`

गोरखाको स्तुल खोलामा तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न

गोरखा, २१ कात्तिक : गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।

उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खाका बेला सवारीसाधान आवातजावतमा अत्यधिक कठिनाइ हुने गरेको थियो । बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणको काम एक वर्षभित्रमा सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई अहिले सजिलो भएको छ ।

पुल नबन्दा हिउँदका बेला जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा भने सवारी सञ्चालन गर्न नसक्ने अवस्था रहेको थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट गाउँपालिका–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका क्षेत्रका स्थानीय बासिन्दा विशेष लाभान्वित भएका छन् ।

दोस्रोपटक भूकम्प : आठबीसकोटमा चारजना घाइते,जोखिम कायमै रहेकाले सचेत रहन अनुरोध

त्रिवेणी (रुकुम पश्चिम)- पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन् ।

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गर्नुभएको छ ।जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् ।

जाजरकोट भूकम्प : पीडितलाई विभिन्न निकायको सहयोग

काठमाडौँ-जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् । काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको राहत

कर्णाली : मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गर्नुभयो । बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्पपीडितलाई रु पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट सङ्कलित रु तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायत आधारभूत सामग्री सहयोग गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर सङ्कलन गरिएको रकमबाट भूकम्प प्रभावितलाई राहत सहयोग गरिएको उहाँले राससलाई जानकारी दिनुभयो ।

जाजरकोट भूकम्प : पीडितलाई विभिन्न निकायको सहयोग

काठमाडौँ, २० कात्तिक : जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् । काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको राहत

कर्णाली : मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदे

काठमाडौँ, २० कात्तिक : जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् । काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको राहत

कर्णाली : मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गर्नुभयो । बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्पपीडितलाई रु पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट सङ्कलित रु तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायत आधारभूत सामग्री सहयोग गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर सङ्कलन गरिएको रकमबाट भूकम्प प्रभावितलाई राहत सहयोग गरिएको उहाँले राससलाई जानकारी दिनुभयो ।

शका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गर्नुभयो । बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्पपीडितलाई रु पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट सङ्कलित रु तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायत आधारभूत सामग्री सहयोग गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर सङ्कलन गरिएको रकमबाट भूकम्प प्रभावितलाई राहत सहयोग गरिएको उहाँले राससलाई जानकारी दिनुभयो ।

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल

काठमाडौँ – सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्य सचिव रहने गरी कार्यदल बनाइएको हो । कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले निर्देशन दिनुभएको थियो ।

यो कार्यदललाई दुई वटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ ।

चालु आर्थिक बर्षको बजेटमा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने उल्लेख थियो । बजेट वक्तव्य को १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले उल्लेख गर्नुभएको थियो ।

मधेस प्रदेश सरकारद्वारा अधिकारको माग

जनकपुरधाम – संविधानअनुसार साझा तथा एकल अधिकारको कार्यान्वयनको माग गर्दै मधेस प्रदेश सरकारले सङ्घ सरकारविरुद्ध दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको आह्वानमा मन्त्रिपरिषद्का सदस्यसहित सोमबार बसेको सर्वदलीय बैठकले अधिकारको माग गर्दै सङ्घ सरकारविरुद्ध काठमाडौँ केन्द्रित दबाबमूलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले जानकारी दिनुभयो ।

प्रदेश सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको एक वर्ष पुग्न लाग्दा पनि अधिकारको अभावमा प्रदेश सरकारलाई काम गर्न कठिनाइ भइरहेको र त्यसैलाई लिएर सङ्घीयतामाथि प्रश्न उठ्न थालेकाले अब अधिकारको अन्तिम लडाइँ लड्नुपर्ने निष्कर्षसहित दबाबमूलक आन्दोलन गर्न लागिएको मन्त्री समिमले बताउनुभयो ।

मन्त्री समिमले भन्नुभयो, “विशेषगरी संविधानको साझा सूचीमा रहेका अधिकार दिन र प्रदेश सरकारले एकल अधिकारसँग जोडिएका आवश्यक कानुन निर्माण गरे पनि सङ्घ सरकारका कारण कतिपय कानुन कार्यान्वयन गर्न सकिएन । सङ्घ सरकारले प्रहरी समायोजना ऐन, निजामती कर्मचारी सेवा ऐन, वन र गुठी व्यवस्थापनसम्बन्धी अधिकार अहिलेसम्म पनि आफ्नै नियन्त्रणमा राखेर समस्या सिर्जना गरिरहेको छ । त्यसैकारण हामी आन्दोलनमा जान बाध्य भएका छौँ ।”

बैठकले पहिलो चरणमा सङ्घीय सरकारलाई समय तालिका तोकेर ज्ञापनपत्र बुझाउने र सो अवधिमा माग सम्बोधनको प्रयास नभए प्रदेश मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यसहित राजनीतिक दलहरुले काठमाडौँमा धर्ना लगायतका कार्यक्रम गर्ने समझदारी गरेको नेकपा (एमाले) मधेस प्रदेशसभाका प्रमुख सचेतक लखन दास तत्माले बताउनुभयो ।

“फेरि पनि छलफलमा बस्ने र आन्दोलनका रणनीति निर्माण गर्ने समझदारी भएको छ । सम्भवतः तिहारअघि नै सबै दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गर्छौं”, प्रमुख सचेतक दासले भन्नुभयो, “औपचारिक रुपमा सङ्घीयता कार्यान्वयनमा आएको छ वर्ष बित्न थालिसक्यो तर अहिले पनि अधिकारको विकेन्द्रीकरण गर्न सङ्घ सरकार तयार छैन । त्यसैकारण यो पटक निर्णायक आन्दोलन गर्ने हाम्रो तयारी हो ।”

प्रदेश सरकारको पहिलो कार्यकालमा पनि प्रदेश सरकारका मन्त्रीहरुले अधिकारको माग गर्दै केही दिन अनशनलगायत आन्दोलन र सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न विषयमा छवटा मुद्दा दायर गरेको थियो ।

संविधानले दिएको अधिकार प्रयोग गर्दै मधेस प्रदेश सरकारले प्रदेश प्रहरी ऐन, २०७७, प्रदेश निजामती सेवा ऐन २०७७ ल्याइसलगायत प्रहरी र कर्मचारी प्रशासनसँग सम्बन्धित ऐन, नियम बनाए पनि सङ्घीय सरकारले सोसम्बन्धी कानुन नल्याएका कारण कार्यान्वयनमा आउनसकेको छैन । प्रदेश सरकारले प्रहरी समायोजन, सङ्घीय निजामती ऐन जारी गर्न र गुठी र वनसम्बन्धी सङ्घीय ऐन निर्माण तथा संशोधन गरी सोसम्बन्धी सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्ने अडान राख्दै आएको छ ।

‘भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापना युद्धस्तरमा’ – महासचिव गुरुङ

कास्की – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जाजरकोट भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको बताउनुभएको छ ।

पोखरामा सोमबार साँझ प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारले भूकम्प प्रभावितको समयमै प्रभावकारी रुपमा उद्धार सम्पन्न गरेको र अब युद्धस्तरमा राहत वितरण र पुनःस्थापनाको काम सुरु हुने जानकारी दिनुभयो । भूकम्प प्रभावितको राहत र पुनःस्थापनाको काम एकद्वार प्रणालीबाट गरिने बताउनुभयो ।

महासचिव गुरुङले भन्नुभयो, “सरकारका अङ्ग, राजनीतिक दल र मित्र राष्ट्रहरुबाट राहतका लागि सहयोग र अनुदान दिने अभियान चलिरहेको छ । राज्यको नेतृत्वमा एकद्वार प्रणालीबाट राहत वितरण सुरु गर्ने र राज्यले योजना बनाएर पुनःस्थापनाको काम अघि बढाउने निर्णय गरेका छौँ ।”

माओवादी केन्द्रले भूकम्पपीडितका लागि पार्टी केन्द्रबाट रु ५० लाख सहयोग गर्ने र प्रत्येक प्रदेश समितिबाट रु एक लाखका दरले सहयोगका लागि आग्रह गरिएको महासचिव गुरुङले जानकारी दिनुभयो । वर्तमान सत्ता गठबन्धन र सरकारका विषयमा विभिन्न आशङ्का उत्पन्न गराउन खोजिए पनि सरकार सुरक्षित रहेको उहाँले बताउनुभयो ।

सरकार र गठबन्धन टुटाउँदै अस्थिरता उत्पन्न गराउने प्रयास असफल भएको महासचिव गुरुङले बताउनुभयो । कोशी प्रदेशमा अस्थिरताको बाटो खोजिए पनि केन्द्रको गठबन्धन कायम राखेर जाने निर्णयले स्थिरता कायम गर्ने गुरुङको भनाइ छ । गुरुङले भन्नुभयो, “कोशी प्रदेशमा त्यहाँको प्रदेशसभाको अङ्कगणितलाई हेरेर अस्थिरता उत्पन्न गराउन खोजिएको थियो । पहिले त्यहाँ सरकार गठनमा समस्या भएपनि अहिले पुनः स्थिरताको बाटो सुरु भएको छ । सहमति र समझदारीबाट अघि बढेकाले अहिलेको गठबन्धन र सरकार सुरक्षित छ ।”

“केन्द्रमा नसके पनि प्रदेशमा राष्ट्रिय सहमतिको सरकार बनाउन खोजेका थियौँ । तर त्यसमा सफलता मिलेन ।” गुरुङले भन्नुभयो । महासचिव गुरुङले लामो समयदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आगामी हिउँदे अधिवेशनमा संसद्मार्फत टुङ्गोमा पुग्ने बताउनुभयो । टिआरसीको अन्तरवस्तुमा सबै सहमत भए पनि प्रक्रियामा अल्झाउने प्रयास गरिएको उहाँको भनाइ छ ।

महासचिव गुरुङले पार्टीले सञ्चालन गरिरहेको रुपान्तरण अभियानले पार्टीलाई चलायमान र गतिशील बनाएको बताउनुभयो । “पार्टीले सुरु गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले पार्टी चलायमान बनेको छ । सङ्गठन विस्तार र सुदृढीकरणका काम भइरहेका छन् । पार्टीभित्र र बाहिर नयाँ सञ्चार भएको छ ।” उहाँले भन्नुभयो ।

जाजरकोट भूकम्प : मृत्यु हुनेको सङ्ख्या १०१ कायम

जाजरकोट – जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।

जाजरकोटको नलगाड नगरपालिकाका तीन जनाको ठेगाना फरक परेको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेकाले मृत्यु हुनेको सङ्ख्या घटेको जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले बताउनुभयो ।

यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीले दिएको थियो । अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको सङ्ख्या यकिन भएको प्रमुख रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रारम्भिक तथ्याङ्कअनुसार एक सय ५७ मृतक घोषणा गरेका थियौँ । तर अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएको मृतकहरू दोहोरिएकाले मृतक सङ्ख्या घटेको हो ।”

प्रमुख रोकामगरका अनुसार नलगाड नगरपालिका–८ की सरिता सिंह, नलगाड–७ का रेगम सिंह, नलगाड–१२ की मीना बिष्टको नाम दोहोरिएको थियो । टेकबहादुर पुन व्यक्ति एउटा मात्र रहेका तर नाम दुई स्थानमा उल्लेख हुँदा सङ्ख्या दोहोरिएको थियो । जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यसमध्ये २८ महिला र १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा सात र छेडागाड नगरपालिकामा एकजना गरी एक सय एकजनाको मृत्यु भएको हो ।

त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको सङ्ख्या जम्मा एक सय ५३ मात्र निश्चित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

कर्णाली सरकारको सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा

भेरिगङ्गा (सुर्खेत) : कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गृह जिल्ला रुकुममा हुनुहुन्छ भने आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह पनि गृह जिल्ला जाजरकोटमा हुनुहुन्छ ।

