श्रीलङ्काद्वारा लामखुट्टे प्रजनन स्थल भएका प्रतिष्ठानविरुद्ध कानूनी कारबाही

शिक्षा

कोलम्बो। श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले मे २६ देखि जुन १ सम्म आयोजित राष्ट्रिय लामखुट्टे नियन्त्रण सप्ताहको अवधिमा लामखुट्टे प्रजनन स्थल पत्ता लागेका नौ सय ८१ प्रतिष्ठानविरुद्ध कानुनी कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी एकाइले जनाएको छ ।
एकाइले मे २६ देखि जुन १ गतेसम्म आफ्ना कर्मचारीले ९३ हजार आठ सय ७४ परिसरको निरीक्षण गरेको जनाएको छ ।
एकाइले नौ सय ८१ प्रतिष्ठानका सञ्चालकविरुद्ध कानूनी कारबाही गरिने भन्दै तीन हजार एक सय २१ परिसरलाई चेतावनी दिएको छ । इपिडिमियोलोजी युनिटले जुन ३ सम्म श्रीलङ्कामा करिब २५ हजार जनामा डेङ्गु देखिएको जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट