुरु गरिएको बताउनुभयो ।सडक मापदण्डभित्र रहेका संरचना नभत्काइँदा सडक विस्तारमा अवरोध आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा आयोजना प्रमुख, भक्तपुरका प्रहरी प्रमुख र सूर्यविनायक नगरपालिकालगायत सरोकारवाला निकायबीच भएको छलफलपछि प्रजिअ श्रेष्ठको निर्देशन र समन्वयमा त्यस्ता संरचना हटाएर सडक विस्तारमा सहजीकरण गर्न नगरबासीलाई पत्राचार गर्नुभएको थियो । 

खेलकूद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्नेमा पूर्वमुख्यमन्त्री अधिकारीको जोड

गलकोट (बागलुङ), २३ माघः नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसका अवसरमा बागलुङ शाखाले आज यहाँ आयोजना गरेको प्रेस चौतारी कप अन्तर विद्यालय फुटबल प्रतियोगिता मूल समारोहमा उहाँले खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

“राष्ट्रको पहिचानसँग जोडिएको खेल क्षेत्र अहिले उपेक्षित छ, खेल पूर्वाधारमा राज्यले लगानी बढाउन आवश्यक छ”, पूर्वमुख्यमन्त्री अधिकारीले भन्नुभयो, “प्रेस चौतारी बागलुङले खेलकुद र खेल पत्रकारितको विकासका लागि जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको रहेछ, स्थानीय सरकारले साथ र सहयोग गरेको देखियो, खेल क्षेत्रलाई सबै मिलेर विकास गरौँ ।”

उक्त प्रतियोगिता १२ समूहको सहभागिता थियो । प्रतियोगितामा चिल्ड्रेन लाइफ स्कुल च्याम्पियन बन्न सफल भएको छ । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नेकपा एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेकपा एमाले प्रचार सदस्य रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, प्रेस चौतारीका केन्द्रीय सदस्य तारानाथ आचार्य, बागलुङ नगरपालिका–२ का वडाअध्यक्ष सुरज बोसेल, बागलुङ नगरपालिका–१ का वडाअध्यक्ष जयबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ – अर्थमन्त्री महत

त्रिशूली (नुवाकोट), २२ माघ : अर्थमन्त्री डा प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताउनुभयो ।

“विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले दैनिक जीवनयापनमा सहजता ल्याउने भए पनि त्योभन्दा ठूलो शिक्षाको विकास सबैभन्दा शक्तिशाली माध्यम हो”, अर्थमन्त्री महतले भन्नुभयो, “आम्दानीको स्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्वल बनाउन सकिन्छ भन्ने मुख्य बाटो नै शिक्षाले देखाउँछ ।”

व्यवस्थित सडक, खानेपानी, सिँचाइ कुलो, स्वास्थ्य सेवा सबै विकासको सूचक भएकाले त्यसलाई शिक्षाका माध्यमबाट दक्ष बनाई उपयोगी र रोजगारमुखी बनाउन सरकारले शिक्षाको गुणस्तरमा जोड दिएकाले सोहीअनुसार लाग्न उहाँले अभिभावक र विद्यालय प्रशासनलाई आग्रह गर्नुभयो ।

“भागबण्डा गर्न नपर्ने र अरुले चोरी गर्न नसक्ने हुदाँ सीप र शिक्षा सबैभन्दा ठूलो सम्पत्ति हो”, अर्थमन्त्री महतले भन्नुभयो, “पढाइमा गरेको लगानी खेर जादैन । प्रतिफल मिल्छ । समयअनुसार प्रविधिमैत्री र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्छ ।” उमेरअनुसार शिक्षा लिन नपाएकालाई राज्यले रोजगारको सिर्जनाका लागि तालिम दिएर दक्ष जनशक्ति बनाउन लागिएको उहाँले बताउनुभयो ।

होटल र होमस्टेका विभिन्न विधाका सीप सिकाउनेदेखि विद्युतीय सामग्री ममर्तलगायत मागमा आधारित तालिमबाट रोजगारको सिर्जना गर्न शिक्षा र सीपमा सरकारले नयाँ योजना बनाएर आवश्यकताअनुसार बजेट उपलब्ध गराउने उहाँको भनाइ थियो ।

नेपाल भूतपूर्व सैनिक सङ्घको तदर्थ समितिमा ७९ सदस्य थप (सूचीसहित)

काठमाडौँ, २२ माघ : नेपाली कांग्रेसले नेपाल भूतपूर्व सैनिक सङ्घको तदर्थ कार्यसमितिमा ७९ सदस्य थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेघराज टन्डनको अध्यक्षतामा गठित नेपाल भूतपूर्व सैनिक सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ७९ सदस्य मनोनयन गर्नुभएको हो ।

मनोनयन गरिएका सदस्यमा वासुदेव भण्डारी (तनहुँ), जीतबहादुर भट्ट (गोरखा), कुम्भराज गुरुङ (ललितपुर), टोपबहादुर मल्ल (बागलुङ), भक्तजङ्ग राई (खोटाङ), लक्ष्मीप्रसाद लिम्बू (काठमाडौँ), नारायणबहादुर खड्का (ललितपुर), चन्द्रबहादुर गुरुङ (गोरखा), चक्रबहादुर अस्लमी मगर (कैलाली), उद्दिमकुमार राई (सङ्खुवासभा), थिरप्रसाद जबेगु (पाँचथर) रहनुभएको छ ।

यस्तै, चित्रबहादुर गुरुङ (कास्की), केवलमान गुरुङ (सङ्खुवासभा), भूपालसिंह राई (ताप्लेजुङ), तुलासिंह गिरी (दार्चुला) चौबहादुर गुरुङ (स्याङ्जा), गणेशबहादुर गुरुङ (काठमाडौँ), रामबहादुर परियार (अर्घाखाची), हरिबहादुर भण्डारी (बागलुङ), सूर्यबहादुर थापा (तनहुँ), विनुबहादुर थापा (पाल्पा), कुलबहादुर केसी (रुपन्देही), लिलासिंह राना (रुपन्देही), ईन्द्रबहादुर दाहाल (काभ्रे)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी, एसवी. आले (गोरखा), गोपालसिंह अर्याल (अर्घाखाची), रामकृष्ण सुनुवार (काठमाडौँ), केशबहादुर गुरुङ (युके), नारायणबहादुर सुयल (लमजुङ), लालनाथ घिमिरे (नवलपरासी), शेरबहादुर गुरुङ (लमजुङ), मीनबहादुर कार्की (म्याग्दी), रामबहादुर अधिकारी (तनहुँ), शुभलाल भुसाल (कपिलवस्तु), मेहर सिंह कुँवर (कपिलवस्तु), काजिबाबु श्रेष्ठ (गोरखा), चन्द्रबहादुर फोम्बो लिम्बू (सुनसरी), विष्णुमाया तामाङ (काठमाडौँ), उदयवीर सिंह (बर्दिया) हुनुहुन्छ ।

धनबहादुर खड्का (धनकुटा), प्रेमबहादुर गुरुङ (पर्वत), प्रेमबहादुर राना (नवलपुर), वीरबहादुर शाही (नवलपुर), रामचन्द्र अर्याल (तनहुँ), हरिबहादुर थापा –चितवन), हेमबहादुर गुरुङ (मकवानपुर), दिलबहादुर क्षेत्री (नवलपुर), टेकसिंह कार्की (बैतडी), मानबहादुर थापा (नवलपरासी), पूर्णमान श्रेष्ठ (नवलपरासी), कर्णेल कृष्णबहादुर खत्री (कास्की), नारायण सिंह ठकुरी (गुल्मी), दिलबहादुर थापा (गोरखा), कमलबहादुर अधिकारी (लमजुङ), खड्कबहादुर कार्की (पर्वत), क्षेत्रबहादुर थापा (स्याङ्जा)लाई मनोनयन गरिएको मुख्यसचिव पौडेलले बताउनुभयो ।

