`

सेनाको यान्त्रिक सेवा महानिर्देशनालय निरीक्षणमा रक्षामन्त्री

काठमाडौँ, १२ माघ :उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा उहाँले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महानिर्देशनालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपाली सेना बहुव्यवसाय उद्योग–जुत्ता कारखाना, सुन्दरीजल आर्सनल कार्यालय र सुन्दरीजल मिनरल वाटर प्लान्ट निरीक्षणका क्रममा उहाँले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैरसैनिक सकल दर्जाको योगदानको प्रशंसा गर्दै प्रभावकारी ढङ्गबाट कार्यसम्पादनका लागि नेपाली सेना र कर्मचारीलाई हौसला दिनुभयो ।

उपप्रधानमन्त्रीका साथ प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

तीस लाख नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौँ, १२ माघ: हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरीको धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई पक्राउ गरिएको छ ।

युवराजको घरम नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित राईको सटरबाट नगद रु ३० लाख १८ हजार, ल्यापटप दुई थान र मोबाइल पाँच थान बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठग्ने पक्राउपोर्चुगल पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटारका २४ वर्षीय रोजिन न्यौपाने पक्राउ परेका छन् । निजले सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक रु एक लाख २० हजार तलब प्राप्त हुने प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

घुस लिएको आरोपमा चीनमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्षको कारागार सजाय

मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारवाहीअन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैङ्कमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको सरकारी मिडियाले बताएको छ ।

सरकारी प्रसारक सिसिटिभीको रिपोर्टअनुसार चाइना डेभलपमेन्ट बैंकका उपाध्यक्ष भइसक्नुभएका हे जिङजियाङलाई बेइजिङको एक अदालतले ‘घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको’ अभियोगमा सजाय सुनाएको छ ।

रिपोर्टमा उहाँलाई अधिकारीहरूले अनुसन्धानको दायरामा राखेपछि उहाँको अपराध सन् २००६ देखि सन् २०२१ सम्म भएको बताइएको छ । सिसिटिभीले ६० वर्षीय हेमाथि ५१ लाख युआन (करिब सात लाख २० हजार अमेरिकी डलर) जरिवानासमेत गरिएको बताएको छ ।

चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएपछि गहिरोसँग व्याप्त आधिकारिक भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाउनुभएको छ । समर्थकहरूले राष्ट्रपति सिको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताएका छन् । यद्यपि आलोचहरूले यसले राष्ट्रपति सिको राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग गरेको बताएका छन् ।

हालै भ्रष्टाचारविरुद्धको अभियानले मुलुकका केही शीर्ष फाइनान्सरहरूलाई निशाना बनाएको छ । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका अर्का पूर्वउपाध्यक्ष झोउ छिङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो । गत साता राज्यको स्वामित्व भएको चिनियाँ बैङ्किङ एभरब्राइट समूहका पूर्वअध्यक्षलाई भ्रष्टाचार तथा घुसखोरीको आशङ्कामा पक्राउ गरिएको थियो ।

बाँकेमा सरकारद्वारा अनुदानमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग

जानकी(बाँके), १२ माघ : नेपाल सरकारद्वारा अनुदानमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वमा वाणिज्य कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा गरिएको अनुगमनमा बाँकेको नरैनापुरस्थित राप्ती कृषि सहकारी संस्था लिमिटेड मटैयाको आकस्मिक अनुगमन गर्दा कैफियत भएको पाइएको छ ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते दुई सय बोरा नेपाल सरकारबाट प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा फेला परेको छ । सप्रजिअ गुरुङका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको पाइएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानको युरिया मल बाटोबाट नै गायब भएको छ ।

सो सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ता हित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरी गोदाममा रहेको ६४ बोरा अनुदानको मल हाललाई शिल गरी गायब भएको एक सय बोरा मलका विषयमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा कालोपत्रका लागि परीक्षण सुरु

तनहुँ, १२ माघ : मुग्लिन–पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण सुरु भएको छ । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो ।

कालोपत्रमा प्रयोग गरिएका इक्युमेन्ट तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर परीक्षण गरिएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले राससलाई जानकारी दिनुभयो ।
जामनुेबाट कोत्रेसम्मको पाँच किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्र गर्ने कन्टयाक्टरले प्रतिबद्धता जनाएअनुरुप प्रक्रिया अघि बढाइएको हो । पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ । पश्चिम खण्डमा हालसम्म १५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एण्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।

त्यसैगरी मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमी गरी उक्त दूरीमा कालोपत्र सम्पन्न भएको हो ।

पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमी दूरीमा कालोपत्रको कार्य भइरहेको छ । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्न बेस हाल्ने काम भइरहेको छ ।

पूर्वी खण्डमा ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । उक्त खण्डको काम २०८१ वैशाखसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

सङ्खुवासभामा आगलागी हुँदा २० लाखको क्षति

किमाथाङ्का (सङ्खुवासभा), १२ माघ : सङ्खुवासभाको मकालु गाउँपालिका–२ लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ ।

आगलागीबाट मकालु–२ लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो । आगलागीबाट करिब रु २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।

मोरङको उर्लाबारीमा फेला परेको हिउँ चितुवा उद्धार गरी ल्याइयो सदर चिडियाखाना

काठमाडौँ ।  पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर आज सार्वजनिक गरिएको छ ।

समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षणकोषलगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको हो ।

विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताए । यही माघ ९ गते त्यहाँ देखिएको उक्त चितुवालाई संरक्षणमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सक्रियतामा उद्धार गरी सदर चिडियाखाना जाउलाखेल ल्याइएको हो ।

उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्नेबारेमा अनुसन्धान थालिएको पत्रकार सम्मेलनमा बताए । 

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो ।

विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ । हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित बासस्थान रहेको छ ।

यसको सङ्ख्याको वितरणका आधारमा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्मको हिउँ चितुवाको बासस्थानलाई पश्चिमी भूपरिधि, मध्य भूपरिधि र पूर्वी भूपरिधिमा विभाजन गरिएको छ । विश्वमा यसको अनुमानित सङ्ख्या तीन हजार नौ २१ देखि छ हजार दुई ९० रहेको छ । नेपालमा तीन सय एकदेखि चार सय सङ्ख्यासम्म रहेको अनुमान गरिएको छ । यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्दछ ।

‘कांग्रेस अब सुध्रिएर अघि बढ्नुपर्छ’- प्रकाशमान सिंह

मनहरि (मकवानपुर), १२ माघ : नेपाली कांग्रेस वागमती प्रदेश समितिको स्थापना दिवस समारोहलाई हेटौँडामा आज सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्ना कमीकमजोरी सच्च्याएर कांग्रेस सुध्रनुपर्ने बताउनुभयो । पछिल्लो समय पदमा पुगेपछि पार्टीभित्र वा जनप्रतिनिधि भएपछि आफ्नो जिम्मेवारी वहन गर्न उन्मुख नभएको भन्दै अब सुशासन र आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस संविधान निर्माण र कार्यान्वयनको पक्षमा निरन्तर लागिरहेको उहाँले दोहो¥याउनुभयो ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको उक्त समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजन केसी, केन्द्रीय सदस्य एवं प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्र वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नव निर्वाचित राष्ट्रिय सभा सदस्यहरु जीतजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण प्रसाद अधिकारी र धनश्याम रिजाल विश्वकर्मा, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, प्रदेश उपसभापति चन्द्र महर्जनले नेपाली कांग्रेसले देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

विकास–निर्माणमा केन्द्रित हुन मन्त्री गुरुङको जोड

झापा, १२ माघ : सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको काकडभिट्टामा रहेको ६० विगाह जमिन पालिका तथा सङ्घसंस्थालाई हस्तान्तरणबारे सरोकारवालसँग आज भएको छलफलमा सबै पार्टीले विकास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर नगरपालिका क्षेत्रका राजनीतिक दलबीचमा हुने एकता, सहकार्य कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्मचारीहरुलाई निर्धक्क काम गर्न आग्रह गर्दै राजनीतिक दलबाट गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पालिकाका प्रमुख गोपाल बुढाथोकीले नगर क्षेत्रमा रहेको आवास कम्पनी मातहतको जग्गासम्बन्धी तथ्याङ्क सहितको फायल मन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभयो । उहाँले चाँडोभन्दा चाँडो जग्गाको समस्या समाधानका निम्ति आग्रह पनि गर्नुभयो

सामाजिक काममा सघाउँदै तनहुँ हाइड्रो

दमौली (तनहुँ), १२ माघ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ । आयोजनाबाट प्रभावित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत नाला तथा आमा समूहको भवन निर्माण, तटबन्धन, सडक बत्ती जडान, नदी नियन्त्रणलगायतका काम गर्दै आएको हो ।

आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।”

आयोजनाको सहयोगबाट व्यास नगरपालिका–५ वेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुई तले आठ कोठा भवनको काम अन्तिम चरणमा पुगेको छ । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायीबीच रू एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माणको काम पनि हालै सुरु भएको छ । रू ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु भएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत ऋषिङ–१ झापुटारमा नाला निर्माण, व्यास–५ स्थित सेतीमादीको दोभानस्थित पराशर पार्कमा तटबन्धन, व्यास–१३ बेलवासमा सिद्धबेनी माध्यमिक विद्यालयमा सुधारात्मक निर्माण, आमा मिलीजुली समूहको भवन, व्यास–५ को चापाघाटदेखि आयोजनाको क्याम्पसम्म सडक बत्ती जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै व्यास–१३ को बेलवासदेखि ऋषिङ–१ झापुटारसम्म सेती नदीमा तटबन्धन, आयोजना प्रभावितलाई सीपमूलक तालिम, कोभिड प्रभावित विपन्न परिवारको सहयोगार्थ राहत वितरण, भिमाद–५ वान्टाङ खोलामा पाइप कल्भर्ट, सिँचाइ, कुलो, खानेपानी, पल्ट्याङमा ग्रामीण सडक स्तरोन्नति, म्याग्दे–४ मा खानेपानी पूर्वाधार निर्माणमा आयोजनाले सहयोग पु¥याएको छ ।

आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत ११ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालित छन् । आयोजनाको बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने व्यास–५ स्थित सेती र मादी नदीको दोभानको दायाँतर्फको नदी किनार संरक्षण कार्य रू रु एक करोड ८९ लाख ५० हजार ३० मा खरिद सम्झौता भई निर्माण सम्पन्न भएको जनाइएको छ ।

भिमाद–५ मा रू छ लाख ७२ हजार तीन सय ६६ को लागतमा बिर्ता ढुङ्गे सिँचाइ नहर, रू २० लाख ७५ हजार तीन सय ९४ को लागतमा वान्टाङखोला अस्थायी मर्मत कार्य सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–४ मा रू १८ लाख ६५ हजार एक सय ९३ को लागतमा डडुवा कोलडाँडा पिपलथोक धारादी लिफ्टिङ खानेपानी योजना, रू २२ लाख ६० हजार २४ मा ऋषिङ–१ स्थित चालिसे काहुँ झापुटार सडक मर्मत, रू १२ लाख ८२ हजार आठ सय २२ को लागतमा पल्ट्याङ ग्रामीण सडक स्तरोन्नति, ऋषिङ–१ मा रू नौ लाख २० हजार एक सय ६७ को लागतमा खोल्सी ढल व्यवस्थापन, व्यास–५ वडा कार्यालयमा रु १२ लाख एक हजार नौ सय आठको लागतमा वडा वनको पेटी मर्मत गरिएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाबाट प्रभावितलाई विभिन्न सीपमूलक तालिम दिएर उद्यमी बनाउने प्रयास गरिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । आयोजनाको पुनःस्थापना तथा आदिवासी जनता योजनामा व्यवस्था भएअनुरुप आयोजना प्रभावितको सामाजिक विकास एवं जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत बाख्रापालन, सिलाइबुनाइ, हाउस वायरिङ, प्लम्बिङ तालिम प्रदान गरिएको आयोजनाले जनाएको छ । आयोजनाले प्रभावित क्षेत्रका एक सय २१ जनालाई सीपमूलक तालिम प्रदान गरेको उहाँको भनाइ थियो ।

स्वतन्त्र पत्रकारिताको मर्मविपरीत विधेयक आउँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी, १२ माघ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको मर्मविपरीत प्रदेश आमसञ्चार विधेयक नल्याइने प्रष्ट पार्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पुरस्कार अर्पण समारोहमा उहाँले पत्रकारिता जगत्बाट प्राप्त सुझावकै आधारमा सो विधेयक बन्ने बताउनुभयो ।

“तपाईँहरू ढुक्क हुनुहोस्, प्रदेश सरकारले स्वतन्त्र पत्रकारिताको उद्देश्य र मर्मविरुद्ध हुनेगरी कानुन ल्याउँदैन, यहाँहरूले दिएको सुझावमा सामान्य यताउता होला, तर विधेयकको मूल सारमा कुनै परिवर्तन हुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “विषयगत समितिमा छलफल टुङ्गिएपछि आमसञ्चार विधेयकको अन्तिम प्रतिवेदन तयारीको काम भइरहको छ, प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट पारित हुन्छ ।”

उहाँले सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रले आफ्नो विश्वसनीयता कायम राख्नुपर्ने चुनौती बढेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकास र पत्रकारको पेसागत सुरक्षाका लागि योजना बनाएर काम थालेको बताउनुभयो । पत्रकारको वृत्तिविकास, लोककल्याणकारी विज्ञापनलगायतका क्षेत्रमा प्रदेश सरकारले लगानी वृद्धि गरेको उहाँले उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशसभा : विपद् जोखिम तथा व्यवस्थापन ऐन संशोधन गरिँदै

सुदूरपश्चिम, १२ माघ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रभावकारी ढङ्गले काम गर्न यससम्बन्धी ऐनमा संशोधन विधेयक ल्याउनुपरेको बताउनुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा मन्त्री भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सवालमा केन्द्रको ऐन र प्रदेशको ऐनमा एकरुपता ल्याउँदै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संशोधन विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

विधेयकमाथिको छलफलमा प्रदेशसभाका सदस्य मेघराज खड्का, अक्कलबहादुर रावल, धर्मराज पाठक र टीका थापाले भाग लिनुभएको थियो । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

‘राजनीतिक अस्थिरता र सामाजिक अराजकताले नै विकास र समृद्धिमा बाधा पुर्याएको छ’- शङ्कर पोखरेल

म्याग्दी, १२ माघ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मध्यपहाडलाई नेपालको समृद्धिको आधारशीलाका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । बेनीमा आज एमाले म्याग्दीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले हालै सञ्चालन गरिएको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमार्फत पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने उल्लेख गर्नुभयो ।

“पहाडबाट बसाइँसराइ रोकेर अवसरको सिर्जना गराउन सरकारलाई सुझाव दिएका छौँ”, महासचिव पोखरेलले भन्नुभयो । जातिवादी र अतिवादी शक्तिले परिवर्तनको विरुद्धमा फैलाएको भ्रम चिर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डोहोर्याउन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरता र सामाजिक अराजकताले नै विकास र समृद्धिमा बाधा पुर्याएको छ ।”

महासचिव पोखरेलले निर्माण भएका अन्तराष्ट्रिय विमानस्थल सञ्चालन, राज्यलाई कमजोर बनाउने गतिविधि नियन्त्रण, उत्तरदक्षिण र पूर्वपश्चिम जोड्ने लोकमार्ग, आधारभूत अस्पताल निर्माणसम्बन्धी दूरगामी योजनालाई महत्व दिँदै लगानी र सुरक्षाको वातावरण बनाएर युवा पलायन घटाउन नीति लिन सरकारसँग माग गर्नुभयो । जनतामा आशा जगाउँदै उनीहरूको समस्या पहिचान र सम्बोधन गराउँदै आगामी चुनावमा एकल बहुमत प्राप्त हुनेगरी सङ्गठन निर्माणमा परिचालन हुन नेता–कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

दुई दिनसम्म चल्ने अधिवेशनले म्याग्दी जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा चार सय १९ प्रतिनिधिले भाग लिएका छन् ।

संसदीय दलको नेता परिवर्तन

सुदूरपश्चिम, १२ माघ : सुदूरपश्चिम प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभाका बहुमत सदस्यले आज दलको नेता परिवर्तन गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको आज बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिनुभयो । दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको छ । धामी दार्चुलाको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

दलका नेता खगराज भट्टप्रति बढेको असन्तुष्टिकै कारण दलको नेता परिवर्तन गरिएको उपनेता रावलले बताउनुभयो । दलको नेता परिवर्तनको जानकारी प्रदेशसभा सचिवालयलाई दिइएको छ । पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्ने मन्त्रीको कामप्रति पनि असन्तुष्टि रहेको बताइएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलिछ छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका ११ सदस्य छन् ।

जापानमा डुङ्गा दुर्घटनामा हुँदा दश जना घाइते

बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भू–क्षय रोक्न बनाइएको वालमा ठोक्किँदा दश जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानको तटरक्षकले योकोहामा बन्दरगाहबाट पाहुनालाई रातको दृश्यको आनन्द दिनका लागि प्रस्थान गरेको मोटरबाट चल्ने डुङ्गा सामुद्रिक किनारमा ठोक्किएर डुबानमा परेको जापानी दैनिक मैनिची सिम्बुनले शुक्रबार जनाएको छ । योकोहामा शहर अग्नि नियन्त्रण विभागका अनुसार डुङ्गा दुर्घटनामा घाइते १० जनालाई नै तत्काल अस्पताल लगिएको छ ।

उनीहरूमध्ये दुई जना गम्भीर घाइते भएका र अन्य आठ जना सामान्य घाइते भएका बताइएको छ । कार्यालयका अनुसार जहाजमा १३ जना यात्रु र चालक दलका सदस्यहरू थिए । जहाज त्यो साँझ योकोहामा बन्दरगाहबाट कावासाकी सहरका लागि निस्किएको र योकोहामा फर्कँदै गर्दा सामुद्रिक किनारामा ठोक्किएको बताइएको छ ।

राजा चार्ल्स तृतीय प्रोस्टेट शल्यक्रियाका लागि अस्पताल भर्ना

राजा चार्ल्स तृतीयलाई बढेको प्रोस्टेटको ‘सुधारात्मक प्रक्रिया’ का लागि शुक्रबार लन्डनको एउटा निजी अस्पतालमा भर्ना गरिएको बकिङ्घम दरबारले बताएको छ ।

वेल्सकी राजकुमारीले पेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहनुभएको लन्डन क्लिनिकमा ७५ वर्षीय राजाको उपचार गरिनेछ । अस्पताल पुगेपछि राजाले राजकुमारी केटलाई भेट्नुभएको थियो । दरबारले भनेको छ, “राजालाई बिहान निर्धारित उपचारका लागि लन्डनको एउटा अस्पतालमा भर्ना गरिएको छ, गत साता शुभकामना पठाउने सबैलाई राजाले धन्यवाद दिन चाहनुभएको छ ।”

