`

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपिएफको छैटौँ जित

काठमाडौँ, १२ पुस : प्रधानामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौँ जित दर्ता गराएको छ ।

प्रतियोगितामा ६ खेल खेलेको एपिएफले छ खेलमै जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२७ रनको योगफल बनायो ।

एपिएफका लागि ममता चौधरीले सर्वाधिक ४० रन बनाइन् । उनले ३३ बलमा ६ चौकाको मद्धतमा अविजित ४० रन बनाएकी हुन् । रोमा थापाले अविजित ३१ रन जोडिन भने सीता राना मगर १९, इन्दु बर्मा १० र ज्योति पाण्डेले ८ रन बनाइन् ।

गण्डकीका लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक २ विकेट लिइन् भने कुसुम गोदारले १ विकेट लिइन् । एपिएफले दिएको १२८ रनको लक्ष्य गण्डकी २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रनमा समेटियो । गण्डकीका लागि सृष्टि जैशी र सुमन खतिवडाले समान १७/१७ रन बनाए । त्यस्तै ज्योत्सनिका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बनाए ।

एपिएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् भने सोनु खड्काले २ र करुणा भण्डारीले १ विकेट लिइन् । यो हारसँगै गण्डकीको शीर्ष ४ मा रहेर प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ । प्लेअफमा एपिएफसँगै कोशी, सुदूरपश्चिम र बागमती प्रदेशले स्थान बनाएका छन् ।

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटे

भरतपुर, १२ पुस : पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ गु्रपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् । फोहरका कारण पवित्र धार्मिक तीर्थस्थल प्रदूषित जनाउँदै गएकाले नियमित सरसफाइ गरिएको ‘वे’ गु्रपकाका अध्यक्ष भोजनारायण कँडेलले बताउनुभयो । उहाँले देवघाट प्रवेशद्वार आँपटारीदेखि झोलुङ्गे पुलसम्मको क्षेत्रमा सरसफाइ गरिएको बताउनुभयो । माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाइएको उहाँले जानकारी दिनुभयो ।

‘हप्ताको एकदिन एकछिन समाजको लागि भन्ने अभियानका साथ चार जनाले सुरु गरेको अभियानमा अहिले सयौँ युवा जोडिएका छन्, उहाँले भन्नुभयो, “सरसफाइ अभियानले टोलटोलमा जागरण ल्याएको छ ।” युवाले फोहर टिप्दै गाउँघरमा हिँडेपछि मानिसमा सचेतना फैलिएको सुनाउनुभयो । पछिल्लो समय सङ्गठित फोहर कम भएको भन्दै हरेक टोलमा सरसफाइ अभियान चलेको बताउनुभयो ।

उहाँका अनुसार २०७३ साल जेठ २४ गतेबाट सरसफाइ वातावरण संरक्षण अभियान थालिएको हो । सार्वजनिक ठाउँमा फोहर फाल्न हुँदैन भन्ने मानसिकता अझै परिवर्तन नभएको भन्दै उहाँले गाडीमा यात्रा गर्दा वा पैदलयात्रा गर्दा जथाभावी फोहर नफाल्न अनुरोध गर्नुभएको छ । सार्वजनिकस्थलमा अझ फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उहाँले घरबाटै फोहर व्यवस्थापन गर्न नसक्दा सार्वजनिकस्थलमा जथाभावी फोहर फालिएको सुनाउनुभयो । महानगरपालिका, नगरपालिका र पालिकाले आआफ्नो व्यवस्थित डम्पिङसाइट बनाउने हो भने फोहर उचित व्यवस्थापन हुने अध्यक्ष कँडेलको भनाइ छ ।

ग्रुपका सदस्य भविलाल चापागाईंले व्यक्ति सचेत हुने हो भने फोहर नहुने बताउनुभयो । प्रत्येक घरले आफ्नो घरको फोहरको व्यवस्थापन गरेनन् भने कही पनि सफा नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले जानीजानी पनि फोहर गरिरहेका हुन्छौँ । प्रत्येक घरले आफ्नो घरको फोहर व्यवस्थापन गरेन भने कही पनि फोहर हुँदैन ।” सार्वजनिक ठाउँमा महानगरले फोहर व्यवस्थापनसम्बन्धी बोर्ड राखे फोहर व्यवस्थापनमा अझ सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । देवघाट क्षेत्रमा धार्मिक गतिविधिका फोहर बढेको भन्दै सबै नागरिक सचेत बन्नुपर्ने बताउनुभयो ।

देवघाटका स्थानीय बुद्धिसागर न्यौपानेले धार्मिकस्थल आउँदा पनि मानिसले फोहर फाल्न नछाडेको बताउनुभयो । ज्ञानको कमी भएर पनि कतिपय मान्छेले धार्मिकस्थलमा फोहर फाल्छन्, उहाँले भन्नुभयो, “जथाभावी फोहर फाल्नेलाई कारबाही गर्नुपर्छ । उहाँले युवाले जसरी सरसफाइ गरेका छन् हरेक नागरिकले त्यसरी नै आआफ्नो दायित्व सम्झेर घरघरमा फोहर व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।
 

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

मध्यविन्दु (नवलपरासी), १२ पुस : चिसो बढ्दै जाँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ ।

स्थानीय शान्ति मुसहरले भन्नुभयो, “जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ । ” ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । “घरमा ओड्ने ओछ्याउने छैन्, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन”, उहाँले भन्नुभयो, “यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।” झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन् ।

स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुग्नुभयो । अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उहाँले बताउनुभयो । “पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खानदिने अन्न छैन”, उहाँले भन्नुभयो, “मजदुरी गर्न काम पाइएको छैन , कति दिन भई सक्यो एक छाक खान्छौ । ”

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छांै । ती समुदायको आर्थिक स्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ । ”

सरकारका एक वर्ष : सञ्चार क्षेत्रमा नीतिगत पहल

काठमाडौँ, १२ पुस – २०४७ सालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक र छापाखाना तथा प्रकाशनसम्बन्धी हकलाई विशेष महत्व दिई पहिलोपटक स्थापित ग¥यो । संविधानप्रदत्त उक्त हकलाई कार्यान्वयन गर्दै २०४८ मा छापाखाना र प्रकाशनसम्बन्धी ऐन जारी गरी कार्यान्वयनमा आयो भने २०४९ मा राष्ट्रिय सञ्चार नीति बनाई लागू गरियो । उक्त नीतिले पत्रपत्रिका, प्रसारण, सूचना, सरकारी क्षेत्रमा रहेका सञ्चार माध्यमदेखि हुलाक, दूरसञ्चार, चलचित्र हुँदै प्रेस काउन्सिलसम्म सूचना तथा सञ्चारसम्बन्धी सम्पूर्ण निकायलाई समेटेको थियो ।

विसं २०६२÷६३ को आन्दोलनपछि गठित सरकारले मुलुकका विभिन्न क्षेत्रमा परिवर्तनका लागि नीतिगत प्रयास सुरु ग¥यो । यसैक्रममा पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि उच्चस्तरीय मिडिया आयोग गठन भयो । संविधान तथा कानुनविद् राधेश्याम अधिकारीको अध्यक्षतामा गठित १३ सदस्यीय उच्चस्तरीय मिडिया सुझाव आयोगमा सहभागी हुने अवसर व्यक्तिगत रुपमा मलाई पनि मिलेको थियो । विसं २०६३ असार १९ गते मन्त्रिपरिषद्ले निर्णय गरी गठन भएको आयोगको समयावधि जम्मा दुई महिना मात्र तोकिएको थियो । आयोगले समयसीमाभित्रै कार्य सम्पन्न गर्न विभिन्न समिति बनाएर काम ग¥यो ।

आमसञ्चार नीति – नेपालको संविधान (२०७२) जारी भएपछि फेरि राष्ट्रिय आमसञ्चार नीति बन्नुपर्ने विषय प्राथमिकतामा प¥यो । सरकारले कानुनविद् काशीराज दाहालको अध्यक्षतामा नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालका अध्यक्षसहित पत्रकारका आस्थागत तथा विषयगत सङ्घ सङ्गठन र विज्ञसमेत सहभागी गरेर सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समिति गठन ग¥यो । समितिले लामो समयको विस्तृत अध्ययनपछि सरकार समक्ष प्रतिवेदन बुझायो । तत्कालीन सूचना तथा सञ्चार मन्त्री शेरधन राईको तदारुकताका कारण समितिले बुझाएको दुई दिनमै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले जस्ताको तस्तै रुपमा राष्ट्रिय आमसञ्चार नीति २०७३ जारी ग¥यो । २०७३ साउन ७ गते जारी यो नीतिले सञ्चार नीति २०४९ लाई प्रतिस्थापित ग¥यो ।

राष्ट्रिय आमसञ्चार नीति २०७३ आमसञ्चार क्षेत्रको पछिल्लो नीति हो । यसका आधारमा विज्ञापन ऐन जारी भइसकेको छ भने मिडिया काउन्सिल, आमसञ्चार र अन्य सञ्चार कानुन निर्माणका चरणमा छन् । आमसञ्चार नीतिकै व्यवस्थालाई कार्यान्वयन गर्नका लागि २०७३ पुसमा सरकारले काशीराज दाहालकै अध्यक्षतामा सूचना तथा सञ्चार, अर्थ, कानुन र मन्त्रिपरिषद्को कार्यालयका सचिव र पत्रकारसमेत रहेको राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन सुझाव उच्चस्तरीय समिति गठन गरेको थियो ।

पछिल्लो एक वर्षमा भएका प्रयास – सञ्चार, सूचना तथा प्रविधिमन्त्रीको रुपमा रेखा शर्माले कार्यभार सम्हालेपछि आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनका विषयमा सुझाव दिन सरकार (मन्त्रीस्तरीय) ले २०७९ फागुन २६ गते आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन ग¥यो । डा सुरेश आचार्य संयोजक, विपुल पोखरेल, डा महेन्द्र विष्ट, गोविन्द आचार्य र बबिता बस्नेत सदस्य रहेको उक्त समितिले सार्वजनिक सेवा प्रसारण विधेयकमाथि गर्नुपर्ने सुधार र सोको पुष्ट्याई, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदा, राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयकको मस्यौदा र नेपाल आमसञ्चार प्रशिक्षण प्रतिष्ठानसम्बन्धी गरी चार वटा विधेयकको मस्यौदा गरी गत जेठ १९ गते सरकारलाई बुझायो ।

समितिले अन्य नीतिगत तथा संरचनागत सुधारअन्तर्गत सरकारी सञ्चारमाध्यमको पुनःसंरचना, डिजिटल मिडिया तथा सामाजिक सञ्जाललगायतका विषयमा पनि सुझाव पेश गरेको थियो । डिजिटल मिडिया तथा सामाजिक सञ्जालका विषयमा समितिले दिएको सुझावमा प्रतिवेदनमा भनिएको थियो– ‘डिजिटल मिडिया र सामाजिक सञ्जाल सूचना प्रविधिले सिर्जना गरेको नयाँ अवसर हो । नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सशक्त माध्यमको रुपमा यसलाई आत्मसात् गर्नुपर्दछ । यसलाई नियन्त्रण गर्ने सोच राख्नुहुन्न तर यसको प्रयोगलाई मर्यादित र व्यापारिक पक्षलाई पारदर्शी बनाउन नियमनको जरुरी छ । सूचना, प्रविधि विधेयकमा यसको प्रयोग, सञ्चालन प्रक्रिया र नियमनको स्पष्ट व्यवस्था हुनुपर्दछ ।’

उल्लेखित सुझाव कार्यान्वयनका लागि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले काम अघि बढाएको देखिन्छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० जारी गरिएको छ भने नेपाल मिडिया काउन्सिल विधेयक र राष्ट्रिय आमसञ्चार विधेयकमा सार्वजनिक रुपमा सुझाव आह्वान गरिएको छ । यद्यपि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नका लागि निर्देशिकाभन्दा पनि कानुनकै आवश्यकता छ ।

