`

बाजुरामा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु

बाजुरा, १३ पुस : जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

बनियानी (झापा ) । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो ।

हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ ।

मुग्लिन पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

दमौली, १३ पुस : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ । सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुनेछ । त्यही अनुसार अहिले काम भइरहेको ।” उहाँका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ ।सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।पूर्वी खण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा करिब ४५ प्रतिशत काम सकिएको । पूर्वी खण्डमा १२.५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी रुपमा कालोपत्र गर्ने काम भइरहेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उहाँको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

यती एयरलाइन्सको विमान मानवीय त्रुटिले दुर्घटना भएको निष्कर्ष

काठमाडौँ,-गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो ।

“जहाज अवतरणको क्रममा ककपिटमा रहेका पाइलटले फ्लेप (Flap) लिभर तान्नुपर्ने थियो तर, कन्डिसन लिभर तानेको पाइयो । यसले गर्दा जहाजस्थिर हुनसकेन”, जहाज दुर्घटनाको कारण बताउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले भन्नुभयो, “पाइलटका लागि नयाँ विमानस्थल थियो । धावनमार्ग वरिपरी टेरेन्ट पनि थियो । यो पनि दुर्घटनाको कारक थियो । उक्त दुर्घटनामा मानवीय पक्ष बढी जिम्मेवार देखिन्छ ।”एटीआर–७२ हवाईजहाज दुर्घटनाको मुख्य कारण मानवीय कमजोरी देखिएको आयोगका अध्यक्ष नगेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइलटले फ्लेप लिभर (जहाजको स्पिडलाई स्लो गर्ने) तान्नुपर्नेमा दुर्भाग्यवस ‘कन्डिसन लिभर’ तानेको देखिन्छ । जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घनाग्रस्त हुन पुगेको हो । दुर्घटनाको विश्लेषण गर्दा मानवीय त्रुटी बढी देखियो ।” अध्यक्ष घिमिरेका अनुसार जहाज दुर्घटनाको अर्को कारणमा नयाँ विमानस्थल पूर्ण तयारी नभइकन सञ्चालनमा ल्याइनु पनि हो ।प्रतिवेदन ग्रहण गर्दै मन्त्री किरातीले प्रतिवेदनमा दिइएका सुझावका विषयमा सञ्चालक, नियामक निकाय र मन्त्रालय तिनै पक्षले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने विश्वास व्यक्त गर्नुभयो । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठ बुँदे सुझाव दिएको छ ।विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इञ्जिनियर एकराजजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्थ्यो ।सहसचिव लामिछानेले अहिलेसम्मकै बढी समय लगाएर दुर्घटनाग्रस्त जहाजबारे विस्तृत अध्ययन अनुसन्धान गरिएको दाबी गर्नुभयो । विभिन्न मुलुकका यात्रु पनि दुर्घटनामा परेकाले अन्य मुलुकको चासो रहेको थियो । जहाजको उपकरण फ्रान्सको सुविधासम्पन्न ल्याबमा परीक्षण गरिएको थियो । दुर्घटना जाँचका सम्बन्धमा सिङ्गापुरमा विज्ञसँग पनि छलफल गरिएको थियो ।जहाज प्राविधिक कारणले नभई मानवीय (पाइलट) को त्रुटिका कारण दुर्घटनामा परेको अयोगले निष्कर्ष निकाल्दै जहाजले जम्मा २८ हजार सात सय ३१ घण्टा ३३ मिनेट (दुर्घटनाको समयसम्म) मात्र उडान भरेको पाइएको जनाएको छ ।एटीआर फ्रान्सः एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको उक्त जहाज ३० हजार एक सय चार साइकल उडेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ । जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय सन् २०२३ अप्रिल २४ सम्म रहेकामा समयअगावै प्राविधिक समस्या नरहेको जनाउँदै १४ जनवरी, २०२३ मा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जहाज उडानका क्रममा दुवै इञ्जिनका प्रोपेलरहरु फेदरमा गएपछि तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिको निष्कर्ष छ ।प्रतिवेदनमा जनाइए अनुसार बिहानको १०ः५१ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिविलिटी तथा प्राविधिक पक्ष राम्रो रहेको थियो । “भीएनपीआरमा टेक अफ, चढाइ, क्रूज र अवतरण सामान्य थियो । मौसम अनुकूल थियो । भीएमसी गन्तव्य एयरपोर्टको बाटोमा भीएनपीआर टावरसँगको पहिलो सम्पर्कको समयमा, एयर ट्राफिक कन्ट्रोलर(एटीसी) सँग विमान अवतरणका लागि अनुमति माग गरेकामा रनवे ३० को अनुमति प्रदान गरिएको थियो । तोकिएको धावनमार्गमा नभएर पाइलटले अकस्मात् रनवे परिवर्तन गरेर १२ को अनुमति माग गरेको पाइएको छ”, प्रतिवेदनमा भनिएको छ ।रनवे १२ अवतरणका लागि योग्य रहेको एटीसीले सन्देश पठाएको थियो । जहाज छ हजार पाँच सय फिटमाथिबाट एकैपटक सात सय २१ फिटमा झरेर फेरि माथि उठाउन खोज्दा इञ्जिनको गति स्थिर हुनपुगेपछि जहाज तल झर्नपुगेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त जहाज सेती नदीको खोँचमा खसेको थियो । जहाज भूइँमा बजारिएलगत्तै आगजनी हुँदा जहाजमा सवार ७२ यात्रुकै मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । दुघ्रटनाग्रस्ता जहाजमा चालक दलका चारसहित ७२ जना सवार थिए ।—

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।उच्च पहाडी तथा हिमाली भू-भागको एक दुइ स्थानमा हल्का हिमपातको संभाबना रहेको छ।

आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ।

प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो। यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ ।

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६१ वटा उद्योगको विद्युत् बक्यौता रहेकोमा महसुल तिर्न नपर्ने भन्दै ५१ वटा मुद्दा परेको जानकारी दिए । उनले भने, ‘४५ वटा मुद्दाको फैसला प्राधिकरणको पक्षमा आएकाले अब बक्यौता बाँकी रहेका उद्योगको विद्युत् आपूर्ति काट्दै जानेछौं । बाँकी ६ वटा उद्योगको मुद्दामध्ये ३ वटामा अन्तरिम आदेश आएको छ भने ३ वटा मुद्दा अदालतमा विचाराधीन रहेकाले हालका लागि ती उद्योगको विद्युत् आपूर्ति कटौती गर्दैनौं।’

उनका अनुसार लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत् महसुल भुक्तानीका लागि पटक–पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत् अनुरोध गरिएको थियो।

उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत् लाइन बिच्छेद गर्न शुरू गरिएको घिसिङले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

हेर्नुहोस् पुष १३ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेकोछ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।

बृष राशि – मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहनेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा पनि साबधानि पूर्वक अधिबढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

मीथुन राशि – वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेकोछैन । नयाँ लगानिमा भने सजग रहनु होला ।

कर्कट राशि – आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मिन राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।

८० हजार भन्दा बढी क्रुज जहाज पर्यटकहरूले फिलिपिन्स भ्रमण गरे

सन् २०२३ को हालसम्म ८० हजार भन्दा बढी क्रुज जहाज पर्यटकहरूले फिलिपिन्स भ्रमण गरेका छन् । फिलिपिन्स बन्दरगाह प्राधिकरण (पीपीए) ले बिहीबार बताए अनुसार थप अन्तरराष्ट्रिय क्रुज जहाजहरू कोभिड-१९ को जटिलता सहज भएपछि फिलिपिन्स भ्रमणमा यसरी ठूलै सङ्ख्यामा निस्केका हुन् ।

प्राधिकरणका महाप्रबन्धक जय स्यान्टियागोले यति ठूलो सङ्ख्यामा सामुद्रिक यात्राबाट पर्यटकहरू फेरि फिलिपिनो संस्कृतिको मजा लिन भ्रमणमा आउनु महत्त्वपूर्ण रहेको बताउनु भएको छ । विश्व क्रुज अवार्डले फिलिपिन्सलाई सन् २०२३ मा एसियाको उत्कृष्ट क्रुज गन्तव्यको रूपमा उल्लेख गरेको छ ।

