`

युक्रेनलाई सहयोगमा पश्चिमीको हिचकिचाहटले पुटिनलाई सहयोग गर्छ– जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभलाई पश्चिमी सहयोगमा कुनै पनि ढिलाइले रुसी आक्रमणको करिब दुई वर्षपछि क्रेमलिनलाई हौसला प्रदान गरेको बुधबार चेतावनी दिनुभएको छ । जेलेन्स्कीले किएभको सबैभन्दा कट्टर सहयोगीमध्येको एक लिथुआनियाको राजधानी भिल्निअसको अचानकको भ्रमणका क्रममा उक्त कुरा बताउनुभएको हो ।

“उहाँ (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) रोकिनु हुन्न, उहाँ हामीमाथि सम्पूर्णरूपमा कब्जा गर्न चाहनुहुन्छ”, आफ्ना लिथुआनियाली समकक्षी गितानास नौसेदासँगको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “कहिलेकाहीँ युक्रेनलाई वित्तीय तथा सैन्य सहयोगका सम्बन्धमा साझेदारहरूको असुरक्षाले केवल रुसको साहस र शक्तिलाई बढाउँछ ।”

अन्य पश्चिमी मुलुकहरूले युक्रेनलाई निरन्तर समर्थन दिन हिचकिचाइरहेका बेला उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहयोगी मुलुकहरू पुटिनलाई रोक्नका लागि एकजुट नभएसम्म पुटिन युक्रेनमा नरोकिने बरु अन्य छिमेकी मुलुकमा हमला गर्ने चेतावनी दिनुभयो ।

“उहाँ (पुटिन) यो युद्धलाई त्यतिबेलासम्म समाप्त गर्नुहुन्न जबसम्म हामी सबै मिलेर उहाँलाई समाप्त गर्दैनौँ”, राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “यदि हामी (युक्रेन) रुसको सामना गर्न सक्तैनौँ भने अर्को आक्रमणको स्थानमा लिथुआनिया, लाट्भिया, एस्टोनिया, मल्दोभा हुनसक्छ भन्ने हामीले बुझ्न जरुरी छ ।”युक्रेनले रुसको नयाँ सिराबाट हवाई हमलाको सामना गर्नुपरिरहेको बेला उहाँको यस्तो टिप्पणी आएको हो । किएभलाई थप समर्थन दिन आग्रह गरिएको छ जसमा आधुनिक हवाई रक्षा प्रणालीहरूको अत्यन्त कमी देखिन्छ ।

राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “हालका दिनमा रुसले युक्रेनमाथि कूल पाँच सय उपकरणले हमला गरेको छ, हामीले तीमध्ये ७० प्रतिशत नष्ट गरेका छौँ, हामीसँग अभाव भएको भनेको हवाई रक्षा प्रणाली हो ।” अन्य पश्चिमी समर्थकहरूको ढुलमुले समर्थनलाई बलियो गर्न खोजिरहनुभएको बेला जेलेन्स्कीको लिथुआनिया भ्रमण भएको हो । पूर्वसोभियत सङ्घका तीन गणराज्यमध्ये यस वर्षको जेलेन्स्कीको पहिलो आधिकारिक विदेश भ्रमण हो । तीनै मुलुक अहिले नेटोका सदस्य छन् ।

सन् २०२४ मा ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने, यस वर्षले सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने

सन् २०२४ मा ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने, यस वर्षले सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने
पृथ्वीको आधा जनसङ्ख्या बसोबास गर्ने ५० भन्दा बढी मुलुकमा सन् २०२४ मा राष्ट्रिय निर्वाचन हुन लागेको छ । यद्यपि मतको अधिकार प्रयोग गर्ने नागरिकहरूको सङ्ख्या राम्रो समाचार होइन । यो वर्ष सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने र अधिनायकवादी नेताहरूको हात बलियो बनाउनका लागि तयार भए जस्तो देखिन्छ । रुस, ताइवान र संयुक्त अधिराज्यदेखि लिएर भारत, एल साल्भाडोर र दक्षिण अफ्रिकासम्म राष्ट्रपति र विधायिकी प्रतिस्पर्धाहरूले मानव अधिकार, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र अस्थिर विश्वमा शान्तिको सम्भावनाहरूमा ठूलो प्रभाव पार्छ ।

केही मुलुकमा मतदान न स्वतन्त्र हुनेछ न त निष्पक्ष नै । साथै केही मुलुकमा विपक्षी उम्मेदवारमाथि अङ्कुश, थकित मतदाता र हेरफेर तथा गलत सूचनाको सम्भावनाले लोकतन्त्रको भाग्यलाई एउटा प्रमुख अभियानको मुद्दा बनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका पूर्ववर्ती डोनाल्ड ट्रम्पबीच सम्भावित पुनः प्रतिस्पर्धा चुनावी क्यालेन्डरमा ठूलो देखिन्छ । नोभेम्बरमा ट्रम्पको जित सम्भवतः सबैभन्दा ठूलो वैश्विक वाइल्डकार्ड हो । यद्यपि त्यसभन्दा पहिला उच्च दाउको मतले दूर–दराजका मतदाताहरूबिच ‘असन्तोष, अधैर्य, असहजताको मनोदशा’ को आकलन गर्ने लन्डनस्थित थिङ्क–ट्याङ्क चाथम हाउसका निर्देशक ब्रोनवेन म्याडक्सले बताउनुभयो ।

नेताहरूमा आफ्नो पकड बलियो बनाउने चाहना

विश्वको सबैभन्दा लामो समयसम्म सेवा गर्ने महिला नेत्री बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले विपक्षी दलहरूले बहिष्कार गरेको सोमबारको निर्वाचनमा लगातार चौथो कार्यकाल जित्नुभएको छ । हसिनाको अवामी लिग पार्टी ४० प्रतिशतको कम मतदानमा पुनः निर्वाचित भएको छ र असहमतिलाई दबाउँदा राजनीतिक उथलपुथल हुने खतरा बढेको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक भारतमा सन् २०२४ को मध्यसम्ममा आम निर्वाचन हुँदैछ । निर्वाचनमा दक्षिणपन्थी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार तेस्रो कार्यकाल प्राप्त हुने सम्भावना छ ।

आफ्ना समर्थकहरूका लागि मोदी राजनीतिक बाहिरी व्यक्ति हुनुहुन्छ । उहाँले दशकौँको भ्रष्टाचार हटाउनुभएको छ र भारतलाई उदीयमान वैश्विक शक्ति बनाउनुभएको छ । आलोचकहरूले भारतमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि हमलाका साथै हिन्दू राष्ट्रवादीहरूले धार्मिक अल्पसङ्ख्यकहरूमाथि हमला उहाँको निगरानीमा बढेको बताएका छन् । सत्ता कायम राख्ने चाहना राख्ने अर्का नेता एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले हुनुहुन्छ । उहाँले अति हिंसात्मक सडक गिरोहमाथि आक्रामक कारवाहीका लागि आपत्कालीन शक्तिहरूको प्रयोग गरेदेखि व्यापक समर्थन हासिल गर्नुभएको छ ।

लगातार दुई कार्यकालसम्म सेवा गर्नुभएका राष्ट्रपतिहरूमाथि संवैधानिक प्रतिबन्धका बावजुद उहाँको पार्टीले नियुक्त गरेका मानिसहरूले भरिएको सर्वोच्च अदालतले फेब्रुअरी ४ मा बुकेलेलाई राष्ट्रपति पदका लागि मञ्जुरी दिएको छ । विदेशी सरकारहरूले केही नागरिक अधिकारहरूको निलम्बनको आलोचना गरेको भए पनि बुकेलेले गम्भीर प्रतिस्पर्धाको सामना गर्ने अपेक्षा गरिएको छैन ।

कोसेढुङ्गा र त्योभन्दा पनि धेरै

मेक्सिको जुन २ मा आफ्नो पहिलो महिला राष्ट्रपति निर्वाचित गर्न तयार छ । निर्वाचनमा राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्रेडोरकी शिष्या एवं मेक्सिको सिटीका पूर्वमेयर क्लाउडिया सेनबाउम वा पूर्वविपक्षी सिनेटर जोचिटल ग्याल्वेज निर्वाचित हुनुहुनेछ । विजेताले लागु पदार्थसँग सम्बन्धित डरलाग्दो हिंसा र बढ्दो प्रभावशाली सेना भएको मुलुकमा शासन गर्नेछ । दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक इन्डोनेसियामा मतदाताहरूले फेब्रुअरी १४ मा राष्ट्रपति जोको विडोडोका उत्तराधिकारी चयन गर्दैछन् । जनमत सर्वेक्षणहरूले दक्षिणपन्थी राष्ट्रवादी रक्षामन्त्री प्रबोवो सुबियान्तो तथा मध्य जाभाका पूर्वगभर्नर गन्जर प्रणवोबिच कडा प्रतिस्पर्धा हुने सङ्केत दिएका छन् । दुवै उम्मेदवार सत्ताधारी दलका हुनुहुन्छ ।

सुबियान्ताका प्रतिस्पर्धी मित्र निवर्तमान नेता विडोडोका छोरा हुन् । यसले वंश निर्माणको अडकल लगाइएको छ । यद्यपि कुनै पनि विजेताले सन् १९९८ मा सुहार्तोको तानाशाहीको अन्त्यपछि इन्डोनेसियामाथि प्रभुत्व जमाएको भ्रष्टाचारले भरिएको राजनीतिक निरन्तरतालाई सङ्केत गर्नेछन् ।

पाकिस्तानमा फेब्रुअरी ८ मा हुने संसदीय निर्वाचनमा पनि मुलुकको शक्तिशाली सेनाको निगरानीमा स्थापित राजनीतिज्ञहरूले प्रतिस्पर्धा गर्दैछन् । लोकप्रिय विपक्षी नेता एवं पूर्वप्रधानमन्त्री इमरान खान कारागारमा हुनुहुन्छ र निर्वाचन अधिकारीहरूले उहाँलाई निर्वाचनमा उम्मेदवार हुन रोकेका छन् ।

उहाँका प्रतिद्वन्द्वी एवं तीन पटकका प्रधानमन्त्री पाकिस्तान मुस्लिम लिगका नेता नवाज शरिफलाई उहाँमाथिको भ्रष्टाचारको अभियोग खारेज भएपछि मतदानमा सामेल हुन अनुमति दिइएको थियो । पूर्वविदेशमन्त्री बुलावल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले पनि निर्वाचनमा उम्मेदवारी दिएको छ ।

विश्लेषकहरूले निर्वाचनबाट अस्थिर सरकार बन्ने सम्भावना रहेको बताएका छन् । तालिबान नियन्त्रित छिमेकी मुलुक अफगानिस्तानसँगको सम्बन्धमा गिरावट र पाकिस्तान सुरक्षा बलहरूमाथि घातक हमलाका बिच मतदान स्थगित हुने सम्भावना पनि रहेको छ ।

लोकप्रियता चरमोत्कर्षमा पुगेको हो ?