यस्तै, रामबहादुर बस्नेत (दोलखा), टहलबहादुर कार्की (रामेछाप), प्रेमबहादुर गुरुङ (ईलाम), गगनसिंह गुरुङ (सुर्खेत), अमरचन्द राना (सल्यान), नन्दबहादुर शाही (जुम्ला), चित्रबहादुर राना (दैलेख), शिवध्वज मल्ल (दाङ), श्रीराम आले (काठमाडौँ), निर्मल कुँवर (ललितपुर), राजु सिग्देल (काभ्रे), देवेन्द्रप्रसाद शर्मा (नवलपुर), खगेन्द्र कुँवर (काठमाडौँ), उदयबहादुर थापा (गुल्मी), ओमनाथ पौडेल (बारा) हुनुहुन्छ । मुख्यसचिव पौडेलले होशियार सिंह थापा (बागलुङ), राजकुमार आचार्य (नुवाकोट), फुलबहादुर गुरुङ (धादिङ), महादेवप्रसाद अधिकारी (रुपन्देही), एकराज नेम्वाङ (पाँचथर), कृष्णबहादुर खत्री (बागलुङ), रेश्मीराज अधिकारी (कपिलवस्तु) र लालबहादुर लिम्बू (झापा) लाई मनोनयन गरिएको बताउनुभयो ।

छ महिनामै सडक दुर्घटनामा धेरै मानवीय क्षति

महोत्तरी, २२ माघ : सडक दुर्घटनामा हुने मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै छ । आर्थिक वर्ष २०८०÷८१ का बितेका छ महिनामा मधेसमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका थिए । सो अवधिमा भएका साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधिमा सडक दुर्घटनामा परी महोत्तरीका ३१ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न स्थानमा भएका दुई सय ६५ वटा सडक दुर्घटनामा अङ्गभङ्ग भई घाइते हुने तीन सय २५ पुगेकामा ८४ जना त सख्त घाइते भई अझै सकसपूर्ण अवस्थामा रहेका महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले बताउनुभयो ।

सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा बढीजसो ३० वर्ष मुनिका युवा रहेका र तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेका उहाँको भनाइ थियो । सवारीसाधन चलाउने दक्षता र सोसम्बन्धी अनुमतिपत्र बेगर नै मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ । विशेषगरी युवा उमेरका मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेर द्रुतगतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढी भएका देखिएको प्रमुख भट्टराईको भनाइ थियो ।

“हामीले निरन्तर जाँच गर्ने, कारबाही गरी जरिवाना तिराउने र अन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “तर दुर्घटना न्यूनीकरण भएका छैनन् ।” जाडो याममा बाटो नदेखिने गरी लाग्ने बाक्लो हुस्सु पनि दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरीको भनाइ थियो । महोत्तरीमा बितेका छ महिनामा कूल २३ हजार तीन सय ४८ सवारीसाधन कारबाहीमा परेकामा सबैभन्दा बढी १२ हजार पाँच सय २८ मोटरसाइकल परेका थिए ।

यसैगरी चार हजार आठ सय २८ कार तथा जिप र चार हजार ९८ ट्रक कारबाहीमा परेकामा तिनबाट रु एक करोड ९१ लाख, ९६ हजार पाँच सय जरिवाना असुल गरिएको थियो ।

नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्गो लगाउनुपर्छः अध्यक्ष ओली

जनकपुरधाम, २२ माघ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । एमाले महोत्तरी जिल्ला अधिवेशनको उद्घाटनका लागि जलेश्वर जानेक्रममा आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी विधेयक अगाडि बढाउन आफ्नो पार्टीको विमति नरहेको समेत प्रष्ट पार्नुभयो । “मस्यौदामा केही नमिलेका कुरा छन् ।

पीडितहरूले न्याय पाउने, अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य हुने र सर्वोच्च अदालतको फैसलासमेतलाई आधार मानेर सङ्क्रमणकालीन न्यायका विषयको टुङ्गो लगाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “मानवअधिकारको रक्षा र दण्डहीनतालाई प्रश्रय नहुने गरी कानुन बन्नुपर्नेमा हाम्रो जोड हो ।

ती कुरा मिलाएर पास गर्नुपर्छ भनेर हामीले कुरा राखिरहेका छौँ ।” प्रदेश सरकारलाई बाँकी अधिकार दिनेसम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले प्रदेशले आफ्नो अधिकारको कुरा गर्दा स्थानीय तहलाई बिर्सिन नहुने धारणा राख्नुभयो । उहाँले पाएका अधिकारको सही सदुपयोग गरेमा जनता आफैँले प्रदेशका अधिकारका कुरा उठाउने भन्दै त्यो विश्वास जगाउन प्रदेश सरकारले काम गर्न नसकेको पनि आरोप लगाउनुभयो । “प्रहरी र कर्मचारी नभएकाले प्रदेशले काम गर्न नसकेको गुनासो मैले पनि सुनेको छु”, ओलीले भन्नुभयो, “सङ्घीयताको सबलीकरणका लागि प्रदेशले राम्रो काम गर्न लाग्नुपर्छ ।

जनताले प्रदेश चाहिएन भनेर प्रश्न उठाउने ठाउँ दिनुहुँदैन ।” त्यस्तै, अध्यक्ष ओलीले पूर्वराजाका गतिविधिलाई राजनीतिक पार्टी खोल्ने तयारीको पूर्वअभ्यासका रुपमा टिप्पणी गर्दै त्यसबारे कसैले चिन्ता गर्न जरुरी नरहेको धारणासमेत राख्नुभयो ।

बाँसबारीको जग्गा प्रकरण :अरुण चौधरीसहित तीनजनालाई दुई दिन म्याद थप

काठमाडौँ, २२ माघ : बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई जिल्ला अदालत काठमाडौँले आज थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज उनीहरु तीनैजनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको उक्त अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको अभियोग लागेका व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिइएको छ ।”उक्त जग्गा प्रकरणमा सिआईबीले उनीहरुलाई यही माघ १८ गते पक्राउ गरेको हो थियो ।

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा नेता पौडेलको जोड

काठमाडौँ, २२ माघ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पत्रकारले लेखेका समाचारले जनमत निर्माण गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी नेपालको २६आँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समाचार सामग्री तथा विचार विश्लेषणले जनमत निर्माण गर्ने भएकाले सत्यतथ्यमा आधारित खबर सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले लोकतन्त्रका निम्ति प्रतिपक्षको आवाज महत्वपूर्ण हुने भन्दै प्रतिपक्षले उठाएको आवाजलाई सरकारले सुन्नुपर्ने बताउनुभयो । उहाँले अहिले एमाले प्रतिपक्षमा रहेको बेला सदनमा मुलुकमा व्याप्त समस्याका बारेमा सशक्त ढङ्गले आवाज उठाउँदै आएको बताउनुभयो ।एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनसङ्गठनभित्र दक्षिणपन्थी अवसरवाद हाबी भएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो ।एमाले प्रचार विभागका सचिव गगन विष्टले लोकतन्त्र बलियो बनाउने सञ्चार क्षेत्र सङ्कटमा रहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई राज्यले बेवास्ता गर्न नहुनेमा जोड दिनुभयो ।नेपाल प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहालले लोकतन्त्रको पहरेदारका रुपमा रहेको सञ्चारक्षेत्र आर्थिक अभावका कारण खुम्चिँदै गएको बताउनुभयो ।प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले लोकतन्त्रका निम्ति योगदान गरेका सञ्चारमाध्यम यतिबेला सङ्कटमा परेकाले सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्बाहाम्फेले सबै सञ्चारमाध्यमलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।प्रमुख अतिथि उपाध्यक्ष पौडेलले उक्त कार्यक्रममा यसवर्षको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि रु ३५ हजार ३५ रहेको थियो ।यस्तै रु ३५ हजार ३५ राशिको अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार माधव नेपाल (सिन्धुपाञ्चोक) लाई प्रदान गरिएको छ । यसैगरी डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार महेश केसी (रुकुमपूर्व,. वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार फनिदेव महत (रौतहट), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काजल तामाङ (काभ्रेपलाञ्चोक) र चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार यसिमा महत, (रामेछाप) लाई प्रदान गरिएको छ । ती सबै पुरस्कारको राशि रु २० हजार २० रहेको छ ।पुरस्कृत हुनुभएका अन्नपूर्णका सम्पादक भण्डारीले नेपाली पत्रकारिता आर्थिक, सामाजिक र राजनीतिक हिसाबले चुनौतीपूर्ण रहेको बताउनुभयो ।प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले धराशयी हुन लागेको सञ्चारमाध्यमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

कायाकिङमा उदयपुरका डम्बरबहादुर पहिलो

मध्यविन्दु (नवलपरासी) २२ माघ : नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा अयाोजना गरेको कायाकिङ प्रतियोगितामा सहभागी १८ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएका हुन् ।