पर्यटन सचिव क्रिस्टिना फ्रास्कोले पुरस्कारको प्रशंसा गर्दै सम्मानलाई “उल्लेखनीय उपलब्धी” को रूपमा वर्णन गर्नु भएको छ।”यो पुरस्कार पहिलो पटक फिलिपिन्सले प्राप्त गरेको छ यसले विश्वव्यापी जलमार्ग पर्यटन क्षेत्रमा उदियमान देशको रूपमा प्रतिष्ठा निर्माण गरेको छ, यो आफैमा महत्त्वपूर्ण छ” फ्रास्कोले भन्नुभयो ।

इन्टरपोलमा नेपालको भूमिका विस्तार, फरार ३० आरोपित नेपाल फर्काइए

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण नेपालमा विभिन्न अपराध गरी विदेशका विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने क्रम बढेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार रेड कर्नर नोटिस जारी भएका आरोपितमध्ये सबैभन्दा बढी पछिल्ला दुई वर्षमा नेपाल फिर्ता ल्याइएका छन् । सन् २०२२ मा ११ आरोपित र २०२३ मा पाँच जना आरोपित नेपाल ल्याइएको छ । साढे ३३ केजी सुन तस्करीका आरोपित हरिशरण खड्कालाई ११ जुलाई सन् २०२० मा नेपाल फिर्ता गरिएको थियो ।

सन् २०२१ मा चार जना आरोपितलाई इन्टरपोलमार्फत नेपाल झिकाइएको थियो । सुन तस्करीका आरोपित उमेश उप्रेती, मोहनकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल तथा बैङ्किङ कसुरका आरोपित केदार ढुङ्गानालाई पोर्चुगल तथा हत्याका आरोपित काजीमान गुरुङलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । सन् २०२२ मा नेपालमा हत्या गरी विदेशमा लुकेका ११ जनालाई विभिन्न मुलुकबाट पक्राउ गरी नेपाल ल्याएर कानुनी दायरामा ल्याइएको छ ।

जसमध्ये हत्याका आरोपित गोविन्द मगर, भोगेन्द्रप्रसाद यादव, अशोक गुरुङ रामकुमार मगर, राजीव कुमार मण्डल, शिवशरण चौधरी रहेका छन् । यसै गरी सुन तस्करीका आरोपित प्रयास पराजुली, विदेशी मुद्राको अपचलन गर्ने नवराज सिम्खडा, बलात्कारका आरोपित कुमार धामी, सन्दीप लामिछाने, अपहरण तथा शरीर बन्धकको आरोपित सुदीप खड्कालाई पक्राउ गरी नेपाल ल्याइएको थियो ।

आफ्नो देशमा अपराध गरी नेपालमा लुकेर बसेका दुई जना चिनियाँलाई नेपाल प्रहरीले उनीहरूकै देशमा फिर्ता पठाएको छ । जसमध्ये जबरजस्ती करणीका आरोपित यु ऐहाई, तथा तोडफोडका आरोपित झाङ झोङमोउ रहेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

बजेट घट्दै गएपछि वीर अस्पताल आर्थिक संकटमा

शय्या संख्या र सेवा विस्तार भए पनि सोही अनुपातमा बजेट विनियोजन हुनु त कता हो कता पहिलाको तुलनामा बजेट घट्दै गएपछि वीर अस्पताल आर्थिक संकटमा परेको लेखा शाखा प्रमुख थमनारायण शर्माले बताए। उनका अनुसार बजेट कम भएपछि बिरामीको खाद्यान्न, उपकरण मर्मत, सफाइ कर्मचारी र अक्सिजनको खर्च धान्न अस्पताललाई मुस्किल परेको छ। अस्पतालमा रिएजेन्ट, अपे्रसन थिएटर, प्रयोगशाला, एक्सरेलगायत विभागका लागि आवश्यक उपकरण तथा उपचार सामग्री किन्न नसक्ने अवस्था निम्तिएको उनले बताए।

लेखा प्रमुख शर्माका अनुसार वीरले दोब्बर क्षमता विस्तार गरिसकेको अवस्थामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबिकको भन्दा अझै कम बजेट दिएकाले जटिल परिस्थिति सिर्जना भएको हो। ४६० शड्ढया हुँदा जति बजेट आउँथ्यो ९६० शड्ढया पुगिसक्दा पनि पहिलाको भन्दा झनै कम बजेट विनियोजन गरिएको उनको भनाइ छ। त्यसमाथि भिआइपी र भिभिआइपी उपचार कक्ष विस्तार भएपछि स्वाभाविक रूपमा खर्च बढेको शर्माले बताए। ७०० शड्ढया निःशुल्क गरेपछि त झनै आर्थिक भार बढेको उनले जानकारी दिए। वीरमा दैनिक २५ सयदेखि ३ हजार बिरामी सेवा लिन पुग्छन्। आर्थिक वर्ष २०७८र७९ मा वीर अस्पतालका लागि २ अर्ब बजेट निकासा भएको थियो।

२०७९र८० मा १ अर्ब ४३ करोेड रूपैयाँ मात्र विनियोजन भयो। चालु आर्थिक वर्षमा ७३ करोड विनियोेजन गरिएको छ, जुन अस्पतालमा विस्तार भएको सेवा, सुविधा र कर्मचारीको खर्च धान्न पनि अपुग हुने बताइएको छ। गत वर्ष उपचार सामग्री खरिदमा मात्र ६० करोड ६० लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो। ‘यो वर्ष कुल बजेट ७३ करोडले कसरी सबै खर्च धान्न सम्भव छ,’ लेखा प्रमुख शर्माले भने।

यसैबीच बिरामीलाई खाना खुवाउन हम्मे परेको खबर सञ्चारमाध्यममा आएपछि अर्थ मन्त्रालयले बिहीबार ४ करोड ५० लाख रूपैयाँ निकासा गरेको अनौपचारिक जानकारी प्राप्त भएको शर्माले बताए। अहिलेको संकटमा त्यति रकमले एक छेउ पनि टार्न नसक्ने भन्दै त्यसलाई वीरले स्विकार्न नसक्ने उनले बताए। ‘मन्त्रालयले दिन लागेको रकम आवश्यकताभन्दा निकै कम भएकाले लिन सकिन्नँ,’ उनले भने। विनियोजित बजेटमा पनि खाद्यान्न, अक्सिजन र मर्मतका लागि शून्य सिलिङ भएकाले थप संकट देखिएको अस्पतालको भनाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

तनहुँमा दुई मोटर गुड्ने पुल निर्माण : चार हजार बढी घरधुरी लाभान्वित

तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो । ती पुल निर्माणपश्चात् चार हजार एक सय ४० घरधुरीका १६ हजार दुई सय १० जना प्रत्यक्ष लाभान्वित हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।


म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट एक हजार पाँच सय घरधुरीका पाँच हजार नौ सय ६६ जना मानिस लाभान्वित हुने थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उक्त पुलको मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रु एक करोड ४१ लाख ५८ हजार नौ सय ९० रहेकामा निर्माण सम्पन्नपछि रु एक करोड ३२ लाख ३२ हजार नौ सय १४ भुक्तानी गरिएको छ ।


विसं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एन्ड बिल्डर्स पर्वतले पुल निर्माण कार्यको ठेक्का पाएको थियो । त्यसैगरी, बुल्दीखोलामा निर्माण गरिएको पुलबाट दुई हजार छ सय ४० घरधुरीका १० हजार दुई सय ४३ जना लाभान्वित भएको बागेश्वरी मार्ग उपभोक्ता समितिले जनाएको छ ।


उक्त पुल भ्याटबाहेक रु तीन करोड १२ लाख ४६ हजार छ सय १३ को लागतमा निर्माण सम्पन्न भएको हो । विसं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ वैशाख ४ गते सम्पन्न गर्ने गरी माई–डिएस जेभीले ठेक्का लिएकामा लक्ष्य अगावै सम्पन्न गरेको हो ।

स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए । पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएपछि स्थानीयवासी खुशी भएका छन् ।

पुलको निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीलाई अन्तिम भुक्तानी दिने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्रमा

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार काम र तलब नपाउँदा समस्यामा परेका हुन् ।

