`

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल सुदूर(पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर(पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा साथै देशका बाँकी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गायक आनन्द कार्कीको प्रतिक्षित गीत ‘एकै पल्ट’रिलिज भएसँगै चर्चा

काठमाडौं। गायक आनन्द कार्की र गायिका मिलन नेवारको एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ ।

गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडियोका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन् ।

र्‍याम्प हुँदै म्यूजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी , लगायतका भिडियो बजारमा आइसकेका छन् । सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन् । भिडियो लिंक

भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ : महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताउनुभएको छ ।झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताउनुभयो । “कांग्रेसले कसैलाई निलम्बन गर्यो वा गरेन त्यो ठूलो कुरा होइन, यस्तो हल्ला गर्नुको अर्थ पनि छैन”, उहाँले भन्नुभयो, “भ्रष्टाचारको फाइलमात्र होइन, फायर खोलिनुपर्छ ।”

नेपाली कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहने उल्लेख गर्दै उहाँले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता औँल्याउनुभयो । उहाँले पार्टीमा भइरहेका गल्ती–कमजोरीको सबै दोष आफूहरूले नलिने बताउनुभयो ।

महामन्त्री शर्माले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक अस्वीकार्य भएको बताउनुभयो । “पहिलाको प्रस्तावित विधेयक त्रुटिपूर्ण रहेकाले सच्याएर ल्याउने सल्लाह भएको हो, फेरि पनि असङ्गत विधेयक नै ल्याइयो”, उहाँले भन्नुभयो, “म पनि शिक्षकको छोरा हुँ, समस्या बुझेको छु, प्रधानमन्त्रीलाई भन्छु, यो ऐन अस्वीकार्य छ ।”

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्राकृतिकरूपमै पुरानो पुस्ता हट्ने र नयाँ पुस्ता राजनीतिमा उदाउने बताउँदै निराश नहुन युवा पुस्तालाई आग्रह गर्नुभयो । उहाँले नयाँ बनेका पार्टीबाट लोकतन्त्रका लागि बलिदानी सङ्घर्ष गरेर स्थापित भएका राजनीतिक दलहरूलाई असर नपर्ने बताउनुभयो ।

हेर्नुहोस् भदौ ३१ गते आइतवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ ।

बृष राशि – सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मीन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै

गलकोट, ३० भदौ : बागलुङमा सुरु गरिएका विकास निर्माणका आयोजना समयमै पूरा भएको भए जिल्लाले मुहार फेरिसकेको हुन्थ्यो । जिल्लाका लागि विभिन्न विकासका योजना ल्याउने होडबाजी चलिरहे पनि समयमै योजना कार्यान्वयन हुन नसक्दा अवस्था भने निराशाजनक बनेको छ ।

जिल्लामा सञ्चालित एक दर्जनबढी ठूला आयोजना रुग्ण अवस्थामा छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङदेखि घोडाबाँधे खण्ड निर्माण सुरु भएको आठ वर्षमा पनि सम्पन्न हुनसकेको छैन । विसं २०७२ मा दुई वर्षमा सक्ने गरी भएको ठेक्का सम्झौता पाँच पटकसम्म म्याद थप भसकेको छ ।

मध्यपहाडी लोकमार्ग मात्रै नभइ ढोरपाटन सालझण्डी सडक, कालीगण्डकी करिडोर र गण्डकी प्रदेश अन्तर्गतका पाँच ठूला सडक निर्माणमा पनि ढिलाइ देखिएको छ ।

जिल्लामा सञ्चालित नगरखानेपानी लिफ्ट आयोजनादेखि पालिकाका सिंहदरबारसम्मका भवन निर्माणमा ढिलाइ भइरहेको छ । पछिल्लो समय अस्पताल जस्तो संवेदनशील क्षेत्रका भवनसमेत समयमै निर्माण सम्पन्न हुन नसक्नु बागलुङका लागि लज्जा बोध भएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताउनुभयो ।

उपल्ला चौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी–एससिएफ–इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेपनि अहिलेसम्म अझै सडक सम्पन्न हुन नसकेको हो । कूल २५ किमि सडकको दुई खण्डमध्ये १२ किमि सडकमा अझै पूर्वाधार निर्माण गर्न बाँकी छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालप पर्वतका इञ्जिनियर पवन सुवेदीका अनुसार उपल्लो खण्ड बिहुँ घोडाबाधेको १२ किमि सडकको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको र तल्लो खण्ड बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडकको अन्तिम पटक म्याद थप्ने तयारी भइरहेको छ ।

