`

हेर्नुहोस् पुष १९ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि- सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि- यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि- कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि- मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग प्रतिस्पर्धा हुने भन्ने प्रश्न उठेको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने विषयमा छलफल सुरु भएको छ । यद्यपि, कुन मोडेलमा सिटको बाँडफाट गर्ने विषयमा ठोस प्रस्ताव नआएको नेताहरू बताउँछन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिल्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच यस’दयगतमा त्रिपक्षीय छलफल भएको छ । बुधबार बिहान ठूला तीन दलका तीन नेताबीच छलफल भएपछि बुधबार दिउँसो नै सत्तारूढ गठबन्धनको बैठकमा यस विषयमा छलफल भयो । तर, गठबन्धनमा कुनै ठोस सहमति नभएको बताइएको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको बताउँदै बिहीबार बिहान पुनः छलफल हुने बताए ।

सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै प्रचण्ड, देउवा र ओलीबीच पुनः दोस्रो चरणको छलफल भएको थियो । सोमबार र मंगलबार मा प्रचण्ड र ओलीबीच दुई पक्षीय छलफल भएको थियो । त्यसलगत्तै सो छलफलमा देउवा पनि सामेल भएका हुन् । ओलीले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सभामा आफूहरूलाई ‘जिरो’ नबनाउन आग्रह गरेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

सङ्घीय कर्मचारीको दरबन्दी घटाउने तयारी, ओएनएम अन्तिम चरणमा

काठमाडौँ । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्‍याइएको छ ।

मन्त्रालयका सहसचिव सुमन दाहालले सङ्घीय व्यवस्थाको मर्म अनुसार सङ्घको दरबन्दी घटाउँदै प्रदेश र स्थानीय तहको दरबन्दी बढाउने उद्देश्यले ओएनएमको काम अन्तिम चरणमा पुर्‍याइएको बताए । उनका अनुसार हालै मात्र मन्त्रीपरिषद्ले प्रधानमन्त्री कार्यालयका ६८ वटा पदका दरबन्दी घटाउने निर्णय गरेको थियो । दरबन्दी घटेर फाजिलमा भएका कतिपय कर्मचारी अवकाश भएपछि स्वतः त्यो पद खारेज हुने छ ।

उनले भने, “अहिले पनि कतिपय जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा कर्मचारीको अभाव छ । ती कार्यालयमा अब ओएनएम सर्भेबाट फाजिलमा परेका कर्मचारीलाई पठाइने छ । बढी कर्मचारी भएका कार्यालयबाट कर्मचारीलाई झिकेर कर्मचारी कम भएका कार्यालयमा पठाउन सरकारले ओएनएम गर्न लागेको हो ।”

सरकारले चालु आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यको बुँदा नं. ४७ मा सार्वजनिक खर्च पुनरवलोकन आयोग, २०७५ ले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सरकारको स्थायी संरचनामा दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० वटा संस्था खारेज गर्ने उल्लेख गरेको छ । उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायलाई एकअर्कामा गाभिने बजेट वक्तव्यमा उल्लेख छ ।

त्यस्तै बजेटकै बुँदा नं। ५० मा सबै सरकारी सेवाको नियामक निकाय र सार्वजनिक संस्थानमा चालु आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने, सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने उल्लेख भए अनुसार मन्त्रालयले ओएनएमलाई अन्तिम चरणमा पुर्‍याएको जनाइएको छ । मन्त्रालयले तयार गरेको ओएनएम मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउने छ ।

नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डेले प्रशासनिक असन्तुलनलाई सन्तुलन बनाउने गरी ओएनएम सर्वेक्षण गर्न सरकारलाई सुझाव दिए । उनले भने, “अहिले कतिपय मन्त्रालयमा कुनै पदका कर्मचारी अत्यावश्यक भएको तर कुनै पदका कर्मचारी अनावश्यक छन् । अहिलेको सन्दर्भमा सरकारले सङ्घका कार्यालयमा समग्र कर्मचारी दरबन्दी घटाउने गरी तयार गर्न लागेको ओएनएम सर्वेक्षणले प्रशासनिक चुस्तता कायम गर्न थप सहयोग पुग्ने छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस

गण्डकी- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो । अपाङ्गता/अलपसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मीना बरामको नाम सिफारिस गरिएको छ ।महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाका ईश्वरी सिग्देलको नाम केन्द्रमा पठाइएको एमाले प्रदेश कमिटिले जनाएको छ । राष्ट्रियसभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।

मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न, अबको १० दिनभित्र काम सकिने

सिन्धुपाल्चोक, १९ पुस : मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । बुधबार हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधिमण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सो कुराको जानकारी दिनुभयो ।

उहाँले अबका बाँकी काम केही कठिन रहेको जनाउँदै जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताउनुभयो । सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची आयोजनालाई प्राथमिकता दिएर बाह्रै महिना काठमाडौँवासीलाई पानी खुवाउनुपर्ने बताउनुभयो ।खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी लाने गरी काम गर्न लागि परेको बताउनुभयो । अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो । अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताउनुभयो ।गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ । विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौँ अस्थायीरुपमा ल्याउने गरिएको छ ।

युक्रेन पाइलट तालिमका लागि नर्वेले डेनमार्कमा दुई एफ–१६ विमान पठाउने

युक्रेनका पाइलटहरूलाई विमान प्रयोगमा प्रशिक्षित गर्न सहयोग पुर्याउन डेनमार्कमा दुई एफ–१६ लडाकू जेट पठाउने नर्वे सरकारले बुधबार बताएको छ । गत वर्ष नर्वेले डेनमार्क र नेदरल्यान्ड्स जस्ता मुलुकसँग मिलेर युक्रेनलाई एफ–१६ लडाकू जेट दान दिएका थिए । अत्याधुनिक एफ–३५ ले प्रतिस्थापन गर्नका लागि ती मुलुकले एफ–१६ लाई अवकास दिएका थिए ।

यद्यपि ओस्लोले अहिलेसम्म दान दिइने एफ–१६ को सङ्ख्या र डेलिभरीको तालिका घोषणा गरेको छैन । युक्रेनलाई दिइने एफ–१६ विमान सीमित सङ्ख्यामा हुने अपेक्षा गरिएको छ । नर्वेका रक्षामन्त्री ब्योर्न एरिल्ड ग्रामले एक विज्ञप्तिमा भन्नुभयो, “युक्रेनका लागि दिगो र आधुनिक वायु सेना स्थापना गर्ने लक्ष्यका लागि सहयोगी साझेदार र राज्यहरूले दिनरात काम गर्नेछन् ।”

स्क्यान्डिनेभियाली मुलुक नर्वेले यसअघि नै करिब १० प्रशिक्षकका साथ प्रशिक्षण कर्मचारी आपूर्ति गरिरहेको छ । नर्वेली एफ–१६ लडाकू जेटलाई अझै अनिश्चित अवधिका लागि डेनिस स्क्रिडस्ट्रप्स विमानस्थलमा तैनाथ गरिनेछ । त्यहाँ युक्रेनी पाइलटहरूलाई बहुराष्ट्रिय अपरेसनको हिस्साका रूपमा प्रशिक्षित गरिनेछ ।

नयाँ वर्षको सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “देशका पाइलटहरू पहिलादेखि नै एफ–१६ जेटमा निपुण छन् र हामी निश्चितरूपमा तिनीहरूलाई हाम्रो आकासमा देख्नेछौँ ।” उहाँले रुसी सेनाले सन् २०२४ मा युक्रेनको ‘क्रोध’ महसुस गर्ने वाचा गर्नुभयो ।

इरान बम विस्फोट अपडेट : १०३ को मृत्यु

ह त्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।

आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो ।

एजेन्सीले भनेको छ, “आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर एक सय तीन पुगेको छ ।” बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

मर्दी पदयात्रामा हराएका विदेशी पर्यटक अझै फेला परेनन्

कास्की, १८ पुस : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका एक जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन् । स्विडेनका २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग पदयात्राका क्रममा मर्दीको हाइक्याम्पबाट बेपत्ता भएको पाँच दिन व्यतीत हुँदासमेत खोजी र उद्धारमा जुटेको टोलीले उहाँको बारेमा केही जानकारी प्राप्त गर्न सकेको छैन । पर्यटक हराएको भोलिपल्टदेखिनै खोजीमा सुरक्षाकर्मी, माछापुच्छ्रे गाउँपालिका, पर्यटन व्यवसायी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट खोजीकर्ता परिचालन भए पनि अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