म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २ लाख ५० हजार रुपैयाँसम्म तिरेर त्यहाँ पुगेका उनीहरू अहिले भनेनुसारको काम र तलब नपाउँदा समस्यामा परेको कुवेत पुगेका काभ्रेपलाञ्चोकका जीवन गौतमले जानकारी दिए ।

आफूहरूलाई करार सम्झौतामा कर लाइट ड्राइभर प्रतिमहिना ८ घण्टा २६ दिनको १ सय ४० केडी तलब सुविधा तोकिएको भए पनि अहिले यहाँ सम्झौतानुसारको काम र सेवा सुविधा नपाएको भन्दै उनले उद्धारका लागि अनुरोध गरेका छन् ।

एक भिडियो सार्वजनिक गर्दै पीडितहरूले श्रम सम्झौतानुसार दैनिक ८ घण्टा काम गर्नुपर्ने, सातामा ६ दिन काम गर्नुपर्ने, मेडिकल तथा बस्ने सुविधा कम्पनीले नै बेहोर्नुपर्ने र करार अवधि दुई वर्ष हुने भनेर आएको भए पनि कम्पनीले तीन वर्ष अनिवार्य काम गर्नुपर्छ भनेको उनीहरूले बताएका छन् ।

कम्पनीको नियमानुसार मासिक ४ सय ५० ट्रिप डेलिभरी पूरा गरे मात्र १ सय २० केडी मात्र तलब दिने, त्यो पूरा नगरे कुवेती दिनर शून्य दशमलव ४ फिल्स मात्र दिने, कम्पनीले लाइसेन्स निकालिदिएबापतको २ सय ८० केडी काट्ने र प्रतिमहिना ३५ केडी तिर्नुपर्ने र कुनै दुर्घटना भए त्यसको क्षतिपूर्ति पनि कामदार आफैंले भर्नुपर्ने कम्पनीले दबाब दिएको भन्दै उनीहरूले सम्झौताबमोजिम काम र तलब सुविधा नपाएकाले उद्धार गर्न अनुरोध गरेका हुन् । सम्झौतापत्रमा भने यस्तो नरहेको उनीहरूले बताएका छन् ।

‘हामीले विगत पाँच महिना अघिदेखि नै कम्पनी, म्यानपावर र कुवेतबाट भिसा पठाउने शेर्पा नामका एजेन्टलाई समस्या समाधान गर्न पहल गरिदिनुहोस् भन्दै आएका थियौं,’ जीवनले भने, ‘तर कम्पनी र म्यानपावारबाट हामी मिलाउँछौं समय दिनुहोस्, नआत्तिनुहोस् बिस्तारै सबै ठीक हुन्छ भनेको लामो समय भइसक्दा पनि समस्या समाधान भएन ।’

पाँच महिनाअघि त्यस कम्पनीमा पुगेका ११ जना नेपाली कुवेतस्थित नेपाली दूतावासमा पुगेर चार दिन बसी छलफल गरेको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनको आरोप छ ।
सम्झौतानुसारको काम र तलब सुविधा दिलाउन दूतावासले पहल गर्ने यदि समस्या समाधान नभए पछि पुनः दूतावास आउने भने पनि अहिलेसम्म कुनै सुनवाइ नभएको उनले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

नर्सिङ शिक्षा सङ्कटमा, ६७ शैक्षिक संस्थाले बुझाए शिक्षामन्त्रीलाई चाबी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्।

आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् ।मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा गर्न कठिन हुने बताउनुभयो । यस विषयमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरोकारवाला निकायका अधिकारीसँग छलफल गरेर समस्या समाधानका लागि आफूले पहल गर्ने उनले बताए ।यी शिक्षालयमा २०७७ सालमा भर्ना भएका विद्यार्थीको अन्तिमरवार्षिक परीक्षासमेत २०८० मङ्सिर २६ गते सम्पन्न भइसकेको छ । नयाँ विद्यार्थी नभएका कारण संस्था बन्द भएकोले चाबी मन्त्रीलाई बुझाइएको ती संस्थाको साझा संस्था फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले बताउनुभयो । ती शिक्षालयका सम्पूर्ण शैक्षिक पूर्वाधार प्रयोगविहीन अवस्थामा पुगेको सापकोटाले बताए ।सापकोटाका अनुसार हरेक शिक्षालयमा कार्यरत १५ जना नर्सिङ प्रशिक्षक १० जना प्रशासनिक कर्मचारी गरी देशभरमा एक हजार पाँच जना नर्सिङ प्रशिक्षक तथा ६७० जना प्रशासनिक कर्मचारीलाई बाध्यात्मक रूपमा बेतलबी बिदामा पठाइएको छ । नर्सिङ विषयमा विद्यार्थी भर्नासम्बन्धी निर्णय नहुने हो भने उनीहरूलाई सेवामा फर्काउन नसकिने सापकोटाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

समाजवादीको बैठक : ७० वर्षको उमेर हद लगाउन नहुने

काठमाडौँ, १२ पुस -(एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।

बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने,केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो ।आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक शुक्रबार सम्पन्न हुनेछ ।
 

भरतपुर– माडी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय किशोरको मृत्यु

चितवन, १२ पुस : भरतपुर– माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो ।

गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रधानमन्त्री समक्ष निजामती कर्मचारी ऐन चाँडो टुङ्ग्याउन अनुरोध

काठमाडौँ, १२ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल निजामती कर्मचारी युनियनले ‘निजामती कर्मचारी ऐन’ चाँडो टुङ्ग्याउन अनुरोध गरेको छ ।

जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु ११ लाख ११ हजार एक सय ११ जम्मा गरेपछि प्रधानमन्त्रीलाई उहाँकै कार्यकक्षमा युनियनका अध्यक्ष गोपाल पोखरेल नेतृत्वको टोलीले भेटेर निजामती ऐन शीघ्र जारी गर्न अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले उक्त ऐन शीघ्र जारी गर्ने सन्दर्भमा आफू सकारात्मक रहेको बताउनुभएको थियो ।

दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित दुई जना पक्राउ

किमाथाङ्का, (सङ्खुवासभा), १२ पुस : सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।

भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गएराति दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला –२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने उक्त कार्यालयले बताएको छ ।

इजरायली आक्रमणमा गाजामा कम्तीमा ५० जनाको मृत्यु,दर्जनौं व्यक्ति घाइते

इजरायली आक्रमणमा गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।गाजा पट्टीका बेइट लाहिया, खान युनिस र अल-मगाजी शहरहरूमा इजरायली आक्रमणमा बिहीबार ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले विज्ञप्ति जारी गर्दै आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएको र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ । साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चौकमा इजरायली बमबारीमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।

‘सिँचाइ आयोजनामा भइरहेको ढिलाइ अब हुँदैन’- मन्त्री बस्नेत

काठमाडौँ, १२ पुस : सरकारले राष्ट्रिय गौरवमा समावेश भएका ठूला सिँचाइ आयोजना निर्माणमा देखिएको ढिलासुस्ती सह्य नभएको स्पष्ट पार्दै सम्बन्धित आयोजना र निर्माण व्यवसायीलाई थप जिम्मेवार बनाउने भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलगायत उच्च अधिकारीसँग गर्नुभएको छलफलमा कुनै पनि बहानामा आयोजनाको समय र लागत थप्ने काम सह्य नहुने बताउनुभएको हो ।

मुलुकको कृषि क्षेत्रको आधुनिकीकरण गर्ने लक्ष्यका साथ सरकारले दीर्घकालीन सोच राखेर सुरु गरेका आयोजनाको प्रगति अपेक्षित हुन नसक्दा आम नागरिकमा समेत निराशा पैदा भएको जनाइएको छ । केही आयोजनाको प्रगति प्रभावकारी भए पनि केही आयोजनाको काम भने असाध्यै सुस्त रहेको विषयमा मन्त्री बस्नेतसित छलफल गरिएको थियो ।