सामाजिक सञ्जाल निर्देशिकामा के छ ? सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सरकारले २०८० मङ्सिर ११ गते जारी गरेको निर्देशिकामा गरिएका मुख्य व्यवस्थामा सामाजिक प्लेटफर्मलाई सूचीकरण गर्ने, सूचीकरण नभएका प्लेटफर्मलाई सरकारले रोक लगाउन सक्ने, सामाजिक प्लेटफर्म सञ्चालकले प्रत्येक तीन वर्षमा आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेलगायतका कुरा छन् ।

यसैगरी सामाजिक सञ्जालमा गर्न नहुने कार्यमा बेनामी, फेक आइडी बनाएर प्रयोग गर्न नहुने, वर्ग, जाति, समुदायलाई लक्षित गरी अभिव्यक्ति शेयर गर्न नहुने, बालश्रम, बेचबिखन, छुवाछूतलगायतका कानुनले बर्जित गरेका कुरालाई प्रचारप्रसार गर्न नहुने, हेट स्पीचको प्रयोग गर्न नहुने, मित्थ्या र भ्रामक सूचना सम्प्रेषण गर्न नहुने, साइबर बुलिङ्ग मानिने कार्य गर्न नहुनेलगायत अन्य कानुनले निषेध गरेका कार्य गर्न नहुने उल्लेख छ ।

निर्देशिकामा गुनासो व्यवस्थापनको व्यवस्था गरिएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल व्यवस्थापन एकाइको व्यवस्था गरी उक्त एकाइले गुनासो सुन्ने व्यवस्था गरिएको छ । गुनासो सुनुवाइ गर्दा महिला, बालबालिका र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई प्राथमिकता दिनुपर्ने गरी निर्देशिकामा विशेष व्यवस्था गरिएको छ ।

प्राथमिकतामा रहेका विधेयकहरु – जनताप्रतिको उत्तरदायित्व प्रमुख रहने मान्यता रहेको पब्लिक सर्भिस ब्रोडकास्टिङ (पिएसबी) अब पारित हुने मिडियासम्बन्धी विधेयक हो । राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कारण यसलाई पारित गर्न समय नलाग्न सक्छ । तर पारित गर्नुअघि समितिका सदस्यले विधेयकमा आएका सुझावलाई विधेयकमा संलग्न गर्नु आवश्यक छ । अहिले समितिमा रहेको विधेयकमा सार्वजनिक सेवा प्रसारणमा पदाधिकारीको नियुक्तिदेखि अन्य बिभिन्न दफामा संशोधन परेको छ, जसलाई समितिका अधिकारीले गम्भीरतापूर्वक लिई समावेश गर्नु उपयुक्त हुन्छ ।

यसैगरी मिडिया काउन्सिल र राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले मस्र्यौदा बेवसाइटमा राखेर सुझाव मागेको अवस्था छ ।

छोरा र छोरीका लागि बाबुको माया दर्शाइएको हाम्रो जे भने नी तिमीको चर्चा

काठमाडौँ । पोखरेली गीतकार तथा युवा डाक्टर रमिल अधिकारीको हाम्रो जे भने नी तिमी बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा महानायक राजेश हमालको मुख्य रुपमा अभिनय देख्न सकिन्छ ।

सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर रहेको सार्वजनिक गीतमा महानायक हमालसँगै बाल कलाकारका रुपमा एलेक्स खड्का र एभलिना खड्काको अभिनय देख्न सकिन्छ । भिडियोले आफ्ना सन्तानलाई सबथोक ठान्ने बाबुको धेरै भन्दा धेरै मायालाई दर्शाएको छ । संसारमा सबैभन्दा ठूलो खुशी सन्तानको माया र साथ भएको कुरालाई कलात्मक शैलीमा वर्णन गरिएको भिडियोमा लेखकले आफ्ना दुई सन्तान छोरा अंश अधिकारी र छोरी प्रावलिन अधिकारीको इच्छा अनुसार यो भिडियो निर्माण गरेको बताए ।

केही महिना अघि मात्रै नेपाल आएर फर्किएका रमिलले खासमा आफ्ना छोरा र छोरीलाई नै यो भिडियोमा खेलाउन चाहेका थिए तर समयको पावन्दीले उनी तत्कालै न्युजल्याण्ड जानु परेकाले बालकलाकारको रुपमा छोरा छोरीलाई देखाउन नपाए पनि छिट्टै नै उनीहरुको इच्छा पूरा गर्ने गीतकार अधिकारी बताउँछन् । एउटा परिवारमा बाबुको माया नै माया पाएर हुर्किएका दुई नाबालको प्रेम र रमाइलोलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

जसमा संगीत ज्ञानेन्द्र गिरीको रहेको छ भने एरेन्ज विशाल निरौलाको रहेको छ । उत्सब दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । पोखरेली गीतकार तथा युवा डाक्टर अधिकारीले न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा काम गरिसकेका छन्। सार्वजनिक गीत गीतकार अधिकारीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भए

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।

क्लबले आधार शिविरमा सूचनामूलक बोर्डसहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ । क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाको टोलीले समुद्री सतहदेखि चार हजार पचास मिटर उचाइमा सूचनासहितको स्वागत बोर्ड स्थापना गरेका हुन् । क्लब अध्यक्ष बुढा, उचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्बुजा, पर्यटन व्यवसायी कुशल पाइजा, क्लबका सदस्य एमन पुन, विशेष बुढा, थमन गर्बुजा, निसान गर्बुजा र ओविन्द्र गर्बुजाको टोलीले आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृष्यावलोकन केन्द्र स्थापना गरेका छन् । आइसफल पदमार्गअन्तर्गत पर्ने कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित रहेको छ ।ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पूजापाठसमेत गर्ने चलन रहेको छ । क्लबले यसअघि चिमखोलामा स्वागत बोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृष्यावलोकन केन्द्र (भ्यू पोइन्ट) स्थापना गरेको अध्यक्ष बुढाले बताउनुभयो । “आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि हामीले पहल थालेका हौँ, क्लब आफँैले यसको नेतृत्व गरिरहेको छ भने देश तथा विदेशमा रहेका चिमखोलावासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ”, अध्यक्ष बुढाले भन्नुभयो ।उहाँका अनुसार, पर्यटनको अथाह सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको धौलागिरि आइसफल पदमार्गलाई चिनाउन क्लबले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको हो । टान, तत्कालीन जिल्ला विकास समिति म्याग्दीलगायतका विभिन्न निकायको अगुवाइमा म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी विसं २०६८ मा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको पहिलोपटक अध्ययन गरिएको थियो ।पदमार्ग पहिचान गरेर पदमार्गलगायतका पूर्वाधार बनाउन थालेको एक दशक बढी समय भए पनि अझै यो क्षेत्र ओझेलमा रहेको आइसफल पदमार्ग निर्माण अभियानका अगुवा ध्रुव पाइजाले बताउनुभयो । “धेरैजसो अप्ठेरो ठाउँमा बाटो बनायौँ, कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो, तर फेरि पनि पदमार्ग बनाउने काम भइरहेको छ, यो पदमार्गमा पूर्वाधारसँगै प्रचारप्रसार र नक्साङ्कन गरेर योजनाबद्ध रुपमा अघि बढ्न जरुरी छ”, तिलिजाले भन्नुभयो ।समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचारप्रसारका लागि धेरै प्रयास भए पनि पदमार्गको नक्साङ्कनसहित सरकारी तवरबाट उचित पहलकदमी हुनुपर्ने उहाँको भनाइ छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भइरहेको छ । गत आर्थिक वर्षमा पर्यटन विभागले ठेक्का लगाएको रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौताअनुसार, ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी रहेको छ ।ठेक्का सम्झौता गर्दा भिरमा पदमार्ग बनाउने स्टिमेट नगरेको कारण उक्त बजेटबा पुछार ओढार र चेप्टेओढार क्षेत्रको भिरमा पदमार्ग बनाउन अझै बाँकी रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताउनुभयो । “यो बजेटबाट जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग अझै नबन्ने भएपछि हामीले पदेश र सङ्घीय सरकारसँग थप बजेटको माग गरेका छौँ, कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढाउन सकिन्छ की भन्ने अपेक्षा छ”, उहाँले भन्नुभयो । उहाँले कालीबराह खोलालगायतका ठाउँहरुमा झोलुङ्गे पुलको समेत अभाव रहेको बताउनुभयो ।आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरीलगायतका दर्जनौँ आकर्षक पर्यटकीय गन्तव्य रहेका छन् । प्राकृतिक रुपमा सुन्दर र मनमोहक दृष्यले भरिपूर्ण धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाले देखाएको सक्रियताले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको वडाध्यक्ष पाइजाले जानकारी दिनुभयो । पदमार्गअन्तर्गत सेतिनी छहरा नजिकैको फाँटमा स्थानीय युवा कुशल पाइजाले होटल सञ्चालनमा ल्याएपछि पर्यटकको लागि ठूलो सुविधा भएको छ ।पदमार्गमा खुलेको यस होटलमा खाना, खाजा र बसोबाससमेत सुविधा भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । चिमखोलादेखि दुईदिनको पदयात्रामा धौलागिरि आधार शिविर पुग्न सकिने भए पनि बीचमा होटल नहुँदा यसअघि पर्यटक टेन्ट र ओढारमा बास बस्नुपर्ने बाध्यता रहेको थियो । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी पूर्वाधार निर्माणको लागि पहल गरिएको रघुगङ्गा गाउँपालिकाले जनाएको छ ।अहिले कुइनेमङ्गलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण भइरहेको छ भने आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।म्याग्दी सदरमुकाम बेनीदेखि हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ वैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यतता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको धौलागिरि आइसफल पदमार्गबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजीकबाट अवलोकन गर्न सकिन्छ ।पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालीबराह, लाटीबराह, निलीबराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुइनेमङ्गले, दोबालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम

काठमाडौँ, १२ पुस : नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ ।

सरकारले पहलकदमी लिएको एक वर्ष नपुग्दै मिटरब्याजी पीडितका समस्या समाधानको चरणमा अघि बढेको छ । नागरिकता समस्या तथा प्रशासनिक निकायमा हुने ढिलासुस्ती र हैरानी पनि कम भएको छ । छिटोछरितो रुपमा राष्ट्रिय परिचयपत्र पाउने वातावरण बनेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत अब जनताले हैरानी खेप्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । दशकौँदेखि जकडिएर रहेको मिटरब्याजी समस्याका कारण तराईका कैयौँ नागरिक घरबारविहीन भएका थिए । कतिपय पीडित हिंसामा परेका थिए । आफ्नै छोरी चेलीहरु साहुबाट जोगाउन मुस्किल भएको थियो ।

अझ दिन दुई गुणा रात चौगुणा मिटरब्याजको थिचोमिचोले भयभित नागरिक घर छाडेर हिँड्न बाध्य परेको अवस्थाबाट पीडितले विस्तारै राहत पाउन थालेका छन् । झण्डै नौ महिनाको अवधिमा उक्त समस्या एक चरणमा हल भएर मिटरब्याज अपराधका रुपमा परिभाषित भई कानुन तर्जुमा भएकाले अब विगतमा जस्तो मिटरब्याजबाट नेपाली नागरिकले हैरानी खेप्नुपर्ने अवस्थाको अन्त्य भएको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बताउनुहुन्छ ।

सुन तस्करी नियन्त्रणमा पनि सरकारले ठूलो पहलकदमी लिँदा सङ्गठित तस्कर, विचौलिया, सहयोगीहरु पक्राउ परेका छन् भने पछिल्लो एक वर्षमा मात्रै झण्डै १०० किलो सुन बरामद गरिएको छ । गृहमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि पहिलो निर्णय नै सुराकी खर्च हटाउने निर्णय गरेर सुशासनको जग तयार पार्नुभएको थियो । यसले हरेक महिना गृहमन्त्री र सचिवले कानुनी आधार बिनै लिन पाउने लाखौँ रकम जोगिएको छ । त्यसपछिका दिनहरुमा गृह मन्त्रालयबाट लगाताररुपमा शान्ति सुरक्षा, अमनचलन कायमका सवालका साथै चोरी, तस्करी, अपराध नियन्त्रणमा ठोस कदम चालिएको छ ।

