`

पुटिनले भने – युक्रेनमा मेरो उद्देश्य पूरा नहुन्जेल शान्ति हुँदैन

युक्रेन युद्धमा आफ्नो उद्देश्य पूरा नहुन्जेल त्यहाँ शान्ति नहुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।बिहीवार एक महत्त्वपूर्ण पत्रकार सम्मेलनमा उनले युद्ध रुसका लागि राम्रैसँग अघि बढिरहेको बताए।

पत्रकारहरू र आम रुसीहरूबाट लिइएका प्रश्नहरूको उनले घण्टौँ लामो पत्रकार सम्मेलनमा जवाफ दिएका हुन्।सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु भएपछि उनको त्यस प्रकारको यो नै पहिलो पत्रकार सम्मेलन हो।

युद्धकेन्द्रीत कार्यक्रम
अधिकांश योजनाबद्ध ढङ्गले आयोजना हुने त्यस कार्यक्रम पुटिनले भन्ने गरेको “युक्रेनमा जारी विशेष सैन्य कारबाही”मा केन्द्रीत थियो।उनले अग्रमोर्चाभर रुसको सैन्य अवस्थामा सुधार भइरहेकोमा जोड दिए।

घन्टौँ लामो “डाइरेक्ट लाइन” कार्यक्रमलाई अधिकांश मुख्य टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेका थिए।त्यसको सुरुवात गर्ने क्रममा पुटिनले रुसीहरूलाई भने: “सार्वभौमसत्ताबिना हाम्रो देशको अस्थित्व असम्भव छ। त्यो अस्तित्वमै रहनेछैन।”उनले युद्धकालमा रुसको अर्थतन्त्र बलियो रहेको बताए।

युक्रेनमा लड्दै ‘६,१७,००० रुसी’

पुटिनले “युद्धका उद्देश्य नफेरिएको” भन्दै ती युक्रेनको “नाजिकरणबाट मुक्ति, असैन्यकरण र उसको तटस्थ हैसियत” रहेको बताए।उनले युद्धको सुरुदेखि नै यी विषय उठाउँदै आएका थिए
एउटा बिन्दुमा उनले हाल युक्रेनमा रुसका ६,१७,००० फौज लडिरहेको खुलासा गरे।

त्यसको अतिरिक्त गत वर्ष ३ लाख जना भर्ती हुन आएको र अर्को ४ लाख ८६ हजार स्वैच्छिक रूपमा करारमा सैनिक सेवामा जोडिन आएको बताए।उनले ज्यान गुमाएका सैनिकहरूका बारेमा कुनै सङ्ख्या प्रस्तुत गरेनन्।

तर उनले उनका निकटस्थ मानिसका सन्तानहरूले निजी सैन्य कम्पनीहरूका लागि लडेको र उनीसँगै निकट रहेका कैयौँ मानिसहरू मारिएको बताए।एउटा गोप्य अमेरिकी गुप्तचरी प्रतिवेदनले गरेको पछिल्लो अनुमान अनुसार युद्ध सुरु भएयता ३,१५,००० रुसी सैनिकहरू मारिएका वा घाइते भएका छन्।जसका अनुसार अतिक्रमणको सुरुमा रहेको रुससँग रहेको सैनिक शक्तिको त्यो झण्डै ९० प्रतिशत सङ्ख्या हो।

युक्रेनका सहयोगीको साथ ‘रित्तिँदो’
पुटिनले युक्रेनका लागि उसका सहयोगीहरूको साथ समेत रित्तिँदै गइरहेको बताए।”मलाई थाहा छैन किन उनीहरूले यो गरिरहेका छन्, उनीहरूले आफ्ना मानिसहरूलाई मारिनका लागि धकेलिरहेका छन्, यो युक्रेनी फौजका लागि एकतर्फी यात्रा हो”, पुटिनले भने।

“यसको कारण राजनीतिक हो किनकि युक्रेनी नेताहरूले विदेशी राष्ट्रहरूलाई सहायताका लागि भिख मागिरहेका छन्।”अहिले युक्रेनले ‘लगभग केही पनि’ उत्पादन नगर्ने भन्दै उनले टिप्पणी गरे।

“मेरो असभ्यताका लागि माफी गर्नुस् तर सबैथोक सित्तैको उपहारका रूपमा ल्याइएको छ। तर ती सित्तैका उपहार कुनै बिन्दुमा सकिन्छन्। र ती बिस्तारै सकिरहेका जस्ता देखिन्छन्।”

अमेरिका र गाजा युद्धबारे प्रतिक्रिया
उनले अमेरिकालाई एक महत्त्वपूर्ण देशका रूपमा व्याख्या गर्दै उसमाथि साम्राज्यवादको आरोप लगाए।उनले अमेरिकालाई “अरू मानिस र देशको सम्मान गर्न” आग्रह गर्दै त्यसो भएमा रुस अमेरिकासँगको सम्बन्ध पुनर्स्थापित गर्न तयार रहने बताए।

उनले गाजाको अवस्थालाई “दुर्भाग्यपूर्ण” बताउँदै त्यहाँको अवस्था तुलना गर्दै त्यो युक्रेनको जस्तो ‘कुनै पनि हालतमा नरहेको’ बताए।रुसी र अन्तर्राष्ट्रिय पत्रकारहरूबाट स्वतःस्फूर्त रूपमा राखिएका प्रश्नबाहेक आम नागरिकहरूका तर्फबाट उक्त पत्रकार सम्मेलनका लागि २० लाख प्रश्नहरू बुझाइएको बताइएको छ।आर्टिफिसिअल इन्टलेजेन्सबारे उनकैजस्तो एक एआई शरीरले सोधेको प्रश्नमा उनले रुस आर्टिफिसिअल इन्टलेजेन्समा नेतृत्वकर्ता हुनुपर्ने पनि बताए।यो समाचार बीबीसी न्यूज नेपालीबाट साभार गरिएको हो ।

नेपाली सेनामा जागिर खाने सूवर्ण अवसर

काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले प्राविधिकदेखि विविध पदहरूका लागि जागिर खुलाएको हो ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले एक महिनाभित्र दरखास्त फाराम भर्न सक्नेछन् ।

बाजुराका भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

बाजुरा, २९ मङ्सिर : बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको रु १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको रु १४ करोडमध्ये रु १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । सो रकम विपद् व्यवस्थापन कोषमा पठाइएको उहाँले बताउनुभयो । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुुपर्ने भएकाले रकम फिर्ता गर्न पत्र पठाएको प्रजिअ पौडेलले बताउनुभयो । प्राधिकरणले बाजुराका भूकम्पप्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गत मङ्सिर ४ गते पहिलो किस्ताबापत रु १४ करोड पठाएको उहाँले जानकारी दिनुभयो । निकासा भएको सो रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका एक हजार पाँच सय नौ प्रभावित परिवारका लागि रु तीन करोड ७७ लाख सम्बन्धित स्थानीय तहमा पठाइसकेको प्रजिअ पौडेलले बताउनुभयो ।खप्तड छेडेदह गाउँपािलकामा नौ सय ६६, त्रिवेणी नगरपालिकामा एक सय १३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा दुई सय २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्राधिकरणले गत असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

हेर्नुहोस् मंसिर २९ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ ।

बृष राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

मीथुन राशि – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

कर्कट राशि – सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

सिंह राशि – अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ ।

कन्या राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मानसिक चन्चताले बिद्या असफल रहला ।

तुला राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ ।

बृश्चिक राशि – सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ ।

धनु राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।

मकर राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजनको साथ सहयोग प्राप्त होला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ ।

कुम्भ राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ ।

मिन राशि – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । बिद्या प्राप्ति को योग रहेको छ । सहि समयमा सहि निर्णय गर्न सकिने छ ।

भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाखको अवैध सामान बरामद

जानकी (बाँके), २९ मङ्सिर : बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमा रु १४ लाख ७० हजार बराबरको लत्ताकपडा, रु एक लाख ४० हजारको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन् ।ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।

शैक्षिक क्षेत्रमा दलीय भागबण्डा रोक्नुपर्ने : नारायणमान बिजुक्छे

काठमाडौं । कतिपय बैंक, बिमालगायत कम्पनीले मर्जर तथा प्राप्तिको वार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्न गर्दै आएको इन्कारलाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ। र, तिर्न बाँकी रहेकालाई २ दिनभित्र तिर्न कडा आदेश दिएको छ। यससँगै सरकारको खातामा २ दिनमा सरदर २६ अर्ब रुपैयाँ दाखिला हुने अवस्था आएको छ।

एफपीओ (फर्दर पब्लिक अफर) जारी गर्दा प्रिमियम र मर्जर तथा प्राप्ति गर्दाको ‘बार्गेन पर्चेज गेन’ मा कर नतिर्ने भन्दै सरकारविरुद्ध बैंक तथा बिमा कम्पनीहरूले दायर गरेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार खारेज गरेको हो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मलता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले बैंकहरूको विपक्षमा निर्णय सुनाएको हो।

महालेखा परीक्षकका प्रतिवेदनले पटक–पटक बैंक तथा वित्तिय संस्था, बिमा कम्पनीहरूको मर्जर तथा प्राप्तिको वार्गेन पर्चेज गेन र एफपीओको प्रिमियमा कर छली भएको टिप्पणी गर्दै आएका थिए। महालेखाले उक्त कर उठाउन पनि सरकारलाई निर्देशन दिएको थियो। अब भने सरकारलाई त्यसको बाटो खुलेको छ।

अहिलेसम्म नतिरेको कर चुक्ता गर्नुपर्दा अब बैंकको व्ययभार बढ्ने भएको छ। महालेखाको ५७औं प्रतिवेदनअनुसार सबै संस्थाहरूले करिब १७ अर्ब रुपैयाँभन्दा बढी लाभमा कर उठाउनुपर्ने देखाएको थियो। यसपछि यताको थपिँदै जाँदा तिर्नुपर्ने करको आकार २६ अर्ब पुगेको अनुमान छ।

उक्त शीर्षकमा कर नतिर्ने भन्दै सरकारविरुद्ध नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत भदौ २९ गते रिट दायर गरेको थियो। यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज २ गते र शिखर इन्स्योरेन्स कम्पनीले गत असोज २१ गते सोही शीर्षकमा रिट पेस गरेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

मर्जर-प्राप्ति र एफपीओ प्रिमियमको कर तिर्न सर्वोच्च आदेश

काठमाडौं । कतिपय बैंक, बिमालगायत कम्पनीले मर्जर तथा प्राप्तिको वार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्न गर्दै आएको इन्कारलाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ। र, तिर्न बाँकी रहेकालाई २ दिनभित्र तिर्न कडा आदेश दिएको छ। यससँगै सरकारको खातामा २ दिनमा सरदर २६ अर्ब रुपैयाँ दाखिला हुने अवस्था आएको छ।

एफपीओ (फर्दर पब्लिक अफर) जारी गर्दा प्रिमियम र मर्जर तथा प्राप्ति गर्दाको ‘बार्गेन पर्चेज गेन’ मा कर नतिर्ने भन्दै सरकारविरुद्ध बैंक तथा बिमा कम्पनीहरूले दायर गरेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार खारेज गरेको हो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मलता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले बैंकहरूको विपक्षमा निर्णय सुनाएको हो।

महालेखा परीक्षकका प्रतिवेदनले पटक–पटक बैंक तथा वित्तिय संस्था, बिमा कम्पनीहरूको मर्जर तथा प्राप्तिको वार्गेन पर्चेज गेन र एफपीओको प्रिमियमा कर छली भएको टिप्पणी गर्दै आएका थिए। महालेखाले उक्त कर उठाउन पनि सरकारलाई निर्देशन दिएको थियो। अब भने सरकारलाई त्यसको बाटो खुलेको छ।

अहिलेसम्म नतिरेको कर चुक्ता गर्नुपर्दा अब बैंकको व्ययभार बढ्ने भएको छ। महालेखाको ५७औं प्रतिवेदनअनुसार सबै संस्थाहरूले करिब १७ अर्ब रुपैयाँभन्दा बढी लाभमा कर उठाउनुपर्ने देखाएको थियो। यसपछि यताको थपिँदै जाँदा तिर्नुपर्ने करको आकार २६ अर्ब पुगेको अनुमान छ। उक्त शीर्षकमा कर नतिर्ने भन्दै सरकारविरुद्ध नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत भदौ २९ गते रिट दायर गरेको थियो। यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज २ गते र शिखर इन्स्योरेन्स कम्पनीले गत असोज २१ गते सोही शीर्षकमा रिट पेस गरेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति किसान असहमत

सर्लाही, २९ मङ्सिर : सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल रु २५ बढाएको छ । हाल उखुको मूल्य प्रतिक्विन्टल रु पाँच सय ६५ निर्धारण गरिएको छ ।

चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । उखुको मूल्य नबढाएसम्म उद्योग सञ्चालन नगर्ने उहाँको भनाइ छ ।

मिलगेड उखु उत्पादक किसान समितिका अध्यक्ष राजकुमार उप्रेती सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादनसमेतको आधारमा गरिनुपर्ने बताउनुहुन्छ । बजारमा चिनीको माग बढेको समयमा मूल्य बढाउने र उखु क्रसिङ गर्ने समयमा मूल्य घटाएर उखु उत्पादक किसानलार्ई कम पैसा दिने उद्योगीको नीतिले उखु उत्पादक किसान मारमा परेका उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा गत वर्षको अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गरिदिन माग गरिएको छ । गत वर्ष बेचेको उखुको अनुदानबापतको रकम अझैसम्म उखु उत्पादक किसानले पाएका छैनन् । तर जिल्लाका चिनी मिलले चालु यामको उखु क्रसिङको काम सुरु गरिसकेका छन् । यसप्रति किसानले आपत्ती जनाएका छन् । उचित मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन गर्न नदिने किसानको भनाइ छ ।

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

नारायणगढ । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् ।एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए ।

“कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ”, उनले भने ।कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ । अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ ।

कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए।

“उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ”, उनले भने । औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ ।

बचत फिर्ता गर्न नसकेपछि कान्तिभैरव सहकारीमा पीडितको धर्ना

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं.८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ ।
समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको रु एक अर्ब २० करोड ८० लाख ४८० रहेको उनले जानकारी दिए ।


समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा रु ६० करोड ऋण विना धितो लगानी गरेको सुनाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । रु छ करोड मात्र धितो राखेर लगानी गरेको पाइएको समितिका सदस्य राजेशकुमार विष्टले सुनाए ।

सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म सङ्घर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन् । धर्नापछि आजै भएको बैठकमा पनि सङ्घर्ष समितिका नेतामात्र सहभागी भएर अरुलाई नराखिएको उनले सुनाए ।


वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरीको सहजीकरणमा आजको बैठक भएको जनाइएको छ । यससम्बन्धमा प्रदेशसभा सदस्य ठकुरीको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

छ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन् । सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित लकबहादुर तामाङले जानकारी दिए । दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताए ।

सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्कने गरेका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि पाएका छैनन् ।

सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले रु ७० लाख ऋण लिएको भेटिएको सङ्घर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए । बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन् ।

उनी अष्ट्रेलियाबाट फर्केर सहकारीको बचत फिर्ता गर्न नसकेर समस्या भएपछि अमेरिका गएको समितिले जनाएको छ । सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका वडा नं. ४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ ।

अर्थतन्त्रका बाह्य सूचक मजबुत, १३ महिनाको आयात धान्ने

अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ। विदेशी मुद्राको सञ्चिति आयातलाई करिब १३ महिना धान्ने अवस्थामा पुगेको छ। घाटामा गएको चालु खाता बचतमा आएको छ। शोधनान्तर करिब डेढ खर्ब बचतमा छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका बाह्य सूचक मजबुत देखिएका छन्। अर्थतन्त्रका बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत बनेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए।

‘बाह्य सूचक उत्साहजन छन्,’ श्रेष्ठले भने, ‘यसले आन्तरिक अर्थतन्त्र सुधारमा टेवा पुग्छ।’ ‘रेमिटेन्स आप्रवाहमा ह्वात्तै बढेको छ,’ श्रेष्ठले भने, ‘विदेशी मुद्रा सञ्चितिले आयातलाई १३ महिना धान्छ।’ अर्थमन्त्री महतका अनुसार आन्तरिक अर्थतन्त्रमा पनि सुधारका संकेत देखिएका छन्।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह उत्साहजनक छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा विदेशबाट ४ खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स आएको छ। मुलुकभित्र रोजगारी सिर्जना नभएर बिदेसिनुपर्ने अवस्था सिर्जना हुन अर्थतन्त्रका लागि सुखद नभए पनि रेमिटेन्सले अर्थतन्त्रलाई भरथेग गरेको छ।

वैदेशिक रोजगारीसहित अवसरका लािग विदेश जाने बढेसँगै विदेशबाट रेमिटेन्स आप्रवाह पनि वृद्धि भएको हो। पोहोरको तुलनामा यो वर्षको कात्तिकसम्म विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।