सोह्र महिनाअघि राजगद्दीमा बस्नुभएका राजा चार्ल्सलाई गत जनवरी १७ मा लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उहाँको अवस्था सामान्य भएको पत्ता लागेको थियो । उहाँले कार्यक्रमहरू रद्द गर्नुभयो र उहाँलाई उपचार प्रक्रियाअघि आराम गर्न आग्रह गरिएको थियो ।

राजाको शन्यक्रियाका बारेमा प्रचारलाई सार्वजनिक स्वास्थ्य सल्लाहअनुसार अन्य पुरुषहरूलाई प्रोस्टेटको परीक्षण गराउन प्रोत्साहन गर्ने अवसरका रूपमा हेरिएको छ । आफ्नो निदानले जनस्वास्थ्य जागरुकतामा सकारात्मक प्रभाव परेको जानेर राजा खुशी हुनुभएको दरबारले बताएको छ ।

‘बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन राष्ट्रिय बालबालिका नीति’

काठमाडौँ, १२ माघ : सरकारले बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ तर्जुमा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र शासकीय संरचनाको परिवर्तनसँगै बाल अधिकार र संरक्षणमा नवीनतम सवाललाई अझ बढी संवेदनशील र नतिजामुखी ढङ्गले सम्बोधन गर्नका लागि बालबालिकासम्बन्धी राष्ट्रिय नीति–२०६९ लाई पुनरावलोकन गरी राष्ट्रिय बालबालिका नीति–२०८० तर्जुमा गरेको हो ।

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बाल अधिकारको क्षेत्रमा प्रमुख भूमिका निर्वाह गर्दै आएको परिषद्लाई सङ्घीयताअनुरुप नीति आवश्यक रहेको बताउँदै बाल संरक्षण क्षेत्रमा क्रियाशील विभिन्न निकाय तथा गैरसरकारी क्षेत्रलाई सहज ढङ्गले परिचालन गर्न उक्त नीतिले मद्दत पुग्ने बताउनुभयो । बालबालिका संरक्षणमा नवीनतम आयामको प्रयोग गर्दै स्थानीय तहका संयन्त्र सुदृढ बनाउन नीतिले सहजता प्रदान गर्ने उहाँको भनाइ थियो ।

नीतिले सार्वजनिक, निजी, सहकारी, गैरसरकारी संस्था, सामुदायिक संस्थालगायतका क्षेत्रमा बालमैत्री सेवा र व्यवहारको विकास गर्नका साथै बालबालिकासम्बन्धी योजना एवं कार्यक्रममा सामञ्जस्यता ल्याउन, विशेष संरक्षणको आवश्यकता भएका, हिंसा र दुव्र्यवहारमा परेका बालबालिकालाई संरक्षण सेवा प्रदान गर्नका लागि तीनै तहका संस्थागत संरचनालाई व्यवस्थित गरी बालअधिकारको संरक्षण, प्रवद्र्धन तथा संरक्षण प्रणाली सुदृढ गर्न टेवा पु¥याउने भएको छ ।

बाल अधिकार सुनिश्चित बालमैत्री राष्ट्र निर्माण गर्ने दीर्घकालीन सोचसहित प्रत्येक बालबालिकाको उच्चतम हितलाई ध्यानमा राख्दै सर्वाङ्गीण विकास तथा अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्ने यस नीतिको लक्ष्य रहेको परिषद्का चन्दले बताउनुभयो ।

बालबालिकासम्बन्धी कानुनलाई आवश्यकताअनुसार समसामयिक रुपमा परिमार्जन वा नयाँ कानुन तर्जुमा गरी तिनको प्रभावकारी कार्यान्वयन गर्ने, तीनै तहका बाल अधिकार, बालसंरक्षण तथा बाल न्यायसम्बन्धी संस्थागत संरचना तथा संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गर्ने रणनीति रहेको छ ।

त्यस्तै, जोखिममा रहेका बालबालिकाको जोखिम न्यूनीकरणका लागि सचेतना तथा उपलब्ध सेवा सुविधामा पहुँच बढाउने, धर्म संस्कृति तथा परम्पराको नाममा हुने हरेक प्रकारका हानिकारक अभ्यासको अन्त्य गर्ने, बालबालिकामाथि हुने शारीरिक दण्ड सजाय, विद्युतीय माध्यमबाट हुने दुव्र्यवहार, बालश्रम, ओसारपसार तथा बेचबिखनको अन्त्य गर्न तीनै तह र समुदायका सरोकारवाला समेतलाई सशक्त बनाउँदै प्रतिकार्य र सचेतना अभिवृद्धि गर्ने, बालबालिकाको सर्वोत्तम विकासका लागि पोषण योजना कार्यान्वयन गरी कुपोषण न्यूनीकरण गर्नेलगायतका रणनीति रहेका छन् ।

सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना

नवलपुर, १२ माघ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो ।

होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरुप होटललाई रु पाँच हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभयो । मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा समेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ थियो ।

गैँडाकोटको सडक किनारमा सञ्चालित होटलले अस्वस्थ्यकर खाना खुवाएको जन गुनासो आएपछि गैँडाकोटको कांग्रेसचोक, थुम्सीलगायत क्षेत्रका विभिन्न होटल तथा पसलमा आज अनुगमन गरिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिनुभयो । केही स्थानमा भेटिएका शङ्कास्पद खाद्य पदार्थको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन गरिएको भन्दै उहाँले अनुगमनका क्रममा स्थानीय पसललाई मूल्यसुची राख्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सुझाव दिइएको बताउनुभयो ।

गैँडाकोटमा सञ्चालित अधिकांश किराना पसल तथा होटलहरुमा चिसो पेय पदार्थको म्याद गुज्रिएको अवस्थाका फेला परेका आचार्यले जानकारी दिनुभयो । म्याद गुज्रिएका पेय पदार्थ भेटिएको पसलका सञ्चालकले आफूहरुलाई डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको गुनासो गरेका थिए ।

मूल्यसूची तथा परलमा साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नवीकरण नभएको, किराना पसलमा खाद्य सामग्री र विषादी एकै स्थानमा राखिएको, सरसरफाइमा कमजोरी भेटिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको आचार्यले जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कावासोती, गैँडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समिति, इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटको नगर प्रहरीले संयुक्तरुपमा बजार अनुगमन गरेका हुन् ।

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने

काठमाडौँ, १२ माघ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ ।

छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गर्नुभयो ।

छलफलमा नेपाल वायुसेवा निगमका अध्यक्षसहित सुर्खेतबाट हवाई सेवा दिने व्यवस्था मिलाउन गठित समितिका पदाधिकारीहरूको समेत सहभागिता थियो । छलफलमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, सङ्घीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताउनु भयो ।

नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबीच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीका लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने बिषयमा समेत छलफल भएको थियो।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताउनुभयो । “यसका लागि समिति पनि गठन गरिएको छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “हामी सुर्खेतबाट हवाई सेवा दिन तयारी गरिरहेका छौँ ।”

उपप्रधानमन्त्री खड्कासँगको छलफलको क्रममा गठित समितिका सदस्य सचिव दीपेश पुनले माघभित्र तयारी पूरा गरी फागुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताउनुभयो । उहाँले थप प्रष्ट पार्दै भन्नुभयो, “कर्णाली प्रदेशका अन्य जिल्लालाई हवाई उडानमार्फत सुर्खेतमा जोड्ने गरी काम गरिरहेका छौँ ।”

सो अवसरमा उपप्रधानमन्त्री खड्काले निगमलाई हाल उपलब्ध सबै विमान उपयोग गरी देशभित्र र विश्वका विभिन्न गन्तव्यहरुमा उडान विस्तार गर्न रणनीतिक योजनाका साथ अघि बढ्न सुझाव दिनुभयो । “नेपाल एयरलाइन्सले हाल भइरहेका विमानको पूर्ण क्षमतामा सञ्चालन गरी अधिकतम लाभ लिन सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

छलफलको निष्कर्षमा उपप्रधानमन्त्री खड्काले पुनः जोड दिँदै निगम अधिकारीलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला र पायक पर्ने छिमेकी जिल्लाहरुमा समेत नेपाल एयरलाईन्सले नियमित हवाई सेवा संचालन गरी त्यहाँका जनताको वर्षौंदेखिको हवाई सेवा प्राप्त गर्ने आकाङ्क्षा पूरा गर्न विशेष जोड दिनुभयो ।

प्रदेश सरकारको विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम

भेरीगङ्गा (सुर्खेत), १२ माघ : कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम गरिएको दाबी गरेको छ । एक वर्षको प्रगति विवरण आज सार्वजनिक गर्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापनतर्फ धेरै काम गरेको दाबी गरेको हो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले एक वर्षको अवधिमा प्रदेश विपद् गोदाम घर निर्माण गरी राहत र उद्धार सामग्री भण्डारण सुरु गरिएको जानकारी दिनुभयो । स्थानीय तह, सुरक्षा निकाय, विकास साझेदारसँगको समन्वयमा भूकम्पपीडित नागरिकलाई तत्काल राहत वितरण तथा उद्धार गरिएको भन्दै मन्त्री जिसीले प्रभावित क्षेत्रको समस्या पहिचानका काम तत्काल अगाडि बढाइएको बताउनुभयो ।

मन्त्रालयले एक वर्षको अवधिमा आपत्कालीन कार्य सञ्चालन केन्द्रका लागि सामग्री खरिद गरी जिल्ला आपत्कालीन काम सञ्चालन केन्द्रलाई हस्तान्तरण गरिएको र अन्य जिल्लामा हस्तान्तरणको प्रक्रियामा रहेको मन्त्री जिसीले जानकारी दिनुभयो ।