सुवेदीका अनुसार सार्वजनिक खरिद ऐनको १२औँ संशोधनअनुसार अन्तिम पटक म्याद थप्ने तयारी भइरहेको र सडकमा निर्माणले समेत तीव्रता पाएको छ । अहिले उक्त खण्डको बाँकी काम सक्नका लागि ३० जना मजदुर परिचालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

धौलागिरि अस्पतालको भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरण भएको छैन । विसं २०७१ मा ठेक्का सम्झौता भएको भवन नौ वर्षमा निर्माण सकिए पनि भुक्तानी प्रक्रियामा भएको ढिलाइले हस्तान्तरण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको धौलागिरि अस्पतालका मेडिकल सुपरटेण्डेन्ट डा रवि रञ्जन प्रधानको भनाइ छ ।

यस्तै बागलुङमा गण्डकी प्रदेश सरकारका पाँच वटा ठूला सडकमध्ये एउटा सडकमात्रै सम्पन्नताको चरणमा पुगेको छ । बाँकी चारवटा सडक निर्माण सम्झौतामा म्याद मात्रै थप गर्ने काम भइहेको छ ।

बागलुङको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक अहिले अलपत्र जस्तै छ । उक्त सडक दुई वर्ष पहिलै कालोपत्र गर्नेगरी ठेक्का सम्झौता भएकोमा अहिलेसम्म पूर्वाधारको कामसमेत सम्पन्न भएको छैन ।

पूर्वाधार विकास कार्यालय बागलुङ अन्तर्गत कुश्मिसेरा राङ्खानी सडक जस्ता अन्य तीन सडकको हालत समेत उस्तै छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक अहिले अलपत्र अवस्थामा छन् ।

सडक आयोजना मात्रै होइन रु ३४ करोडको लागतमा निर्माण हुने भनिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना पनि पूरा भएको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेभिले निर्माणको जिम्मा लिएको लिफ्ट आयोजना चार पटक म्याद थप्ने प्रक्रियामा छ । उक्त आयोजानको परीक्षणसमेत असफल भइसकेको छ ।

यस्तै बागलुङ नगरपालिकाको रु १८ करोड लागतको १५ शय्याको अस्पताल भवन, जैमिनी नगरपालिकाको प्रमुख प्रशासकीय भवन र गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भइरहेको छ । अहिले तीन वटा भवन निर्माणको अन्तिम चरणमा आउनुपर्ने समयमा पहिलो तला ढलान गरिएको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्थानीय तहको आयोजनाको तुलनामा सङ्घ र प्रदेशका आयोजनाको गति सुस्त रहेको बताउनुहुनछ । उहाँले विकास निर्माणका लागि योजना मागमा जस्तो ध्यान दिइन्छ त्यस्तो ध्यान कार्यान्वयनमा नदेखिएको स्वीकार गर्नुभयो ।

“जिल्लाका एक दर्जन ठूला आयोजनाको प्रत्यक्ष अवलोकन गरेको छु, निर्माण कतै अलपत्र छ कतै निकै ढिलासुस्ती देखिएको छ”, उहाँले भन्नुभयो, “प्रदेशका पाँचवटा ठूला सडक र मध्यपहाडी लोकमार्ग सडक कालोपत्र हुने हो भने यहाँका जीवनस्तर बढ्ने छ ।”ती रुग्ण आयोजनाको आफूहरुले मात्रै अनुगमन गरेर नहुने भन्दै उहाँले सङ्घ र प्रदेशको आयोजनाको अनुगमन र निर्माण फितलो भएको बताउनुभयो । सालझण्डी–ढोरपाटन सडक र कालीगण्डकी करिडोरसमेत कालोपत्र भइसक्दा बागलुङका सबै मुख्य सडक कालोपत्र भइसक्नेछ उहाँको भनाइ छ ।

आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा

गण्डकी, ३० भदौ : गण्डकी प्रदेशसभाको आजको बैठकमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।

बैठकमा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले विधेयक प्रस्तुत गर्नुुभएको हो । मन्त्री जिसीले गण्डकी प्रदेशमा सञ्चालन हुने आमसञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाइ विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकलाई थप प्रभावकारी बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकाले गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गरिएको बताउनुुभयो ।