सामाजिक विकासमन्त्रीसहितका अन्य मन्त्रीहरू पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् भने प्रदेशका कर्मचारीहरू पनि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएका छन् । यसैबीच, प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आज जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।

उद्धार क्षेत्रमा रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले अति प्रभावित नागरिकले न्यानो कपडा नपाएको गुनासो गरेको भन्दै सहयोगका लागि आग्रह गर्नुभयो ।भूकम्पपश्चात् पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरणको अनुगमनमा पुग्नु भएका मन्त्री विसीले बढ्दो जाडो र बारम्बार आउने परकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको बताउनुभयो ।

हेर्नुहोस् कार्तिक २१ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे /मेष राशि – आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

बृष राशि- आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि – नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि- सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि – एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि – पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि – नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि – साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि – मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि- प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि – बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा लम्साल

मकवानपुर, २० कात्तिक : नोपली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा आज आफैँ उपस्थित हुनुभई प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारी पत्र सचिवालयमा दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई बताउनुभयो । कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेलाई नियुक्त गर्नुभएको थियो ।

सचेतक काफ्लेले केही हप्ताअघि मात्र कांग्रेस संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाउनुभएपछि सो प्रमुख सचेतक पद रिक्त भएको थियो । नवनियुक्त प्रमुख सचेतक लम्साललाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधान बमोजिम प्रमुख सचेतकमा नियुक्ति गर्नुभएको उक्त दलका नेता लामाले जानकारी दिनुभयो ।

प्रदूषण बढेपछि नयाँदिल्लीमा सवारी साधनमाथि रोक लगाइने

विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।

तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो । नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ/हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ ।

अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन । सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिनपछि आगामी सोमबार एक साताका लागि ल्याइने जानकारी दिनुभयो ।

योजनाअन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एक साताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइने छ । मन्त्री रायले भन्नुभयो, “दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो ।” उहाँका अनुसार नोभेम्बर २० पछिको स्थितिको समीक्षा गरिने छ ।

आइक्युएयरका अनुसार सोमबार सबैभन्दा खतरनाक पिएम२.५ कणहरूको स्तर एक सय ८४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा यो करिब १२ गुणा धेरै हो । पिएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।

दिल्लीमा प्रदूषण बढेको भए पनि बङ्गलादेश र श्रीलङ्का दिउँसो विश्वकप प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन् । राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलो पटक होइन । यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो ।

आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइयो

दमौली, २० कात्तिक : एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो ‘कङ्क्रिट’ मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो ।

सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्त्वपूर्ण मानिन्छ । सन् २०२१ देखि निर्माण सुरु भएको सुरुङमार्ग हालै सम्पन्न भएपछि नदी फर्काइएको हो । सेती नदी अब सुरुङमार्ग भएर बग्नेछ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले आज बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गर्नुभएको हो ।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी ‘कङ्क्रिट’ बाँध निर्माण गरिएको छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब सुरु हुन्छ ।”

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्त्वपूर्ण फड्को भएको बताउनुभयो । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमूना आयोजनाका रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताका साथ काम भइरहेको बताउनुभयो । आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमूनाका रुपमा दूधकोसी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताउनुभयो । उहाँले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक काम भएको बताउँदै दूधकोसी जलविद्युत्जस्ता ठूलो आयोजनामा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गर्नुभयो ।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन चरणमा विभाजन गरी काम भइरहेको छ । पहिलो चरण अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो चरणको निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायत उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी. इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

नक्कली कागजात बनाउने थप चारजना पक्राउ

काठमाडौँ, २० कात्तिक : भिजिट भिषामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२, घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका–१० भई काठमाडौँ बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार भिजिट भिषामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चारजनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजलाई पक्राउ गरिएको हो ।

निजहरुलाई विभिन्न व्यक्तिहरुका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान–दुई सय ३० सहित काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

आइतबार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

व्यवस्थापन गरे मोहोर, नगरे फोहर

वालिङ (स्याङ्जा), २० कात्तिक : देशका कतिपय पालिकाहरुलाई फोहरमैला व्यवस्थापन समस्याको विषय बन्ने गरेको छ । फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा देखा परिरहेका छन् । फोहरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको चिन्ताको विषय बन्ने गरेको छ । फोहोरमैला व्यवस्थापनका कारण कतिपय ठाउँमा विवादहरु उत्पन्न भएका छन् । बजारबाट उठाइएका फोहरहरुलाई कुनै ठाउँमा लगेर थुपार्ने मात्रै गर्दा त्यसले जनस्वास्थ्य र वातावरण असर पार्ने त्रासले फोहरमैला थुपार्ने ठाउँ वरपरका स्थानीय तथा बस्तीबाट विरोध आउने गरेका उदाहरणहरु प्रसस्तै सुन्न र देख्न पाइन्छन् ।

फोहरलाई वर्गीकरण नगरी एकै ठाउँमा लगेर थुपार्दा समस्या निम्त्याउने गर्दछ भने आम्दानी पनि हुँदैन । व्यवस्थापन गर्न जाने मोहोर र नजाने फोहोर हुन्छ भन्ने प्रमाणित पछिल्लो समय विभिन्न पालिकाहरुले गर्दै आइरहेका छन् । फोहोरलाई प्रशोधन गरी मोहोर भित्र्याउँदै आएको एक सफल पालिका हो स्याङ्जाको भिरकोट नगरपालिका । विसं २०७३ मा स्थापना भएको भिरकोट नगरपालिका स्याङ्जा जिल्लाको मध्यभागमा सिद्धार्थ राजमार्गसँगै जोडिएको पालिका पनि हो ।

धार्मिक, पौराणिक एवं ऐतिहासिक दृष्टिले महत्व बोकेको आँधीखोलाको किनारमा रहेको बयरघारी बजार भिरकोट नगरपालिकाको प्रमुख बजार हो । यही बजारमा नै पालिकाको प्रशासकीय भवन रहेको छ । फोहरमैला थुपारिएका कतिपय ठाउँ वरपर पुग्ने प्रायःजसोले नाक मुख थुन्ने गर्दछन् । अझ फोहरमैला व्यवस्थापन गर्ने ठाउँ वरपर बनभोज खान र घुम्ने भन्नासाथै छि…छि शब्द निस्किहाल्छ । फोहरैफोहरको पहाड बन्छ तर भीरकोट नगरपालिका एउटा त्यस्तो उदाहरणीय पालिका हो जहाँ फोहर व्यवस्थापन र नजिकै रहेको पार्कबाट राम्रो आम्दानी लिँदै आइरहेको छ ।

आँधीखोलाको किनारमा नगरपालिकाले खरिद गरेको र सार्वजनिक गरी झण्डै ६५ रोपनी जग्गामा भीरकोट सरसफाई केन्द्र तथा पार्क सञ्चालनमा रहेको छ । नगरपालिकाले पार्क र सरसफाइ केन्द्र एकै स्थानमा बनाएसँगै अहिले देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकन तथा घुम्नका लागि आउने गरेका बताउनुहुन्छ भिरकोट सरसफाइ केन्द्र तथा पार्कका व्यवस्थापक कृष्णप्रसाद अर्याल । “फोहरमैला व्यवस्थापनका क्षेत्रमा समस्या भएका देशका विभिन्न पालिकाहरुबाट व्यवस्थापनका बारेमा अध्ययन अवलोकन गर्न यहाँ आउनुहुन्छ”, उहाँले भन्नुभयो, “यहाँबाट फर्केपछि आफ्नो पालिकामा गएर फोहरमैला व्यवस्थापनको प्रक्रिया थालेको हामीले खबर पाएका छौँ ।”

सरसफाइ केन्द्रको अध्ययन अवलोकन गर्न आउनेहरुका लागि दुई हजार शुल्क लिने गरिएको छ । अन्यत्रबाट यहाँ अध्ययन अवलोकनका लागि आउनुभएका पाहुनाहरुलाई यसको व्यवस्थापकीय पक्षका बारेमा जानकारी दिने गरिएको छ । पार्कमा प्रवेश गर्न प्रतिव्यक्ति रु ५० शुल्क लिने गरेको छ । बनभोजका लागि चार हजार शुल्क लिई पकाउने भाँडाकुँडा तथा ग्यास उपलब्ध गराउँदै आएको व्यवस्थापक अर्यालले बताउनुभयो । नगरपालिकामार्फत नै सञ्चालनमा रहेको पार्कमा विशेष गरी विदाका दिनहरु, चाडबाडका दिनहरु, बिवाह तथा अन्य सभा समारोह तथा सांस्कृतिक कार्यक्रमहरुमा भीड हुने गर्दछ ।

सरसफाइ केन्द्रमा आधुनिक ट्रसहरु, वर्गीकरण गरिएका पुनःप्रयोग हुने फोहरको भण्डारण कक्ष रहेका छन् । यहाँ बजारबाट आएका नकुहिने फोहरहरु तथा सिसाजन्य फोहरहरुको वर्गीकरण गरी पुनःप्रयोगका लागि बिक्री गरिने व्यवस्थापक अर्यालले बताउनुभयो । पार्कलाई थप ब्यवस्थित बनाउने कामहरु भइरहेका छन् । पार्कमा दुबोको हरियाली, रङ्गीविरङ्गी फूलहरु, स्विमिङ पुल, विभिन्न प्रजातिका फलफूल तथा पार्कलाई शोभा दिने अन्य बिरुवाहरु, चमेना गृह, शौचालय, कार्यालय भवन, टिकट काउण्टर, प्रतिक्षालयहरु निर्माण गरिएको छ । चारैतिरबाट पर्खालले घेराबार गरिएको छ ।

किनारैबाट श्रवणकुमारका अन्धाअन्धी बुबआमाको आँसुबाट उत्पत्ति भई बहेको आँधीखोला सुसाउँदै बहेको छ । यसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गर्छ । बजारबाट एकान्त, समथर अनि रमणीय स्थानमा रहेको पार्क पछिल्लो समय आकर्षणको केन्द्रकारुपमा स्थापित हुँदै गएको छ । अघिल्लो आर्थिक वर्षमा सरसफाई केन्द्र तथा पार्कको दश हजारभन्दा बढीले अवलोकन गरेको तथ्याङ्क कार्यालयमा रहेको व्यवस्थापक अर्यालको दाबी छ ।

शान्त र मनोरञ्जनका लागि भिरकोट नगरपालिकाले निर्माण गरेको पार्क उदाहरणीय हुँदै गएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले बताउनुभयो । “सरसफाइ केन्द्र र पार्क एउटै ठाउँमा निर्माण गरी सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “भौतिक संरचना निर्माणको चरणमा भएकाले सरसफाइ र पार्क अझै व्यवस्थित हुँदै जानेमा विश्वस्त छौँ ।”

सरसफाइ केन्द्र तथा पार्कमा जग्गा प्रशस्तै भएकाले थप पूर्वाधार निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेकाले आगामी दिनमा अझै आकर्षकको केन्द्रका रुपमा स्थापित हुनेछ । जसका कारण आम्दानी पनि स्वतःवृद्धि भएर जाने छ । कुहिने, नकुहिने र सिसाजन्य फोहरमैलाको उचित ब्यवस्थापन गरी नगरपालिकाले आम्दानीको स्रोतका रुपमा विकास गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना बताउनुहुन्छ ।

फोहरमैलाको उचित व्यवस्थापन विशेष गरी सहरी क्षेत्रका पालिकाहरुमा चुनौती भइरहँदा भिरकोटले फोहरलाई आम्दानीको स्रोतका रुपमा रुपान्तरण गरेको हो । “फोहोरलाई ब्यवस्थापन गर्न नजान्दा, वर्गीकरण नगरी एकै ठाउँमा सबै प्रकारका फोहोर डम्पिङ गर्दा समस्या हुने हो” उहाँले भन्नुभयो, “कस्तो खालको फोहोर हो, त्यसको वर्गीकरण गरी कुहिनेबाट कम्पोष्ट मल, नकुहिने र सिसाजन्य वस्तुहरुलाई पुनःप्रयोग गर्न सकिने भएकाले बिक्री गरी आम्दानी बाँध्दै आएका छौँ ।”