युरोपले आर्थिक अस्थिरता र अन्यत्रबाट ठूलो मात्रामा बसाइँसराइको अनुभव गरेपछि युरोपमा लोकप्रियतावाद बढेको छ । सत्ताइस देशको युरोपेली युनियन (इयु) को संसद्का लागि जुनमा हुने निर्वाचन परम्परागत पार्टीहरूले लोकप्रिय प्रतिद्वन्द्वीहरूलाई हराउन सक्छन् वा सक्तैनन् भन्ने सङ्केत हुनेछ । यी मुलुकमध्ये धेरैले युक्रेनका लागि सैन्य समर्थनलाई लिएर आशङ्का गरिरहेका छन् ।

गत वर्षको राष्ट्रिय निर्वाचनहरूले मिश्रित सङ्केत दिएका थिए । स्लोभाकियाले रुस समर्थक लोकप्रिय प्रधानमन्त्री रोबर्ट फिकोलाई निर्वाचित गर्यो तर पोल्यान्डमा मतदाताहरूले रूढिवादी सरकारको स्थानमा मध्यमार्गी डोनाल्ड टस्कको नेतृत्वको गठबन्धनका साथ परिवर्तन गरे ।

राजनीतिक परामर्शदाता युरेसिया ग्रुपका मुजतबा रहमानले आगामी युरोपेली संसद्को प्रतिस्पर्धामा लोकप्रिय बहुमत प्राप्त नहुने तर सन् २०१९ मा प्राप्त मतको तुलनामा केन्द्रले मैदान गुमाउने भविष्यवाणी गर्नुभयो ।

युरोपेली युनियनको पूर्वसदस्य संयुक्त अधिराज्यमा लोकप्रियतावादलाई सन् २०१६ को ब्रेक्सिट जनमत सङ्ग्रह तथा पूर्वप्रधानमन्त्री बोरिस जोनसनको अशान्तिपूर्ण कार्यकालमा अभिव्यक्ति प्राप्त गर्यो । यस वर्ष संयुक्त अधिराज्यको आम निर्वाचनमा सत्ताधारी कन्जरभेटिभलाई केन्द्र–वामपन्थी लेबर पार्टीका विरुद्ध खडा गर्नेछ । चौध वर्षपछि सत्ता हासिल गर्न चाहेको लेबर पार्टी जनमत सर्वेक्षणहरूमा बलियोसँग अगाडि देखिन्छ ।

अफ्रिकामा लोकतन्त्रका चुनौतीहरू

जलवायु परिवर्तन, युक्रेन युद्धले अन्नको आपूर्तिमा अवरोध र चीन तथा रुसको बढ्दो ध्यान विश्वको सबैभन्दा तीव्ररूपमा बढिरहेको महादेश अफ्रिकालाई नयाँ आकार दिने शक्तिमध्येका एक हुन् ।

सन् २०२० पछि आठ पश्चिमी अफ्रिकी मुलुकमा सैन्य विद्रोह भएका छन् । यसमा सन् २०२३ मा नाइजर र ग्याबोन पनि समावेश भएका छन् । सेनेगललाई यस क्षेत्रमा स्थिरताको गढ मानिएको छ । अहिले राष्ट्रपति म्याकी सालले पद छाड्दै गर्दा उहाँको मुलुकमा फेब्रुअरी २५ मा हुने निर्वाचनलाई मुलुकको राजनीतिक लचिलोपनको सूचकका रूपमा हेरिएको छ ।

विपक्षी नेता ओस्मान सोनकोका समर्थकहरूले उहाँमाथि सरकारले विभिन्न कानूनी मामिला चलाउनबाट रोक्ने कोसिस गरेको आरोप लगाएका छन् । यसले घातक प्रदर्शनहरू निम्त्याएको छ । युरेसिया समूहका विश्लेषक तोची एनी–कालुले भन्नुभयो, “राष्ट्रपति निर्वाचनले विगतका वर्षहरूका मापदण्डमा फर्कन वा थप अस्थिर राजनीतितर्फ स्थायी परिवर्तनको सङ्केत गर्न सक्छ ।”

दक्षिण अफ्रिकामा मे र अगस्टबिच हुने विधायिकाको निर्वाचनको राजनीतिक पृष्ठभूमिमा सङ्घर्षरत अर्थतन्त्र, विद्युत् कटौती र करिब ३२ प्रतिशतको बेरोजगारी दर रहेको छ । लामो समयदेखि प्रभावशाली अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का लागि मतदाताहरूको भ्रम हटाउने चुनौती हुनेछ ।

सन् १९९४ मा मुलुकको जातीय रङ्गभेदी प्रणालीको अन्त्य भएदेखि एएनसीसँग राष्ट्रपति पद र संसद्मा बहुमत कायम छ तर पहिला सम्मानित उक्त दलले सन् २०२१ को स्थानीय निर्वाचनमा आधाभन्दा कम मत हासिल गरेको छ ।

यदि उसको समर्थन ५० प्रतिशतभन्दा कम भयो भने सांसदहरूले राष्ट्रपति सिरिल रामफोसालाई पुनः निर्वाचित गर्नका लागि पार्टीलाई गठबन्धन बनाउनुपर्ने आवश्यकताको सुनिश्चित गर्नुपर्नेछ ।

विश्वको सबैभन्दा कान्छो मुलुक दक्षिण सुडानले आफ्नो लामो समयदेखि विलम्ब भएको निर्वाचन डिसेम्बरमा गर्ने योजना बनाएको छ । मतदान कोसेढुङ्गा साबित हुनेछ तर विद्यामान परिस्थितिमा खतरा र असफलताको चपेटामा पर्नसक्ने आशङ्का गरिएको छ ।

दक्षिण सुडानी नागरिकहरूका लागि विश्वसनीय र स्वीकार्य मानिने मतदाता दर्ता विवरण, सुरक्षा योजना र विवाद समाधान गर्ने तरिका स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न आवश्यक पर्ने हराएका तत्वहरू भएको दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घका मिसन प्रमुख निकोलस हेसोमले गत महिना सुरक्षा परिषद्मा बताउनुभएको थियो ।

रबर स्ट्याम्प अभ्यासहरू

मार्चमा रुसको राष्ट्रपति निर्वाचनमा कसले जित्नेछ भन्नेमा कुनै सन्देह छैन । राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि केवल साङ्केतिक विरोधको सामना गर्नुपरिरहेको छ । उहाँका प्रमुख प्रतिद्वन्द्वी कारागारमा हुनुहुन्छ, निर्वासनमा हुनुहुन्छ वा मरिसक्नुभएको छ । साथै युक्रेनमा शान्तिको माग गर्ने एक राजनीतिज्ञलाई अयोग्य घोषित गरिएको छ ।

राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को नेतृत्वको बेलारुसमा पनि यस्तै कथा छ । लुकासेन्कोको सरकारले पुटिन सहयोगीको विवादित पुनरनिर्वाचनविरुद्धको विरोध प्रदर्शनलाई दबाएपछि फेब्रुअरी २५ मा मुलुकको पहिलो संसदीय निर्वाचन हुने अपेक्षा गरिएको छ । हजारौँ विरोधी कारागारमा छन् वा मुलुक छाडेर भागेका छन् । अझै पनि आफ्ना सबै समस्याका बावजुद यहाँसम्म कि अधिनायकवादी नेताहरूका लागि समेत लोकतान्त्रिक आदर्शले व्यापक अपिल राख्ने म्याडक्सले बताउनुभयो । “तथ्य के हो भने उनीहरूले निर्वाचन गराउने निर्णय गरेका छन्, उनीहरूले स्वतन्त्र मतदानको दाबीको महत्त्वलाई हेरेको यसबाट थाहा हुन्छ ।”

कृषि क्षेत्रको उत्पादकत्व वृद्धि सरकारको पहिलो प्राथमिकता : मन्त्री भूसाल

काठमाडौँ, २५ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भूसालले कृषि क्षेत्रको पहिलो प्राथमिकता कृषि उपजको उत्पादन वृद्धि भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ माथिको छलफलमा उहाँले आयत प्रतिस्थापन गर्न उत्पादन वृद्धि नै एकमात्र विकल्प भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँझो जमीनमा खेती र आकासे पानीमा निर्भर जमिनमा सिँचाइ विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ । यसका मध्यमबाट उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सकिन्छ ।”समयमै रासायनिक मल आपूर्ति हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष चार प्रतिशत अर्थात दुई लाख ३७ हजार मेट्रिक टन धानको उत्पादन वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।मन्त्री भुसालले हामीले खाने खानाको ६७ प्रतिशत स्रोत धान भएकाले धान उत्पादनको महत्व महत् रहेको बताउनुभयो ।मुलुकमा हाल ३० लाख ९१ हजार हेक्टर जग्गामा खेती हुँदै आएकामा १४ लाख ७७ हजार हेक्टरमा धानखेती भएको बताउनुभयो । धानखेतीको ६८ प्रतिशत हिस्सा तराई मधेशमा हुँदैआएको छ । देशभर १७ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना खेती हुने गरेको छ ।।मुलुकमा धानको उत्पादनलाई वृद्धि गर्न यसै वर्षदेखि चैते धानको रोपाई १७ हजार हेक्टरसम्म विस्तार गरिने बताउँदै कृषि मन्त्रीले त्यसका लागि कृषकलाई प्रोत्साहन गर्न सिँचाई, मल,बीउ, औजारमा अनुदान बढाइदै लैजाने विश्वास दिलाउँनुभयो ।सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भने पनि लगानी त्यस अनुरुपका बजेट विनियोजन र लगानी वृद्धि नगरेको तथा उत्पादन बढाउन ठोस कार्य योजना नबनाएको गुनासो समिति सदस्यले गर्नुभएको थियो ।उहाँहरुले बजेट विनियोजन हेर्दा सरकारको नियतप्रति प्रश्न गर्ने धेरै ठाउँ रहेको जनाउँदै निर्यात गर्ने वस्तु उत्पादन कार्ययोजना बनाई कार्यान्वयन नगरेसम्म व्यापार सन्तुलन र समृद्धि प्राप्त गर्न चुनौती हुने बताउनुभयो । 

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ, २५ पुस : विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने बैंकले जनाएको छ ।

औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ्न सक्ने प्रक्षेपण गरिएकोे हो । लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण पनि अहिलेको भन्दा सहज आर्थिक अवस्था हुने आकलन गरिएको हो ।अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार र लगानीको अवस्थाका कारण आर्थिक वृद्धिदर न्यून देखिने प्रक्षेपण गरिएको हो ।मुद्रास्फीति र महँगो ब्याजदरका कारण पनि यसवर्ष उपभोक्ता तथा मौद्रिक बजारलाई असर गर्ने ठानिएको छ ।विश्वको अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव चार प्रशितमा खुम्चिने अनुमान गरिएको छ । सन् २०२१ मा विश्व अर्थतन्त्र छ दशमलव दुई प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन प्रतिशत पुगेको थियो । सन् २०२३ मा दुई दशमलव चार प्रतिशतको विश्व आर्थिक वृद्धिदर अनुमान गरिएकामा आगामी वर्ष दुई दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

महत्वपूर्ण ऐन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेन’: अध्यक्ष तिमिल्सिना

चितवन, २५ पुस : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्वपूर्ण ऐन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताउनुभएको छ । सञ्चारकर्मीसँग यहाँ आज कुराकानी गर्दै उहाँले सङ्घीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।” सङ्घीयतका धेरै विषय कार्यान्वयनमा आइसकेको उहाँले बताउनुभयो ।

प्रहरी समायोजनसम्बन्धी ऐन, निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । “शिक्षा ऐन छलफलको क्रममा रहेको छ”, उहाँले भन्नुभयो ।

‘उज्यालो काठमाडौँका लागि तीनवटै सरकारको सहकार्य आवश्यक’:मन्त्री बस्नेत

काठमाडौँ, २५ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौँ उपत्यका सङ्घीय राजधानीसमेत भएकाले ‘उज्यालो काठमाडौँ’का लागि तीनवटै सरकारको सहकार्य जरुरी रहेको बताउनुभएको छ ।काठमाडौँ उपत्यकाभित्रका स्थानीय सरकारका प्रमुखको सङ्गठन ‘मेयर फोरम’सँग आज मन्त्रालयमा छलफल गर्नुहुँदै मन्त्री बस्नेतले सङ्घीय सरकारको ध्येय पनि ‘उज्यालो काठमाडौँ’ भएकाले यसमा तीनवटै तहका सरकारको साझा प्रयास जरुरी रहेको उल्लेख गर्नुभयो ।