यसैबीच प्रदेश विपद् व्यवस्थापन कोषमा रु चार करोड २३ लाख ७६ हजार आठ सय २० जम्मा भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा रु पाँच करोड रकम पठाइएको जनाइएको छ । जसअन्तर्गत सुर्खेतमा रु ५० लाख, दैलेखमा रु ४० लाख ५० हजार, जाजरकोटमा रु ७० लाख र सल्यानमा रु ५१ लाख रकम पठाइएको मन्त्री जिसीले बताउनुभयो ।

यस्तै, रुकुम पश्चिममा रु ५४ लाख, जुम्लामा रु ५० लाख, हुम्लामा रु ५१ लाख रु ५० लाख, कालीकोटमा रु ५० लाख, डोल्पामा रु ३० लाख र मगुमा रु ५३ लाख रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको मन्त्री जिसीले जानकारी दिनुभयो ।

मन्त्रालयले शान्तिसुरक्षातर्फ पनि थुप्रै काम भएको भन्दै मन्त्री जिसीले ६६ वटा पालिकामार्फत रु आठ करोड ८२ लाख ८८ हजार द्वन्द्वपीडित घाइते अपाङ्गता तथा सहिद स्मृति भत्ता उपलब्ध गराइएको मन्त्री जिसीले जानकारी दिनुभयो । भत्ता पाउनेमा दुई हजार ८३ जना सहिद परिवारका व्यक्ति र एक हजार चार सय २९ जना घाइते परिवारका व्यक्ति रहेको प्रदेश सरकारले जनाएको छ ।

मन्त्रालयले विभिन्न क्षेत्रमा सन्तोषजनक प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयको यो वर्षको बजेट कार्यान्वयन भने सुस्त देखिएको छ । पुँजीगततर्फ जम्मा बजेट रु ३४ करोड ४७ लाख २१ हजारमध्ये जम्मा २२.८६ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगत खर्च ३२.२९ प्रतिशत भएको जनाइएको छ ।

एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेस गर्छौ : मन्त्री बस्नेत

काठमाडौँ, १२ माघ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गरिने बताउनुभएको छ ।

वैकल्पिक ऊर्जा तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा बदलिएको परिस्थिति तथा समयको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयक’ संसद्मा पेस गर्न लागेको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले मुलुकभर ९८ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको उल्लेख गर्दै आगामी डेढ वर्षभित्र शतप्रतिशत घरमा पुग्नेगरी काम अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

हाल बिजुली बाल्न मात्रै उपलब्ध भएकाले त्यसलाई अन्य प्रयोजनमा उपलव्ध गराउने र विद्युत् खपत अभिवृद्धि गर्ने लक्ष्यका साथ सरकारले योजनाबद्ध र सार्थक प्रयास गरिरहेको उहाँको भनाइ छ । जलविद्युत् पनि नवीकरकणीय ऊर्जा नै भएकाले यसबाट थप लाभ लिनुपर्नेमा जोड दिँदै कार्बन व्यापारलाई सरकारले उच्च प्राथमिकता दिएको मन्त्री बस्नेतले बताउनुभयो ।

हालै संयुक्त अरब इमिरेटस् (युएई)मा सम्पन्न भएको कोप–२८ ले पनि सन् २०३० सम्म नवीकरणीय ऊर्जाको प्रयोग र उत्पादनलाई दोब्बर बनाउने लक्ष्य राखेको जानकारी दिँदै मन्त्री बस्नेतले आन्तरिकरूपमा पनि यही नीतिअनुसार नै अगाडि बढ्ने बताउनुभयो ।

सरकारले सधैँ निजी क्षेत्रको जायज माग सम्बोधन गर्दै आएको स्पष्ट पार्दै नवीकरणीय ऊर्जाको क्षेत्रमा क्रियाशील सङ्घसंस्था वा व्यवसायीसँग पनि सरकार मिलेर काम गरिरहेको उल्लेख गर्नुभयो । सरकारले नीति, विधि, ऐन, कानुन निर्माण गरेर सहजीकरण गरिदिएको स्पष्ट पार्दै मन्त्री बस्नेतले भन्नुभयो, “निजी क्षेत्रले पनि स्पष्टरूपमा हामी यसो गर्छौँ भनेर आउनुपर्यो । सधैँ माग राख्ने काम भने नगर्ने प्रवृत्ति त्याग्नैपर्छ ।”
राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले ऊर्जा क्षेत्रको समग्र विकास गर्ने ध्येयका साथ सरकारले आवश्यक कानुनी, संरचनागत प्रबन्ध गरेको र त्यसलाई कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतले वैकल्पिक र नवीकरणीय ऊर्जाको क्षेत्रको विविध आयामका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । बार्षिकोत्सवका अवसरमा नवीकरणीय ऊर्जाको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्था र २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो ।

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो ।

दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविधुत् आयोजनाद्वारा बिजुली बालिएको थियो । हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन् ।

स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युत्को माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो । “लघु–जलविद्युत् मर्मतसम्भार हुन नसक्दा यिनले धान्न सकेनन्, स्थानीयस्तरमा साना उद्योग स्थापना तथा अन्य उपकरण सञ्चालनका लागि विद्युत्को माग बढ्दै गएपछि केन्द्रीय प्रसारण लाइन विस्तारमा जोड दिएका हौँ”, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने। उनका अनुसार केन्द्रीय प्रसारलाइन जोडिएपछि पहिले झैँ पटकपटक अन्धकारमा बस्नुपर्ने छैन ।

प्राधिकरणको बनेपास्थित वितरण केन्द्रप्रमुख इञ्जिनियर अमृत अधिकारीले जिल्लाको दक्षिणी क्षेत्र डाँडापारी क्षेत्रका महाभारत, खानीखोला गाउँपालिकामा हाल केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउन धमाधम काम भइरहेको जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब दुई हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् बलेको छ । वडा नं १ मा करिब तीन सय थान मिटर पठाउने तयारी भइरहेको बताउँदै अधिकारीले वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको बताए ।

केन्द्रका अनुसार डाँडापारीकै अर्को क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामासमेत केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउने काम थालिएको छ । खानीखोलाको ५ र ७ नं वडा का केही घरमा विद्युत् लाइन पु¥याइसकिएको केन्द्रका सूचना अधिकारी ई सुरोज पराजुलीले बताए ।

उनका अनुसार खानीखोलाका दुई वडाका करिब एक हजार घरमा उक्त विद्युत् पुगेको हो । गाउँपालिकाको अन्य बस्तीमा लाइन विस्तार गर्दै जाने योजना केन्द्रको छ । खानीखोला–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले दुई सय ६७ मिटर गाउँमा आइपुगेको बताउँदै लाइन जोड्ने काममा केही ढिलाइ भएको बताए ।

बुद्धिबहादुरका अनुसार ठेकेदार कम्पनीले बिग्रेको ट्रान्समिटर जोडेका कारण एक सयभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छैन । यस्तै वडा नं ५ मै आफ्नो घरमा केन्द्रीय प्रसारण विद्युत् जोडिदिन तीन सय २२ स्थानीयले मिटरका लागि निवेदन दिएको स्याङ्तानले जानकारी दिए । यसैगरी रोशी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको जनाइएको छ । हालै वडा नं ११ भीमखोरीस्थित छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ, अमलाबासको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको हो । यसअघि छ सय १२ घरधुरीमा जडान भइसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए ।

उनकाअनुसार उक्त वडामा करिब ७८ घरमा लाइन जडान गर्न बाँकी छ भने केही घरमा सामुदायिक विद्युतीकरण विद्युत् जडान गरिएको छ । स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्क विद्युत् मिटर वितरण गरेको थियो । वडा नं ११ र १२ का करिब १५० सय घरमा उक्त प्रसारण लाइन पु¥याउन बाँकी रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार वडा नं १२ मा पनि सामुदायिक विद्युतीकरण गर्दा छुटेका करिब ५० घरमा केन्द्रीय प्रसारण लाइन विस्तारको योजना बनाइएको छ ।

सरकारले ‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ: सांसद केसी

काठमाडौँ ।  सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐन/कानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने गारोसाँघुरो हटाउँदै समृद्धिका लागि आवाज उठाउने रहेको छ । संविधानसभामार्फत संविधान जारी भई मुलुक सङ्घीयतामा प्रवेश गरेपछि प्राप्त उपलब्धिको रक्षाका लागि तीन तहका सरकारले यसबीचमा जुन ढङ्गबाट तीव्ररुपमा आवश्यक कानुन बनाउनपथ्र्याे, त्यो हुन सकेन । पछिल्लो एक वर्षमा पनि त्यति प्रभावकारीरुपमा कानुन निर्माण भएनन् । विगतमा कोभिड सङ्क्रमणका कारण जनजीविकाका अन्य काममा पनि बढी क्रियाशील हुनुपर्यो ।

कानुन निर्माणका हिसाबले गएको एक वर्षको समय त्यतिकै खेर फालियो । कानुन बनाउने जिम्मेवारी व्यवस्थापिकाको भए पनि बिजनेस दिने काम सरकारको हुन्छ । कानुन कस्तो बनाउने भनेर सरकारले विभिन्न चरणमा छलफल चलाएरमात्र विधेयक सदनमा ल्याउँछ । सरकारले संसद्लाई बिजनेस नै नदिएर अड्काएपछि हामी सांसदले कति पटक विधेयक ल्याउनुस् भनिरहनु ?