कुनै आयोजनामा निर्माण व्यवसायीको चरम लापरबाही रहेको पाइएको छ । केही आयोजनामा आयोजना प्रमुख तथा उच्च पदस्थ कर्मचारी नबस्ने, केहीका विस्तृत परियोजना प्रतिवेदनअनुसार नै काम हुन नसकेको अवस्था रहेको विषय छलफलमा उठेको थियो ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढिरहेको र त्यसले एउटा मानक स्थापित गरिरहेको भए पनि बाँध तथा विद्युत्गृह निर्माणमा अपेक्षित प्रगति हुन नसकेको जनाइएको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको दुई वर्षभन्दा बढी भए पनि बाँधस्थल र विद्युत् गृह निर्माणको काम कछुवाको गतिमा मात्रै अगाडि बढेको विषयमा पनि छलफल गरिएको थियो ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक निर्माण करिब अन्तिम चरणमा छ । सिक्टा सिँचाइ आयोजनाको एउटा खण्ड पूरा भए पनि अर्को खण्डको काममा उल्लेख्य प्रगति देखिएको छैन । एकीकृत तराई मधेस सिँचाइ कार्यक्रम, टार सिँचाइ कार्यक्रमलगायतका कार्यक्रमले पनि गति लिन सकेको छैन ।

निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोग, वातावरणीय तथा अन्य समस्याका कारण अपेक्षित प्रगति हुन नसकेको आयोजनाका सम्बद्ध अधिकारीको दाबी छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीले कूल १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुगेको र निर्माणधिन आयोजना सम्पन्न भएपछि कृषि क्षेत्रमा समेत उल्लेख्य प्रगति हुने बताउनुभयो ।

निर्माणाधीन आयोजना सम्पन्न गराउन सरकारी निकायबीचको समन्वय, प्रभावकारी रुपमा निर्माण व्यवसायीको परिचालन, बजेटको उचित प्रबन्ध तथा निर्माण स्थलमा सहजीकरण जरुरी रहेको उहाँको भनाइ छ । मन्त्री बस्नेतले योजना तय गर्दा नै वस्तुनिष्ठ बनाउन, कार्यान्वयनमा जानुपूर्व आवश्यक तयारी गर्न र बजेटको सदुपयोग हुने वातावरण बनाउन तथा आयोजनाको प्राथमिकीकरणलाई ध्यान दिन निर्देशन दिनुभयो । उहाँले इमान्दार भएर आयोजनालाई समयमै सम्पन्न गर्ने वातावरण बनाउन मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।

सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले चालु आवका लागि निर्धारण गरिएका योजनाको सहज कार्यान्वयनका लागि के कस्ता उपाय अवलम्बन गर्नुपर्ने हो त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले आयोजना प्रमुख जिम्मेवार भएको खण्डमा धेरैजसो समस्या समाधान हुने विश्वास दिलाउँदै बजेट र अन्तर निकाय समन्वयको काममा मन्त्रालय जिम्मेवार भएर लागिपर्ने विश्वास दिलाउनुभयो ।

विभागका उपमहानिर्देशकलगायतका उच्च अधिकारीले विगतका कमजोरी सुधार गरेर सरकारको लक्ष्य पूरा गर्ने दायित्व आफूहरुको भएको जनाउँदै कार्यशैली सुधार गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

पाथीभराको भेटी रकम साढे आठ करोड

फुङ्लिङ (ताप्लेजुङ) १२ पुस : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा रु साढे आठ करोडको भेटी सङ्कलन भएको छ ।

भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा रु आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको छ । पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिरमा मात्र रु ६८ लाख ११ हजार एक सय १० भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।

सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा रु १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ । खर्च कटाएर बाँकी रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

बैंकमा मुद्दती खातामा रु छ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र रु दुई लाख ५२ हजार चार सय ४० रहेको समितिले जानकारी दिएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ, १२ पुस : नेपाली कांग्रेसको आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘समुदायमा कांग्रेस अभियान’को कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराउनुभएको थियो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस १३ बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना शीघ्र पारित गर्न निर्देशन

काठमाडौँ, १२ पुस : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको नियुक्तिमाथि प्रश्न उठाउँदै निजको शैक्षिक योग्यताबारे छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउदैै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो । समितिले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजात तीन दिनभित्र समितिसमक्ष पेस गर्न निर्देशन पनि दिएको छ ।

पर्यटनमन्त्री पदेनअध्यक्ष रहने पशुपति क्षेत्र विकास कोष परिषद्को हालैको बैठकले कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो । बैठकमा सांसदहरुले कोषको भेटी व्यवस्थापन, जग्गा, सम्पदाको संरक्षणमा भइरहेको प्रगतिबारे जानकारी दिन आग्रह गरेका थिए । कोषका राजुकुमार खत्रीले कोषको गतिविधिबारे जानकारी गराउनुभएको थियोभने कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आयव्याप प्रस्तुत गर्नुभएको थियो ।

समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा जग्गाधनी प्रमाणपत्र लिने व्यवस्था गर्न कोषलाई निर्देशन दिएको छ । कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरण पनि तीन दिनभि समितिलाई उपलव्ध गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।

बङ्गलादेशमा पूर्ववायुसेना प्रमुख कारागार चलान

बङ्गलादेशको एक अदालतले आगामी महिना हुने निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षीहरूलाई दोषी ठहर गर्ने पछिल्लो कदममा बिहीबार पूर्ववायुसेना प्रमुख र एक पूर्वमन्त्रीलाई कारागारको सजाय सुनाएको छ ।

सन् १९९५ सम्म वायुसेनाको नेतृत्व गर्ने अल्ताफ हुसेन प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लिगको प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) मा सामेल हुनुभएको छ । सन् २०११ मा हिंसात्मक विरोध प्रदर्शनलाई उक्साएको आरोपमा ढाकाको अदालतले कारागार पठाएका आठ जनामा हुसेन र बिएनपीका पूर्वजलमन्त्री हफिजुद्दिन अहमद हुनुहुन्थ्यो । उक्त प्रदर्शनमा बिएनपीका समर्थकहरूले कारहरूमा आगजनी गरेका थिए ।

मुख्य अभियोजक अब्दुल्ला अबुले भन्नुभयो, “उहाँहरूलाई २१–२१ महिनाको कारागारको सजाय सुनाइएको छ ।” विपक्षीले अदालतमाथि आगामी जनवरी ७ को निर्वाचनअघि प्रधानमन्त्री हसिनाका विरोधीहरूलाई कारागारमा हाल्न सरकारी निर्देशनहरूको पालना गरेको आरोप लगाएको छ र मुद्दालाई ‘आधारहीन, झुटो र मनगढन्ते’ भन्दै अस्वीकार गरेको छ ।

निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने भन्दै बिएनपी र मुलुकको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामीले दर्जनौँ साना दलहरूसँग मिलेर निर्वाचनलाई बहिष्कार गर्दैछन् । दुवै दलले प्रधानमन्त्री हसिनाको राजीनामा र निर्वाचनको निरीक्षण गर्न तटस्थ कार्यवाहक सरकार गठनको माग गर्दै यस वर्ष ठूलो विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

बिएनपीका अनुसार सेप्टेम्बरदेखि बङ्गलादेशमा उसका सम्पूर्ण वरिष्ठ नेतृत्वसहित विपक्षी दलहरूका २५ हजारभन्दा बढी सदस्यलाई गिरफ्तार गरिएको छ । यद्यपि हसिना सरकारले उक्त आँकडालाई अस्वीकार गर्दै ११ हजारलाई मात्र हिरासतमा लिइएको बताएको छ ।

“अहिलेसम्म तल्लो अदालतहरूले पछिल्ला तीन महिनामा कम्तीमा एक हजार पाँच सय ६१ बिएनपी कार्यकर्ता र नेतालाई दोषी ठहर गर्दै सजाय सुनाएका छन्”, बिएनपीका कानूनी मामिलाप्रमुख केसर कमालले भन्नुभयो, “यीमध्ये केही अदालतले सरकारको आदेशमा विपक्षी नेता तथा कार्यकर्तालाई लक्षित गरी राजनीतिकरूपमा प्रेरित फैसला सुनाएका छन् ।”

मुख्य अभियोजक अबुले कमालको आरोपलाई अस्वीकार गर्दै मुद्दा चलाइएका र सजाय सुनाइएका व्यक्तिहरूविरुद्ध स्पष्ट प्रमाण रहेको बताउनुभयो । “उनीहरूले अपराध गरेका थिए, त्यसैले उनीहरूलाई सजाय सुनाइएको हो”, उहाँले भन्नुभयो ।