अर्काे महत्वपूर्ण घटना भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहको सेटिङ नै भत्काइएको छ । उक्त कदमको सर्वत्र प्रशंसा भएको छ । शरणार्थी प्रकरणमा राजनीति व्यक्तिदेखि उच्च सरकारी कर्मचारी तथा विचौलियालगायतका व्यक्तिहरु पक्राउ परेका छन् । उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन् भने केही कारागार बाहिर बसेर मुद्दा लडिरहेका छन् ।

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले अनलाइन माध्यमबाटै श्रम अनुमति आवेदन दिने तथा सामाजिक सुरक्षाको दायरामा ल्याउने काम पनि भएको छ । दुई–दुई पटक सङ्घीय संसद्ले पारित गरी राष्ट्रपति कार्यालय पठाइएको नागरिकता विधेयक यसपटक भने टुङ्गोमा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित विधेयक ऐनका रूपमा कार्यान्वयन आइसकेको छ ।

यसले लामो समयदेखि आफ्नै देशमा पनि अनागरिक भएर बसेका नागरिकले नेपाली नागरिकता प्राप्त गर्न थालेका छन् । यस्तै गैरआवासीय नेपालीले समेत नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । धेरैले नागरिकता समेत प्राप्त गरिसकेका छन् । गृह मन्त्रालयअन्तर्गतका निकायमा योग ध्यान शिविर चलाएर सरकारले कर्मचारी वर्गमै नयाँ सन्देश दिएको छ ।

सुराकी खर्च खारेज

गृहमन्त्री श्रेष्ठले गत चैत १७ गते गृह मन्त्रालयमा पद बहाल हुनुभएको थियो । सरकारको एक वर्ष पुग्नै लाग्दा गृहमन्त्रीको एक वर्ष पुगेको छैन । तर पनि मन्त्री श्रेष्ठले सम्हालेको गृहले महत्वपूर्ण पहलकदमी लिएको छ । गृहको पुरानो चलन गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा लाखौँ खर्च गर्न पाउने कार्यविधिलाई खारेज गर्ने फाइलमा हस्ताक्षर गरी उहाँले पदबहाली गर्नुभएको थियो ।

त्यो रकमको अडिट, भरपाई बिलिङ नै हुँदैनथ्यो । आवश्यकताका आधारमा सुराकी खर्च भनेर गृहमन्त्री र सचिवबाट सामान्यतया १५ देखि २५ लाखसम्म मासिक खर्च हुन्थ्यो त्यसलाई गृहमन्त्री श्रेष्ठको प्रस्तावमा सरकारले खारेज गरिसकेको छ ।

मिटरब्याजी समस्या समाधान

गत वर्षको यो समयमा मिटरब्याजी पीडित जिल्लामा आन्दोलित थिए । सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका उनीहरु केही सीप नलागेपछि चैतमा राजधानी केन्द्रित भए । सरकारले द्रुतगतिबाट उनीहरुको समस्या समाधानको बाटो समाएको थियो । सरकार गठनको एक वर्ष नबित्दै उक्त समस्याले समाधानको बाटो समाएको छ ।

विशेषत तराईमा मिटरब्याजमा लगाउने चलन थियो । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार यस विषयमा गृहमन्त्री श्रेष्ठ पहिलै जानकार हुनुहुन्थ्यो । मधेसमा एक लाख दिएर पाँच लाखको चेक लिने, पाँच लाख दिँदा २५ लाखको चेक लिने वा जग्गा जमिन लिने गरिन्थ्यो । विदेश जानेले एक÷डेढ लाख रकम सापटी लिँदा १०÷१५ लाखको जग्गा लिने पुरानो जकडिएको अपराध थियो । कानुनको अभावमा नहुँदा साहुले बनाएको कागज नै कानुनी आधार हुँदा धेरै पीडितहरु मुद्दा खेपेर थप पीडित बनेका थिए ।

मन्त्रालयमा आएको एक सातामै उहाँले मिटरब्याजीपीडितको माग सम्बोधन गर्नुभएको गिरी स्मरण गर्नुहुन्छ । त्यसबेला गृहमन्त्री श्रेष्ठले भन्नुभएको थियो, “ऐन ल्याएर समस्या हल गर्छु अहिलेको अवस्थामा सामन्तवादीजस्तो अपराध र अन्यायपूर्ण कुरालाई हल गर्छु ।” त्यति सहज नभएको उक्त काम प्रधानमन्त्री प्रचण्डको पूर्ण साथ र गृहमन्त्रीको आफ्नै पहलमा कानुन नै बनेर आएको र जाँचबुझ आयोगले काम सम्पन्न गरेको छ ।

‘सङ्घीयताबिना देश अगाडि बढ्न सक्दैन’:पूर्वसभामुख अग्नि सापकोटा

कञ्चनपुर- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले सङ्घीयताबिना देश अगाडि बढ्न नसक्ने बताउनुभएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा बुधबार आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उहाँले सङ्घीय सरकारले सङ्घीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताउनुभयो ।

सङ्घीयताबारे भ्रम फैलाएर बदनाम गर्न खोजिएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले जनताको अपेक्षाअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । “जहिले पनि पार्टी नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको छ”, उहाँले भन्नुभयो, “बत्तीस सिटमा पार्टी खुम्चिनुका कारण वर्गीय धरातल छोड्दा नै हो, पार्टी नेता दलाल, माफियाको घेराबन्दीमा पर्दा जनसङ्घर्षका सहिद परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेलाई बिर्सियौँ ।”अहिलेको आवश्यकता सामाजिक, राजनीतिक, वैचारिक, सांस्कृतिक सङ्गठन गठन पर्नुरहेको नेता सापकोटाले बताउनुभयो । “विसं २०६७ मा अग्रगामी छलाङमार्फत पार्टीले राजनीतिक विष्लेषण गर्‍यो”, उहाँले भन्नुभयो, “त्यसपछि पार्टीमा कुनै पनि राजनीतिक विष्लेषण भएको छैन, विचारको विकास भएन भने शून्यता हुन्छ, वैचारिक संलेष्ण छोड्दा पछाडि पर्‍यौँ ।” परिस्थितिजस्तो छ त्यसकै बीचबाट पार्टीलाई अगाडि बढाइनुपर्ने पूर्वसभामुख सापकोटाले बताउनुभयो ।विचार र विधिको विकास गरे पार्टीलाई पहिलेजस्तै अगाडि लैजान सकिने उहाँको भनाइ थियो । “पर्ख र हेरको नीतिले अब काम गर्दैन, विज्ञान र दर्शनको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सबै कुरामा आत्मनिर्भर हुनु जरुरी छ ।” संविधानमा समाजवाद शब्द राखिए पनि त्यसको व्याख्या गर्न बाँकी रहेको उहाँले बताउनुभयो । सामाजिक न्यायसहितको समाजवाद पार्टीभित्रबाटै लागू गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । आधुनिक समाजवादभित्र कृषि, उद्योग, विज्ञान, प्रविधि र राष्ट्रिय सुरक्षाको प्रश्न अहम् रहेको उहाँले बताउनुभयो ।“विद्रोहबाट आएको पार्टी भएकाले पहिलोपटक सरकारमा जाँदा अनुभव थिएन”, उहाँले भन्नुभयो, “त्यसबाट अनुभव लिँदै दोस्रोपटक पार्टी सत्तामा पुग्दा नौ महिनाको अवधिमा राम्रो कार्य गर्‍यौँ, अहिले थोरै सिट भए पनि पार्टी राजनीति र सत्ताको केन्द्रविन्दुमा रहेको छ, जनताको हितमा हुने गरी कार्य गर्न खाजेका छौँ ।”

जग्गा फुकुवा माग राखेर पूर्वराजपरिवार संसदीय समितिमा

काठमाडौं । भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् ।

पुस ८ गते दर्ता उजुरी छलफलमा भने लगिएको छैन । भूमिसुधार राज्य व्यवस्थाको क्षेत्राधिकार भने होइन । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसुधारको क्षेत्र तोकिएको छ । धीरेन्द्रका श्रीमती प्रेक्षा राज्यलक्ष्मी शाहको नाममा रहेको हदबन्दीभन्दा बढी राखेको भन्दै भूमिसुधार कार्यालय काठमाडौँले रोक्का गरेको छ ।

छोरीहरूले यसबारे छलफल र निर्देशनको माग गर्दै संसदीय समितिमा उजुरी गरेका हुन् । उक्त हदबन्दीको व्यवस्था आफूहरूलाई नलाग्ने उनीहरूले उजुरीमा जिकिर लिएका छन् । कानुनविपरीत हदबन्दीका नाममा जग्गा रोक्का राखेर आफूहरूमाथि राज्यले विभेद गरेको उजुरीमा उल्लेख छ ।

धीरेन्द्रका छोरीहरू दिलाशा, पूजा र शीताष्माका तर्फबाट उजुरी दर्ता भएको हो । उजुरीमा संविधानप्रदत्त सम्पत्तिको हकको रक्षाका लागि आवश्यक निर्देश गरिदिन माग गरिएको छ । भूमिसुधार कार्यालयले २०६५ वैशाख २८ गते नै काठमाडौँ महानगरपालिका–३ को कित्ता नम्बर ३१ को ३५ रोपनी जग्गा रोक्का राख्न पत्राचार गरेको थियो । संशोधित कानुन अनुसार हदबन्दीभन्दा बढी जग्गा भएकाले रोक्काको पत्राचार भएको थियो ।

उजुरीमा उल्लेख भएअनुसार २०६४ चैत १९ गते उक्त घरजग्गा तीनै जनाको नाममा रहने गरी नामसारी भइसकेको छ । २०५८ कात्तिक २७ गते निधन हुनुभएकी प्रेक्षा राज्यलक्ष्मी शाहको नाममा रहेको उक्त घरजग्गा छोरीहरूका नाममा हक हस्तान्तरण र नामसारी भएको थियो । मालपोत कार्यालय डिल्लीबजारको निर्णयले २०६४ चैतमा जग्गाधनी पुर्जा प्राप्त गरेपछि २०६५ वैशाख ६ गते भूमिसुधारले रोक्का राखेको उजुरीमा उल्लेख छ । जग्गा फुकुवाका लागि सतर्कता केन्द्र, मालपोत कार्यालयमा पटक पटक निवेदन दिँदा पनि सुनुवाइ नभएको बेहोरा उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ, “भूमिसुधार कार्यालय काठमाडौँको पत्रले हदबन्दी रोक्का रहेको अवस्था विद्यमान रहेकोमा म निवेदिका समेतले हदबन्दी रोक्का फुकुवा गरी पाऊँ भनी मिति २०७६र०३र३० मा राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार काठमाडौँमा निवेदन दिएका थियौँ तर वर्षौंसम्म मालपोत कार्यालय, भूमिसुधार विभागमा धाउँदासमेत जग्गा फुकुवा नगरेर राज्यले हामीमाथि ठुलो विभेद गरेको छ ।”

भूमिसम्बन्धी ऐन २०२१ को दफा ७ मा काठमाडौँ उपत्यकामा एउटा व्यक्ति वा परिवारले बढीमा ५८ रोपनीसम्म जग्गा राख्न पाउने व्यवस्था गरेको थियो । तर २०५८ माघ २५ गते भएको पाँचौँ संशोधनले हदबन्दी घटाएको थियो । काठमाडौँ उपत्यकामा ३० रोपनीसम्म जग्गा राख्न पाउने गरी ऐन ऐन संशोधन भएको थियो । २०५८ साउन ३२ गतेदेखि उक्त संशोधित व्यवस्था लागु हुने गरी संशोधन भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

भारतबाट भन्सार छलेर ल्याइएका १५ लाखका मोबाइलसहित एक जना पक्राउ

बारा- अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले  पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैँया मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ । चौधरीले सो एरियामा सस्तोमा आफ्नो घरबाट मोबाइल बिक्रीवितरण गर्दै आएको थियो । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

कुलतमा फस्दै युवा, स्वास्थ्य र पैसा दुवै बर्बाद

काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै प¥यो,’ उनले भने।

त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा ९नाम परिवर्तन० ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए। पछि उनी पनि त्यसकै लतमा परे। उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन्। सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ।

‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका एक अनलाइन बिक्रेताले भने। ती व्यापारीका अनुसार प्रत्यक्ष पसलमा किन्न आउनेभन्दा अनलाइनबाट माग गर्ने धेरै छन्।अनलाइनबाट भेपको कारोबार गर्न थालेको पाँच वर्षजति भएको ती व्यापारीले बताए। त्यस्तै ५ वर्षदेखि भेपको व्यापार गर्दै आएको ललितपुर पुलचोकस्थित अर्का व्यापारी भेपको माग बढ्दै गएको बताउँछन्। ‘माग पहिलादेखि नै उच्च छ,’ ती व्यापारीले भने।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा १ करोड १० लाख रुपैयाँभन्दा बढीको भेप आयात भएको छ। त्यस्तै आव २०७९÷८० मा ४ लाख २६ हजार ३७२ थान भेप आयात भएको छ।एक वर्षदेखि बजारमा नयाँ स्वादमा भेप आएको छ। अहिले प्रयोग गरेर सकिएपछि फाल्ने भेपको माग बढी हुने गरेको छ। फरक–फरक स्वादका कारण युवाको आकर्षण डिस्पोजेवल भेपमा बढिरहेको विरानगरका एक बिक्रेताले भने।

ती व्यापारीका अनुसार नयाँ स्वादमा आएको भेपको खुद्रा मूल्य बजारमा २ हजार पर्छ। दुई हजारमा बिक्री गर्दा ६ सय रुपैयाँ नाफा हुन्छ। बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्ने भेपको डिभाइस भने डिस्पोजेवलको तुलनामा महँगो पर्छ।

पुनः प्रयोग गर्न मिल्ने डिभाइस पनि फरकफरक मूल्यमा बजारमा उललब्ध छन्। नेपालमा भेप चीन र अमेरिकाबाट आयात हुने गरेको बिक्रेता बताउँछन्। भेपको मूल्य डिभाइस र गुणस्तरअनुसार फरक फरक हुन्छ। यो समाचार नागरिक दैनिकमा छ ।

थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्”, उहाँले भन्नुभयो ।

जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलाबारीमा एभोकाडो खेती गर्नुभएको छ । धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको उक्त गाउँमा हाल सुन्तला मासिएर एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको उहाँ बताउनुहुन्छ । “सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती सुरु गरेका छौँ, एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “ एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको तथ्याङ्क छ ।”

यहाँका अधिकांश किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन् । करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ ।” नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलवा कृषि कर्ममा समेत रमाउने गर्नुभएको छ । “हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदोरहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनुपर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ”, उहाँले भन्नुभयो ।

जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । गत वर्ष चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष चार सय २२ दशमलव पाँच मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले जानकारी दिनुभयो । गतवर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा खेती गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ । “गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ”, उहाँले भन्नुभयो ।

नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माइजोगमाईका खत्रीले बताउनुभएको छ । सो फलबाट किसानले मनग्ये आयआर्जनसमेत गर्न थालेको स्वयम् किसानको भनाइ छ । एक दशक मलेसिया बसेर स्वदेश फर्किनुभएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताउनुभयो ।

एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन् । सुरुमा रु तीन सय किलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा हाल रु दुई सय प्रतिकिलो यसको खरिद बिक्री भइरहेको छ । “व्यापारीको दःख छैन, बगानमै आउँछन् र मुस्टमा दामकाम गरेर पनि किन्छन्”, देवानले भन्नुभयो । हाल इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा तथा सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बूले बताउनुभयो । उहाँका अनुसार हाल इलामसहित, झापा, सुनसरी काठमाडौँलगायतका स्थानमा यसको बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो ।

दिउँसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस याममा मुख्य उत्पादन लिन सकिन्छ । दीर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्रायः जिल्लाभर नै खेती विस्तार भइरहेको हो । कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताको भनाइ छ ।

दानाबाट यसको उत्पादन लिन सकिन्छ । रुखमा फल्ने यसको फल सामान्यतया दुई सय ग्रामदेखि एक किलोसम्मको हुने गर्दछ । भित्र दानो बीचमा खानयोग्य फल र बाहिर बोक्राले ढाकेको हुन्छ । त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने कारण कृषक यस खेतीमा तानिएको रोङ गाउँपालिका–५ जिर्मलेका किसान प्रेम राईले बताउनुभयो । एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ । एक रोपनीमा करिब छ वटासम्म एभोकाडो रोप्न सकिने माइजोगमाईका किसान खत्रीको भनाइ छ । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिने इलामका किसान एवं राजनीतिज्ञ देवानले बताउनुभयो । ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेको होटल व्यवसायी नवीना कार्कीले बताउनुुभएको छ ।

यसमा भिटामिन र खनिजतत्व पर्याप्त मात्रामा पाइन्छ भने एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । विज्ञका अनुसार, एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ । यसमा छ ग्राम चिल्लो, तीन÷चार ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र तीन ग्राम फाइवर हुने गरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइने जनाइएको छ । राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ । साथै बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकाडो पूर्णरूपमा स्वास्थ्यवर्धक मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ ।

जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवद्र्धन गर्नका साथै प्रचारप्रसार गर्न र किसानलाई हौसला प्रदान गर्न कृषि ज्ञान केन्द्रले समन्वय र सहयोग गर्दै आएको छ । बिरुवा रोपेको तीन वर्षदेखि नै उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषक यसतर्फ आकर्षित भएको ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो । एभोकाडोको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ ।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको केही वर्षभित्रै उत्पादन दिने भएकाले यहाँका किसानले पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन थालेका छन् । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका सबै स्थानीय तहमा एभोकाडोको आंशिक खेती हुन सुरु भएको ज्ञान केन्द्रले जनाएको छ ।
 

सेयरमा लगानीकर्ताको मनोबल उच्च

काठमाडौँ । लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको छ भने बजारमा दैनिक औसत पाँच अर्ब रुपियाँभन्दा माथिको कारोबार हुन थालेको छ ।

यस साताको दुई दिनको कारोबारमा नेप्सेमा गिरावट देखिए तापनि कारोबार उच्च हुनुले सेयरको भविष्य राम्रो भन्ने अर्थमा ठुलो लगानी यस क्षेत्रमा छिर्न थालेको देखिन्छ । देशको अर्थतन्त्र र आर्थिक क्षेत्रका सूचकहरू बजार प्रभावित हुने मुख्य आधार भए पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानीकर्ताको मनोबल नै हो ।

सेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष ताराप्रसाद फुलेलका अनुसार पछिल्लो समय लगानीकर्ताको बजारप्रतिको विश्वास गुम्दा बजार निरन्तर ओरालो लागिरहेको थियो । सरकारले बजारमा केही सकारात्मक माहोल सिर्जना बनाउँदा बजार बुलिस ट्रेन्डमा देखिएको बताउछन् । बजारले लामो समयदेखि खेपेको बियरिस अब बुलतर्फ जान थालेकामा नेपाल राष्ट्र बैङ्क पनि सेयर बजारप्रति थोरै लचिलो बन्दा, त्यसको प्रभाव बजारमा देखिएको उनको भनाइ छ ।

बैङ्क तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा लगानीयोग्य पैसा हुँदा तरलता सहज भयो जसले गर्दा बजारमा सकारात्मक माहोल सिर्जना भएको सेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष फुलेल बताउछन् ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले अर्थतन्त्र लयमा ल्याउन इँटा थप्ने काममा सहयोग पुग्न थालेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल पनि बढाउन थालेको छ । मौद्रिक नीतिले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुँदा समग्र अर्थतन्त्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको छ ।

अहिले खास गरी राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षामा बैङ्क दर, नीतिगत दर, कर्जाको पुनर्संरचना र घर तथा सेयर कर्जामा लचकता अपनाएको छ । त्यसो त मुलुकको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै छ । यो अवधिमा साढे १९ सयको बिन्दुमा रहेको सेयर बजारमापक नेप्से परिसूचक पनि २२ सयको बिन्दुतर्फ लम्केर अहिले परीक्षणमा रहेको छ । कारोबार रकम पनि लामो समयपछि सात अर्ब रुपियाँ नाघेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ ।

ऋति फाउण्डेसनद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सुझाव सङ्कलन’ कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कमल लम्सालले ‘कर्णाली उत्सव’ विचार र सार्वजनिक नीतिको बहस भएको बताउनुभएको छ ।

उहाँले उत्सव कर्णालीको विम्ब, धारणा र सोच बदल्ने अभियानसमेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उत्सवको पहिलो र दोस्रो संस्करणमा १४÷१४ सत्र, तेस्रोमा १३ र चौथोमा १६ सत्र सञ्चालन ग¥यौँ । सबै संस्करणका सत्र गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका एक सय ८४ वक्ता राखेर विचारमाथिको बहस गरिएको छ ।”

फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णाली उत्सवको चौथो संस्करण सम्पन्न हुनुले मोफलसबाट पनि राष्ट्रिय महोत्सव गर्न सकिन्छ भन्ने मानक स्थापना भएको दाबी गर्नुभयो । “यो कर्णालीलाई ब्रान्डिङ गर्ने विचार निर्माणको विशेष कार्यक्रम हो जसले खाना, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याएको छ”, उहाँले भन्नुभयो, “लुकेको प्रतिभा पहिचान र प्रवद्र्धनमा पनि त्यतिकै योगदान दिएको छ ।”

निर्देशक गौतमका अनुसार आगामी फागुनबाट कर्णाली उत्सवको पाँचौँ संस्करण सञ्चालन हुनेछ । संस्करणको पहिलो सत्रमा भूकम्पछिको पुनःनिर्माण, राहत वितरण, अनुभव र अनुभूति र सरकारको जवाफदेहितका बारेमा विशेष बहस हुने छ । त्यस्तै, प्रदेशस्तरीय भिडियो प्रतिस्पर्धा, कर्णालीको पैकेलो पहिचान, लगानी सम्मेलन र बजेटको समुचित परिचालनका विषयमा बहस थालिने उहाँको भनाइ थियो ।

उक्त कार्यक्रमका सहभागीले कानुन कार्यान्वयन गर्ने सरोकारवालाबाट हुने गैरकानुनी गतिविधि, आयुर्वेद चिकित्सा पद्धति, खानपिन संस्कृति, युवा पलायन, उत्पादन र उत्पादकत्व, नवप्रवर्तनात्मक कार्य, विश्वका विशिष्ट सभ्यतामध्येको सिंजा सभ्यताका बारेमा पनि बृहत बहस थालनी गर्न आयोजकलाई सुझाव दिएका थिए ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागको एक दुइ स्थानमा हल्का हिमपातको संभाबना रहेको छ।

आज राती कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने प्रस्ताव अस्वीकार

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई बुधबार अस्वीकार गरेको छ ।

सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उहाँलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नगर्ने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो ।

तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, “मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत प्रश्नहरूको पुनरावलोकन यस अदालतले गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन सकेन ।”

ट्रम्पलाई धेरै राज्यमा प्राथमिक मतपत्रमा उपस्थित हुनबाट रोक्नका लागि गरिएको यो पछिल्लो प्रयास हो । अमेरिकी संविधानलाई समर्थन गर्ने शपथ लिने अधिकारीहरूलाई ‘विद्रोहमा संलग्न’ भएमा भविष्यको पदबाट प्रतिबन्धित गरिने संविधानको १४ औं संशोधनअन्तर्गत रहेको छ ।

यो निर्णय कोलोराडो सर्वोच्च अदालतको हालैको फैसलासँग मेल खान्छ । यो निर्णयले ट्रम्पलाई क्यापिटोल दङ्गामा उहाँको भूमिकालाई लिएर राज्यको प्राथमिक मतदानमा सहभागी हुन रोकेको छ । उहाँलाई समर्थकलाई दङ्गा गर्न उक्साएको आरोप लगाइएको छ ।

मिनेसोटामा ट्रम्पविरुद्ध १४ औं संशोधनको असफल चुनौती दिएको र ओरेगनमा मुद्दा दायर गरेको प्रजातन्त्र समर्थक ’फ्रि स्पिच फर पिपुल’ नामक संस्थाले गत सेप्टेम्बरमा मिचिगनमा मुद्दा दायर गरेको थियो ।