कतिपय विषयगत समितिका बैठक गणपूरक सङ्ख्या नपुगेर स्थगित हुन पुगेको मैले पनि सुनेको छु । अधिवेशन चलेका बेला बिहान समितिका बैठक र दिउँसो सदन चलाउने हो भने गणपूरक सङ्ख्याको चुनौती देखिन्न । सांसद भनेका कानुन निर्माता र विकास निर्माणका अभियन्ता पनि हुन् । सांसदसँग विकास निर्माणको मुख्य जिम्मेवारी छ भन्ने आममतदाताको बुझाइ छ ।

प्रतिनिधिसभामा काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट म प्रतिनिधित्व गर्दै आएको छु । मतदाताले अहिलेसम्म कस्तो संविधान र कानुन बन्यो भनेर सामान्यतया प्रश्न गर्नुहुन्न । बरु उहाँहरु धारा, अस्पताल, सडक, खानेपानीका योजना माग्नुहुन्छ । अधिवेशन चलेको समयबाहेक जनप्रतिनिधि निर्वाचन क्षेत्र र जिल्लामा जाने भएकाले परिस्थितिजन्य कारणबाट समिति बैठकमा उपस्थिति हुन नसक्नु भएको हुनुपर्छ । आगामी दिनमा समितिलाई संसद् अधिवेशन र समितिका बैठकबीच तालमेल गरी जोडेर लैजानुपर्छ ।

नेपाली कांग्रेस मुलुकको पुरानो, जिम्मेवार र ठूलो प्रजातान्त्रिक दल भएका कारण सत्तापक्षमा रहँदा होस् वा प्रतिपक्षमा कहिल्यै सडकजाम गर्ने, सदन अबरोध गर्नेजस्ता कार्य गरेन । विगतमा पनि कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा रहने जनताको अभिमतको सम्मान गरेकै थियो । नेकपाको आन्तरिक कारणबाट पार्टी विभाजित भएपछि कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

निर्वाचनलगत्तै लोकतान्त्रिक वामगठबन्धन कि कम्युनिष्ट वामगठबन्धनको सरकार बनाउने भन्नेमा हालका प्रधानमन्त्रीलाई दुवै पक्षको समर्थन हुन पुग्यो । चुनावको जनभावना लोकतान्त्रिक वामगठबन्धनबीचको सरकार पाँच वर्षसम्म कायम रही विकास निर्माणलाई गति प्रदान गर्दै राजनीतिक स्थिरिता दिनुपर्छ भन्नेछ ।

सोहीअनुसारको सरकार गठन भई अघि बढिरहेको छ । अर्काे पक्षले त्यसलाई आत्मसात् गर्न नसकेका कारण सदनमा बेलामौकामा विभिन्नखाले गत्यावरोध देखिँदै आएको छ । सदनमा जनभावनाविपरीत देखिने यस्ता कार्य रोक्न दल र जनप्रतिनिधि स्वयं सच्चिन आवश्यक छ ।

जनताद्वारा निर्वाचित भई ‘माननीय’ रहेको अवस्थामा आफ्नो भूमिका, कर्तव्य, संस्कारका साथै प्रयोग गरिने भाषालाई स्वयंले पनि हेक्का राख्नुपर्छ । भोलिको पिँढीलाई असल संस्कार दिन हामी स्वयं जिम्मेवार हुनुपर्छ ।

विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको चाहना भनेको भ्रष्टाचार अन्त्य, सुशासन कायमसँगै राज्यबाट प्राप्त हुने सेवासुविधा सुलभ र सहज होस् भन्नेछ । तर यहाँ मैले दुःखका साथ भन्नैपर्ने हुन्छ, हामीले त्यो दिन सकेनौँ । यो अवस्थामा कतै संविधान निर्माण प्रक्रिया नै गलत भयो कि भनेर पनि सोच्छु ।

सङ्घीयता नै सबै विकृतिको जड हो भन्ने पक्षमा म छैन । समयमै ऐन, कानुन दिएर सहजीकरण गर्नपर्ने थियो, त्यो हुन सकेको छैन । समग्रतामा प्रत्यक्ष ६० र समानुपातिक ४० को चुनावी अभ्यास छ, त्यो पद्धतिले चुनौती खडा गरिरहेको त छैन भन्ने प्रश्न उठेको छ । राजनीतिक स्थिरता नभई विकास र समृद्धि हासिल गर्न सकिन्न ।

अहिलेको संविधान र निर्वाचन प्रणालीअनुसार, कुनै दल विशेषको बहुमतको कल्पना पनि गर्न सकिन्न । बहुमत नआउँदा दशतिर फर्केको, विभिन्न विचारधारा बोकेका शक्तिसँग मिलेर सरकार बनाउँदा त्यहाँ विभिन्न छिद्र देखिने र अस्थिरता निम्त्याउँदा भ्रष्टाचार नियन्त्रण र सुशासनको पाटोमा कमजोरी हुन पुग्यो भन्ने एउटा कारणजस्तो लाग्छ ।

अहिले सुशासनको सवालमा गिर्दाे अवस्थामा छौँ । सेवासुविधा प्राप्त गर्ने सामान्य जनताले निकै सङ्घर्ष गर्नुपरेको छ । यस्तो अवस्थामा ऐन कानुन दिएर प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउन सकेको भए सेवाप्रवाहमा जनतालाई सुविधा प्राप्त हुनसक्थ्यो । अनि भ्रष्टाचार अन्त्य हुन सहयोग पुग्थ्यो ।

अहिलेका युवा सामाजिक सञ्जाल र प्रविधिमैत्री भएकाले उनीहरुलाई संसारको विकासका गति र अवसरलाई नजिकबाट नियाल्ने मौका मिलेको छ । मुलुकमा विकासको गति नदेखेपछि अवसरको खोजी गर्दै त्यो प्राप्तिका लागि विदेश पलायन हुन बाध्य भएका हुन् । अर्कातर्फ राजनीतिक नेताले मुलुकलाई ठीक दिशातर्फ हाँक्न नसेकेको उनीहरुले अनुभूति गरेको हुनुपर्छ । अरुको मुलुकलाई देखाएर र हेरेर नभई देश विकासको ढाँचा आफ्नै किसिमले गर्नुपर्र्छ । संसारमा कतिपय यस्ता देश छन् जो माछा मात्रै बेचेर समृद्ध भएका छन् ।

त्यस्ता मुलुकको तुलनामा नेपालमा पर्यटन, जलस्रोत, कृषिजस्ता अथाह प्राकृतिक स्रोतसाधन र सम्भावना छ । कृषिमा जोड दिने भनिए पनि उपकरण अभाव छ, पर्यटन क्षेत्रमा पनि सेवासुविधा कमजोर छ । विद्युत् मात्रै उत्पादन गरी बिक्री गरियो भने हामीलाई पुग्छ । उपलब्ध स्रोतसाधनको प्रयोग र समृद्धमा जाने स्पष्ट दृष्टिकोण अघि बढाएर युवाको विदेश पलायन रोक्न पर्छ ।

पैदलयात्राबाट १० घन्टामा हिँडेर पुगिने ठाउँमा मोटर चढ्दा पनि त्यतिकै समय लाग्ने  बाध्यता छ । सरकार निर्मम भएर आफ्नो स्रोतसाधनको अधिकतम उपयोग गर्ने हिम्मतिलो कार्ययोजना ल्याउन आवश्यक छ । नत्र मुलक प्रगति पथमा अघि बढ्न कठिन छ । देश विकासको स्पष्ट दृष्टिकोण भएन भने ऋण लिएर बनाइएको पोखरा विमानस्थल जस्तो हुन जान्छ । त्यहाँबाट उडानहरु हुन सकेका छैनन्, सावा र ऋणको बोझ भने बढेको बढेकै छ । आयोजनाका लागि ऋण लिने सन्दर्भमा तिर्ने सुनिश्चितता हुनुपर्छ । यसमा सरकार निर्मम हुन जरुरी छ ।

नेपालमा गुणस्तरीय पढाइ नभएर होइन, गुणस्तरीय शिक्षा र अवसर पाइरहेका पनि विदेश गएका छन् । उनीहरुमा भोलि भविष्य छैन कि भन्ने अनुमान देखिन्छ । त्यो मुलुकका लागि  दुर्भाग्यको हो । संसारको इतिहास अध्ययन गर्दा मुलुक बनाउन स्पष्ट दृष्टिकोणसहितको दूरदर्शी राष्ट्रिय नेता आवश्यक पर्दाेरहेछ । त्यो नेता नेपाली आमाले हालसम्म जन्माउन सक्नुभएको रहेनछ जस्तो लाग्छ । राष्ट्रमा उथलपुथल गर्दै ठीक ढङ्गले अघि बढाउनसक्ने नेता अहिले हामीलाई आवश्यक छ । सानो टालटुलबाट अब हुन्न । निजी स्वार्थरहित राष्ट्र निर्माणमा योगदान दिने पृथ्वीनारायण शाहजस्तो नेता आवश्यक छ, मैले त्यो कल्पना गर्छु ।

अब हामीले उत्पादनलाई श्रमसँग जोड्नुपर्छ । सरकारले निर्मम भएर एउटा कार्यक्रम ल्याउनुपर्छ । देश बाँझो राख्न हुन्न । उत्पादन र सेवा क्षेत्रको सुधार र विकासमा लगानी बढाउनुपर्छ । मुलुकमा उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोगबाट मात्र विकास सम्भव छ । आमजनतालाई म यही आह्वान गर्न चाहन्छु विदेश पलायन भएर होइन, यहाँ बसेर मात्र देश बनाउन सकिन्छ, नेपाल र नेपालीको भविष्य सुन्दर छ ।