स्थानीयले घर घरमै कुहिने, नकुहिने र सिसाजन्य फोहोर वर्गीकरण गरेर राख्ने गरेका छन् । नगरपालिकाको एउटा ट्रिपरले आलोपालो कुहिने, नकुहिने र सिसाजन्य फोहोर उठाउँछ । बजारबाट सङ्कलन भएको फोहोरलाई सरसफाई केन्द्रमा लगेर पुनः वर्गीकरण गरी भण्डारण गर्ने र त्यहीँबाट बिक्री गरिन्छ ।

सरसफाइ केन्द्र र पार्कमा गरी हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा फोहोर मैंला बिक्रीबाट रु. छ लाख ६ हजार ३५४, आर्थिक वर्ष २०७८÷७९ मा रु. नौ लाख २४ हजार ७६२ र आर्थिक वर्ष २०७९÷८० मा फोहरमैला बिक्रीबाट आम्दानी रु १४ लाख ८६ हजार दुई सय ६८ आम्दानी गरेको छ । नगरपालिकाले हालसम्म फोहरमैला बिक्रीबाट मात्रै रु. ३० लाख १७ हजार तीन सय ८४ आम्दानी गरेको छ । पार्कतर्फको प्रवेश शुल्कबाट रु एक लाख ६४ हजार नौ सय १० आम्दानी गरेको उहाँले बताउनुभयो । “छोटो अवधिमा भिरकोट नगरपालिकाले फोहोरमैला ब्यवस्थापनमा फड्को मारेको छ” उहाँले भन्नुभयो, “नगरपालिकाले सञ्चालन गरेको यो काम आफैंमा महत्वपूर्ण र देशमै उत्कृष्ट एवं नमुना भएको दाबी हाम्रो छ ।”

विसं २०७३ मा स्थापना भएको भिरकोट नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट नगरको फोहरमैला व्यवस्थापनका लागि सरसफाइ केन्द्र र पार्क निर्माण कार्य थालेको हो । राष्ट्रिय योजना आयोगको सङ्घीय विशेष अनुदान रु तीन करोड र नगरपालिकाको रु एक करोड गरी रु चार करोड लगानी भएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

“सरसफाइ केन्द्रको व्यवस्थापन र पार्कलाई थप सौन्दर्यकरण गर्न अझै काम बाँकी छन्”, उहाँले भन्नुभयो, “कुन ठाउँमा कस्तो संरचना निर्माण गर्दा अझै आकर्षक हुन्छ भनेर विज्ञको सहयोगमा योजना बनाइरहेका छौँ ।”

देशका विभिन्न ठाउँबाट हामीले गरेको कामको अवलोकन गर्न आउने गरेकाले थप ऊर्जा मिलेको दाबी उहाँको थियो । बजार वृद्धि हुँदै जाँदा भोलिका दिनमा फोहोरको मात्रा पनि बढ्दै जाने हुँदा अहिलेदेखि नै सोहीअनुसारको पूर्वाधार निर्माण गरी अगाडि बढिरहेको उहाँ बताउनुहुन्छ । सरसफाइ केन्द्र तथा पार्कस्थलमै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि थप पूर्वाधार निर्माणको चरणमा नगरपालिका छ । “सरसफाइ केन्द्र तथा पार्क परिसरमै पर्यटकीय ताल निर्माण गर्दैछौँ”, उहाँले भन्नुभयो, “तालको बीचमा मन्दिर हुने र मन्दिरसम्म पुग्न तथा ताललाई फन्को लगाउन डुङ्गा शयर गर्ने गरी तयारी थालिएको छ ।”

सोही ठाउँमा चार वटा सटरसहितको व्यापारिक भवन निर्माण गरी आम्दानीको स्रोतको रुपमा विकास गर्दै लैजाने योजनामा नगरपालिका छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत रु चार करोडको लगानीमा पूर्वाधार निर्माण हुन लागेको हो । पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने क्रममा नगरपालिका रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले तालिम दिएसँगै अहिले टोलटोलमा कुहिने, नकुहिने तथा सिसाजन्य फोहरहरु छुट्टाछुट्टै भाँडामा सङ्कलन गर्दै आइएको भिरकोट–१ बयरघारी बजारमा रहेको राधाकृष्ण टोल विकास समितिका संयोजक ढाकाराम खनाल बताउनुहुन्छ । “टोलमा रहेका होटल, पसल तथा अन्य घरबाट निस्कने फोहरलाई घरमै वर्गीकरण गरेर राख्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “घरमा छुट्टाछुट्टै भाँडामा राखिएको फोहरलाई नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी आउँदा त्यसैमा राखिदिन्छौँ ।”

टोलटोलबाट सङ्कलन गरिएको फोहरलाई पालिकाले सरसफाई केन्द्रमा लगेर पुनः वर्गीकरण गरी पुनःप्रयोगका लागि बिक्री गरी आम्दानी लिंदै आएको उहाँले बताउनुभयो ।

“सुरुका दिनमा चोकचोकमा कुहिने, नकुहिने डस्टबिनहरु राखिएको तर डस्टबिन राखेको ठाउँमा नरहने, फुटाइदिने जस्ता क्रियाकलाप भए”, उहाँले भन्नुभयो, “पछि टोलको सक्रियतामा रकम सङ्कलन गरी घरघरमा कुहिने, नकुहिने फोहोर सङ्कलन गर्नकालागि डस्टविन खरिद ग¥यौं, त्यसपछि सहज भएको छ ।”

कुहिने फोहरलाई डस्टबिनमा सङ्कलन गर्ने र नकुहिनेलाई केही घरले डस्टबिनमै सङ्कलन गर्दै आएका छन् भने केहीले कार्टुन तथा बोरामा सङ्कलन गरी गाडीमा राखिदिने गरेको उहाँले बताउनुभयो । नगरपालिकाले फोहरमैलाबापत घरधनीसँग मासिकरुपमा रकम पनि लिने गरेको छ । नगरपालिकाले आवासीय घरबाट रु एक सय, किराना, फलफूल तथा तरकारी पसल, होटलबाट रु एकसय ५०, सैलुनहरुबाट रु एक सय २५ रकम मासिकरुपमा उठाउँदै आएको छ ।

दक्षिण कोरियाले सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्दै

दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि अझ राम्रो निगरानी गर्न यसै महिनाको अन्त्यमा आफ्नो पहिलो घरेलु जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाइरहेको बताएको छ । उत्तर कोरियाले आफ्ना विरोधीहरूलाई निशाना बनाउन आणविक हतियारहरूको विस्तार गर्न जोड दिइरहेका बेला दक्षिण कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्न लागेको हो ।

उत्तर कोरिया सम्भवतः प्राविधिक कारणले अक्टोबरमा आफ्नै टोही उपग्रह प्रक्षेपण गर्ने प्रयास पूरा गर्न असफल भएको बेला दक्षिण कोरियाको यो योजना सार्वजनिक भएको हो । मुलुकको पहिलो सैन्य जासुसी उपग्रह नोभेम्बर ३० मा क्यालिफोर्नियाको भान्डेनबर्ग वायुसेना बेसबाट प्रक्षेपण गरिने दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता जियोन हा ग्युले सोमबार पत्रकारहरूलाई बताउनुभयो ।

उक्त उपग्रहलाई स्पेसएक्सको ‘फाल्कन ९’ रकेटले लैजाने छ । दक्षिण कोरियाको रक्षा अधिग्रहण कार्यक्रम प्रशासनका अनुसार स्पेसएक्ससँग भएको सम्झौताअन्तर्गत दक्षिण कोरियाले सन् २०२५ सम्ममा चारवटा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ ।

दक्षिण कोरियासँग अहिले आफ्नै कुनै सैन्य उपग्रह छैन । उत्तर कोरियाको गतिविधिमाथि निगरानी गर्न ऊ अमेरिकी जासुसी उपग्रहहरूमा निर्भर छ ।आफ्नै जासुसी उपग्रहको स्वामित्वले दक्षिण कोरियालाई निकट समयमा उत्तर कोरियामाथि निगरानी गर्नका लागि स्वतन्त्र अन्तरिक्षआधारित निगरानी प्रणाली प्राप्त हुनेछ ।

दक्षिण कोरियाको विज्ञान तथा प्रविधि नीति संस्थाका फेलो लि चुन ग्युनका अनुसार मुलुकको तथाकथित थ्रि–एक्सिस प्रणाली प्रिमप्टिभ स्ट्राइक, क्षेप्यास्त्र प्रतिरक्षा र प्रतिशोधात्मक सम्पत्तिहरू एकैसाथ सञ्चालन गर्दा उत्तर कोरियाविरुद्ध मुुलुकको समग्र प्रतिरक्षा व्यापकरूपमा वृद्धि हुनेछ ।

उहाँले अमेरिकी जासुसी उपग्रहले उच्च रिजोल्युसन इमेजरी उत्पादन गर्ने तर ती दक्षिण कोरियाको नभई अमेरिकी रणनीतिक उद्देश्यअन्तर्गत सञ्चालन हुने बताउनुभयो । अमेरिकाले कहिलेकाहीँ दक्षिण कोरियालाई अत्यधिक संवेदनशील जानकारी भएका स्याटेलाइट तस्बिर पनि नदिने गरेको उहाँको भनाइ छ ।

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

कञ्चनपुर, २० कात्तिक ः पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ । इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन् ।

कोरोनाको सङ्क्रमण घटदै गएसँगै आवतजावतका लागि वातावरण सहज भएकाले विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको हो । भारतबाट स्थलमार्ग हुदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य(युके), संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन् ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन् ।
गत जनवरीमा ३१, फ्रवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ पर्यटक भित्रिएका थिए। यसैगरी सन् २०२० मा छ सय २० र सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए ।
सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य रहेको छ । भारत सरकारले निश्चित नाकाहरुबाट मात्रै पर्यटक बाहिरिने अनुमति दिएकाले यस नाकाबाट बाहिरिने पर्यटक शून्य भएका हुन् । कोरोना महामारीको संङ्क्रमण पश्चात्(सन् २०२१ को डिसेम्बर देखि) सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको उहाँले बताउनुभयो ।

“सीमा नाका भएर भित्रिने पर्यटकमध्ये केही एकदिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेका छन्” अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले भन्नुभयो, “केही सिधै गन्तव्यमा जाने गरेका छन् ।”
उहाँका अनुसार अधिकांश पर्यटक पोखरा, काठमाण्डौं, लुम्बीनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेका छन् भने महिनामा एक दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेका छन् ।

“कुन गन्तव्यमा जाने भन्नेबारे विदेशी पर्यटकले आउनु अघि नै योजना बनाइसकेका हुन्छन्” उहाँले भन्नुभयो, “सोही अनुसार उहाँहरु होटेलमा बसेर तोकिएको गन्तव्यमा जाने मार्ग प्रयोग गर्ने गरेका छन ।” भारतहुदै यहाँ आइपुग्ने अधिकांश पर्यटकले भारतीय रुपैंया बोकेर आउने गरेका र भिसा दिँदा लाग्ने शुःल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुदा डलर खोज्न झन्झट हुने गरेको छ ।

नेपाली नागरिकसंग बैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुःल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई छ । यसैगरी पर्यटकले तोकेको समय अबधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुःल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको सूचना अधिकारी भट्टले जानकारी गराउनुभयो । उहाँका अनुसार वैवाहिक भिसाको म्याद थप्ने विदेशीहरुको सङ्ख्या केही वर्षदेखि बढ्दो रहेको छ ।

कोरोनामा बन्द भएका फिल्म हल खुल्न सकेनन्

कटारी (कटारी), २० कात्तिक : कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पथ्र्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गथ्र्यो ।