अर्थतन्त्रका बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत बनेका छन्। बाह्य सूचकमा उत्साहजनक सुधारले आन्तरिक अर्थतन्त्र उकास्न टेवा पुग्छ। यो समाचार नागरिक दैनिकमा छ ।

वार्ताको माध्यमबाट समस्याको निकास खोजिनुपर्ने : शेखर कोइराला

मोरङ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा शेखर कोइरालाले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले ‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने बताउनुभयो । उहाँले ढुङ्गामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गर्नुभयो । केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवद्र्धनमा जोड दिनुभयो ।

कर्णाली प्रदेशलाई प्रथामिकतामा राखेर १६औँ योजना बनाउन सुझाव

भेरीगङ्गा (सुर्खेत), २८ मङ्सिर : कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर १६औँ पञ्चवर्षीय योजना बनाउन स्थानीय सरकारहरूले सुझाव दिएका छन् ।

दुई दिनसम्म कर्णालीमा चलेको १६औँ योजनाको सुझाव सङ्कलन कार्यक्रममा सहभागी भएका स्थानीय सरकारका जनप्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।

राष्ट्रिय योजना आयोगले बनाउने १६औँ पञ्चवर्षीय योजनाका लागि सुझाव दिँदै स्थानीय सरकारका जनप्रतिनिधिले कर्णालीलाई सधैँ पछाडि पारिएको भन्दै आगामी पञ्चवर्षीय योजना कर्णालीलाई विशेष ‘फोकस’ गर्न सुझाव उनीहरूले दिएका हुन् ।

सुर्खेत भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्यटकीय क्षेत्रको धेरै सम्भावना रहेको भन्दै यसलाई विशेष महत्व दिएर १६औँ योजनामा समावेश गर्न सुझाव दिइएको बताउनुभयो । उहाँले कर्णालीको जडीबुटी र यहाँको रैथाने बालीको प्रवर्द्धन हुने गरी प्रशोधन उद्योग स्थापना गर्ने गरी आगामी योजना बनाउन सुझाव दिइएको बताउनुभयो ।

पछिल्लो समय युवाहरू विदेशिने दर बढेको भन्दै उनीहरूलाई स्वदेशमै रोक्ने वातावरण बनाउने गरी योजना बनाउनुपर्नेलगायतका सुझाव स्थानीय सरकारहरूले राष्ट्रिय योजना आयोगलाई दिएका छन् ।

यसअघि कर्णाली प्रदेश सरकार, प्रदेशस्तरीय राजनीतिक दल, निजी क्षेत्र, प्रदेशका सबै जिल्ला समन्वय समितिबाट समेत सुझाव लिइएको थियो । उनीहरूले कर्णाली प्रदेशको सम्भावनालाई दृष्टिगत गरेर राष्ट्रिय योजना बनाउन कर्णाली प्रदेशबाट सुझाव दिएका थिए ।

सडक पूर्वाधार र अन्य संरचना नहुँदा कर्णालीको सम्भावना हुँदाहुँदै पनि अवसर लिन नसकिएको भन्दै आगामी योजनामा समावेश गर्न सुझाव कर्णालीबाट दिइएको छ । कर्णालीलगायत विशेष विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव आयोगलाई दिइएको हो ।्

सोह्रौँ योजनाका लागि कर्णाली प्रदेशमा सुझाव लिन आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, सदस्यसचिव तोयनारायण ज्ञवालीसहितको टोली गत मङ्गलबार सुर्खेत आइपुग्नुभएको थियो । यससँगै आयोगले सात प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय सरकारसमेतको सहभागितामा १६औँ योजनाका लागि सुझाव लिने कार्य सकेको छ ।

जनताका समस्या पहिचान गर्न एमालेको सङ्कल्प यात्रा : अध्यक्ष ओली

भोजपुर, २८ मङ्सिर : नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न आफ्नो पार्टीले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज पौवादुङमा गाउँपालिका आइपुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

मध्यपहाडी क्षेत्रका जनताबाट आएका माग तथा सुझावलाई सङ्कलन गरिएको बताउँदै अध्यक्ष ओलीले नागरिकका आवश्यकताका आधारमा भावी योजना तयार गरिने बताउनुभयो । मध्यपहाडी क्षेत्रमा धेरै उत्पादनशील तथा सम्भावना बोकेका क्षेत्र रहेकाले आएका मागका आधारमा जनताको जनजीवनसँग जोडिएका विषयमा एमालेले ध्यान दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

“जनताका समस्या पहिचानका लागि एमालेले यो यात्रा तय गरेको हो”, अध्यक्ष ओलीले भन्नुभयो, “हामीले जनताका तर्फबाट आएका धेरै मागपत्र लिएका छौँ । जनतालाई केन्द्रमा राखेर उनीहरूको समृद्धिका निम्ति भावी योजना तयार गछौँ ।”

पूर्वप्रधानमन्त्री ओलीसमक्ष पौवादुङमा गाउँपालिकाले आफ्ना समस्यासँगै गाउँपालिकाको गौरवको योजनाको रूपमा रहेको तिवारीभञ्याङ–अँधेरीघाट सडक निर्माणसँगै अरुण नदीको अँधेरीघाटमा पक्की पुल निर्माणको पहलका लागि मागपत्र हस्तान्तरण गरेको छ ।

यसैबीच, तेह्रथुमबाट रासस समाचारदाताले सम्प्रेषण गरेको समाचारअनुसार सङ्कल्प यात्रामा आजै वसन्तपुर आइपुग्नुभएका अध्यक्षओलीले जनसभालाई सम्बोधन गर्दै नेपालीको एउटै समस्या गरिबी र अभाव हटाउन आफ्नो दल चिन्तनशील रहेको बताउनुभयो । उहाँले गरिबी, अशिक्षा, अभाव, बेरोजगारी, विपन्नता नै नेपालका साझा शत्रु भएकाले तिनलाई हटाउन पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो । माटोअनुसारको उत्पादन गर्न र कृषिलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

फरक प्रसङ्गमा नेता ओलीले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नु अपरिहार्य भएको बताउनुभयो । उहाँले देशको स्वाधीनता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत विकासका सम्भावनाबारे जानकारी लिन अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सङ्कल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारीः रुसी राष्ट्रपति

मस्को- युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन “असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताउनु भएको छ । ‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भन्नु भयो ।

भ्रष्टाचार अन्त्य नभएसम्म देशले उन्नति गर्न सक्दैन : आयुक्त चन्द


जलेश्वर (महोत्तरी), २८ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार अन्त्य नभएसम्म देशले उन्नति गर्न नसक्ने बताउनुभएको छ ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ सम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आयुक्त चन्दले सार्वजनिक पदमा बसेका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई जनताको सुख, शान्ति र समृद्धिमा समर्पित गर्न सल्लाह दिनुभयो ।

महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख सहभागी रहेका सो कार्यक्रममा आयुक्त चन्दले भ्रष्टाचार गर्ने कसैको पनि भलो हुँदैन र भ्रष्टाचार गरे आफू र आफ्ना आउँदा सन्ततिले त्यसको परिणाम भोग्नुपर्ने निश्चित रहेको भन्नुुहुँदै आजैदेखि सबैले आ–आफ्नो तर्फबाट भ्रष्टाचार नगर्ने÷नगराउने प्रतिबद्धता जाहेर गर्न अपिल गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले आयोजना गरेको सो कार्यक्रमलाई जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारीलाई कारबाहीका लागि मात्रै नभई जिम्मेवारीवोध गराउने र मार्गदर्शनको कामसमेत गर्ने संस्था रहेको बताउनुभयो ।

जनकपुरमा अन्नबाट भगवान् राम, सीताको स्वयम्बरको विश्वमै सबैभन्दा ठूलो आकृति बनाइँदै

महेन्द्रनगर (धनुषा), २८ मङ्सिर : विवाह पञ्चमी महोत्सवको अवसर पारेर जनकपुरधामको बाह्रबिघा रङ्गभूमिमा अन्नबाट भगवान् राम, सीताको स्वयम्बरको विश्वमै सबैभन्दा ठूलो आकृति बनाउन लागिएको छ ।

भगवान् रामसीतासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिने भएको छ । सबै चित्र ११ हजार ११ स्क्वायर फिटको रहने निर्माण संयोजक सतिश गुजरले बताउनुभयो ।

सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठका अनुसार खाद्यान्नबाट बनाउन थालेको आकृतिको उचाइ एक सय २१ फिट र चौडाइ ९१ फिटको रहने छ । आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न प्रयोग गरेर जम्मा एक सय दुई क्वीन्टल लाग्ने संयोजक महासेठले बताउनुभएको छ ।

यसमा चनाको दाल, गहुँ, भटमास, चना, बदाम, मुंग, रहरको दाल, मकै,  मसुरोको दाललगायत खाद्यान्न प्रयोग गरिने भएको छ ।  विश्वमा जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्नका लागि अन्नको आकृतिको चित्र बनाएर गिनिज बुकमा अभिलेख राख्नका लागि प्रयास भइरहेको संयोजक महासेठले बताउनुभयो । विश्व रेकर्ड कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकार आएको छ ।

स्थानीय जनकपुरधाम उपमहानगरपालिका–४ का गुनगुन मिश्रको परिकल्पनामा भइरहेको आकृति निर्माणको सबै कार्य शुक्रबार बिहान १० बजेसम्म पूरा हुने सतिश गुज्जरले बताउनुभयो । आकृति निर्माणमा रु २१ लाख खर्च हुने र यसमा लाग्ने खर्च जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउने जनाइएको छ ।

चाँगुनारायण नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भक्तपुर, २८ मङ्सिर : चाँगुनारायण नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० सुरु भएको छ । चाँगुनारायण नगरपालिका शिक्षा तथा खेलकुद शाखाले आज आयोजना गरेको तीनदिने प्रतियोगिताको नगरप्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख खत्रीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै चाँगुनारायणका विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले खेलकुदको विकासमा लागिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले भविष्यमा बैकुण्ठ मानन्धर, जीतबहादुर केसीजस्ता होनाहार खेलाडी र देशलाई चाहिने राष्ट्रप्रेमी प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म अहिलेका विद्यार्थीबाटै आउने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले जिल्लाका चारवटै पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नुले भक्तपुर खेलकुदको विकासमा अगाडि बढेको छ भन्ने पुष्टि भएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले खेलसँगै अनुशासनलाई जोडेर लैजानुपर्ने बताउनुभयो । नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्काले नगरपालिकाले रोकिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सञ्चालन गरेर खेलकुदको विकासमा विद्यार्थीलाई अभिप्रेरित गरेको चर्चा गर्नुभयो ।

नगर प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने बताउनुभयो ।

प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प, सटफुट, मिटर रिले, त्रिपलजम्प, ज्याभ्लिङ थ्रोलगायतका विभिन्न खेलमा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी ४० विद्यालयका नौ सय ५० भन्दा बढी विद्यार्थी प्रतिस्पर्धामा उत्रिएको शाखाका प्रमुख खड्काले बताउनुभयो ।

प्रतियोगितामा भलिबल फैढोका आधारभूत विद्यालय, तेक्वान्दो र कराते नगरपालिकाको सभाहल, उसु फुल ब्राइट इङ्लिस स्कुल, कबड्डी भद्रकाली कभर्ड हल र एथलेटिक्सका खेल नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा सञ्चालन हुँदै छ ।

स्वदेशी सम्भावनाको सदुपयोग गर्न अर्थमन्त्रीको आह्वान

त्रिशूली (नुवाकोट), २८ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रुपमा सुदृढ बनाउन सकिने बताउनुभएको छ ।

नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरे बजारमा आजदेखि सुरु भएको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत्त सांस्कृतिक महोत्सव–२०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्वदेशको कला, संस्कृति, प्राकृतिक स्रोत तथा स्थानीय साधनको उपयोगमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको हो ।

“रोजगारीको सृजनासहित शिक्षाको गुणस्तर र स्वास्थ्य सेवा सुधारको लागि यहाँकै शैली र सभ्यताको संरक्षण गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “दोस्रो विश्व युद्धपछि जापानले जसरी आफ्नै मौलिक परम्परालाई जोगाएर विकासमा चमत्कार ग¥यो, अब हामीले त्यस्तै शैली अपनाउनुपर्छ ।”

पछिल्लो समयमा मेला–महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, प्रचारप्रसार र उपभोगमा केन्द्रित गराउनुको सट्टा भड्किलो हुँदै गएको भन्दै त्यसबाट सचेत रहन उहाँले ध्यानाकर्षण गराउनुभयो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुद र संस्कृतिलाई लक्षित गर्दै सुरु भएको महोत्सवलाई आगामी दिनमा प्रदेशस्तरीय बनाएर सञ्चालन गर्न सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

लिखु गाउँपालिका संरक्षण तथा न्यू ढिकुरे युवा क्लब र पिप्ले युवा क्लबको सयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव आगामी पुस १० गतेसम्म चल्ने छ । मेला व्यवस्थापक हरिहर पाण्डेका अनुसार महोत्सवमा खेलकुद र संस्कृतिसँग सम्बन्धित सामग्रीको प्रदर्शनी तथा ब्यापारको लागी एक सय कक्ष राखिएको छ ।

बेनीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

बेनी (म्याग्दी), २८ मङ्सिर : म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विधाका विभिन्न तीन सय ७८ इभेन्टमा विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेतालाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनुभयो । 

प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा चार विद्यालयले सहभागिता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रातर्फ छ÷छ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ । 

एथलेटिक्सतर्फ २५ र करातेमा चार विद्यालयले सहभागिता जनाएका छन् । तेक्वान्दो खेलमा छात्रतर्फ १० र छात्रा चार विद्यालय, उस्सु खेलमा छात्रातर्फ पाँच र छात्रतर्फ चार विद्यालयले सहभागिता जनाएका छन् । यस वर्ष नगरपालिकाले प्रतियोगिता सञ्चालनअघि नै प्रधानाध्यापकको बैठकमार्फत न्यूनतम पाँच विद्यालय सहभागिता नरहेको खेल उपाधिको अङ्क तालिकामा गणना नगर्ने निर्णय गरे बमोजिम प्रतियोगिता सञ्चालन गराउन सुरु गरिएको प्रतियोगिताका संयोजक केसीले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले खेलकुदले विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास गराउनुको साथै लुकेर रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेनीको खुला मञ्चलाई स्तरीय रङ्गशालाको रुपमा विकास गर्न तीन तहकै सरकारबीचमा सहकार्य गरी प्राथमिकतामा राख्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

संविधासभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले हरेक वर्ष आयोजना हुने विद्यालयस्तरका प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रियस्तरमा पु¥याउन सहयोगी भूमिका खेल्ने गरेकामा जोड दिनुभयो ।  

नगरप्रमुख सुरत केसीले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन आवश्यक तयारीका साथ खेलकुद प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा धेरैभन्दा धेरै विद्यालयलाई सहभागी गराउने गरी नगरपालिकाले प्रतियोगिता सञ्चालन गराउने प्रयास गरेको बताउनुभयो ।  नगरउपप्रमुख ज्योति लामिछानेले खेलकुद गतिविधिमा भलिबलतर्फ छात्रको तुलनामा छात्रामा न्यून विद्यालयले सहभागिता जनाएको बताउँदै विद्यालयले छात्र र छात्राहरुलाई समान अवसर दिनुपर्नेमा जोड दिनुभयो । 

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाव सङ्कलन-गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाव सङ्कलन गरिएको छ । आज प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया एवं छलफल कार्यक्रममार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिलगायत सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको हो ।

आयोगले तयार गरेको पञ्चवर्षीय योजनाको अवधारणापत्रमाथि म्याग्दीका सरोकारवालाले बजेट निर्माण र योजना छनोट गर्दा स्थानीय तहसँग समन्वय र सहकार्य गर्न सुझाव दिएका छन् । पहुँच र शक्तिको आडमा बजेट बाँडफाँट हुने प्रचलनले दुर्गम र पछाडि परेको ठाउँ विकासबाट ओझेलमा पर्ने गरेकाले पञ्चवर्षीय योजनामा दिगो विकास र समानुपातिक विकासको अवधारणालाई आत्मसात गर्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले सुझाव दिएका थिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्री, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा र मङ्गला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जिल्लामा रहेका पर्यटन, जलस्रोत, कृषि, पशुपालन, जडिबुटी खेती लगायतको सम्भावनाको उजागर, विकास र प्रवद्र्धन गर्न सघाउने पक्षलाई पञ्चवर्षीय योजनामा समावेश गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा र गैर सरकारी संस्था महासङ्घ म्याग्दीका अध्यक्ष दीपक पौडेलले दिगो विकासका लक्ष्यलाई आत्मसाथ गरी सङ्घ, प्रदेश र स्थानीय तहका योजनाहरुमा एकरुपता कायम हुन सकेमा मात्रै त्यसले उपलब्धि हासिल गर्न सघाउनेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले खानी उत्खनन र गाँजाखेतीलाई वैधानिकता दिने र घरेलु मदिरालाई ब्राण्डिङ गर्नेतर्फ आबश्यक नीति निर्माणमा नियमावलीको मस्यौदा बनाएर सरकारलाई बुझाउने तयारी गरिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जिल्लाका हरेक स्थानीय तहहरुले आफ्नो प्राथमिकताका योजनालाई छनौट गर्न सुझाब दिनुभयो । उहाँले एउटै पालिकामा धेरै योजना माग गर्दा छनौट र प्राथमिकीकरणमा समस्या हुने बताउनुभयो । कार्यक्रममा आयोगका सदस्य सुवास अधिकारीले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा र दोस्रो योजनाको अवधारणपत्रबारे समीक्षा प्रस्तुत गर्नुभएको थियो । आयोगले यस अघि मुस्ताङ र मनाङका सरोकारवालाबाट सुझाव सङ्कलन गरिसकेको र सबै क्षेत्रबाट सुझाव प्राप्त भएपछि विभिन्न चरणमा यसलाई छलफल गरेर आगामी चैत मसान्तभित्र गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्बाट दोस्रो पञ्चवर्षीय योजना स्वीकृत गराउने तयारी गरिएको आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

आव २०८१÷८२ देखि २०८५÷८६ सम्म लागू हुने गरी प्रदेश नीति तथा योजना आयोगले निर्माण गर्न लागिएको दोस्रो पञ्चवर्षीय योजना निर्माणको चरणमा प्रथम पञ्चवर्षीय योजनाको समीक्षा गर्दै सरोकारवालाबाट प्राप्त सुझावका आधारमा दोस्रो पञ्चवर्षीय योजना तयार गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले तीन तहकै सरकारका योजनाको लक्ष्य र उद्देश्य मिल्न सकेमा मात्रै विकासले उपलब्धि हासिल गर्न सक्ने बताउनुभयो । उहाँले जिल्लास्थित स्थानीय तह र विकासका साझेदारबीच घनीभूत छलफल गरेर जिल्लाका प्राथमिकता र आवश्यकताको छनौट गरी योजना छनौट र सिफारिस गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सङ्घ, प्रदेश र स्थानीय तहका योजनाको छनौट र कार्यान्वयनमा तालमेल गराउने गरी पञ्चवर्षीय योजना तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहिलो पञ्चवर्षीय योजनाले विद्युतीकरण, खानेपानी, सडक निर्माण लगायतका क्षेत्रमा लिएका लक्ष्य शतप्रतिशत पूरा नभए पनि उपलब्धिमूलक नै रहेको पाइएको बताउँदै दोस्रो पञ्चवर्षीय योजनालाई अझ वस्तुगत तबरले तयार गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले योजनाबद्ध विकासको नीतिलाई कार्यान्वयन गर्न आवधिक योजना तयार गर्न लागिएको बताउनुभयो । कुन कुन क्षेत्रलाई कति प्राथमिकता दिने भन्ने लक्ष्य निर्धारण भएपछि मात्रै पञ्चवर्षीय योजनाले मूर्त रुप लिने बताउँदै त्यसको लागि आयोगले सबै पक्षसँग गम्भीर रुपमा छलफल तथा अन्तरक्रिया गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

–––

कर्णालीका मुख्यमन्त्री भन्नुहुन्छ– स्थानीय तहका बेथिति रोक्नैपर्छ

जाजरकोट, २८ मङ्सिर : कर्णालीमा बर्सेनि भ्रष्टाचारका उजुरी बढ्ने क्रम बढिरहेको छ । भ्रष्टाचार तथा अनियमितता गर्नेबित्तिकै खबरदारी गर्ने पनि बढेका छन् ।

सुर्खेतस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयकाअनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार तीन सय ४२ उजुरी परेका थिए । आव २०७९÷८० मा त्यो सङ्ख्या दुई हजार ९३ थियो । चालु आवको पाँच महिनामा सात सय ६३ उजुरी परेका छन् । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका नौ सय ४४ गरी यो वर्ष एक हजार सात सय सात उजुरीमाथि कार्यालयले अनुसन्धान गर्नुपरेको छ ।

यो वर्षको हालसम्ममा सबैभन्दा बढी सुर्खेतका एक सय ५२ उजुरी परेका छन् । जाजरकोट र हुम्लाबाट ५५–५५, कालिकोट र सल्यानबाट ५०–५०, डोल्पाबाट ४१, दैलेखबाट एक सय २२, जुम्लाबाट ९३, मुगुबाट ६६, रुकुम–पश्चिमबाट ६४ र रूकुमपूर्वमा १५ उजुुरी परेका छन् । आयोगको कार्यालय सुर्खेतले एक सय ९२ मुद्दामा विस्तृत अनुसन्धान गरिरहेकामा १७ वटाको अनुसन्धान सम्पन्न गरी प्रतिवेदन आयोगमा पेस गरेको छ । अहिले एक सय ७५ मुद्दामा अनुसन्धान भइरहेको छ ।

कर्णालीका दुईवटा मुद्दा विशेष अदालतमा दायर भएका छन् । विस्तृत अनुसन्धानबाट भ्रष्टाचार भएको ठहर गरेका ती मुद्दा विशेष अदालतमा पठाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न माध्यमबाट प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान गरी भ्रष्टाचार र अनियमितता भएको ठहर गरेमा बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरेको छ । छायाँनाथ रारा नगरपालिका मुगुविरुद्ध सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरेको बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।

यस्तै उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयविरुद्ध पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगमा सबैभन्दा धेरै उजुरी स्थानीय तहका आउने गरेका छन् । चालु आवमा कर्णालीका १० वटा स्थानीय तहका ठूलो सङ्ख्यामा उजुरी परेका छन् । सुर्खेतको वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका, मुगुुको सोरु गाउँपालिका र छायाँनाथ रारा नगरपालिका तथा हुम्लाको सर्केगाड गाउँपालिकाका उजुरी अधिक देखिएका छन् ।

त्यस्तै दैलेखको नारायण नगरपालिका र गुराँस गाउँपालिका, रूकुमपश्चिमको मुसीकोट नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाका उजुरी पनि धेरै छन् । यो वर्ष वीरेन्द्रनगरका एक सय ३६ वटा उजुरी अख्तियारमा परेका छन् । त्यसमध्ये ३९ वटा फछ्र्यौट भएका छन् भने ९७ वटा अनुसन्धानका क्रममा रहेको आयोगको सुर्खेत कार्यालयले जनाएको छ ।

स्थानीय तहलाई शिक्षा, स्वास्थ्य र विकास निर्माणसँग सम्बन्धित बढी उजुरी पर्ने गरेको अख्तियारको तथ्याङ्कले देखाएको छ । शिक्षा, स्वास्थ्य र स्थानीय तहसँग सम्बन्धित उजुरी बढी आउने गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका निमित्त प्रमुख भेषराज रिजालले जानकारी दिनुभयो । समयमै काम सम्पन्न नभएको, गुणस्तरहीन काम गरेको र विकास निर्माणका काममा अनियमितता भएको, कर्मचारी नियुक्ति, उपभोक्ता समितिले काम नगरेको, विद्यालय कोषको रकम हिनामिना गरेको लगायतका विषयमा अख्तियारमा उजुरी पर्ने गरेको उहाँले जनाउनुभयो । “अख्तियारले निगरानी बढाएका कारण पनि उजुरीको सङ¬्ख्या बढेको हो”, उहाँले भन्नुभयो, “तीबाहेक पत्रपत्रिकामा आएका समाचारलाई पनि आधार मानी उजुरी दर्ता गर्ने गरिएको छ ।”

कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले गाउँ छाडेर सहरमै घर बनाउने सोचका कारण पनि भ्रष्टाचार बढिरहेको जिकिर गर्नुभयो । सभापति भण्डारीले भ्रष्टाचारको मूल जग नै देखासिकी भएको बताउनुभयो । “सहरकेन्द्रित बसाइले शिक्षा, स्वास्थ्य रोजगारीमा सहज पहुँच हुन्छ भन्ने मान्यता छ । विकास गाउँ केन्द्रित र मानिस सहर केन्द्रित हुँदा पनि भ्रष्टाचार मौलाएको छ”, उहाँले भन्नुभयो, “गाउँमा स्थापित पुख्र्यौली सम्पत्तिलाई छाडेर सहरमा घरजग्गा जोड्ने आशयका कारण भ्रष्टाचारले बढावा पाइरहेको छ ।”

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । उहाँले भ्रष्टाचारको प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएका कारण भ्रष्टाचारको नियन्त्रणमा पनि राज्य चनाखो बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहमा बेथिति बढेकामा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गका भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिकः विदेशमन्त्री वाङ

बेइजिङ – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गर्नु भएको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन-भियतनाम सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ। भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यी ले बिहीबार बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले उक्त भ्रमणले दुई देश बीचको सम्बन्धमा ऐतिहासिक महत्त्व राखेको उल्लेख गर्नु भएको छ ।भियतनामी पक्षले यस भ्रमणलाई ठूलो महत्त्व दिएको छ र उच्च स्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मिन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।

यस वर्ष चीन र भियतनाम बीचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ ।

निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने महानगरको निर्णय सर्वोच्च अदालतद्वारा बदर

काठमाडौैँ, २८ मङ्सिर : सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले यही मङ्सिर २० गते गरेको आदेशको आज लिखित आदेश सार्वजनिक गदै उक्त निर्णय बदर गरेको हो ।

आदेशमा भनिएको छ, “निवेदकहरुको सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अंश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान गरेको नदेखिइ काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०५० को उक्त व्यवस्था नेपालको संविधानको धारा २२८ को व्यवस्थासँग बाझिएको देखिँदा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२ को उपदफा (४) र अनुसूची ११(क) को क्रमसङ्ख्या या (१) र क्रमसङ्ख्या (३) लाई नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजको मितिदेखि अमान्य र बदर घोषित गरिएको छ ।”

महानगरपालिकाको नगरसभाको १३औँ अधिवेशनबाट पारित गरेको कामपा आर्थिक ऐन, २०८० मा पार्किङसम्बन्धी व्यवस्थामा निजी मार्ट, रेस्टुरेण्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवाप्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरिएको थियो । उक्त निर्णयविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एशोसिएशनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।

पारम्परिक कृषिलाई प्रविधि र मूल्य शृङ्खलासँग जोडेर काम गर्न अध्यक्ष ओलीको सल्लाह

धनकुटा, २८ मङ्सिर : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पारम्परिक कृषिलाई प्रविधि र मूल्य शृङ्खलासँग जोडेर काम गरे बजारको अभाव नहुने सुझाव दिनुभएको छ ।

बैतडीको चिवाघाटबाट पाँचथरसम्मको सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गबाट भोजपुर हुँदै धनकुटा आइपुग्नुभएका अध्यक्ष ओलीले यस्तो सुझाव दिनुभएको हो । यात्राका क्रममा पाख्रिबास नगपालिका आइपुग्नुभएका ओलीले नगरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका विद्यार्थीसँग अन्तक्र्रिया गर्नुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाले आयोजना गरेको सो कार्यक्रममा धनकुटाको कृषि क्षेत्रको समस्या र अवस्थाका बारेमा क्याम्पसका प्रमुख निराजन भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा भण्डारीले धनकुटाको कृषि तथा दुग्धजन्य बजारले भारतसँग प्रतिष्पर्धा गर्न नसकेकाले भारतीय कृषि उपज बन्द गर्न मागसमेत गर्नुभएको थियो ।

सागलाई गुन्द्रक बनाएर महँगोमा बेच्न सकिने आधार दिँदै अध्यक्ष ओलीले अन्य कृषि उपजलाई पनि बजारको मागअनुसार तयारी गरेर बेच्न सुझाव दिनुभयो । त्यसका लागि राज्यले वास्तविक किसानलाई पहिचान गरेर अनुदान दिने र कृषिलाई प्रविधिसँग जोडेर लानुपर्ने उहाँको भनाइ थियो । “पढेर पासपोर्ट बनाएर विदेश होइन, यहीँ केही गर्र्नू । टिपेर ल्याउन विदेशमा सुन फलेको छैन”, उहाँले भन्नुभयो, “अलि ढिलो होला तर दुःख गरे यहीँ धनी हुन सकिन्छ ।”

आज भोजपुरबाट महालक्ष्मी नगरपालिकाको लेगुवा बजारबाट सुरु भएको सङ्कल्प यात्रा पाख्रिबास नगरपालिकाको पाख्रिबास बजार, धनकुटा नगरपालिकाको हिले बजार, छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजार हुँदै टोली तेहथुमको वसन्तपुर पुगेर आमसभामा सहभागी हुने एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष इन्द्रमणि पराजुलीले राससलाई जानकारी दिनुभयो ।

शीतलहरबाट जोगाउन विपद् व्यवस्थापन समितिको तयारी

जानकी (बाँके), २८ मङ्सिर : बाँकेमा जाडोसँगै शीतलहर चल्न सक्ने भएकाले नागरिकलाई चिसोबाट विपद् व्यवस्थापन समितिले तयारी सुरु गरेको छ । शीतलहरबाट कुनैपनि मानवीय तथा धनजनको क्षति नहोस् भन्नका लागि समितिले तयारी थालेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले बाँकेका नागरिकलाई शीतलहरबाट जोगाउन विभिन्न २१ वटा निर्णय गर्दै पूर्वतयारी थालेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ‘शीतलहर आकस्मिक योजना–२०८०’ स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको समितिले जनाएको छ ।

नेपालगञ्जमा समितिद्वारा आयोजित कार्यक्रममा प्रजिअ पोखरेलले बाँकेमा जाडो बढेसँगै शीतलहरको सम्भावना पनि बढेकाले पूर्वतयारीका लागि सरोकारवालासँग छलफल गरी अनुकूल वातावरण तयार गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार चिसो तथा शीतलहरका कारण हुनसक्ने क्षति न्यूनिकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजनाको मस्यौदामाथि सरोकारवालासँग छलफल भएको थियो ।

छलफल पछि प्राप्त सुझावका आधारमा परिमार्जित शीतलहर आकस्मिक योजना–२०८० स्वीकृत गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा आठ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो ।

बैठकले योजना अनुरुप सबैको आ–आफ्नो जिम्मेवारी निर्धारण गरी पूर्वतयारीको व्यवस्था तथा कार्यविभाजन गरेको छ । साथै सबै नगरपालिका र गाउँपालिकाका विपद् व्यवस्थापन समिति तथा विषयगत क्षेत्रले शीतलहर पूर्वतयारी बैठक बसेर आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

स्थानीय तहसँगको समन्वयमा सबै सङ्घसंस्था, निजी क्षेत्र, रेडक्रस सोसाइटीलगायतले चिसो तथा शीतलहरबाट हुने क्षति न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने, जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी सूची तयार गर्ने, प्राथमिकताका आधारमा राहत वितरणको योजना बनाउने, जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको विवरण सङ्कलन गर्नेलगायत जिम्मेवारी तोकिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

चिसोबाट बच्नका लागि बढी चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहले डिभिजन वन कार्यालय वा नजिकको सब–डिविजन वन कार्यालय र वउपभोक्ता समितिसँग समन्वय गरी आवश्यक दाउरा उपलव्ध गराउनेसमेत निर्णय भएको उहाँले बताउनुभयो ।

शीतलहरको प्रभावबाट बच्न/बचाउनका लागि केन्द्रले स्थानीय भाषासमेतमा जनचेतनामूलक सामग्री तयारी गर्न सहजीकरण गर्ने, जिल्लास्थित पत्रकार महासङ्घसँग समन्वय गरी जिल्लाका सबै स्थानीय एफएम रेडियो, पत्रपत्रिकामा सन्देश प्रसारण/प्रकाशन गर्ने निर्णय भएको प्रजिअ पोखरेलको भनाइ थियो ।

साथै स्थानीय क्लब तथा विद्यालयमा चिसो र शीतलहरबाट बच्ने÷बचाउने उपायका सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान सञ्चालन गर्ने, कुहिरो÷हुस्सु लागेको समयमा सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्नेलगायत निर्णय भएका उहाँले जानकारी दिनुभयो ।

बैठकमा समितिका अध्यक्ष एवम् प्रजिअ पोखरेलले जिल्लामा विपद् व्यवस्थापनको अवस्थाका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । जाजरकोट भूकम्पपछि भेरी अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएपछि फोकल पर्सनका रुपमा कार्यरत स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले उपचार व्यवस्थापन तथा राहत सङ्कलन र व्यवस्थापनका लागि भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा समितिले जाजरकोट भूकम्प पश्चात् प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, सङ्घसंस्था र व्यक्तिलाई सम्मान गरेको छ । भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरणलगायत क्रियाकलापमा सहयोग पुर्‍याउनेलाई सम्मान गरिएको हो ।

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।

किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ। यसै गरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपतकाली मन्त्रालयले जनाएको छ ।

यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ । यहाँका सडकहरू हिँउले सेताम्य भएका छन् ।

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

काठमाडौँ, २८ मङ्सिर : नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले आज स्वीकृत गरेको हो ।बैंकको प्रधानकार्यालय मनिलाबाट आज जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो ।उक्त वित्तीय प्याकेजअन्तर्गत रु ६० करोड अनुदान सहायता हो । सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् । 

मस्को नजिकै नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घन्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बिहीबार बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले यस वर्षको अन्त्यमा आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नुअघि हमला भएको बताइएको छ । रक्षा मन्त्रालयले हमलाका लागि किएभलाई दोष दिँदै एक विज्ञप्तिमा भनेको छ, “अन–ड्युटी हवाई रक्षा एकाइहरूले कलुगा र मस्को क्षेत्रमा नौ युक्रेनी युएभी (मानवरहीत हवाई वाहन) लाई नष्ट गरेर रोकेको छ ।”

मस्कोका मेयर सर्गेई सोबयानिनले एउटा ड्रोनलाई रुसी राजधानीको दक्षिणपश्चिमी सहर नारो–फोमिन्स्क नजिकै खसालिएको बताउनुभयो । “प्रारम्भिक आँकडाअनुसार जुन स्थानमा ड्रोन खसेको छ त्यहाँ कुनै क्षति वा हताहत भएको छैन”, उहाँले भन्नुभयो । घटनास्थलमा आपत्कालीन सेवाहरूले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मस्कोसँग गुमाएका क्षेत्रहरू फिर्ता गर्ने नयाँ प्रयास सुरु गरेसँगै युक्रेनले गर्मीयामपछि निरन्तररूपमा ड्रोनमार्फत रुसमा हमला गरेको छ ।

पशुपतिनाथको धर्मभकारी थापेर श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने

काठमाडौँ, २८ मङ्सिर : आराध्यदेव श्री पशुपतिनाथका नाममा धर्मभकारी थापेर श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले श्री पशुपति हिन्दु विश्वविद्यलय स्थापनाका लागि विद्वानसँग सुझाव लिन आज आयोजना गरेको कार्यक्रममा श्री पशुपति हिन्दु विश्विद्यालय स्थापना तयारी समितिका संयोजक डा जगमान गुरुङले नेपाल सरकारको अनुदान नलिई धर्मभकारी थापेर भगवान् भोलेनाथले वर्षाउनुहुने स्रोतले नै विश्विद्यालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । कोषले गठन गरेको समितिले शिवसङ्कल्पका आधारमा विश्विद्यालय स्थापना हुने गरी तयारी गरिएको जानकारी सो गराइएको हो ।

“पशुपति र हिन्दु दुई शब्दले विश्वमा नेपालको आकर्षण बढाउँछ, विश्वका हिन्दु नेपाल आउने वातावरण बन्छ, यसले नेपालको शिर उच्च बनाउँछ, गोठाटारमा रहेको कोषको जग्गाको ईशान कोणमा विश्वविद्यालय बनाउने गरी अध्ययन भएको छ”–उहाँले भन्नुभयो ।

समितिका सदस्य एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नेपालका संस्कृतिपरक दर्शनको अध्ययन अनुसन्धान गर्ने गरी विश्वविद्यालय स्थापना हुने बताउनुभयो । मानवमात्रको विश्वविद्यालय बनाउनेगरी कानुनको मस्यौदा भइरहेको उहाँले जानकारी दिनुभयो । विश्विद्यालयलाई राजनीतिक छायाका रुपमा नभई स्वतन्त्र प्राज्ञिक संस्थाका रुपमा स्थापित गर्ने समितिले गृहकार्य गरेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।
कोषका सदस्य सचिव राजुकुमार केसीले पशुपतिका नाममा स्थापना हुने विश्वविद्यालयलाई गोठाटारमा रहेको जग्गाबाट ठाउँ दिने व्यवस्था गुरुयोजनामा गरिएको जानकारी गराउनुभयो । सांस्कृतिक अध्ययन अनुसन्धानको नमूनास्थलका रुपमा विश्वविद्यालयलाई अघि बढाइने उहाँको प्रतिबद्धता थियो ।

कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पछिल्लो समय पशुपतिनाथलाई सहयोग गर्ने भन्दा माग्नेको सङ्ख्या बढिरहेको बताउनुहुँदै विश्वविद्यालयका लागि भने सहयोग जुटाउन काम गरिने जानकारी गराउनुभयो । ८२ प्रतिशत हिन्दु रहेको देशमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना गर्दा देशको गौरव बढ्ने उहाँको भनाइ थियो ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले विश्वविद्यालयले कसैलाई सम्बन्धन नदिने गरी यसको स्वरुप निर्धारण गर्न लागिएको जानकारी गराउनुभयो । कोषले गठन गरेको कार्यदलले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएपछि विश्वविद्यालय स्थापनाका लागि समिति गठन गरिएको उहाँले बताउनुभयो ।

कार्यदलले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अध्ययन गरी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक खतिवडाले गराउनुभयो । शिक्षा मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

काठमाडौँ, २८ मङ्सिर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो ।

अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौँ ।”

सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा विमानस्थलका सरसफाई सहयोगी दुई जना गरी हालसम्म पाँच जना पक्राउ परेको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताउनुभयो ।

आज राति मिथुन उल्कावर्षाको गतिविधि उच्च रहने

काठमाडौँ, २८ मङ्सिर : यही मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्कावर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । योे उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हँुदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ । उल्कावर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा ९जेमिनिड मेट्योर शावर० नामकरण गरिएको उहाँले बताउनुभयो ।

उल्कावर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बिर खिच्न सक्नेछन् । अवलोकनको लागि आज राति ८ः०० बजे देखि शुक्रबार बिहान ५ः३० सम्मको समय अनुकुल हुने सोसाइटीले जनाएको छ । उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम देखिन्छ । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेका लागि सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्कावर्षा हेर्र्न कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।

सोसाइटीले विज्ञप्ति मार्फत् देशभर छरिएर रहेका सदस्य तथा शुभचिन्तकलाई आआफ्ना स्थानमा रहेका नजिकैका खुल्ला स्थानबाट हेर्न र तस्बिर लिन आग्रह गरेको छ । सबै अवलोकनकर्तालाई आफ्ना तस्बिर सोसाइटीको कार्यालयमा पठाउन पनि अध्यक्ष भट्टराईले आह्वान गर्नुभएको छ । प्राप्त तस्बिरलाई सोसाइटीले सामाजिक सञ्जालामार्फत् सार्वजनिक गर्ने पनि सोसाइटीको विज्ञप्तिमा उल्लेख छ । उल्कावर्षासम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । हाल जारी उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहने उहाँले सुनाउनुभयो ।

परराष्ट्र सचिवमा सेवा लम्साल

काठमाडौँ, २८ मङ्सिर : सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उहाँ पहिलो महिला हुनुभएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ, २८ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले जनताले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

आव २०७९÷८० को प्रथम चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा देशको समग्र अर्थतन्त्र विकास निर्माणसँग सम्बन्धित सूचकहरू सकारात्मक देखिए पनि सन्तोष गर्ने ठाउँ नभएको उल्लेख गर्दै उहाँले एकअर्काका कमी–कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “मेरो नेतृत्वमा गठन भएको सरकारको एकवर्षे कार्यकाल पूरा हुने चरणमा छ, यस अवधिमा अपेक्षा गरिएअनुसारका काम हुनसकेका छैनन्, अब चौमासिक नभई वार्षिक कार्यक्रम, कार्ययोजना र उपलब्धिलाई वस्तुनिष्ठ समीक्षा गर्दै यसबीचमा भएका कमजोरी र सबल पक्षलाई चिरफार गरी जनताले अनुभूत गर्नेगरी काम गर्न सबैसँग अपिल गर्दछु ।”

गत साउनमा प्रतिबद्धता गरेअनुसारको परिणाम दिन केही मन्त्रालय असमर्थ भएकामा त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले निश्चित कार्यअवधिभित्र तोकिएको लक्ष्य पूरा नगर्नेलाई जिम्मेवारीबाट हटाउनुबाहेक आफूसँग अर्काे विकल्प नरहेको चेतावनी दिनुभयो । उहाँले अर्काे समीक्षा बैठकमा कार्ययोजनासहित प्रस्तुत हुन सबैलाई निर्देशन दिनुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौजुदा सार्वजनिक खरिद ऐन, पर्याप्त बजेट र जनशक्तिसहित आवश्यक समन्वय र सहकार्यको अभावलगायत विविध समस्याका कारण नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले चौमासिक प्रगति विवरण पेस गर्नुभएको थियो ।