(सांसद राजेन्द्रकुमार केसीसँग राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीमा आधारित सम्पादित अंश)

काभ्रे – हेटौँडा छोटो दूरीको सडक : धमाधम स्तरोन्नती हुँदै

काभ्रेको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको अमलटार–लेकपानी सडकखण्डको स्तरोन्नति भइरहेको छ।रोशी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै यो सडकमो निर्माणकार्य भइरहेकाले आगामी सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि यो सडक खण्ड भएर यात्रा नगर्न आग्रह गरेको छ।

गाउँपालिकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ।गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको जानकारी दिए।

५१ करोड ४४ लाख ८३ हजार रुपैयाँ लागतमा पूर्वाधार विकास कार्यालयबाट ठेक्का पाएको सिद्धबाबा ग्रिनतार जेभीले पहिलो चरणमा उक्त सडकखण्ड आगामी २०८३ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता छ। सम्झौताअनुसार सडक निर्माणसँगै रिटेनिङ वाल, स्ल्याब कल्भर्ट, ह्युमपाइपलगायतका संरचना निर्माण गर्नुपर्ने छ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रदेश सभासदस्य रत्न ढकालले गत मङ्सिर ३० गते संयुक्त रूपमा सो सडकखण्ड शिलान्यास गरेका थिए।

अमलटारहुँदै खार्पाचोक–लेकपानी–सुगुरेसम्म जाने सडक निर्माणका लागि १०–१२ वर्षअघि स्थानीय बासिन्दाले चन्दा उठाएर सुरु गरेकामा अहिले प्रदेश सरकारको गौरवको आयोजनाभित्र परेको छ।

पाठ्यपुस्तक छपाइको प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने गरी छपाइको काम तीव्र पारिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेको छ। भर्नाअघि नै छपाइ सक्ने गरी काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि गत वर्ष तीव्र गतिमा छपाइ सम्पन्न गरी इतिहासमा नै पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पु¥याउन आफूहरू प्रतिबद्ध रहेको बताए।

‘छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, चौबिसै घण्टा चलिरहेको छ। पुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी पनि सँगै चलिरहेको छ,’ उनले भने।

शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीव्रता आएको हो । निजी क्षेत्रका छापाखानालाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले बोलपत्र आह्वान गरिसकेको छ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब एक करोड ७० लाख पुस्तक आवश्यक भएकामा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी छन् । केन्द्रले दैनिक ७० हजार देखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाइ र तयारी भइरहेको जनाएको छ।

प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव सङ्गीता ओझालगायतको टोलीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो।

गत वर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताए।

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिए। ‘केन्द्रको काम सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ,’ उनले भने।

छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ जिसीले बताए।

आँखा उपचारमा ऐतिहासिक फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

काठमाडौँ, माघ १२ गते । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ ।

नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ ९आरओपी०का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ । विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहिआएको जनाइएको छ ।

आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा ऐतिहासिक सफलता पाएको हो । काठमाडौँ उपत्यकाभित्रकै एक अस्पतालबाट ‘रेफर’ भई आएको ती शिशुको आँखाको गत पुस १० मा शल्यक्रिया गरिएको थियो । सो जटिल शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईंले भन्नुभयो, “२९ हप्तामा जन्मेको शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलोपटक हो । बुधबार फलोअप उपचारका लागि शिशुलाई अस्पतालमा ल्याइएको थियो । मैले शिशुको दुवै आँखा परीक्षण गरेँ, आँखामा सुधार हुँदै गएको छ्र वृद्धिविकास हुँदै जाँदा समस्या न्यून हुँदै जाने देखिन्छ । तर फलोअप उपचार भने गरिरहनुपर्छ ।”

उहाँकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो । चिकित्सक बजगाईंले भन्नुभयो, “शिशुको दायाँ आँखाको लेजर प्रविधिबाट उपचार सफल भएपछि यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो, जुन सफल पनि भयो ।”

सो शल्यक्रियामा उहाँसहित पेडाएट्रिक एनेस्थेशियोलोजिस्ट शान्ता सापकोटा सहभागी हुनुहुन्थ्यो । रेटिना विशेषज्ञ बजगाईंलाई शिशुको एलएसभी शल्यक्रिया गर्न करिब एक घण्टाभन्दा बढी समय लागेको थियो । उहाँले भन्नुभयो, “यस्ता शल्यक्रिया सफल हुन अथवा असफल हुन पनि सक्छ्र । तर मैले ती शिशुको आँखाको ज्योती जोगाउन अन्तिम पर्यत्न गरेँ जुन सफल भयो । यो मेरो जीवनका लागि पनि खुसीको क्षण हो ।” शिशुको जन्म हुँदा उनको तौल एक हजार दुई सय ग्राम मात्र रहेको बताइएको छ । जन्मिएपछि २८ दिनसम्म शिशुको एनआइसियूमा उपचार भएको थियो । जन्मेको ३४ दिनपछि आइसियूमा रहेकै अवस्थामा शिशुको आँखा उपचार गर्न आँखा अस्पताल ल्याइएको थियो । आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणका हुने गर्दछ । पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धिविकाससँगै नसाको पनि वृद्धिविकास हुँदै जाने गर्दछ्र तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ ।

चिकित्सक बजगाईंले भन्नुभयो, “कम तौल, गर्भावस्था ३४ हप्ताभन्दा कम, जन्मँदा अक्सिजनको उतारचढावका कारण अक्सिजन थेरापी दिइएको, शारीरिक, जन्डिस, पेटको समस्याले ती शिशुको दुवै आँखामा समस्या देखिएको रहेछ्र । गर्भावस्था ३४ हप्ता कम अथवा दुई किलोभन्दा कम वजन जन्मेका शिशुमा आरओपीका कारण अन्धोपन हुने जोखिम हुन्छ ।” आँखा उपचार सेवामा छोटो समयमा अब्बल सेवा प्रदान गरिरहनुभएका उहाँले प्रसूतीगृह थापाथलीमा जन्मेका नवजात शिशुको आँखा उपचार पनि संलग्न हुनुहुन्छ ।

आँखा अस्पतालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले ती शिशुको शल्यक्रियालगायत अन्य उपचारका लागि ‘एक एक पाइला फाउन्डेसन’बाट शोधभर्ना हुनेगरी अभिभावकसँग शुल्क कुनै नलिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाएको नीतिअनुसार हामी आँखा उपचार सेवालाई अब्बल बनाउने अभियानमा लागिरहेका छौँ । आगामी दिनमा अस्पतालको सेवालाई अझ विस्तार गर्दै जाने नीति लिएका छौँ ।”

अस्पतालका मेडिकल रेकर्ड अधिकृत सन्तोष पौडेलका अनुसार अस्पतालले गत वर्ष सेवा पु¥याएका एक लाख ५७ हजार बिरामीमध्ये ३४ हप्ता मुनिका तीन सय शिशु रहेका थिए । तीमध्ये ३६ शिशुको ‘लेजर अभास्टिन इञ्जेक्सन’मार्फत आँखाको उपचार गरिएको थियो । यस प्रकारको उपचार सेवाका लागि पनि सर्वोत्कृष्ट मानिन्छ ।

आरओपी भनेको के हो त रु शिशु जन्मँदा कम तौल भएका अथवा सयम नभई चाँडै जन्मेका शिशुको आँखाका असर गर्ने रोग हो । यो रोग लागेपछि आँखाको पर्दाको रक्तनली सामान्यरुपमा बढ्न र विकसित हुन पाउँदैन । रोगले आँखाको सामान्य समस्यादेखि पर्दा फाट्नेजस्ता गम्भीर र अन्ततः दृष्टिविहीनतासम्म निम्त्याउन सक्छ ।

चिकित्सक बजगार्इंका अनुसार यस्ता आँखा रोगका सिकार कम तौल (दुई किलोग्राम) भन्दा कम जन्मेका नवजात शिशु, गर्भावस्था अवधि ३४ हप्ताभन्दा कम जन्मेका शिशु, जुम्ल्याहा जन्मेका तथा कृत्रिम गर्भाधानका माध्यमबाट जन्मेका शिशु तथा शारीरिक कमजोरी भएका शिशु जोखिममा हुने गर्दछन् ।

आरओपीको लक्षण : आरओपीको लक्षण सामान्य आँखाले देख्न सकिँदैन । विशेष उपकरणको सहायताले मात्र देख्न सकिन्छ । सामान्यतया आरओपीका लक्षणहरु जन्मेको तीन हप्ता अथवा चारहप्तापछि देखा पर्दछ । यसैले समयमा आरओपी स्क्रिरिङ गर्न आवश्यक छ ।

आरओपी स्क्रिरिङ कतिबेला आवश्यक छ त रु गर्भावस्था अवधि ३४ हप्ता भन्दा कम र जन्मेको शिशुको तौल दुई किलोभन्दा कम भएमा, कुनै कारणले अस्पतालमा लामो समय भर्ना भई बसेको अस्थिर स्वास्थ्यावस्था भएका शिशु, यस्ता शिशुलाई जन्मेको ३० दिनभित्र आँखा जाँच गर्नुपर्दछ । साथै २८ हप्ताभन्दा कम र १.२ किलोभन्दा कम उमेरका शिशुलाई जन्मेको २० दिनभित्र जाँच गर्नुपर्दछ । रासस

चिनियाँ उपमन्त्री हेयान नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान शुक्रबार नेपाल आउने भएकी छन्। उनी नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११स् ०० बजे नेपाल आईपुग्ने बताइएको छ । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बङ्गलादेश हुँदै नेपाल आउने भएको हो।