करिब तीनदशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलाएको थियो । पछिल्लो समय कोभिड– १९ को सङ्क्रमणका कारण हल बन्द गर्नुपर्ने अवस्था आएपछि बन्द रहेको यो हल सञ्चालनमा आउन सकेको छैन । लामो समय कोरोनाका कारण बन्द भएपछि हल सञ्चालन गर्न नसकिएको हलका व्यवस्थापक उमेश कटुवालले बताउनुहुन्छ ।

कोरोना सकिएपछि प्रेमगीत ३ चलचित्र सञ्चालन गरे पनि हल मर्मत गर्नुपर्ने अवस्था आएकाले पुनःसञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । हल मर्मत गर्न आवश्यक रकमको अभावमा सञ्चालनमा ल्याउन नसकिएको उहाँ बताउनुहुन्छ । हल सञ्चालक प्रयास कार्की हलमा लगानी गर्ने सोचमा हुनुहुन्न । “पाँच सात लाख रुपैयाँ लगानी गरेर नाफा आउने अवस्था छैन्”, कार्की भन्नुहुन्छ, “एक्लो प्रयासले लगानी गर्दा अब हलबाट नाफा कमाउन सकिन्दैन ।”

कटारीको मात्रै होइन जिल्ला सदरमुकाम गाईघाटमा पनि अहिले हल चल्न नसकेको लामो समय भयो । कोरोनाकाल सम्म जेनतेन चलेको गाईघाटको फिल्म हल पनि त्यसपछि सञ्चालनमा आउन सकेको छैन । गाईघाटमा पनि तीन दशकअघिको शुभलक्ष्मी हल अहिले जीर्ण अवस्थामा पुगिसकेको छ । शुभलक्ष्मी हल कमजोर बनेको भन्दै गाईघाटमा खुलेको बाबारानी हल पनि कोरोनाअघिदेखि नै बन्द छ ।

बाबारानीले हल हटाएर त्यस ठाउँमा अन्य व्यवसाय सुरु गरिसकेको छ । बाँकी एकमात्र शुभलक्ष्मी हलमा पनि लगानी गर्न नसकिने अवस्थामा पुगेको सञ्चालक जगदिश साह बताउनुहुन्छ । “लगानी गरेर के गर्ने हिन्दीफिल्म चलाउन महँगो पर्छ, नेपाली फिलिमले लगानी पनि उठाउँदैन”, उदयपुरका कलाकार मिथुन ठाकुर भन्नुहुन्छ, “जिल्लामा राम्रो हल नहुँदा मनोरञ्जन क्षेत्र अगाडि बढ्न सकेको छैन् ।” जिल्लाको पूर्वी क्षेत्रमा अहिलेसम्म कुनै हल नै सञ्चालनमा आउन सकेको छैन । पछिल्लो समय प्रविधिका कारण मोबाइलबाट नै मनोरञ्जन प्राप्त हुनेहुँदा हलमा लगानी गर्नसक्ने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।

‘योजनामा तीनै तह समेटिनुपर्छ’ – मुख्यमन्त्री जम्कट्टेल

मनहरि, २० कात्तिक : राष्ट्रिय योजना आयोगले तयार पार्ने योजनामा सरकारका तीनै तह समेटिनुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिगो विकासका लक्ष्य हासिल गर्न संविधानको मर्म भावनाअनुसार क्षेत्राधिकारसँग मेल खाने योजना तयार गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले आज बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेकोे सोह्रौँ योजना आर्थिक वर्ष २०८१/८२–२०८५/८६ तर्जुमा सम्बन्धी प्रारम्भिक मस्यौदा माथिको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले परिवर्तित राज्य व्यवस्थाअनुसार नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिनुभयो ।

प्रदेश अनुसारको योजना नीतिलाई नयाँ ढङ्गले विकास योजना तयार गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री जम्कट्टेलले सम्बन्धित प्रदेशको साधनस्रोतलाई उचित परिचालन हुनेगरी तयार गर्नुपर्ने बताउनुभयो । आवश्यकता पहिचान नगरी योजना तर्जमा गर्दा सोचेजस्तो सफलता हासिल गर्न नसकिने भएकाले त्यसतर्फ उचित ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा संरचनात्मक रुपान्तरणका लागि प्रस्तावित विषयलाई समेटेर योजना तयार गरिने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले प्रदेशको समृद्धि एवं सन्तुलित र दिगो विकास कार्यलाई तीव्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने बताउनुभयो । मस्यौदा माथिको छलफल मङ्गलबार सम्म चल्नेछ ।

स्थानीय सेवा गठन विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २० कात्तिक : कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको छ ।

सो प्रस्ताव विनाविभागीय मन्त्री शम्शेर राईले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन सहित) को नियम ९२ बमोजिम पेश गर्नुभएको थियो । यसैगरी, ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ उपसभामुख सृजना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको छ ।

सो अध्यादेश विनाविभागीय मन्त्री गणेशप्रसाद उप्रेतीले पेश गर्नुभएको थियो । दुवै मन्त्रीले कर्णाली प्रदेशमा आएको भूकम्पबाट भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकार चुस्तदुरुस्त एवं विधिपूर्वक सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अध्यादेश अस्वीकृतका लागि प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेसका भूपेन्द्र राई, नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगर र नेकपा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बूले दिनुभएको निवेदन फिर्ता लिनु भएपछि सो अध्यादेश निर्णयार्थ प्रस्तुत भएको थियो ।

विशेष समय

नेकपा एमाले संसदीय दलका तर्फबाट रामबहादुर राना मगरले कर्णाली प्रदेशमा आएको भूकम्पबाट जोखिममा रहेका जनतालाई तत्काल उद्धार गरी गाँस, बास र कपासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सरकारलाई आन्तरिक उत्पादनलाई व्यवस्थित गरी उद्योगलाई स्थापित गर्न उहाँले सुझाव दिनुभयो । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कर्णाली प्रदेशमा आएको भूकम्पले धेरै जनधनको क्षति भएकाले सरकारले सक्दो सहयोग गरी नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभयो । उहाँले प्रदेश सरकारले भूकम्पपीडितका लागि तत्काल गरेको सहयोगप्रति धन्यवाद दिँदै समस्यामा परेका जनतालाई राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समय

मुलुकको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, खिनु लङ्बा लिम्बू, गोपाल तामाङ, गोपालबहादुर विश्वकर्मा, गोम्बू शेर्पा, मीना श्रेष्ठ, मैया श्रेष्ठ, रमेश बस्नेत, रामदेव यादव, रेवतीरमण भण्डारी, शोभा चेम्जोङ, शिला दीक्षित कार्की, सुनिताकुमारी गुरुङ र सृजना राईले बोल्नुभएको थियो ।

सभामा कर्णाली प्रदेशमा आएको भूकम्पबाट ज्यान गुमाएका जनताप्रति गहिरो शोक एवं दुःख व्यक्त्त गर्दै शोक प्रस्ताव पारित गर्नुका साथै एक मिनट मौण धारणा गरिएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने उपसभामुख दनुवारले जानकारी दिनुभयो ।

‘राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता’ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २० कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । भूकम्पपीडितको उद्धार तथा राहतमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको भेटमा उहाँले पीडितलाई सबै प्रकारको सहयोग गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई ऊर्जा मिलेको छ ।” रास्वपाले दिएका सुझावलाई यसअघि नै सरकारले मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गरिसकेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले तपाईंहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैँमा पनि सरकारलाई एउटा नयाँ ऊर्जा मिलेको महसुस भएको छ ।” उहाँले पीडितसमक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो ।

विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितको राहत र पुनः स्थापनामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसका लागि कानुनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता छ, राहत र पुनःस्थापनालाई मोडेलका रुपमा अगाडि बढाउनेमा सरकार दृढ छ ।”

सो अवसरमा रास्वपाका उपसभापति डोरप्रसाद अर्यालले छबुँदे सुझाव दिँदै राहत सामग्री पीडितसमक्ष पुगे/नपुगेका अनुगमन गर्न, चिसोको समय रहेकाले पीडितको अवस्थाबारे विशेष ध्यान दिन तथा राहत र पुनः स्थापनाका लागि कानुनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भूकम्पमा बाँचेकाहरु भन्छन् : ‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि’

जानकी (बाँके), २० कात्तिक : ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँशु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।

छब्बीस वर्षीया यमुनाको भनाइअनुसार शुक्रबार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुत्नु भएको थियो भने तल उहाँको तीन जना परिवार । भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेको झैँ लागेको थियो । जब अचानक घरको माथिल्लो भाग खस्यो त्यसपछि सबै घर भत्कियो ।

भाग्न नपाउँदै घरले उहाँको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो । उहाँले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाउनुभयो, ‘‘हामी भाग्नै पाएनौं । म, मेरो श्रीमान र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो ।’’ शनिबार दिउँसो अस्पतालको प्राङ्गडमा बिरामी श्रीमान्लाई खाना बोकेर जाँदै गर्नुभएकी यमुनाले श्रीमान्को दाँहिने कोखामा काठले चोट लागेको बताउनुभयो । भूकम्पमा परेर उहाँको दाँहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ ।

यमुना विस्तारै हिँडडुल गर्न सक्नुहुन्छ भने उहाँको श्रीमान्लाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ । छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाड्नु भएको छ । एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनु पर्दाको पीडाले सताएको त छ नै । नसोंचेको घटना भयो । आमा र दाइलाई गुमाउनु पर्दा असैह्य पीडा भएको यमुनाले रुँदै बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “अस्पतालसम्म श्रीमान्लाई ल्याएर उपचार गराउन पाएकोमा उहाँलाई केही हलुको भएको छ । अब त उहाँलाई केही हुँदैन जस्तो लागेको छ ।” छोरालाई अरुको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमान्को उपचारमा आएकी यमुनालाई भूूकम्पले अझै तर्साइरहेको बताउनुहुन्छ । उहाँ बेलाबेलामा एकोहोरो हुने, डराइरहेको जस्तो देखिनुहुन्छ ।

नलगाड नगरपालिका–१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ । भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उहाँका परिवारका सबै सदस्य सकुशल नै छन् । छोराको टाउकोमा भने चोट भने लागेको छ । “भूकम्प जाँदा होश नै भएन । बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो । अस्पतालसम्म आइपुगेका छौँ । केही दिनमा ठीक होला भन्ने विश्वास छ”, उहाँ भन्नुहुन्छ ।

छोरालाई पीडामा छट्पटाएको देख्न सकिरहेको छैन भन्नुहुन्छ यादव । सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिंढी बसेर रोइरहनु भएका यादवले उपचारमा खटिनुभएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ । ‘‘भूकम्प जाँदा हामी सबैजना घरमै सुते पनि निदाएका भने थिएनौं । एक्कासी भूकम्प गएको क्षणभरमै घर भत्कियो । मैले चनाखो भएर भत्किएको घरबाट आफना बच्चाहरु र श्रीमतीलाई निकाल्न सफल भएँ । तर मेरा साढे तीन वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’’ यादवले रुँदै छोरालाई लागेको चोटको कथा सुनाउनुभयो ।

यादव जस्तै भूकम्पमा परी घाइते भएकाहरु अस्पतालभित्र अर्धचेत अवस्थामा शय्यामा छन् भने उहाँहरुका आफन्तजन र परिवारका सदस्यहरु बाहिर घाइतेहरुको शिघ्र उपचारको आशामा पर्खाइमा छन् । यमुना र यादव जस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा शाह पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा हुनुहुन्छ । ईशालाई भूकम्पले टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ ।

दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा जानुभएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीहरुसँगै रातिको खाना खाएर सुत्नु भएको थियो । आफ्नो छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाउनुभयो । “हामी दसैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ । यही आइतबार फर्कने हाम्रो तयारी थियो । तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर गयो”, सुवर्णाले रुँदै पीडा पनि सुनाउनुभयो ।
उहाँका एक छोरी र एक छोरी हुनुहुन्छ । सपरिवार नै दसैँ मनाउन जाजरकोट जानुभएकी सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाईते भएको उहाँले बताउनुभयो । “चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ । भगवान्सँगै छोरीलाई केही पनि नहोस्, उनलाई चाँडै निको भइदियोस् भनेर प्राथना गरिरहेको छु । भाग्यले उनलाई बचाएको छ । अब डाक्टरले पनि बचाई दिनु हुनेछ भन्ने आशा छ”, सुवर्णाले छोरीको मायमा रुँदै भन्नुभयो ।