डम्बरबहादुरले सात किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पुरा गरे । यस्तै गोर्खाका दिपेश रानामगर निर्धारित दुरी ३६ मिनेट १० सेकेन्डमा पार गरी दोस्रो भए । चितवनका विजय गुरुङ ३७ मिनेट २१ सेकेण्डमा दुरी पार गरी तेस्रो भएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगितामा प्रहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे ।

आगामी वर्ष असोजमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने प्रशिक्षक निमबहादुर मगरले बताए । नेपालमा कायाकिङ गर्ने २०० भन्दा बढी खेलाडी रहेको उनको भनाइ छ । डुङ्गामा एक जना मात्र बस्न मिल्ने गरी खेलिने कायाकिङ साहसिक खेल विधामा पर्दछ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र शैली बन्नुपर्ने :प्रदेशका प्रमुख गुरुङ

गण्डकी, २२ माघ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित बन्नुपर्ने बताउनुभएको छ ।

गण्डकी प्रदेशसभाको छैटाँै स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले त्यसो हुनसके मात्र आमनागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने उल्लेख गर्नुभयो । गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दोस्रो कार्यकालको पनि एक वर्ष बितेको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले प्रदेशको स्थापनाका क्रममा जनताले गरेका सबै लक्ष्य र चाहना पूरा गर्ने तथा सङ्घीयताको औचित्य पुष्टि हुने गरी काम गर्ने जिम्मेवारी प्रदेश सांसद र सरकारको काँधमा आएको बताउनुुभयो ।

कस्तो कानुन निर्माण गर्ने र त्यसबाट के हासिल गर्ने भन्ने कुरा नेतृत्वकै हातमा रहेको उल्लेख गर्दै उहाँले त्यो जिम्मेवारी प्रदेश सरकार र सांसदलाई गण्डकी प्रदेशवासीले सुम्पिएको बताउनुुभयो । “पहिलो कार्यकालमा प्रदेशका लागी चाहिने धेरै ऐन कानुन निर्माण भएका छन्”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो, “प्रदेशलाई स्थायित्व दिने गरी धेरै कार्यको सुरुवात भएको छ ।

अब तिनै उपलब्धिलाई टेकेर नयाँ अवसर खोज्नुपर्ने दायित्व आएको छ ।” प्रदेशसभाबाट निर्माण हुने ऐन कानुन आमनागरिकका समस्यालाई समाधान गरी जीवनस्तर माथी उठाउने दिशामा केन्द्रित हुने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गर्नुुभयो । जनताले प्रदेश सरकारका माध्यमबाट औद्यौगिकीरण, रोजगारीका अवसरको सृजना, विकास निर्माण, सुशासनको अनुभूति, गास, बास, कपास, शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकताको व्यवस्था लगायतमा आश गरेको उल्लेख गर्दै उहाँले त्यो पूरा गर्न प्रदेश सरकार अझै गम्भीर भएर लाग्न जरुरी रहेको बताउनुुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको मार्गदर्शन अनुरुप संघीय लोकतान्त्रिक व्यवस्थाको पूर्ण कार्यान्वयनको प्रक्रियामा आँफूहरू रहेको बताउनुभयो । उहाँले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै प्रदेश सभालाई जीवन्त र जनमुखी बनाइ लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई समावेशी र समन्यायिक तवरले जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता भएको उल्लेख गर्नुुभयो । संविधानवादका दृष्टिले उत्कृष्ट मानिएको वर्तमान संविधानको कार्यान्वयनका लागि प्रदेशसभाको भूमिकालाई एकताबद्ध गरी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता मुख्यमन्त्री पाण्डेले औँल्याउनुुभयो ।

प्रदेशसभाको छ वर्ष व्यतित भइसकेको सन्दर्भलाई मध्यनजर गर्दा प्रदेशसभाले निर्णय गरेका कानुनको सामाजिक, आर्थिक तथा राजनीतिक मूल्यको विश्लेषण गरी तथ्यमा आधारित एवं कार्यान्वयनयोग्य कानुन निर्माणमा चासो र चिन्ता लिनु आवश्यक भएको उहाँले बताउनुुभयो । ‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ मूल ध्येयका साथ दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र स्वीकृत भई प्रदेश सरकार दोस्रो आवधिक योजनाको तर्जुमाको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

उहाँले यसअघिका कमीकमजोरीलाई सच्याएर प्रदेशको समग्र सामाजिक आर्थिक रुपान्तरणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुुभयो । गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संघीयताको सुन्दरता प्रदेश भएको र प्रदेशको औचित्यलाई स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुुभयो । केन्द्रिकृत मानसिकतालाई त्याग्दै सङ्घीयताको मर्म अनरुपअघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेशको समुन्नति एवम् प्रदेशको संरचनालाई बलियो बनाउन सधैँ सहयोगी भूमिका निर्वाह गर्ने उहाँले बताउनुुभयो । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकी प्रदेशमा ६० भन्दा बढी कानुन बनिसकेका बताउनुभयो ।

एकल अधिकार सूचिमा रहेका कानुन बने पनि साझा अधिकारको सूचीमा रहेका कानुन बन्न नसकेका अवस्थामा ती कानुन पनि प्रदेशसभाबाट बनाउने गरी लाग्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुुभयो । सुशासनका लागि प्रदेशले भ्रष्टाचार उठ्नै नसक्ने गरी लाग्नुपर्नेमा उहाँले जोड दिनुुभयो । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशका पूर्वसभामुख नेत्रनाथ अधिकारी, उपसभामुख विनाकुमारी थापालगायतले आ–आफ्नो धारणा राख्नुुभएको थियो ।

नाइजेरियामा विवाहका ३५ पाहुना अपहृत

उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो सबैभन्दा ठूलो हो । प्रहरी प्रवक्ता अबुबकर अलियुले बिहीबार राति साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेकामाथि संदिग्ध हतियारधारी डाकाहरूले आक्रमण गरी करिब ३५ महिलालाई अपहरण गरेको बताउनुभयो ।

राज्यको आन्तरिक सुरक्षा आयुक्त नासिरु मुआजले बेहुलीलाई बेहुलाको घर पुर्याउने क्रममा दामरी गाउँ फर्किंदै गर्दा ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको बताउनुभयो । “अधिकारीहरूले गाउँको भ्रमण गरेका छन् र ५३ जनालाई लगिएको बताइएको छ”, उहाँले भन्नुभयो, “डाका लाग्ने क्षेत्रमा अँध्यारोमा नाचगान गर्दै बेहुलीलाई लिएर गाडी चलाउनु निकै जोखिमपूर्ण थियो, डाकाहरूले उक्त अवसरको फाइदा उठाए र उनीहरूलाई आफूसँगै लिएर गए ।”

आयुक्त मुआजले बासिन्दाहरूसँग रातको समयमा यात्रा नगर्न आग्रह गर्दै सुरक्षाकर्मीले अपहृतहरूलाई खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेको बताउनुभयो । नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ । आपराधिक गिरोहले राजमार्ग, अपार्टमेन्ट र यहाँसम्म कि स्कुलहरूबाट विद्यार्थीहरूलाई समेत लुट्न निशाना बनाउँछन् । स्थानीयरूपमा डाकुहरू भनेर चिनिने गिरोहले उत्तरपश्चिमी तथा मध्य राज्यहरूका जङ्गलस्थित आधारबाट अपहरण गर्दै आएका छन् । वर्षको प्रारम्भमा अपराधीहरूले राजधानी अबुजा नजिकै पाँच दिदीबहिनीलाई अपहरण गरी फिरौतीको समय समाप्त भएपछि एक बहिनीको हत्या गरेका थिए । यसबाट राष्ट्रिय आक्रोश बढेको थियो ।

गत साता अपहरणकारीहरूले नाइजेरियाली स्कुल बसमा आक्रमण गरी दक्षिणपश्चिमी एकिटी राज्यमा पाँच बालबालिका र उनीहरूका शिक्षकहरूलाई अपहरण गरेका थिए । गत सोमबार सोही राज्यमा छुट्टै आक्रमणमा दुई परम्परागत शासकको हत्या भएको थियो । बन्दुकधारीहरूले बिहीबार क्वारा राज्यमा अर्का एक परम्परागत राजाको गोली हानी हत्या गरे र उहाँकी पत्नीलाई अपहरण गरे । गत वर्ष मेमा राष्ट्रपतिमा निर्वाचित भएपछि बोला अहमद टिनुबुले असुरक्षालाई सम्बोधन गर्ने आफ्ना प्रमुख वाचाहरूमध्ये एक बनाउनुभएको छ ।