मन्त्री जिसीले गण्डकी प्रदेशमा बीउबीजन सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुुभयो । बीउबिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरीय बीउको उपलब्धतामार्फत बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको सुविधा तथा आर्थिकहित कायम राख्न आवश्यक भएकाले बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको उहाँले बताउनुुभयो ।

बैठकमा अर्थ तथा विकास समितिका ज्येष्ठ सदस्य भोजराज अर्यालले समितिको प्रतिवेदनसहितको गण्डकी प्रदेशभित्रको वनलाइ नियमन गर्न व्यवस्थापन गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो । अर्को बैठक आगामी असोज ४ गते बस्ने छ ।

टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा महत

काठमाडौँ, ३० भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उहाँले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू एक अर्ब छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताउनुभएको हो ।

“यो आयोजनामा चिनियाँ लगानी ल्याउन दुई पक्षबीच पत्रको आदानप्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।”

यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । “सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो, धेरै पक्षमा ध्यान पु¥याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ, अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

टोखा–छहरे सुरुङमार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । त्यस्तै नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभइ रसुवा नाकासम्म स्तरोन्नति हुने पनि अर्थमन्त्री डा महतले बताउनुभयो ।

पृथ्वी राजमार्गको ट्राफिक व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापारका लागि यो बाटो सबैभन्दा छोटो हुने उहाँको भनाइ छ । त्यस्तै ढिकुरे र सिम्ला सिँचाइ आयोजना पनि सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

सूचना प्रविधि सुशासन र समृद्धिको आधार : मन्त्री शर्मा

काठमाडौँ, ३० भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग सुशासन र समृद्धिको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले लाखौँ युवालाई देशभित्रै उत्पादन तथा सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताउनुभयो ।

“एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीव्रताका साथ अघि बढ्नेछौँ भने अर्कोतिर देशभित्र लाखौँ युवाहरू उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रिय तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौँ”, उहाँले भन्नुभयो, “युवालाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु ।”

सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले यो क्षेत्रलाई थप व्यवस्थित र प्रवर्द्धन गर्नका लागि साइबर सुरक्षा नीति पारित भएको बताउनुभयो । “यो नीति पारित भएसँगै साइबर सुरक्षा केन्द्र र साइबर सुरक्षा कानुन बनाउने बाटो खुलेको छ । अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि, साइबर सुरक्षा, डाटा सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि कानुन मस्यौदाको क्रममा रहेको छ”, उहाँले भन्नुभयो ।

अहिले नेपालमा बौद्धिक व्यक्ति पलायन ठूलो समस्याका रूपमा देखिन थालेको उल्लेख गर्दै उहाँले नेपाली युवालाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चितता गर्ने क्षेत्रका रूपमा सूचना प्रविधि हुने पनि दाबी गर्नुभयो ।

ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्य हासिल गर्ने तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उहाँको भनाइ छ ।

यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा ‘डिजिटलाइजेसन’लाई प्रभावकारी बनाउन सबै सरोकारवाला उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री शर्माले सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइएको बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता र अर्थतन्त्र वृद्धिको महत्त्वपूर्ण आधार बन्दै गएको सन्दर्भमा यो क्षेत्रमा युवालाई थप आकर्षित गर्न र उद्यमशीलता तथा नवप्रवर्तनमा प्रोत्साहित गर्न यस वर्षदेखि सरकारले केही नयाँ कार्यक्रम गर्ने योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

“सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि प्रतिस्पर्धी क्षमता विकास, व्यावसायिकता वृद्धि, उच्चगतिको भरपर्दो इन्टरनेट सेवा, सूचना प्रविधि पूर्वाधार, आवश्यक नीति र कानुन, सरोकारवालाबीचको समन्वय र सहकार्यमा जोड दिएको छ”, उहाँले भन्नुभयो, “यो वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायको सहयोगमा सूचना प्रविधिको क्षेत्रमा छोटो प्रकृतिका व्यावसायिक तालिम दिने तयारी थालेको छ, यसले उद्यमशीलता र नवप्रवर्तनको बाटो खोल्ने अपेक्षा मन्त्रालयको रहेको छ ।”

सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक : नेता खनाल

काठमाडौँ, ३० भदौ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा आज पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार न्यूनीकरणका लागि सबै राजनीतिक दलको साझा दृष्टिकोणको आवश्यक रहेको बताउनुभयो ।