चन्दा शाह पनि भूकम्पमा परी घाइते हुनुभएका श्रीमान् चाँडै नै निको हुने आशामा हुनुहुन्छ । भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाँहिने खुट्टा भाँचिएको छ । विमल शनिबार बिहान भेरी अस्पतालमा उपचारका लागि पुग्नुभएको पहिलो बिरामी हुनुहुन्छ ।

परिवारबाट १० वर्षदेखि अलग बस्दै आउनुभएका कार्कीलाई उहाँकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पु¥याउनुभएको थियो । चन्दालाई पनि यमुनालाई जस्तै श्रीमान्को रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ भएको छ । “भूकम्पले मेरो श्रीमान्लाई घाइते बनाएपनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ”, श्रीमती चन्दाले रुँदै भन्नुभयो । विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्दै आउनु भएको थियो भने चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्ने गर्नुहुन्थ्यो । आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागे जस्तै भएको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएका जाजरकोटबाट ३८ जनाको अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ । अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रबार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । प्रजिअ पोखरेलका अनुसार शनिबार राति साढे बाह्र बजेसम्म थप छ जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ । उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलले हिजो शुक्रबार नै नौ जना डाक्टरको टोलीसहित आवश्यकीय औषधिहरु रुकुमको चौरझारीमा पठाइसकेको पनि बताउनुभयो । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा एक सय पाँच वटा शय्या तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र अन्य आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीका लागि राझा बिमानस्थल र सैनिक ब्यारेकको हेलिप्याडमा दुई÷दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

बिरामीलाई रगतको अभाव हुन नदिन केही पिन्ट रगत मौज्दात रहेको छ । अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाताको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भूइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताउनुभयो । जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

नेपाल-अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण

वासिङ्टन डिसी, २० कात्तिक : अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिका आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको भ्रमण व्यस्त कार्यतालिकाका साथ सम्पन्न भएको छ । लामो समयपछि दुई देशबीच परराष्ट्र मन्त्रीस्तरमा द्विपक्षीय वार्ता सौहार्दपूर्ण रुपमा फलदायी भएको छ ।

नेपालमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गरेर गत सोमबार बिहान डिसी आइपुग्नुभएका मन्त्री साउदले सोही दिन अमेरिकाको विदेश मन्त्रालयमा आफ्ना समकक्षी ब्लिङ्केनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

उक्त छलफलमा नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण साझेदार रहेको अमेरिकाले विगत ७६ वर्षदेखि नागरिकस्तरको सम्बन्धसमेत मजबुत बनाउँदै आएको मित्रराष्ट्र अमेरिकाको प्रयासको मन्त्री साउदले प्रशंसा गर्नुभएको थियो । आफ्नो सम्बोधनका क्रममा पनि मन्त्री साउदले दूरीका हिसाबले दुई देश टाढा रहेपनि पारस्परिक सहयोगमा भने अमेरिका नेपालको एक महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्नुभएको थियो ।

अमेरिकाले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा झण्डै आठ दशकदेखि पु¥याउँदै आएको सहयोग महत्वपूर्ण रहेको छ । सन् १९५१ मा काठमाडौँमा १० हजारलाई टेलिफोन विस्तारको सहयोग गरेर अमेरिकी सहयोग नियोगमार्फत पूर्वाधार क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकाले मलेरिया उन्मुलनदेखि कृषि विश्वविद्यालयको सुदृढीकरण हुँदै हजारौँ पिस्कोर स्वयंसेवकलाई नेपालको शिक्षा, स्वास्थ्य खानेपानीलगायतका क्षेत्रमा गर्दै आएको सहयोग सामाजिक आर्थिक रुपान्तरणका लागि महत्वपूर्ण बन्दै आएको छ ।

कूटनीतिक सफलता

अमेरिका नेपालको मुख्य विकास साझेदार मात्र होइन एक्काइसाँै शताब्दीको द्रुतगतिमा भइरहेको सूचना प्रविधि र नवीनतम् उत्पादनमा नेपाललाई पनि हातेमालो गरेर अगाडि बढ्ने रणनीतिका साथ काम गर्दै आएको एक असल मित्रराष्ट्र पनि हो ।

विगत एक वर्षमा हेर्ने हो भने अमेरिकी र नेपालका अधिकारीहरुको भ्रमण आदानप्रदानको शृङ्खला देखिन्छ । हरेक महिनाजस्तो अमेरिकामा नेपालका सरकारी अधिकारी, सांसदहरुको समूह र कूटनीतिक भ्रमणको आदानप्रदान र सहकार्य जारी रहेको छ । विगत एक वर्षमा मात्र पनि युएसएआइडिकी प्रमुख प्रशासक समान्था पावर, सहायक विदेशमन्त्री डोनाल्ड लु लगायतका अधिकारीहरुले नेपालको भ्रमण गरिसक्नुभएको छ ।

यता डिसीस्थित नेपाली दूतावासले पनि आफ्नो सक्रियतालाई बढाएर अमेरिकाको संसद्मा कङ्ग्रेस गठन भइसकेको छ । अमेरिकी सिनेटरको भ्रमणलगायतका विषयले नेपाल र अमेरिकाबीचको कूटनीतिक सक्रियताले तीव्रता पाएको छ । ह्वाइट हाउसले आयोजना गर्दै आएको र दोस्रो पटक आयोजना भएको डेमोक्रेसी समिटमा यसै वर्ष नेपालको सहभागिताले नेपालको संविधानप्रदत्त प्रजातन्त्र, मानव अधिकार, विधिको शासन, पारदर्शीता, सुशासनका विषयमा अगाडि बढिरहेको सन्देश दिन सफल भएको छ ।

यस पटकको परराष्ट्र मन्त्रीस्तरीय भ्रमणले नेपालले आफूले हासिल गरेका प्रजातान्त्रिक अभ्यास, मानव अधिकार, स्वतन्त्र प्रेसलगायतका विषयमा आफ्ना समकक्षीसँग स्पष्ट धारणा राख्ने अवसर पाएको र यसबाट नेपालको कूटनीतिक उचाइ बढाउने एक महत्वपूर्ण अवसर पनि प्राप्त भएको छ ।

यसपटकको भ्रमणमा मन्त्री साउदले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाहरुको कार्यान्वयनमा जोड दिएको पनि बताउनुभएको छ । मन्त्री साउदले नेपालले कार्यान्वयनमा लगेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को सहयोगलाई समयमा सम्पन्न गरेर दोस्रो एमसिसीका लागि पनि ढोका खुल्नसक्ने सम्भावना यस भ्रमणमा औँल्याउनुभएको छ ।

व्यस्त भ्रमण तालिका

अमेरिकी विदेश ब्लिङ्केनसँग गएको सोमबार विदेश मन्त्रालयमा भएको भेटघाटबाट सुरु भएको मन्त्री साउदले क्याविनेट मन्त्री सरहको पदमा रहेकी युएसएआइडिकी प्रमुख प्रशासक समान्था पावर, अमेरिकी सिनेटको वैदेशिक मामिलाका सदस्य सिनेटर क्रिश भ्यान होलेन, एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अल्व्राइटलगायत एजेन्सीका प्रभावशाली व्यक्तिसँगको भेटघाटमा व्यस्त रहनुभयो । वास्तवमा नेपालको सामाजिक आर्थिक विकासमा यी व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण रहने भएकाले उहाँहरुसँग मन्त्री साउदले गर्नुभएका द्विपक्षीय भेट एवं आवश्यक छलफलले नेपाललाई आगामी दिनमा लाभ नै हुने अनुमान सहजै गर्न सकिन्छ ।

भ्रमणको दोस्रो दिन मन्त्री साउदले अमेरिकी इष्टिच्युट अफ पिसमा नेपालले वर्तमान अवस्थामा गरिरहेको प्रजातान्त्रिक अभ्यास, यस अभ्यासमा नागरिकको सहभागिता र नेपालको समावेशी शासन प्रणालीमा महिलाको पहुँचको मात्र चर्चा गर्नुभएन नेपाल अमेरिकाबीचको सम्बन्धको सिंहावलोकनसमेत गर्नुभएको थियो । उहाँले नेपालको परराष्ट्र नीतिको आधारस्तम्भको रुपमा रहेको पञ्चशील र तटस्थताको सिद्धान्तलाई पालना गर्दै दुई छिमेकीको द्रुतगतिमा भइरहेको विकासका विविध पक्षहरुका बारेमा पनि औँल्याउनुभएको थियो ।

नेपालको कूटनीतिक क्षेत्रका जानकारहरु जहिले पनि नेपालको भूराजनीतिक अवस्थालाई ध्यान दिँदै सबै प्रकारका समस्याको समाधान तनाव र उत्तेजनामा नभई कूटनीतिक तरिकाबाट गर्नुपर्छ भन्ने गर्दछन् । हरेक प्रकारका समस्याहरुको समाधान छलफलबाट अर्थात् कूटनीतिक वार्ताको टेबलबाट नै गर्न सकिने बताउँदै उनीहरु बताउँदै आएका छन् । कुनै पनि वाद र नाममा नेपालको कूटनीतिको छातालाई कोल्टे पार्न हुन्न भन्ने कुरामा नेपाल सदैव चनाखो हुनैपर्छ ।

राष्ट्रसङ्घको वडापत्रमा रहेर ऐतिहासिकरुपमा एक सार्वभौम, तटस्थ राष्ट्रकारुपमा उभिएको नेपालले आगामी दशकौँसम्म यी कुरालाई मध्यनजर राखेर विश्वमञ्चमा आफ्नो उपस्थिति जनाउनुपर्ने स्थिति छ । यो कुरालाई मनन् गर्दै मन्त्री साउदले भ्रमणका दौरानमा पनि नेपालले सदैव पञ्चशीलमा आधारित कूटनीतिमा विश्वास गर्दै आएको बताउँदै आउनुभएको छ ।

अमेरिका भ्रमणको अर्को महत्वपूर्ण उपलब्धिका रुपमा अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहारस्वरुप प्रदान गरिएको एमसिसी परियोजनाको मुख्यालयमा नै पुगेर मन्त्री साउदले भेटघाट गर्दै एमसिसी परियोजनाले नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुका साथै यस परियोजनाका बारेमा नेपालको धारणा पनि स्पष्ट रुपमा राख्नुभएको थियो ।

यसलाई तोकिएको समयमा नै सम्पन्न गरेर नेपालमा स्वास्थ्य क्षेत्रका लागि अर्को एमसिसी लैजानुपर्छ भन्ने मान्यता राख्ने स्वतन्त्र विश्लेषकको टिप्पणी रहेको छ । यसैले यस परियोजनालाई समयमा नै सम्पन्न गरेर नेपालको पूर्वाधार विकासको एउटा नयाँ चरणमा प्रवेश गर्ने कुरामा मन्त्री साउद सफल हुनुभएको देखिन्छ ।

लगानीका लागि अनुरोध

पछिल्ला वर्षमा नेपालको कूटनीतिमा अघि सारिएको एक अर्को अभ्यास हो आर्थिक कूटनीति । यसैलाई मध्यनजर राखेर मन्त्री साउदले अमेरिका चेम्बर अफ कमर्शका लगानीकर्तालाई भेटेर नेपालले लगानीको वातावरण बनाउन कुनै कसर नराखेको बताउनुभयो । उहाँले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्नका लागि एक डलरभन्दा कम अर्थात् सय रुपैयाँमा नै कम्पनी खोलेर वैदेशिक लगानी गर्न सकिने कुरालाई उठाउनुभयो भने अर्कोतर्फ मुनाफा र लगानी फिर्ताका लागि पनि सरकारले लचिलो नीति अङ्गीकार गरेको उल्लेख गर्दै लगानीकर्ताहरुको आशङ्कालाई चिर्न भरमग्दुर प्रयत्न गर्नु भएको थियो ।