“सङ्घीय राजधानी भएकाले विशिष्ट तवरले सम्बोधन गर्नुपर्छ । यसमा सङ्घीय सरकारको विशेष दायित्व रहन्छ । त्यस्तै प्रदेश सरकार र स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहन्छ”, मन्त्री बस्नेतले भन्नुभयो । सरकारले सहर उज्यालो कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै उहाँले त्यसलाई थप विस्तार गरेर जाने सोचका साथ काम भइरहेको बताउनुभयो ।नेपाल विद्युत् प्राधिकरणले खरिद गरेर वितरण गर्ने बिजुली भएकाले त्यसको लागतका बारेमा सरकारले हेरिदिनुपर्ने मन्त्री बस्नेतले बताउनुभयो । सडक बत्तीको बक्यौताबापतको रकमको सन्दर्भमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग आवश्यक निर्णयका लागि सामूहिक पहल जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।मन्त्री बस्नेतले एउटा समय सीमा निर्धारण गरेर सडक बत्तीको बक्यौता उठाउनैपर्ने र त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । प्राधिकरणका अनुसार सडक बत्तीबापत स्थानीय निकायले रु छ अर्ब बराबरको बक्यौता रकम तिर्न बाँकी छ । सो बक्यौता रकम उठाउन स्थानीय सरकार जिम्मेवार रहेको अर्थमन्त्रालयले जनाएको छ । स्थानीय निकायले भने कुन समयदेखिको बक्यौता हो त्यसको कुनै टुङ्गो नभएकाले एकै पटक बिल आउँदा आफूहरुलाई समस्या परेको जनाएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयले सम्बन्धित निकायबाटै समायोजन गर्न भनेको अवस्थामा निर्णय गर्न जरुरी रहेको बताउनुभयो । प्राधिकरणको दायित्व बढी भएकाले लामो समयसम्म बक्यौता रहँदा प्राधिकरणलाई समस्या भएको उहाँले उल्लेख गर्नुभयो । सडक बत्तीको महशुलका विषयमा प्राधिकरणले निर्णय गर्न नसक्ने भएकाले विद्युत् नियमन आयोगलाई आग्रह गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । ग्रामीण विद्युतीकरण र सिँचाइ सुविधाका लागि प्राधिकरणले सहुलियत दरमा बिजुली उपलब्ध गराएकाले थप लगानीका लागि स्थानीय तहको सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिल्वालले सडक बत्तीको प्रमाणीकरण गरिदिन स्थानीय तहलाई आग्रह गर्दै नियमानुसार समस्याको समाधान गर्न आग्रह गर्नुभयो । उहाँले बिजुलीको पोलमा अव्यवस्थित तरिकाले तानिएका तारका कारण समस्या बढेको तथा आगलागीको जोखिम बढेकाले स्थानीय तहले व्यवस्थित गर्न पहल गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा बिजुलीको पोलमा राखिएको तार व्यवस्थापन गर्दा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने उपकार्यकारी निर्देशक सिल्वालले विश्वास दिलाउनुभयो ।ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उज्यालो सहरको परिकल्पनालाई साकार पार्नुपर्ने बताउनुभयो । सडक बत्तीको महसुलको समस्या तत्काल समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । यसबारे मेयर फोरमले अर्थमन्त्रालयको ध्यानाकर्षण गराउने प्रमुख महर्जनले बताउनुभयो । “हाल सडकमा जडान भएका बत्ती कुनै हालतमा काटिन हुँदैन, महानगरले प्राधिकरणलाई सक्दो सहयोग गर्छ”, उहाँले भन्नुभयो ।दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले फर्पिङमा रहेको जग्गाको स्वामित्वका विषयमा स्पष्ट निर्णय जरुरी रहेको बताउनुभयो । सो जग्गा प्राधिकरणको हो कि नगरपालिकाको हो भन्नेबारे विवाद रहेकाले समाधान गर्न उहाँले माग गर्नुभयो । सडक बत्तीको बिल धेरै भएकाले तत्काल निष्कर्ष निकाल्नुपर्ने उहाँले धारणा राख्नुभयो ।छलफलमा काठमाडौँ महानगरपालिकाबाहेक उपत्यकाभित्रका स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी थिए । सहभागीले सडक बत्तीलाई थप व्यवस्थित गर्न, बिजुलीको तार भूमिगत बनाउने काम थप व्यवस्थित गर्न तथा प्राधिकरणले सडक खन्दा भएका खाल्डाबारे प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।–––

सञ्चार मन्त्रालयबाट सरुवा भएका सचिवको बिदाइ र स्वागत

काठमाडौँ, २५ पुस : मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा हुनुभएका सचिव कृष्णबहादुर राउतको बिदाइ र सोही मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका रामकृष्ण सुवेदीको स्वागत गरिएको छ ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘विदाइ तथा स्वागत’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना, सञ्चार र प्रविधिको विकास तथा त्यसको उपयोगबाट अन्य क्षेत्रको विकासमा सहयोग हुनसक्ने बताउँदै सरकार उक्त क्षेत्रको विकासका निम्ति दृढताका साथ लागिपरेको बताउनुभयो । उहाँले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी र परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफू जुन मन्त्रालयमा भए पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खाद्य कम्पनी : मूल्य बढेपछि धान बिक्रीका लागि आउनै छोडे किसान

बेदकोट (कञ्चनपुर), २५ पुस : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्य अनुसार धान खरिद गर्न असफल भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो ।

सरकारले तोकेभन्दा बजारमा धानको मूल्य बढेपछि धान बिक्रीका लागि किसान आउनै छोडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “खरिद सुरु गरेको एक महिनासम्म किसान धान बिक्रीका लागि आए । त्यसपछि बजारमै राम्रो मूल्य पाएपछि अहिले बिक्रीका लागि किसान आएका छैनन्”, उहाँले भन्नुभयो, “किसान नआउँदा अहिले धान खरिद गर्ने कार्य ठप्प जस्तै छ ।” खाद्य व्यवस्थाले कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको थियो । यसवर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखिएको थियो । यद्यपि लक्ष्यअनुसार धान पाउन नसकिएको सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म लक्ष्यको झण्डै २० प्रतिशत हाराहारीको दुई हजार नौ सय ५० क्विन्टल धान खरिद गरिएको छ । प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद गरिएको हो । यो मूल्य गतवर्ष भन्दा बढी हो । गतवर्ष रु दुई हजार नौ सय ६७ प्रति क्विन्टलका दरले धान खरिद गरिएको थियो ।

गतवर्ष पनि खाद्यले लक्ष्य अनुसार धान पाएको थिएन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार गतवर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि खाद्यले तीन हजार २१ क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । धानको मूल्य राम्रो पाएपछि गाउँमै धान बेचेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले बताउनुभयो ।

“नजिकमा खाद्यको खरिद केन्द्र पनि छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसैले खरिद केन्द्र टाढा हुँदा गाउँमै धान बिक्री गरेका छौँ ।” डेढ बिघा जमिनमा धानखेती गर्नुभएका उहाँको यसपटक उत्पादन वृद्धि भएको छ । उहाँका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ ।

विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराउने सरकारको निर्णय, विवरण फरक परेका सहिदहरुको विवरण सच्च्याइने

काठमाडौँ, २५ पुस : सरकारले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकममध्येबाट विपद् व्यवस्थापन कोषमा रु दुई अर्ब उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले राष्ट्रिय विकास परिषद्मा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट सहिदको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता मन्त्री शर्माले भन्नुभयो, “मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल, नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन प्रथमस्तर, द्वितीयस्तर, तृतीयस्तर, चतुर्थस्तर र पाँचौँस्तर पदको सुरु तलबमान, ग्रेड सङ्ख्या र ग्रेड दर स्वीकृत गर्ने निर्णय गरेको छ ।”

विसं २०८० पुस २७–२८ मा काठमाडौँमा हुने नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गरेको उहाँले जानकारी दिनुभयो ।

“गोदक सोयाक १३२ केभी प्रसारण लाइनको इलाम नगरपालिका– ९, १० र ११ मा निर्माणाधीन प्रसारण केन्द्रबाट दायाँ नौ मिटर र बायाँ नौ मिटर गरी जम्मा १८ मिटर क्षेत्रभित्र पर्ने जग्गा र त्यसभित्रका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने निर्णय सरकारले गरेको छ”, मन्त्री शर्माले भन्नुभयो । उहाँका अनुसार सरकारले ताप्लेजुङ जिल्लाको मैवाखोला तथा आठराइ त्रिवेणी गाउँपालिका र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा निर्माणाधीन प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर र बायाँ नौ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोभित्र रहेका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने पनि निर्णय गरेको छ ।

यसैबीच, मन्त्री शर्माले देशमा शान्तिसुव्यवस्था कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा देशका विभिन्न ठाउँमा भएका अप्रिय घटनाबाट सरकार गम्भीर भएको बताउनुभएको छ सोही अवसरमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले प्राचीन सम्पदा संरक्षणका

सन् २०२३ मा बिएमडब्ल्यू पच्चीस लाख साठी हजार कार बिक्री गर्न सफल

जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेकोे मङ्गलबार जनाएको छ । ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ ।

बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भन्नुभयो, “हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा विद्युतीय आवागमनलाई अझ गतिशील रूपमा बढाउन सक्षम भएका छौं । यस वर्ष, कम्पनीका नवनिर्मित कारको हरेक पाँचमध्ये एक बीईभी हुने र सन् २०२५ सम्ममा कूल उत्पादनको चारमध्ये एक बीईभी कार बनाउने लक्ष्य राखिएको छ ।

गोलरले भन्नुभयो, “हाम्रो पूर्ण विद्युतीय उत्पादनहरूको लागि हामीले माग निरन्तर उच्च भइरहेको देखेका छौँ ।” चीनमा बिएमडब्ल्यू ब्रान्ड र मिनीको बिक्री ४.२ प्रतिशतले बढेर करिब आठ लाख २५ हजार पुगेको छ ।

अफगानिस्तानमा आठ सय महिला जेलमा

अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्यूजले जनाएको छ । कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार अफगानिस्तानका कारागारहरूमा हाल ८०० महिलासहित करिब १९ हजार कैँदीहरू छन् । फरक–फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ ।

अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागारहरू नभएको राष्ट्रिय टिभी नेटवर्क आरटीएसँगको अन्तर्वार्तामा बताउनुभयो ।

उहाँले जेलमा कैदीहरूलाई ‘यातना’ दिइने आरोपको खण्डन गर्नु भएको छ । टोलो न्यूजका अनुसार त्यहाँ कुनै यातना वा अन्य प्रकारका दुव्र्यवहार नभएको दावी गर्नुभयो ।

केही सैन्य र राजनीतिक विज्ञहरूले तालिबानलाई यस बीचमा बन्दीहरूलाई शैक्षिक निर्देशनहरू उपलब्ध गराउन सुरु गर्न आह्वान गरेका छन् ।

राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्वपूर्ण भएको बताउँदै उनीहरूलाई विभिन्न सीपहरू पनि उपलब्ध गराउनु पर्ने बताएको टोलो न्यूजले उल्लेख गरेको छ ।

तालिबानले सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेपछि महिला अधिकारको हनन नगरिने प्रतिबद्धताको बाबजुद, उच्च शिक्षामा प्रतिबन्ध लगाउनु र समाजमा महिलाको भूमिका सीमित गर्न तालिवान प्रशासनले लिएको गैर–जिम्मेवारपूर्ण कदम हो ।

अगस्ट २०२१ पछि तालिवान प्रशासनले छ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलाहरूलाई पुरुष संरक्षकसँग मात्र यात्रा गनुपर्र्ने कडा नियम लगाएको छ ।

तालिवानहरूले सौन्दर्य सैलूनहरू बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाए । पछिल्लो समय यस विषयमा अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टि उत्पन्न भएको छ ।

सिरहामा बाक्लो हुस्सु कुहिरो, शीतलहरले विद्यालय बन्द

गोलबजार (सिरहा), २५ पुस : शीतलहरले गर्दा चिसो बढेपछि जनजीवन प्रभावित भएको भन्दै सिराहाका तीन पालिकाले एक साता जाडो बिदा दिएका छन् । सिराहाको गोलबजार तथा लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले पालिका क्षेत्रका विद्यालयमा एक साता जाडो बिदा दिएका हुन् ।