पदमार्गको हाइक्याम्पको होटल म्याजिक माउन्टेनमा शुक्रबार बास बसेर शनिबार बिहान ४ बजे पानी र टर्चलाइटमात्र लिएर मर्दी आधार शिविरतर्फ जानुभएका मिचलको त्यसपछि अवस्था अज्ञात छ । उहाँले आफ्नो झोलालगायत सामग्री होटलमै छाडेर जानुभएको स्थानीय व्यवसायीको भनाइ छ । मर्दीको हाइक्याम्पबाट माथि अन्य होटल तथा रेष्टुराँ छैनन् । हाइक्याम्पबाट चार घण्टाको हिँडाइपछि मर्दी बेसक्याम्प पुगिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले प्रहरीले सम्पर्क विहीन पर्यटकको खोजी गरे पनि अवस्था थाहा हुन नसकेको बताउनुभयो । “पर्यटक हराएको सूचनालगत्तै स्थानीय प्रहरी तथा पोखराबाट प्रहरी टोली गएर खोजी कार्यलाई निरन्तरता दिएका छौँ”, विकले भन्नुभयो, “फेला पर्न सक्ने सम्भावना भएका सबै ठाउँमा खोजी गरे पनि अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।”

मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका सचिव प्रदीप गौतमले चार हजार आठ सय मिटर उचाइको मर्दीको ‘अपरबेसक्याप’सम्म पुगेर खोजी गरिएको जानकारी दिनुभयो । हिउँ परिरहेको र अप्ठ्यारो बाटोका कारण खोजीमा समस्या भएको उहाँले बताउनुभयो । गौतमले हेलिकप्टरबाट खोजी र उद्धारका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित गर्न जरुरी : शङ्कर पोखरेल

काठमाडौँ, १८ पुस : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामथ्र्य कमजोर रहेको बताउनुभएको छ । राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रम उहाँले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी भएको बताउनुभयो ।

देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने सङ्कल्पकासाथ पार्टी लाग्नुपर्ने बताउँदै उहाँले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित हुन जरुरी छ, भन्नुभयो ।

महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै उहाँले त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताउनुभयो । उहाँले पार्टीको सङ्गठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई सङ्गठति गरेर पार्टीसँग जोड्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा २८ करोड सङ्कलन

काठमाडौँ । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा बुधबारसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ रुपैयाँ जम्मा भएको छ ।

उनले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । भूकम्पबाट ६७ हजार भन्दाबढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणकाक्रम जारी छ ।

विपिन जोशीको सकुशल रिहाइका निम्ति सभामुखको अनुरोध

काठमाडौँ, १८ पुस : सभामुख देवराज घिमिरेले आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गर्नुभएको छ ।

नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उहाँले निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गर्नुभएको हो । राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिनुभएको सभामुखको सचिवालयले जनाएको छ । त्यस अवसरमा नेपाल–इजरायल सम्बन्धका विविध पक्षका साथै कृषि क्षेत्रको विकासबारे पनि छलफल भएको थियो ।

गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियोभने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ । उक्त दिनपछि इजरायलले गाजापट्टीमा जारी राखेको आतङ्कवादीविरुद्धको सैन्य कारबाहीमा २२ हजार एक सय ८५ जनाको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

इरान बम विस्फोट अपडेट : ७३ जनाको मृत्यु

हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ७३ जनाको ज्यान गएको सरकारी मिडियाले बताएको छ ।

सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतङ्कवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो । लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गरेको दोष दिएका छन् ।

सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा उहाँलाई गाडिएको छ । बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा भएको उहाँको हत्याको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू जम्मा भएका थिए ।

केरमानका उप गभर्नरले विस्फोटलाई ‘आतङ्कवादी हमला’ भन्नुभएको छ । सरकारी मिडियाले बम विस्फोटमा कम्तीमा एक सय ७० जना घाइते भएको बताएको छ । इरानको तस्निम समाचार एजेन्सीले जानकार स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, “बमले भरिएका दुई ब्यागमा विस्फोट भयो, यो घटनाका अपराधीहरूले रिमोट कन्ट्रोलमार्फत बम विस्फोट गराएको देखिन्छ ।”

आइएसएनए समाचार एजेन्सीले केरमानका मेयर सइद तबरिजीलाई उद्धृत गर्दै १० मिनेटको अन्तरालमा बम विस्फोट भएको बताएको छ । अनलाइन फुटेजमा सुरक्षाकर्मीहरूले विस्फोट भएको क्षेत्रलाई घेराबन्दी गर्दा भीडहरू भाग्न खोजेको देखिन्छ । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गर्नुभएको थियो । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । जीवित रहँदै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीद्वारा ‘जीवित सहिद’ घोषणा गरिएका सुलेमानीलाई इराक र सिरिया दुवैमा इस्लामिक स्टेट जिहादी समूहलाई हराउन उहाँको भूमिकाका लागि व्यापकरूपमा नायकका रूपमा लिइन्छ ।

धेरै इरानीको नजरमा उहाँको सैन्य र रणनीतिक क्षमता अफगानिस्तानका साथै सिरिया र इराकजस्ता छिमेकी मुलुकका बहुजातीय विघटनलाई रोक्न सहायक थियो । लामो समयदेखि अमेरिका र उसका सहयोगीहरूले घातक शत्रुका रूपमा हेरिएका सुलेमानी सिरिया, इराक र यमनमा इरानको राजनीतिक र सैन्य एजेन्डा सेट गर्दै यस क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण शक्ति दलालहरूमध्येको एक हुनुहुन्थ्यो ।

सन् २०२० मा उहाँको मृत्युको केही दिनपछि केरमानमा उहाँको अन्त्येष्टिसम्म लाखौँ मानिस राष्ट्रिय एकता प्रदर्शन गर्दै शोक मनाउन निक्लिएका थिए ।

देवघाटको विकासका लागि सरकारको ध्यानाकर्षण गराउनेछु – अध्यक्ष तिमिल्सिना

दमौली, १८ पुस : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवघाटधामको धार्मिक तथा पर्यापर्यटनको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ ।

देवघाट गाउँपालिका–५ कालीमाटीस्थित जगन्नाथ शान्ति कुञ्जको अवलोकनपपछि अध्यक्ष तिमिल्सिनाले देवघाट देशकै प्रमुख धार्मिक तथा पर्यापर्यटनका लागि महत्वपूर्ण स्थान भएकाले यसको विकास र प्रचारप्रसारका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “देवघाटधाममा विश्वमा प्रसिद्ध छ । यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्दछु ।”

देवघाटमा धार्मिक पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको हुँदा यी विषयमा सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने र देवघाट जोड्ने विभिन्न ठाउँमा मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो ।

सन् २०२३ मा ऊर्जा : परम्परागत विकल्प छाडेर जलविद्युत् र ग्रिन हाइड्रोजनमा केन्द्रीत

काठमाडौँ, १८ पुस : एक अध्ययन भन्छ– पाँच वर्ष पहिले जीवाश्म इन्धनका लागि जो कोहीले पनि एक अमेरिकी डलर बराबर लगानी गर्दथे । स्वच्छ ऊर्जाका लागि पनि मानिसहरूको समान लगानी हुन्थ्यो । तर अहिले आएर त्यसमा ठूलो बदलाव आएको छ । सन् २०२३ मा आइपुग्दा भने एक अमेरिकी डलर जीवाश्म इन्धनमा लगानी भए एक दशमलव आठ अमेरिकी डलर स्वच्छ ऊर्जाका लागि उपलब्ध हुने गरेको छ ।

विश्वव्यापी रूपमा नै अधिकांश देशले ऊर्जा सङ्कटको चरम मार भोगिरहेका छन् । साधन र स्रोत भएका देशले पनि लगानीको अभावमा प्राकृतिक स्रोतको उपयोग गर्न सकेका छैनन् । सोही कारण ऊर्जा सुरक्षाको विषय सबैभन्दा सङ्गीन प्रश्न बनेर खडा भएको छ ।

रुस र युक्रेन युद्धपछि विश्व बजारमा एकाएक बढेको इन्धनको मूल्यका कारण अर्थतन्त्र चरम चापमा पर्न गयो । बढ्दो वन विनाश, जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण विश्वव्यापी जलवायु सङ्कट गहिरिँदै गएको छ । यो अवस्थालाई ख्याल गरेर संसारभर नै स्वच्छ ऊर्जाको प्रयोग, विकास र विस्तारमा विशेष ध्यान दिन थालिएको छ ।

यद्यपि हालसम्मको परिणामअनुसार ठूला नदी भएका देशले जलविद्युत् उत्पादनलाई विशेष प्राथमिकतामा राखेका छन् । यस्तै ग्रिन हाइड्रोेजन उत्पादन पनि उत्तिकै महत्त्वको विषय बनेर खडा भएको छ ।सन् २०२३ मा मात्रै ग्रिन हाइड्रोेजन उत्पादनका हिसाबले पनि अमेरिका नै शीर्ष स्थानमा रहेको छ । अमेरिकाले ४७ दशमलव तीन टन बराबरको क्षमता विकास गरेको छ । जर्मनीले २७ टन र क्यानाडाले १४ दशमलव सात टन बराबरको क्षमता बनाएका छन् ।