उहाँले अमेरिकी लगानीकर्तालाई कार्बन उत्सर्जनका कारणले जलविद्युत् क्षेत्रको विकासका लागि नेपाल महत्वपूर्ण भूमि भएको उल्लेख गर्नुभयो । साथै नेपाललाई सूचना प्रविधिको विकास गरी यसको केन्द्र बनाउन पनि उहाँले अनुरोध गर्नुभयो । मन्त्री साउदले नेपालमा पर्यटनको प्रचुर सम्भावना भएकाले अमेरिकी लगानीकर्तालाई त्यो विषयमा पनि ध्यान दिन अनुरोध गर्नुभयो ।

यहाँ रहेका नेपाली अमेरिकनहरु जसले अमेरिकाका विभिन्न क्षेत्रमा आफ्नो लगानीलाई विविधीकरण गर्दै अगाडि बढिरहेका छन् । उनीहरुलाई नेपालमा लगानी गर्न पनि मन्त्री साउदले अनुरोध गर्नुभयो । सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएका लगानीकर्तालाई सूचना प्रविधिका क्षेत्रमा कम लगानीमा बढी लाभ लिनसमेत उहाँले अनुरोध गर्नुभयो ।

नेपाली ‘डायस्पोरा’लाई विश्वासमा लिन प्रयत्न

अमेरिकाको करिब साताव्यापी भ्रमणका क्रममा मन्त्री साउदले अमेरिकामा बस्दै आएका विभिन्न पेसा समूहका व्यक्तित्वसँग छलफल गर्नुभएको थियो । खासगरी उनीहरुको चासो नेपाली मूलका अमेरिकीहरुले कसरी नेपालमा सहज तरिकाले लगानी गर्न पाउने भन्ने विषयमा मन्त्री साउदले नेपाल सरकार सबै नेपालीले हासिल गरेको सीप, आर्जन गरेको पुँजी र प्रविधि रुपान्तरणका लागि सहजीकरण गर्न सदैव तत्पर रहेको बताउँदै उनीहरुलाई मातृभूमिको रुपान्तरणलाई योगदान गर्न अपिल पनि गर्नुभएको थियो ।

मन्त्री साउदले डायस्पोरामा रहेका नेपालीको हिस्सा ठूलो भएको भन्नुहुँदै उनीहरुलाई उपलब्ध गराइने सेवासुविधाका लागि ‘आउटसोर्सिङ’ समेत गरेर कार्यसम्पादन गरिने बताउनुभएको थियो । सूचना प्रविधिका क्षेत्रमा अमेरिकामा क्रियाशील र लगानीकर्तासँग समेत छलफल गर्दै मन्त्री साउदले नेपाल सूचना प्रविधिको केन्द्र बनाउनका लागि तत्पर रहेको बताउनुभयो । उहाँले नेपालमा सूचना प्रविधिको क्षेत्रमा जनशक्तिसमेत उत्पादन हुँदै गएकाले उक्त जनशक्तिलाई परिचालन गरेर काम गर्न सूचना प्रविधि क्षेत्रका व्यक्तित्वसँग अपिल गर्दै हुनुहुन्थ्यो ।

परराष्ट्र मन्त्रीका हैसियतमा विगत पाँच वर्षपछि अमेरिकाको भ्रमणमा आउनुभएका मन्त्री साउदले वाशिङ्गटन डिसीमा गर्नुभएका छलफल र भेटघाटले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन तथा पारस्परिक सहकार्यका लागि थप मार्ग प्रशस्त गर्न सफल भएको छ ।

नेपालले हासिल गरेको प्रजातान्त्रिक अभ्यास, आवधिक निर्वाचन, जनसहभागिता, मानव अधिकारको रक्षा, स्वतन्त्र प्रेसजस्ता विषयमा अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी रहँदै आएको छ । यसलाई उच्चस्तरको भ्रमणमार्फत भए गरेका प्रगति र हासिल गरेका उपलब्धिलाई छलफलको टेबलमा राखेर भविष्यको मार्गचित्र तय गरिनु अर्को महत्वपूर्ण उपलब्धि हो ।

नेपालको मित्रराष्ट्र रहेको अमेरिकाले नै सन् १९५० को दशकमा नै नेपाललाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाउनका लागि महत्वपूर्ण पहल गरेको हो । नेपाल र अमेरिकाले विभिन्न विषयमा विविध अन्तर्राष्ट्रिय फोरममा सहकार्य पनि गर्दै आएका छन् । त्यसबाहेक नेपाललाई ठूलो परियोजनामा अनुदान दिएर नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले खेल्दै आएको भूमिका पनि प्रशंसनीय नै छ । यसका अतिरिक्त पछिल्ला दशकमा दुई देशबीचको नागरिकस्तरको सम्बन्ध पनि विस्तारित हुदै गएको छ ।

जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका, मृत्यु हुनेमा महिला धेरै

भेरीगङ्गा (सुर्खेत), २० कात्तिक : जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् ।

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताउनुभयो ।

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।”

मृत्यु हुनेमा महिला धेरै
भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिनुभयो । रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ ।

बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।

भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे शुभ

काठमाडौँ, २० कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० ः ५१ बजे शुभ रहेको जनाएको छ ।
भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।

भूकम्पपीडितलाई राहत वितरणमा एकरुपता कायम गर्न रास्वपाको माग

काठमाडौँ, २० कात्तिक : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली कार्यान्वयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

सो पार्टीका उपसभापति डोलप्रसाद अर्याल नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर विगतमा राहतको नाममा कुहिएको चामल दिने तथा कसैले दोहोरो, तेहोरोसम्म राहत प्राप्त गरेकोमा यस पटक पीडितले खानयोग्य राहत समयमै पाउने गरी वितरण गर्न रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो ।

रास्वपाले सरकारलाई सडक पहुँच राम्रो नभएको ठाउँलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न सुझाव दिएको छ । त्यस्तै उद्धार र राहत वितरणमा सरकारलाई आवश्यक परेमा पार्टी संयन्त्रको उपयोग गर्न सकिने पनि रास्वपाले जनाएको छ ।

जाडोयाममा भूकम्प प्रभावितको जनजीवन थप कष्टकर हुन सक्नेतर्फ ध्यान दिई तत्काल बसोबासका लागि आवश्यक प्रबन्ध गर्न सम्बन्धित निकायलाई सचेत गराउन रास्वपाले अनुरोध गरेको छ । विगतमा भूकम्प प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा भएको ढिलासुस्ती नदोहो¥याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

भूकम्प प्रभावितका लागि स्वदेश तथा विदेश, सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राप्त राहत सामग्रीको वितरण लक्षित जनतासम्म पु¥याउने कामको अनुगमन गर्नसमेत प्रधानमन्त्रीलाई रास्वपाले अनुरोध गरेको छ ।

समाजवादी मोर्चा नेपालद्वारा भूकम्पपीडितलाई सहयोग गर्न आग्रह

काठमाडौँ, २० कात्तिक : समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नाका साथै पीडितलाई गाँस, बाँस, कपास र पुनःस्थापनाका लागि राहत उपलव्ध गराउन सरकारसँग माग गर्नुभएकोे छ ।

पीडितको उद्धार तथा आवश्यक उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको उक्त विज्ञप्तिमा तीनै तहका सरकारले पीडितको उद्धारमा देखाएको अग्रसरताको सह्राना गरिएको छ ।

विज्ञप्तिमा मोर्चा आवद्ध दल त्यसका सबै कमिटीलाई उद्धारमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ । विपतको बेलामा सबै प्रकारका सहयोग तथा राहतको व्यवस्था गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह पनि गरिएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालयका अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २० कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध रु दुई करोड नौ लाख ३१ हजार छ सय ४७ बिगो दावी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध रु एक करोड ४९ लाख ६९ हजार एक सय ४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगाना विरुद्ध रु ३५ लाख ४५ हजार नौ सय ५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल विरुद्ध रु १६ लाख ८१ हजार छ सय बराबरको बिगो र कैदको माग दाबी गरेको छ ।

यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध रु दुई लाख ४४ हजार चार सय ६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध रु एक करोड ४१ लाख ४७ एक सय ७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध रु पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ बराबरको बिगो र कैद दावी गरिएको आयोगले जनाएको छ । आरोपी सबैलाई कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

रुकुमपश्चिममा १६ हजार पाँच ७० घर पूर्णरुपमा क्षतिग्रस्त

रुकुमपश्चिम, २० कात्तिक : भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताउनुभयो ।

नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गर्नुभएकाे प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ ।

समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार एक सय ४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्णरुपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् ।

चौरजहारी नगरपालिकामा एक हजार नौ ८७ घर पूर्ण र चार हजार तीन सय ७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीन सय घर पूर्णरुपमा र तीन हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घर पूर्ण र एक हजार दुई सय ५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित अत्यावश्यक वस्तुको सहजता होस् – समिति

काठमाडौँ, २० कात्तिक : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्र्देशन दिएको छ । समितिको आजको बैठकले व्यक्ति र संस्थागतरुपमा प्राप्त राहत र सहयोग एकद्वार प्रणालीबाट वितरणको प्रभावकारी व्यवस्था मिलाउन पनि भनेको छ ।

समितिले भूकम्पपीडितका लागि तत्काल अस्थायी बसोबास, शुद्ध पिउने पानी, स्वच्छ र स्वस्थ्यकर खानेकुरा, औषधिलगायतका दैनिक अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन पनि सुझाव दिएको छ । समिति सभापति अब्दुल खानको अध्यक्षतामा बसेको बैठकले भूकम्पमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्यमा सबै पक्षबाट भएको भूमिका र प्रयासप्रति आभारसमेत प्रकट गरेको छ । गत शुक्रबार राति गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु हुनुका साथै दुई सय ४० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।

भूकम्प प्रभावितको खोज, उद्धार तथा राहतमा कर्णाली सरकार

कर्णाली, २० कात्तिक : यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ मा जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट एक सय ५७ जनाको ज्यान गइसकेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त भूकम्पबाट नौ सय १० पूर्ण र दुई हजार आठ सय ६१ भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पमा परी दुई सय ४६ जना घाईते भएका छन् । घाइतेमध्ये एक सय ४६ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।

कर्णाली सरकारले खोज, उद्धार र राहतका कामलाई निरन्तरता दिएको छ । प्रदेशअन्तर्गत मन्त्रिपरिषद्का सदस्यहरु भूकम्प प्रभावित क्षेत्रमा खटिएर काम गरिरहेको प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खोज, उद्धार र राहतका काम सकेपछि भूकम्पबाट विस्थापितको पुनःस्थापनाका कार्यक्रमलाई अगाडि बढाइने छ ।

आज बिहानैदेखि मुख्यमन्त्री शर्मा प्रभावित क्षेत्र जाजरकोटमा खटिनुभएको छ । उहाँले आवश्यकताअनुसार प्रभावित क्षेत्रका अन्य जिल्लामा समेत सक्रिय हुने जनाउनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह शनिबारदेखि जाजरकोटमै सक्रिय रहनुभएको बताइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल सुर्खेतमा बसेर आवश्यक राहत सङ्कलनदेखि आपूर्ति व्यवस्थापनलगायतका काममा निरन्तर लागिरहनुभएको छ । उहाँले शनिबारदेखि सुर्खेत विमानस्थलमा रहेर प्रभावित क्षेत्रका लागि आवश्यक राहत सामग्री एकद्वार प्रणालीमार्फत जिल्लामा पठाउने काम भइरहेको जानकारी दिनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा रुकुमपश्चिम र सल्यानमा खटिएर काम गर्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ । जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्मा ऊर्जासहित खानेपानीलगायतका काममा प्रभावित क्षेत्रमै खटिएर काम गरिरहनुभएको प्रदेश सरकारका प्रवक्ता एवं कानुनमन्त्री जिसीले बताउनुभयो । उहाँका अनुसार उक्त मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त खानेपानीका योजना मर्मत गर्ने छ ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका भौतिक संरचनाको तथ्याङ्क सङ्कलन तथा अभिलेख राख्ने कार्यमा सक्रिय हुनुभएको छ । शाहीलाई उद्योग, पर्यटन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसीले आवश्यक सहयोग गर्नु हुने कानुनमन्त्री जिसीको भनाइ थियो । प्रभावित क्षेत्रका लागि विभिन्न निकाय तथा क्षेत्रबाट रकम सङ्कलन हुँदै गरेको र प्रदेश सरकारले छुट्याएको रकम केही दिनभित्र सम्बन्धित पालिकामा पठाइने उहाँले जानकारी दिनुभयो ।