सन् २००९ मा प्रधानमन्त्री पदमा फर्किएपछि तीव्ररूपमा विकास भएको तयारी पोशाक निर्यात उद्योगको बलमा हसिनाले अभूतपूर्व आर्थिक वृद्धिको नेतृत्व गर्नुभएको छ । यद्यपि विरोधीहरूले हसिनाले कठोर शासन गरेको र उहाँको सुरक्षा बलले व्यापकमात्रामा मानवअधिकारको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

लुकिछिपि विवाह गर्ने परम्परा देखिएको भन्दै गुल्मीका जनप्रतिनिधिद्वारा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता

गुल्मी, १२ पुस : यहाँका सबै स्थानीय तहले जिल्लामा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । बालविवाह अन्त्यका लागि ‘लुम्बिनी प्रदेशको १० वर्षे रणनीतिका अवस्था, कार्यान्वयनका चुनौती र सम्भावना एवं स्थानीय तहको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा जनप्रतिनिधिले उक्त प्रतिबद्धता जनाएका छन् ।

ग्रामीण क्षेत्रमा अझै पनि कतिपय ठाउँमा सामाजिक परम्परा र सचेतनाको अभावमा कम उमेरमै लुकिछिपि विवाह गर्ने परम्परा देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्न समाजका सबै अगुवा थप सचेत हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको छ । पालिकामा बालविवाहको अवस्था, भएका सफल अभ्यास र बालविवाह अन्त्यका लागि आगामी दिनमा आवश्यक रणनीति तयार गर्ने उद्देश्यले जिल्लामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।पछिल्लो समयमा स्थानीय तहले सडक र भौतिक संरचना निर्माणमा मात्र ध्यान केन्द्रित गरेको तर सामाजिक क्षेत्रमा न्यून बजेट विनियोजन गरी यस्ता सामाजिक सरोकारका विषयमा खासै चासो नदिएको कार्यक्रममा सरोकारवालाले बताउनुभएको थियो ।सडक र भवनको तस्बीर सामाजिक सञ्जालमा राख्दा धेरैको ध्यान केन्द्रित हुने तर सामाजिक सरोकारका विषयमा गरेका कार्यक्रम राख्दा थोरैको मात्र नजर पर्ने भन्दै यस्ता सामाजिक विषय छायाँमा पर्ने गरेको सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले बताउनुभयो ।कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख द्रोर्णबहादुर खत्रीले बालविवाह अन्त्यका लागि विद्यालय स्तरदेखि वडा, पालिका र जिल्ला स्तरसम्मका नागरिकलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव शारदा बस्यालले प्रदेश सरकारले बालविवाह अन्त्यका लागि गरेका प्रयास, रणनीति, कार्यान्वयनका अवसर र चुनौतीका बारेमा जानकारी गराउनुभयो । कार्यशालामा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्वअध्यक्ष पोमनारायण पौडेलले पालिकामा भएका असल अभ्यास र आगामी दिनमा प्रदेश, जिल्ला र पालिकाले बालविवाह अन्त्यका लागि गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभयो ।सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति, सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्य र युनीसेफ नेपालको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा १२ वटै स्थानीय तहका उपाध्यक्ष एवं जिल्लास्थित सरोकारवाला सङ्घ संस्थाको सहभागिता थियो ।

प्रधानमन्त्रीकप क्रिकेट : डोटीमाथि डडेल्धुराको शानदार जित

बैतडी, १२ पुस : यहाँ जारी प्रधानमन्त्रीकप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित निकालेको छ । प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गरेको हो । जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ दशमलव एक ओभरमा बिना विकेटको क्षतिमा पूरा ग¥यो । त्यसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङको निम्ता पाएको डोटी १९ दशमलव चार ओभरमा ६९ रनमा समेटियो । डोटीका कप्तान भोजराज भट्ट र पारस महतले समान १५÷१५ रन बनाए । डडेल्धुराका लागि कप्तान सुरज देउवाले चार र निरज ऐरले तीन विकेट लिए । सुरज खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।दोस्रो जित निकालेको डडेल्धुराको क्वालिफायर हुने सम्भावना जीवितै रहेको छ । शुक्रबार हुने डोटी र बझाङबीचको खेलले क्वालिफायर हुने टोलीको टुङ्गो लाग्नेछ । बझाङ विजयी भए सोझै क्वालिफायर हुनेछ भने पराजय भए डोटी, डडेल्धुरा र बझाङको कुल रनरेटका आधारमा क्वालिफायरको टुङ्गो लाग्नेछ ।सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा छनोट गरिरहेको छ । पहिलो चरणमा बैतडीमा ‘प्लेट च्याम्पियनसिप’ भइरहेको छ । दोस्रो चरणमा कैलालीमा ‘इलिट च्याम्पियनसिप’का खेल हुनेछन् ।प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा र डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् । गतवर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपको विजेता टोली इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो । खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

 दार्चुलामा लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै , कृषक चिन्तित 

खलङ्गा(दार्चुला), १२ पुस : हिउँदे वर्षा नभएपछि दार्चुलामा यस वर्ष हिउँदेबाली सुक्न थालेको छ । असोज पहिलो सातादेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो । खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि कृषक चिन्तित भएका छन् ।

 लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जाँै, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताउनुभयो ।       आकासे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो अधिकांश बाली सुक्न थालेका छन् । जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै  सिँचाइको  सुविधा रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चन्द्रबहादुर ठगुन्नाले बताउनुभयो ।  सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बाली सुक्न थालेको उहाँको भनाइ छ । सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको शैल्यशिखर–७ का अर्का किसान मनिराज जोशीले जानकारी दिनुभयो । जिल्लाका अन्य क्षेत्रमा बाली सुक्न थालेको किसानले बताएका छन् । कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहँुदा सिँचाइ गर्न समस्या भएको छ ।  खेतीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । गतवर्ष दार्चुलामा १४ हजार १३ मेट्रिकटन गहुँ उत्पादन भएकामा यस वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ । 

बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठन नेपालको आर्थिक विकासमा सहयोगी हुने : परराष्ट्रमन्त्री साउद

 काठमाडौँ, १२ पुस : परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले क्षेत्रीय मञ्चमार्फत राष्ट्रिय हित प्रवद्र्धन गर्ने नेपालको परराष्ट्र नीति रहेको बताउनुभएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को भावी कार्यदिशा विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुक आ–आफ्ना क्षेत्रमा सङ्गठित भएका उल्लेख गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “नेपाल पनि एसियामा स्थापना भएका सङ्गठनहरूमा आबद्ध भई संवाद र सहकार्य गर्दै आएको छ । त्यसैअनुरूप नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बिम्स्टेक र एसियाली सहयोग संवादजस्ता एसियाका सङ्गठनहरूलाई उपयोग गरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आपसी सहयोग अभिवृद्धिमा सक्रिय हँुदै आएको छ ।” भू–परिवेष्टित मुलुक एवं अल्पविकसित मुलुक नेपालले आर्थिक विकाससँग सम्बन्धित चुनौतीबाट पार पाउन बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनसँगको आबद्धता सहयोगी हुने बताउनुभयो ।

मन्त्री साउदले बिम्स्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रकृयाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रवुद्ध व्यक्तिहरुको समूह) गठन भएको बताउनुभयो ।
योजना गरेको कार्यक्रममा उहाँले आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुक आ–आफ्ना क्षेत्रमा सङ्गठित भएका उल्लेख गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “नेपाल पनि एसियामा स्थापना भएका सङ्गठनहरूमा आबद्ध भई संवाद र सहकार्य गर्दै आएको छ । त्यसैअनुरूप नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बिम्स्टेक र एसियाली सहयोग संवादजस्ता एसियाका सङ्गठनहरूलाई उपयोग गरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आपसी सहयोग अभिवृद्धिमा सक्रिय हँुदै आएको छ ।” भू–परिवेष्टित मुलुक एवं अल्पविकसित मुलुक नेपालले आर्थिक विकाससँग सम्बन्धित चुनौतीबाट पार पाउन बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनसँगको आबद्धता सहयोगी हुने बताउनुभयो ।

मन्त्री साउदले बिम्स्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रकृयाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रवुद्ध व्यक्तिहरुको समूह) गठन भएको बताउनुभयो ।

विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय जारी : मुख्यमन्त्री जम्कट्टेल