नाइजेरियाले उत्तरपूर्वी क्षेत्रमा जिहादी, उत्तरपश्चिममा आपराधिक मिलिसिया र केन्द्रीय राज्यहरूमा अन्तर–साम्प्रदायिक हिंसाको सामना गरिरहेको छ । नाइजेरियाली रिस्क कन्सल्टेन्सी एसबिएम इन्टेलिजेन्सका अनुसार मेमा टिनुबुले पदभार सम्हालेदेखि नाइजेरियामा तीन हजार नौ सय ६४ व्यक्ति अपहरणमा परेको रेकर्ड गरिएको जनाएको छ ।

प्यूठानमा माघ २४ देखि कोरोनाविरुद्धको फाइजर खोप अभियान

स्वर्गद्वारी (प्यूठान), २२ माघ : प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ ।

उक्त खोप १२ वर्षमाथिका व्यक्तिलाई विभिन्न खोप केन्द्रबाट जिल्लाभर लगाइने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिनुभयो । खोपको पहिलो मात्रा नलगाएका, थप बुस्टर डोज लगाइसकेका बाहेकका व्यक्तिलाई लक्षित गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका ४१ हजार ७० जनालाई खोप अभियानले समेट्ने छ ।”

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०७७ माघ १५ गतेयता कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ३०, दोस्रो मात्रा लगाएका एक लाख ९५ हजार एक सय ८७, पहिलो बुस्टर लगाएका एक लाख ६ हजार चार सय ४३ तथा थप बुस्टर लगाएका ३० हजार चार सय २० जना छन् ।

स्वास्थ्य कार्यालयले यस अभियानमा नागरिकस्तरमा अग्रभागमा खटिने शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोगी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेको छ । अभियानभर खोप केन्द्र, तोकिएका विद्यालय, अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाबाट खोप दिइने गरी तयारी गरिएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन कौशलराज वैद्यले जानकारी दिनुभयो ।

अर्थमन्त्रीद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रस्तुत

काठमाडौँ, २२ माघ : राष्ट्रियसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश पेस गर्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ ४ गते मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको थियो ।

बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आले मगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्नुभयो ।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम मन्त्रिपरिषद्को निर्णयबाट आगामी असार मसान्तसम्म कार्याविधि थप गर्ने गरी जारी भएको आदेश पेस गर्नुभयो ।

बैठकको प्रारम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् अधिवेशन आह्वान र मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएकोसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ः०१ बजे बस्नेछ ।

जनवरीमा बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले वढि हो । सन् २०२३÷०२४ को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवद्र्धन विभाग (इपिबी) ले जनाएको छ । निर्यात वृद्धिको श्रेय केही हदसम्म तयारी कपडा क्षेत्रले देखाएको राम्रो प्रदर्शनलाई दिइएको छ ।

बङ्गलादेशले सन् २०२३ जुलाई–जनवरी सम्मको अवधिमा तयारी कपडाको निर्यातबाट २८.३६ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्ष २७.४२ अर्ब डलर मात्र थियो । बङ्गलादेशले आर्थिक वर्ष २०२३÷०२४ मा आफ्नो निर्यात लक्ष्य ६२ अर्ब डलर राखेको छ । यसमा तयारी पोशाक उत्पादनबाट मात्र ५२ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ ।

मुगुमा सरस्वती सन्ज्यालको घरमा आगलागी हुँदा दाजु र बहिनीको जलेर मृत्यु

मुगु, २२ माघ : खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको जलेर मृत्यु भएको छ । सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनको छोरा÷छोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगो निभाएको थियो ।

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्तर भारतमा कार दुर्घटनामा परी चार बालबालिकासहित छ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण दृश्यतामा कमी आउँदा सडक दुर्घटना भएको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षणपछि बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुई किशोरलाई स्थानीयले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् । छिमेकी राज्य मध्य प्रदेशमा विवाह पूर्वको समारोहबाट फर्किरहेका उनीहरूको गाडी दुर्घटनामा परेको थियो । उत्तर भारतका धेरै भागहरूमा विगत केही दिनदेखि बिहानको समयमा बाक्लो कुहिरो लागिरहेको छ ।

यसले हवाई, रेल र सडक यातायातमा प्रतिकूल प्रभाव पारेको छ । उत्तर भारतका पहाडी राज्यहरू हिमाचल प्रदेश र उत्तराखण्डका केही क्षेत्रहरूमा शनिबारदेखि हिमपात भइरहेको छ ।

म्यान्माबाट प्रहार गरिएको मोर्टार गोला बङ्गलादेशको गाउँमा खस्दा दुई जनाको मृत्यु

द्वन्द्वका क्रममा सोमबार म्यान्माबाट प्रहार गरिएको मोर्टार गोला सीमापार बङ्गलादेशको एउटा गाउँमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ । सन् २०२१ को सैन्य विद्रोहपछि विद्रोही अराकान सेना (एए) ले ठूलो स्तरको युद्धविराम भङ्ग गरेसँगै बङ्गलादेशसँगको दुई सय ७० किलोमिटरको सीमा नजिकै म्यान्माका केही भागमा नोभेम्बरपछि लगातार झडपहरू भएका छन् ।

स्थानीय प्रहरी प्रमुख अब्दुल मन्नानले भन्नुभयो, “दिउँसो करिब सवा दुई बजे (स्थानीय समय) जलपाइतोली गाउँमा गोलीबारीमा दुई जना मारिएका छन् ।” प्रहरीका अनुसार ४८ वर्षीया बङ्गलादेशी महिला होस्ने आरा र एक अज्ञात जातीय रोहिङ्ग्या व्यक्तिको हत्या भएको हो । “उहाँ भान्छामा बस्नुभएको बेला एउटा मोर्टार त्यहाँ खस्यो”, आराकी बुहारीले आफ्नो नाम बताउन निकै विचलित हुँदै भन्नुभयो, “आफ्नो खेतमा काम गर्न राखिएका रोहिङ्ग्यालाई दिवा भोजन पस्किँदै गर्दा उहाँमाथि आक्रमण भएको हो ।” बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले आइतबार छिमेकी म्यान्माको अशान्त रखाइन राज्यका सीमा प्रहरी अधिकारीहरू एए लडाकू अगाडि बढ्नुअघि ‘आत्मरक्षाका लागि हाम्रो क्षेत्रमा प्रवेश गरेका छन्’ भन्नुभएको थियो ।

मुलुकको सीमावर्ती बल बोर्डर गार्ड बङ्गलादेशका एक प्रवक्ताले सोमबार एएफपीलाई भन्नुभयो, “म्यान्माका कम्तीमा ९५ सीमा अधिकारीले सीमा पार गरेर बङ्गलादेशका सीमा चौकीहरूमा शरण लिइसकेका छन् ।” सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा उसका चिकित्सकहरूले आइतबार ‘बङ्गलादेश–म्यान्मा सीमामा भएको लडाइँपछि’ १७ जना बिरामी प्राप्त गरेको बताएको छ । “सबै बिरामीलाई गोली लागेको छ, दुई जनाको अवस्था जोखिममा रहेको भेटियो र अन्य पाँच जना गम्भीर घाइते थिए ।”

अक्टोबरमा एए विद्रोही तथा अन्य जातीय अल्पसङ्ख्यक लडाकूहरूसहितको गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापारिक केन्द्रमाथि कब्जा गर्यो । गत महिना गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको थियो तर लडाइँ जारी भएको बङ्गलादेशी र भारतीय सीमा नजिकैका क्षेत्रहरूमा उक्त युद्धविराम लागु हुँदैन ।

नातिकाजी नयाँ पुस्ताका पनि प्रेरणा हुनुहुन्छ : सङ्गीतकार बास्कोटा

काठमाडौँ, २२ माघ : वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि पनि प्रेरणा हुनुहुन्छ भन्नुभएको छ । नातिकाजी स्मृति समाजका अध्यक्ष बास्कोटाले भन्नुभयो, “उहाँ सङ्गीतमा गुणस्तरीयताका लागि कठोर व्यक्ति हुनुहुन्थ्यो, जसले नेपाली गीत–सङ्गीतलाई यो स्तरमा पु¥याउन योगदान गर्नुभयो । त्यसैले पनि उहाँ नेपाली नयाँ पुस्ताको पनि प्रेरणा हुनुहुन्छ ।”