पुष्प मेलामा एक करोड १७ लाखको कारोबार, प्रवेश शुल्कबाट उठेको रकम भूकम्पपीडितका लागि सहयोग गर्ने

काठमाडौँ २० कात्तिक ः गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ । रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए। सत्तरी वटा बिक्री कक्ष रहेको उक्त मेलामा बिक्री भएका फूलमध्ये ५० प्रतिशत गोदावरी फूल बिक्री भएको थियो । मेलामा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल दुई, फ्लावर सजावट स्टल दुई र सूचनामूलक पाँच गरी ७० वटा स्टल रहेका छन् ।

पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी शाहस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सांसद् डा तोशिमा कार्की, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतले मेला अवलोकन गर्नुभएको थियो । एशोसिएशनले नेपाली पुष्प व्यवसाहीको उत्पादनलाई प्रोत्साहन एवम् प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथै तिहारलाई लक्ष्य गरेर मेला आयोजना गरेको जनाएको छ ।

पछिल्लो समय काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका बताइएको छ ।

मेलामा प्रवेश शुल्कबाट उठेको रकम भूकम्पपीडितका लागि
आयोजक संस्थाले हिजो एक दिन मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम गत शुक्रबार राति जाजगरकोट र रुकुमपश्चिममा गएको भूकम्प पीडितका लागि सहयोग गर्ने जनाएको छ । सुरुमा पाँच दिनका लागि भनेर सुरु गरिएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै आजसम्म सञ्चालन गरिएको र उक्त रकम भूकम्पीडितलाई सहयोग गर्ने बताइएको छ ।

एशोसिएशनले भनेको छ, “आइतबारको मेलाको टीकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रका भूकम्पपीडितको सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने छ ।” रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ गत मङ्गलवारदेखि सुरु भएको १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार नै सकिएको थियो ।

३७औँ क्यासी सम्मेलन काठमाडौँमा सुरु, राष्ट्रपतिबाट सम्मेलनको शुभारम्भ

काठमाडौँ, २० कात्तिक : एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा ३७औँ क्यासी सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । दुईदिनसम्म चल्ने उक्त सम्मेलनको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो ।

राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गर्नुभयो । “नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सम्मेलन आयोजना गर्न पाउनु नेपालका लागि गर्वको कुरा भएको बताउनुभयो । विश्वका मुलुक पहिलेभन्दा धेरै अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उहाँले प्रविधि, व्यापार र सञ्चारमा भएको दु्रतगतिको विकासले भावी जीवनलाई आकार दिनाका साथै विश्वव्यापीकरणले राष्ट्रहरूलाई नजिकसमेत ल्याएको बताउनुभयो । विश्वव्यापी परिदृश्यको जाँच गर्दा विकासका विभिन्न पक्षहरू जस्तै औद्योगिकीकरण, उद्यमशीलता, दिगोपन, असमानता, हाम्रो भविष्य र राज्यको भूमिकालाई विचार गर्नुपर्ने उहाँको धारणा थियो र

आजको बजारमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्नका लागि साना र मझौला उद्यमीले आफ्नो ब्राण्ड बढाउन र पुँजीमा पहुँच बढाउन र व्यावसायिक जोखिम व्यवस्थापन गर्नका लागि सक्षम हुन दिगोपना महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मेलन दिगोपन, उद्यमशीलता र व्यापारमा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुलुकको आर्थिक विकासका प्रमुख स्तम्भ यिनै हुन् । हामी एशिया–प्रशान्त क्षेत्रका लागि अझ समृद्ध भविष्य सिर्जना गर्ने आकाङ्क्षा राख्छौँ । दुई आर्थिक शक्तिराष्ट्रहरु भारत र चीनको बीचमा अवस्थित नेपालले एशिया प्रशान्त क्षेत्रमा रणनीतिक स्थान ओगटेको छ । यो सम्मेलनले व्यापार सञ्जाल, लगानीका अवसरको खोजी र बहुमूल्य विचार आदानप्रदानका लागि महत्वपूर्ण प्लेटफर्मका रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

अध्यक्ष ढकालले नेपालबाट आयातित जलविद्युत्लाई आफ्नो नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयले भारतको बजारलाई थप वृद्धि गर्ने अपेक्षा गर्नुभयो ।

नेपालमा जलविद्युत् प्रचुर मात्रामा रहेकाले यहाँको दिगो आर्थिक विकासका लागि स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्नसक्ने स्थितिमा रहेको उहाँको भनाइ थियो । नेपालको ऊर्जा क्षेत्रमा लगानी र सहकार्यको सम्भावना खोजी गर्न एशिया प्यासिफिकको निजी क्षेत्रलाई अध्यक्ष ढकालले आग्रह पनि गर्नुभयो ।

अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल सधैँ लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले सगरमाथालगायत विश्वका अग्ला हिमालको भूमि भएकाले यहाँ एशिया–प्रशान्त क्षेत्रबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिनेसमेत बताउनुभयो । विश्वसँग राम्रो ‘कनेक्टिभिटी’ स्थापना गर्न विश्वस्तरीय होटल र विमानस्थललगायत महत्वपूर्ण चार वटा पर्यटन पूर्वाधारमा लगानी भइसकेको र केबलकार, लक्जरी होटल तथा रिसोर्ट, थिम पार्क, हिलस्टेसनलगायत अन्य धेरै क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको अध्यक्ष ढकालको भनाइ थियो

क्यासी अष्ट्रेलियाका अध्यक्ष पिटर एमसीमुल्लिन एएमले उद्यमशीलता र विशेष गरी समावेशी उद्यमशीलताले हाम्रा केही अत्यावश्यक चुनौती समाधान गर्न नयाँ विचार भएका मानिसलाई समर्थन गर्ने बताउनुभयो । उहाँले उद्यमीहरूलाई समर्थन गरेर नयाँ प्रविधिहरू समावेश गरी तिनका विविध समूहलाई समर्थन गरेर र नवप्रवर्तनलाई फस्टाउनका लागि अनुमति दिए न्यायपूर्ण अर्थतन्त्रतर्फ लैजान नयाँ व्यापारको मोडेल देखाउन सकिने बताउनुभयो ।सम्मेलनमा अष्ट्रेलिया, हङकङ, पाकिस्तान, इरान, साउथ कोरिया, टर्की, सिङ्गापुर, ताइवान, रसिया, फिलिपिन्स, भारतलगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

काठमाडौं, २० कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब ७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज बृद्धि भएको छ ।

कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर रु ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट रु तीन करोड ७८ लाख ३९ हजार छ सय ६०,हिमालय बैंक रु तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स रु दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट नौ दशमलब ९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नौ दशमलब ९३, आशा लघुवित्त छ दशमलब १६,दिव्यश्वरी हाइड्रोपावर पाँच दशमलब ८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ८२ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी लघुवित्त चार दशमलब २८, विन नेपाल लघुवित्त तीन दशमलब ९९, एनआइसि एशिया लघुवित्त तीन दशमलब ९१,एनआइसि एशिया ब्यालेन्स फण्ड तीन दशमलब शुन्य एक र माया खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलब ४० प्रतिशतले गुमाएका छन् ।

आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३२ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ २९ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ९७ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा बिक्री दर २८ रुपैयाँ २४ पैसा, साउदी रियाल एकको खरिद दर ३५।४४ रुपैयाँ, बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ।

भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

जाजरकोट, २० कात्तिक : शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो ।

उहाँको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ । शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ ।

शेरबहादुरले भन्नुभयो “मैले अहिलेसम्म राहत पाएको छैन ।” घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उहाँले बताउनुभयो । उहाँले दुखेसो पोख्नुभयो ,“सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।”

त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ । नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले पालको आवश्यकता भएको बताउनुभयो । एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भन्नुभयो, “नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरीसक्छौँ ।”

नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पु¥याएको छ । तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गर्नुभयो । “मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन बरु, मर्ने सम्भावना बढ्यो ।” अहिलेसम्म नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ । भूकम्प पीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताउनुभयो । धेरै पटक टावर माग गरियो तर अहिलेसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ ।

त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा हुनुहुन्थ्यो । त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पको झट्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो ।

भूकम्पको कम्पन नसकिँदै दलबहादुर जोगाउन झ्यालबाट हाम फालेर भागेको सुनाउनुभयो । परिवारका सबै सदस्य कताबाट बाहिरियो आफूलाई अत्तोपत्तोसमेत नभएको उहाँको भनाइ छ । वर्षौंदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो । भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ । केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन । भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटको भन्दा कम छ ।

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताउँनुभयो । “केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सात जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ”,

अध्यक्ष गिरीले भन्नुभयो, “घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर कुनै पनि घर बस्न लायक छैनन् । अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।” उहाँले करिब एक सय वटा घर पूर्णरुपमा भत्केका र चारभन्दा बढी घर चर्किएका बताउनुभयो । “यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ”, उहाँले भन्नुभयो, “घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो ।” भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी ६१ वर्षीया रामकुमार घर्तीले बताउनुभयो ।

“हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।”

उहाँ जस्तैजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जङ्गलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् ।

बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिसकेका छन् । तर जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् । मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन् । हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ । भौतिक संरचनाको क्षतिको विवरण अझै आउन सकेको छैन ।

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

घोराही (दाङ), २० कात्तिक ः घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।

पाँचलाख सहयोग

यसैबीच नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ रु पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो । प्रदेशसभामा एमालेका २७ सदस्य छन् ।

चार रोपनी जमिनमा सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

गल्याङ (स्याङ्जा), २० कात्तिक : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।

जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ । नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले तीन वर्ष पहिले दसैँ तिहारको बीचमा पाँच हजार माला उत्पादन गरेर गाउँपालिकाको कृषि शाखालाई दिएको जानकारी दिनुभयो । उहाँले पहिलो वर्ष पालिका आफैँको पूर्ण लगानी भएकाले करिब रु डेढ लाख बराबरको ड्रम र पाइप आफूहरुलाई दिएको बताउनुभयो ।

“यस वर्ष चार रोपनी जमिनमा तीन हजार पाँच सय बोट सयपत्री फूल लगाएका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “यस वर्ष हावापानी राम्रो भएकाले फूलको उत्पादन लोभलाग्दो छ, लाग्छ फूल बिक्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।” उहाँले यस वर्षको फूलखेतीका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको र ५० प्रतिशत आफूहरुले जनश्रमदान गरेको बताउनुभयो ।

अध्यक्ष थापाले गत वर्ष पनि पालिकाले ५० प्रतिशत अनुदानमा फूलखेती गरिएको बताउनुभयो । “पोहोर साल हावापानी बिग्रियो, पानी धेरै प¥यो र फूल राम्रो उत्पादन नभएकाले रु दुई लाखको मात्र फूल बेच्न सफल भयौँ”, उहाँले भन्नुभयो, “यस वर्ष पहिलो वर्षजस्तै खेती राम्रो छ, करिब रु चार लाख आम्दानी हुन्छ कि भन्ने अपेक्षा छ ।

