`

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन : स्वास्थ्यमन्त्री बस्नेत

कीर्तिपुर, ९ असोज : स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आजदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो ।

“आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन । मन्त्रालय विश्वस्त हुने गरी ठोस कार्ययोजना लिएर आउनुपर्‍यो । त्यसमा मेरो सहयोग रहन्छ”, उहाँले भन्नुभयो । जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुनेसमेत बताउँदै मन्त्री बस्नेतले ‘साइड इफेक्ट’ नहुने आयुर्वेदिक औषधिको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो ।

आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडीबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पनि कार्ययोजना बनाएर अगाडि बढ्नुको विकल्पन नभएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउँदै पहुँचको भरमा दशकौँदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको समेत बताउनुभयो । स्वास्थ्य बीमामा बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै उहाँले स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पताललाई दिनुपर्ने सोध भर्ना दिएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले औषधिविहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाइसम्बन्धी धेरैजसो रोगको उपचार गर्न सकिने दाबी गर्नुभयो । तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउँदै उहाँले उपचार, अनुसन्धान र तालिममार्फत केन्द्रले आयुर्वेदको विकासमा लागिपरेको बताउनुभयो ।

शरीरको आवधिक शोधन रोग निवारणका लागिसमेत आवश्यक मानिने पञ्चकर्म चिकित्सामा बमन (बान्ता), विरेचन (मल उत्सर्जन), बस्ती (मलद्वारबाट औषधि प्रक्षेपण, नस्य (नाकबाट औाषधि प्रक्षेपण) र रक्त मोक्षण (शुद्धीकरण) गरी पाँच वटा विधि प्रयोग गरिन्छ । यसबाट शरीरमा विकारयुक्त तत्व बाहिर पठाएर उपचार गर्ने विधिलाई आयुर्वेदमा पञ्च किकित्सा भनिएको हो । तालिममा देशका विभिन्न प्रदेशका आयुर्वेद क्षेत्रमा कार्यरत २० जना सातौँ तहका स्वास्थ्यकर्मीको सहभागिता छ ।

उपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्तक लोकार्पण

काठमाडौँ, ९ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज ललितपुरमा आयोजित एक कार्यक्रममा कलाकार कालु कुमाले (कुम्हाः) को जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’को लोकार्पण गर्नुभएको छ ।

सो अवसरमा उहाँले धातु मूर्तिकलाका कलाकार कुमालेको जीवनमा आधारित पुस्तकबाट उहाँका आरोह, अवरोह, सङ्घर्ष र सफलताका पक्षबारे पाठकले जानकारी पाउने विश्वास व्यक्त गर्नुभयो । इन्स्टिच्युट फर सोसियो कल्चर रिसर्च एण्ड एनासिस संस्थाले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले भन्नुभयो, “कुनै पनि संस्कृति भनेको संस्कार र बुझाइ हो । मूर्तिकलामार्फत सहरी आभिजात्य संस्कृति होइन लोक संस्कृतिलाई समृद्ध बनाउने कुमालेको सिर्जनात्मक कार्य प्रशंसनीय छ ।”

उहाँले कुमालेले धातु मूर्तिकलामा बेजोड सौगात र अजम्बरी सिर्जना प्रस्तुत गर्नुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले कुमालेद्वारा सिर्जित मूर्ति मठ, मन्दिर, विहार, गुम्बामा पुजिँदै आएको बताउँदै यो महत्वपूर्ण योगदान र ऐतिहासिक कार्य सिङ्गो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि हो भन्नुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “कालु कुमालेद्वारा सिर्जित मूर्ति अवलोकन गर्दा त्यसमा उहाँको मौलिक शिल्प प्रशस्तै देख्न सकिन्छ । केही फरक र रैथाने संस्कृति, मूल्य, आदर्श र परम्परालाई स्थापित गर्नुभएको छ । चित्रभाषा बुझ्नेले कलाकार कुमालेले सिर्जना गरेको मूर्तिमा उहाँको हृदय र मस्तिष्क दुवैको सामन्जस्यता सजिलै भेट्टाउन र पाउन सक्दछन् ।” उहाँले मूर्तिकार कुमाले जस्तो श्रष्टा, सिर्जनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्दै उहाँका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले समाज र देशका लागि योगदान गर्ने विशिष्ट व्यक्तिलाई मरणोपरान्तभन्दा पनि जिउँदैमा सम्मान गर्ने नीति अवलम्बन गरी कार्यान्वयन गरेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छालीले कुमालेले आफ्नो परम्परागत पेसाको पहिचानलाई कलासँग जोडेर नामसमेत कमाउनुभएको भन्दै प्रशंसा गर्नुभयो ।

लेखक तथा साहित्यकार कुमारी लामाले पुस्तकबारे समीक्षा गर्नुभएको थियो । संस्थाका अध्यक्ष नवराज लामाले कुमालेले कला क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै नयाँ पुस्तालाई उहाँको जीवनी एक प्रेरणाको स्रोत हुने भन्ने ठानी उहाँको जीवनी प्रकाशित गरेको बताउनुभयो ।

संस्थाका अनुसन्धान प्रमुख कैलाश राईले स्वागत गर्दै संस्थाका बारेमा जानकारी गराउनुभएको थियो । कुमालेका छोरा राकेश अवालेले हाल ९१ वर्र्षीय आफ्ना बुबाले गर्नुभएका काम र हालको दैनकीबारेमा सुनाउनुभएको थियो ।

ललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग

काठमाडौँ, ९ असोज : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ । रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पूरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गरिएको थियो ।

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन : स्वास्थ्यमन्त्री बस्नेत

कीर्तिपुर, ९ असोज : स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आजदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो ।

“आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन । मन्त्रालय विश्वस्त हुने गरी ठोस कार्ययोजना लिएर आउनुप¥यो । त्यसमा मेरो सहयोग रहन्छ”, उहाँले भन्नुभयो । जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुनेसमेत बताउँदै मन्त्री बस्नेतले ‘साइड इफेक्ट’ नहुने आयुर्वेदिक औषधिको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो ।आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडीबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पनि कार्ययोजना बनाएर अगाडि बढ्नुको विकल्पन नभएको उहाँले स्पष्ट पार्नुभयो ।मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउँदै पहुँचको भरमा दशकौँदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको समेत बताउनुभयो । स्वास्थ्य बीमामा बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै उहाँले स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पताललाई दिनुपर्ने सोध भर्ना दिएको बताउनुभयो ।कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले औषधिविहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाइसम्बन्धी धेरैजसो रोगको उपचार गर्न सकिने दाबी गर्नुभयो । तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउँदै उहाँले उपचार, अनुसन्धान र तालिममार्फत केन्द्रले आयुर्वेदको विकासमा लागिपरेको बताउनुभयो ।शरीरको आवधिक शोधन रोग निवारणका लागिसमेत आवश्यक मानिने पञ्चकर्म चिकित्सामा बमन (बान्ता), विरेचन (मल उत्सर्जन), बस्ती (मलद्वारबाट औषधि प्रक्षेपण, नस्य (नाकबाट औाषधि प्रक्षेपण) र रक्त मोक्षण (शुद्धीकरण) गरी पाँच वटा विधि प्रयोग गरिन्छ । यसबाट शरीरमा विकारयुक्त तत्व बाहिर पठाएर उपचार गर्ने विधिलाई आयुर्वेदमा पञ्च किकित्सा भनिएको हो । तालिममा देशका विभिन्न प्रदेशका आयुर्वेद क्षेत्रमा कार्यरत २० जना सातौँ तहका स्वास्थ्यकर्मीको सहभागिता छ ।

काठमाडौँ महानगरपालिकाले निर्धारण गर्‍यो अनुगमन गर्न १६ सूचक

काठमाडौँ ९ असोज : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ । अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्राप्त गर्नुपर्ने सूचना तथा विवरण सरल, सहज र विनाअवरोध प्राप्त गर्न सकियोस् तथा मापदण्ड र सेवाको गुणस्तर मापन गर्न सकियोस् भन्ने उद्देश्यले सूचक निर्धारण गरिएको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

त्यसैगरी तत्काल सुधार गर्दा हुने त्रुटिलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानूनी कारबाही गर्ने, स्वास्थ्य क्षेत्रका सेवाग्राहीले सुधारको महसुस तत्काल गर्ने, राम्रो गर्नेलाई प्रोत्साहित गर्ने, गलत गर्नेलाई कानूनी कारबाहीमा ल्याउने जस्ता सूचक तयार गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।  

अनुगमन समितिको संयोजक रहनुभएका उपप्रमुख डङ्गोलका अनुसार स्वास्थ्य क्षेत्र नागरिकको धेरै गुनासा रहेकाले सूचक नै तयार गरी अनुगमन गर्न लागिएको हो । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रका सम्भावित समस्या व्यवस्थापन गर्न यसअघि जारी गरिएका ऐन, नियमावली, विनियमावली, कार्यविधि र मापदण्डका आधारमा अनुगमन गर्ने बताउनुभयो । 

विभागले आधुनिक, प्राकृतिक, आयुर्वेद, होमियोप्याथिक चिकित्सासम्बन्धी स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक र अस्पतालहरूबाट प्रदान गरिने सेवा, सेवाको गुणस्तर, सेवा सञ्चालन गर्ने पूर्वाधार जस्ता क्षेत्रको अनुगमन गर्नेछ । पाँचदेखि २५ शय्यासम्मका स्वास्थ्य सेवा प्रदायक अस्पताल कामपाको अनुगमन क्षेत्रभित्र पर्छन् । 

हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ सय औषधि पसल सञ्चालन छन् । सञ्चालित धेरै औषधि पसल कानूनविपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याइने बताउनुभयो । “अधिकांश फार्मेसी सञ्चालकले सम्बन्धित विषय नपढेको र अरुको शैक्षिक प्रमाणपत्र प्रयोग गरेर औषधि बिक्री वितरण गर्दा अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने गर्दा थप समस्या परेको छ”, उहाँले भन्नुभयो ।  

उहाँका अनुसार कामपा क्षेत्रमा औषधि पसल सञ्चालन गर्न कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानूनी मान्यता छ र बिरामी आउँदा सामान्यतया बस्ने स्थानको व्यवस्था गरेको हुनुपर्ने जस्ता मान्यता रहेको छ ।   कामपाले चालु आवमा स्वास्थ्य क्षेत्रका लागि रु ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । यसरी गरिने अनुगमन नियमित र आकस्मिक हुनेछन् । 

अर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

काठमाडौँ, ९ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ ।इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा गभर्नरको विजिनेस राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुहुँदै डा महतले अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्नुभएको हो ।

बैठकमा अर्थमन्त्री डा महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवं नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताउनुभयो । उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय विकास बैंकको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ ।

न्यून आय भएका मुलुकका लागि आर्थिक पुनरोत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तार, प्राविधिक एवं संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत सहयोग चाहिने अर्थमन्त्री महतको भनाइ छ ।

खासगरी अल्पविकसित र विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवं उपकरण पर्याप्त नहुने धारणा राख्नुहुँदै अर्थमन्त्री डा महतले सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता औँल्याउनुभयो ।

कमजोर अर्थतन्त्र भएका मुलुकमा वित्तीय साधन स्रोतको अभाव हुन नदिन एआइआइबीले सार्वजनिक–निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्तलगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्बन उत्सर्जनमा खासै भूमिका नरहेको तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाललगायत अन्य विकासशील मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा समेत उहाँले जोड दिनुभयो । अर्थमन्त्री डा महतले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक रहेको विषयमा फेहरिस्त प्रस्तुत गर्नुहुँदै सोबाट सृजित समस्या तथा चुनौतीको बारेमा प्रकाश पार्नुभयो ।

सो अवसरमा अर्थमन्त्री डा महतले कार्बन व्यापारको मूल्य पुनरावलोकन गरी उचित मूल्य कायम गर्न जरुरी रहेकोतर्फसमेत सबै सहभागीको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा एआइआइबीका ८६ सदस्य राष्ट्रको सहभागिता रहेको थियो । शार्म अल शेखमा आयोजित एआइआइबीको उच्चस्तरीय बैठकको मुख्य कार्यक्रम आज सम्पन्न हुँदैछ । औपचारिक कार्यक्रम सम्पन्न भएपश्चात् अर्थमन्त्री महत भोलि स्वदेशतर्फ फर्किने कार्यक्रम छ ।

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते

तुलसीपुर (दाङ), ९ असोज- काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताउनुभयो । बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

काठमाडौँ, ९ असोज ः- नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा क्रममा नेपाल र चीनबीच दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको छ । पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ । नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । चीनतर्फ आवश्यक अध्ययन अगाडि बढाउने समझदारी भएको छ ।यसअघि नुवाकोटको रातमाटे हुँदै चीनको केरुङ जोड्ने गरी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो । नेपालले दुई फरक प्रकृतिका चार सय केभी र दुई सय २० केभी क्षमताका प्रसारण प्रणालीको अध्ययन गरेको थियो । लगानीका सम्बन्धमा पनि आवश्यक तयारी गरिएको थियो ।नेपालतर्फ सबै अध्ययन भए पनि चीनतर्फ भने अध्ययन नसकिएकाले यसपटक आवश्यक अध्ययन अगाडि बढाउने गरी प्रधानमन्त्रीको भ्रमणका क्रममा समझदारी भएको छ । पछिल्लो समझदारीले दुई देशबीच प्रसारण सञ्जाल निर्माण प्रक्रिया अगाडि बढ्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।दक्षिण छिमेकी देश भारतसँग नियमितरूपमा विद्युत् निर्यात र आयात भइरहेको छ । बङ्गलादेशसँग पनि बिजुली निर्यातका लागि आवश्यक तयारी भइरहेको छ । उत्तरी छिमेकी देश चीनसँग पनि बिजुली व्यापारको ढोका खोल्ने उक्त प्रसारण लाइन आफँैमा महत्त्वपूर्ण मानिएको छ । सो प्रसारण लाइन निर्माणका लागि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा पुनः महत्त्वपूर्ण समझदारी भएको छ ।समझदारीअनुसार चिनियाँ प्राविधिक अध्ययनका लागि नेपाल आउने छन् । नेपालका तर्फबाट यसअघि भएका अध्ययनका आधारमा चिनियाँ प्राविधिकले थप अध्ययन गर्ने र निर्माणको प्रक्रिया सुरु गर्ने सचिव घिमिरेको भनाइ छ । प्रधानमन्त्री दाहालको भ्रमणदलको सदस्यका रूपमा चीनमा रहनुभएका सचिव घिमिरेले भन्नुभयो, “प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक समझदारी भएको छ । यो आफैँमा महत्त्वपूर्ण छ ।”दुई देशबीच भएको समझदारीले चीनतर्फ विद्युत् व्यापारका लागि प्रसारण लाइन बनाउने महत्त्वपूर्ण समझदारी भएको र यसले बिजुलीकोे बजार उत्तरतर्फ पनि विस्तार गर्ने विश्वास लिइएको छ । त्रिशूली र यसका सहायक नदीमा निर्माण भएका, निर्माणमा जाने तयारीमा रहेका र अध्ययन भइरहेका आयोजनाबाट उत्पादित बिजुली चीनतर्फ निर्यातका लागि सो प्रसारण लाइन निर्माण गरिने ऊर्जा मन्त्रालयका सम्बद्ध अधिकारीको भनाइ छ । रसुवाको चिलिमेमा हाल उच्च क्षमताको सबस्टेशन निर्माण अन्तिम चरणमा छ । सो सबस्टेशनमा रसुवागढी, साञ्जेनलगायतका आयोजनाको बिजुली जोडिने छ ।रसुवामा निर्माणाधीन प्रसारण लाइन र सबस्टेशन निर्माणलाई गति दिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गरिरहेको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अब कुनै पनि ढिलाइ नगरी सबस्टेशन र प्रसारण लाइन निर्माणमा ध्यान दिन र सोहीअनुसार निर्माण व्यवसायी परिचालन गर्न निर्देशन दिइसक्नुभएको छ ।दुई देशबीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने उद्देश्यका साथ ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कायर्यदलसमेत क्रियाशील छ । कोरोनालगायतका कारणले ती संयन्त्रको बैठक नियमितरूपमा बस्न सकेको थिएन ।प्रधानमन्त्री दाहालको भ्रमणपछि ती संयन्त्रको बैठकसमेत नियमितरूपमा अगाडि बढ्ने विश्वास लिइएको छ । यस्तै केही जलविद्युत् आयोजनामा लगानी र सहकार्यका विषयमा समेत महत्त्वपूर्ण सहमति भएको छ । यद्यपि सबै विषय दुई देशका तर्फबाट जारी हुने संयुक्त वक्तव्यमा समावेश हुने बताइएको छ ।नेपालको ऊर्जा क्षेत्रको विकासमा चीनले महत्त्वपूर्ण सहयोग गर्दै आएको छ । चिनियाँ प्राविधिक तथा निर्माण व्यवसायीले नेपाली प्राविधिकलाई दक्ष बनाउनेदेखि लगानीमा समेत उनीहरूको सहकार्य रहँदै आएको छ । यस्तै केही महत्त्वपूर्ण आयोजनामा चिनियाँ लगानीकर्ताले लगानीका लागि चासोसमेत व्यक्त गरेका छन् ।सरकारले सन् २०३५ सम्मको ऊर्जा विकाससम्बन्धी कार्ययोजना तयार पारेको सन्दर्भमा वैदेशिक लगानीसमेत अत्यावश्यक रहन्छ । त्यसमा अन्य देशका लगानीकर्ता जस्तै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि सरकारले आग्रह गरिरहेको छ ।यसअघि नै नुवाकोटको रातमाटे–केरुङ प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन चिनियाँ कम्पनी स्टेट ग्रिड कर्पोरेशन अफ चाइना र नेपाल विद्युत् प्राधिकरणले गरेको थियो । यस्तै वातावरणीय प्रभाव मूल्याङ्कनको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले अगाडि बढाइरहेको छ । उत्तरी छिमेकी देशसँग पनि प्रसारण लाइन निर्माण हुने भएपछि नेपाली बिजुली भारत, बङ्गलादेशका अतिरिक्त चीनसमेत पुग्ने विश्वास लिइएको छ । कोरोनालगायतका कारणले रोकिएका संयन्त्रका बैठक नियमित हुने र बिजुली आदान–प्रदानका लागि प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशका उच्च अधिकारीको उपस्थितिमा महत्त्वपूर्ण विचार आदान–प्रदान भएको बताइएको छ ।यस्तै हुम्लाको सिमीकोट–हिल्सा सडक निर्माणका सन्दर्भमा पनि दुई देशबीच महत्त्वपूर्ण सहमति भएको छ । ती सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर भएको छ । 

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

फुङ्लिङ (ताप्लेजुङ), ९ असोज : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्यामेरा जडान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित मोनिटरिङ फेदीस्थित प्रहरी चौकीबाट हुने छ । फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ ।”