“समकालीनसँगै नयाँ पुस्तालाई पनि उहाँले उत्तिकै अवसर दिनुहुन्थो । हामीले पनि उहाँबाट धेरै प्रेरणा लिन पाएका छौँ । सङ्गीतको वर्तमान पुस्ताले पनि उहाँबाट प्रेरणा लिइरहेको छ । मलाई लाग्छ नातिकाजी हिजोको मात्र नभएर आजको नाति पुस्तासम्म नै गीत–सङ्गीतको मुटुमा रहनुभएको छ”, अध्यक्ष बास्कोटाले भन्नुभयो ।नातिकाजीको स्मृतिमा स्थापित यस समाजले नेपालका स्रष्टाहरुलाई सम्मान प्रदान गर्नाका साथै उहाँको योगदानका बारेमा विविध कार्यक्रम गर्दै आएको छ । उहाँको ९९औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमपछि उहाँले नातिकाजीले नेपालको गीत–सङ्गीतका क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो ।सो अवसरमा उहाँले नातिकाजीको सङ्गीतबारे व्यापक अनुसन्धान गरी उहाँका कालजयी गीतसङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बास्कोटाका अनुसार नातिकाजीकै प्रयासमा रेडियो नेपालमा सङ्गीत सङ्ग्रहालय निर्माण भएको थियो ।विसं १९८२ पुस ३ गते ललितपुरको पुल्चोकमा जन्मिनुभएका नातिकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक गीत, भजन, गीतिनाटक, नाटक तथा चलचित्रका गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँले ‘नेपाली हामी रहाँैला कहाँ नेपाली नरहे’, ‘आजै र राति के देखेँ सपनीमा’, ‘फुलको थुँगा बगेर गयो गङ्गाको पानीमा’, ‘सान्ननीको गालैमा कालो कोठी रैछ’, ‘तिरिरी मुरली बज्यो वनैमा’ जस्ता चर्चित गीतमा सङ्गीत दिनुभएको छ । उहाँको निधन विसं २०६० कात्तिक १६ गते भएको थियो ।

एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ : उपाध्यक्ष पौडेल

लुम्बिनी, २२ माघ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको जग निर्माण गर्नेगरी नेकपा एमाले अघि बढ्ने बताउनुभएको छ । नेकपा एमाले रुपन्देहीले आजदेखि सुरु गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेकपा एमालेका हरेक कार्यकर्ताले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेता पौडेलले नेकपा एमालेलाई समाप्त पार्ने गरी भएका घेराबन्दीलाई तोड्न पार्टीले लिएको जनपक्षीय नीति र सिद्धान्तका आधारमा अघि बढ्न कार्यकर्तालाई आह्वान पनि गर्नुभयो । उहाँले पार्टी निर्माणका लागि जनताका सरोकार र आवश्यकतासँग प्रत्यक्ष जोडिएका विषयको निकटमा रहेर उनीहरुका समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेता पौडेलले पछिल्लो समयमा पार्टी अनुशासनका विरुद्ध सङ्गठनात्मक अराजकताले प्रवेश पाएको भन्दै त्यस खालका प्रवृत्तिलाई पार्टी नेतृत्वले अनुमोदन नगर्ने पनि स्पष्ट गर्नुभयो । उहाँले एमाले अनुशासित, एकताबद्ध र गतिशीलताका साथ अघि बढ्ने पार्टी भएको बताउनुभयो । “अराजकतालाई पार्टीले कहिल्यै पनि प्रश्रय दिँदैन र यस्ता क्रियाकलापलाई सदैव नियन्त्रण गर्छ ।

पार्टीमा होस् या जहाँ पनि अराजकताले कहिल्यै जित्दैन र अनुशासनले कहिल्यै हार्दैन ।” तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालालगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु र रुपन्देही जिल्लाबाट प्रदेश कमिटीमा रहेका एक सय ५० नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

कांग्रेस महासमिति बैठकको तयारी तीव्र गतिमा

काठमाडौँ, २२ माघ : नेपाली कांग्रेसले आगामी फागुन ७ गते हुने पार्टी महासमिति बैठकको तयारीलाई तीव्र गतिमा अघि बढाएको छ ।पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रुपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको हो ।

हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयोे । महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुने गरी दुई हजार तीन भन्दा बढी महासमिति सदस्य रहनुहुनेछ ।महासमिति बैठक फागुन ७ देखि १० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुँदैछ । बैठक तयारीका लागि सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । बैठक नीति अधिवेशनका रुपमा हुने भएकाले समसामयिक राजनीतिक विषयमा प्रस्ताव निर्माण गर्न पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी अन्तिम चरणमा छ ।यसैगरी, बैठक तयारीका लागि माघ २१ गते विभिन्न उपसमिति गठन गरी संयोजक पनि चयन गरिएको छ । प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।यसैगरी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई चयन गरिएको मुख्यसचिव पौडेलले बताउनुभयो ।पार्टी महामन्त्री विश्वप्रकाश शर्माले आइतबार नै उपसमितिका संयोजक र पार्टी सचिवालयको संयुक्त बैठक गरेर तयारीका बारेमा छलफल गर्नुभएको थियो । महामन्त्री शर्माले सभाहल पुगेर सबै उपसमितिको कार्यविभाजनअनुसारका कामका लागि सरसल्लाह गर्नुभएको जानकारी दिनुभयो ।यसअघि यही माघ २० गतेसम्म सबै महासमिति सदस्यको निर्वाचन सम्पन्न गरी सूची प्राप्त भइसक्नुपर्ने समय निर्धारण गरिएको थियो । यद्यपि सुनसरी, भोजपुर, खोटाङ, महोत्तरी, बारा, पर्सा, सप्तरी, सिन्धुली, धादिङ, काठमाडौँ, दोलखा, रामेछाप, पर्वत, दाङ, कपिलवस्तु र कञ्चनपुरका केही क्षेत्रबाट महासमिति सदस्यको सूची प्राप्त हुन बाँकी रहेको सचिव पौडेलले जानकारी दिनुभयो

ट्रयाक खुलेको २९ वर्षपछि स्तरोन्नति हुँदै लोकमार्गको वैकल्पिक सडक

ढोरपाटन (बागलुङ), २२ माघ : जिल्ला सदरमुकाम बागलुङ बजार उेछमै रहेको बिहुँ गाउँमा विसं २०५१ सालमा ट्रयाक खोलिएको सडक तीन दशकपछि स्तरोन्नति हुन थालेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको सुलडाँडादेखि किमबोट हुँदै ठूल्ढुङ्गा जोड्ने सडक यस वर्ष स्तरोन्नति हुन लागेको हो । यस सडकलाई किसानको सडकका रुपमा लिने गरिएको छ । काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ५० लाखमा यो सडक स्तरोन्नति गर्न थालिएको हो ।

गाउँपालिकाको गौरवको आयोजना रहेको यस सडकलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताउनुभयो । सुलडाँडादेखि ठूल्ढुङ्गासम्म करिब १० किलोमिटर रहेको यस सडकमा अधिकांश पिक तथा जिप चल्दै आएको भन्दै साँघुरो हुँदा समय–समयमा दुर्घटनासमेत हुने गरेको उहाँको भनाइ छ । लोकमार्गमा गुड्ने अधिकांश साना सवारी साधन यही सडक प्रयोग गर्ने हुँदा यसको स्तरोन्नतिका लागि केही वर्षदेखि पालिकाले बजेट विनियोजन गर्दै आएको प्रवक्ता विक बताउनुहुन्छ ।

काठेखोला गाउँपालिका–५ र ६ वटालाई जोड्ने यस सडक १९ वर्षदेखि स्तरोन्नति नहुँदा स्थानीय किसानले उत्पादन गरेको दूध र सुन्तला बजारसम्म पु¥याउन निकै समस्या हुने गरेको विकले बताउनुभयो । स्तरोन्नतिपछि सबैभन्दा बढी फाइदा वडा नम्बर ६ का किसानलाई हुने उहाँको भनाइ छ । गाउँपालिकाले यो सडकसहित पालिकाभर रहेका ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उहाँले बताउनुभयो ।