मिचिगनको तल्लो अदालतले प्रक्रियाको सुरुमा प्रक्रियागत आधारमा मुद्दा खारेज गरेको थियो । अपीलमा एक निर्णयलाई समर्थन गरिएको थियो, जसको अर्थ ट्रम्प विद्रोहमा संलग्न थिए कि थिएनन् भन्ने प्रश्नलाई कहिल्यै सम्बोधन गरिएको थिएन।

सात सदस्यीय प्यानलमा डेमोक्रयाटिक पार्टीका तर्फबाट मनोनित चार न्यायाधीशमध्ये एक न्यायाधीश एलिजाबेथ वेल्चले कोलोराडोको निर्णयलाई स्वीकार गर्दै राज्यको निर्वाचन कानुन मिचिगनको ‘भौतिक तरिका’ भन्दा फरक रहेको बताउनुभएको छ ।

वेल्चले लेख्नुभएको छ, “अपीलकर्ताहरूले मिचिगन निर्वाचन कानूनमा कुनै पनि समान प्रावधान पहिचान गरेका छैनन् जसले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदको खोजी गर्ने व्यक्तिले पद धारण गर्न आफ्नो कानुनी योग्यता प्रमाणित गर्न आवश्यक छ ।”

हेर्नुहोस् पौष १२ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृष राशि – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

मीथुन राशि – प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

कर्कट राशि – सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

सिंह राशि- पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

कन्या राशि- प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृश्चिक राशि- निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

धनु राशि- अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मकर राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

कुम्भ राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

मिन राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

कर्मचारी नहुँदा रोकियो अस्थायी आवासको अनुदान

जाजरकोट । नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई सामाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा भाग लिन गत २ पुसमा सुर्खेत गए। उतैबाट उनी काठमाडौंतिर हानिए। अहिलेसम्म फर्केका छैनन्। उनी नहुँदा नलगाड नगरपालिकाका भूकम्पपीडितले अहिलेसम्म पहिलो किस्ताको रकम पाउन सकेका छैनन्। सुरुमा सरकारले रकम पठाउन ढिला गर्‍यो। अहिले सरकारले नगरपालिकाको खातामा पैसा पठाइसकेको छ। तर, कुनै पनि लाभग्राहीले हालसम्म रकम पाउन सकेका छैनन्।

‘खातावाला नै नभएपछि कसरी पाउनू’, वडा नम्बर २ का वडाध्यक्ष पूर्णबहादुर खत्रीले भने, ‘हाकिम साब हुनु हुँदैन। पैसा आएर पालिकाको खातामा थन्किएको छ। उता पीडितले टहरा बनाउन थालिसके कहिले पैसा पाइन्छ भनेर हामीलाई हैरान पारेका छन्।’

प्रमुख प्रशासकीय अधिकृतमात्र होइन नलगाड नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावत पनि काठमाडौंमै छन्। भूकम्पपीडितको व्यवस्थापनमा जुट्नुपर्ने बेला एक कार्यक्रमका लागि आफू काठमाडौं गएको र पीडितकै कामका लागि त्यहाँ बसेको उनले दाबी गरेका छन्। जुनीचाँदे गाउँपालिकाले पनि अहिलेसम्म एक जना लाभग्राहीको खातामा पहिलो किस्ता हाल्न सकेको छैन।

गाउँपालिकाका लेखापाल मनोज शर्माले काम नगरिदिँदा सबै कामकाज ठप्प भएको छ। उनी पनि जिल्ला बाहिरै छन्। ‘काम गर्नुको साटो राजीनामा दिएर हिँडिदिएपछि समस्या भयो। यसको समाधानका लागि हामीले पहल गरिरहेका छौं’, गाउँपालिका अध्यक्ष वेदबहादुर शाहीले भने, ‘काम नगर्ने बहानामा प्रमुख प्रशासकीय अधिकृतलाई राजीनामा बुझाएर लेखापाल हिँड्नु भएछ। उहाँले दसैंदेखि कुनै पनि काम गर्नु भएको छैन। वैकल्पिक व्यवस्थाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय र संघीय मामिला मन्त्रालयमा अनुरोध गरेका छौं। लेखापालले काम नगर्दा लाभग्राहीले अस्थायी आवासका लागि पहिलो किस्ताको रकमसमेत दिन सकेका छ्रैनौं। रकम आएर पालिकाको खातामा थन्किएको छ।’

नलगाडका ८ हजार ९७ जना लाभग्राहीले हालसम्म पहिलो किस्ताको रकम पाउन सकेका छैनन्। उक्त पालिकाले सबै लाभग्राहीसँग सम्झौता नै गरिसकेको छ। सरकारले सम्झौता गर्ने बित्तिकै रकम दिने भने पनि उनीहरूले पाउन सकेका छैनन्। हाकिम नहुँदा गत पुस ६ गते नै रकम पालिकाको खातामा निकासा भए पनि पीडित परिवारले पाउन नसकेका हुन्।

त्यस्तै, जुनीचाँदेका २ हजार ५ सय ६३ लाभग्राहीले पनि रकम पाउन सकेका छैनन्। खातामा रकम आइसक्दा पनि लेखापालले काम गर्न नमानेको र वैकल्पिक व्यवस्था हुन नसक्दा लाभग्राहीले रकम पाउन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबहादुर शाहीले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

२७ अर्ब महसुल नर्तिन उद्योगीहरुको बाहनाबाजी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटर र ट्रकलाइनमार्फत् विद्युत् प्रयोग गरेका तर लामो समयसम्म महसुल नतिरेका ठूला उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणको उक्त कदमपछि ठूला उद्योगको विद्युत् लाइन काट्नु गलत रहेको भन्दै एकथरी विरोधमा उत्रिएका छन् ।

त्यस्तै, अर्कोथरीले देशभर लोडसेडिङ उत्सर्गमा पुगेका बेला निर्वाध बिजुली प्रयोग गर्ने तर महसुल तिर्न आनाकानी गर्दै राज्यलाई अब रुपियाँ नोक्सानीमा पुण्याउन खाजेको भनाइ छ ।
झण्डै एक दशकदेखि अल्भिएर बसेको यो विवाद विद्युत् आपूर्ति बन्द भएसँगै वारपार हुने स्थितिमा छ । प्राधिकरणले गत शुक्रबार र शनिबार गरी ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरिदिएको छ ।

विद्युत् आपूर्ति बन्द भएपछि उद्योगी व्यवसायीलाई विभिन्न माध्यमबाट सरकार र प्राधिकरणमाथि दबाब सिर्जना गरिहेका छन् ।
प्राधिकरण स्रोतका अनुसार करिब ६० वटा उद्योगको वार्षिक करिब डेढ वर्ष रुपियाँको हाराहारीमा यस्तो महसुल वृद्धि भई अहिले करिब २७ अर्ब रुपियाँको हाराहारीमा बक्यौता रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

पोखरामा किन बढ्दैछ सवारी दुर्घटना ?

गण्डकी- दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो । त्यसअघि गत मङ्सिर २४ मा पोखरा–२६ सुन्दरी बजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीले ज्यान गुमाउनुपर्‍यो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखरा–बागलुङ राजमार्गको जिरो किमीदेखि हरिचोक खण्डमा मात्र गत साउनयता भएका सवारी दुर्घटनामा छ जनाले ज्यान गुमाएका छन् । यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनाको अवस्थालाई देखाउँछ ।यसरी लगातार जसो भइरहेका सवारी दुर्घटनाले सडक सुरक्षामा प्रश्न उठ्न थालेको छ । सार्वजनिक यातायातमा देखिएको असुरक्षाप्रति सर्वसाधारण त्रसित छन् । सडक दुर्घटना न्यूनीकरण नभएकामा जनगुनासो पनि बढ्दो छ । पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।“दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति हो, चालकले मादक पदार्थ सेवन गरेका कारण पनि सवारी दुर्घटना हुने गरेको छ”, उहाँले भन्नुभयो, “पर्याप्त सडक बत्ती नहुँदा पनि रातिमा दुर्घटनाको जोखिम बढेको छ, कमसल सडक, यान्त्रिक गडबढी, जभाभावी पार्किङजस्ता कारणबाट पनि दुर्घटना निम्तने गरेको छ ।”जिरो किमीदेखि हरिचोक हुँदै हेम्जा जोड्ने सडक चार लेन भएपछि तीव्र गतिका कारण धेरै दुर्घटना भएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । सोही खण्डमा सोमबार राति दुई जना युवकको ज्यान जाने गरी भएको दुर्घटना र त्यसअघि सुन्दरीबजारमा भएको दुर्घटनाले ट्राफिक प्रहरीलाई समेत सचेत बनाएको उहाँले उल्लेख गर्नुभयो ।चौडा र स्तरीय सडकमा चालकले सवारीसाधन तीव्र गतिमा गुडाउँदा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । “पछिल्लो समय भएका दुर्घटनाका विषयमा जिल्ला सुरक्षा समितिमा पनि छलफल भएको छ, कसरी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयमा योजना बनाएर काम थाल्छौँ”, प्रहरी निरीक्षक शर्माले भन्नुभयो, “सडक सुरक्षा र यातायात सेवाका नियमबारे चालकदेखि पैदलयात्रुसम्म सचेत र संवेदनशील बन्नुपर्छ ।”नब्बेदेखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेका उहाँको भनाइ छ । बढ्दो आवादी, सवारी चाप, ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माण र विस्तार कार्यले पनि दुर्घटना जोखिम बढाएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । स्तरहीन सडक, यान्त्रिक गडबडी, जथाभावी पार्किङ आदि कारणले पनि दुर्घटना हुने गरेको छ ।“पोखरामा व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ”, प्रहरी वरिष्ठ नायब निरीक्षक पाठकले भन्नुभयो, “ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माणले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।” ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।कारको ठक्करबाट मृत्यु भएकाको पहिचान हुन सकेनकास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा सोमबार मध्यरातमा कारले ठक्कर दिँदा मृत्यु भएका एक युवकको अझै पहिचान हुन सकेको छैन । अन्दाजी ३०÷३५ वर्षका ती युवाको सनाखत हुन नसकेपछि शवलाई अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बागलुङ बसर्पाकबाट जिरो किमितर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले ठक्कर दिँदा भएको सो घटनामा अर्का युवक पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्यालको पनि ज्यान गएको थियो । घटनापछि फरार रहेका चालक कास्कीको माछापुच्छे« गाउँपालिका–२ का भक्तराम गुरुङलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।–––

समाजवादी मोर्चाको संयोजकमा अध्यक्ष नेपालको निरन्तरता

काठमाडौँ- नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसहित चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारबसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहनुभएका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेत्रविक्रम चन्द विप्लव तथा उपेन्द्र यादवविरुद्धको मुद्दाबारे भएका राजनीतिका सहमतिहरू न्यायालयसमक्ष जानकारी गराउने निर्णय गरेको छ । राजनीति र अदालतको कार्यशैली फरक पर्ने तर राजनीतिक मुद्दाका विषयमा दलहरूबीच भएका सम्झौता सरकारलाई तथा न्यायालयलाई जानकारी गराउने सहमति भएको हो ।

पछिललो समय प्रधानमन्त्रीकै विरुद्धमा अदालतमा मुद्दा विचाराधीन छ । उपेन्द्र यादवको विरुद्धमा पनि मुद्दा छ । केही दिनअघि विप्लवको विरुद्धमा मुद्दा रहेको र गिरफ्तार गर्न आदेश पनि आएको थियो । चरणचरणामा सरकारले गरेको सहमति तथा सम्झौता कार्यान्वयनका लागि अनुरोध गर्ने मोर्चाको निर्णय छ । बैठकले माघको पहिलो हप्तामा अन्तक्र्रिया र दोस्रो हप्तामा सहिद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ । सम्भव भएका जिल्लामा सन्देशसभासमेत गर्ने र मोर्चाको सङ्गठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्ममा गठन गरिसक्ने मोर्चाले निर्णय गरेको छ । 

सुनसरीको देवानगञ्जका साहबाट स्रोत नखुलेको २० लाख बरामद

मोरङ, ११ पुस : स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित आज साँझ विराटनगरबाट एक जना पक्राउ परेका छन् । निजलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