शीतलहर र चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले यही पुस २५ देखि २९ गतेसम्म बिदा दिइएको गोलबजार नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाले जानकारी दिए । लहान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २९ पुससम्म हिउँदे तथा १ माघमा माघे सङ्क्रान्ति बिदालगत्तै २ माघदेखि विद्यालय नियमित सञ्चालन हुने जनाएको छ । लक्ष्मीपुरपतारी गाउँपालिकाका शिक्षा शाखा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मङ्गलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाइएको छ ।

गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन अध्यापन प्रभावित हुने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी मङ्गलबारदेखि २ माघसम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ । पछिल्लो केही दिनयता बाक्लो हुस्सु कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ । बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।

प्रहरीको ‘अपरेशन केक’, दुई कारोबारी पक्राउ

काठमाडौँ । अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ ।

उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ । ‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार यही पुस २२ गते काठमाडौँमा विशन मानन्धर पक्राउ परेका थिए । ब्यूरोले टोली परिचालन गरी मङ्गलबार थप दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको उनले बताए ।

पक्राउ पर्नेमा काठमाडौँको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौँको दक्षिणकाली नगरपालिका–३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।

दुवैजनाले ललितपुरको एकान्तकुनामा घर भाडामा लिई केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक जोशीले बताए ।

प्रहरीले उनीहरुको कोठाबाट एक किलो एक सय ग्राम गाँजा, एक किलो पाँच सय ६८ किलो डाँठसहितको गाँजा, बिक्री गर्न राखेको एक किलो नौ सय ग्राम केक, एक थान माइक्रोओभन, नौ सय ग्राम बटर तथा एक किलो तीन सय ग्राम कुकिज बरामद गरेको छ ।

फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

काठमाडौँ, २५ पुस: लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ । यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ । यससँगै संस्थाले कानुनी वैधता प्राप्त गरेको छ ।

नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन । आव २०८०÷०८१ सम्मका लागि संस्था नवीकरण भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको बताउनुभयो ।

नेपाल रेडक्रसको यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था प्रभावित बनेको थियो । विपद्का समयमा मानवीय सेवामा खट्नुपर्ने संस्थाको नेतृत्वमा असझदारी बढ्दा रेडक्रसले प्रभावकारी काम गर्न सकेको थिएन । स्थापनाकालदेखि वैधानिक दायित्व पूरा गर्दै अघि बढिरहेको नेपाल रेडक्रसको २०७६ चैतमा तय भएको विशेष महाधिवेशन हुन नसकेपछि संस्थाले कानुनी वैधता गुमाएको थियो ।

केन्द्रीय कार्यसमितिको निर्वाचन हुन नसकेको अवस्थामा नेपाल सरकारबाट पटक–पटक तदर्थ समिति गठन भए पनि उक्त समितिले अधिवेशन गर्न सकेको थिएन । रेडक्रसप्रेमीको साझा प्रयत्नबाट गत साउन २ र ३ गते सम्पन्न विशेष महाधिवशेनले प्रा सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

लामो समयदेखि नवीकरण हुन नसकेको संस्था नवीकरण हुनु नै वर्तमान कार्यसमितिको ठूलो उपलब्धिका रुपमा रहेको अध्यक्ष नेपाल बताउनुहुन्छ । यसबीचमा नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग पनि सम्बन्ध प्रगाढ बन्दै आएको उहाँको भनाइ छ ।

“चार÷पाँच वर्षदेखि बिग्रेको अन्तरराष्ट्रिय सम्बन्ध निर्वाचित कार्यसमिति आएपछि धेरै सुधार हुँदै गएको छ”, नेपाल रेडक्रसका अध्यक्ष नेपालले भन्नुभयो, “संस्थाका बारेमा केही अन्योलता देखिए प्रष्ट पार्दै जान्छौँ ।” अहिले नेपाल रेडक्रसमा कुनै पनि विवाद नरहेको जिकिर गर्दै उहाँले संस्थाको विधान र राज्यका कानुनलाई शिरोधार्य गरेर अघि बढिने बताउनुभयो ।

नयाँ कार्यसमितिले अघिल्ला तीन वर्षको लेखा परीक्षण सम्पन्न तथा आव २०८०÷०८१ सम्मको वार्षिक प्रतिवेदन तयार गरेको छ । यसबीचमा वार्षिक साधारणसभा सम्पन्न, आव २०७९÷८० सम्मको करचुक्ता प्रमाणपत्र प्राप्त, गत मङ्सिर मसन्तसम्म समाज कल्याण परिषद्मा बुझाउनुपर्ने दायित्व भुक्तानी गरिएको रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रसको विधानलाई समावेशी बनाउने उद्देश्यका साथ मौजुदा विधान र नियमावलीलाई समयसापेक्ष परिमार्जन गरी सेवा प्रवाहमा सुधार ल्याइने रेडक्रसले जनाएको छ । रेडक्रसले आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने तयारी गरेको छ ।

विसं २०२० भदौ १९ गते स्थापना भएका नेपाल रेडक्रस सोसाइटी मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगी निकाय र समुदायको नजिकको संस्थाका रुपमा रहेको छ । रेडक्रसले विपद् व्यवस्थापन तथा प्रतिकार्य, सामुदायिक स्वास्थ्य सेवा, रक्तसञ्चार, एम्बुलेन्स, आँखा स्याहार, पर्यावरणीय संरक्षण, जनचेतना अभिवृद्धि, अन्तर्राष्ट्रिय कानुनको प्रवद्र्धन, शान्ति र मानवीय मूल्यको प्रवद्र्धनलगायका मानवीय सेवाका कार्य गर्दै आइरहेको छ । नेपाल रेडक्रसका सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार पाँच सय ६४ उपशाखा तथा छ हजार आठ सय ३२ जुनियर युवा रेडक्रस सर्कलमा १२ लाख बढी स्वयम्सेवक आबद्ध छन् ।

‘राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी जिम्मेवारीमा अपनत्व होस्’ – रक्षामन्त्री खड्का

काठमाडौँ, २५ पुस : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवन सुरक्षासँग सम्बन्धित महत्वपूर्ण र संवेदनशील विषय भएकाले आ–आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयन एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षामा उपप्रधानमन्त्री खड्काले सबै मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय तथा सरोकारवाला निकाय सबैले पूर्ण स्वामित्व र अपनत्व लिई गम्भीरताका साथ जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो । उक्त कार्ययोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषय एक हप्ताभित्र उपलब्ध गराउन उहाँले ध्यानाकर्षण गराउनुभयो । समीक्षामा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीले राष्ट्रिय सुरक्षा नीतिले राष्ट्र र जनतालाई बलियो बनाउने भएकाले नेपाल सरकारका अरू नीति यो नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने औँल्याउनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय तथा नेपाली सेनाको मात्र विषय नभएर सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएकाले सबैको सहयोग र समन्वयमा प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । रक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत विभिन्न मन्त्रालय तथा निकायका सुरक्षा नीति कार्यान्वयनसम्बद्ध श्रोत व्यक्ति सहभागी हुुनुहुन्थ्यो ।

ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानीका निम्ति अर्थमन्त्रीद्वारा विभिन्न देशका उद्यमीलाई अनुरोध

काठमाडौँ, २५ पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन आमन्त्रण गर्नुभएको छ । साथै उहाँले ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानी गर्न उहाँहरुलाई आग्रह गर्नुभएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट–२०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री महतले उहाँहरुलाई सम्मेलनमा आमन्त्रण गर्नुभएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सम्मेलनलाई सम्बोधन गर्र्दै मन्त्री महतले भन्नुभयो, “नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्तालाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ कोसेढुङ्गा खोल्नेछ भन्ने आशा गर्दछु ।”

अर्थमन्त्रीले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधिमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैङ्किङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्र पनि रहेको जानकारी दिनुभयो । दिगो र समावेशी वृद्धिलाई प्रवद्र्धन गर्नका लागि व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २००३ मा परिकल्पना गर्नुभएको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास नमूना यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशका लागि प्रेरणाको स्रोत भएको छ ।”

“सन् २०१४ मा नेपालको संसद्मा मोदीजीले भन्नुभएको कुराको ताजा सम्झना छ”, मन्त्री डा महतले भन्नुभयो, “विशेषगरी, तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउनसँगै काम गरिरहेका छौँ भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ ।”

उहाँले भन्नुभयो, “हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ । यसले नेपालमा जलविद्युत्मा लगानीको ठूलो अवसर खोल्नेछ । यसले नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा सङ्क्रमण लक्ष्य हासिल गर्न मद्दत गर्नेछ ।” मन्त्री महतले भन्नुभयो, “दुई विश्व आर्थिक शक्ति राष्ट्रका बीचमा अवस्थित नेपालले ९० को दशकको सुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको छ र धेरै अन्तरराष्ट्रिय संस्था र बहुपक्षीय एजेन्सीको सदस्य छ र हामीले अन्तरराष्ट्रिय मापदण्डअनुसार व्यापार तथा लगानी नीति र नियमन लागू गरिरहेका छौँ ।”

प्रतिनिधिसभा र राष्ट्रियसभाबीच द्वन्द्व होइन, समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्छ – सांसद विश्वकर्मा

काठमाडौँ, २५ पुस : प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनसमेतलाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराइ समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभा अपरिहार्य छ । प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक सहित आठजना गरी निर्वाचित ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एक महिलासहित तीन गरी राष्ट्रियसभामा ५९ सदस्य छन् ।

राष्ट्रियसभा परिपक्व, अनुभवी र कानुन निर्माणसँग जोडिएका योग्य व्यक्तिहरूको सभा हो । योग्य व्यक्तिको उपस्थितिबाट मात्रै राष्ट्रियसभाले प्रभावकारी काम गर्न सक्छ । संसद् कानुन निर्माणको प्रमुख थलो हो । राष्ट्रियसभाले अविच्छिन्नरूपमा काम गर्नुपर्ने हुन्छ । सांसद बनेपछि मन्त्री बन्ने आकाङ्क्षा राखेको पाइन्छ । सभाका सदस्य कार्यपालिकाको कार्यकारी सदस्यका रूपमा जानु उचित हुँदैन । जनप्रतिनिधि आफ्ना क्षेत्रका जनतासँग प्रत्यक्षरूपमा जोडिने हो । जनताको सरोकारका विषयमा पहल गर्नुपर्छ । यद्यपि सांसदहरू ऐन, कानुन तथा नीति तर्जुमामै केन्द्रित हुनुपर्छ । सांसदहरू मन्त्रालयमा विकासे आयोजनाको फाइल बोकेर हिँड्न हुँदैन । बजेट निर्माणका क्रममा स्पष्ट योजना निर्माणको सुझाव दिनुपर्छ । अहिले सांसदहरूबीच विकासे आयोजना कसले कति लैजाने भनेर होडबाजी छ । चुनावदेखि चुनावसम्मको विकासे राजनीतिले हामीलाई गाँजेको छ ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि थुप्रै कानुन निर्माण गर्न बाँकी छन् । पुराना कानुनलाई पनि समयानुकूल बनाउनुपर्ने छ । कानुन निर्माणमा सांसदको सक्रियतामा बढोत्तरी आए उहाँहरूको भूमिका पनि वजनदार हुन्थ्यो । जनताको सरोकारका विषयमा सांसदले चासो लिनुपर्छ, तर योजनामै बढी केन्द्रित हुँदा कानुन निर्माणको पाटो भने अस्तव्यस्त देखिन्छ । सांसदहरूले विधेयक निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । विधेयकको मस्यौदा निर्माणका क्रममा नै विज्ञ र सरोकारवालाको सुझाव लिइयो भने बढी प्रभावकारी हुन्छ । आफ्नो भूमिका बिर्सेर सांसद विकासे आयोजना खोज्दै हिँड्ने हो भने सांसदको गरिमा खस्कन सक्छ ।