मनहरी, १२ पुस : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताउनु भएको छ । हेटौंडामा आज आयोजित तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उहाँले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताउनुभयो ।

संविधान कार्यान्वयनमा सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्रीले आफूहरू पनि त्यस दिशामा क्रियाशील उल्लेख गर्नुभयो । सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तहगत अधिकारको बाँडफाँटमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । सबैको सुझावका आधारमा अधिकारको बाँडफाँट हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

गोष्ठीमा गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना,कार्यकारी निर्देशक कलानिधि देवकोटाले सङ्घीय शासन व्यवस्थाका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नु भएको थियो । शुक्रबार सम्पन्न हुने गोष्ठीमा नेपाल नगपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी, सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्ता, जनप्रतिनिधि र विज्ञहरू सहभागी छन् ।

‘घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील छ’: मन्त्री  श्रेष्ठ

काठमाडौँ, १२ पुस : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।नेपाल आवास तथा जग्गा विकास सङ्घको आयोजनामा आजदेखि सुरु भएको ‘आठौँ घरजग्गा मेला’ को उद्घाटन गर्दै उहाँले भूमी व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा मन्त्रालयले निरन्तर रुपमा कानुनी सुधार गर्दै आएको बताउनुभएको हो ।

“भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ता काटको प्रक्रियालाई सहजीकरण गरेका छौँ, हदबन्दी समस्या हटाउन सरकार प्रयत्नशील छ”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले ‘रियल स्टेट’ क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले प्रभावकारी भूमीबजार प्रणालीको स्थापनाले घरजग्गा कारोबार निष्पक्ष, पारदर्शी एवं सहज भई यस क्षेत्रमा विश्वास र स्थायित्वको वातावरण सिर्जना हुने भएकाले भूमि बजार सम्बन्धी कानुन निर्माणतर्फ पनि सरकार अघि बढिरहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले व्यवसायीलाई खुला ढङ्गले काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । “मन्दीमा रहेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन आठौँ घरजग्गा मेलाले सहयोग पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । अध्यक्ष मल्लले नेपालमा घरजग्गा कारोबारबाट वार्षिक रु ५० अर्बभन्दा बढी राजस्व सङ्कलन भइरहेकाले यस क्षेत्रलाई चलायमान बनाउनका लागि राज्यले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले पछिल्लो समय निजी क्षेत्रले अर्थतन्त्र ठिक गतिमा गएको महसुस गरिरहेको उल्लेख गर्दै पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी रु ४० अर्ब चाँडो भुक्तानी गर्नुपर्ने बताउनुभयो ।

      सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सिडि इनोभेटिभ डिजाइन एण्ड कन्ट्रक्सन प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले घरजग्गा मेलाले क्रेता तथा बिक्रेताबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुरक्षित आवासको क्षेत्रमा योगदान दिएका घरजग्गा व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक नीति नियमलाई सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मेलामा २५ कक्ष घरजग्गासँग सम्बन्धित र बाँकी घरजग्गासँग सम्बन्धित बैंक तथा फाइनान्स कम्पनी, इन्स्योरेन्स कम्पनीका कक्षका साथै होम एप्लाइन्स, टायल्स, सेनिटरी, फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गालगायत निर्माण सामग्री राखिएका छन् ।सङ्घका अध्यक्ष विदुर धमलाले चार दिनसम्म चल्ने मेलाको एक लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने र रु दुई अब ५० करोडभन्दा बढी मूल्यको कारोबार हुने बताउनुभयो । 

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौँ, १२ पुस : जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो ।

कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन

भेरीगङ्गा (सुर्खेत), १२ पुस : कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो ।

सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको तथा छ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्लामा टाइफाइडविरुद्धको खोप तत्काल दिइने छ भने हुम्ला, मुगु र डोल्पामा केही समयपछि मात्रै दिइने स्वास्थ्य महाशाखाका प्रमुख वृशबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसो भएकाले हिउँद सकिएपछि मात्रै अभियान सञ्चालन गरिने छ ।

सुर्खेतमा मात्रै करिब दुई लाख बढीलाई आजदेखि टाइफाइडविरुद्ध खोप दिन सुरु गरिएको जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा गरी १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाख एक हजार नौ सय ६३ लाई खोप दिइने छ ।

पहिलोचरण आजदेखि १५ गतेसम्म सुर्खेतका चिङ्गाड, चौकुने र बराहाताल गाउँपालिका, लेकबँेसी र पञ्चपुरी नगरपालिकाका ६६ हजार एक सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने छ ।

दोस्रोचरणमा वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका एक लाख ३५ हजार आठ सय २८ लाई टाइफाइडविरुद्धको खोप दिइने जनस्वास्थ्य प्रमुख गौतमले जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट विभिन्न सिलसिलमा प्रदेश राजधानी वीरेन्द्रनगरमा बसोबास गर्ने नागरिक पनि भएकाले सङ्ख्या केही बढ्नसक्ने उहाँको भनाइ थियो ।

गर्भवती, एचआइभी सङ्क्रमित, जटिल खालका बिरामीलाई खोप नदिइने गौतमले बताउनुभयो । उहाँका अनुसार सुर्खेतभरी पाँच सय ४८ खोप केन्द्रबाट खोप सेवा सञ्चालन गगरिएको छ । खोप अभियानका लागि नौ सय ६० स्वास्थ्यकर्मी र नौ सय ६० स्वयम्सेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइसकिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

ढलान हुने अवस्थाको पुल भत्किएपछि …

टक्सार (भोजपुर), १२ पुस : षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ ।

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयले ठेकेदारको लापरवाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताउनुभयो । पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।

लापरवाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा रु पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मङ्सिरमा भत्किएको थियो । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो ।

चोरीका मोटरसाइकल समाउने प्रहरीको अभियान, घटना पछ्याउँदै जाँदा २३ मोटरसाइकल बरामद

भैरहवा (रुपन्देही), १२ पुस : जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनलगायत अपराधमा चोरीका मोटरसाइकलको अत्यधिक प्रयोग भएपछि रुपन्देही प्रहरीले यसको नियन्त्रणका लागि ‘क्लिन स्वीप अपरेसन’ अभियान सञ्चालन गरेको छ ।

यही पुस १ गतेदेखि प्रहरीले अभियानलाई ‘क्लिन स्वीप अपरेसन’ नाम दिएर चोरीका मोटरसाइकल नियन्त्रणमा सक्रियता देखाएको छ । अभियान सुरु गरेयता हालसम्म २३ मोटरसाइकल र नौ जना आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो । “केही दिनअघि भैरहवाबाट एकैदिन आठवटा मोटरसाइकल चोरी भएको थियो । सोही चोरीको घटना पछ्याउँदै जाँदा प्रहरीले २३ मोटरसाइकल बरामद गरेको छ”, उहाँले भन्नुभयो ।

रुपन्देहीका प्रहरी प्रमुख विश्वकर्माले अबका दिनमा चोरीका मोटरसाइकल नियन्त्रणमा अझै आक्रमक तरिकाले लाग्ने बताउनुभयो । “हामीलाई सूचना आयो भने हामी घरमै गएर पनि चोरीका मोटरसाइकल बरामद गरेर ल्याउँछौँ”, उहाँले भन्नुभयो, “चोरी कार्यमा संलग्न जोसुकै होस् नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउने छौंँ ।”

भारतीय सीमा नजिक भएकाले भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकल सस्तो मूल्यमा खरिद गरी प्रयोग गर्ने बढेको अनुसन्धानका क्रममा पाइएको विश्वकर्माले जानकारी दिनुभयो । “आफ्ना छोराछोरी कस्तो मोटरसाइकल प्रयोग गरिरहेका छन् यो अभिभावकले पनि ख्याल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले धनाढ्य घरका मानिस नै यस्तो कार्यमा लागेका पाइएको छ ।” 