सन् २०३० सम्म अस्ट्रेलियाले दुई हजार ५१ टन, अमेरिकाले दुई हजार १४ टन, स्पेनले एक हजार नौ सय ८१ टन र क्यानाडाले एक हजार पाँच सय ५५ टन बराबरको ग्रिन हाइड्रोेजन विकास गर्ने लक्ष्य सार्वजनिक गरेका छन् ।

छिमेकी देश चीनले यस क्षेत्रमा उल्लेख्य प्रगति गरिसकेको छ । हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप २८) ले पनि शून्य उत्सर्जनलाई विशेष महत्त्व दिएपछि दिगो ऊर्जा प्रणालीको खोजी झनै व्यापक बनेर जाने अनुमान गरिएको छ । केही वर्ष पहिलेसम्म एकाध देशको मात्र चासोको क्षेत्र बनेको हाइड्रोेजनमा हाल दुई दर्जन बढी देशले ‘ल्याण्डमार्क’ नै बनाएका छन् ।

यस क्षेत्रमा काम गर्नेहरूले दिगो र दीर्घकालीन रणनीति पनि सार्वजनिक गरेका छन् । धेरै कम्पनीले हाइड्रोेजन व्यापारका लागि अवसरको खोजी गरिरहेका छन् । सन् २०५० सम्म कूल ऊर्जा खपतको १० प्रतिशतभन्दा बढी माग पूरा गर्नका लागि काम भइरहेको छ । सन् २०२० मा हाइड्रोेजनको माग विश्वव्यापी रूपमा ९० टन बराबर मात्रै थियो । हाल यो बढेर एक सय ५० टन बराबर पुगेको छ । दिन दुई गुणा रात चार गुणाका दरले मागमा बढोत्तरी भएको छ ।

विश्व बजारमा युरोपले इलेक्ट्रोलाइजरको क्षमता विकासमा एक प्रकारको नेतृत्व नै गरेको छ । विश्वव्यापी रूपमा स्थापित क्षमताको ४० प्रतिशत त युरोपसँगै छ ।

विश्वव्यापी रूपमा कूल ऊर्जा आपूर्तिमध्ये १७ प्रतिशत बराबरको हिस्सा जलविद्युत् क्षेत्रले ओगटेको छ । कोइला र प्राकृतिक ग्यासपछि तेस्रो स्थानमा रहेको जलविद्युत् क्षेत्रको विकासमा आगामी दिनहरू अझै भरपर्दो र विश्वासिलो बन्दै जाने देखिएको छ । पछिल्लो २० वर्षमा विश्वव्यापी रूपमा जलविद्युत् क्षेत्रको क्षमतामा ७० प्रतिशतले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०३० सम्म जलाशय, नदी प्रवाही र पम्प स्टोरेज प्रकृतिका जलविद्युत् आयोजनाको विकासमा थप बढोत्तरी हुने प्रक्षेपण गरेको छ । न्यून लागतमा जलविद्युत् आयोजनाको विकासमा ध्यान दिन सके विश्वव्यापी रूपमा बढ्दै गएको ऊर्जा सङ्कटको समाधान हुनसक्ने आम बुझाइ छ ।

बिजुलीको सहज आपूर्ति, अन्तरदेशीय विद्युत् प्रसारण प्रणालीको विकास, जलाशयहरूको बहुप्रयोग पनि उत्तिकै महत्त्वपूर्ण विषय बनेको छ । यस्तै, थप ऊर्जा उत्पादनका लागि पम्प स्टोरेज जलविद्युत् आयोजनाको विकास पनि उत्तिकै चासोको विषय बनेर गएको छ । जलविद्युत् उत्पादन क्षमताका हिसाबले शीर्ष स्थानमा रहेको चीनले सन् २०२३ मा पनि आफूलाई थप सक्षम देखाएको छ ।

चीन र भारतमा ऊर्जाको मागमा सन् २०२३ मा गिरावटको बीचमा पनि नवीकरणीय ऊर्जाको विकासमा महत्त्वपूर्ण प्रगति भएको छ । जलविद्युत् उत्पादनका साथसाथै अस्थिर बिजुलीको माग र अनियमित मौसमसँग लडिरहेका पावर नियामकलाई जीवाश्म इन्धनमा बढी निर्भर हुन बाध्य पारिदिएको छ ।

प्रमुख एसियाली अर्थतन्त्रले हालैका वर्षहरूमा अत्यधिक गर्मीको सामना गर्नुपरेको थियो । चीन र भियतनामका साथै भारतको पूर्व र उत्तरको ठूलो भूभागमा कम वर्षालगायत चरम मौसमी अवस्थाका कारण विद्युत् अभावको सामना गरेका छन् ।
कोइला जस्ता प्रदूषक इन्धनको उच्च प्रयोगले बिजुलीको माग बढाउने र आपूर्तिको कमीलाई घटाउन उत्सर्जन घटाउने चुनौतीलाई जोड दिएकोछ । एसियाको जलविद्युत् उत्पादनमा झण्डै १८ प्रतिशतले गिरावट आएको थियो । परिमाणतः जीवाश्म इन्धनको मागमा चार दशमलव ५५ प्रतिशतले वृद्धि हुन पुग्यो ।

इरानी जनरलको चिहान नजिकै भएका दुई विस्फोटमा २० को मृत्यु

इरानमा बुधबार रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको सन् २०२० मा भएको हत्याको वार्षिकी मनाउने भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको सरकारी टेलिभिजनले बताएको छ ।

“विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ”, टेलिभिजनले भनेको छ । विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो ।

केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो । विस्फोटको कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार विस्फोटमा ३० जना घाइते भएका छन् ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गर्नुभएको थियो । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उहाँ बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिनुभएको थियो । उहाँ इरानमा सम्मानित व्यक्ति हुनुहुन्थ्यो ।

नेपाली सेनाद्वारा हलेसीमा हेलिप्याड, खेलमैदान र शौचालय निर्माण

खोटाङ, १८ पुस : गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका छन् । मुडे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाको टोलीले दुई हप्ता लगाएर धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका हुन् । त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थाका बिरामीका लागि उपयोगमा ल्याउने गरी धितुङस्थित लोकेबरमा हेलिप्याड निर्माण गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताउनुभयो ।

“सभ्य समाज निर्माणका लागि सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध हुनुपर्छ । स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा नेपाली सेनाको सदैव सहयोग रहन्छ”, प्रमुख सेनानी गुरुङले भन्नुभयो, “त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिकरुपमा उद्धार गर्नुपर्ने अवस्थाका बिरामीलाई लक्षित गरेर हेलिप्याड तथा स्थानीय युवाका लागि भलिबल खेलमैदान र शौचालय निर्माण गरिदिएका हौँ ।”

लोकेबरस्थित सार्वजिक जग्गामा निर्माण गरिएको हेलिप्याडमा एन नाइन्टिन हेलिकोप्टर (३५ जनासम्म मानिस अटाउन सक्ने क्षमताको हेलिकोप्टर) अवतरण तथा उडान भर्न मिल्ने गणपति गुरुङले जानकारी दिनुभएको छ । “हेलिप्याडमा हेलिकोप्टर अवतरण तथा उडानका साथै भलिबल खेल्न मिल्ने व्यवस्था मिलाइएको छ । बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि गणको तर्फबाट चारवटा भलिबल र दुईवटा नेट (जाली)समेत उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “दुईवटा भलिबल र एउटा नेट वडा नं ७ महादेविस्थान र दुईवटा भलिबल र एउटा नेट वडा नं ८ धितुङका वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ । भलिबल खेलमा सहभागी खेलाडी र हेलिकोप्टरमा आवतजावत गर्ने मानिसका लागि महिला पुरुष छुट्टाछुट्टै शौचालयसमेत निर्माण गरिदिएका छौँ ।”

तीस मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको बहुउपयोगी हेलिप्याड निर्माणका लागि नगरपालिकाले जेसिबी र त्यसमा खपत भएको डिजेल (इन्धन) उपलब्ध गराएको जनाइएको छ । शौचालयका लागि भने नेपाली सेना आफँैले निर्माण सामग्रीसमेत खरिद गरेर सुविधायुक्त पक्की भवनसहितको महिला–पुरुष शौचालय निर्माण गरिदिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

नेपाली सेनाले निर्माण गरेको हेलिप्याड, भलिबल खेलमैदान र शौचालय बुधबार हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले औपचारिकरुपमा उद्घाटन गर्नुभयो । औपचारिकरुपमा आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख राईले नेपाली सेनाको योगदानलाई नगरपालिकाले उच्च मूल्याङ्कनका साथमा सम्मान गर्ने योजना बताउनुभयो ।