नेता खनालले संविधान र गणतन्त्र रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रका लागि समाजवादी अर्थव्यवस्था महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

सो अवसरमा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट इञ्चार्ज डा विजय पौडेल, समाजवादी सहकारी सङ्गठनका अध्यक्ष नवराज अर्याल, सहकारी इन्चार्ज गोविन्द कोइराला, पार्टीका पोलिटब्यूरो सदस्य तथा कृषक महासङ्घका अध्यक्ष बलराम बाँस्कोटालगायतका नेताहरूले शुभकामना मन्तव्य राख्नुभयो ।

पोखराको सहरी पूर्वाधार विकासमा एसियाली विकास बैंकले सघाउने

कास्की, ३० भदौ ः पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंक (एडिबी)का कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच आज पोखरामा भेटवार्ता भएको छ ।उहाँहरूबीच एडिबीको सहयोगमा सञ्चालन हुने सहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावनाका बारेमा भेटवार्तामा छलफल भएको हो ।

एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक तथा ढलको स्तरोन्नति गरिने छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ । त्यस्ता परियोजना छनोट भइसकेका छन् ।

सोअन्तर्गत सहिदचोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पिआइए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका ‘सर्भिस प्वाइन्ट’ स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव शुन्य पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल तथा संरक्षित वन क्षेत्र हो । एडिबीकै सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ । परियोजनाअनुसार नौवटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण गरिनेछ ।

फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, ‘वाटर फाउन्टेन’, ‘वाटर स्प्रिङ प्रोटेक्सन’, ‘इन्फरमेसन बोर्ड’, ‘डाइरेक्सन बोर्ड’, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ । यसमा तीन दशमलव शुन्य पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ ।

रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ ।

इको रुटमा विश्रामस्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्डलगायत सार्वजनिक सुविधा समावेश हुनेछन् । यसमा पाँच दशमलव ६३ मिलियन अमेरिकी डलर खर्च हुने छ । शान्ति वनबाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजनाअन्तर्गत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रका रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । त्यहाँ जडीबुटी बगैँचा, पैदलमार्ग, टिकट काउन्टर, विश्रामस्थल, ‘पिकनिक सेड’, ध्यान केन्द्र, ‘कम्पाउन्ड वाल’, ‘फेन्सिङ’, ‘एप्रोच रोड’लगायत निर्माण हुनेछ ।

अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिकाका वडा नं २, ३ र ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरको संरक्षणका लागि यो परियोजना लागू गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थानसहित सिद्दार्थचोकबाट विन्ध्यवासिनीसम्म एक दशमलव पाँच किमी सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ । यसका लागि एडिबीले एक दशमलव ९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भइसकेको छ । यस परियोजनाको लागि डिएससीएस खरिदका लागि टिओआरको तयारी भइरहेको छ । यसमा दुई मिलियन अमेरिकी डलर खर्च हुनेछ । यीलगायतका परियोजनाका विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो । सो क्रममा प्रमुख आचार्यले परियोजना तोकिएकै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

टोलीमा एडिबीका कार्यकारी निर्देशक सुलेमानसहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान, निर्देशन सल्लाहकार भीमकान्त न्यौपाने र सहरी विकास विज्ञ शिव पौडेल रहनुभएको थियो । परियोजनामा एडिबीले ७५ प्रतिशत र महानगरपालिकाले २५ प्रतिशत लगानी गर्नेछ ।

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी

मकवानपुर, ३० भदौ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताउनुभएको छ । उहाँले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताउनुभयो ।

आज प्रदेशसभा परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले घेराउ गरी उहाँसँग प्रत्यक्ष भेटवार्ता गर्ने क्रममा आफ्ना समस्या प्रस्तुत गर्दै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो ।

त्यस अवसरमा मन्त्री जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीले सर्वसाधारण नागरिकको स्वास्थ्यलाई गम्भीररूपमा लिएर उपचार सेवातर्फ साविकजस्तै जिम्मेवारी बहन गर्नुपर्ने सुझाव दिँदै सर्वसाधारण नागरिकले पनि चिकित्सकलाई सम्मानजनकरूपले हेरेको हुँदा बिरामीलाई प्रतिकूल असर नपर्ने गरी आफ्नो मागप्रति लचिलो बन्न आग्रह गर्नुभयो ।