उहाँले सयपत्री फूलखेतीलाई दिगो बनाउन सिँचाइको समस्या बाधक भएको बताउनुभयो । उहाँले गाउँपालिकाबाट प्राविधिक सहयोग उपलब्ध भए पनि सिँचाइको अभावमा व्यवसायलाई दिगो बनाउन सकिन्न कि भन्ने चिन्ता लागेको उल्लेख गर्नुभयो । उहाँले गाउँपालिकाले अनुदानलगायतका प्राविधिक सहयोगलाई यथावत राखे व्यवसाय विस्तार गर्ने सोचमा आफूहरु रहेको उल्लेख गर्नुभयो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख अनुप पौडेलले भने गाउँपालिकाको पूर्ण लगानी भएकाले बारीचौरमा उत्पादित माला बिक्री गरेर भएको आम्दानी पालिकाको राजस्व शाखामा जम्मा गरेको दाबी गर्नुभयो । उहाँले चार रोपनी जग्गा पालिका आफँैले प्रतिरोपनी रु चार हजार पाँच सय का दरले भाडामा लिएर फूलखेती गरेको जनाउँदै श्रममा खटिने सबैलाई पालिकाले नै पारिश्रमिक भुक्तानी गरेको बताउनुभयो ।

उहाँले कालीगण्डकी फूलैफूलको पालिका बनाउने योजनाअनुरुप पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो । “फूलखेती र ड्रागन खेतीका लागि रु १० लाख बजेट विनियोजन गरेका थियौँ”, उहाँले भन्नुभयो, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदन माथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत रु नौ हजार उपलब्ध गराएका छौँ ।”

उहाँका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गावेशीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका काशीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूहले गरेको फूूलखेती उत्कृष्ट रहेको बताउनुभयो । उहाँले फूलखेती गर्ने हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताउनुभयो ।

कृषि शाखाले जुनसुकै मौसममा पनि फुल्ने क्रर्मा जातको हाइब्रिड सयपत्री फूलखेती गर्न कृषकलाई सिफारिस गरेको छ । उहाँले सयपत्री फूल कृषकले बिक्री गर्न नसके बजारीकरणका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । शाखा प्रमुख पौडेलले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वनमा पालिकाभित्र उत्पादन भएका सयपत्री फूल बिक्री गरेको बताउनुभयो ।

कालीगण्डकी पाँच बाँसटारीमा सयपत्री फूूलखेती गर्नुुभएका रविलाल गौडेलले दुुई रोपनी क्षेत्रफलमा लगाइएको तिहार लक्षित सयपत्री फूूल हुर्कंदै गएको बताउनुुभयो । उहाँले सयपत्री फूलबाटै आत्मनिर्भर बन्ने आफ्नो योजनालाई गाउँपालिकाले सहयोग गरेको दाबी गर्नुुभयो ।

कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौँ : एमाले नेत्री बलम्पाकी

काठमाडौँ, २० कात्तिक : “जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु ।”

‘सांसदसँग रासस संवाद’ मा नेकपा (एमाले) की नेत्री रणकुमारी बलम्पाकी मगर यसरी जनताका माग र आवश्यकता सम्बोधन नभएकामा असन्तुष्टि पोख्दै आफूहरूले कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दैआएको बताउनुहुन्छ । उहाँले सांसदको मुख्य काम अहिले करिब ४० कानुन तत्काल बनाउनैपर्ने रहेकामा किन ढिलासुस्ती भयो भन्ने बुझिनसक्नु रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सदनमा यो मेरो पहिलो प्रवेश हो । यसबीचमा सदन नियमित भएन । कानुन निर्माणमा तपाईँहरूले ध्यान दिनुभएन भन्ने जनताको आरोप छ, यस मामिलामा सरकार स्वयं तात्नुपर्ने हो, हामीले मात्र भनेर हुँदोरहेन छ ।”

सदनमा राजनीतिक दलको सिट सङ्ख्या र त्रिकोणात्मक शक्ति सन्तुलनले राजनीतिलाई सहजरूपमा अघि बढाउन चुनौती खडा गरेको जनाउँदै नेत्री बलम्पाकीले सरकार बचाउने र टिकिरहने मनस्थितिले भ्रष्टाचार, महँगी र अनियमितताका विषयमा तै चुपमैचुपको स्थिति बनेको विचार प्रकट गर्नुभयो । उहाँ भन्नुहुन्छ, “कुटपिट, हत्या, अपहरणमा संलग्न व्यक्तिलाई सरकारले नै संरक्षण दिइरहेको घटना एकपछि अर्काे गर्दै बाहिरिएको अवस्थाले समाज र जनतामा राजनीतिप्रति वितृष्णा र अविश्वास पैदा भएको छ ।”

धारा, पानी, बाटो, सडक, पोखरी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकास निर्माणको काम स्थानीय र प्रदेश सरकारको जिम्मेवारीभित्रका विषय भए पनि त्यसमा सांसद संलग्न हुने स्थिति राम्रो नभएको उहाँले प्रतिक्रिया दिनुभयो । न्यूनतम उपस्थिति सङ्ख्या अपुग भई विधेयक ‘फेल’ हुने अवस्था आउन दिन नहुने पक्षलाई सांसद स्वयंले हेक्कामा राख्न जरुरी रहेको बताउँदै ओखलढुङ्गामा जन्मेर सिन्धुलीलाई कर्मथलो बनाउँदै आउनुभएका उहाँ भन्नुहुन्छ, “एउटा विधायक हुनाका नाताले हाम्रो सर्वाेच्च जिम्मेवारी कानुन नै निर्माण गर्नु हो ।” उहाँसँग विसं २०४६ को आन्दोलनपछि अनेरास्ववियुको सदस्यता लिई पद्मकन्या कलेजका स्ववियु सचिव र काठमाडौँ जिल्ला सचिव तथा पार्टी काठमाडौँ–ओखलढुङ्गा सम्पर्क मञ्चका सदस्य भई काम गरेको अनुभव पनि छ ।

‘भोट’ माग्ने बेला गरिएको वाचानुरूप मतदाताले कुवा, पँधेरो, धारा र पाइपका लागि अनुरोध गर्नु चाहिँ तिनको अधिकार भएको बताउँदै उहाँले आफूले मन्त्रालयका कोठा–चोटा नधाएर हुनसक्छ, प्रस्ताव गरेका एउटै योजनामा पनि बजेटमा परेन भन्नुभयो ।

आफूहरूले मत दिएर पठाएकाले जनप्रतिनिधिबाट यति काम होस् भन्ने जनतामा आशा हुनु स्वभाविक रहेको बताउँदै सांसद बलम्पाकीले बजेट विनियोजनमा भएको विभेदप्रति सत्तापक्षका सांसदले नै सदनमा उभिएर मौन बसेको तथा विरोध गरेको घटनाले असन्तुष्टिलाई नै पुष्टि गरेको जिकिर गर्नुभयो ।

देश र दुनियाँको अध्ययन, तयारी, प्रस्तुति र जनतासँग भिजेर गरिएको कामले नै अवसर दिन्छ भन्ने मान्यतामा दृढ नेत्री बलम्पाकीले पार्टीमा महिला भएकै कारण विभेद भएको खासै घटना भने नरहेको प्रतिक्रिया दिनुभयो ।

असल सांसद अभ्यास

कतिपय विषयमा प्रखररूपमा सदनमा कुरा राख्न दलभित्र प्रोत्साहन गरिएको घटना सुनाउँदै सांसद बलम्पाकीले असल र अब्बल सांसद (गुड पार्लियामेन्टरियन) को पहिचान बनाउन आफ्नो दल र नेतृत्वले विज्ञ उपलब्ध गराई आवश्यक राय, परामर्शसमेत उपलब्ध गराउँदैआएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “दलबीच झगडा हुँदा देशको विकास पछि धकेलिन्छ । अरूलाई प्रेरणा दिलाउन र असल सांसदको भूमिका खेल्ने सिलसिलामा सदनमा मैले सधैँ सकारात्मक नै भएर विषयवस्तु राख्दैआएकी छु ।”

आफू कानुनको विद्यार्थी र अनुभवी नभएकाले गैरसरकारी विधेयकबारे आवश्यक जानकारी नभएको स्वीकार्दै उहाँले सदनमा ल्याइएको विधेयकमा कसरी संशोधन राख्ने र प्रस्तुत हुने भन्ने विषय मात्र आफूले सिकिरहेको नै स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा सांसदले जनताले किन पठाएका हुन्, जिम्मेवारी र कर्तव्य के हो, कुन कुरा बोल्न हुन्छ वा हुँदैन भनेर बुझ्न आवश्यक छ, गैरजिम्मेवारी र फितलो प्रस्तुति गर्न हुन्न, यसतर्फ चेत र चेतना बढाउनुर्छ ।”

एक प्रसङ्गमा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्यले भन्नुभयो, “कतिपयले सोचेको हुनुपर्छ अर्काे पटक माननीय वा यो पदमा आइन्न, मौका यही हो । भ्रष्टाचारमा संलग्नलाई दह्रो कारबाही भए फेरि गर्न डराउँथे ।” ललिता निवास, सुन तस्करी र नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नलाई कारबाही गरिएको भए राजनीतिक नेतृत्वप्रति विश्वास जाग्ने थियो तर घटनाको फितलो अनुसन्धानले जनतामा भरोसा कमजोर छ भनी प्रतिक्रिया दिनुभयो ।

हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली खर्चिलो भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा चुनौती खडा गरेको बताउँदै सांसद बलम्पाकीले चुनावका बेला गरिएको लाखौँ–करोडौँ खर्च उठाउने प्रवृत्तिले भ्रष्टाचार मौलाइरहेको विचार प्रकट गर्नुभयो । निर्वाचन प्रणालीमा सुधार गरी सबै समानुपातिक गरिएमा कम खर्चिलो होला कि भन्ने आफूलाई लागेको बताउँदै उहाँले नभए आमसभा, घरदैलोजस्ता खर्चिलो र विकृतिजन्य कार्यलाई रोकेर सामाजिक सञ्जालबाट मात्र प्रचार–प्रसारमा सीमित तुल्याउनुपर्छ भन्नुभयो ।

रु १० लाखको योजना अघि बढाइँदा भ्रष्टाचारकै कारण रु दुई लाख पनि खर्च नहुने गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले जनतामा पनि स्वच्छ, योग्य र निष्ठालाई भन्दा ‘हाइफाइ’ र तडकभडक गर्नेलाई रोज्ने गलत प्रवृत्ति देखिएकाले त्यसलाई सच्याउनुपर्ने धारणा राख्नुभयो ।

मुलुकको शिक्षा पद्धति सीपमूलक र व्यावसायिकमूलक नहुँदा युवा–विद्यार्थी विदेशिन बाध्य भएको घटना सुनाउँदै नेत्री मगरले शिक्षकले पनि विद्यार्थीलाई स्वदेशमा रहनभन्दा विदेश जानै प्रेरित गरेकाले पनि समस्या भयावह बनिरहेको प्रतिक्रिया दिनुभयो । सामूहिक खेती, बस्तुभाउ पालन, कृषि प्रवद्र्धनका लागि आवश्यक सिँचाइ व्यवस्था नगरिँदा गाउँबस्ती उजाड भएको बताउँदै उहाँले यस अवस्थामा तत्काल सुधार नगरिए केही वर्षभित्रै स्वदेशमा युवा पङ्क्ति नभेटिने कुरातर्फ ध्यानाकर्षण गराउनुभयो ।

मुग्लिन पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

दमौली, २० कात्तिक : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ ।

मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ ।

उहाँले भन्नुभयो, “यस खण्डमा ‘अस्फाल्ट प्रविधि’मा कालोपत्र सुरु गरिएको छ । सडक आवागमनलाई सहज बनाउन अहिले एकतर्फी मात्रै काम भइरहेको छ ।”

यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो । आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको जनाइएको छ । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३६ प्रतिशत काम सकिएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यस खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने सुस्त छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।