प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ । पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ । समितिले तीर्थालुको सुविधाका लागि आगामी शनिबारदेखि सुरु हुने गरी पाथिभरा मन्दिर परिसरमा चारवटा सिसी क्यामेरा जडान गरेको समिति अध्यक्ष रक्की थेपेले जानकारी दिनुभयो ।

उहाँका अुनसार मन्दिर प्रवेशद्वार ट्रष्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ । त्यस्तै ठूलो फेदीमा कान्छी थान मन्दिर देखिने गरी एक सिसी क्यामेरा जडान गरिएको छ । ठूलो फेदी नजिकै प्रवेशद्वारमा तीर्थालुको सङ्ख्या गणना गर्ने गरी ‘हेडकाउन्टिङ क्यामेरा ’ राखिएको छ भने ठूलो फेदी बजार परिसरमा दुई गरी आठ सिसी क्यामेरा जडान भएको छ ।

यमःद्यो ठड्याएर आजदेखि भक्तपुरमा आठ दिन इन्द्रजात्रा मनाइने

भादगाउँ – धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु हुने भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको बिहान भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।

भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठड्याएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरव, याँमता (आकाश दीप) मुपात्र र पुलुकिसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

जात्राको पहिलो दिन स्थानीय गुठियारहरुले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका इताछेँ, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, बोलाछेँ, चासुखेल लगायतका स्थानहरुमा यमःद्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन ।

जात्राको तेस्रो दिन अर्थात् इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । जात्रामा इन्द्रायणी देवीलाई शृङ्गारपटार गरी विधिवत् पूजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानीय महिलाहरु हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्धहरु धूप दीप बालेर सिद्धपोखरीले परिचित इन्द्र दहको दक्षिण दिशाको बीचमा ल्याई विराजमान गराइन्छ । जात्राका क्रममा राति पालाको दीप बालेर दहलाई सजाइन्छ । यस दिन राति दहमा मेला लाग्छ । मध्यराति तान्त्रिक पूजा गरी इन्द्रायणीलाई भोगवली चढाउने परम्परा रहेको छ ।

जात्राको चौथो दिन येंया पुन्ही (भाद्र शुक्ल पूर्णिमा)का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दहमा बिहानै स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनहरु ठूलो घुइँचो लाग्ने गर्छ । देवराज इन्द्रले स्नान गरेको दह हुनाले यस दिन इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ । यस दिन इन्द्रायणी देवीसँगै दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरु तथा वासुकी नागको समेत पूजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाई पिउने परम्परा छ । राती इन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमास्थित देवगृहमा ल्याई विधिवत् पूजा गरी आसनमा विराजमान गराइन्छ । जात्राको पाँचाँै दिनलाई पनि शून्य मानिन्छ ।

जात्राको छैटौँ दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशूल आकारको माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती) बालिन्छ । लगत्तै तचपालको सँला गणेशलाई विधिवत् पूजा गरी खटमा राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँहरुमा परिक्रमा गराइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुईजना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्गलगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई सहर परिक्रमा गराउने प्रचलन छ । सहर परिक्रमा गर्दा टोलटोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीनपटक घुमेर तरवारले हान्ने गरिन्छ ।

जात्राको सातौँ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेश कहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडि गई जात्रा गर्छ । लगत्तै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिनमा तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी (तौमढी)को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । सुरुमा तल्लो टोलहरु तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछ । त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नुपूर्व गुठी संस्थानबाट भैरवलाई विधिवत् रुपमा बलि पूजा गरिन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रा सुरु गर्न अगाडि तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोहरुमा धान खुवाउने, तमारी र दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राका क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउँदा सुँढले छुन्छ कि भनी मानिसहरु परपर भाग्ने गर्दछ ।  देवीपुराण ग्रन्थअनुसार पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाएको हो ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।

इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो प¥यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरुको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी माग्छन् । सो क्रममा दैत्यहरुलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको प्रा डा श्रेष्ठ बताउँछन् ।

भक्तपुरमा इन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपत्ति आइनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस्, काल र शत्रुनाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्रा डा श्रेष्ठले बताउनुभयो । साथै यस जात्राले मूला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ रहेको छ ।

चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

काठमाडौँ- चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको छ ।

विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न लागि प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ ।

प्रवक्ता कडायतले केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले समेत आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी अब छिट्टै लागू गर्ने पनि बताउनुभयो । उहाँले यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साविकभन्दा सुरक्षाकर्मीका सङ्ख्या बढाइने बताउनुभयो । चाडबाडलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी अहोरात्र खटिने पनि उहाँले बताउनुभयो ।

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

दमौली (तनहुँ), ९ असोज : डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ ।

दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

शाखा प्रमुख सोतीले भन्नुभयो, “अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाउन लागेका छौँ ।”

नगरपालिकाले टोल–टोलमा डेङ्गुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

गत भदौ महिनाको अन्तिम सातायता डेङ्गुको सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।”

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको सङ्क्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । डेङ्गु सङ्क्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेङ्गुका छन् ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधँै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

हाङझाउ (चीन), ९ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।

सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

नेपालको निराशाजनक प्रदर्शन

चीनको हाङझाउमा जारी१९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्मको खेलमा नेपाली खेलाडीले निराशाजनक खेल प्रदर्शन गरेका छन् । टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भएका छन् । नेपाल चारवटै स्पर्धामा पराजित भएको हो । पुरुष एकलतर्फ पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडीसित सोझो सेटमा पराजित भए ।

पुरुष एकलतर्फ नै नेपालका अभिषेक बाँस्तोला हङकङसित पराजित भए । यसैगरी महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियासित पराजित भए । मिक्स डबल्समा पनि नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडी इण्डोनेसियाका खेलाडीसित पराजित भयो ।

फेन्सिङमा पनि नेपाल पराजित

एसियाली खेलकुदअन्तर्गत सोमबार फेन्सिङमा पनि नेपालका सबै खेलाडी पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँच वटै खेलमा पराजित भए । उनी काजकिस्तान, हङकङ, उज्वेकिस्तान, इरान र साउदी अरेबियाका खेलाडीसित पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका राजेन्द्र गजुरेल कुवेत, हङकङ, चीन, भियतनाम, दक्षिण कोरिया र जापानका खेलाडीसित पराजित भए ।

यस्तै महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङ, जापान, जोर्डन, दक्षिण कोरिया, मकाउ र थाइल्यान्डका खेलाडीसित पराजित भइन् । यस्तै गोमा आचार्य दक्षिण कोरिया, थाइल्यान्ड, जापान, सिंगापुर, युएई र चीनका खेलाडीसित पराजित भइन् ।

रग्बीमा नेपाल जितबिहीन

रग्बीमा पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपालको पुरुष टोली पराजित भयो । समूह सी मा रहेको नेपाल आइतबार यूएई, चीन र अफगानिस्तानसित पराजित भएको हो । सोमबार नेपाल फिलिपिन्स र थाइल्याण्डसित पनि पराजित भयोि ।

साइक्लिङमा पनि खराब प्रदर्शन

सोमबार साइक्लिङ क्रस कन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीले दौड पूरा गर्न सकेनन् । महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगर सहभागी भएका थिए । दुवै जनाले निर्धारित दूरी पूरा गर्न सकेनन् । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा भाग लिएका थिए । पुरुषतर्फ कूल १७ खेलाडी सहभागी थिए । महिलातर्फ १५ खेलाडी सहभागी थिए ।

बास्केटबलमा जापानसित पराजित

महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल सोमबार जापानसित पराजित भएको छ । समूह बी अन्तर्गत नेपाल जापानसँग २२–४ अकले पराजित भएको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान रहेका छन् । नेपालले अब बुधबार काजकिस्तानसित तथा शुक्रबार ताइपेईसित खेल्ने छ ।

बक्सिङमा रविन विजयी

पुरुष बक्सिङमा सोमबार नेपालका रविन थापाले ५१ किलो तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरे । उनी अंकका आधारमा ४–१ ले विजयी भएका हुन् । रविनले अब प्रिक्वाटर फाइनलमा उत्तर कोरियाका खेलाडीसित खेल्नेछन् ।

तेक्वान्दोमा दुवै खेलाडी पराजित

तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । तेक्वान्दोमा नेपालकी अन्जली तामाङले मिश्रित खेल प्रदर्शन गरिन् । महिला ४९ किलोमुनिको तौल समूहमा उनले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई १०–४ अंकले पराजित गरिन् । प्रिक्वाटर फाइनलमा भने अन्जली थाइल्यान्डकी खेलाडसित पराजित भइन् । यस्तै पुरुष ५८ किलोमुनीको राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका खेलाडसित पराजित भए ।

जुडोमा पनि नेपाल पराजित

जुडोमा पनि सोमबार नेपालका तीनवटै खेलाडी पराजित भए । नेपालका मनीता श्रेष्ठ, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भएका थिए।

पुनम महिला ७५ किलोमुनिको तौल समूहमा मंगोलियाकी खेलाडीसत पराजित भइन् । महिला ५७ किलोमुनिको तौल समूहमा मनीता तुर्कमिनिस्तानकी खेलाडीसित पराजित भइन् । यस्तै पुरुष ८१ किलोमुनिको तौल समूहमा जंगबहादुर फिलिपिन्सका खेलाडीसत पराजित भए ।

उसुमा कमजोर प्रदर्शन

उसुमा पनि सोमबार नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो । थाउलोअन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे ।

पौडीमा नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए

पौडीमा पनि सोमबार नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए । महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन् । उनी आठ खेलाडी सहभागि हिटमा अन्तिम स्थानमा रहिन् । यस्तै पुरुष ५० मिटर फ्रिस्टायलमा एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए ।

संसद् होइन, सांसदकै क्षमता कमजोर छ : चित्रबहादुर केसी (अन्तवार्ता)

काठमाडौँ, ९ असोज : नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्नुहुन्छ, चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्नुहुन्छ, “जनतासमक्ष के भन्ने र कसरी मुख देखाउन जाने, एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै बस्ने भन्ने अवस्था छ । यसमा संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ ।”

विसं २०१४ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गरी विसं २०२१ मा बागलुङमा सङ्गठन बनाएर राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएका केसी विसं २०३१ मा नेकपाको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो । विसं २०२८ मा राजनीतिक प्रशिक्षणका क्रममा गिरफ्तारीमा परी नौ महिना कारागार जीवन बिताउनुभएका उहाँ लामो समय शिक्षण पेसामा संलग्न हुनुभयो ।

विसं २०४० मा नेकपा (मसाल)का महामन्त्री, पाँचौँ महाधिवेशनमा पोलिटब्यूरो सदस्य, विसं २०५६, २०६४, २०७० र २०७९ मा बागलुङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित केसीले विसं २०७२ कात्तिकदेखि २०७३ साउनसम्म उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा विसं २०५२ मा गठन भएपछि निरन्तर अध्यक्ष रहनुभएका केसीको ‘संसद्मा एक दशक २०५६–२०६७’ कृति प्रकाशित छ । नेता केसीले सदन होस् वा संसदीय समितिमा बोल्ने दिन सांसदहरूका लागि विशेष प्रतिक्षाको घडी बन्छ र सञ्चारकर्मी पनि उहाँलाई पर्खेर बस्ने गर्छन् । ठेट नेपाली भाषामा उखान टुक्कासहितको उहाँको वाक्कला पछिसम्म चर्चामा रहन्छ ।

सांसदको मुख्य जिम्मेवारी नीति र विधि निर्माण अर्थात् नियम–कानुन बनाउने तथा बनेका कानुनलाई समयानुकूल तुल्याउन संशोधन र परिमार्जन गर्ने रहेको उहाँले बताउनुभयो । उहाँले सरकार निर्माण, बजेट बाँडफाँट, छलफल र अनुमोदन मुख्य कार्यभार भए पनि मतदातामा सांसद भनेको विकास निर्माणको पनि मुख्य जिम्मेवारीमा बसेका प्राणी हुन् भन्ने जबर्जस्त बुझाइ रहेको प्रतिक्रिया दिनुभयो ।

संसद्मा विधेयक, नियमावली, ऐन, कानुन र नियमका काममा व्यस्त रहनुभन्दा विकास चाहियो भनी मन्त्रालय, मन्त्री र कर्मचारीका कोठा, चोटा चहार्ने प्रवृत्ति गलत रहेको बताउँदै पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री केसीले निर्वाचनमा उम्मेदवार मत माग्न जाँदा तिनसँग धारा, बाटो, विद्यालय, कुलो र तटबन्धको माग गर्ने मतदाताको स्तरले पनि मुख्य जिम्मेवारी र कर्तव्यलाई ओझेलमा पारेको धारणा राख्नुभयो ।

बारीमा गएको पहिरो रोक्न आवश्यक जाली लिन वडा, पालिका र प्रदेशलाई छाडेर केन्द्रीय सांसदसँग माग गर्ने प्रवृत्ति कायम नै रहेको जनाउँदै उहाँले भन्नुभयो, “एक जना मतदाताले बारीमा गएको पहिरो रोक्न जाली पठाइदिनुपर्यो भनी मसँगै माग गरेको अवस्था छ । कार्यक्षेत्र र जिम्मेवारीबारे बुझाउन नसक्नु हाम्रो पनि कमजोरी छ ।”

चुनावका बेला जे भने पनि दिन्छु भनेर प्रतिवद्धता गरेपछि उनीहरूले माग गर्नु स्वभाविक भएको बताउँदै उहाँले भन्नुभयो, “जैसा गुरु ओहिसा चेला भनेजस्तै छ ।” विधि र विधान बनाउनेको स्तर माथि उठेको भए मतदाताले पनि त्यही सिक्ने र बुझ्ने थिए भन्दै अध्यक्ष केसीले मत माग्ने बेलामा नसक्ने, नपुग्ने, नहुने आश्वासन बाँड्ने विषय ठीक नभएको प्रतिक्रिया दिनुभयो ।

सांसद भनेको नीति निर्माण गर्ने हुन् भन्ने बुझ्न जरुरी रहेको बताउँदै उहाँले संसदीय विकास कोषमार्फत रु पाँच करोड बराबरको योजना छनोट र खर्च गराउने विषयले पनि चुनाव खर्चिलो तुल्याएको धारणा राख्नुभयो ।

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति किन विदेश जानुपथ्र्याे भनी प्रश्न गर्दै सांसद केसीले धेरै कुरा र थोरै काम गर्ने प्रवृत्ति सच्चिन आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।

एक प्रसङ्गमा उहाँले भन्नुभयो, “सांसद र संसद्मा कमजोरी छ, आफू परिवर्तन भएको मानिसले मात्रै परिवर्तन गर्न सक्छ, त्यो यहाँ देखिन्न । सांसदकै स्तर नउठेको हो, अनि देशमा विकास र परिवर्तनको के सम्भावना हुन्छ र ?”

“निर्वाचन भएको नौ महिना र सदन सञ्चालन भएको सात महिनासम्म प्राथमिकता परेको एउटा पनि विधेयक पारित हुन नसक्दा यसभन्दा लज्जाजनक कुरा के हुनसक्छ, यो मतदातालाई गर्नै नहुने र सुनाउनै नमिल्ने कुरा हो”, अध्यक्ष केसीले भन्नुभयो ।

“जनतासमक्ष के भन्ने र के मुख देखाउन जाने भनी प्रश्न गर्दै उहाँले एउटै पनि कामै गर्न सकिएन भन्ने कि लुकेर यतै बस्ने अवस्था छ । संसद्को होइन, सांसदकै क्षमता र प्रवृत्ति कमजोर छ ।”

विधि र थिति बनाउने प्रमुख भूमिकामा रहेका सांसद सरकार बनाउने, गिराउने र आफ्ना स्वार्थमा केन्द्रित हुने कुराले प्राथमिकताका विषय नै ओझेलमा पर्ने गरेको बताउँदै नेता केसीले १५ दिनभित्र बनाइसक्नुपर्ने संसदीय समितिका नियमावली पनि सात महिनासम्म पूरा नभएको घटनाले त्यसलाई पुष्टि गरेको जनाउनुभयो ।

अहिले जिम्मेवारी र काम, कर्तव्यभन्दा प्रधान विषय सत्ता हुन गएको विचार राख्दै उहाँले नेपालजस्तो पिछडिएको समाजमा राष्ट्र र जनताको स्वार्थ केन्द्रमा राखेर राजनीतिक दलले राजनीति गर्ने भए देशमा यस्तो अवस्था हुन्थेन भन्नुभयो । उहाँ भन्नुहुन्छ, “जसरी पनि सत्तामा जानुपर्छ, रजाइँ गर्न पाउनुपर्छ भन्नेबाहेक अन्य चिन्ता नभएपछि सिद्धान्त र पद्धतिले काम गरेन, विशुद्ध सत्ता र शक्तिका लागि मात्र छिनाझपटी भयो ।”

“संविधान जारी भएको आठ वर्षसम्म एउटा प्रदेशको न्वारन हुन सक्दैन, भएपछि त्यसका विरुद्ध झगडा हुन्छ, महिनैपिच्छे सरकार गठन हुन्छ, विघटन हुन्छ । मेरो पार्टीले प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ, प्रदेशको लफडामा नलागौँ त्यसै भनेको होइन । सत्ताका लागि सभामुखले नै भोट हाल्ने कार्य भएको छ, समृद्धि प्राप्त भइहाल्छ भन्ने लक्षण देखिँदैन”, उहाँ भन्नुहुन्छ ।

सबैभन्दा ठूलो सङ्कट भनेको त्यति ठूलो सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रप्रति जनतामा यति छिटो र ठूलो निराशाको स्थिति सिर्जना गराउनमा प्रमुख राजनीतिक शक्ति नै दोषी रहेको आरोप लगाउँदै सांसद केसीले नेताहरूको चरित्र, क्रियाकलाप र बानी–व्यहोराका कारणले जनताले विकल्प खोजेको भनाइ राख्नुभयो ।

सदनमा हाम्रो क्रियाकलाप र गतिविधि देखेर यस प्रणालीप्रति नै प्रश्नचिह्न खडा हुनु राम्रो नभएको बताउँदै उहाँले संसद् हाँक्ने नेतृत्व पनि परिपक्व हुनुपर्ने आवश्यकता महसुस भएको धारणा राख्नुभयो । संसद्मा कसैले गलत कुरा प्रवेश गराएमा सैद्धान्तिक र कानुनीरूपमा प्रतिवाद गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले सदन चलाउन विशेष योग्यता, क्षमता र खुबी आवश्यक पर्ने पनि औँल्याउनुभयो ।

सदनको पनि आफ्नो मर्यादा र पद्धति हुने भएकाले आफ्ना कुरा मर्यादितरूपमा प्रवेश गराउन सकिने बताउँदै उहाँले बढी उच्छृङ्खल हुने र सञ्चालकले गर्ने ‘कमान्ड’मा निर्भर हुने विचार प्रकट गर्नुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् असोज ९ गते मंगलवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि – माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि- खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि – अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि- भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि- अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि- नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मीन राशि- शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली आज कोशी पठाइँदै

चितवन -चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली आज मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहान ११ बजेदेखि २ बजेभित्र ती गैँडा खोरमा राखेर कोशी पठाइने छ । उहाँले भन्नुभयो, “शीतल दिन भयो भने चाँडै नै पठाउँछौँ, गर्मी भयो भने पनि २ बजेभित्र पठाउँछौँ ।” दुई वटा खोरमा अलगअलग राखेर गैँडा पठाइँदैछ ।

गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी जानेछ । वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैँडासँगै कोशी जानेछन् ।

बुधबार गैँडालाई कोशीमा पु¥याएर खुल्ला खोरमा राखिने छ । कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लान लागिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।

सुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडा राखिँदै छ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरेर छोडिने छ ।

केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताउनुभयो । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको छ ।

अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका भएका छन् । ती गैँडा अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेका छन् । तिनै गैँडा पठाउन लागिएको पुनले बताउनुभयो । पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा रहेको तथ्याङ्क छ । पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्याङ्कमा समावेश गरिएको छैन । पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैँडा रहेका छन् । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि थप भाले पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ । निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा गैँडा पठाइएको थियो ।

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ ।करिब ७० हजार किलो चिनी भण्डारण गरिएको गुहेश्वरी ट्रेडलिंकको गोदाममा अनुगमनपछि सिल गरिएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले गोदाम सिल गरी चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो ।खुद्रा व्यापार संघका अधिकारीहरूका अनुसार १ सय २७ रुपैयाँ किलो थोक व्यापारमा चिनी बिक्री गरेर गुहेश्वरीले १ सय ५ रुपैयाँ मात्रै बिल दिने गरेको बताइएको छ ।दुई साता अघिसम्म १ सय १० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको मूल्य पछिल्लो समय एकाएक १ सय ४० रुपैयाँसम्म पुर्‍याइएको छ । श्रेष्ठले नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले ९७ रुपैयाँमा बेचेको चिनी बजारमा १ सय ५० रुपैयाँसम्म बेच्ने गरेको बताउनुभयो ।बजारमा चिनीको कृत्रिम अभाव देखाएर महँगो दाममा बेच्ने र कालोबजारी गराउने गिरोह खोजी खोजी कारबाही प्रक्रिया थालेसँगै उक्त गोदाममा ठूलो मात्रामा चिनी लुकाएको फेला परेको हो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

चीनमा ‘पदकविहीन’ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ।

प्रधानमन्त्री दाहाललाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याडले राजनीतिक रूपमा महत्त्व दिएर राजकीय सम्मानु प्रदान गरे पनि नेपाललाई आर्थिक रूपमा फाइदा पुग्ने कुनै दीर्घकालीन सम्झौता हुन सकेन ।

प्रधानमन्त्री दाहालको उपस्थितिमा चीनसँग भएका १३ सम्झौता खुद्रे योजनामा सीमित भएको भन्दै टिप्पणी भएको छ । यद्यपि सम्झौता कार्यान्वयन भए केही फाइदा भने हुने विश्वास लिइएको छ ।

भ्रमणमा जानुअघि स्वयम् प्रधानमन्त्री दाहालले चीनको बहुचर्चित परियोजना बेल्ट एन्ड रोड (बिआरआई) कार्यान्वयन नयाँ चरणमा प्रवेश गर्ने, चीनसँग विद्युत् व्यापार सम्झौता गर्ने, नेपालको पूर्वाधारमा चिनियाँ सहयोग तथा चिनियाँ नयाँ लगानी भित्र्याउन पहल गर्ने सार्वजनिक अभिव्यक्ति दिए पनि ठोस सम्झौता भएन ।

प्रधानमन्त्री दाहालको उपस्थितिमा भएका सम्झौता मन्त्री, सचिव र दूतावासको तहबाट गर्ने प्रकारका भएको कूटनीतिक क्षेत्रका जानकार बताउँछन् । प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा मात्र सीमित भएको पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री तहको भ्रमणमा हुनुपर्ने सम्झौता एउटा पनि हुन सकेन,’ एमाले नेतासमेत रहेका जवालीले भने ‘भ्रमण उपलब्धिमुलक भएन।’ यो समाचार नागरिक दैनिकमा छ ।

कानुन तर्जुमामा क्यालेन्डर प्रस्ताव

काठमाडौं । वार्षिक रूपमा सङ्घीय संसद्मा पेस गर्ने विधेयकको कार्यतालिका निर्माणको प्रस्तावसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ।

विधेयक तर्जुमा, प्रकाशन र प्रत्यायोजित व्यवस्थापनमा समेत एकरूपता कायम गर्ने उद्देश्यले सरकारले नयाँ विधेयक प्रस्ताव गरेको हो। विधायनसम्बन्धी विधेयक कानुन तर्जुमाको निर्देशक कानुनका रूपमा प्रस्तावित छ।

कानुन निर्माणमा एकरूपता कायम गर्न, जारी ऐनको अभिलेख राख्न, प्रत्यायोजित विधायनको सीमा तोक्न, प्रत्यायोजित विधायनको जाँच गर्न र अभिलेख राख्न निर्देशक कानुनका रूपमा विधेयक प्रस्तावित गरिएको हो। प्रस्तावित विधेयकमा कानुन निर्माणको क्यालेन्डरको प्रस्ताव गरिएको छ।

हरेक मन्त्रालयले जेठ मसान्तभित्र कानुन तर्जुमाको प्राथमिकताक्रम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउनुपर्ने छ। कानुनले प्राथमिकता निर्धारण गरेर वार्षिक क्यालेन्डर तयार पार्ने प्रस्ताव गरिएको छ। यस्तो कार्यतालिकाको जानकारी संसद्मा पठाउने प्रस्ताव गरिएको छ।

प्रस्तावित विधेयकको दफा ३ मा नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र क्षेत्रगत तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्वसमेतका आधारमा प्रत्येक मन्त्रालयले चालु आर्थिक वर्षमा निर्माण गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानुन मन्त्रालयमा पठाउनुपर्ने स्पष्ट प्रस्ताव गरिएको छ।

विधेयकले कानुनी व्यवस्था नभएको तथा कुनै व्यवस्था खारेज गर्ने गरी विधेयक मस्यौदामा अनिवार्य रूपमा सिद्धान्त स्वीकृत गराउनुपर्ने प्रस्ताव गरेको छ। विधेयकको सिद्धान्त स्वीकृति कानुन मन्त्रालयबाट हुने छ। संशोधन विधेयक र आर्थिक विधेयकको हकमा सिद्धान्त स्वीकृत गर्नु नपर्ने व्यवस्था प्रस्तावित छ।

सिद्धान्त स्वीकृतपछि विधेयकको प्रारम्भिक मस्यौदा हुनुपर्ने प्रस्ताव गरिएको छ। यस्तो मस्यौदा तयार गर्न सम्बन्धित मन्त्रालयले कानुन आयोगलाई आग्रह गर्न सक्ने छ तर बाध्यकारी व्यवस्था भने गरिएको छैन।

विधेयक तर्जुमा गर्ने प्रक्रियामा सरोकारवालालाई सहभागी गराई राय सुझाव लिनुपर्ने व्यवस्थालाई बाध्यात्मक बनाउन प्रस्ताव गरिएको छ। राय सुझावसहितको मस्यौदा सम्बन्धित मन्त्रालयले बढीमा एक महिनासम्म वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था प्रस्तावित छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई एक लाख जरिवाना

कास्की, ९ असोज-पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो । म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमन समितिले मीनबहादुर शेरचन स्टोर्सलाई सो रकम जरिवाना गराएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले बताउनुभयो ।

उहाँका अनुसार सो स्टोर्सबाट पाँच लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायतका करिब रु २८ हजार नौ सय ६० बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको छ ।यसैगरी दालको लेवल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ ढकालले जानकारी दिनुभयो ।त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्सले म्याज गुर्जेको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापडलगायतका सामग्री नष्ट गरी सो स्टोर्सका सञ्चालकलाई रु १० हजार जरिवाना गरिएको छ । त्यसैगरी सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सुजीसहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । सो पसललाई रु पाँच हजार जरिवानासमेत तोकेको छ । यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । समितिले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको भागिरथ स्टोर्समा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई रु ५० हजार जरिवाना गरेको थियो ।

राजनीतिक असमझादारी हटाउन भूमिका खेलिरहेको छु : सभामुख घिमिरे

बनियानी (झापा)- सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित निजी सचिवालयमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संसद्लाई कुशलतापूर्वक सञ्चालन गर्न आफू सकेसम्म प्रयासरत रहेको बताउनुभयो । “राजनीतिक पार्टी र नेताहरूबीचमा असमझदारी बनेका बेला उहाँहरूलाई एकठाउँमा राख्ने काम सकेसम्म भूमिका खेलेको छु”, उहाँले भन्नुभयो, “यसमा एक खालको सफलता मिलेको छ ।” सरकारले ल्याएका ऐन–विधेयकलाई संसद्मा घनिभूत छलफल गराउने काम आफूले गरिररहेको सभामुख घिमिरेको भनाइ छ ।

सरकारले गम्भीरताका साथ ऐन कानून निर्माण लाग्न नसकेको बताउँदै उहाँले कानुन ल्याए पनि तुरुन्त पछि हट्नुपर्ने अवस्था रहेको चर्चा गर्नुभयो । सभामुख घिमिरेले सरकारले विधेयक ल्याउँदा सरोकारवालाहरूसँग बृहत छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।“संसद्मा विधेयक आउने वित्तिकै त्यसको व्यापाक विरोध भइरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “विधेयक ल्याउँदा सरोकारवालासँग छलफल गरेर उनीहरूको माग र भावना समेट्न आवश्यक छ ।” झापा क्षेत्र नं २ का संसद्समेत रहनुभएका उहाँले यस क्षेत्रको विकासमा निरन्तर लागिपर्ने बताउनुभयो । यस क्षेत्रका जनतासँग गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने उहाँको छ ।

‘संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ’

पाटन -कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय पदाधिकारीहरू तथा सदस्यहरूले उठाएका प्रश्न र सवालको जवाफ दिनेक्रममा उपसभापतिसमेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, “ंविभिन्न जातजाति, समुदायको गुनासो रहँदारहँदै पनि समय क्रमअनुसार संशोधन गर्दै जाउँला भनेर तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको हो ।

संविधानमा केही व्यावहारिक कठिनाइ आउन सक्छन्, त्यसलाई समाधान गर्न संशोधन गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ । आजसम्म कांग्रेसले मध्यमार्गी धारबाट नेतृत्व गर्दै मुलुकलाई डोहो¥याएकोमा अलिकति मात्रै तलमाथि भयो भने यी सबै उपलब्धि गर्ल्यामगुर्लुम ढल्नेछन् । यो कुरा हामीले बिर्सिनुहुँदैन ।”

उहाँले संविधान बनाएपछि आठ वर्षसम्म पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको विषयलाई ऐन, कानून बनाएर सम्बोधन गर्न र कार्यान्वयन गर्न दलहरू चुकेको धारणा राख्नुहुँदै अब तीव्र गतिमा संविधानले परिकल्पना गरेका सङ्घीय ऐनहरू बनाएर सङ्घ, प्रदेश र स्थानीय तहको काम, अधिकार र समन्वयको सन्दर्भमा नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।कार्यवाहक प्रधानमन्त्री खड्काले सबै मन्त्रालयलाई आफ्ना मन्त्रालयसँग सम्बन्धित कानून निर्माणका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठकमा एक महिना अगाडि नै निर्देशन भएको प्रष्ट पार्नुभयो । उहाँले वर्तमान मुलुकको परिस्थिति, धार्मिक, जातीय, क्षेत्रीय कुरा आउँदा देखिएका सङ्केत राम्रो नभएको बताउँदै नेपाली कांग्रेसले जातीय, धार्मिक, क्षेत्रीय र दलबीचको सद्भाव कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

झापाका टीकाराम साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

दोहा । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको कन्काइमाईमा लगी उनको दाहसंस्कार गरिएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ओमनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपना पनि खेर गएको छ । उनको निधनपछि परिवारमा बज्रपात परेको छ । उनको परिवारले अहिले गायक प्रकाश सपूतको ‘बोल माया’ गीतको हरफ जबर्जस्ती स्वीकार्नु परिरहेको छ । बोलमाया गीतमा भनिएको छ, ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा ।’

अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । टीकाराम भने रातो बाकसमा फर्किन बाध्य भए । विदेशबाट आएका शवको वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै नेपाल सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत खै मूल्यांकन रु

गत आर्थिक वर्ष २०७९–८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । आव २०६५–६६ देखि २०७९–८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।

खाडी मुलुकमध्ये पनि गत आव २०७९–८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, यूएईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गर्नुभएको छ ।

इजिप्टमा आयोजना भइरहेको ‘एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी) को वार्षिक बैठकको एउटा सत्रमा अर्थमन्त्री महतले आर्थिक रुपमा पछि परेका मुलुकहरुको पूर्वाधार विकास आवश्यकता पूर्ति गर्नका लागि सहुलियतपूर्ण वित्तीय सहयोगको आवश्यकता औँल्याउनुभएको हो । त्यस्तै, वित्तीय लगानीका नयाँ स्रोत खोजिनुपर्ने पनि उहाँको भनाइ छ ।“अहिले विश्वले मुख्य तीनवटा चुनौतीको सामना गरिरहेको छ । विश्व अर्थतन्त्रमा सन्तुलन कायम गर्ने, शून्य कार्बन उत्सर्जनतर्फको लक्ष्य हासिल गर्ने र न्यून तथा मध्यम आय भएका मुलुकको वित्तीय पहुँच बढाई गरिबी घटाउने तथा नागरिकको जीवनस्तर सुधार्ने गरी काम गर्नुपर्ने छ”, अर्थमन्त्री महतले भन्नुभयो, “यसका लागि थप वित्तीय लगानी आवश्यक भएकाले सहुलियतपूर्ण वित्तीय सहायतासहित समन्वय र सहकार्यका लागि बहुपक्षीय विकास बैंकहरु तथा अन्तरराष्ट्रिय दातृ निकायसँगलाई आग्रह गर्दछु ।”नेपालजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकको विकासका लागि सहुलियतपूर्ण ऋण महत्वपूर्ण रहेकाले त्यस्तो सहयोग उपलब्ध गराउन एआइआइबीसँग अर्थमन्त्री महतले प्रस्तावसमेत राख्नुभयो । आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय पहुँच विस्तार, प्रविधि र क्षमता विकास, सामाजिक सुरक्षालगायतका लागि थप लगानी आवश्यक रहेको अर्थमन्त्री महतले बताउनुभयो । यसले समतामूलक र दिगो विकासलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको उहाँको भनाइ छ ।वित्तीय लगानीका नयाँ स्रोत खोजिनुपर्नेमा पनि अर्थमन्त्री महतले जोड दिनुभयो । सार्वजनिक–निजी साझेदारी (पिपिपी), हरित बन्ड, ब्लेन्डेड फाइनान्सलगायतका अवधारणामार्फत लगानी गर्न सकिने उहाँको भनाइ छ । त्यसका लागि राजनीतिक स्थिरता, बीमा, नियामकीय नीतिहरुको व्यवस्थाका लागि सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।नेपालमा जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनामा जलवायु वित्तका रुपमा पनि लगानी बढाउन सकिने उहाँको भनाइ छ । एआइआइबीको बैठकमा दिगो विकासका लागि उत्तरदायी विश्वव्यापी लगानी, उदीयमान अर्थ व्यवस्था भएका मुलुकमा दिगो पूर्वाधारका लागि सहयोग, हरित तथा नवप्रवर्तनमा आधारित लगानी प्रवद्र्धन, जलवायु वित्तको अवसर पहिचान तथा स्रोतको खोजी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

विधेयकमाथि छलफल हुने संसदीय समितिमा कोरम पुग्दैन, दोष कानुनमन्त्रीलाई ! : मन्त्री गुरुङ

पाटन(ललितपुर- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकमाथि छलफल हुने संसदीय समितिमा कोरम नपुग्दा विधेयकहरू संसद्बाट पारित हुन ढिला भएको जवाफ दिनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “विधेयकमाथि छलफल हुने संसदीय समितिमा कोरम पुग्दैन, अनि दोष कानुन मन्त्रीलाई ! सभापतिज्यू, संसदीय समितिहरुमा सांसदहरुको अनिवार्य उपस्थितिका लागि संसदीय दलबाटै निर्देशन गर्नुपर्छ । उपसमितिमा बस्न पनि रहर गर्ने, अनि विधेयकमाथि छलफल गर्ने क्रममा कोरम नपुग्ने, अनि कहाँबाट कानुन बन्छ ?”संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको तथ्य प्रस्तुत गर्दै मन्त्री गुरुङ शिक्षकहरूले आन्दोलन गरेर संविधान विपरीत ऐन बनाउन माग गरेको र स्थानीय तहको मातहतमा बस्दैनौँ भनेर आन्दोलन गरेको भन्दै संविधान विपरीत गएर शिक्षकलाई खुसी बनाउने गरी ऐन बनाउन नसकिने जवाफ दिनुभयो ।मन्त्री गुरुङले कानुन बनाउने आफ्नो पनि जिम्मेवारी रहेको धारणा राख्दै संसदीय समितिहरूका बैठकमा नेपाली कांग्रेसका सांसदलाई आफ्नो जिम्मेवारी निर्वाह गरेर विधेयकहरू सहज रूपमा अगाडि बढाउने वातावरण बनाइदिन आग्रह गर्नुभयो । संविधान दिवसमा आम माफी दिने सन्दर्भमा उठेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “त्यो विषय मन्त्रिपरिषद्मा नआएको र जेलरबाट गृह मन्त्रालय हुँदै राष्ट्रपति कार्यालय पुगेको हो, त्यो विषय मन्त्रिपरिषद्मा आएन ।”

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित

हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो ।

जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो । समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो । जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो । यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन् । यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन् । खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५–० गोलको फराकिलो अग्रता दिलाइन् ।

जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो । खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँँ गोल गरिन् । यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ७–० गोलको अवस्थामा पुर्याइन । यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८–० गोलअन्तरको जित दिलाइन् । जापानले पहिलो खेलमा बंगलादेशलाई पनि ८–० गोलअन्तरले पराजित गरेको थियो ।

यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ।

नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

बाबु छोराको एउटै चितामा अन्त्येष्टि

तुलसीपुर (दाङ), ८ असोज : सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताउनुभयो ।

दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो ।

दुबै जनाको सल्यान कपुरकोटमा गाउँपालिका–३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जीप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

छोराले गाडी चलाइरहेका थिए भने बुबा सोही गाडीमा सवार थिए । दुवै बाबु छोरा सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेलगायतका बजारमा विक्री गर्दै आएका थिए । उनीहरू पाँच वर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताउनुभयो । “उहाँहरू लामो समयदेखि छोराले गाडी चलाउने र बुबा सँगै हिँड्ने गर्नुहुन्थ्यो”, वडाध्यक्ष वलीले भन्नुभयो, “रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो ।”

रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो । सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते हुनुभएको थियो ।

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । असहज महसुस भएपछि आज बिहान अस्पताल ल्याइनुभएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् ।

उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि अस्पतालमा अहिले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ । चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले पनि विरोध जनाइरहेका छन् । अस्पताल प्रशासन र दिवङ्गत दुराका आफन्तबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको वार्ता कुनै टुङ्गोमा नपुगेको जनाइएको छ । अस्पतालको अवस्था नियन्त्रणबाहिर नजाओस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ता विकले बताउनुभयो । अस्पताल व्यवस्थापनले घटनाको यथार्थ छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

राष्ट्रपतिद्वारा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र भवन समुद्घाटन

जनकपुरधाम, ८ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा २३ वर्षदेखि निर्माणाधीन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुदघाटन गर्नुभएको छ । सहरी विकास मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित एक समारोहका बीच आज उहाँले संस्कृति केन्द्र सभाहलको समुद्घाटन गर्नुभएको हो ।

सभाहलको उद्घाटन पश्चात महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहल समुदघाटन तथा नागरिक अभिनन्दनका लागि आयोजित संयुक्त समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वर्गीय निधिलाई लोकतान्त्रिक आन्दोलनका योद्धा, अहिंसा र निष्ठाका पुञ्जको संज्ञा दिँदै उहाँको नाममा स्थापित नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा स्वर्गीय निधिपुत्र एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २३ वर्षअघि आफ्नो परिवार र तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नवनिर्मित सभाहलले अहिंसा, शान्ति र मिथिलाको संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गर्नुभएका स्वर्गीय निधिको नाममा स्थापित संस्कृति केन्द्रले सभासम्मेलन गर्न सघाउ पुग्ने मात्रै नभई यस क्षेत्रको संस्कृतिको विकास र आर्थिक समुन्नतिका लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीय सरकारको सहरी विकास मन्त्रालयले संस्कृति केन्द्रको भौतिक संरचना बनाए पनि प्रदेश, स्थानीय सरकार एवं सरोकारवालाले यसको उपयोगबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपालका सातै प्रदेशमा बहुआयामिक महत्त्वको सभाहल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार जनकपुरमा पनि सभाहल सञ्चालनमा आएको बताउनुभयो ।

त्यसैगरी जनकपुधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहले आफ्नो पालमा निर्माण सुरु भएको सभाहल निर्माण सम्पन्न भएर उद्घाटन भई सञ्चालनमा आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले सभाहलको व्यवस्थापन र परिसरमा रहेका अन्य संरचना निर्माण संस्कृति केन्द्रको थप विकास एवं विस्तार गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सहरी विकास मन्त्रालयको रु १२ करोड २४ लाख ७९ हजार तीन सय ४० लागतमा निर्माण सम्पन्न भएको भवन सवा दुई बिघा क्षेत्रफलमा फैलिएको छ । स्वर्गीय निधि पत्नी प्रेमसागरी देवी निधिले भवनको शिलान्यास गरेसँगै विसं २०५७ वैशाखमा भवनको निर्माण कार्य सुरु भएको थियो ।

नवनिर्मित भवनमा पाँच सय ४० जना क्षमताको सभाहल, दुई सय जना अटाउने कन्फरेन्स हल छ भने परिसरभित्र पुस्तकालय भवन, सङ्ग्रहालय ब्लक, कम्पाउन्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, चमेना गृह ब्लकलगायतका संरचना रहेका छन् ।

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

काठमाडौँ, ८ असोज : चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौँ, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् । प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरु बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायबमहानिरीक्षक कुवेर कडायतले काठमाडौँको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरकोगठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको भएको बताउनुभयो ।

उहाँका अनुसार बज्राचायको घरबाट नगद रु एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब रु छ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब रु एक लाख सात हजार तथा चित्रकारको कोठाबाट करिब रु नौँ लाख ६५ हजार सातसय बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले सामानहरु चोरी गरी हाल फरार भएका व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मेला, पर्व तथा चाडवाड नजिकिदै गएकाले चोरी गर्नेहरु सक्रिए हुने हुँदा आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ ।

यमःद्यो ठड्याएर भोलिदेखि भक्तपुरमा आठ दिन इन्द्रजात्रा मनाइने

भादगाउँ, ८ असोज : धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा मङ्गलबारदेखि सुरु हुने भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको बिहान भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।

भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठड्याएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरव, याँमता (आकाश दीप) मुपात्र र पुलुकिसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

जात्राको पहिलो दिन स्थानीय गुठियारहरुले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका इताछेँ, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, बोलाछेँ, चासुखेल लगायतका स्थानहरुमा यमःद्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन ।

जात्राको तेस्रो दिन अर्थात् इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । जात्रामा इन्द्रायणी देवीलाई शृङ्गारपटार गरी विधिवत् पूजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानीय महिलाहरु हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्धहरु धूप दीप बालेर सिद्धपोखरीले परिचित इन्द्र दहको दक्षिण दिशाको बीचमा ल्याई विराजमान गराइन्छ । जात्राका क्रममा राति पालाको दीप बालेर दहलाई सजाइन्छ । यस दिन राति दहमा मेला लाग्छ । मध्यराति तान्त्रिक पूजा गरी इन्द्रायणीलाई भोगवली चढाउने परम्परा रहेको छ ।

जात्राको चौथो दिन येंया पुन्ही (भाद्र शुक्ल पूर्णिमा)का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दहमा बिहानै स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनहरु ठूलो घुइँचो लाग्ने गर्छ । देवराज इन्द्रले स्नान गरेको दह हुनाले यस दिन इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ । यस दिन इन्द्रायणी देवीसँगै दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरु तथा वासुकी नागको समेत पूजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाई पिउने परम्परा छ । राती इन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमास्थित देवगृहमा ल्याई विधिवत् पूजा गरी आसनमा विराजमान गराइन्छ । जात्राको पाँचाँै दिनलाई पनि शून्य मानिन्छ ।

जात्राको छैटौँ दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशूल आकारको माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती) बालिन्छ । लगत्तै तचपालको सँला गणेशलाई विधिवत् पूजा गरी खटमा राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँहरुमा परिक्रमा गराइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुईजना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्गलगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई सहर परिक्रमा गराउने प्रचलन छ । सहर परिक्रमा गर्दा टोलटोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीनपटक घुमेर तरवारले हान्ने गरिन्छ ।

जात्राको सातौँ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेश कहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडि गई जात्रा गर्छ । लगत्तै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिनमा तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी (तौमढी)को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । सुरुमा तल्लो टोलहरु तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछ । त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नुपूर्व गुठी संस्थानबाट भैरवलाई विधिवत् रुपमा बलि पूजा गरिन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रा सुरु गर्न अगाडि तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोहरुमा धान खुवाउने, तमारी र दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राका क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउँदा सुँढले छुन्छ कि भनी मानिसहरु परपर भाग्ने गर्दछ । देवीपुराण ग्रन्थअनुसार पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाएको हो ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।

इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो प¥यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरुको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी माग्छन् । सो क्रममा दैत्यहरुलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको प्रा डा श्रेष्ठ बताउँछन् ।

भक्तपुरमा इन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपत्ति आइनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस्, काल र शत्रुनाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्रा डा श्रेष्ठले बताउनुभयो । साथै यस जात्राले मूला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ रहेको छ ।

मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

विराटनगर, ८ असोज ः उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताउनुभएको छ ।

प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचानसहितको सङ्घीयता अपरिहार्य भएको बताउनुभयो । उहाँले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिएको भन्दै सन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न बनाउनुभयो ।

नयाँ विधान कार्यान्वयनमा जसपा

काठमाडौँ, ८ असोज : जनता समाजवादी पार्टी, (जसपा) नेपाल नयाँ विधान कार्यान्वयनमा लागेको छ । जसपाले केन्द्रीय समितिदेखि स्थानीय समितिसम्मका निष्क्रिय रहेका नेता, कार्यकर्ता छाँटेर विधानले व्यवस्था गरेबमोजिमकोे सङ्ख्यामा सङ्गठनलाई रूपान्तरण गर्दै गइरहेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार जसपाले करिब एक सय ५० को सङ्ख्यामा रहेको कोशी प्रदेश समितिलाई पुनःगठन गरी विधानबमोजिम ५१ सदस्यीय बनाएको र सातै वटा प्रदेशबाट केन्द्रीय सदस्यबारे जानकारी लिने र रिपोर्ट सङ्कलन गर्न थालेको छ ।

जसपाको विधानले एक सय ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । हाल पार्टीका चार सयको सङ्ख्यामा केन्द्रीय समिति रहेको र केन्द्रीय समितिबाट करिब दुई सय ५० केन्द्रीय सदस्य छाँटिने सो पार्टीले जनाएको छ ।

प्रदेशदेखि स्थानीय समितिले तीन महिने सङ्गठन विस्तार तथा अभिमुखीकरण अभियानको सिलसिलामा पुनःगठन र रूपान्तरण कार्यक्रममार्फत निष्क्रिय नेता कार्यकर्ताहरूलाई छाँट्ने काम गरिरहेका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।
–––