अझै चिसो बढ्ने, तत्काल पानी नपर्ने

काठमाडौँ, २८ मङ्सिर : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–भागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ । देशभरी चिसो भने बढ्दै गएको छ । चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत

रामपुर (पाल्पा), २८ मङ्सिर : पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर खड्काको परिवारलाई नगरपालिकाले रु एक लाख सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई नगरपालिले सो रकम प्रदान गरेको हो ।

गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो । रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।

सार्वजनिक यातायात सुधार गर्न सरकारलाई सुझाव

काठमाडौँ – गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले सार्वजनिक यातायात सेवा सहज ढङ्गले उपलब्ध गराउन आफ्ना माग सम्बोधन गर्नुपर्ने बताएको छ । सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले यातायात सेवा सुधार्न प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार भेटेर आफ्ना माग पूरा गर्न आग्रह गरेको हो ।

सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण स्थापना गरेर अगाडि बढ्न सुझाव दिएको सङ्गठनका अध्यक्षका श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्गठनले यातायात क्षेत्रका सङ्घसंस्था, समितिको दर्ता नवीकरण खुला गर्नुपर्ने, यातायात निर्देशनालय वा प्राधिकरण बनाउनुपर्ने, सवारी साधनमा विभिन्न शीर्षकमा सरकारले पटकपटक कर राजस्व लिने परिपाटी परिवर्तन गर्नुपर्ने, सवारी नम्बर प्रदेशिकरण गर्नुपर्ने, चालक/सहचालक उत्पादनका लागि तालिम केन्द्र र लाइसेन्सको वर्गीकरण माग गरेको छ ।

ढुवानीमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर खारेज हुनुपर्ने, यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने, यातायात साधनमा सहुलियत ब्याजदरमा लगानी हुनुपर्ने, अव्यवहारिक ट्राफिक जरिवाना नीति हटाउनुपर्ने माग राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैगरी, सार्वजनिक सवारी साधनमा लगाइएको २० वर्षे नीतिका कारण सवारी साधन कवाडीमा बेच्नुपर्ने वा पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै सवारी साधनको ‘कन्डिसन’ हेरेर सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । भारतीय सवारी साधनलाई निर्वाध ढङ्गले सञ्चालन अनुमति दिने व्यवस्था खारेजी गर्नसमेत सङ्गठनले प्रधानमन्त्रीसमक्ष माग गरेको छ ।

प्रधानमन्त्रीले यातायात क्षेत्रको वर्तमान समस्या र सुधार गर्ने पाटोबारे आफू अध्ययन गरेर व्यवसायीको व्यवसायको सुरक्षामा सरकार लाग्ने बताउनुभएको भेटमा सहभागी सङ्गठनका कोषाध्यक्ष पुरुषोत्तम सिंखडाले जानकारी दिनुभयो ।

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख घिमिरे

काठमाडौँ, २८ मङ्सिर : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताउनुभएको छ ।

सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गर्नुभयो । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उहाँको भनाइ छ ।

सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ, “स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित छ ।” संसद् सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहस हुने गरेकाबारे आफु जानकार भएको र अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको उहाँले उल्लेख गर्नुभयो ।

संसद्को महत्वपूर्ण काम सरकारको काम कारबाहीमाथि निगरानी गर्नु रहेको उल्लेख गर्दै सभामुख घिमिरेले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्य सम्पादन गर्न, संसदीय क्षमता र सामथ्र्य विकास गर्न संसद् सेवालाई अलग गरिएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो ।

सभामुख घिमिरेले दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयका कर्मचारीलगायत संसद्सँग सम्बद्ध सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । विसं २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन आजदेखि

काठमाडौँ, २८ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो ।

सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । “निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ”, उहाँले भन्नुभयो, “सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।”

रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ । सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहनुभएको छ ।

“जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ । यसलाई स्थानीय तहसम्म पु¥याउने मुख्य एजेण्डा हो”, प्रमुख सचेतक परियारले भन्नुभयो ।

सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।”

आज र भोलि राति उल्का खसेको रमाइलो दृश्य देख्न सकिने, कसरी, कति बेला हेर्ने?

आकाशमा विभिन्न रङ्गको चलायमान उज्यालो देखिने गरी हुने ‘जेमिनिड्स उल्कावर्षा’ बिहीवार र शुक्रवार राति उत्कर्षमा पुग्न लागेको छ।यो रोचक खगोलीय घटना खाली आँखाले नै हेर्न सकिन्छ। उल्का खसेको दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ।

नेपालसहित संसारका सबै भागमा अनुकूल मौसम र सफा आकाश भएको स्थानबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का देख्न सकिन्छ।संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई वर्षको “उत्कृष्ट “उल्कावर्षा भनेको छ।

जेमिनिड्स उल्कावर्षा के हो?
प्रायः उल्कावर्षाको स्रोत धूमकेतु हुन्छ। तर उत्पत्तिको दृष्टिकोणले जेमिनिड्स उल्कावर्षा अलिक भिन्न छ।यो उल्कावर्षा ‘३२०० फेइअथन’ नामक चट्टानी क्षुद्रग्रहले अन्तरिक्षमा छोडेको अवशेषबाट हुन्छ।

धूमकेतु वा क्षुद्रग्रहको बाटोमा पृथ्वी पुग्दा उल्का निस्किन्छ। उल्का पृथ्वीको वायुमण्डलमा आइपुग्दा जल्छ र त्यसबाट आकाशमा उज्याला र हेर्दा सुन्दर देखिने रेखाहरू बन्छन्।आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्कावर्षालाई ‘जेमिनिड्स’ भनिएको हो।

यूकेको ग्रिनिचस्थित रोयल अब्जर्भेटरीका अनुसार उल्का विभिन्न रङ्गका हुने भएकाले जेमिनिड्स अरूभन्दा भिन्न देखिन्छ।

यो उल्कावर्षा किन रङ्गीन देखिन्छ?
उल्काको रङ्ग सेतो, पहेँलो, हरियो, रातो वा नीलो हुन्छ। जेमिनिड्स उल्कामा हुने सोडिअम र क्याल्सिअमजस्ता धातुका कारण त्यस्तो रङ्ग निस्किन्छ। आतिसबाजी गर्दा बारुद जल्दा पनि त्यस्तै हुन्छ।”यो उल्कावर्षा एउटा सुन्दर रात्रिकालीन घटना हो जसमा धेरै उल्काहरू आकाशको उही क्षेत्रबाट आएको देखिन्छ,” यूनिभर्सिटी अफ वारिकमा खगोलशास्त्र तथा एस्ट्रोफिजिक्स प्राध्यापन गर्ने डा मिन्जेइ किम बताउँछन्।

उल्कावर्षा कसरी र कति बेला हेर्ने?
राति आकाशमा जुनसुकै ठाउँमा पनि उल्का देख्न सकिन्छ। आकाश राम्ररी देखिने गरी खुल्ला भएको बेला र अँध्यारो ठाउँमा बस्दा जेमिनिड्स उल्कावर्षाको रमाइलो दृश्य हेर्न सहज हुन्छ।

केही दिनअघिदेखि नै जेमिनिड्स उल्कावर्षा सुरु भइसकेको छ। यूकेमा बिहीवार राति जीएमटी ७ः३० बजेतिर यो उल्कावर्षा उत्कर्षमा पुग्न थाल्ने अनुमान गरिएको छ।नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि त्यो अवधि सुरु हुन्छ।

वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा जयन्त आचार्य भन्छन्, “नेपालमा बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेतिर उल्का खसेको दृश्य राम्ररी देख्न सकिन्छ।”आकाशमा कतातिर हेर्ने?
जेमिनिड्स उल्कावर्षा हेर्न आकाशको कुन भागतिर फर्किने भन्ने निधो गर्न स्टारगेजिङ एप उपयोगी हुने किमको सल्लाह छ।

“यदि तपाईँले मिथुन तारामण्डल ठम्याउनुभयो भने यो उल्कावर्षा हेर्न सजिलो हुन्छ,” उनले भने।

अन्धकारमा आँखालाई अनुकूल बनाउन केही समय लिन पनि उनले सुझाएका छन्। उनका अनुसार सँगै अर्को साथी भयो भने आकाशका विभिन्न भाग नियाल्न सजिलो हुन्छ।कारणवश उत्कर्षमा पुगेको बेला जेमिनिड्स देख्न सकिएन भने पनि आगामी साता डिसेम्बर २० सम्म उल्कावर्षा जारी रहन्छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।