यही पुस १ गतेयता प्रहरीले दुईवटा रोयल इन्फिल्ड, बजाज पल्सर एक, हिरो स्पेलेण्डर छ, बजाज पल्सर दुई सय २० सिसीको तीन, यामाहा एफजेड एक, हिरो डिलक्स एक, हिरो होण्डा दुई, यामाहा आर–१५ दुई, फरिना स्कुटर एक, डियो एक, बजाज डिस्कोभर दुई र बजाज पल्सर दुई सय २० एनएस एक कुल २३ वटा मोटरसाइकल बरामद गरेको विश्वकर्माले जानकारी दिनुभयो । यही अवधिमा एउटै इन्जिन नम्बर भएको दुई वटा फोर्ड कम्पनीका कार पनि बरामद गरिएको उहाँले बताउनुभयो ।

तिलोत्तमा नगरपालिका–२, जानकीनगरमा रहेको श्रीनगर अटो ग्यारेजमा एउटै इन्जिन नम्बरको कार रहेको सूचनाका आधारमा प्रहरीले दुईवटा कारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको विश्वकर्माले बताउनुभयो । “विशेषतः जिल्लाको दक्षिणी क्षेत्रमा भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग बढ्दो रहेको छ”, उहाँले भन्नुभयो, “यस्ता मोटरसाइकल आपराधिक क्रियाकलापमा प्रयोग गर्ने र सजिलै सीमा पारी भाग्ने गरेका पाइएको छ ।”

कतिपय अवस्थामा भारतबाट चोरी भएका मोटरसाइकल वा मोटरसाइकलमा प्रयोग हुने सामग्री नेपालमा बिक्री वितरण हुँदै आएका प्रहरी प्रमुख विश्वकर्माले बताउनुभयो । नेपाली मोटरसाइकलको तुलनामा अत्यन्त सस्तो मूल्य रहेकाले युवा यस्ता चोरीका मोटरसाइकल तर्फ आकर्षित भएका उहाँको भनाइ थियो । अहिले रुपन्देही प्रहरीको ‘क्लिन स्वीप अपरेसन’ पनि यस्तै युवालाई केन्द्रित गरि ल्याइएको भन्दै यस क्रममा प्रहरीले चोरीको मोटरसाइकलसहित लागुऔषधमा सातवटा मुद्दा दर्ता गरेको उहाँले जानकारी दिनुभयो ।

रुस र नासा सन् २०२५ सम्म संयुक्त आइएसएस उडान जारी राख्न सहमत

रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीहरू कम्तीमा पनि सन् २०२५ सम्म अन्तर्राष्ट्रिय स्टेसन (आइएसएस) मा चालक दललाई पुर्याउनका लागि मिलेर काम गर्न सहमत भएको रुसी निगम रोस्कोस्मोसले बिहीबार बताएको छ । एउटै अन्तरिक्ष यानमा विभिन्न राष्ट्रियताका चालक दल सहभागी गराएर पठाइने कथित क्रस–फ्लाइटहरू समावेश भएको अन्तरिक्ष क्षेत्र रुसले युक्रेनमा सेना पठाएपछि मस्को र वासिङ्टनबीच सहयोगको एउटा दुर्लभ क्षेत्र हो ।

“सन् २०२५ सम्म क्रस–फ्लाइट जारी राख्नेबारे सम्झौता भएको छ”, रोस्कोस्मोसले विज्ञप्तिमा भनेको छ, “यो निर्णय समग्ररूपमा आइएसएसको विश्वसनीयतालाई कायम राख्न लिइएको थियो, यसको उद्देश्य रुसी खण्डमा रोस्कोस्मोसको कम्तीमा एक प्रतिनिधिको उपस्थिति र अमेरिकी खण्डमा नासाको कम्तीमा एक प्रतिनिधिको उपस्थितिलाई ग्यारेन्टी गर्नु हो ।” शीत युद्ध ‘स्पेस रेस’ पछि अमेरिका–रुस सहयोग बढेको समयमा सन् १९९८ मा आइएसएस सुरु गरिएको थियो । आइएसएसका साझेदारहरू अमेरिका, रुस, युरोप, क्यानाडा र जापान अहिले सन् २०२४ सम्म मात्र परिक्रमा प्रयोगशाल सञ्चालन गर्न प्रतिबद्ध छन् ।

यद्यपि अमेरिकी अधिकारीहरूले यसलाई सन् २०३० सम्म जारी राख्न चाहेको बताएका छन् । रुसले सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको प्रयोग गर्ने योजना बनाएको अप्रिलमा बताएको थियो । यो सन् २०२४ पछि परिक्रमा प्रयोगशाला छाड्ने रुसको पूर्वघोषणाको पूरै विपरीत हो ।

आसामको नागाँउमा आगलागी : लाखौँको सम्पत्ती नष्ट

बुधबार बिहान आसामको नागाउँ जिल्लाको बटाद्रावासको बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागी प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीले धेरै जसो पसल तथा व्यापारीक प्रतिष्ठानमा क्षति पुगेको जनाइएको छ । घटनामा मानवीय क्षति नभएको बताउदै आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारद्वारा विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार

काठमाडौँ, १२ पुस : सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा गृहसचिव दिनेश भट्टराईले स्थानीय समुदायको सहभागिता अभिवृद्धिसँगै स्वयंसेवकको पहिचान र परिचालन गर्न ‘स्वयंसेवक व्यवस्थापन सूचना प्रणाली’को विकाससमेत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपद् प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनमा संलग्न निकायको क्षमता अभिवृद्धिका लागि आवश्यक स्रोत व्यवस्थापन गरेको छु ।”

सचिव भट्टराईले विपद् उद्धार तथा व्यवस्थापनका लागि सबै प्रदेशमा ‘मल्टिपर्पोज रोवोटिक फायर फाइटिङ’ एवं बारुणयन्त्र खरिदको प्रक्रिया तयार भएको बताउनुभयो । त्यस्तै उहाँले प्रत्येक प्रदेशमा एउटा मल्टिसिटर एम्बुलेन्स र एक सयवटा फायर पम्प विपद् न्यूनीकरणका लागि निर्माण गरेको बताउनुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले जाजरकोटमा गएको भूकम्पमा उद्धारमा समस्या नरहे पनि आवास निर्माणमा ढिला भएको बताउनुभयो । उहाँले चिसोका कारण त्रिपालमा बसेका सुत्केरी र ज्येष्ठ नागरिकले ज्यान गुमाउनु परिरहेकाले मन्त्रालयले छिटो आवास निर्माण गरिदिन आग्रह गर्नुभयो ।

सांसद मदनकुमारी शाहले अब बन्ने कानुनमा विपद्मा परेका पीडितले राहत पाउने गरी नीति÷कार्यविधि निर्माण गर्नुपर्ने बताउनुभयो । कानुन अभावको कारण राहत पाउनबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

सांसद नरपति लुवारले जनता आवास कार्यक्रमको फाइदा अन्यत्र एक÷दुई ठाउँमा घर भएका व्यक्तिले उठाउने गरेको बताउनुभयो । जसका कारण एउटा पनि घर नभएका पीडितले आवासबाट बञ्चित हुनुपरेको पनि उहाँले बैठकमा जानकारी गराउनुभयो ।

एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, १२ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताउनुभएको छ ।प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालय तयारी सुरु गरेको जानकारी दिनुभयो ।

“अहिले समितिले छानबिन गरिरहेको छ । सरकारको कार्यदेशअनुसार समितिले काम अघि बढाइरहेको छ”, उहाँले भन्नुभयो, “प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ ।”  

गत मङ्सिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको शेयर खरिद बिक्रीका विषयमा अध्ययनका लागि पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले एनसेलको हालै भएको भनिएको शेयर खरिद बिक्री र हस्तान्तरण सम्बन्धमा भए गरेका काम कारबाहीको विस्तृत अध्ययन गरी त्यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, दूरसञ्चार नियमन र सञ्चालन सम्बन्धमा सुझावसहितको अध्ययन प्रतिवेदन बुझाउने छ । समितिले तत्काल चाल्नुपर्ने कदम तथा दूरसञ्चार क्षेत्रका लागि भविष्यमा गर्नुपर्ने सुधारका लागि पनि राय सुझावसहित ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले निर्देशन दिएको थियो ।  

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐन, २०५३ र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बीच  एकरुपता नहुँदा अस्पष्टता देखिएको बताउनुभयो । उहाँले एनसेलले शेयर खरिद बिक्रीका लागि प्राधिकरणसँग स्वीकृति नलिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “नेपाल बाहिर नै कारोबार भए पनि प्राधिकरणसँग स्वीकृति लिनुपर्छ । प्राधिकरणको विनियमावली, २०७६ को व्यवस्थाबमोजिम शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिइ प्राधिकरणको स्वीकृतिपश्चात् मात्र कारोबार गर्नुपर्ने देखिन्छ, जुन ऐनसेलको हकमा भएको देखिँदैन ।” 

कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार टोकबहादुर विष्टले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो । समितिको बैठकमा समिति सदस्य सुमना श्रेष्ठ, छविलाल विश्वकर्मा, दीपा शर्मा, तोसिमा कार्की र बद्री पाण्डेलगायतले अन्तरसमिति समन्वय विना एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छुट्टाछुट्टै बैठक एवं निर्देशन जारी गरेकोप्रति असहमति जनाउनुभयो । उहाँहरुले नियमनकारी निकाय हुँदाहँुदै छुट्टै समितिको गठन गरी छानबिन गर्नाले दोहोरोपनको समस्या सिर्जना हुनसक्ने भन्दै मन्त्रीसमक्ष जिज्ञासा राख्नुभयो । 

एनसेलको ८० प्रतिशत स्वामित्व(शेयर) हस्तान्तरण सम्बन्धमा यसअघि नै सार्वजनिक लेखासमिति, अर्थसमिति र राज्यव्यवस्था तथा सुशासन समितिले छलफल गरेको थियो । मलेसियन टेलिकम कम्पनी एक्जियटा गु्रपले आफ्नो स्वामित्वको ८० प्रतिशत बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीसँगको शेयर बिक्रीका विषयमा नियमनकारी निकायले समयमा नै जानकार नभएकोप्रति समितिका सदस्यले आशङ्का व्यक्त गरेका थिए ।

युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १२ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।सिंहदरबारमा आज भएको उद्योग मन्त्रालयसँग सम्बन्धित छलफलमा उहाँले नवप्रवर्तनशील सोच र जोश भएका युवामा उद्यमशीलता प्रवद्र्धन गर्न ‘विजनेस इन्कवेसन सेन्टर’का माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवद्र्धन अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “नवप्रवर्तन कोष परिचालन गरी कम्तीमा २० हजार युवाको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, नवप्रवर्तन र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला ।”

प्रधानमन्त्रीले कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवद्र्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिनुभयो । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवद्र्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको बताउँदै त्यसका लागि एकीकृत समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । 

मुख्यसचिव डा वैकुण्ठ अर्यालले प्रधानमन्त्रीले गर्नुभएको राष्ट्रका नाममा सम्बोधनमा समेटिएका विषय कार्ययोजना बनाएर कार्यान्वयनमा जान निर्देशन दिँदै अब उप्रान्त मन्त्रालयगत आँकडाका आधारमा मूल्याङ्कन हुने बताउनुभयो । साथै उहाँले औद्योगिक क्षेत्र घोषणा गरिएका क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न सचिवहरूलाई निर्देशन दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले मन्त्रालयको अवस्था, प्रगतिको स्थिति, चुनौती र आगामी कार्यक्रमको प्रस्तुति राख्नुभएको थियो । उहाँले नयाँ नीति, योजना, कार्यक्रम र बजेटबीच तादाम्यता आवश्यक रहेको, अन्तरनिकाय समन्वय प्रभावकारी नहुँदा नीतिमा एकीकरण र कार्यक्रम छरिएको अवस्था रहेको बताउँदै उद्यमशीलता प्रवद्र्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास, कर्मचारीको क्षमता अभिवृद्धि र नवप्रर्वतनमुखी कार्यक्रममा मन्त्रालय केन्द्रित भएको बताउनुभयो ।

द्विपक्षीय एवं बहुपक्षीय फोरममा नेपालको उद्योग तथा वाणिज्य प्रवद्र्धनका निम्ति पैरवी गर्नुपर्नेमा जोड दिँदै सचिव दुवाडीले युवाका निम्ति ‘उठौँ नेपाल अभियान’ नाराका साथ नवप्रवर्तन व्यवसायको अवधारणा अगाडि सारिएको, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि समयसीमा तोक्नुपर्ने, प्रधानमन्त्रीको पदावलीबाट सञ्चालित कार्यक्रमलाई एकीकृत गर्नुपर्ने, सूपथ मूल्य पसल बाह्रै महिना सञ्चालन गरी मूल्य नियन्त्रणका निम्ति तयारी गरिएको बताउनुभयो ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सदस्य डा रामकुमार फुयाँल, अर्थसचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याललगायतले विषयकेन्द्रित धारणा राख्नुभएको थियो ।

झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै,पाँच हजार आठ सय ४० हेक्टरमा खेती

बनियानी (झापा), १२ पुस : झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकिर्षत भएका हुन् । तोरीखेतीलाई प्रवर्द्धन एवं प्रोत्साहन गर्न स्थानीय तहले अनुदान दिइरहेका छन्भने सङ्घीय सरकारबाट सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले राससलाई जानकारी दिनुभयो ।

सङ्घीय सरकारबाट तोरीखेती प्रवर्द्धनका लागि झापाको बुद्धशान्ति गाउँपालिकामा रु २० लाख र मेचीनगर नगरपालिकामा रु ३० लाख आएको उहाँले बताउनुभयो । “स्थानीय तहहरूले समेत आ–आफ्नो क्षमताअनुसार किसानलाई प्रोत्साहित गरिरहेका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा जिल्लामा तेहलन बालीतर्फ किसान आकर्षित भइरहेका छन् ।” झापामा तोरीखेतीको क्षेत्रफल बढोत्तरी हुँदै गएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरीखेती गरिएकामा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको छ । गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

यस वर्ष उत्पादन वृद्धि हुने आकलन गरिएको छ । यस वर्ष झापाको हल्दिबारीमा सबैभन्दा बढी तोरीखेती गरिएको छ । त्यस्तै भद्रपुर, कचनकवल, दमक, मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरीखेती गरिएको छ ।

गत वर्षको सुरुआतमै रु पाँच हजार चार सयमा प्रतिमन (४० किलो) बिक्री भएको तोरी यस वर्ष करिब रु छ हजारको हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति आकर्षित भएका हुन् । स्थानीय तहको प्रोत्साहन भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरीखेतीमा अनुदान कार्यक्रम लागू गरेपछि यस वर्ष यहाँका किसानले पाँच सय ३३ हेक्टरमा तोरीखेती गरेका छन् । गत वर्ष भद्रपुरमा दुई सय हेक्टरमा तोरीखेती गरिएको थियो ।

नगरभरिका आठ सय ८९ किसानले पाँच सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरेको विवरणसहित अनुदानका लागि आवेदन दिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुमन बिमलीले जानकारी दिनुभयो । तोरीखेती प्रवर्द्धनका लागि नगरपालिकाले न्यूनतम १० कठ्ठा खेती गर्ने किसानलाई प्रतिकठ्ठा रु छ सय अनुदान दिने गरेको उहाँले बताउनुभयो । गत वर्ष नगरपालिकाले तोरीखेती गर्ने किसानलाई रु २३ लाख अनुदान उपलब्ध गराएको थियो ।

चिसो बढेपछि एक महिना जाडो बिदा दिने निर्णय

मुगु, १२ पुस : मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५ गतेसम्मका लागि जाडो बिदा दिने निर्णय गरिएको हो ।

गाउँपालिकाभित्रका उच्च हिमाली बस्ती सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु, पुअ, दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले माथिल्लो करानमा पठनपाठन बन्द गरिएको अध्यक्ष लामाको भनाइ छ ।

पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिकाभित्र कार्यरत शिक्षक आफ्नो घरतर्फ लागेका छन् । गाउँपालिकामा एक महिनासम्म विकास निर्माणका कामदेखि अन्य सरकारी सेवा प्रवाहका कामसमेत चिसोका कारण प्रभावित हुने बताइएको छ ।

विस्तारै चिसो कम भएपछि माघ १५ गतेपछि मात्रै गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी सेवाका काम नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । चिसो बढेपछि मुगुम कार्मारोङका माथिल्ला बस्ती मुगु, चितै, डोल्फु, किम्रीलगायतका बासिन्दा जाडो छल्न गाउँ नै खाली गरेर बेँसीतिर झर्न थालेका छन् ।