राष्ट्रियसभा विशिष्ट प्रकृतिको सभा हो । राष्ट्रियसभा र प्रतिनिधिसभाका आ–आफ्ना छुट्टाछुट्टै विशिष्ट भूमिका छन् । राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँका रूपमा रहनु हँुदैन । पछिल्लो छ वर्षको अनुभवमा यदाकदा प्रतिनिधिसभाको छायाँ राष्ट्रियसभामा पनि परेको देखिन्छ । सोही कारण राष्ट्रियसभा नियमावली संशोधनको प्रक्रियामा छ । राष्ट्रियसभा स्थायी सदन हो । प्रतिनिधिसभा सामान्यतः प्रत्येक पाँच वर्षका लागि गठन हुन्छ । राष्ट्रियसभा अविच्छिन्न कायम रहन्छ । प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर अहिले राष्ट्रियसभा ‘थपना’का लागि मात्रै बसेको जस्तो देखिन्छ । यावत चुनौतीका बाबजुद राष्ट्रियसभाले मुलुक र जनताको हितमा काम गरिरहेको छ । निर्धारित समयमा सभा सञ्चालन हुनु, सोहीअनुसार अध्यक्षबाट ‘रुलिङ’ हुनु सकारात्मक पाटो हो । कुनै कारणबाट प्रतिनिधिसभामा अवरोध भएको अवस्थामा राष्ट्रियसभा रोकिनु हुँदैन । प्रतिनिधिसभामा भएका घटनाका सम्बन्धमा राष्ट्रियसभामा बहसको विषय बन्न सक्छन् तर राष्ट्रियसभालाई निरन्तर सञ्चालन गर्नुपर्छ ।

संविधान जारी भएको आठ वर्ष बिते पनि अझै महत्त्वपूर्ण कानुन निर्माण हुनसकेका छैनन् । संविधान कार्यान्वयसँग सम्बन्धित कानुन नबन्दा राजनीतिक उपलब्धि (गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी प्रतिनिधित्व) सुदृढ हुनसकेका छैनन् । प्राप्त उपलब्धिको संस्थागत विकासका लागि आवश्यक कानुन निर्माणमा कुनै ढिलाइ गर्न हुँदैन । कानुन निर्माणमा सरकारको भूमिका महत्त्वपूर्ण छ भने दलका शीर्षनेता पनि जिम्मेवार हुनुपर्छ ।

छ वर्षका अवधिमा दलित समुदायमाथि हुने विभिन्न जातीय विभेद र प्राकृतिक विपत्तिका घटनाका सम्बन्धमा सदनको ध्यानाकर्षण गराउँदैछु । संसदीय समितिमा पनि प्रभावकारी भूमिका निर्वाह गरेको छु । सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि घनिभूत छलफल एवं संसदीय समितिअन्तर्गत विधायन व्यवस्थापन र दिगो विकास तथा सुशासन समितिमा क्रियाशील रहेको छु ।

विधायन व्यवस्थापन समितिअन्तर्गत हालसम्म ५७ मध्ये राष्ट्रियसभाबाट २८ विधेयक पारित भई प्रमाणीकरण भएको छ भने दुईवटा विधेयक विधायन समितिमा विचाराधीन रहेको छ । प्रतिनिधिसभामा सन्देशसहित गएका १० विधेयकमध्ये पाँचवटा निष्क्रिय भएको छ । उत्पीडन र विभेदमा पारिएको दलित समुदायलाई अधिकारसम्पन्न बनाउन हालैमात्र राष्ट्रियसभामार्फत सङ्कल्प प्रस्ताव पारित गरी राज्यलाई दलित समुदायप्रति जिम्मेवार हुन सचेत गराइएको छ । अब सबै राजनीतिक दलले समन्वय र सहकार्य गरी जनतालाई अधिकारसम्पन्न बनाउन एकजुट भई संविधानले प्रत्याभूत गरेका कतिपय मौलिक हक–अधिकार कार्यान्वयन गर्न र तोकिएको समयमा बनाइसक्नुपर्ने ऐन, कानुन, नीति–नियमावली बनाउने विषयमा राष्ट्रियसभाको भूमिका महत्त्वपूर्ण रहेको छ ।

दिगो विकासको कार्यान्वयनका लागि नीतिगत सुधार गर्न निर्देशन दिइएके छ । विकासका गतिविधिमा देखिएका ढिलासुस्ती सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय र छलफल अन्तक्र्रिया गरिएको छ । दिगो विकासका लक्ष्य हासिल गर्न आवश्यक निर्देश तथा संसदीय भूमिकाका लागि प्रयत्न गरिएको छ । गत शैक्षिकसत्र सुरु हुनुअगाबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन सरकारलाई सुझाव प्रदान गरी सफलता हासिल गरिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष सङ्घीयता हो । भ्रष्टाचारको निराकरण गर्न सबै दल एकजुट भई सहमति र सहकार्य गर्न आवश्यक छ । भ्रष्टाचार निवारणसम्बन्धी कानुन निर्माण गरी त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । सङ्घीयता लागू भएपश्चात बनेका सबै निकाय, सरकार, पदाधिकारी, कर्मचारी, सङ्घसंस्थाको सम्पत्ति छानबिन गरी भ्रष्टाचार निवारणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ । अनावश्यक र कार्यक्षेत्र बाझिने कार्यालय हटाइ खर्च कटौती गर्नुपर्छ । राष्ट्रियसभामा छ वर्षको कार्यकाल विश्वविद्यालयको पढाइजस्तै रहेको महसुस भएको छ । धेरै कुरा जान्ने, बुझ्ने र सिक्ने मौका मिलेको छ । आफूले सिकेका विषयलाई गम्भीररूपमा आत्मसात् गरेर जनताको साथमा रहनेछु । अब निरुत्साहित होइन, उत्साहित ढङ्गबाट सभालाई अघि बढाउनुपर्छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबीच द्वन्द्व होइन, समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्छ । एउटा सदनले पारित गरेको विषयलाई बल्झाउने नभइ दुवै सभाले आपसमा सहकार्य गर्नुपर्छ ।
(राष्ट्रियसभा सदस्य सिङ्गबहादुर विश्वकर्मासँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीमा आधारित । सिन्धुपाल्चोक लिसङ्खु पाखर गाउँपालिका–७ मा जन्मनुभएका सांसद विश्वकर्मा २०७५ माघ २९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभएको थियो । उहाँ हाल नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहईन्चार्ज हुनुहुन्छ ।)

चिसो बढेपछि महोत्तरीका सामुदायिक विद्यालय बन्द हुन थाले

जलेश्वर (महोत्तरी, २५ पुस : महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् ।

जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।

जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेकोे बताउनुभयो । उहाँका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् ।

भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजारले लगाए दादुरा/रुवेलाविरुद्धको खोप

जाजरकोट, २५ पुस : भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा/रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । यही पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् । त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार पाँच सय ४७ जनाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ । जिल्लाका चार सय ८० खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो । आपत्कालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।सामान्य अवस्थामा दादुराको समस्या फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला दादुराको महामारी फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले पनि खोप अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।गत वर्ष जाजरकोटमा दादुराको सङ्क्रमण देखापरेको जानकारी गराउँदै स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हरेक पाँच–पाँच वर्षमा दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको सरकारले भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।दादुरा–रुवेला, टाइफाइडजस्ता समस्यालाई फैलिन नदिन निश्चित गरिएका उमेर समूहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा गौतमको भनाइ छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसङ्ख्या छ लाख ५० हजार रहेको छ । जाजरकोटमा मात्र छ महिनादेखि १५ वर्षसम्मको लक्षित जनसङ्ख्या ६८ हजार नौ सय १९ र १६ वर्षदेखि ४५ वर्षसम्मका ८६ हजार छ सय ३६ जना छन् ।

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउन माग

कञ्चनपुर, २५ पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्नुहुँदै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउनका लागि उपकुलपतिसँग आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो । झलारी क्षेत्रमै सशस्त्र प्रहरीको सुदूरपश्चिमस्तरीय विद्यालय स्थापना हुन लागेको मंगलबार यहाँ आयोजित कार्यक्रममा जानकारी गराउनुहँुदै उहाँले विद्यालय स्थापनाले शिक्षाको गुणस्तर बढाउनमा मद्दत पुग्ने बताउनुभयो । विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएका हुन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले विद्यालयको भौतिक संरचना, शैक्षिक अवस्था, आर्थिक अवस्था र चुनौतीबारे कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

खोटाङबाट यस वर्ष ३६ करोड बढीको सुन्तला निर्यात

खोटाङ, २५ पुस : दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको देखिन्छ”, उहाँले भन्नुभयो, “आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।”

जन्तेढुङ्गा –६ दिप्लुङबाट मात्रै यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा जगत् राईले दाबी गर्नुभएको छ । “हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस वर्ष रु एक करोडभन्दा बढीको निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो, “कसैले आफैँले बजारसम्म पुर्याएर बिक्री गरे भने, कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन् । मैलेचाहिँ आफैँले सुनसरीको इटहरी र उदयपुरको बेल्टार, सप्तरीको फत्तेपुरलगायतका बजार पुर्याएर रु छ लाखको बेचेँ । यस वर्षभन्दा अर्को वर्ष अझै उत्पादन बढ्ने अपेक्षा गरेका छौँ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले भन्ने एउटै गाउँबाट रु एक करोड बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन् । उक्त वडाको वाचिपाला, खुुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ । जन्तेढुङ्गा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिनुभयो । जन्तेढुङ्गाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सुन्तलाखेती गर्ने रामबहादुर कुँवरको बगानमा यस वर्ष असिनाले क्षति पुर्याएकाले गत वर्षको तुलनामा आधामात्र उत्पादन भएको जनाइएको छ । कुँवरले गत वर्ष रु नौ लाखको सुन्तला बेचेको बताउनुभएको थियो ।

आफूले उत्पादन गरेको सुन्तला दिक्तेल बजार र गाईघाटमा प्रतिकेजी रु एक सय १० देखि रु एक सय ३० सम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो । “यस वर्ष सुन्तलाबाट कम्तीमा पनि रु २० लाख कमाउने इच्छा थियो तर, असिनाले खत्तम गरिदियो । मैले चार सय बोट सुन्तला लगाएको छु । अहिले एक सय ३० बोटले उत्पादन दिन थालेको छ”, उहाँले भन्नुभयो, “अर्को वर्ष अरु बोटले पनि उत्पादन दिन्छ । अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सजिलो र बढी आम्दानी दिने भएकाले यस वर्ष थप चार सय बोट बिरुवा रोप्ने योजनामा छु ।”

रावाबेँसी गाउँपालिकामा पनि यस वर्ष सुन्तला उत्पादन राम्रै भएको वडा नं २ खार्पाका स्थानीय किसान राजबहादुर मगरले बताउनुभयो । “सुन्तलाबाट आएको आम्दानीले वर्षभरि माछा–मासु खान र घर खर्च पुग्छ । यसअघि रोगले गर्दा धेरै क्षति भएको थियो”, उहाँले भन्नुभयो, “केही वर्षदेखि बगानमा देखिएको रोग गत वर्ष नियन्त्रण गर्ने प्रयास गरेका थियौँ । केही हदसम्म सफल पनि भएका छौँ । सम्भवतः आगामी वर्षदेखि धेरै समस्या नदेखिएला भन्ने लागेको छ । रोग देखिएन भने राम्रो उत्पादन हुन्छ ।”

जिल्लाका अन्य स्थानीय तहका किसानले पनि सुन्तलाबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । जिल्लामा यातायातको सुविधा सहज भएपछि बजारसम्मको सिधा पहुँच विस्तार भएसँगै सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेको कृषि प्रसार अधिकृत पण्डितले जानकारी दिनुभयो । जिल्लामा उत्पादित सुन्तला जिल्लाभित्रकै हाटबजार तथा धरान, विराटनगर, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको पाइएको छ । जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी बाहिरी जिल्लाबाट आएका ठेकेदारले खरिद गर्ने गरेका छन् ।