उपमन्त्री सुनले नेपाल भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका नेताहरूसँग भेट गरी छलफल गर्ने बताइएको छ ।

उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै बागलुङको सहकारी

बागलुङ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबिच बागलुङको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ ।

सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बागलुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको छ । यस्तै तितौरेमा दुई रोपनी जग्गामा अदुवाखेती गर्दै आएको छ ।

सहकारीले उत्पादन गरेको बेसारलाई यस वर्षदेखि ब्रान्डिङ गरेको छ । सहकारी संस्थाले वार्षिक २० क्विन्टल उखु बिक्री गर्दै गरेको थियो । यस वर्ष सहकारीले एक लाख बराबरको बेसार बिक्री गरेको र अन्य बीउलाई सदस्यमा सापटी दिएको सहकारीका कोषाध्यक्ष तथा कुँडुलेका अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताए ।

“सहकारीले बेसारखेती गर्न थालेको दुई वर्ष भयो, यस वर्षबाट बेसार बिक्री गर्न थालेका छौँ”, एक लाख बराबरको बेसारलाई ब्रान्डिङ गरेर बिक्री गर्यौ, अन्य बेसार सोही जग्गामा लगायौँ भने बाँकी बीउ पुँजीका लागि सदस्यलाई वितरण गरिएको छ, वितरण गरेको बीउ अर्को वर्ष सहकारीलाई नै फिर्ता गर्नु पर्दछ”, उनले भने, “तितौरेमा दुई रोपनी जग्गामा अदुवा उत्पादन गर्दै आएका छौँ, सहकारीले कृषिउपजको बजारीकरणसँगै सदस्यलाई कृषिमा आत्मनिर्भर गराउनका लागि अदुवा र बेसारको बीउ सापटी दिने प्रचलन हाम्रो सहकारीमा छ ।”

सहकारीका आठ सय शेयर सदस्यमध्ये अधिकांश सदस्य कृषक भएकाले उनीहरुलाई अदुवा र बेसारको बीउ वितरण गर्दै आइएको छ । सहकारीले तीन ठाउँमा उखु, बेसार र अदुवा उत्पादन गर्दै आएको छ भने बेसार र अदुवाको बीउ सदस्यलाई वितरण गरिन्छ भने बाँकी रहेको बेसार र अदुवा बजारमा बिक्रीका लागि पठाउने गरिएको छ ।

बागलुङ नगरपालिका–७ तितौरेमा दुई रोपनी जग्गामा सहकारीले नै अदुवाखेती गर्दै आएको छ । सहकारीले ठूलो परिणाममा उत्पादन गर्न नसके पनि सदस्य लक्षित उत्पादन गरिरहेको सहकारीका अध्यक्ष चूडामणि उपाध्यायले जानकारी दिए । उपाध्ययका अनुसार गत पुसमा आयोजना गरिएको साधारणसभामा बेसारलाई मायाको चिनोका रुपमा अतिथिलाई दिइएको थियो ।

“सहकारीका सदस्यलाई कृषिमा प्रोत्साहन गर्ने हाम्रो नीति छ, अहिले सापटी बीउ दिने, थपेर फिर्ता लिने र बजारमा अर्को वर्ष बिक्री गर्ने नीति ल्याएको छ”, अध्यक्ष उपाध्ययले भने, “सुरुसुरुमा सदस्यलाई बीउ दिनेगरी मात्रै उत्पादन गर्यो, सदस्यबाट फिर्ता आउन थालेपछि यस वर्षदेखि ब्रान्डिङ गरेर बिक्री गर्न थालेका छौँ ।”

बेसालाई पिसेर ब्रान्डिङको काम यस वर्ष सुरु भएको छ । पहिलो वर्ष रु ५० हजारको बेसार बिक्री गरेको छ । बर्सेनि बेसार र अदुवाको उत्पादनका लागि सदस्यलाई सापटी बीउ दिने र थपेर सदस्यले फिर्ता गर्ने नीति लिइएको उपाध्यायको भनाइ छ । बिक्री गर्न नसकेका किसानको उत्पादनसमेत खरिद गरेर बजार खोज्ने काम सहकारीले गर्दै आएको छ । सहकारीले पाँच केजी अदुवाको बीउ सापट दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई कृषिमा प्रोत्साहन गरिरहेको छ । सहकारी संस्थाको शेयरपुँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी योजनाबद्ध ढङ्गले अघि बढेको छ ।

अझै कायमै छ छन्त्याल समुदायमा पुर्ख्यौली परम्परा ‘पुर्पुरो’ गर्ने प्रचलन

म्याग्दी । उमेरले चार वर्ष मात्र पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्छन् । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा छन् ।

पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएको छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गरे । लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उनीहरुले पुर्ख्यौली गाउँमा गरेका हुन् ।

छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुर्ख्यौली परम्परा र संस्कृति रहेको छ । यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुर्ख्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन रहेको छ ।

लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुर्ख्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उनका ठूलोबुबा कृष्ण छन्त्यालले बताए । “हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियौँ, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ”, उनले भने । पुर्पुरोका अवसरमा पुर्ख्यौली समूहले नाचगान गर्ने र स्थानीय आमासमूह र युवाक्लबले स्वागत र
पुर्पुरोका समयमा पुर्ख्यौली समूहमार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्नेगरी घरपरिवारले आर्थिक सहयोग प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस् भनेर आफूहरु गाउँ फर्किएर संस्कारजन्य कार्य गर्ने गरेको गरेको छन्त्याल परिवारको भनाइ छ । लिएनको पुर्पुरोमा घरपरिवारबाट र अन्य आफन्तबाट रु दुई लाख चार हजार पाँच सय सहयोग जुटेको धवलागिरि गाउँपालिका–५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिए ।

उनले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिए । विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक वर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यमा भने पुर्ख्यौली थलोमै फर्कने परम्परा बनेको छ । मलम्पारका अधिकांश घरबाट वैदेशिक रोजगारमा गएका छन् भने धेरैले गाउँदेखि सहरतर्फ बसाइँ सार्न थालेका छन् ।

दुर्गम गाउँका रुपमा चिनिएको मलम्पारबाट रोजगार, व्यापार व्यवसाय र अन्य कारणले गाउँ छाडेका आफ्नो परिवारको पुर्पुरो, छेवर, विवाहलगायत संस्कार र परम्पराजन्य कार्यका लागि भने गाउँ फर्कने गरेको वडा सदस्य छन्त्यालले बताए । यस गाउँबाट बेनी, पोखरा, काठमाडौँ, बुटवललगायतका सहरी क्षेत्रमा बसाइँसराइ गरेका संस्कारजन्य कार्यका लागि गाउँ फर्कने भएकाले गाउँको विद्यालय सञ्चालन र सामाजिक कार्यमा राहत हुने गरेको छ ।

यहाँका हरेक व्यक्तिले आफ्नो मनोकाङ्क्षाका लागि मालिकालगायत शक्तिपिठको भाकल गर्ने भएकाले पनि विश्वका जुनसुकै ठाउँमा पुगेका पनि गाउँ सम्झिएर फर्कने गरेको स्थानीय विष्णुमाया घरब्जा बताउनुहुन्छ । पुर्पुरोको दिनमा पुर्ख्यौली समूहले गीत र नाचबाटै आशिष दिने भएकाले यस दिन देखाउने पुर्ख्यौलीलाई पुर्पुरो गर्ने भन्ने चलनसमेत रहेको छ । दिनभर सारेठी भाकामा नाच देखाउने पुर्ख्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष दिने चलन दिने गरिन्छ ।

म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसियाली

म्याग्दी (बेनी)- म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसियाली छाएको छ । बुधबार यस वर्षको हिउँद याममा पहिलो पटक वर्षा र हिमपात भएको हो । लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौ, आलुलगायत हिउँदे बालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।

गहुँ, जौ, आलुलगायतका हिउँदे बाली पानी नभएर सुक्न थालेको अवस्थामा पानी परेपछि राहत भएको रघुगङ्गा गाउँपालिका–३ का किसान तुलबहादुर केसीले बताए । ‘खेतबारीको हिउँदे बाली पानी नपाएर सुक्ने डर थियो, ढिला भए पनि वर्षा भयो राम्रो भयो,’ उनले भने ।

म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमङ्गले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिखलगायतका बस्तीमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीयस्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढारलगायतका ठाउँमा समेत हिमपात भएको छ ।

पर्यटकीय स्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन् । यस वर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा किसानलाई राहत भएको धवलागिरि गाउँपालिका–५ मल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताए । हिउँदको सुक्खा याममा हिमपात हुँदा खेतीबालीमा मलजलका लागि उपयुक्त हुने किसान बताउँछन् ।

न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ ।

नयाँ सडक क्षेत्रमा पार्किङका लागि ह्विल्स ट्रुली योर्स कम्पनीसँग २०७६ सालमा भएको सम्झौताको म्याद माघ ९ गते सकिएको थियो । उक्त कम्पनीसँग भएको सम्झौता नवीकरण नगरी म्याद सकिएकै दिनदेखि नयाँ सडक क्षेत्रको सडकमा पार्किङ निषेध गरिएको पूर्वाधार विकास सल्लाहकार लम्सालको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