उहाँले चिकित्सकमाथि कुटपिट गर्ने परिवार एवं जुनसुकै राजनीतिक दलको नेता तथा कार्यकर्ता भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो । आज हेटौँडा अस्पताललगायत विभिन्न चिकित्सक र स्वास्थ्यकर्मीको समूहले करिब अढाइ घण्टा जति बागमती प्रदेशसभाको मूल ढोकामा घेराउ गरेको थियो ।

‘तीज : विकृति न्यूनीकरण गर्नुपर्छ’

टीकापुर(कैलाली), ३० भदौ : हरितालिका तीज नजिकिएपछि तीज मिलन कार्यक्रम भइरहेका छन् । महिलासँग सम्बन्धित सङ्घसंस्थाले तीजको अवसरमा विभिन्न कार्यक्रम गर्न थालेका छन् । यस वर्षको तीजपर्व असोज १ गते मनाइने भएको छ ।

तीज नजिकिएपछि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय टीकापुरले तीज मिलन कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने वक्ताले तीज पर्वका अवसरमा पर्व मनाउने बहानामा समाजमा देखिएको विकृति न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् । महिलाले दर खाने र तीज मनाउने परम्परा गलत बन्दै गएकामा चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले विगतमा व्रत बस्दा शिव भगवान्को आराधना गरी मनाइने पर्व आजभोलि बदलिएको बताउनुभयो । “तीजमा मौलिकता छैन, विगतमा गाइने मौलिक गीत सुन्न पाइँदैन”, उहाँले भन्नुभयो, “तीज पर्वमा परिस्कृतका नाममा पर्वको मौलिकता र संस्कृति हराउँदै जान थालेको छ, तीज भनेको नाच्ने, गाउने र रमाउने मात्र होइन ।”

उहाँले महिलाको पहिरनमा भने सुधार आएको बताउनुभयो । “विगतमा महँगा लुगा र गहना लगाइन्थ्यो, त्यो भने सुधार भएको छ”, उहाँ भन्नुहुन्छ, “अहिले बजारमा सस्ता सारी र तयारी गहनाले खर्च भने व्यवस्थापन भएको छ ।”

टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले नागरिकले अवलम्बन गरेको संस्कृति समाजअनुसार परिस्कृत हुँदै गएको र परिस्कृति हुनु सकारात्मक भए पनि संस्कृति भुल्न नहुने बताउनुभयो । “तीजलाई मनबाट अपनाउन आवश्यक छ, हामीले संस्कृति मनाउँदा मौलिकता भुल्न हुँदैन”, उहाँ भन्नुहुन्छ, “पर्व मनाउँदा संस्कृतिमा भएका राम्रा अभ्यास जोगाउने, गलत अभ्यास हटाउँदै जानुपर्छ ।”

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोमा शर्मा ज्ञवालीले पछिल्लो समय टोल–टोलमा घर–घरमा मनाइने तीज र दर कार्यक्रमले मौलिकता तथा संस्कृति जोगाउनुपर्ने बताउनुभयो । “यसरी घर–घरमा दर खाने कार्यक्रम गरिरहँदा सभ्यता र संस्कृतिबारे चिन्ता गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सधैँ घरकै काममा व्यस्त हुने महिलालाई तीजले आफ्ना लागि समय दिन सिकाउँछ । महिलालाई पनि मनोरञ्जन चाहिन्छ ।”

प्राध्यापक कलावती स्वाँरले समाजमा तीजका नाममा देखिएको विकृतिले डर लागिरहेको बताउनुभयो । स्वाँरले सामाजिक सञ्जालमा देखिएका दर खाने र तीज मनाउने परम्परा गलत भएकाले महिला सचेत हुनुपर्नेमा जोड दिनुभयो । “अहिले महिलाले दरका बहनामा खाएको, तीजमा नाचेका दृश्य डरलाग्दा छन्”, उहाँ भन्नुहुन्छ, “यसमा सुधार आवश्यक छ, यही तवरले मनाइयो भने विकृति भित्रिने डर बढेको छ ।”

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका सञ्चालिका सीता तिमिल्सिनाले हरिको तालमा नाच्ने भएकाले हरितालिका तीज भनिएको बताउनुभयो । “हरि भनेको सबैको दुःख हरण गर्ने भगवान् भएकाले हरिको तालमा नाच्ने हुँदा हरितालिका भनिएको हो”, उहाँ भन्नुहुन्छ, “तीज धेरै दिन मनाउनु अनर्थ होइन, तीज मनाउनु राम्रो हो, तर कसरी मनाउँदैछौँ भनी ध्यान दिनुपर्छ, संस्कृति संरक्षण, अनुशासन चाहिन्छ ।”