जिल्लामा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बजारको समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि धेरै किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गर्न थालेका छन् । आगामी दिनमा व्यावसायिकरूपमा खेती गर्ने किसानका लागि सुन्तला ठूलो आर्थिक आम्दानीको स्रोत हुने अनुमान गरेका छौँ ।” सुन्तलाखेती गर्ने किसानका लागि कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ । जिल्लाका हरेक स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका कार्यक्रम बनाएर लागू गरेका छन् ।

राप्रपाको कविता प्रतियोगिताः रुकुमपश्चिमका उमेशले जिते एक लाख

काठमाडौँ, २५ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण शाह’का बारेमा कविता प्रतियोगिताका विजयीको नाम सार्वजनिक गरेको छ । राप्रपाले गत मङ्सिर २७ देखि पुस १५ गतेसम्मको समयसीमा तोकेर ४० वर्षमुनिका युवालाई सहभागी हुन पाउनेगरी कविता प्रतियोगिताको खुला आह्वान गरेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार छोटो समयको सूचनामा तीन सय पाँचजना सर्जकबाट रचना प्राप्त भएको थियो ।

उत्कृष्ट कविता छनोटका लागि वरिष्ठ कवि तथा साहित्यकार विश्वबिमोहन श्रेष्ठ, डा नवराज लम्साल र मोमिला जोशी निर्णायक रहनुभएको थियो । रुकुमपश्चिमका उमेश पुनमगरको ‘देशभित्र देखेको देश’ कविता प्रथम भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । यसैगरी कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, सङखुवासभाका सिजन श्रेष्ठको ‘पृथ्वीको यात्रामा पृथ्वी’ तृतीय भएको छ ।

यस्तै दाङका अविरल डिसीको ‘बाँचौँ नेपाली बनी’, म्याग्दीका निरुता बुढाथोकीको ‘ए मेरा सन्तति हो’ र लमजुङका प्रवीण अधिकारीको ‘बडामहाराजलाई पत्रले’ प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ । विजेतालाई प्रथम पुरस्कारस्वरुप रु एक लाख, द्वितीय पुरस्कारस्वरुप रु ५० हजार, तृतीय पुरस्कारस्वरुप रु २५ हजार (तीन जना प्रत्येकलाई) प्रोत्साहन पुरस्कारस्वरुप रु १० हजारका दरले यही पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा हुने जलपान समारोहका बीच पुरस्कृत गरिने र सोही दिन विजेताको कविता वाचनसमेत हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालय समायोजन गर्दै कञ्चनपुरका स्थानीय तह

महेन्द्रनगर (कञ्चनपुर), २५ पुस : कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताउनुभयो । “चालिसवटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ”, उहाँले भन्नुभयो, “सो क्रममा विद्यार्थीको सङ्ख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ ।” उहाँले प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिनुभयो ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ । शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिकसत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताउनुभयो । “यहाँ रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये तीनदेखि चारवटासम्म समायोजन हुने भन्ने छ”, उहाँले भन्नुभयो, “त्यसका लागि कार्यदलसमेत पालिकामा बनेको छ ।” उहाँले यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताउनुभयो ।

त्यसैगरी कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ । यहाँको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताउनुभयो ।

“दोधारा चादँनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहे”, उहाँले भन्नुभयो, “दरबन्दी मिलान पनि सोहीअनुसार भइसकेको छ ।” बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाएको छ । “कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरी प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ”, बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले रासससित भन्नुभयो, “अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ ।”

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चादँनी नगरपालिकामा एक–एक विद्यालय समायोजन भएको जानकारी दिनुभयो । कञ्चनपुरमा कुल दुई सय ५९ सामुदायिक विद्यालय सञ्चालित छन् ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज तोकिदै

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गर्दै सजायको लागि आज पेसी तोकेको थियो । सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

त्यसपछि जवाफी बहस भएको थियो । लामिछानेविरुद्ध एक किशोरीले करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

म्याग्दीको मालिका कागज उद्योगमा नेपाली कागजको माग बढी, उत्पादन कम

गलेश्वर (म्याग्दी), २५ पुस : म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ ।

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हँुदा विभिन्न ठाउँबाट माग आउने गर्दछ । तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन । उद्योगका सञ्चालक मोतिराज गौतमले कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको जानकारी दिनुभयो ।उहाँका अनुसार बजारमा जापानिज प्रविधिबाट उत्पादित कागज स्थानीय हाते प्रविधिबाट बनाइएको कागजभन्दा सस्तो छ । गुणस्तरमा स्थानीय कागज, जापानिज प्रविधिको भन्दा ७५–८० प्रतिशत सुरक्षित र बलियो हुने भए पनि जापानिज प्रविधिको कागजसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताको सङ्कलन गर्न कानुनी प्रक्रिया पूरा गर्न पनि झन्झटिलो हुन्छ । लोक्ता सङ्कलन गर्न वनमा जाने र उद्योगमा काम गर्ने जनशक्ति नपाइनु अर्को समस्या हुने गरेको उहाँले बताउनुभयो ।यस उद्योगमा समयानुसार विभिन्न साइजका कागजको माग हुने गर्छ । कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धुप निर्माण गर्ने छ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजको माग बढी हुने गरेको उद्योग सञ्चालक गौतमले बताउनुभयो । “मागका आधारमा हालको उत्पादनले पूर्ति गर्न सकिएको छैन । विशेषगरी १८–२० ग्राम र छ–सात ग्रामको कागज माग बढी छ । त्योमाग पूरा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।उद्योगमा चुनौती धेरै रहेका गौतमले सुनाउनुभयो । “नियमित कच्चा पदार्थ लोक्ता अभाव हुन्छ । बाह्रै महिना उत्पादन गर्न सकिँदैन । वर्षात्को समय र हिउँदमा पनि घाम नलाग्दा, पानी पर्दा उत्पादन गर्न सकिँदैन । जसका कारण कामदार टिकाउन समस्या हुन्छ”, उहाँले भन्नुभयो ।कामदारको अभाव, विद्युत्को अनियमितता, उपकरण फ्रेम मर्मतसम्भार, विद्युत्बाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ । उद्योगको दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय ताउसम्म कागज उत्पादन गर्नसक्ने क्षमता छ ।स्थानीय प्रविधिबाट नेपाली कागज उत्पादन गर्दा उत्पादन खर्च अत्यन्त महँगो भए पनि जिल्लाको पहिचान र स्थानीय उत्पादनको संरक्षणका लागि आफूले यो उद्योगलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो । स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाइदिने हो भने म्याग्दीमा नेपाली कागज उद्योगको राम्रो सम्भावना रहेको उहाँले बताउनुभयो ।“अहिले उत्पादन खर्च नै बढी छ, तर पनि उद्योगलाई निरन्तरता दिइरहेको छु”, उहाँले भन्नुभयो । उद्योगमा अहिले प्रत्यक्ष चारजना र अप्रत्यक्ष १० जनाले रोजगारी पाइरहेका छन् । म्याग्दीको माथिल्लो पहाडी भेग (तीन हजारदेखि तीन हजार दुई सय मिटरको उचाइ)मा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता)का बोट छन् । तर त्यसबाट लोक्ता (पुवा) निकाल्ने कामदारको अभाव छ । उद्योग, कामदार र खेर जाने यस्ता वन पैदावारलाई प्रोत्साहन गर्न कतैबाट पहल नभएको उहाँको गुनासो छ ।जङ्गलमा बरुवा जातको (लोक्ता) बुट्यान वनस्पति खेर गइरहेको छ । तर वन डिभिजन कार्यालयले सङ्कलनका लागि अनुमति दिँदैन । अनुमति दिएपछि पनि बरुवा जातको वनस्पतिबाट लोक्ता (बोक्रा) निकाल्ने, त्यसलाई सफा गर्ने, सुकाउने काम अत्यन्त झन्झटिलो हुँदा कामदार पाउन मुस्किल हुने गरेको उहाँले बताउनुभयो ।विसं २०७५ मा स्थापना भएको यस उद्योगले अहिले कार्यालयमा चाहिने ‘एफोर’ साइजको कागज उत्पादन गर्न थालेको छ । कागजको माग बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका सहरबाट आउने गरेको र एउटा मात्र उद्योग भएका कारण माग भएजति उत्पादन गर्न नसकेको गौतम बताउनुहुन्छ । उद्योगमा नेपाली कागजका अतिरिक्त नोटबुक, फाइल, हलुका र रङ्गीन वस्तु पनि निर्माण गर्ने गरिएको छ ।जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन् । तर ती उद्योग सञ्चालनका लागि स्थानीय सरकार र सम्बन्धित निकायले सहयोग नगरेको सञ्चालक गौतमको भनाइ छ । 

हेर्नुहोस् पुष २५ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृष राशि – आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि – जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि – शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि – आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

कन्या राशि – सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

तुला राशि – आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि- स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ ।सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

धनु राशि – जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशि- आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि – आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि – स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए

चितवन, २५ पुस : चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो ।

सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघको अनुगमन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६२ जोडी ‘क्यामेरा’ दुई/दुई वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको थियो ।सो क्षेत्रमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा तीन र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा आठ बाघ फेला परेका थिए । संरक्षणमा स्थानीय समुदायको सहभागिता र कार्यालयको अथक प्रयासपछि बाघको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको सूचना अधिकारी तिवारीले बताउनुभयो ।

कोरोनाकाे नयाँ सङ्क्रमण : सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ-: इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिनुभएको हो ।

नेपालमा पहिलोपटक सात जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ भेटिएको थियो । साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत उहाँले अनुरोध गर्नुभएको छ ।मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थानजस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गन हुन, भौतिक दूरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।

घरपालुवा कुकुरलाई सडकमा शौच गराउनेलाई महानगरले थाल्यो कारबाही

काठमाडौँ- घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिनुभयो । पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि पनि बेलाबेला काठमाडौँ महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो । सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गर्न लागिएको हो ।”

चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो । यसपटक भने काठमाडौँ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ ।

सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ । कुकुरको मलमूत्रसँगको लसपसबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा ग्रीष्म न्यौपानेले बताउनुभयो ।

डा न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहने बताउनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट

काठमाडौँ-मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गर्नुभएको छ । बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका क्रममा त्यहाँ पुग्नुभएका अध्यक्ष अन्सारीले सोमबार प्रधानमन्त्री हसिनासँग भेट गर्नुभएको हो । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय र आपसी हितका सम्बन्धका विषयमा छलफल भएको मुस्लिम आयोगले जनाएको छ । भेटमा अध्यक्ष अन्सारीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको स्मरण गर्दै नेपाल र बङ्गलादेशबीच व्यापार, आर्थिक साझेदारीलगायतमा सहकार्यको सम्भावना रहेको बताउनुभएको थियो ।

अध्यक्ष अन्सारीले नेपालबाट धेरै विद्यार्थी बङ्गलादेशमा पुगेको र कतिपय बङ्गलादेशी विद्यार्थी पनि नेपालमा अध्ययनरत रहेकाले शैक्षिक सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियो ।त्यस अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध असल छिमेकीको सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताउनुभएको आयोगले जनाएको छ । अध्यक्ष अन्सारी र आयोगका सदस्य महमदिन अली बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका लागि ढाका जानुभएको थियो ।

सुदूरपश्चिम प्रदेशसभाः विषयगत समितिका सभापति चयन आज

सुदूरपश्चिम, २५ पुस : सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो ।

प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक समिति छन् । यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ ।

प्रमुख दलहरूबीच भएको सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका देवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का वीरबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)ले ‘विषेश अधिकार’ समितिको नेतृृत्व गर्ने समझदारी भएको जनाइएको छ । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा उम्मेदवारी दिनुभएका कांग्रेसका देवानसिंह विष्टले भन्नुभयो, “प्रदेशसभामा हाल रहेका विषयगत समितिका सभापति सम्भतः निर्विरोध निर्वाचित हुने देखिन्छ, सदन चलेपछि विषेशअधिकार समितिको गठन र त्यसको सभापति सदस्यहरूको चयन गर्ने प्रक्रिया अघि बढ्नेछ ।”