देवानगञ्जका सुरेन्द्रप्रसाद साहबाट उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले राससलाई जानकारी दिनुभयो ।

विगतका सरकारभन्दा वर्तमान सरकारको एक वर्ष सफल : मीन विश्वकर्मा

भक्तपुर, ११ पुस : नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागप्रमुख मीन विश्वकर्माले गठबन्धन सरकारको एक वर्षको कार्यकाल विगतको तुलनामा सफल रहेको बताउनुभएको छ । आज रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवादमा उहाँले संविधान कार्यान्वयन, सुशासन प्रवद्र्धन, परराष्ट्र सम्बन्ध विस्तार गर्न वर्तमान सरकार विगतको दुई तिहाइ नजिकको नेकपाको सरकारभन्दा सफल भएको बताउनुभयो ।

नागरिकता विधेयक कार्यान्वयनमा आउनु, विभिन्न ऐन, संसद्मा पेस भएर पारित हुने चरणमा पुग्नु वर्तमान सरकारको उपलब्धि भएको श्री विश्वकर्माले बताउनुभयो ।

कांग्रेस नेता विश्वकर्माले भन्नुभयो, “भ्रष्टाचारका सबै फाइल खोल्छु भनेर गृहमन्त्रीले भन्नुभएको छ तर जनताले दबाब दिएका फाइल खुलेका छैनन्, अर्थतन्त्रमा अपेक्षितरुपमा सुधार हुन सकेको छैन, अब कडाइका साथ त्यता लाग्नुपर्छ ।”

विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई लुम्बिनी प्रदेशको उद्योगमन्त्री बनाउनु पार्टीको दोष नभएको भन्दै उहाँले निर्वाचित जनप्रतिनिधि मन्त्री बन्नु सामान्य विषय भएको प्रतिक्रिया दिनुभयो ।
 

अत्यधिक कामको चापको विरोधमा जर्मनीका चिकित्सक आन्दोलित

जर्मनीमा श्वासप्रश्वाससम्बन्धी रोगहरू बढिरहेका बेला योजनाबद्ध हडतालका कारण क्रिसमस र नयाँ वर्षको बीचमा हप्तामा जर्मनीका हजारौं चिकित्सकका कार्यालयहरू बन्द रहने भएका छन् । विरचोबन्ड एसोसिएसनका सङ्घीय अध्यक्ष डर्क हेनरिकले हडतालको घोषणा गर्दै भन्नुभयो, “तपाईं जहाँ पनि हेर्नुहुन्छ, लगभग सबै चिकित्सकको अभ्यास अहिले अत्यधिक चापमा भएको छ ।”विरचोबन्डले देशका सबै दर्ता भएका चिकित्सकहरूको हितको प्रतिनिधित्व गर्दछ ।

जर्मनीमा गत डिसेम्बरमा श्वासप्रश्वाससम्बन्धी रोगको लहर देखापरेको थियो, जसमा फ्लू र विशेष गरी ‘रेस्पिरेटरी सिन्साइटियल भाइरस (आरएसभी)’ का बिरामीको सङ्ख्या बढ्दै गएको थियो । सङ्क्रामक रोगका लागि रोबर्ट कोच इन्स्टिच्युट (आरकेआई) को तथ्याङ्कअनुसार देशमा हरेक १० जनामध्ये एक जना क्रिसमसअघि नै बिरामी परेका थिए ।

जर्मनीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । सङ्क्रमितमध्ये ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । आरकेआईको तथ्याङ्कअनुसार पछिल्लो ९० लाख भाइरल सङ्क्रमित तीनमध्ये एक जना सार्स–कोभ–२ को नयाँ प्रजातिका कारण भएको थियो ।

‘जर्मन फाउन्डेसन फर पेशेन्ट राइट्स’का अध्यक्ष युजेन ब्राइस्चले चिकित्सकहरूको हडतालले ‘विशेष गरी वृद्ध र कमजोर मानिसहरूलाई असर पारेको’ भन्दै आन्दोलनको आलोचना गर्दै भन्नुभयो, “धेरै मानिसहरू बिरामी भएको समयमा सेवाहरू बन्द गर्न आह्वान गरिएको छ भन्ने कुरा बुझ्नै नसकिने कुरा हो । तथापि, विरचोबन्डले ‘योजनावद्धरूपमा आएको न्यून वजेट’ ले चिकित्सा सेवामा विशेषज्ञहरूको अभावलाई बढाइरहेको छ ।

पीडब्ल्यूसी (जर्मनी) ले हालै गरेको एक अध्ययनअनुसार सन् २०३५ सम्ममा देशमा दक्ष स्वास्थ्यकर्मीको अभाव बढेर १८ लाख पुग्ने छ । धेरैले आफ्नो जागिर परिवर्तन गर्न खोजिरहेका छन्, जबकि तीन मध्ये एक जना चिकित्सकले मात्र अवकाश सम्म यो पेशामा नै रहने अपेक्षा गरेका छन् ।

“चिकित्सा पेशाका मागहरू सर्व विदितै छन्, तिनीहरूलाई फेरि प्रस्तुत गर्न आवश्यक छैन,” स्वास्थ्य मन्त्री कार्ल लाउटरबाचले सार्वजनिक प्रसारक आरबीबीसँग भन्नुभयो ।

क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आर्मी र पुलिस क्लब विजयी

वीरगञ्ज (पर्सा), ११ पुस : पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज नेपाल आर्मी क्लब नेपाल पुलिस क्लब विजयी भएको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल आर्मी क्लबले एपिएफ क्लबलाई २६ रनले स्तब्ध पार्दा दोस्रो खेलमा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोइडालाई ६ विकेट पराजित गरेको छ । पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १४ रनको योगफल जोडेको थियो ।

आर्मीका सन्तोष कार्कीले ३२ रन, कुशल मल्लले २२ रन, सन्दीप रजाली १६ र विनोद भण्डारी १० रनको योगदान दिनुभयो । एपिएफका अमर रटौलाले ५ विकेट, हरिशङ्कर साहले २ विकेट तथा अविनाश बोहराले १ विकेट हात पार्नुभयो । एक सय १५ रनको विजयी लक्ष्य लिइ मैदानमा उत्रेको एपिएफले १९ ओभरमा सम्पूर्ण बिकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो । एपिएफका प्रदीप ऐरीले २९ रन, लोकेश बलमे १६ रन, आशिफ शेखले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडी दोहोर अङ्क बनाउन सक्नुभएन ।

आर्मी कुशल मल्लले ५ विकेट तथा सोमपाल कामी, विवेक यादव, सहाव आलम, बसिर अहमद र अविनाश कर्णले समान १÷१ विकेट लिनुभयो । प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका कुशल मल्ल घोषित भएका छन् ।

यसैगरी आज दिउँसो भएको दोस्रो खेलमा टस जितेर पुलिस क्लबले पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गर्न उत्रेको भारतको नोयडा क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८५ रनको योगफल जोडेको थियो ।

नोयडाका हर्षित सेठीले ३५ रन, तरुण विष्टले १५ रन र उजर मल्लिकले १३ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क बनाउन सक्नुभएन । पुलिसका ललित राजवंशी र रसिद खानले २÷२ विकेट तथा शेर मल्ल र सागर ढकाले १÷१ विकेट लिनुभयो । ८६ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गरेको पुलिसले १२ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । पुलिसका शङ्कर राणाले अविजित ३८ रन तथा रसिद खानले ३१ रनको योगदान दिनुभयो ।

नोयडा क्लबका सञ्जीव चतुर्वेदीले २ विकेट तथा दक्ष र हर्षित सेठीले समान १÷१ विकेट लिनुभयो । सो प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका रसिद खान घोषित हुनुभयो । नारायणी रङ्गशाला पुनःनिर्माणतर्फ तीनवटै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो । प्रतियोगिता पुस ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने म्यानेजर अन्सारीले बताउनुभयो ।

पिएम कप क्रिकेट सुदूरपश्चिम छनोट : बझाङको दोस्रो जित

बैतडी, ११ पुस : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा बझाङले डडेल्धुरालाई तीन विकेटले हरायो ।

जितका लागि पाएको एक सय ६३ रनको लक्ष्य बझाङले २८ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो । जसमा सन्दीप भण्डारीले ४१ रनको पारी खेले । डडेल्धुराका नीरज ऐेरले तीन विकेट हात पारे । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको डडेलधुरा ३१ दशमलव ५ ओभरमा एक सय ६२ रनमा अलआउट भयो । उसका सुवेश रावलले अविजित ४३ रन हिर्काए । बझाङका कप्तान सञ्जय बोहराले चार र पारस रोकायाले तीन विकेट लिए । सञ्जय खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिनुभयो । लगातार दोस्रो जित निकालेको बझाङले प्लेट च्याम्पियन बन्ने सम्भावना बलियो बनाएको छ । डडेल्धुराले अन्तिम खेलमा भोलि डोटीको सामना गर्नेछ । डोटीसँग जित निकालेको खण्डमा डडेल्धुराको पनि क्वालिफायर हुने सम्भावना हुनेछ अन्यथा घर फर्किनुपर्नेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा प्रदेश छनोट गरिररहेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ । दोस्रो चरणमा कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुनेछन् । प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् ।

गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपको विजेता टोलीले इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो । इलिट च्याम्पियनसिपको उद्घाटन खेलमा यी पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ । खेलाडीको क्षमता अभिवृद्धिका प्लेट र इलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

गण्डकी प्रदेशमा ‘एक घर, एक धारा’ कार्यक्रम लागू

गोरखा, ११ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा ‘एक घर, एक धारा’ कार्यक्रम लागू भइरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोटमा आज बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उहाँले प्रदेश सरकारका तर्फबाट प्रदेशभित्रका सबै जिल्लामा एक घर एक धारा कार्यक्रम लागू गरिएको बताउनुभयो । “एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिएर गण्डकी प्रदेशका प्रत्येक जनताको घरमा धारा पुर्‍याउन प्रतिबद्ध छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले जनताको जीवनस्तर उकास्न र विकास र समृद्धिका लागि तिनवटै तहका सरकारबीचको समन्वयबाट मात्र सम्भव रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले विकास निर्माण योजना ठेकेदारले समयमा सम्पन्न गर्न नसक्दा जनप्रतिनिधिले जनताको आलोचना खेप्नुपरेको भन्दै सबै तहको सरकार मिलेर आयोजना समयमा काम सम्पन्न गर्ने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । “प्रदेश सरकार, सङ्घ सरकार र गाउँपालिकाले बजेट बिनियोजन गर्दछ, तर, ठेकेदारले समयमा काम नसक्दा नागरिकले जनप्रतिधिलाई गाली गर्ने बाटो बनेको छ”, उहाँले भन्नुभयो, “तर त्यस्तो कामलाई बन्दगर्नेतर्फ सबै तहको सरकार लाग्नुपर्छ ।”

मुख्यमन्त्री पाण्डेले निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक वडामा हिउँद र बर्खा बाह्रै महिना चल्न सक्ने बाटो निर्माण गर्ने प्रतिबद्धता गरेको भन्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न लागि परेको बताउनुभयो । बारपाक सुलिकोट गाउँपालिकाको राङरुङ खोला, माछीपोखरी हुँदै जाने सडक लागि समानीकरणमा रु एक करोड ६० लाखको काम भइरहेको जानकारी दिनुभयो ।

व्यावसायिक कृषि उद्यमका लागि जग्गाको हदबन्दी हटाउनुपर्छ : उपाध्यक्ष सुरेन्द्र पाण्डे

झापा, ११ पुस : पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यावसायिक कृषि उद्यमका लागि जग्गाको हदबन्दी हटाउनुपर्ने बताउनुभएको छ । झापाको विर्तामोडमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा आज आयोजित कार्यक्रममा पाण्डेले ‘कृषि जग्गामा हदबन्दी जरुरत नै नभएको’ धारणा व्यक्त गर्नुभयो । “नेपालमा बसेर काम गर्नेे वातावरण बनाउने हो भने सरकारले नयाँ ढङ्गले सोच्ने र नयाँ योजनाका साथ काम गर्न थाल्नुपर्छ”, पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, “कृषि उद्योगमा जग्गाको हदबन्दी हटाउनुपर्छ ।”