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल

पाटन, ८ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताउनुभएको छ । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर आफ्नो मन्त्रालयबाट भएको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै मन्त्री रिजालले महँगी नियन्त्रणमा निरन्तर लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो भरमग्दुर प्रयास छ, चिनीमा ठूलो हाहाकार मच्चिएको अवस्थामा १० हजार क्विन्टल सल्ट ट्रेडिङ र १० हजार क्विन्टल खाद्य संस्थानलाई बोलपत्र गरेर छिटो ल्याउनूस्, त्यसमा ५० प्रतिशत भन्सार छुट दिन्छ भनेको छु । पत्र पनि दिइसकेको अवस्था छ । मलाई लाग्छ दसैँ अगावै मूल्य नियन्त्रण गर्न हामी सक्षम हुन्छौँ ।”

मन्त्री रिजालले मूल्य नियन्त्रणका लागि इन्डियाको वाणिज्यमन्त्रीसँग पनि धान, चामल र चिनीको विषयमा मैले कुरा गरेको र राजदूतसँग पनि चारपाँच पटक भेटेर कुरा गरेको बैठकलाई जानकारी गराउनुभयो । उहाँले अनुगमनको काम चलिरहेको बताउँदै पाँच–दश करोडको बदमासी गरे पनि तीन लाखसम्म मात्रै जरिमाना गर्न पाउने व्यवस्था रहेको र धेरै बदमासी गर्नेलाई धेरै जरिमाना गर्न कानुनी अड्चन रहेको बताउनुभयो ।

मन्त्री रिजालले अर्बौं रुपैयाँ सरकारी लगानी गरेर केही वर्ष अघिसम्म फाइदामा चलेकाहरू अहिले घाटामा रहेको बताउनुभयो । “सरकारले कतिसम्म लगानी गर्ने ? त्यहाँ जसलाई जे मन लाग्यो त्यही गर्ने, कुनै अनुशासनका कुरा छैनन्, ट्रेड युनियन र व्यवस्थापन मिल्ने, विना काम कार्यालय सहयागीले ‘ओटी’समेत गरेर ५०–६० हजार तलब खान्छ”, मन्त्री रिजाले भन्नुभयो । सरकारी लगानीमा चलेका उद्योगहरुलाई प्राइभेट पब्लिक पार्टनरशिपको अवधारणामा लैजाने सरकारको योजना रहेको मन्त्री रिजालले बताउनुभयो ।

प्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई कमजोर बनाउने प्रयास राज्यबाट हुन नहुने बताउनुभएको छ । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रियामा उहाँले माथिल्लो निकाय सच्चियो भने सुरक्षा निकाय आफैँ सुदृढ एवं बलियो हुने दाबी गर्नुभयो ।

बहुजातीय र बहुभाषिक हाम्रो देशमा मिल्नुको विकल्प नरहेको जिकीर गर्दै मुख्यमन्त्री कार्कीले प्रहरी ऐनको अभावमा प्रदेशमा सरकारले ऐन बनाउन नसकेको जानकारी दिनुभयो । उहाँले प्रहरी प्रदेश सरकारको मातहतमा नरहेका कारण कतिपय विषयमा प्रदेश सरकारलाई समस्या भइरहेको टिप्पणी गर्दै कोशी प्रदेशका सुरक्षा निकाय निकै गम्भीर छ भत्रुभयो ।

उहाँले सङ्घीय सरकारको संरचनामा प्रदेश सरकार लगानी गरेमा बेरुजु हुने खतरा रहेको भन्दै सामाजिक सद्भाव भड्किन नदिन सबै राजनीतिक दलको केन्द्र तहमा सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याउनुभयो ।

खुल्ला सीमा व्यवस्थित भएमा राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आफूतर्फ लागि परेको बताउनुभयो । कोशी प्रदेशमा लागू औषध दुव्र्यसनीको ठूलो समस्या रहेको भन्दै उहाँले चाडपर्वको समयमा बजारमा कालोबजारी हुन नदिन प्रहरी प्रशासन चनाखो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले कोशी प्रदेशमा जनताले चुनाव नचाहेको अवस्थामा कोशी प्रदेश सरकारलाई स्थिर बनाउन केन्द्र तहका राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल

जनकपुरधाम, ८ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको मधेसमा नेपालको राष्ट्रियताको चुरो रहेको बताउनुभएको छ ।

आज जनकपुरमा आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र रूपान्तरणमा मधेसको सबल भूमिका रहँदै आएको भन्नुहुँदै नेपालको राष्ट्रियताको चरो पनि मधेसमै रहेको बताउनुभयो ।

“नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता वीपी कोइरालाले भनेझैँ म नेपालको राष्ट्रियताको चरो नै मधेसमा रहेको छ भन्नेमा सधैँ दृढ छु”, उहाँले भन्नुभयो, “यही भूमिमा बस्ने नागरिकहरूले नेपालको एकएक इन्च जमिन जोगाएका छन् । त्यसकारण म यहाँका नागरिक र परिवर्तनका लागि प्राणको आहुति दिने सबै अग्रजको पावन स्मृतिमा उहाँहरूप्रति निष्ठाका शब्द पुष्प चढाउँछु ।”

अभाव र समस्यामा राष्ट्रियताको संरक्षण हुननसक्ने भन्नुहुँदै उहाँले मधेसका सम्भावनाहरूको पहिचान र समस्याहरूको सम्बोधन गर्न सकारात्मक योगदानका लागि सबैलाई आग्रह गर्नुभयो ।

“अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन । त्यही भएर हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेसको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न हुन्न । नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने मेरो सधैँको अटल विश्वास हो । त्यसकारण म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्न सबैलाई अपिल गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सम्बोधनका क्रममा समग्र नेपाललाई खाद्यान्न आपूर्ति गर्ने अन्नभण्डार मधेसको उर्वर भूमि सिँचाइको अभावले बाँझो देखेर आफ्नो हृदय छियाछिया हुने गरेको भन्नुहुँदै उहाँले सरकारमा रहँदा होस् या संसद्मा, समग्र मधेसको आधा हिस्सा सिञ्चित गर्न सकिने सुनकोशी–मरिन डाइभर्सनका लागि आवाज उठाउँदै आएको स्मरणसमेत गर्नुभयो ।

एक अर्को प्रसङ्गमा राष्ट्रपति पौडेलले आफ्नो नेतृत्वमा तत्कालीन मधेसवादी दलहरूसँग भएको २२ बुँदे सहमतिले संविधान निर्माणको आधारशिला खडा गरेको भन्नुहुँदै संविधानको सबल कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलका नेताहरूलाई अपिल गर्नुभयो ।

“हामी सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र स्थापना गरेका छौँ र आज हामी सबैले एकताबद्ध भई सामाजिक न्याय स्थापनासहितको समृद्धि हासिल गर्नु अपरिहार्य छ”, उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन, जनतालाई अधिकार दिन र प्रदेश तथा स्थानीय तहका सरोकारहरू सम्बोधन गर्न मुख्य तीन नेताहरू देउवा (शेरबहादुर देउवा), ओली (केपी शर्मा ओली) र प्रचण्ड (पुष्पकमल दाहाल) ले गम्भीर बन्नुपर्छ । उहाँहरूले चाहेमा देश बदलिन्छ, संविधान र सङ्घीयता कार्यान्वयन हुन्छ ।”

त्यसैगरी उहाँले देशको कुनै पनि जायज नागरिक नागरिकताविहीन नरहुन् र देशको प्रत्येक नागरिकमा भेदभावरहित रूपले कानूनी राज्य र सामाजिक न्यायको परिकल्पना आफूले गरेको र त्यसैकारण नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं नागरिक अभिनन्दन मूल समारोहका संयोजक मनोजकुमार साहले अभिनन्दनपत्र वाचन गरेर राष्ट्रपतिलाई नगरवासीको तर्फबाट सम्मान गर्नुभयो ।

त्यस्तै धनुषा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदय जुलीकुमारी महतो (महासेठ), प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनकपुरधामका पूर्वप्रमुख बजरङ्गप्रसाद साह तथा जनकपुरधामका उपप्रमुख किशोरी साहलगायतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर साझा अभिभावकको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।

साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ८ असोज : राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा समीर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले समान एक–एक गोल गरे । खेलको पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल गर्‍यो । खेलको १७औँ मिनेटमा नेपालका प्रशान्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

त्यस्तै खेलको ३०औँ मिनेटमा नेपालले दोस्रो अग्रता लियो । समिरले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए । यसैगरी खेलको ५८औँ मिनेटमा माल्दिभ्सका लायन रसिदले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर ८८औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्‍याए । त्यसपछि समीरले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे ।

समूह ‘ए’ बाट सेमिफाइनलमा नेपाल र पाकिस्तान पुगेका छन् । माल्दिभ्स भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

पाटन, ८ असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र बलियो बन्नका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा महामन्त्री शर्माले भन्नुभयो, “गणतन्त्र बलियो बन्नका लागि थुप्रै राम्रा कर्महरू चाहिन्छ । त्यसका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नु पनि अनिवार्य र महत्त्वपूर्ण कार्य छ । आममाफी दिने गरी सरकारले गरेको पछिल्लो निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, सरकारले गरेको कामले राष्ट्रपति संस्थालाई आलोचित बनाउँदा मानिसमा वितृष्णा बढ्छ ।”

पार्टीका नेताको कार्यशैलीलाई बदल्दै समाजको वितृष्णालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले समुदायको सद्भावलाई अझै खँदिलो बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकबाट हुने निर्णय सबैको स्वामित्वबोधका साथ जाने गरी हुने विश्वास व्यक्त गर्दै महामन्त्री शर्माले व्यवस्थामा सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम लिलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक ममिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज यहाँ आयोजित एक समारोहबीच मन्त्री अधिकारी र राजभण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । यसैगरी मुख्यमन्त्री कार्कीले मन्त्री महतो र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।