प्रवक्ता विकले भन्नुभयो, “यो सडक लोकमार्गसँग जोडिएको छ, पछिल्लो समय लोकमार्गमा भन्दा यस सडकमा बढी गाडी गुड्ने गरेका छन्, छोटो र सहज हुने हुँदा धेरै यताबाट हिँड्दा सडक बिग्रिएको छ, कच्ची सडकका ट्र्याक्टरदेखि साना सबै सवारी गुडा अप्ठेरो पनि बनेको थियो, यो सडक खास गरी सुन्तला पकेट क्षेत्र भएर गएको छ, यहाँ धेरै किसान हुनुहुन्छ, अहिलेसम्म सडकका कारण उहाँहरुले धेरै समस्या भोग्नुभएको थियो, अब सहज हुनेछ ।”

गाउँपालिकाका इन्जिनियर विनोद लामिछाने मङ्सिरको २४ गते ओम पल्टी विल्डर्स निर्माण कम्पनीले कामको जिम्मा पाएको र अहिले धमाधम काम भइरहेको जानकारी दिनुभयो । निर्माण कम्पनीले सडक स्तरोन्नतिका लागि ४० लाख ३५ हजारमा गाउँपालिकासँग सम्झौता गरेको उहाँको भनाइ छ । अहिले सडक चौडा गर्ने, पक्की नाली निर्माण ढलना गर्ने काम भइरहेको इन्जिनियर अधिकारीले बताउनुभयो । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको उहाँको भनाइ छ । फागुन मसान्तसम्म सक्ने गरी काम भएको उहाँ बताउनुहुन्छ ।

“सडक स्तरोन्नतिको काम तीव्र गतिमा नै भइरहेको छ, अर्को महिनाको अन्तिमसम्म सकिने सम्भावना छ, भौतिक प्रगति ७० प्रतिशत भएको छ, यही गतिमा काम भयो भने फागुनमा काम सक्न समस्या छैन”, इन्जिनियर अधिकारीले भन्नुभयो, “सडक साँघुरो थियो, धेरै गाडी हिँड्ने गर्थे, अहिले पूर्णरुपमा यो सडक बन्द गरेर काम भइरहेको छ, सडक स्तरोन्नति हुन थालेपछि स्थानीय पनि खुसी हुनुभएको छ, कच्ची सडकका कारण धुलोले हैरानी हुनुहुन्थ्यो, अब त्यो समस्या समाधान हुँदैछ ।”

‘निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ’ – बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गर्नुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले उद्घाटन गरेको दुई वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै यस्तो कुरा गरेका हु्न ।

उनले भनेका छन् – २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ” सेतो टावर ” उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, “आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ” । तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’

उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध

धनुषा, २२ माघ : मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत गर्नुभयो ।

सो अवसरमा मन्त्री भण्डारीले भन्नुभयो, “स्थानीय तह सेवाप्रवाहको सबैभन्दा प्रभावकारी सरकार हुन् । संविधानमा व्यवस्था भएको जनताको रोजगारीसम्बन्धी हक कार्यान्वयन गर्न र जनतालाई रोजगारी तथा स्वास्थ्य सेवासम्बन्धी न्यूनतम अधिकार सुनिश्चित गर्न स्थानीय तहहरुले सामाजिक सुरक्षा कोषसँग समझदारी गरेर अघि बढेको छ । कोषबाट प्रवाह हुने सेवा सुविधाको दायरा फराकिलो पार्नलगायतमा कानुनी र व्यवहारिक समस्या समाधान गर्नुपर्ने छ भने त्यसका लागि मन्त्रालय तयार छ ।”

उहाँले कोषको दायरा फराकिलो पार्न जनकपुर क्षेत्रमा कोषको सम्पर्क कार्यालय तत्काल स्थापना गर्न लागिएको जानकारी दिनुभयो । “कोषमा स्थानीय तहको प्रतिनिधित्व बढिरहेको छ । कोषमा स्थानीय तहको प्रतिनिधित्वको व्यवस्था छैन । अब कानुनमा संशोधन गरेर गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घको पनि प्रतिनिधित्व रहने व्यवस्था गर्नुपर्नेछ”, मन्त्री भण्डारीले भन्नुभयो ।

कोषका कार्यकारी निर्देशक अधिकारीले कोषले सञ्चालन गर्ने योजनाका बारेमा स्थानीय तहसहितका सरोकारवालाको समान धारणा आएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । असुरक्षा भएको ठाउँमा नै सामाजिक सुरक्षा कोष हुनुपर्ने जनाउँदै उहाँले स्थानीय तहहरुले देखाएको तत्परताबाट आफू थप उत्साही भएको उल्लेख गर्नुभयो ।

“जहाँ असुरक्षा छ, त्यहाँ सुरक्षा कोष चाहिन्छ । सामाजिक सुरक्षा कोषले जुनसुकै अवस्थामा पनि आयको निरन्तरताको परिकल्पना गरेको छ । स्थानीय तहले कोषका योजनामा सहभागी भएर कार्यान्वयनमा जुन तत्परता देखाउनुभएको छ, त्यसले हामीलाई थप उत्साही बनाएको छ”, कार्यकारी निर्देशक अधिकारीले भन्नुभयो ।

सो अवसरमा कोषका निर्देशक कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका विभिन्न योजनाका बारेमा जानकारी गराउनुभएको थियो । कोषका निर्देशक उत्तम नेपालले यसअघि नै देशभरका ४३ स्थानीय तहले कोषसँग समझदारी गरेर काम अघि बढाइसकेको जानकारी दिनुभयो ।

सो अवसरमा धनुषाको क्षीरेश्वरनाथ नगर प्रमुख सुखदेव यादवले कोषबाट प्राप्त हुने योजना आफ्नो नगरपालिकाभित्रका जनताको लागि उपयुक्त हुने ठानेर आफूले समझदारी गरेको जानकारी दिनुभयो ।

महोत्तरीको बर्दिबास नगर प्रल्हादकुमार क्षेत्रीले अनौचारिक क्षेत्रका श्रमिकको लागि कोषका कार्यक्रम निकै नै उपयोगी हुने देखिएपछि आफ्नो नगरपालिकाले पनि कोषसँग समझदारी गरेको जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा कोषसँग समझदारी गरेपछि स्थानीय तहहरुले विशेष गरेर तीन प्रकारले कोषका कार्यक्रम कार्यान्वयनमा अघि बढ्न सक्छन् । स्थानीय तहले आफ्ना करारका कर्मचारीलाई कोषमा योगदान गर्ने ,पालिकाभरिका श्रम ऐन लागू हुने क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्ने पर्ने गरी बाध्यकारी व्यवस्था गर्न सक्छन् । यस्तै, स्थानीय तहले आफ्नो पालिकाभरिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सम्बन्धित पालिकाले रकम नै हालेर पनि कोषमा आवद्ध गराउन सक्छन् ।

कोषका अनुसार सम्झौताबमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिक १० हजार आठ सय २० को ११ प्रतिशत हुन आउने रु एक हजार एक सय ९०मासिक रूपमा योगदान गर्नुपर्छ ।

यसमा स्थानीय तहले उक्त रकमको ९ दशमलव ३७ प्रतिशतअर्थात् रु एक हजार १३ को योगदान गर्नेछन् । यसबाट विभिन्न योजनामा श्रमिकले सुविधा पाउने छन् । औषद्योपचार, स्वास्थ्य र सुरक्षित मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा पाउने छन् ।

गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित

गण्डकी, २२ माघ : गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले जानकारी दिनुभयो । “किसान, बीउबिजन व्यापारी, कृषि क्षेत्रका विज्ञदेखि सरोकार भएका सबै पक्षलाई समितिको बैठकमा बोलाएर विधेयकमाथि सघन हिसाबले छलफल ग¥र्यौं”, उहाँले भन्नुभयो, “विज्ञलगायतबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनसहित विधेयक समितिबाट पारित भएको छ ।” सभापति देवकोटाले अबको हिउँदे अधिवेशनमा उक्त विधेयक प्रदेशसभामा पेश हुने बताउनुभयो ।