समाजसेवी राधा रावलले तीजमा बुहारी माइत जाने, छोरी घर आउने हुनाले उमेर पाको भएका बुवाआमा छोरीका लागि दर जुटाउन व्यस्त रहने यो समयले आत्मीयता र सौहार्दता बढाउनुपर्ने बताउनुभयो । “यो पर्वले आत्मीयता बढाउँछ, पर्वमा भएका सकारात्मक पक्ष र सन्देशलाई आत्मसाथ गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “दरका बहनामा खर्च गर्ने, देखासिकी गर्ने राम्रो होइन ।”

राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ : महामन्त्री थापा

काठमाडौँ, ३० भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिनुभएको छ ।आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उहाँले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गर्नुभएको हो ।

“विपी भन्नुहुन्छ नेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् विपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ”, महामन्त्री थापाले भन्नुभयो, “विपीले हामीलाई ‘च्यालेन्ज’ गर्न के कुरामा सिकाउनुहुन्छ भने सभापतिसँग पार्टीशक्ति छ, प्रधानमन्त्रीसँग राज्यशक्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ”

उहाँले पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गर्नुभयो । “मलाई सबैभन्दा घातक लागेको कुरा, परिस्थितिजन्य र मनस्थितिजन्य टिप्पणीलाई हामी आफ्नो अनुकूलताअनुसार दृष्टिकोण हो भनेर भन्दिने !”, उहाँले भन्नुभयो, “यदि यसलाई राम्रोसँग नपढेर, साङ्गोपाङ्गो पढेर योसँग भएका अरु सन्दर्भ सामग्री नपढीकन यसबाट छोटो कुनै टिप्पणीका आधारमा, उद्धरणका आधारमा हामीले विपी यस्तो भन्नुहुन्थ्योे, उसो भन्नुहुन्थ्यो नभनौँ ।”

उहाँले विपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताउनुभयो । “यो पुस्तक कांग्रेस भएर महामानव (विपी)को डायरी पढ्दैछु भन्ने होइन, मान्छे भएर मान्छेको डायरी पढ्दै छु भन्यो भने चाहिँ यसबाट धेरै कुरा सिक्न सकिन्छ”, उहाँले पाठकलाई सुझाव दिँदै भन्नुभयो ।

कांग्रेसका महामन्त्री थापाले विपीले अध्ययन गर्नुभएका वा उहाँले सिफारिस गर्नुभएका पुस्तकसमेत सङ्कलन गर्नुपर्ने बताउनुभयो । यस्तै विपीले पढ्नुभएका साहित्यमा उहाँ स्वयंले गर्नुभएको समालोचना, पुस्तक, लेखलाई सन्दर्भ सामग्रीका रूपमा सङ्कलन गर्नुपर्नेमा थापाले जोड दिनुभयो ।

लोर्कापण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै विपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “विपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन ।”

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो युवापुस्तामा पठनशैली कमजोर भइरहेको भन्दै विपीको डायरीमा उल्लेखित पुस्तक र लेखकबारे अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले विपीको अध्येताको व्यक्तित्वले आफू प्रभावित भएको समेत बताउनुभयो ।

“यस पुस्तकमा विपी धेरै आयाममा फैलिनुभएको देखिन्छ, हाँसिरहेको, उदास भइरहेको, आशाको उचाइ र निराशाको गहिराइमा पुगेको विपीबारे बुझ्न सकिन्छ”, उहाँले भन्नुभयो । समाजवादको सविस्तारदेखि विपीका विभिन्न पाटोमा विरोधाषपूर्ण पाटो पुस्तकमा पढ्न सकिने एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू विपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा विपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उहाँ स्वयंको मनोविज्ञानको प्रसङ्ग समेटनुभएको बताउनुभयो । यस्तै अर्का केन्द्रीय सदस्य प्रतिमा गौतमले विपीका विभिन्न विधामा वैचारिक बहस गनुपर्नेमा जोड दिनुभयो । प्रा डा कृष्ण खनालले विपीको जेल डायरीमा जीवन्तता पाइने बताउनुभयो । विपीमाथिको भ्रमलाई यस पुस्तकले तोड्ने उहाँको भनाइ छ ।

देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : उपाध्यक्ष भुसाल

काठमाडौँ, ३० भदौ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताउनुभएको छ । ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उहाँले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताउनुभयो ।

“देश बनाउने जिम्मा नयाँ पिँढीको हो”, पूर्वमन्त्री भुसालले भन्नुभयो, “नेपालमा केही भएन भन्दै बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश बन्दैन ।” देश बनाउन पढेलेखेका व्यक्तिले पहल गरे केही वर्षमै नेपाल विकसित हुनबाट कसैले रोक्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेतृ भुसालले ललितपुरको एम्स कलेजमा प्राध्यापन गरी विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा दीपक अधिकारी र सिद्धार्थ ढुङ्गानालाई पदक प्रदान गर्नुभएको थियो । सो अवसरमा सात शिक्षक र उत्कृष्ट अङ्क ल्याउने चार विद्यार्थीलाई सम्मान गरिएको थियो ।

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

काठमाडौँ, ३० भदौ : नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना गर्नुभएको हो ।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको समवेदना पत्र पढेर सुनाउनुभएको सांसद दीपा शर्माले जानकारी दिनुभयो ।

समवेदना दिन एमालेका सबै सांसद जानुभएको थियो । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई

काठमाडौँ, ३० भदौ : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्नुहुने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ?

काठमाडौँ, ३० भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ । मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो । तीन वर्षअघि पनि संसद्मा विद्युत् विधेयक दर्ता भएकामा गत वर्ष भदौ ३१ मा राष्ट्रियसभाबाट फिर्ता भएको थियो ।

सङ्घीय एकाइबीच विद्युत् आयोजनाको विकास तथा सञ्चालन गर्ने अधिकार, दायित्व तथा जिम्मेवारी बाँडफाँट गर्ने कानुनी व्यवस्था गर्ने उद्देश्य यो विधेयकको रहेको छ । त्यस्तै प्रतिस्पर्धाका आधारमा विद्युत् आयोजनाको विकास र सञ्चालन गर्ने कानुनी व्यवस्था र संरचना तयार गर्न विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

विद्युत् उत्पादन, प्रसारण, वितरण, व्यापार तथा ग्राहक सेवाका लागि अनुमतिपत्रसम्बन्धी व्यवस्थामा सुधार तथा परिमार्जन गर्न र अन्तरदेशीय विद्युत् व्यापारका लागि कानुनी व्यवस्था गर्न यो विधेयक ल्याइएको सरकारको भनाइ छ । राष्ट्रिय प्रसारण ग्रीड तथा वितरण प्रणालीमा खुला पहुँचको अवधारणा लागू गर्दै विद्युत् व्यापारलाई प्रवर्द्धन गर्ने नीति कार्यान्वयनका लागि पनि यो विधेयकमार्फत व्यवस्था गर्न लागिएको छ ।

अनुमतिपत्रसम्बन्धी व्यवस्था

विद्युत् आयोजनाको अनुमतिपत्र लिँदा आयोजना विकास तथा सञ्चालनका लागि आवश्यक अनुमानित पुँजी, आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय अध्ययन प्रतिवेदन, प्राविधिक तथा व्यावसायिक क्षमता र अनुभव, आयोजना सञ्चालन विधि, कार्यसम्पादन जमानत, वित्तीय व्यवस्थापनलगायतका विवरण बुझाउनुपर्नेछ ।

विधेयकमा विद्युत् आयोजनाको अनुमतिका लागि निवेदन प्राप्त भएको मितिले ६० दिनभित्र अनुमतिपत्र दिनुपर्ने उल्लेख छ । यसरी अनुमतिपत्र दिनुअधि सरोकारवालाको राय–सुझावका लागि आयोजनाको संक्षिप्त विवरणसहितको १५ दिनको सार्वजनिक सूचना जारी गर्नुपर्नेछ । अनुमतिपत्र दिन नमिल्ने भएमा त्यसको कारण खुलाई ६० दिनभित्र निर्णय गरी निवेदकलाई जानकारी दिनुपर्नेछ ।