जग्गा टुक्राटुक्रा पारिएकाले कृषिमा लागत महँगो भएको र उत्पादनले नाफा दिन नसकेको जनाउँदै नेता पाण्डेले जग्गालाई बाझो राख्न नदिने कानुन निर्माण गर्न स्थानीय तहको सरकारलाई आग्रह गर्नुभयो ।भारतले धान निर्यातमा रोक लगाएको प्रसङ्ग निकाल्दै उहाँले यसलाई धानमा आत्मनिर्भर हुने अवसरका रुपमा लिइनुपर्ने बताउनुभयो । पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष पाण्डेले पर्यटकको आगमन वृद्धि र भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने विषय नेपाली अर्थतन्त्रको सकारात्मक सूचक भएको बताउनुभयो ।“कोभिड शान्त भएपछि कहाँ जाउँ भइरहेका विदेशीले नेपाललाई आफ्नो घुमफिरको गन्तब्य बनाएका छन्”, उहाँले अर्थतन्त्र सुदृढ हुने सम्भावनाका बारेमा बोल्दै भन्नुभयो, “सन् २०२०/२१ तिर नेपालमा पर्यटनबाट रु १९ अर्ब मात्र आम्दानी भएको थियो, चालू आर्थिक वर्षमा बढेर रु ७६ अर्बको हाराहारी पुग्न लागेको छ ।” पर्यटक ओसार्ने पर्याप्त हवाइजहाज नभएका कारण यातायातमा अझै ठूलो रकम बाहिर गइरहेको समेत उहाँले बताउनुभयो ।“दश हजार मेगावाट विद्युत् उत्पादन गर्न रु ३० खर्बको हाराहारीमा लगानी गर्दा मुलुकको अर्थतन्त्र चलायमान हुनेछ”, उहाँले भन्नुभयो, “विद्युत् बिक्रीबाट नेपालले ठूलो आम्दानी गर्ने कुरा छँदैछ, देशभित्रका सिमेन्ट, फलामे छडलगायत उद्योग पनि फस्टाउने सम्भावना हुनेछ ।”  

रूसद्वारा सबैभन्दा बढी तेल चीन र भारततर्फ निर्यात

युक्रेन द्वन्द्वका कारण पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको करिब दुई वर्षपछि रूसले यूरोपको सट्टा चीन र भारततर्फ इन्धन निर्यात गर्न पुनः निर्देशन दिएको उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बुधबार बताउनुभएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेन आक्रमणका लागि रूसी सेना पठाएपछि पश्चिमा देशहरूले रूसको समुद्री तेल आपूर्तिमा यूरोपेली सङ्घ (ईयू) सहितका मुलुकहले विभिन्न प्रतिबन्धहरू लगाएका थिए ।

“हामीले पहिले यूरोपमा कूल ४० देखि ४५ प्रतिशत तेल र ग्यास उत्पादन आपूर्ति गरेका थियौँ,” ऊर्जा नीतिका प्रमुख नोभाकले भन्नुभयो । “यो वर्ष यो सङ्ख्या कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा बढी नहुने हाम्रो अनुमान छ,” नोभाकले एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो ।

यूरोपमा आफ्नो बजार हिस्सा गुमाइरहेको बेला मस्कोले चीनलगायत अन्य क्रेताहरूलाई आकर्षित गरेको छ ।

नोभाकले भन्नुभयो, “तेल निर्यातका लागि चीनको हिस्सा ४५–५० प्रतिशत पुगेको छ र भारत वर्तमान अवस्थामा हाम्रो मुख्य साझेदार बनेको छ ।”भारतले पहिले करिब करिब कत्ति पनि माल प्राप्त गरेको थिएन तर अहिले एक प्रमुख खरीददार बनेको छ ।“दुई वर्षको अवधिमा भारतलाई आपूर्तिको कूल हिस्सा करिब ४० प्रतिशत पुगेको छ,” नोभाकले भन्नुभयो ।

रिपोर्ट अनुसार भारतले रूसबाट छुट पाएको कच्चा तेललाई परिष्कृत गरेर यूरोपेली ग्राहकलाई बिक्री गर्न सफल भएको छ ।यद्यपि यी बिक्रीहरू वैध छन् । यो रूसी तेलको लागि पर्दा पछाडिको मार्ग हो र यसले यूरोपमा प्रतिबन्धहरूको प्रभावलाई कमजोर पार्ने आलोचकहरूले बताएका छन् ।

मस्कोले ईयू राष्ट्रहरूमा आफ्नो निर्यात कटौती गरेपछि रूसले पनि आफ्नो प्राकृतिक ग्याँस निर्यातको लागि नयाँ बजारहरू फेला पार्नुपरेको छ, जसले नयाँ आपूर्तिकर्ताहरूको पनि खोजी गरेको छ ।नोभाकले सन् २०२३ मा प्रतिबन्धका बावजुद रूसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताउनुभयो ।

नोभाकले रूसको तेल र ग्याँसबाट यस वर्ष करिब नौ ट्रिलियन रुबल (९८ अर्ब अमेरिकी डलर) आम्दानी हुने अपेक्षा गर्नुभएको छ । नोभाकका अनुसार तेल र ग्यास उद्योगले रूसको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ, जसले रूसको निर्यात राजस्वको ५७ प्रतिशत ओगटेको छ ।नोभाकले रूस अन्य खरिदकर्ताका लागि खुला रहेको पनि बताउनुभएको छ । “विश्वमा खासगरी ल्याटिन अमेरिकी, अफ्रिकी र एशिया–प्रशान्त क्षेत्रका अन्य देश गरी धेरै मुलुकले रूसी तेल खरिद् गर्न चाहन्छन् ।”

देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्नुपर्ने – प्रधानसेनापति

काठमाडौँ, ११ पुस : राष्ट्रिय सेवा दलबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था ‘एनसिसी एल्मुनाइ एशोसिएसन नेपाल’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज ‘युवासँग प्रधानसेनापति’ कार्यक्रम आयोजना गरियो ।

त्यस अवसरमा प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक प्रभुराम शर्माले राष्ट्रिय सेवा दलले युवा वर्गलाई अनुशासित, नैतिकवान, इमान्दार र बफादार बनाउन, नेतृत्व क्षमता विकास, राष्ट्रियता एवं राष्ट्रिय एकताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

प्रधानसेनापतिले हाल देशका ७७ वटै जिल्लामा राष्ट्रिय सेवा दल विस्तार भई प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको र हालसम्म ६८ हजार नौ सय ७२ जनाले तालिम लिइसकेका जानकारी दिनुभयो ।

समाजमा व्याप्त विकृति, बेथिति र पछौटेपनलाई निर्मूल गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा संस्थाको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रधानसेनापति शर्माले नेपाल सरकारका विभिन्न निकाय, स्थानीय तह, कानुन कार्यान्वयन गर्ने निकाय, सामाजिक सङ्घसंस्थासँगको सहकार्य एवं समन्वयमा संस्थाले थुप्रै सृजनशील काम गरिरहेको उल्लेख गर्नुभयो । नेपालको संविधानले नेपाली सेनालाई दिएको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्ने जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राहरुको पनि हो भन्नुभयो ।

एशोसिएसनका प्रमुख सल्लाहकार निगम हुमागाईंले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै नेपाली जनताको आस्था एवं भरोसाको केन्द्र नेपाली सेनाको छत्रछायामा प्रशिक्षित भई सेनाकै विभिन्न युनिटसँग हातेमालो गर्दै राष्ट्रसेवाको पथमा सक्रिय हुन पाएकामा गौरवान्वित भएको बताउनुभयो ।

टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको अख्तियारलाई निर्देशन

काठमाडौँ, ११ पुस : दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले टेरामक्स खरिद अध्ययन प्रारम्भ गरी ३० दिनभित्र कार्यप्रगति विवरण समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिएको छ । “यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म भएका कामको विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानी हुनेगरी कार्यसम्पादन गरे, गराएको पाइएमा सम्बन्धित पदाधिकारी सबैलाई हदैसम्मको कारबाहीका लागि मागदाबीसहित कानुनबमोजिम अभियोजन प्रक्रियामा लैजान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समिति निर्देश गर्दछ”, बैठकको निर्णय सुनाउँदै समिति सभापति ऋषिकेश पोखरेलले भन्नुभयो ।

टेरामक्स प्रणाली लागू गर्ने प्रक्रिया तत्काल रोक्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । “कानुन नबनाई यो प्रणाली कार्यान्वयन हुन नसक्ने अवस्था रहेको, सर्वोच्च अदालतले पनि कानुन बनाउन भनेको तर कानुनको अभावमा नीतिगतरुपमा स्पष्ट हुन नसकेकोलगायत खरिद प्रक्रिया कानुनसम्मत नभएकाले हाल यो प्रविधि खरिदलाई यथास्थितिमा राख्न, थप कुनै पनि भुक्तानी नगर्न÷नगराउन समितिको यो बैठक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देश गर्दछ”, सभापति पोखरेलले भन्नुभयो ।

लेखासमितिको गत असोज २६ गतेको बैठकले यो प्रणाली खरिदसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । प्राधिकरणबाट प्राप्त कागजातको अध्ययन तथा समितिमा भएको विस्तृत छलफलबाट यो प्रणाली खरिदका क्रममा विद्यमान कानुन र नीतिगत व्यवस्थाको उल्लङ्घन भएको ठहर गरेको छ ।

टेरामक्स प्रणालीको कार्यान्वयनका लागि हालसम्म कुनकुन निकायका लागि कहाँ र कसरी भुक्तानी भयो सो सम्बन्धमा सबै कागजात उपलब्ध नभएको समितिले बताएको छ । त्यस्तै ठेक्काका लागि अनिवार्य ई–बिडिङ गर्नुपर्ने व्यवस्थाको उल्लङ्घन भएको समितिको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

कर्मचारीको हड्तालपछि आइफिल टावरको सेवा बन्द

पेरिस – फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ ।टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ ।

टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ ।

महासङ्घले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ ।सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवद्धताबारे जानकारी गराएको छ ।

पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन् । आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो ।

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक–सञ्चार विधेयक पेस गर्ने निर्णय

मोरङ, ११ पुस : कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

यसैगरी शैलजा आचार्य हृृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले राससलाई जानकारी दिनुभयो । बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । साथै बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको प्रवक्ता राईले बताउनुभयो ।

सेल्फीकलीलाई हात्ती सुन्दरीको उपाधि

भरतपुर, ११ पुस : हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छवटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो ।

सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेल्फीकलीले पाँच सय पूर्णाङ्कमा तीन सय ९४ अङ्क ल्याएर उपाधि जिल्न सफल भएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध भएर सेल्फीकलीले दैनिक पर्यटकलाई सेवा दिँदै आएको छ ।

प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीया समृद्धिकली तेस्रो भएको छ । दुवैले क्रमशः तीन सय ९३ र तीन सय ५६ अङ्क प्राप्त गरे । सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए ।

निर्णायकले सरसफाइतर्फ हात्तीको खुट्टा, मुख र शरीरका अन्य भागको सरसफाइ र अनुशासनतर्फ हात्तीको रहनसहन र उसले मानव जातिलाई गर्ने व्यवहारको मूल्याङ्कनका आधारमा हात्ती सुन्दरी छनोट गरेका हुन् ।

हात्तीको शृङ्गार पटार, सजावट, आँखाको चमक, हात्ती चालकको अनुभव, अनुशासन, हात्तीको उमेर र छालाको चम्किलो पनालाई आधार मानेर सुन्दरी छनोट गरिएको निर्णायक समितिका सदस्य विनोद तिमिल्सिनाले जानकारी दिनुभयो । हात्तीको फुर्तिलोपना, आदेश पालना, सोझोपना, हिँडाइ र शारीरिक बनावटलाई समेत आधार मानेर सुन्दरी छनोटको गरिएको उहाँले बताउनुभयो ।

हात्ती महोत्सव समापनका दिन प्रतियोगितामा प्रथम हुने हात्तीलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । आउँदो शुक्रबार हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ ।

नयाँ वर्ष सन् २०२४ को अवसर पारेर सञ्चालन गरिएको महोत्सव यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र सुदूरपश्चिम विजयी