समिति नेतृत्वविहीन हुँदा प्रदेश सरकारका काम–कारबाहीको नियमन र निगरानी गर्ने काम हुन नसकेको मात्र नभई समितिका आफ्ना आन्तरिक काम–कारबाही पनि ठप्प प्रायः थिए ।

यसअघि गत असोजमा समितिका सभापति छनोट गर्न प्रकाशन भएको निर्वाचन कार्यतालिका अन्तिममा स्थगन गरिएको थियो । कांगे्रस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नुभएको छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित छ दल र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको चतुरालेमा

त्रिशूली (नुवाकोट) २४ पुस : नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको चतुरालेमा पुगेको छ । सोमबार नुवाकोट आइपुगेको र्‍याली यहाँबाट आज काठमाडौँतर्फ प्रस्थानको क्रममा आज ककनी गाँउपालिका–७ चतुरालेमा पुगेको हो ।

‘एकीकरण पदमार्ग–पदयात्रा’ दीप ज्योतिसहित संलग्न र्‍यालीलाई आज नुवाकोट दरबार क्षेत्र परिसरमा आयोजित विशेष समारोहमा विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्वागत बिदाइ गर्नुभयो । नुवाकोट दरबारबाट काठमाडौँका लागि प्रस्थान गरेको र्‍याली मङ्गलबार ककनीमा बाँस बस्ने र पुस २६ गते काठमाडाैँ प्रवेश गर्ने जबरजङ्ग गण देवीघाटका सेनानी काजीमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार  ‘गोरखा–काठमाडौँ’ एकीकरण टर्च र्‍यालीले सबैभन्दा लामो दुरीको यात्रा नुवाकोटको भूमि पूरा गर्न तीन दिन लाग्नेछ । “विशाल नेपाल एकीकरणको समयमा प्रयोग गरिएको पदमार्गको संरक्षण, पर्यटन प्रवर्द्धन तथा पुर्खाले पुर्‍याएको योगदानको सम्मान युवा पिँढीलाई राष्ट्रभाव उत्पन्न गराउन र्‍यालीलाई महत्वका रुपमा लिइएको छ”, सेनानी श्रेष्ठले भन्नुभयो, “एकीकरण पदमार्गमा पर्ने कोट, पाटीपौवा, गढी, सैनिकले तालिम गरेका मैदान, ऐतिहासिक धार्मिक तथा पुरातात्विक संरचनाको संरक्षणमा सहयोग पुग्नेछ ।”

पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको महत्व पछिल्ला वर्षमा कमजोर बनाइएको समयमा नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ र्‍यालीलाई अर्थपूर्ण रुपमा हेरिएको विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनुभयो ।

गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि जीत हासिल गरी उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ र्‍यालीमार्फत सकारात्मक सन्देश प्रवाह भएको उहाँको भनाइ छ । 

गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्मको पदमार्ग ‘रुमाले’ २६ कोष पर्दछ । र्‍यालीले यस पदमार्गमा पर्ने कोट तथा गण र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रबद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

यही पुस २१ गते गोरखाबाट सुरु भएको र्‍याली सोमबार नुवाकोट आइपुगेको हो । यही पुस २६ गते काठमाडौ प्रवेश गर्ने लक्ष्य बनाएर दीप ज्योतिसहितको र्‍याली अघि बढेको छ ।

र्‍यालीमा सहभागी सैनिक पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले नै प्रयोग गरेको जस्तै पोशाक र हातहतियारमा सजिएका छन् । ‘एकीकरण टर्च’ मा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनीहरु श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा साथमा नेपालको राष्ट्रिय झण्डा र दीपज्योति र कलशसहित यात्रारत छन् । 

नुवाकोटबाट काठमाडौँतर्फ जान लागेको टोलीलाई पुस २६ गते जबरजङ्ग गण नुवाकोटले काठमाडाँैस्थित कालीध्वज गणलाई ‘एकीकरण टर्च’ हस्तान्तरण गर्ने छ ।

चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित,प्रतिमन ५४ हजारमा बिक्री

फिक्कल (इलाम), २४ पुस : बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् ।

गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार राईले बताउनुभयो । “विगतका वर्षहरुमा हामीले चिराइतो प्रतिमन रु आठ हजारदेखि २५ हजारसम्ममा बिक्री गर्ने गर्दथ्यौँ, अहिले रु ५४ हजारमा बिक्री भइरहेको छ, यो एक दशकयताकै उच्च मूल्य हो”, उहाँले भन्नुभयो, “यसले व्यावसायिक चिराइतो खेती गदै आएका हामी किसानलाई उत्साहित बनाएको छ ।”

राईले कुनै समय एकै याममा ५० मनसम्म चिराइतो बिक्री गर्नुहुन्थ्यो । केही वर्षयता मूल्य घटेपछि राईसँगै धेरैले व्यावसायिक चिराइतो खेती छाड्दै गएका थिए । अहिले अप्रत्याशित मूल्य बढेपछि किसान पुनः उत्साहित भएका छन् । “विसं २०६९ मा यहाँका प्रत्येक किसानले १० देखि ५० मनसम्म चिराइतो बिक्री गर्दथे, तर मूल्य घटेपछि धेरै चिराइतो मासेर अन्य खेतीमा लागेका थिए”, सन्दकपुर–३ का किसान शिवकुमार राई भन्नुहुन्छ, “दश रोपनी बारीमा चिराइतो खेती गरिरहेको छु, विगतमा बर्सेनि मूल्य घटेका कारण निराशा थियो, तर यसवर्ष अप्रत्याशित रुपमा मूल्य बढेको छ, यसले म जस्ता किसान धेरै खुसी छौँ ।”

मूल्य बढेसँगै व्यवसायी चिराइतो सङ्कलन गर्न गाउँगाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँमा व्यापारी आएसँगै व्यावसायिक चिराइतो खेती गर्दै आएका सन्दकपुरका किसाले मनग्य आम्दानी गरिरहेको जडीबुटी व्यवसायी फुर्वा तामाङले बताउनुभयो ।

“गत वर्ष मूल्य नआएका कारण धेरैको चिराइतो बिक्रीसमेत भएको थिएन, तर अहिले व्यापारी किसानको घरमा पुगेर राम्रो मूल्यमा चिराइतो खरिद गरिरहेका छन्”, उहाँले भन्नुभयो, “यो मूल्य स्थिर रहिरहने हो भने यहाँका किसानले अरु काम नै गर्नुपर्दैन ।” चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने तामाङले बताउनुभयो । अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रो हुने उहाँको भनाइ छ ।

पहिले पहिले जङ्गल र खेतबारीमा स्वतः उम्रने चिराइतो पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती पनि गर्दै आएका छन् । समुद्र सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले जिल्लाका माथिल्लो भेगका अधिकांश किसाले चिराइतो खेती गरिरहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाका माइपोखरी, सुलुबुङ, माबु, माइमझुवा, जमुना र इङ्ला तथा माइजोगमाई गाउँपालिकाका प्याङ र नयाँबजार एवं इलाम नगरपालिकाको पुवामझुवाको माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित चिराइतो भारत, चीन र बङ्गलादेश निर्यात हुने गरेको व्यवसायी तामाङको भनाइ छ ।

साउनदेखि कात्तिकसम्म फल्ने र असोजदेखि मङ्सिरमा पाक्ने यसको सङ्कलन भने मङ्सिरपछि गरिन्छ । जरासँगै उखेलेपछि एक किलो जतिका ससाना मुठा बनाइने यसलाई हावा आवतजावत गर्न सकिने ठाउँमा भण्डारण गरिन्छ । भूगोल हेरि मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ ।

नेपाल गुणस्तर परिषद्द्वारा खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित

काठमाडौँ, २४ पुस : नेपाल गुणस्तर परिषद्ले जुत्ताको गुणस्तर (खेलकुदमा प्रयोग हुने) मापदण्ड पारित गरेको छ ।परिषद्का अध्यक्ष एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आज बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको हो ।

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब नेपालमा उत्पादित खेलकुदमा प्रयोग हुने जुत्ताले गुणस्तरलाई ख्याल गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिनुभयो ।

जुत्तामा प्रयोग हुने रबर, विभिन्न प्रकारका कपडाको समेत गुणस्तर पारित भएको हो । गुणस्तरअनुसारको निर्माण भएको जुत्ता विदेशमा निर्यात गर्नसमेत सहज हुने विश्वास विभागले लिएको छ । यससँगै आजै विभागले ढलरहित सरसफाइ शौचालयको समेत गुणस्तर पारित गरेको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ ।

विभागका महानिर्देशक दिीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताउनुभयो । जुत्ताको गुणस्तर पारित भएसँगै अब उक्त गुणस्तर प्रयोग गरी नेपालमा सञ्चालित उद्योगले जुत्ता उत्पादन गर्ने बाटो खुलेको छ ।

दक्षिण कोरियाली संसद्द्वारा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने विधेयक पारित

दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, वध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, वध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् ।

कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष १० लाख कुकुर मारिन्थ्यो । यद्यपि ठूलो सङ्ख्यामा कोरियाली मानिसले घरपालुवा जनावरको स्वामित्वलाई अपनाइरहेकाले हालका दिनमा कुकुरको मासुको खपत तीव्ररूपमा घटेको छ । 

युवा, सहरी दक्षिण कोरियालीबीच कुकुरको मासु खान वर्जित छ र सरकारमाथि पशु अधिकारकर्मीहरूका तर्फबाट यो अभ्यासलाई गैरकानूनी घोषणा गर्न दबाब बढिरहेको छ ।

प्रतिबन्धका लागि आधिकारिक समर्थन राष्ट्रपति युन सुक येओलको नेतृत्वमा बढेको छ । उहाँ आफूलाई पशुप्रेमी दाबी गर्नुहुन्छ । राष्ट्रपति युनले कुकुरको मासुको खपतको प्रमुख आलोचक प्रथम महिला किम केओन–हीसँग आवारा कुकुर र बिराला पाल्नुभएको छ । 

सत्तारूढ र प्रमुख विपक्षी दुवै दलले प्रस्ताव गरेको विधेयक दुई जनाको अनुपस्थितिका साथ २०८–० मतबाट निर्विरोध पारित भएको छ । उक्त विधेयक राष्ट्रपति युनबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि तीन वर्षको छुट अवधिपछि लागु हुनेछ । 

कानूनअन्तर्गत मासुका लागि कुकुरको प्रजनन, बिक्री र काट्नेलाई तीन वर्षसम्मको कारागार वा तीन करोड वन (२३ हजार अमेरिकी डलर) जरिवाना लाग्नेछ । 

“अब ‘कुकुर खाने देश’ का रूपमा आलोचना गर्नुको कुनै औचित्य छैन”, विधेयक प्रस्ताव गर्ने सत्तारूढ पिपुल्स पावर पार्टीका सांसद थाए योङ– होले भन्नुभयो, “सत्तारूढ, विपक्षी दलहरू तथा सरकारले अब पशु अधिकारको रक्षा गर्ने जिम्मेबारी लिनुपर्छ ।”

कार्यकर्ता र केही सांसद विधेयक पारित भएको खुशी मनाउन संसद भवनबाहिर एकत्रित भएका थिए र मानिसहरूले ‘कुकुरको मासुको उपभोगलाई अलविदा’ र ‘कुकुरको मासुमुक्त कोरिया आउँदैछ’ भन्ने पोस्टर लहराउँदै खुशी मनाएका थिए ।