नगरपालिकाकै अधिनमा रहने गरी निर्माण गरिएको हेलिप्याड, भलिबल खेलमैदान र शौचालय उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्का, सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म खोटाङका गुल्मपति प्रहरी नायब उपरीक्षक कृष्णबहादुर बम, नगर प्रमुक्ता गिरी, अन्य वडाका वडाध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा नेपाली सेनाका जवानहरुले राष्ट्रभाव समेटिएको गीतमा साँगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।

हेलिप्याड परिसरमा छानासहितको एउटा प्रतीक्षालय आवश्यक देखिएकाले त्यसको व्यवस्थाका लागि नगरपालिकालाई सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी सुनारले प्रस्ताव राख्नुभयो । कार्यक्रमका विशेष अतिथि प्रजिअ सुनारले राखेको प्रस्तावमा आफूहरु सहमत रहेको नगर प्रमुख राईले प्रतिक्रिया दिनुभयो ।

सम्झौता भएको तीन वर्षपछि सुनकोशी नदीको वंशिलाघाटमा पुल निर्माण थालियो

उदयपुर १८ पुस: जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो ।

एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले अब कुनै पनि बहानामा काम रोक्न नपाइने राससलाई बताउनुभयो । सरकारले विनियोजन गरेको रु १९ करोड १८ लाख ४१ हजार चार सयको लागतमा पुल निर्माण थालिएको हो ।

प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षअघि पुलको शिलान्यास गर्नुभएको थियो ।

न्याय परिषद् सदस्य श्रेष्ठलाई नेपाल बार एसोसिएसनको पत्र

काठमाडौँ, १८ पुस : नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन) का विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफल लागि बोलाएको छ ।

बारमा महासचिव अन्जिता खनालले आज परिषद्का सदस्य श्रेष्ठलाई बिहीबार छलफलका लागि उपस्थित हुन आज पत्र पठाउनुभएको छ । न्यायाधीशहरुको ज्येष्ठता र वरियताक्रम नै फेरबदल हुने गरी न्याय परिषद् नियमावली संशोधन गरिएको विषयमा स्पष्ट हुनका लागि छलफलका लागि बोलाइएको महासचिव खनालले जानकारी दिनुभयो ।

“न्याय परिषद् नियमावली संशोधनप्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भई प्रधानन्यायाधीश एवं सदस्यलाई पटकपटक ध्यानाकर्षण गराइएको छ”, पत्रमा भनिएको छ, “न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा समेत यहाँ र बारको कार्यसमिति बीचमा छलफल गर्नुपर्ने भएकाले उपस्थितिका लागि अनुरोध गर्दछौँ ।”

अघिल्लै मितिमा नियुक्त भएका बहालवाला न्यायाधीशको ज्येष्ठताक्रम स्वतः पछि हुने गरी भएको संशोधन गरेकोप्रति कानुन व्यवसायीको छाता सङ्गठन बारले विरोध गर्दै आएको थियो । बारले उक्त विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।

इलामको माङसेबुङमा दुई करोडको लागतमा चारवटा सिँचाइ कुलो निर्माण

फिक्कल (इलाम), १८ पुस : इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका–१ का चारवटा टोलमा सिँचाइका निम्ति कूलो निर्माण गरिएका हुन् ।

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा कुलो निर्माण गरिएको वडाध्यक्ष भूपाल योङहाङले राससलाई जानकारी दिनुभयो ।

कुलो निर्माण भएपछि एक सय ३७ किसान प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष योङहाङले बताउनुभयो । स्थानीय लम्फेवा खोलाबाट तीन वटा र फेवाखोलाबाट एउटा कुलो खनिएको हो । पाटीगाउँमा रु ४८ लाख, लम्फेवा खोलाबाट रु ४५ लाख लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा रु ५३ र माङसेबुङ गाउँपालिका–१ र २ को सिमानामा पर्ने फेवा खोलाबाट तोभाङमा रु ६८ लाखको लागतमा कुलो निर्माण गरिएको हो ।

कुलो खन्न लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताबाट १० प्रतिशत योगदान भएको थियो ।

पोल्याण्डद्वारा युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराउन आग्रह

पोल्यान्डका विदेशमन्त्रीले बुधवार सहयोगीसमक्ष युक्रेनको लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गर्नुभएको छ । कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रूसले गरिरहेको आक्रमणबाट बच्न मद्दत गर्न यस्तो आह्वान गरेको जनाइएको छ । युक्रेनी राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभमा मङ्गलबार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं सर्वसाधारण घाइते भएका छन् ।

बुधवार, पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जालमार्फत् पुटिनले बुझ्ने भाषामा जवाफ दिनुपर्ने बताउनुभएको छ । आफ्ना तथा युक्रेनका सहयोगीहरूलाई युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू प्रदान गर्न आग्रह गर्दै यसले प्रक्षेपण क्षेत्र तथा सैन्य केन्द्रहरू हटाउन सक्षम बनाउँने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोल्याण्ड युक्रेनको कट्टर सहयोगी हो र नयाँ प्रशासनले आफ्नो छिमेकी मुलुकका लागि राजनीतिक समर्थन दोब्बर बनाएको छ ।

सिकोस्र्कीले रूसले युक्रेनलाई निरन्तर रुपमा गरिरहेको र प्रतिक्रियामा मस्को विरुद्धका पश्चिमी प्रतिबन्धहरू कठोर हुनुपर्ने बताउनुभएको छ । परिणामस्वरुप हात हतियार निर्माण तथा तस्करीलगायतका क्रियाकलापहरू फस्टाउन नपाउने उहाँको भनाइ छ । गत डिसेम्बरमा पोल्याण्डको विदेश मन्त्रीको रूपमा नियुक्त, सिकोस्र्कीले आफ्नो पहिलो विदेश भ्रमणको लागि युक्रेनलाई रोज्नुभयो । उहाँले युक्रेनलाई सशस्त्र बनाउनको लागि पश्चिमले आफ्नो अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने बताउनुभएको छ ।

प्रतिस्पर्धामा अब्बल सावित हुन टेलिकमका व्यवस्थापक र कर्मचारीलाई मन्त्री शर्माको निर्देशन

काठमाडौँ, १८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम केन्द्रीय समितिको १७औँ वार्षिकोत्सवलाई आज भद्रकालीमा सम्बोधन गर्दै मन्त्री शर्माले पछिल्लो समयमा यस संस्थामा सुधार गर्न मेहनत गर्नुपर्ने स्थिति आएको बताउनुभयो । “संस्थाको राजस्वमा गिरावट आएको छ ।

तपाईहरुले यसलाई हिजोको अवस्थामा फर्काउन निकै मेहन गर्नुपर्नेछ । जनताले अझै पनि यसलाई विश्वास गरिरहेका छन्, त्यो विश्वासलाई अवसरका रुपमा लिएर काम गर्नुहोस्”, नेपाल सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “संस्थाले नाफा कमाएमा देशको आर्थिक समृद्धिका साथै यहाँका कर्मचारीको सेवा सुविधा वृद्धिमा पनि योगदान पुग्नेछ ।”

संस्था गिर्दै गएमा सुविधा कटौती हुनसक्ने उल्लेख गर्दै मन्त्री शर्माले यस्ता विषयमा सबै सङ्गठनको व्यावसायिक योजनासहित हातेमालो हुन सकोस् भन्नुभयो । गणतन्त्र प्राप्ति भइसकेपछि आफ्ना हक अधिकारको वकालतका साथै राजनीतिक दल र कर्मचारी सङ्गठनले ध्यान देशको आर्थिक समृद्धिमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री शर्माले दूरसञ्चार ऐन, २०५३ संशोधनको गृहकार्य भइरहेको र टेलिकमको निवमावलीलाई सामयिक संशोधन गरिने जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, १८ पुस :वेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै रु २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन् ।

अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक रु एक लाख तलब प्राप्त हुने प्रलोभनमा पारी पटकपटक गरेर उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसैगरी कतार पठाइदिन्छु भन्दै रु दुई लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ ।

निजले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक रु ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन् । यसैबीच, स्लोभेनिया पठाइदिने बहानामा रु दुई लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ । सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री महत

पाटन (ललितपुर), १८ पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने धारणा राख्नुभएको छ । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित जाजरकोट रामिडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्ने बताउनुभएको हो ।

“नागरिकलाई सुरक्षित गर्ने कुरामा गम्भीर ढङ्गले लागेको छ । पुनःनिर्माणका कामलाई प्रभावकारी बनाउन स्रोत र साधनको परिचालन र वितरणमा स्थानीय र प्रदेश सरकारको प्रत्यक्ष सहयोग र कार्यान्वयनमा ध्यान दिनुपर्छ । रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरेर पनि सहज हुँदैन, उनीहरुको रोजगारी र उत्पादनलाई पनि सुरक्षित हुने गरी नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्छ ।” डा महतले भन्नुभयो ।

