बलरहरूको घातक प्रदर्शनमा सुदूरपश्चिम रोयल्सको शानदार जित
खेलकुद
बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। जवाफमा जनकपुर १९.५ ओभरमा ९३ रनमै अलआउट भयो।
सुदूरपश्चिमका स्कट कुगेलेइनले १३ रन खर्चेर ३ विकेट लिए। थारिन्दु रत्नायकेले २७ रनको अविजित इनिङ्स खेले।
जनकपुरका लागि हरमित सिंहले १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