प्रदेशसभामा दफाबार छलफलपछि उक्त विधेयक पारित हुने र ऐनको रुपमा कार्यान्वयनमा आउने उहाँको भनाइ छ । समितिमा भएको विधेयकमाथिको छलफलका क्रममा बाली विज्ञ, बीउ उत्पादक किसान, व्यवसायीलगायतलाई सहभागी गराइएको सभापति देवकोटाले बताउनुभयो । “विधेयकलाई कार्यान्वयमुखी बनाउनुपर्छ भन्नेमा सबैको जोड रह्यो, विधेयकले बीउबिजनसँग सम्बन्धित समग्र विषयलाई सम्बोधन गरेको छ”, उहाँले भन्नुभयो ।

प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले उक्त विधेयकमा गरिएका व्यवस्थाले गण्डकी प्रदेशभित्रका बीउबिजन उत्पादन गर्ने किसान र व्यापारीलाई सहजता थपिने बताउनुभयो । “बीउबिजनको प्रमाणीकरणका लागि सङ्घ सरकारसँग भर पर्नुपर्ने अवस्था थियो, अब प्रदेशमै बीउबिजन गुण नियन्त्रण केन्द्र”, उहाँले भन्नुभयो ।

प्राकृतिक विपद्, रोककिरा आदि कारणले किसानले उत्पादन गरेको बीउबिजन नष्ट भएमा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था विधेयमा रहेको उहाँले बताउनुभयो । “यदि बिक्रेताले गुणस्तरहीन या गलत बीउबिजन दिएका कारण किसानले कुनै आर्थिक क्षति व्यहोर्नुपरेमा सम्बन्धित व्यापारीले किसानलाई क्षतिपूर्ति दिनेपर्ने प्रावधान विधेयकमा छ”, वरिष्ठ कृषि अर्थविज्ञ भट्टराईले भन्नुभयो ।

किसानलाई उन्नत, सुलभ र गुणस्तरयुक्त बीउबिजन उपलब्ध गराउने र प्रदेशलाई बीउबिजनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ विधेयकमा नीतिगत व्यवस्था गरिएको उहाँको भनाइ छ । विधेयक निर्माण गर्दा रैथाने बालीको पनि संरक्षण र प्रवद्र्धनमा जोड दिइएको वरिष्ठ कृषि अर्थविज्ञ भट्टराईले बताउनुभयो । बीउबिजनको उत्पादन, उपलब्धता र आपूर्तिको सुनिश्चिताका लागि विधेयकमा कानुनी प्रबन्ध गरिएको उहाँको भनाइ छ ।

गुणस्तरीय बीउबिजनको उपलब्धतामार्फत बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै किसानको सुविधा तथा आर्थिक हितलाई ध्यानमा राखेर विधेयक ल्याइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । विधेयकमा बीउबिजनसम्बन्धी नीति निर्माण र कार्यान्वयन गर्न, सो सम्बन्धमा प्रदेश सरकारलाई आवश्यक परामर्श दिन र सङ्घीय ऐनले तोकेका कार्य गर्न प्रदेश बीउबिजन समिति गठन हुने उल्लेख छ ।

विधेयकले कुनै व्यक्ति या संस्थाले बीउबिजनको कारोबार गर्न चाहेमा, मूल वा स्रोत बीउ, वर्णशङ्कर बीउलगायत उत्पादन गर्न चाहेमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयले जीवनाशक विषादीसम्बन्धी विधेयकको पनि मस्यौदा तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको वरिष्ठ कृषि अर्थविज्ञ भट्टराईले बताउनुभयो ।

ऐतिहासिक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर निर्माण गरिने

काठमाडौँ, २२ माघ : धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन् । ती दुई नगरपालिकाले संयुक्त रुपमा रु एक करोड ९९ लाख ९६ हजार आठ सय ४४ सहयोग गर्ने भएका छन् । धार्मिक पर्यटनमार्फत तारकेश्वर र टोखा नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ दुई नगरपालिकाको सिमानामा रहेको बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि लगानी गर्न लागेका हुन् । उक्त मन्दिर परिसरलाई संयुक्तरुपमा निर्माण गर्नका लागि आइतबार दुई नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र टोखा नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गर्नुभयो ।

दुवै नगरपालिकाबाट एक–एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिँढी निर्माण तथा पञ्चमीको दिन नुहाउनको लागि स्नान कुण्डलगायतका भौतिक संरचना निर्माण गरिनेछ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले दुई नगरपालिकाबीच एकीकृतरुपमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ बौडेश्वर मन्दिर परिसरमा आवश्यक संरचना निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।झोरस्थित श्रीकृष्ण बौडेश्वर मन्दिरमा वैकुण्ठ चतुर्दशी अवसर मेला लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा विकास भएको उक्त मन्दिरमा हरेक वर्षको कात्तिक शुक्ल चतुर्दशीका दिन श्रद्धालुले पारिवारिक सुख एवं सन्तान प्राप्तिको लागि दीपदान गर्ने गर्छन् ।बौडेश्वर मन्दिर परिसरमा झरनासमेत रहेकाले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक त्यस क्षेत्रमा जाने गरेका छन् । कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, तारकेश्वर तथा टोखाका विभिन्न वडाका जनप्रतिनिधि एवं कर्मचारीको सहभागिता रहेको थियो ।–––

बङ्गलादेशको सीमा नजिकै म्यान्मा भिडन्त

म्यान्मामा आइतबार बङ्गलादेशको सीमा नजिकै लडाइँ भएको छ । आतङ्कित बासिन्दाहरूले गोलीहरूले सीमा पार गरेको र चिकित्सकहरूले बिरामीको उपचार गरिरहेको बताएका छन् । सरकारले सीमा अधिकारीहरू आश्रयको खोजीमा भागेको बताएको छ ।

सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा आफ्ना चिकित्सिकहरूले ‘बङ्गलादेश–म्यान्मा सीमामा लडाइँपछि ठूलो सङ्ख्यामा बिरामी प्राप्त गरेको’ बताएको छ । आइतबार साँझ १७ बिरामीलाई कुटपालोङ अस्पतालमा भर्ना गरिएको एमएसएफले बताएको छ । उसले बिरामीहरूको राष्ट्रियताका बारेमा थप जानकारी दिएको छैन ।

बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले छिमेकी म्यान्माको अशान्त रखाइन राज्यका कम्तीमा १४ जना सीमा अधिकारी विद्रोही अराकान सेना (एए) का लडाकू अगाडि बढ्नुअघि ‘आत्मरक्षाका लागि हाम्रो क्षेत्रमा प्रवेश गरेका छन्’ भन्नुभयो ।

यद्यपि बङ्गलादेशको निजी प्रसारक च्यानल २४ ले सीमा रक्षकहरूको सङ्ख्या धेरै भएको बताएको छ । च्यानलले कम्तीमा ६६ जना अधिकारीले शरण मागेको र तीमध्ये १० जना घाइते भएको बताएको छ । “अराकान सेनाले रखाइन राज्यका एकपछि अर्को धेरै क्षेत्रमा कब्जा गरेको छ”, गृहमन्त्री खानले भन्नुभयो, “हाम्रो जानकारीअनुसार उनीहरू अगाडि बढिरहेका छन् ।”

सन् २०२१ को सैन्य विद्रोहपछि एए लडाकूहरूले ठूलो स्तरको युद्धविराम भङ्ग गरेसँगै बङ्गलादेशसँगको दुई सय ७० किलोमिटरको सीमा र उत्तरमा छिमेकी भारतनजिकै म्यान्माका केही भागमा नोभेम्बरपछि लगातार झडपहरू भएका छन् ।

अक्टोबरमा एए विद्रोही तथा अन्य जातीय अल्पसङ्ख्यक लडाकूहरूसहितको गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापारिक केन्द्रमाथि कब्जा गर्यो । गत महिना गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको थियो तर लडाइँ जारी भएको बङ्गलादेशी र भारतीय सीमा नजिकैका क्षेत्रहरूमा उक्त युद्धविराम लागु हुँदैन ।

सीमा नजिकै बस्ने बङ्गलादेशी गाउँलेहरूले उनीहरूलाई युद्ध फैलिने डर भएको बताएका छन् । एमएसएफले हिंसाबाट प्रभावित सीमाका दुवैतर्फ रहने बासिन्दाका लागि चिन्ता व्यक्त गर्दै स्थितिको निगरानी गरिरहेको बताएको छ ।

गृहमन्त्री खानले बङ्गलादेशले आफ्नो सीमामा सुरक्षा बढाएको र सीमा अधिकारीहरूलाई फिर्ता गर्न म्यान्मासँग सम्पर्क गर्ने बताउनुभयो । “हाम्रो सीमामा प्रवेश गर्ने जो कोहीलाई हिरासतमा लिनेछौँ र म्यान्मालाई सुम्पिने छौँ”, उहाँले भन्नुभयो ।बङ्गलादेशमा पहिलादेखि नै करिब १० लाख रोहिङ्ग्या शरणार्थी रहेका छन् । उनीहरूलाई सन् २०१७ मा सैन्य कारवाहीमा म्यान्माबाट लखेटिएको थियो ।

बूढीगण्डकी आयोजनाको काम छिट्टै अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

गोरखा, २२ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिनुभएकोे छ । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने बताउनु भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएको उहाँको भनाइ छ । “छलफलमा प्रधानमन्त्रीसँग हामीले गाउँपालिकाको तर्फबाट विषयवस्तु राख्याँै”, अध्यक्ष भट्टले भन्नुभयो, “उहाँले जनप्रतिनिधिले उठाएका विषयवस्तुमा केन्द्रित भएर धारणा व्यक्त गर्नुभयो ।”

छलफलमा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण लागिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलासयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराउनुभएको थियो । “बूढीगण्डकी आयोजनाको काम छिट्टै अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीको छ”, उहाँले भन्नुभयो, “आयोजना निर्माणले अब गति लिन्छ भन्ने विश्वास लिएका छौँ ।”

प्रधानमन्त्रीले गोरखा नगरपालिका–१३ स्थित देउरालीमा रहेको बन्द गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराउनुभएको अध्यक्ष भट्टले बताउनुभयो । “बन्द अवस्थामा रहेको रबर उद्योग पिपिपी मोडलमा अगाडि बढाउने योजनामा प्रधानमन्त्री हुनुहन्छ”, उहाँले भन्नुभयो, “हामीसँगको कुराकानीका आधारमा जग्गा सरकारकै पूर्ण स्वामित्वमा रहने गरी अन्य संरचनामा निजी क्षेत्रसँग समेत साझेदारी गरेर उद्योग सञ्चालन गर्ने प्रधानमन्त्रीको सोच छ ।”

जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आवमा चालु आव २०८०÷०८१ मा भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई भेट्न जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर उपप्रमुख लिला परियारसहित भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका र सहिद लखन गाउँपालिकाका जनप्रतिनिधिलगायत बालुवाटार पुगेका थिए ।

कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिका प्रमुखले आफूखुसी त्यस्ता पदाधिकारी नियुक्त गर्दै आएका छन् ।

संविधानमा जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुन प्रदेश सरकारले बनाउने उल्लेख छ । जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले बनाएको कुनै पनि कानुनमा स्वकीय सचिव र सल्लाहकार राख्न पाउने व्यवस्था छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्ने गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कति स्थानीय तहका प्रमुख तथा अध्यक्षले स्वकीय सचिव र सल्लाहकार राखे भन्ने यकिन तथ्याङ्क मन्त्रालयसँग नभए पनि महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मान्दा स्थानीय तहका जनप्रतिनिधिले स्वकीय सचिव र सल्लाहकार राख्ने प्रवृत्तिमा खासै कमी नआएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अख्तियारको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बयानका लागि अटेर गर्दै आएका छन् ।

टेरामक्स प्रकरणमा मुछिएका कर्मचारी सबैले बयान दिइसक्दा पनि उनीहरूले भने अटेर गर्दै आएका हुन् । अख्तियारले ताकेता गरेपछि उनीहरू अप्ठेरोमा परेका छन् । ‘दुवै जना अहिले अख्तियारको नजरमा फरार छन्,’ अख्तियार स्रोतले भन्यो । मन्त्री बस्नेतलाई अख्तियारले बयानमा बोलाए पनि उनको सचिवालयले भने त्यस्तो नभएको बताएको छ ।

अख्तियारले बयानका लागि पटकपटक बोलाए पनि मन्त्री बस्नेत अहिलेसम्म गएका छैनन् । मन्त्री बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्यले अख्तियारले बोलाएको विषय आफूलाई जानकारी नभएको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

अवैध कामदार खोज्दै मलेसिया, १५ नेपालीसहित ५ सय विदेशी पक्राउ

काठमाडौँ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो ।

अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनका क्रममा २६ जना महिलासहित ५ सय ३० विदेशीलाई नियन्त्रणमा लिइएको बताए ।

उनीहरूमा म्यानमारका २ सय ७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, नेपालका १५, श्रीलंकाका ९, पाकिस्तानका ६ र भियतनामका एक जना रहेको बर्नामाले रिपोर्टले जनाएको छ । खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेका वैध कागजात छन् कि छैनन् भनी जाँच गरिनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।

दर्ता नभएका जग्गा सरकारले लिनुपर्छ : नारायणमान बिजुक्छे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दर्ता नभएका जग्गा सरकारको हुने बताउनु भएकहो छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले दर्ता नभएको जग्गा सरकारले लिनु पर्ने बताउनु भएको हो । उहाँले खेलकुदमा राज्यले गरेको लगानी कहिल्यै खेर नजाने बताउदै खेलकुद स्वास्थ्यको महत्वपूर्ण आधार भएको र खेलकुदले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि भैरहेको अवरोधलाई प्रतिगामी कदम भन्दै बिजुक्छेले यस्ता कार्यको जनस्तरबाट विरोध हुनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेलकुद महोत्सवको रुपमा सञ्चालन गरिएको बताउदै  सुरु भएको प्रतियोगितामा भक्तपुरका ७५ वटा विद्यालयका बाइस सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको बताउनुभयो ।

नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलाडीहरुलाई अवसर प्रदान गर्न हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, नियमित खेल प्रशिक्षण र समय समयमा खेलकुद सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले खेलकुदको विकास र उत्कृष्ट खेलाडी उत्पादनमा लगानी गर्र्दै आएको बताउनुभयो ।माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल १५ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन सत्र अगाडि नगर प्रमुख प्रजापतिको नेतृत्वमा जनप्रतिनिधिहरु, स्वयम्सेवकहरु, धिमे बाजा, विभिन्न विद्यालयहरु र प्रतियोगी खेलाडीहरु, नपाका खेलकुद प्रशिक्षार्थीहरु, टीम, क्लब, पुस्तकालय, सहकारी संस्थाका प्रतिनिधि सहभागि ¥याली दत्तात्रयबाट सुरू भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटीहुँदै नगर परिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो ।
 

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् माघ २२ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अ?को कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनह? बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मीथुन राशि – अ?को छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अ?को सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति ह?को बृद्यि हुनेछ । शत्? सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

कर्कट राशि- मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।

कन्या राशि – खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

तुला राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब ह?को साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष ?चि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृश्चिक राशि – मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ ।

धनु राशि- बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितह? को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

मकर राशि- मित्रजनह? बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिह?बाट बच्नु पर्ने छ ।

कुम्भ राशि – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य ह?को स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि- मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकह?को साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

आजदेखि संसद्को हिउँदे अधिवेशन : यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ, २२ माघ : सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनुहुनेछ । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नुहुने छ ।त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नुहुनेछ ।

ओखलढुङ्गा कांग्रेसमा महासमिति सर्वसम्मत सदस्य छनौट

ओखलढुङ्गा- जिल्लामा नेपाली कांग्रेसले महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ । विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर बिक चयन भएको कांग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गानाले बताउनुभयो । सहमतिको अधिकतम प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यको नामावली टुङ्ग्याएको उहाँले बताउनुभयो ।

कानुन सबैका लागि बराबर हो : महामन्त्री थापा

चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताउनुभएको छ । नागरिक संवाद कार्यक्रमका क्रममा यहाँ आइपुग्नुभएका उहाँले नारायणी नदी किनारमा सम्बोधन गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कानुन सबैका निम्ति बराबर हुन्छ ।” कानुनको शासनमा सबैको सम्मान हुनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले आगामी बजेट, निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा, विकासलगायत विषयमा नागरिकको धारणा नागरिक संवादमार्फत बुझिरहेको बताउनुभयो । जनताको भावनाअनुसार कांग्रेसले काम गर्न अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र क्षेत्रीय सभापति भरत लामिछानेले अभियानका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुुभएको थियो ।