उहाँले विपद् व्यवस्थापनमा आवश्यक बजेट उपलब्ध गराउनु नेपाल सरकारको जिम्मेवारी हो भन्दै स्रोत र साधन जुटाएर खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । डा महतले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहमा पु¥याउनुपर्ने धारणा राख्नुहुँदै बजेटको सीमाभित्र रहेर काम गर्नुपरेको भए पनि हामी व्यवस्थापन गर्ने प्रयत्न गर्ने प्रष्ट पार्नुभयो ।

उहाँले पुनःनिर्माणका लागि बजेट नपुग भएको खण्डमा मित्रराष्ट्रका प्रतिनिधिसँग पनि समन्वय गरेर कुन रुपमा सहयोग आउन सक्छ भन्ने केही दिनमै निक्र्यौल निकाल्ने जानकारी गराउनुभयो । अब पुनः निर्माणका काम गर्दा ठूलो भूकम्प आउँदा पनि थेग्न सक्ने भवन निर्माण गर्नुपर्नेमा जोड दिनुहुँदै सरकारले यसका लागि वडा तहसम्म दक्ष प्राविधिकको व्यवस्थापन गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता छ ।

पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जनजीवनलाई जोड्ने तथा रोजगारी र सीपलाई उठाउने गरी पुनः निर्माणका काम अगाडि बढाउन तीनै तहका सरकारहरुबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा एकीकृत बस्ती निर्माणमा जोड दिनुपर्ने बताउनुुभयो । वातावरण संरक्षण सहितको प्रविधिमैत्री पुनःनिर्माणका लागि जोड दिँदै विपद् थेग्न सक्ने गरी पुनःनिर्माण अगाडि बढाउनुपर्ने धारणा उहाँको थियो ।

भूकम्प प्रभावित जिल्लाको भू–भागलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर प्राथामिकताका साथ त्यहाँको जनजीवनलाई सहज बनाउने गरी पुनःनिर्माणका काम तीव्र गतिमा अगाडि बडाउनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा दुई सय ४१ किमी ट्र्याक खोलियो

बेदकोट (कञ्चनपुर), १८ पुस: महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले राससलाई जानकारी दिनुभयो ।

“बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ । रुख कटानको आदेश आएको छ”, आयोजना प्रमुखले भन्नुभयो, “ट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।” डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ । डडेल्धुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ ।

बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ । दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको आयोजनाले जनाएको छ । ट्र्याक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ । “डडेल्धुरा खण्डको पाँच किलोमिटर स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिन्छ”, आयोजना प्रमुख जोशीले भन्नुभयो, “दार्चुला खण्डमा अहिले सडक चौडा गर्ने र नाली बनाइरहेका छौँ ।” महाकाली करिडोरअन्तर्गत पर्ने १९ हजार ६६ रुख काट्नुपर्ने उहाँले बताउनुभयो ।

करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ । विसं. २०६५÷०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ ।

कञ्चनपुरदेखि दार्चुलासम्म चार सय २५ किलोमिटर सडक निर्माण हुने छ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ । तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोली रहेको छ । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न स्थानीयले माग गरेका छन् । “महाकाली करिडोर बन्ने भनेर सुनेको दशकौँ भइसक्यो । अहिलेसम्म बनेको छैन । यो बाटो निर्माण भए हामीलाई धेरै सजिलो हुन्छ”, भीमदत्त नगरपालिका–९ खल्लाका श्याम बुढाले भन्नुभयो, “त्यसैले करिडोर निर्माणमा अब ढिलासुस्ती हुन हुँदैन ।”

तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त मङ्गलसेन दरबार पुनः निर्माण गर्न माग

अछाम, १८ पुसः तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाउँदै टोलीले वर्षौंदेखि अलपत्र दरबार निर्माणको काम चाँडै पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मङ्गलसेन नगर प्रमुख पदमबहादुर बोहराको नेतृत्वमा मंगलबार गएको जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायत टोलीले पाँच सय १५ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

द्वन्द्वकालमा क्षति भएका संरचना पुनःनिर्माण गर्ने सरकारको कार्यक्रमअन्तर्गत मङ्गलसेन दरबारको पुनःनिर्माणको काम थालिएको १५ वर्ष पुगिसक्दा पनि निर्माण अधुरै रहेको जनाउँदै यसतर्फ सम्बन्धित निकायले बेवास्ता गरेको यहाँका सरोकारवालाहरुले गुनासो छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा रहेको तथा जिल्लाकै ऐतिहासिक र पहिचान बोकेको मङ्गलसेन दरबारको निर्माण पूरा गर्न पटकपटक संघीय सरकार, सम्बन्धित मन्त्रालय, मन्त्रीहरु र अन्य निकायमा दबाबस्वरुप ध्यानाकर्षण गराएको भए पनि प्रतिबद्धता अनुसारको काम नगरेको उनीहरुको गुनासो छ ।

सरकार र राजनीतिक संरक्षणमा विभिन्न बहानामा निर्माण व्यवसायीले दरबारको निर्माण हालसम्म पनि सम्पन्न नभएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी पोखरेलले दरबारको बिषयमा आफूले ठेकेदार र मन्त्रालयमा पटकपटक कुरा राखिरहेको उल्लेख गर्नुभयो । यो मागलाई तत्काल गृह मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाउने जनाउँदै आफ्नो तर्फबाट हुने प्रयासमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

सशस्त्र द्वन्द्वका समयमा २०५८ साल फागुन ४ गते दरबार ध्वस्त भएको थियो । ‘बोलपत्र’ आव्हान भई आर्थिक वर्ष २०६४÷६५ मा निर्माण व्यवसायी राजेन्द्र साउँद÷तुल्सी दुर्गा–कुँवर–बडिमालिका जे.भी. धनगढी कैलाली र तत्कालीन सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय डोटीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । दरबार नबन्दा यसअघि निर्माण भइसकेको कामसमेत भत्किने जोखिम छ ।
मङ्गलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको उक्त दरबार उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा निर्माण सकिएको इतिहास छ । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा दरबार किनेको अछामी इतिहासका जानकारहरु बताउँछन् । योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए ।

कर्णाली नदीको कटानले बस्तीमा उच्च जोखिम, १५ हजार बढी जनसङख्या विस्थापित हुने स्थितिमा

भजनी (कैलाली) १८ पुस : कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ । टीकापुर –७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर–७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ ।

कर्णाली नदीका कारण अहिले १५ हजारभन्दा बढी जनसङख्या विस्थापित हुने स्थितिमा रहेको स्थानीय जितबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले तत्काल नदी नियन्त्रणको काम हुनुपर्ने बताउनुभयो । “हिउँदको समयमा पनि नागरिक त्रासमा छन् । नदीको धार बस्ती केन्द्रित भएर बग्न थालेको छ । उहाँले भन्नुभयो, “समयमै काम हुन सकेन भने जतिबेला जे पनि हुनसक्छ ।”

नदीले तटबन्ध गएको बर्सातको समयमा नदीले तटबन्ध भत्काएर कटान गरेको भए पनि आजभोलि मात्रै कटान गरेको भन्ने थाहाभएको स्थानीय धनसिंह साउँदले बताउनुभयो । उहाँका अनुसार बर्सातको समयमा वनभित्र सहज रुपमा आवतजावत नहुने हुँदा हिउँदमा आएर नदीले गरेको कटान थाहाभएको हो । “समयमा नदी नियन्त्रणको काम समयमै नहुने हो भने, दक्षिण पूर्वी क्षेत्रका नागरिकलाई बस्न सक्ने स्थिति छैन”, उहाँले भन्नुभयो, “सानो पुँजीले त्यो नदी नियन्त्रण हुन नसक्ने भएको हुँदा सरकारसम्म पुग्न सक्यो भने मात्रै हामीले बस्ती जोगाउन सक्ने छौँ । हजारौँ हेक्टर कृषियोग्य जमिन जोगाउन सक्नेछौँ ।”

टीकापुरको तल्लो क्षेत्रका स्थानीयलाई त्रासमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन नसकेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो । “नगरपालिकाको तीन वडाका जनताका लागि कर्णाली सधैँ अभिशाप बनेर बसेको छ । बर्सेनि त्यसैको पीडामा नागरिक छन्”, उहाँले भन्नुभयो, “कहिले योजना नभएर नदी नियन्त्रण हुँदैन । कहिले ठेकेदार फरार भएर काम हुँदैन ।”

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाले आजभन्दा आठ वर्षअगाडि सो क्षेत्रमा तटबन्धका लागि ठेक्का लगाएको थियो । तटबन्ध निर्माणको जिम्मा पाएको हाइग्रिभा, सिद्धिशाही कन्स्ट्रक्सनले काम गर्न नसक्दा आयोजनाले सो ठेक्का तोड्नुप¥यो । ठेक्का तोडेपछि कम्पनीलाई कालोसूचीमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको भए पनि निर्माण कम्पनीका सञ्चालक सम्पर्कमा आउन नसक्दा अझै प्रक्रिया टुङ्गोमा पुग्न नसकेको वडा नं ७ का वडाअध्यक्ष यज्ञराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पुरानो सम्झौता फरफारक नभएका कारण कानुनी जटिलताले राष्ट्रिय गौरवको आयोजनाले तत्काल लगानी गर्ने सङ्केत देखिएको छैन ।

नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले स्थानीय तहको बजेटले नदी नियन्त्रण सम्भावना देखिएको बताउँदै तत्काल आयोजनाले प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो । “कानुन जटिलता छन् भनेर बस्यो भने आधा टीकापुर बगर बन्न समय लाग्ने छैन । नदीले आफ्नो क्षेत्र छोडेर बस्तीमा पुगिसकेको छ”, उहाँले भन्नुभयो, “पहिला जनतालाई बचाउनतिर लागौँ । यदि बर्सात सुरु हुनुभन्दा पहिले नियन्त्रणको काम नहुने हो भने स्थिति जस्तोसुकै पनि हुनसक्छ ।” उहाँले तत्काल आयोजनामार्फत मातहतको निकायमा दबाब दिने काम गर्नुपर्ने बताउनुभयो ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना कार्यालयका प्रमुख रवीन्द्र थापाले नदी नियन्त्रणका लागि आयोजनाले आन्तरिक तयारी सुरु गरेको बताउनुभएको छ । पुरानो ठेक्का तोडिएका कारण नयाँ ठेक्का प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुँदा केही समय लाग्न सक्ने उहाँको भनाइ छ । “पुरानो निर्माण भएको तटबन्ध पनि भत्किएको छ । त्यस्तो तटबन्ध पुनःनिर्माण गरेर नदी नियन्त्रण गर्न सकिने स्थिति छैन । उहाँले भन्नुभयो, “तटबन्धको विकल्पमा हामीले अन्य क्षेत्रमा गर्दै आएको ठूलो ढुङ्गाको प्रयोग गरेर काम अगाडि बढ्छ ।”

उहाँका अनुसार असार मसान्तसम्म आयोजनाले नदी नियन्त्रण गरिसक्ने गरी काम गर्नेछ । “हामीले स्रोतको खोजी पनि गर्नुपर्ने छ । एउटा खाका तयार पारिसकेका छौँ । स्रोतको सुनिश्चितता गरेर त्यसको लागत अनुमानसहित नयाँ ढङ्गबाट कामको सुरुआत हुनेछ”, आयोजना प्रमुख थापाले भन्नुभयो, “त्यहाँ काम गर्न पनि निकै अप्ठ्यारो छ । स्थानीय जनप्रतिनिधिहरुसँग सहजीकरण गर्दै स्थानीयवासीलाई जोखिमबाट जोगाउन लाग्नेछौँ ।”

नदीजन्यपदार्थको जथाभावी उत्खननले कर्णाली नदी बर्सेनि आयोजनाको तटबन्ध भत्किन थालेपछि लम्कीचुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा जोखिम बढ्दै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका कारण बर्दिया क्षेत्रमा उत्खनन नहुँदा पनि कैलालीतर्फ जोखिम बढेको हो । बर्सातको समयमा कर्णाली तटीय क्षेत्रका स्थानीय त्रासमा बस्नुपरेको छ । “तार जालीको तटबन्धले कर्णाली नियन्त्रण हुन सक्ने अवस्था देखिएको छैन । विकल्पका रुपमा प्रयोग भएको पहाडको ठूलो ढुङ्गाको प्रयोग गरेर नागरिकलाई शान्त वातावरणमा बस्ने प्रबन्ध मिलाइनुपर्छ”, स्थानीय समाजसेवी कृष्णप्रसाद उपाध्यायले भन्नुभयो, “आयोजनाको समयावधि सीमित भएका कारण आयोजनाको म्याद सकिएपछि झन् समस्या हुनसक्ने हुँदा त्यसतर्फ पनि ध्यान पु¥याउनआवश्यक छ ।”

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

कञ्चनपुर, १८ पुस – नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०÷०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । “नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौँं” उहाँले भन्नुभयो, “ती ट्र्याक्टर सञ्चालकबाट जरिवानास्वरुप रु तीन लाख रकम असुल उपर गरिएको छ ।”

जरिवाना लिन थालेपछि अवैधरुपमा नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उहाँको भनाइ छ । नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन् । स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउना साथ प्रहरीलाई खबर गरी सहयोग गरिरहेका छन् ।

डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रुपमा सङ्कलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनयमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक वनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ ।

“त्यस्तो कार्य वन ऐन २०७६ विपरीत हुने हुँदा रोकथाम गर्नका लागि भनेका छौँ” उहाँले भन्नुभयो, “वन रक्षकको टोलीलाईसमेत अवैध रुपमा हुने नदीजन्य पदार्थको ओसारपसार रोक्ने कार्यमा परिचालन गरिएको छ ।”यसैगरी, इप्रका झलारीले शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा चालु आवको हालसम्म ट्राफिक नियम विपरीत चल्ने एक हजार नौ सय सवारीसाधनलाई कारबाही गरी रु १२ लाख ८८ हजार पाँच सय रकम सङकलन गरी राजस्वमा जम्मा गरेको छ । अवैध रुपमा चोरी तस्करी भएको ७४ दशमलव ९२ क्यूविक सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय कलुवापुरलाई बुझाइएको छ ।

तनहुँको म्याग्देमा दुई करोड लागतमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

दमौली, १८ पुस : तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गर्नुभएको थियो । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौती हुँदै आएको थियो । डम्पिङ साइड सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापन धेरै हदसम्म सहज हुन्छ ।”

गाउँपालिकाको बजार क्षेत्रमा सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरु उक्त सङ्कलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ । उपाध्यक्ष घिमिरले फोहर सङ्कलन केन्द्रबाट कुहिने र नकुहिने फोहर छुट्याइने र कुहिने फोहरबाट मल उत्पादन गरिने र नकुहिने फोहरबाट अन्य उत्पादन गरी मोहर बनाइने बताउनुभयो । २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । गाउँपलिकाले विसं २०७८ चैत ९ गते स्थानीयवासीसँग रु ३३ लाखमा जग्गा खरिद गरेको थियो ।जग्गा खरिदलगायत गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा रु दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । फोहरमैला व्यवस्थापन केन्द्रका लागि रु २१ करोडको गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न बाँकी छ । अधिकारीका अनुसार करिब पाँच हजार घरधुरीबाट फोहरमैला सङ्कलन गरिनेछ । फोहर सङ्कलनका लागि टिपरसमेत खरिद भइसकेको छ । फोहरमैला व्यवस्थापनका लागि सर्वसाधारणसँग न्यूनतम रु एक सय शुल्क लिइने अधिकारीले बताउनुभयो । केन्द्रमा तीनजनालाई रोजगारी दिइएको छ ।साप्ताहिक रुपमा सबै वडामा पुगेर फोहरमैला सङ्कलन गरिने जनाइएको छ । छिमेकी पालिका व्यास र शुक्लागण्डकी नगरपालिकासँग समेत रोयल्टी लिएर त्यस ठाउँको फोहर यहाँ व्यवस्थापन गर्न सकिने विषयमा छलफल भएको अधिकारीले बताउनुभयो । गाउँपालिकाको आन्तरिक स्रोतबाट उक्त डम्पिङ साइड निर्माण गरिएको हो । उक्त केन्द्र निर्माणको थालनी विसं २०८० वैशाख ३ गतेदेखि भएको थियो । शुक्लागण्डकी नगरपालिका–४ स्थित लाहुरे काइला बिल्डर्ससँग सम्झौता भई डम्पिङ साइट निर्माण गरिएको हो ।गाउँपालिकाले हालै आयोजित गाउँसभाबाट वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, २०८० पारित गरिसकेको छ । जिल्लाका दश स्थानीय तहमध्ये शुक्लागण्डकी नगरपालिकाले मात्रै यस अगाडि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । तर उक्त केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । तनहुँको स्थानीय तहमा फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट बनेको छ । जिल्लाका सबैजसो स्थानीय तहलाई फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएको छ । अधिकांश स्थानीय तहले सङ्कलित फोहरमैला नदी किनारमा फाल्दै आएका छन् ।––

कोशी प्रदेश स्तरीय भलिबल माघ २४ गतेदेखि

टक्सार (भोजपुर) – जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगितामा तेस्रो हुने टोलीले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताउनुभयो ।

आगामी माघ २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत मद्दत पुग्नेछ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कोशी प्रदेशभरिका पालिकाहरुले नगद दुई हजार पाँच सय तिरेर टोली दर्ता गर्न पाउने अध्यक्ष शेर्पाले बताउनुभयो ।