झापा । झापामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् ।

जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए ।

उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए ।

“धान, मकैखेतीभन्दा केराखेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ”, प्रमुख विष्टले भने, “त्यही भएर किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित भइरहेका छन् । दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केराखेतीमा लागेका छन् । उनले केराखेती प्रवद्र्धनका लागि ज्ञानकेन्द्रले यसै वर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन् । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् । पालिकामा उनले गरेको केराखेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केराखेतीमा लागेका हुन् । उनले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न प्रेरित गर्दै उनीहरुले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण गरिदिने र प्राविधिक सहयोग गर्दै आएका छन् । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केराखेती गरिरहेका छन् ।

स्थानीय २० जना युवायुवतीलाई रोजगार दिएका बस्नेतले वार्षिक रु एक करोडको केरा बिक्री गर्ने गरेको बताए । उनले धान, मकैलगायत अन्य बालीको तुलनामा केराखेतीबाट बढी लाभ हुने गरेको जानकारी दिए ।

“यही चालु आर्थिक वर्षभित्रमै केराको थामलाई प्रशोधन गर्ने कारखाना स्थापना गर्न रकम जम्मा गर्दैछु”, उनले भने, “चाँडै स्थापना गर्छु । यसो भयो भने जिल्लामा उत्पादित केरासँगै यसको थामले सबै किसानलाई लाभ दिन्छ ।” उनले झापा गाउँपालिकाले केराखेतीलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने हो भने यसको प्रवद्र्धन, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गरे । उनी भर्खर भारतको महाराष्ट्रमा आयोजित १० दिने ‘जैन डिप स्प्रिङ्कल सिँचाइ’ प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।

यसैगरी श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गर्दै आएको छ । उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रैमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष वासु उप्रेतीले बताए । उनले भद्रपुर–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए।

नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत

काठमाडौँ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकाको ‘अनौपचारिक अर्थतन्त्रको आकार ७.३ प्रतिशत छ भने दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको १२.७ प्रतिशत छ । तर नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औसत करिब ४० देखि ४२ प्रतिशत छ ।

नेपालको ५३ खर्ब ८१ अर्ब रुपैयाँको अर्थतन्त्रको आकारमा अनौपचारिक अर्थतन्त्र करिब २२ खर्ब रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय अर्थशास्त्र विभागले गरेको एक अध्ययनले यस्तो देखाएको हो । यसले नेपालको अर्थतन्त्र व्यवस्थित छैन भन्ने देखाउँछ ।

उक्त अध्ययनले नेपालको अनौपचारिक अर्थतन्त्र करिब ४१ प्रतिशत देखाएको हो । अनौपचारिक अर्थतन्त्र सबैका लागि चिन्ताको विषय बनेको अध्ययनले दर्साउँछ । अनौपचारिक अर्थतन्त्र भनेको आर्थिक अध्ययनका क्रममा छाया, भूमिगत, कालो, लुकेको, समानान्तर, रिपोर्ट नगरिएको वा रेकर्ड नगरिएको अर्थतन्त्र हो । आजको नागरिक दैनिकमा समाचार छ ।

नागमती ड्याम : उपत्यकाको सुरक्षामा प्रश्न

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ। भूमिगत जल सञ्चयलाई बढवा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो ।

तल्लोतटीय क्षेत्रमा सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यकामाभन्दा माथि शिवपुरीमा यसअघि धाप बाँध बनाइसकिएको छ । काठमाडौँ उपत्यका उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। शिवपुरी र ककनीडाँडा भूकम्पीय शक्ति चलखेल भइरहने पहाड भएकाले त्यस्ता क्षेत्रमा निर्माण हुने पोखरीलगायतका भौतिक संरचनाले भविष्यमा अर्को विपत् निम्तिन सक्ने वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी बताउँछन्।

उनका अनुसार ठुलो भूकम्प जाँदा डाँडामाथि बढी प्रभाव पर्छ। शिवपुरीको केही भाग ग्रेनाइट चट्टानयुक्त भए पनि उपत्यकाको सुरक्षाका हिसाबले परियोजना सञ्चालन अघि छुट्टै भूकम्पीय (सेस्मिक) अध्ययन हुनै पर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

बाँकेमा सडक दुर्घटना, एक जनाको मृत्यु

खजुरा । कोहलपुर नगरपालिका–१४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । बिहिबार नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुरस्थित आपसमा ठोक्किएका थियो ।

दुर्घटनामा परी ट्रकका मालिक रुपन्देही देवदह नगरपालिका–६ खैरेनी बस्ने रामकृष्ण गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मिनीबसमा सवार रुकुमपश्चिम सानोभेरी गाउँपालिका–३ चौकी बस्ने लोकेन्द्र विक र उहाँकी श्रीमती रमकला विक घाइते भएका छन् ।

मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु

दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।

पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ ।

उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने जानकारी दिए । उनले भने, “अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।”

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शङ्कर पन्तले बताए । उनले भने, “सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।” उनले गुणस्तरीय काम गराउनका लागि आफूहरुले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे ।

मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

यसैगरी पूर्वी खण्डमा भने १९ दशमलव ५ किमी सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिनुभयो । त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१।४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् आज माघ १२ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेकोछ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।

बृष राशि – मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहनेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा पनि साबधानि पूर्वक अधिबढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

मीथुन राशि- वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेकोछैन । नयाँ लगानिमा भने सजग रहनु होला ।

कर्कट राशि – आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मिन राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।

एकमहिने माधव नारायण मेला भक्तपुरमा सुरु

भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधव नारायण मेलाको व्रत शुभारम्भ भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएका एकमहिने माधव नारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो ।

यहाँ माघको चिसोको वास्ता नगरी बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै व्रत शुभारम्भ गरेका छन् । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर नारायणको पूजा गरेपछि व्रत सुरु भएको व्रतालु विनोद प्रजापतिले जानकारी दिए । आज त्रिवेणीधाममा १४ जना महिला तथा पुरुषले स्नान गरी श्री नारायण एवं स्वस्थानी व्रत सुरु गरेका उनले बताए ।

साँखुको शालीनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको संस्कृतिकर्मी गुरु परमानन्द जोशीले जानकारी दिए । माधव नारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उनले जानकारी दिए ।

त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधव नारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेका शिलालेखमा उल्लेख गरिएको बताउँदै जोशीले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर मागेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्नेको घुइँचो लाग्ने गरेको उनको भनाइ थियो ।

व्रतालुले खाली खुट्टा पैदल तिल माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गर्ने परम्परा रहेको व्रतालु प्रजापतिले जानकारी दिए ।

व्रतालुले हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागिता जनाउने परम्परा रहे पनि यस वर्ष कोरोनाको त्रास रहेकाले घाटमा महिनादिनसम्म व्रत भने नबस्ने उनले बताए । पुरुष व्रतालुहरुले शरीरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिनी गरी बिन्ती गरी स्नान गरिसकेपछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा छ ।

व्रतालुले बिहानै हनुमानघाटमा आवश्यक विधिवत् पूजाआजा गरी नगरका विभिन्न ठाउँबाट विभिन्न बार र तिथि मिलाएर कोहीले शङ्ख बजाउँदै कोही घिस्रिएर र कोही जीउ नापेर जाने परम्परा रहेको छ । घरका महिलाले भुइँमा सेता कपडा ओछ्याउने र पुरुषले तिलमाधव नारायणको मन्दिरदेखि लड्दै शरीर नाप्दै त्रिवेणीधाम पुगेर स्थान गर्ने गर्दछन् ।

यो परम्परा नगरका माथिल्लो टोलका बाखुपति, टौमढीस्थित तिलमाधव, वंशगोपालको माधव, इताछेंस्थित ख्वाली, र तुलाछेँ नारायणलगायत नगरका २४ टोलका २४ नारायणको दर्शन गर्ने परम्परा रहेको संस्कृतिकर्मी जोशीले जानकारी दिए । उनका अनुसार माधव नारायणको पूजामा नारायणलगायत भक्तपुर नगरमा भिमा एकादशीका दिन परदेशी भीमसेन र श्रीपञ्चमीका दिनमा सरस्वती मन्दिरबाट समेत सिलामन तुले गरिन्छ ।

यहाँ व्रत बसेकाहरु भक्तपुर नगरलगायत पशुपति, पनौती र चाँगुनारायणको दर्शनका लागि समेत जाने परम्परा रहेको धौभडेलले बताए । व्रत बसेर शरीर नाप्दा धार्मिक दृष्टिकोणले मनले चिताएको इच्छा पूरा हुने, परिवारमा सुख शान्ति मिल्ने जनविश्वास रहेको छ । माधव नारायणको एक महिना व्रत बस्दा नियमित रुपमा व्रत र पूजा सकेपछि दैनिक टौमढीस्थित तिलमाधव नारायण र जोर गणेशको दर्शन गरेरमात्र खाने परम्परा छ ।

व्रतालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधव नारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ ।

मेला सञ्चालनका लागि भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित त्रिवेणीधाममा डोजर लगाएर स्नान गर्नका लागि खाल्डो बनाइदिए पनि आर्थिक सहयोग नगरेकाले मेला सञ्चालनमा समस्या भएको मेला सञ्चालक समितिले जनाएको छ । आर्थिक सहयोग गर्ने निकाय नहुँदा मेला सङ्कटमा परेको समितिको भनाइ छ ।

सुन तस्कर प्रकरणः महरालाई थुनामै राख्ने आदेश

काठमाडौँ : उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले पनि पुर्पक्षका लागि कारागारमा रहेका छन् । उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले निजलाई पक्राउ गरेको थियो । महरालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो ।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध महरा उच्च अदालतमा गए पनि जिल्लाकै आदेश सदर भएको हो । निजविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र सङ्गठित अपराधमा अभियोग कसुर लगाइएको छ ।