कार्यकर्ताहरूले ‘इतिहास निर्माणमा रहेको’ भन्दै विधेयकको स्वागत गरेका छन् । “हामी निर्णायक विन्दुमा पुगेका छौँ, अधिकांश कोरियाली कुकुरको मासु खान अस्वीकार गर्नेछन् र यो पीडालाई इतिहासको किताबमा राखिएको हेर्न चाहन्छन्”, ह्युमन सोसाइटी इन्टरनेसनल÷कोरियाका कार्यकारी निर्देशक जुङआह चाइले भन्नुभयो, “आज हाम्रा निर्माताहरूले यसलाई वास्तविकता बनाउन निर्णायकरूपले काम गर्नुभएको छ, यद्यपि मेरो हृदय लाखौँ कुकुरका लागि भाँचिएको छ जसका लागि यो परिवर्तन अत्यन्त ढिलो आएको छ, दक्षिण कोरियाले अब हाम्रो इतिहासमा यो दयनीय अध्यायलाई बन्द गर्न सक्छ र कुकुरको अनुकूल भविष्यलाई अपनाउन सक्छ भन्नेमा म अत्यन्त खुशी छु ।”

सोलस्थित थिङ्कट्याङ्क वेलफेय अवेरनेस, रिसर्च एन्ड एजुकेसनले सोमबार जारी गरेको सर्वेक्षणमा दक्षिण कोरियामा १० मध्ये नौ जनाले भविष्यमा कुकुरको मासु नखाने बताएका छन् । एक्टिभिस्ट ग्रुप एनिमल लिबरेसन वेभले मङ्गलबारको मतदान विश्वस्तरमा अग्रणी निर्णय थियो भन्दै यसबाट अन्य जनावरको अधिकारको रक्षाका लागि मार्ग प्रशस्त भएको बताएको छ ।

सभामुखसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेट

काठमाडौँ, २४ पुस : सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लोसभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज शिष्टाचार भेट भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र संसदीय अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो ।

संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वासः सभामुख

भेटमा सभामुख घिमिरेले नेपाल र आयरल्याण्डबीचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । युरोपेली सङ्घको एक महत्वपूर्ण सदस्यको हैसियतमा आयरल्याण्डले युरोपेली सङ्घमार्फत नेपालको विकास प्रयासलाई थप सहयोगको अपेक्षा रहेकोसमेत सभामुख घिमिरेले उल्लेख गर्नुभएको थियो ।

सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण एवं सौहाद्र्धपूर्ण सम्बन्ध रहिआएको भन्दै सभामुख घिमिरेले संसदीय लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता साझा प्रतिबद्धता भएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “आयरल्यान्डको संसद्मा आयरल्याण्ड–नेपाल संसदीयमैत्री समूह गठन भएकोमा हामीलाई खुसी लागेको छ । हालै नेपालमा पनि नेपाल–आयरल्याण्ड संसदीयमैत्री समूह गठन भएको छ ।”

दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन नेपालको संसद् र सांसदको महत्वपूर्ण भूमिका रहने आफ्नो बुझाइ रहेको उल्लेख गर्दै सभामुख घिमिरेले थप्नुभयो, “संसदीय प्रतिनिधिमण्डलको आदान-प्रदानबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने र यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै हाम्रा नागरिकको अधिकार सुनिश्चित गर्न सघाउ पुग्ने कुरामा म विश्वस्त छु ।”

सभामुख घिमिरेको गत वर्षको आयरल्याण्ड भ्रमणमा दुई देशबीच संसदीय आदानप्रदान घनिभूत बनाउने एवं संसदीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल भएको थियो । आयरल्याण्डका राष्ट्रपति तथा मन्त्रीलगायतका विशिष्ट व्यक्तित्वसँगको भेटका अवसरमा नेपाल–आयरल्याण्ड सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । ती छलफलका निष्कर्षलाई मूर्तरूप दिनेतर्फ प्रयासहरू अघि बढ्नुपर्ने सभामुख घिमिरेको धारणा रहेको छ ।

नेपालले शान्ति स्थापनामा गरेको प्रयास उदाहरणीय : अध्यक्ष बट्टिमर

सभामुख देवराज घिमिरेसँगको भेटमा आयरल्याण्डका माथिल्लोसभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरले नेपालले शान्ति क्षेत्रमा गरेको प्रयास विश्वमा उदाहरणीय भएको बताउनुभएको थियो ।

अध्यक्ष बट्टिमरले सभामुख घिमिरेले आयरल्याण्ड भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदानप्रदानमा देखाउनुभएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिले काम गरिरहेको जानकारी गराउनुभयो । साथै दुवै मुलुकमा संसदीयमैत्री समूह निर्माण भएको हुँदा तिनले संसदीय आदानप्रदानका लागि सहयोग गर्ने अपेक्षा लिएको उहाँको भनाइ थियो । अध्यक्ष बट्टिमरले नेपालले मानवअधिकार र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका क्षेत्रमा गरेका प्रगति विश्वकै लागि उदाहरणीय भएको समेत बताउनुभयो ।

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा ग्याब्रियल एटल नियुक्त

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्नुभएको छ ।

धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गर्नुभएको थियो । यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ । म्याक्रोनको मध्यमार्गी शक्ति मरिन ले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ ।

म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहनुभएको बेला यसै साता मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, “गणतन्त्रका राष्ट्रपतिले श्री ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ र उहाँलाई सरकार बनाउने जिम्मेबारी दिनुभएको छ ।”

फ्रान्सेली सरकारको नेतृत्व गर्ने दोस्रो महिला बोर्नपछि एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गर्नुभएको छ । जनताबाट लोकप्रियता हासिल गर्न आवश्यक नभए पनि आफ्नो विनम्र र बकवास आचरणले एटलले सहकर्मीहरूबाट सम्मान पाउनुभएको छ । उहाँ राजनीतिकरूपमा महत्त्वपूर्ण शिक्षा मन्त्रालयमा आफ्नो कार्यकालपछि सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति हुनुहुन्छ ।

सोमबार बोर्नले राजीनामा दिएपछि एटलको नियुक्तिको अपेक्षा गरिएको थियो । द्रुत घोषणाको अनुपस्थितिले प्रभावशाली सरकारी अधिकारीहरू एटलको जबरजस्त पदोन्नतिबाट असन्तुष्ट थिए भन्ने हल्ला फैलिएको थियो । यद्यपि आन्तरिकमन्त्री गेराल्ड डर्मानिन तथा वित्तमन्त्री ब्रुनो ले माइरेसहित तनावको पछाडि रहेका भनिएका नजिकका स्रोतहरूले यसको कडा खण्डन गरेका छन् ।

एटलको तुलना उहाँका गुरु राष्ट्रपति म्याक्रोनसँग गर्न थालिएको छ । जुनमा युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु एटलको सबैभन्दा महत्त्वपूर्ण काम हुनेछ ।

एटलको अधिक लडाकू शैली उहाँका पूर्ववर्ती बोर्नको विपरित हुने सम्भावना छ । यति सानो उमेरमा उच्च पद ग्रहण गरेपछि एटलको तुलना म्याक्रोनसँग अपरिहार्य भएको छ । म्याक्रोन ३९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा फ्रान्सको राष्ट्रपति बन्नुभएको थियो ।

एटलले लरेन्ट फाबियसको यसअघिको रेकर्ड सजिलै तोड्नुभएको छ । फाबियसलाई सन् १९८४ मा ३७ वर्षको उमेरमा फ्रेन्कोइस मितराँले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

फ्रान्सेली सञ्चारमाध्यमले सन् २०२७ मा फ्रान्सेली राष्ट्रपतिले आफ्नो कार्यकालको सीमा नाघ्दा एटलले एलिसी प्यालेसमा म्याक्रोनको स्थान लिन सक्नुहुने अनुमान गरेका छन् । सेप्टेम्बरमा फ्रान्सेली साप्ताहिक पोइन्टले भनेको थियो, “ग्याब्रिएल एटल, नयाँ म्याक्रोन ?”

आफ्नो आत्मविश्वास र राम्रो अनुहारका रूपमा जानिने एटलले स्वयंलाई म्याक्रोनको सरकारको सबैभन्दा महत्त्वाकांक्षी मन्त्रीहरूमध्ये एक प्रमाणित गर्नुभएको छ । यद्यपि आफ्नो सापेक्ष अनुभवहीनताका बावजुद उहाँले दृढ र निर्णायक व्यक्तिका रूपमा ख्याति कमाउनुभएको छ ।

गत साता प्रकाशित ओडोक्सा सर्वेक्षणअनुसार एटल सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति हुनुहुन्छ । एक तिहाइभन्दा धेरै मानिसले प्रधानमन्त्रीका रूपमा उहाँको नियुक्तिलाई समर्थन गरेका छन् ।

राष्ट्रपतिसँग सम्बन्धित नजिकको स्रोतले भनेको छ, “युवा, जनमत र युरोपेली निर्वाचन अभियानको नेतृत्व गर्ने वास्तविक वा सम्भावित क्षमताले छनोटमा फरक पारेको छ ।” नाम उल्लेख नगर्ने सर्तमा एक मन्त्रीले भनेका छन्, “उहाँ लोकप्रिय हुनुहुन्छ, युवा हुनुहुन्छ र उहाँ म्याक्रोनले बनाएको व्यक्ति हुनुहुन्छ ।”

नेपाली चलचित्रमा हलिउड अभिनेता

काठमाडौँ, २४ पुस : पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभएका निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहनुभएको छ ।

नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको चलचित्रको अमेरिकामा यही पुस २३ गतेबाट छायाङ्कन अमेरिकाको ओहायो वरपर सुरू भएको छ । हरिवंश आचार्य, दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, रिचा घिमिरेलगायत कलाकारले अभिनय गर्ने चलचित्रमा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने तय भएको निर्देशक पौडेलले जानकारी दिनुभयो ।

“हामीले पठाएको कथाले उहाँलाई प्रभावित बनाएछ, त्यसैले अभिनय गर्न उहाँ तयार हुनुभयो, हलिउडका प्रसिद्ध अभिनेतासँग काम गर्न पाउँदा त्यहाँको कार्यशैली बुझ्नसमेत मद्दत गर्नेछ”, निर्देशक पौडेलले भन्नुभयो, “यो नेपाली र हलिउड चलचित्रलाई जोड्ने अवसर पनि हुनसक्छ, हामीले विना सम्झौता चलचित्र तयार गर्न सक्दो कोसिस गरिरहेका छौँ ।” केही समय यता नेपाली चलचित्रमा भारतीय कलाकार अनुबन्धित भएको खबर आइरहँदा हलिउड अभिनेता पनि जोडिएका छन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको चलचित्र भूठान (द वर्ल्डस् ह्यापिएस्ट म्यान) सन् २०१९ मा बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘स्कृप्ट पिचिङ्ग’ मा समेत छानिएको थियो ।

विश्वका हरेक देशले आत्मसात् गर्ने कथा, राम्रो लेखन र यस चलचित्रमार्फत नेपाल अन्तर्राष्ट्रिय बजारमा जानसक्ने सुझाव आएपछि, विभिन्न देशका अन्तर्राष्ट्रिय समूहहरुसँग सहकार्य गर्दै चलचित्र तयार गर्न लागिएको निर्देशक पौडेलले जानकारी दिनुभयो । “भुटानी शरणार्थीको कथा र संवेदनालाई लिएर विगत लामो समयदेखि अत्यन्तै मिहिन ढङ्गबाट यसको काम गरिरहेका छौँ, यो हामीले हेर्नु र बुझ्नुपर्ने कथा हो”, निर्देशक पौडेलले भन्नुभयो ।

उहाँले आफू सामाजिक कथा नै प्रस्तुत गर्न रुचाउने भएकाले यस विषयलाई रोजेको बताउनुभयो । चलचित्रमा सुसन प्रजापतिले छायाङ्कन, अञ्जय खड्काले सम्पादन, डिकेश खड्गी शाहीले ध्वनि सिर्जना, अञ्जन गजुरेलले कला निर्देशन गरिरहनुभएको छ ।

इराकमा यूएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ, २४ पुस : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि इराकमा तैनाथ सहायता मिसन गार्ड एकाइलाई बदली गर्न २१ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी राजेन्द्र पराजुलीको नेतृत्वमा गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिक बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिक कार्यरत छन् ।