भलिबलका उत्कृष्ट खेलाडीहरु उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हुँदै गएको प्रतियोगिताले खेलाडीहरुमा उत्साहसमेत हराएकाले प्रदेश स्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका उहाँको भनाइ रहेको छ । “खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरिरहेको छ, खेलकुद क्षेत्रका लागि परिचित जिल्लाका रुपमा भोजपुरलाई चिनाउने गरी काम गर्ने छौँ,” अध्यक्ष शेर्पाले भन्नुभयो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव शेर्पाले बताउनुभयो । खेल बिनामानिस अधुरो हुन्छ भने खेलले स्वस्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पूर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।

इतिहासविद् इमानसिंह चेम्जोङको सालिक अनावरण

बनियानी (झापा), १८ पुस : झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिनुभयो । यसका लागि दाताहरुबाट रु २१ लाख ५२ हजार दुई सय ५६ सङ्कलन गरिएको र रु छ लाख ३१ हजार दुई सय ९० बचत समेत भएको संयोजक चेम्जोङले बताउनुभयो ।

हाल पठनपाठन हुँदै आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा इमानसिंह को योगदान उच्च रहेको छ । तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले उहाँलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ यसैबीच स्व चेम्जोङको एक सय २१औँ जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले उक्त सालिक अनावरणसमेत गर्नुभएको छ ।

‘जनगणनाको परिसूचकको वैज्ञानिक अध्ययन आवश्यक छ’

कीर्तिपुर, १८ पुस ः जनसङ्ख्याविद्ले बढ्दो जनसाङ्खिक असन्तुलन र आप्रवासनका भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या शिक्षा केन्द्रीय विभागद्वारा मङ्गलबार आयोजित सञ्चारकर्मीसंगको छलफलमा उहाँहरुले देश जनसङ्ख्याको उतारचढावअनुरुप विकासका योजनाहरु बनाउन सबै क्षेत्रका कर्मचारीसंग जनसङ्ख्यासम्बन्धी ज्ञान हुनुपर्ने र विश्वविद्यालयबाट विषयविज्ञ उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा विभागका प्रमुख प्राध्यापक डा योगेन्द्र गुरुङले विगतमा जनसङ्ख्या नियन्त्रणलाई प्रमुख नीति बनाउँदै आएको नेपालमा जन्मदर कूल जनसङ्ख्याको एक प्रतिशतबाट तल झरेपछि जनसङ्ख्या व्यवस्थापनतर्फ जानुपर्ने भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “एकातर्फ सात प्रतिशत पुगेको ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि रणनीति बनाउनुपर्ने छभने अर्कोतर्फ २८ प्रतिशत बालबालिकाको भविष्यका लागि सोच्नुपर्ने अवस्था छ । देशको आर्थिक सामाजिक र राजनीतिक नीतिनिर्माणका लागि जनसङ्ख्याको अध्ययन आवश्यक छ । ”

विभागका सहप्राध्यापक डा पद्मप्रसाद खतिवडाले विगतमा एक सन्तान नीति लिएको छिमेकी राष्ट्र चीनले सन् २०२१ मा आइपुग्दा ‘एक दम्पती, तीन सन्तान’लाई प्रोत्साहन गरेकोबाट नेपालले पनि शिक्षा लिनुपर्ने बताउनुभयो । युवा र दक्ष जनशक्ति बाहिरिने क्रम तीव्र बढ्नु र जनसङ्ख्यामा आएको उतारचढावका कारण जनसङ्ख्या शिक्षाको महत्व थप वृद्धि भएको डा खतिवडाले बताउनुभयो । यसैलाई दृष्टिगत गरी विभागले यस वर्षदेखि पाँचजना विद्यार्थीलाई छात्रवृत्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवेदन तयारी र अनुसन्धान कार्यक्रममा सहभागिताको अवसरसमेत विद्यार्थीलाई दिइने जानकारी पनि उहाँले दिनुभयो ।

विभागले आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा जनसङ्ख्या विषयका अध्येताहरु, सरकारी कमर्चारी र कूटनीतिक क्षेत्रमा क्रियाशीलहरुलाई समेत लक्षित गरी दुईहप्ते सघन तालिमसमेत सञ्चालन गरिरहेको जानकारी पनि कार्यक्रममा दिइयो ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत २०४५ सालमा स्थापना जनसङ्ख्या केन्द्रीय विभागबाट हालसम्म दुई हजार तीन सयभन्दा बढी स्नातकोत्तर, एक सय ८२ एमफिल तथा १९ जनाले विद्यावारिधि हासिल गरेको जानकारीसमेत कार्यक्रममा दिइयो । विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सहकार्य गरिरहेको जानकारी पनि डा खतिवडाले दिनुभयो ।

कार्यक्रममा विभागका सहप्राध्यापक बालकृष्ण माबोहाङले जनसङ्ख्यासम्बन्धी विज्ञ आवश्यक सङ्ख्यामा उत्पादन गर्न सकिए देशमा कस्तो जनशक्ति कति मात्रामा आवश्यक हुन्छ र कुन कुरालाई प्राथमिकता दिनुपर्छ र कुन कामका लागि कति स्रोत आवश्यक पर्छ भन्नेजस्ता प्रश्नमा हचुवाको भर पर्नु नपर्ने बताउनुभयो ।

४० वर्ष भारतमा जेल जिबन बिताएर फर्किएका दुर्गाप्रसाद उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

इलाम, १८ पुसः इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।

दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भन्नुभयो, “महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको छ ।” गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौँलगायत विभिन्न स्थानबाट सहयोगको प्रस्ताव आइरहे पनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताउनुभएको छ । “उपचारमा त्यहाँ रु सात लाख १५ हजार खर्च भएको थियो,” गोपालले भन्नुभयोे, “तीन लाख रुपैयाँ त बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ । पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन ।”अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै उहाँले अहिले हिसाब–कति पुग्यो थाहा थाहा नभएको बताउनुभयो । अस्पतालले बारम्बार फोन गरिरहेको छ,” उहाँले भन्नुहुन्छ, “ठूलोबुबालाई भारतीय ‘हाइकोर्ट’को आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको छ ।” थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ ।ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो । “दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो”, उहाँले भन्नुभयो, “शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।” उहाँले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको जानकारी दिनुभयो ।दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको गोपालले बताउनुभएको छ । “विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो,” उहाँले भन्नुभयो, “अहिले चाहिँ निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन ।”इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । उहाँ २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उहाँ २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला पर्नुभयो । विभिन्न सङ्घसंस्थाको पहलमा उहाँलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । अहिले उहाँकी आमाको निधन भइसकेको छ ।इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उहाँको केही उपचार निःशुल्क गरिदिएको थियो । उहाँको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो । उपचारपछि घर आउनुभएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बन्नुभएका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उहाँलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताउनुभयो ।–––

यातायात मन्त्रीलाई फिर्ता बोलाउन माधव नेपाललाई प्रधानमन्त्रीको गरे फोन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्।

दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतले बतायो। रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो।

यसमा भौतिक योजना तथा यातायातमन्त्री ज्वाला पनि जिम्मेवार देखिएपछि प्रधानमन्त्री दाहालले उनलाई सरकारबाट फिर्ता बोलाउन अध्यक्ष नेपालसमक्ष आग्रह गरेका हुन्। मन्त्री ज्वाला झन्डावाला गाडीसहित बालकुमारी हुँदै कोटेश्वर जाने क्रममा प्रदर्शनकारीले उनको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाएको थियो।

‘भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा पर्नुभयो, उहाँलाई सरकारबाट फिर्ता बोलाउँदा राम्रो होला,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै नेपालनिकट स्रोतले भन्यो। मन्त्री ज्वाला शुक्रबार एकाएक विरोध प्रदर्शन भइरहेको क्षेत्रमा पुग्दा प्रदर्शनकारी आक्रोशित भई दुर्घटना हुन पुगेको थियो।

मन्त्रीलाई जोगाउन सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली बर्साएका थिए। मन्त्रीको यो कमजोरीलाई लिएर नेकपा एसभित्र पनि असन्तुष्टि बढेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

गाजा र पश्चिम किनारका लागि एकल प्यालेस्टिनी सरकारका लागि ‘खुला’ रहेको हमास प्रमुखको भनाइ

हमास प्रमुख इस्माइल हानियेहले गाजामा शासन गर्नका लागि एकल प्यालेस्टिनी प्रशासनका लागि आफू तयार रहेको मङ्गलबार बताउनुभएको छ । गाजामा हमासको शासन छ र पश्चिम किनार उसको कब्जामा छ ।“हामी आन्तरिक (प्यालेस्टिनी) अवस्थाका सम्बन्धमा धेरै पहल प्राप्त गरेका छौँ र हामी पश्चिम किनार र गाजाका लागि एउटा राष्ट्रिय सरकारको विचारका लागि खुला छौँ”, उहाँले टेलिभिजन सम्बोधनमा भन्नुभयो ।