काठमाडौँ, ११ पुस : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बागमतीले लुम्बिनी प्रदेशलाई र सुदूरपश्चिमले मधेस प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले लुम्बिनीमाथि नौ रनको झिनो अन्तरले पराजित गरयो । बागमतीले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्यलाई लुम्बिनीले निर्धारित २० ओभर आठ विकेट गुमाउँदै एक सय रनमा समेटियो ।

लुम्बिनीका लागि कप्तान सरस्वती घर्तीमगरले २९ रन बनाइन् भने कमला घर्तीमगरले २०, सरस्वती पुनले १७ तथा लक्ष्मी चौधरीले ११ रन बनाए । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्य र खुसी डङ्गोलले समान दुई/दुई विकेट लिए भने संस्कृति फुयाल, सोनी पाख्रिन र मनिषा उपाध्यायले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९ रनको योगफल बनाएको थियो । बागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक ४६ रनको योगदान दिइन । त्यस्तै याशु पाण्डेले अविजित १२ रन बनाए ।

लुम्बिनीका लागि शर्मिला रोक्काले तीन विकेट लिइन् भने मनिषा राना, कीर्तिका मरासिनी, मधु डिसी र कमला घर्तीमगरले समान एक/एक विकेट लिए । जितसँगै बागमतीले पाँच खेलमा छ अङ्क जोडेको छ । त्यस्तै हारसँगै लुम्बिनीले समान खेलबाट चार अङ्क जोडेको छ । त्यससैगरी माथिल्लो मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि पाँच विकेटको जित हासिल गर्‍यो । मधेसले प्रस्तुत गरेको ८३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ दशमलव ५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् ।

त्यस्तै सम्झाना खड्काले २१ तथा कप्तान रितु कनौजियाले १० रन बनाइन् । मधेसका लागि कप्तान कविता गौतम र साक्क्षी यादवले समान दुईदुई विकेट लिए भने तथा पूजा महतोले एक विकेट झारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो । मधेसका लागि पूरा महताले सर्वाधिक २७ रन बनाइन् । त्यस्तै साना प्रविनले अविजित १९ र रोजी कदारीले १० रन जोडे ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले चार विकेट लिइन् भने जानकी थापा र कविता जोशीले समान एक/एक विकेट लिए । जितसँगै सुदूरपश्चिमले पाँच खेलमा आठ अङ्क जोडेको छ । समान खेल खेलको मधेसको दुई अङ्क छ ।

एक सय सात वर्षीय घिमिरे नगर पिता घोषित

दमक, ११ पुस : दमक नगरपालिकाले दमक–१ का एक सय सात वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।

तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का एक सय छ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की एक सय छ वर्षीया नरमाया सोराली, दमक–१० की एक सय पाँच वर्षीया नर्वदा खनाल, दमक–७ की एक सय पाँच वर्षीया मीनादेवी कार्की र दमक–१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।

नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताउनुभयो । उहाँहरूलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँलगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नगर प्रमुख थापाका अनुसार नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ र अपाङ्गता भएकालाई घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले तीन/तीन महिनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारीलगायत सामाजिक, राजनीतिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो ।

ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवनयापनमा सरकारले सघाउने

काठमाडौँ, ११ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आचार्यले ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन यापनमा सघाउनु समाजका सबै वर्गको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको विज्ञता, अनुभव, सीप र दक्षता राष्ट्रका निम्ति सधैँ उपयोगी छन् । उहाँहरूको सम्मानजनक जीवनयापनको वातावरणको निर्माण गर्नु हामी सबैको कर्तव्य हो ।”

उक्त मन्त्रालयका सचिव सुमनराज अर्यालले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामात्र नभई उनीहरुको आत्मसम्मानमा आँच आउने काम कहिँकतैबाट भएमा त्यसो गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ मेडिकल कलेजका डा अनन्त अर्यालले ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै बुढ्यौली रोग नभइ अवस्था भएकाले पूर्ण सन्तुलित आहार, शारीरिक व्यायाम, योग ध्यान, सक्रिय जीवनशैली, पर्याप्त शयनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदाय प्रभावित

मनहरी, ११ पुस : बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदायलाई बढी असर गरेको बताउनुभएको छ । बुधबार हेटौँडामा भएको जलवायु परिवर्तन सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व विषयक बागतमी प्रदेशस्तरीय सम्मेलनमा उपसभामुख चापागाईंले पछाडि पारिएका वर्गको कृषि उत्पादन र शिक्षा क्षेत्रमा पनि जलवायु परिवर्तनले उत्तिकै असर पारेको बताउनुभयो ।

चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना र एक्सन एडको सहयोगमा नेपालमा जलवायु परिवर्तनको असर तथा यसबाट परेको प्रभाव न्यूनीकरणमा राज्यले अपनाइरहेको अनुकूलनका उपाय तथा अबका दिनमा अपनाउनुपर्ने नीतिगत व्यवस्थाबारे छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा जलवायु परिवर्तन र अनुकूलनको लागि भएका नीतिगत व्यवस्था, अनुकूलनका कार्यक्रमसम्बन्धी सञ्चारमाध्यममा भइरहेका रिपोर्टिङका विषयमा अनुभव साटासाट तथा सीमान्तकृत समुदायले भोगिरहेका समस्या र पारेको प्रभावका विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य भारती पाठक, माडी नगरपालिका चितवनका प्रमुख ताराकाजी महतो, सामाजिक विकास मन्त्रालयका उपसचिव खुबीराम अधिकारी, गैसस महासङ्घ प्रदेश अध्यक्ष आरती पाठकलगायतको सहभागिता रहेको थियो ।

‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाशर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ विधेयक सदनमा पेस

विराटनगर, ११ पुस : कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाशर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस भएको छ ।

कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ (२) बमोजिम मुख्यमन्त्री केदार कार्कीकोतर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले विधेयक पेस गर्नुभएको थियो ।

सो विधेयक प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०५ बमोजिम न्याय, प्रशासन तथा विधायन समितिमा दफाबार छलफल भएर आएको प्रतिवेदन समितिका ज्येष्ठ सदस्य अम्बरबहादुर विष्टले सदनलाई जानकारी गराउनुभएको थियो ।

विशेष समय

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेश सरकार गठन भएको ७५ दिन बितिसक्दा पनि पूर्णता नपाएको टिप्पणी गर्दै सरकार संसद्प्रति उत्तरदायी एवं जवाफदेही नरहेको महसुस भइरहेको बताउनुभयो । उहाँले सभामा शून्य समयमा उठेका प्रश्नहरूको जवाफ सरकारले नदिएको र मन्त्रालयहरुले तयार पारेको नियमावली पनि पारित नहुँदा काम प्रभावकारी नभएको जिकिर गर्नुभयो ।

प्रमुख सचेतक भण्डारीले सरकारको कार्यसम्पादन फितलो र सुशासनका क्षेत्रमा पनि कमजोर देखिएको धारणा राख्नुभएको थियो ।

शून्य समय

कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले प्रदेश सरकारले स्थानीय तहका कर्मचारीलाई दिने तालिम दुर्गम क्षेत्रका लागि ओखलढुङ्गालाई केन्द्र बनाएर तालिम दिने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सदस्य तिलचन पाठकले सरकारको स्वामित्वमा रहेको गोरखापत्र दैनिकमा प्रकाशित समाचारले भ्रम सिर्जना गरेकाले कारबाही हुनुपर्ने माग गर्नुभयो ।

अर्का सदस्य मैया श्रेष्ठले स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारको चिकित्सक, उपकरण र औषधिको व्यवस्था गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य बुद्धीकुमार राजभण्डारीले सोलुखुम्बु जिल्लामा सदरमुकाम जोड्ने सडक अलपत्र अवस्थामा रहेकाले यसलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सोलुखुम्बुमा निर्माण हुन लागेको छ सय ४० मेगावाटको विद्युत् केन्द्रसँग जोडिने उदयपुरको कटारीदेखि केन्द्रसम्मको बाटोको स्तरोनन्ति गर्नुपर्ने माग गर्नुभयो ।

कोशी प्रदेशसभाको अर्को बैठक यही पुस १७ गते मङ्गलबार दिउँसो १ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो ।–

विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर

काठमाडौँ, ११ पुस : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा रू दुई अर्ब एक करोड चार लाख ९४ हजार निकासा भएको छ । यो शीर्षकबाट गत भदौमा रू ७६ लाख ९९ हजार सात सय ८० र असोज महिनामा रू एक करोड ६८ लाख ६८ हजार चार सय ९० निकासा भएको छ ।

अर्थ विविध शीर्षकबाट कात्तिकमा रू दुई करोड ७४ लाख ६३ हजार नौ सय ४० बराबर र मङ्सिरमा रू एक अर्ब ९५ करोड ८४ लाख ६२ हजार निकासा भएको तथा मङ्सिर मसान्तसम्ममा सरकारले रू चार अर्ब ७६ करोड ३२ लाख एक हजार नौ सय बराबरको रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत साउनमा रू ५१ करोड १३ लाख, भदौमा रू ७५ करोड ५९ लाख ४८ हजार नौ सय र असोज महिनामा रू तीन अर्ब दुई करोड ६० लाख २७ हजार बराबर रकमान्तर भएको छ । कात्तिकमा रू ४३ करोड ९९ लाख २६ हजार र मङ्सिरमा रू तीन करोड बराबर रकमान्तर गरिएको छ । पछिल्लो पाँच महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा १४ वटा योजना तथा कार्यक्रमका लागि रकमान्तर भएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले सबै निर्वाचन कार्यालयलाई खारेज गर्ने निर्णय गर्दै ती कार्यालयको बजेट कटौती गरेको थियो । त्यसको विरोध भएपछि सरकारले उक्त निर्णय फिर्ता लिइएको थियो ।

त्यसरी खारेज गर्ने निर्णय भएका निर्वाचन कार्यालयलाई साविकको अवस्थामा कायम गर्न सरकारले रकमान्तर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यालय, औद्योगिक पूर्वाधार विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रम, केन्द्रीय कृषि प्रयोगशालालगायत निकायका लागि रकमान्तर गरेर बजेट दिइएको छ ।

उक्त अवधिमा बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिको अवस्था हेर्दा रू आठ अर्ब ९७ करोड ४८ लाख बराबरको स्रोत सुनिश्चितता दिइएको छ । अर्थ मन्त्रालका अनुसार गत मङ्सिरमा विभिन्न सातवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख र कात्तिकमा एउटा आयोजनाका लागि रू एक अर्ब ३३ करोड बराबरको स्रोत सहमति दिइएको छ । गत साउनदेखि असोज महिनासम्ममा भने बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिका लागि अर्थ मन्त्रालयले कुनै निर्णय गरेको देखिँदैन ।

गत कात्तिकमा तिनपिप्ले–रानीपौवा सडक खण्डका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रू एक अर्ब ३३ करोड बराबरको स्रोत सहमति दिइएको छ । त्यसैगरी मङ्सिरमा डुम्रे–बेँसीसहर– चामे सडक आयोजना, सालझण्डी–सन्धीखर्क–ढोरपाटन आयोजना, कोशी करिडोर (बरुण–च्यामताङ सडकखण्ड), धनगढी–खुटिया–दिपायल सडक र गँगटे–लब्धु–समुद्रटारपाटी सडकका लागि स्रोत सहमति दिइएको छ ।

त्यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेका लागि रक्षा मन्त्रालयलाई र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक्स–रे मेसिन जडानका लागि अर्थ मन्त्रालयलाई पनि थप रकम उपलब्ध गराउने सहमति दिइएको छ । सरकारले गत साउनदेखि मङ्सिरसम्म विभिन्न दुईवटा शीर्षकमा आर्थिक सहायता दिएको छ । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत भुक्तानीका लागि रू नौ लाख ९५ हजार नौ सय ३५ बराबर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निकासा गरेको छ ।

इजरायलमा आतङ्कवादी समूह आक्रमणमा ज्यान गुमाएका परिवारलाई सहायतास्वरुप प्रतिपरिवार रु १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराउन रू एक करोड निकासा गरेकोछ ।