सन् २००६ को प्यालेस्टिनी निर्वाचनमा विजय भएपछि हमासले गाजापट्टीलाई नियन्त्रण गरेको छ । त्यसअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीसँग हिंसात्मक झडपहरू भएका थिए । गुटहरूबीच मेलमिलापका धेरै प्रयास विफल भएका छन् । पश्चिम किनारमा प्यालेस्टिनी प्राधिकरणका प्रमुखका रूपमा अब्बासको लोकप्रियता घटेको छ ।

हमास र इजराइलबीच करिब तीन महिनाको युद्धका क्रममा गाजाको भावी शासनबारे लगातार प्रश्न गरिएको छ । इजराइलले हमासलाई सखाप पार्ने वाचा गरेको छ । अमेरिकाले युद्धपछि प्यालेस्टिनीहरू कुनै पनि प्रशासनको हिस्सा हुनुपर्नेमा जोड दिएको छ तर अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्यालेस्टिनी प्राधिकरणको भविष्यको भूमिका अस्पष्ट छ ।

अल जजिराले प्रसारण गरेको हानियेहको सम्बोधनमा उहाँले युद्धमा दोस्रो सम्भावित विरामका बारेमा पनि चर्चा गर्नुभयो । यसअघिको युद्धविरामले अक्टोबर ७ मा हमासले इजराइलबाट अपहरण गरेका दुई सय ५० बन्धकमध्ये करिब आधालाई रिहा गर्न मार्ग प्रशस्त गरेको थियो ।धेरै विवरण नदिई हानियेहले भन्नुभयो, “शत्रुका बन्दीहरूलाई प्रतिरोधले निर्धारित सर्तका आधारमा मात्र रिहा गरिनेछ ।” गाजामा करिब एक सय २९ बन्धक अझै पनि बन्दी छन् ।

फिनल्यान्ड र स्विडेनमा चिसोले तापक्रम माइनस ४० डिग्रीभन्दा तल

फिनल्यान्ड र स्विडेनमा मङ्गलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ ।

स्विडेनका रेल अपरेटरहरूले चिसोका कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन् ।स्विडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्विडेनमा आदिवासी सामी बसोबास गर्ने एउटा सानो गाउँ निक्कालुओक्टामा मङ्गलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१ दशमलव छ डिग्री सेल्सियस तल पुगेको छ । एसभिटीका मौसमविद् निल्स होल्मक्विस्टले भन्नुभयो, “यो जाडोमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम हो र उत्तरमा धेरै चिसो मौसम रहने छ ।”

स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै स्थानमा शून्यभन्दा ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ । साथै उसले दक्षिणी स्विडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ । संस्थानको दोस्रो उच्च चेतावनी आधा रातदेखि बुधबारसम्म लागु हुन्छ ।

छिमेकी फिनल्यान्डमा यो जाडोको चिसो रेकर्ड उत्तरपश्चिमी सहर यलिभिस्कामा गरिएको छ । त्यहाँ मङ्गलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७ दशमलव आठ डिग्री सेल्सियससम्म तल झरेको थियो । पूर्वानुमानकर्ताहरूले पूरै साता केही स्थानमा तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने बताएका छन् । फिनिस राजधानी हेलसिन्कीमा तापक्रम शून्यदेखि १५ र २० डिग्री सेल्सियसको बीचसम्म तल झर्ने अपेक्षा गरिएको थियो ।

दक्षिणी नर्वेको अरेन्डल सहरमा बालबालिकालाई स्कुल जानका लागि समयमै फुटपाथ सफा गर्न सम्भव नभएकाले बुधबार स्कुल बन्द रहने अधिकारीहरूले बताएका छन् । डेनिस अधिकारीहरूका अनुसार पूरै क्षेत्रमा कयौँ डुङ्गा कम्पनीहरूले दक्षिणी नर्वेदेखि डेनमार्कसम्मको क्रसिङसहितका केही क्रसिङलाई रद्द गरिएको छ । तीव्र हावाका कारण एउटा मुख्य पुललाई हलुका ट्रेलर भएका सवारीका लागि बन्द गरिएको थियो ।

वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दी १० करोड बढी ठगे गर्ने लामा पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरी    सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

लामालाई प्रहरीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलबाट पक्राउ गरेको हो । उनले पीडित व्यक्तिबाट रु पाँच लाखदेखि रु १५ लाखसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रहरीले उक्त ट्रेनिङ सेन्टरबाट नौ सय ९७ थान राहदानी समेत बरामद गरेको छ । पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् पुष १८ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि- आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि- पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि- बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि- थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि- स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि – मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि – बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि- बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन,बिरामी कहाँ जाने ?

काठमाडौँ । दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन । सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् ।

त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।

ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले एमआरआई मेसिन अनिवार्य भए पनि हालसम्म खरिद गर्न नसकिएको बताए । “निकै महँगो पर्ने भएकाले अस्पतालको स्रोतबाट एमआरआई मेसिन खरिद गर्न सम्भव छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई मेसिन अभावले समस्यामा परेकाले तत्काल मेसिन उपलब्ध गराइदिन आग्रह गरेका छौँ तर प्राप्त भइरहेको अवस्था छैन,” उनले भने ।

ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका मध्ये ८० प्रतिशतको शल्यक्रिया गर्नुपर्ने हुन्छ । “त्यस्ता बिरामीका लागि एमआरआई अनिवार्य गर्नुपर्ने हुन्छ,” उनले भने, “ट्रमा सेन्टरमा एमआरआई नहुँदा दैनिक २० देखि २५ जना बिरामी निजी संस्थामा गएर एमआरआई गराउन बाध्य छन् ।” आकस्मिकमा आउने बिरामीलाई भने सँगैको वीर अस्पतालमा एमआरआई गर्ने गरिएको छ । वीर अस्पतालमा सोही अस्पतालका बिरामीले पनि तत्काल पालो पाउँदैनन् र कुर्नुपर्ने अवस्था छ । वीर अस्पतालमा दिउँसो मात्र एमआरआई सेवा उपलब्ध छ । ट्रमा सेन्टरमा ल्याइएका बिरामी कतिपयलाई कुनै पनि समयमा एमआरआई गराउनुपर्ने अवस्था रहन्छ ।

ट्रमा सेन्टरका निर्देशक डा. रिजालले भने, “यहाँ आएका सबैलाई वीर अस्पतालमा पठाउन पनि सकिँदैन । त्यहीँका बिरामी नै पालो कुर्नुपर्ने अवस्था छ, हाम्रा बिरामी सबैको उसले एमआरआई गरिदिने अवस्था छैन । त्यसैले निजी संस्थामा पठाउनुको विकल्प नै छैन ।”

निजी संस्थामा एमआरआई गर्न निकै चर्को शुल्क तिर्नुपर्ने हुन्छ । एमआरआई सेवा सञ्चालन गर्ने गरेका संस्था र सरकारी अस्पतालका स्वास्थ्यकर्मीबिच आर्थिक सम्बन्ध रहने गरेको पनि आरोप लाग्दै आएको छ । दुर्घटनाका घाइतेको उपचारका लागि भारत सरकारको सहयोगमा निर्माण गरिएको ट्रमा सेन्टर २०७२ सालबाट सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ट्रमा सेन्टरमा एमआरआई मेसिन अत्यावश्यक भएको बताए । “ट्रमा सेन्टरबाट एमआरआई खरिदका लागि बजेट छुट्याउनका लागि माग आएको छ,” उनले भने, “मन्त्रालयले ट्रमा सेन्टर खरिदका लागि प्राथमिकता दिने छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

त्रिविको उपकुलपति छनोट खुला प्रतिस्पर्धाबाट हुने गरी कार्यविधिको ड्राफ्ट तयार

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ ।

राजनीतिक भागबन्डाको आधारमा सबै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने प्रचलनले विश्वविद्यालयको साख गिर्दै गएको विषयमा सर्वत्र आलोचना भइरहेको बेला सरकारले कार्यविधि तयार गरी मेरिटको आधारमा त्रिविको उपकुलपति छनोट गर्न लागेको हो ।

कार्यविधिमा प्राध्यापन क्षेत्रमा लगातार १० वर्ष योगदान गरेको, विद्यावारिधि भएको, त्रिविको शैक्षिक र प्राज्ञिक उन्नयनका लागि उपकुलपति भएर गर्न सक्ने कामको योजनासहितको प्रस्तुतीकरणलगायत विषय समेटिएको छ ।

कमिटीले योग्यता र शिक्षा क्षेत्रमा गरेको योगदानलाई ५५ २४५ अंकको प्रस्तुतीकरण अंक तोकेको छ । कमिटीले सबै विषय गोप्य राखेको छ । स्रोतका अनुसार ड्राफ्ट तयार भए पनि सार्वजनिक भएको छैन, यी विषय समेटेर उपकुलपति छनोट प्रक्रिया अघि बढाइने छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।