विद्युत् विधेयकमा अनुमतिपत्रको अवधि पनि तोकिएको छ । जलाशययुक्त विद्युत् उत्पादन आयोजनाका लागि ४५ वर्ष र अन्य प्रकृतिका जलविद्युत् आयोजनाको हकमा ४० वर्षको अनुमतिपत्र दिई सकिने व्यवस्था राखिएको छ । जलस्रोतबाहेक अन्य स्रोतबाट विद्युत् उत्पादन गर्ने आयोजनालाई भने २५ वर्षको अनुमतिपत्र पाउनेछन् । विद्युत् प्रसारण, वितरण र व्यापार गर्ने आयोजनालाई २५ वर्ष तथा ग्राहक सेवातर्फका आयोजनालाई पाँच वर्षको अनुमतिपत्र दिने गरी कानुनी व्यवस्था गर्न लागिएको छ ।

उत्पादित विद्युत् सोझै विदेशी बजारमा निर्यात गर्ने गरी प्रस्ताव गरिएको भएमा जलाशययुक्त आयोजनाको हकमा ४० वर्ष र अन्य प्रकृतिको जलविद्युत् आयोजनाको हकमा ३५ वर्षको विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गर्न सकिने व्यवस्था राखिएको छ ।

काबुबाहिरको परिस्थिति सिर्जना भई विद्युत् आयोजना विकास तथा सञ्चालनमा बाधा–अवरोध उत्पन्न भएमा त्यस्तो आयोजनाको लाभ, लागत, बीमा, क्षति र जोखिमसमेतको मूल्याङ्कन गरी विद्युत् उत्पादन अनुमतिपत्रको अवधि बढीमा पाँच वर्षसम्म थप गर्न सकिनेछ । अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रको अवधि समाप्त भएपछि जुन तहको सरकारबाट अनुमतिपत्र जारी भएको हो सोही तहको सरकार वा सोही तहको सरकारले तोकेको निकायलाई चालु अवस्थामै संरचना हस्तान्तरण गर्नुपर्ने छ ।

रोयल्टी

विद्युत् उत्पादन तथा प्रसारण अनुमतिप्राप्त संस्थाले सरकारलाई बुझाउनुपर्ने रोयल्टीबारे पनि विधेयकमा व्यवस्था गरिएको छ । उत्पादक कम्पनीले विद्युत्को व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म प्रतिजडित किलोवाट वार्षिक रु एक सय जडित क्षमता रोयल्टी र प्रतियुनिट (किलोवाट घण्टा) सरदर बिक्री मूल्यको दुई प्रतिशतका दरले हुन आउने रकम ऊर्जा रोयल्टी तिर्नुपर्नेछ । उत्पादन सुरु भएको १५ वर्षपछि प्रतिजडित किलोवाट वार्षिक रु एक हजार दुई सय बराबर जडित क्षमता रोयल्टी र प्रतियुनिट सरदर मूल्यको १२ प्रतिशतका दरले हुन आउने रकम ऊर्जा रोयल्टीका रूपमा तिर्नुपर्नेछ ।

‘क्याप्टिभ’ उत्पादन तथा सह–उत्पादन प्रयोजनका लागि स्थापित विद्युत् केन्द्रका लागि प्रतिजडित किलोवाट वार्षिक रु दुई सयका दरले हुने आउने रकम रोयल्टी निर्धारण गरिएको छ । विद्युत् प्रसारण आयोजनाले प्राप्त शुल्कको पाँच प्रतिशतका दरले हुन आउने रकम रोयल्टी तिर्नुपर्नेछ । विद्युत् उत्पादन अनुमतिप्राप्त संस्थाले जुन मुद्रामा विद्युत् बिक्री गरेको हो सोही मुद्रामा रोयल्टी बुझाउनुपर्नेछ । प्रदेश वा स्थानीय तहबाट अनुमति लिएका संस्थाले पनि रोयल्टीवापतको रकम सङ्घीय विभाज्य कोषमा जम्मा गर्नुपर्नेछ ।

विद्युत् वितरण र अन्तरदेशीय व्यापार

अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी व्यवस्था पनि विधेयकमा राखिएको छ । विद्युत् व्यापारका लागि अनुमति लिनुपर्नेछ । यस्तो अनुमति पाएको संस्थाले पूर्ण वा आंशिकरूपमा विद्युत् खरिद गर्न सक्नेछ । विद्युत् व्यापार अनुमतिपत्र प्राप्त संस्थाले अन्तरदेशीय विद्युत् व्यापार गर्न मन्त्रालयबाट स्वीकृति लिनुपर्नेछ । व्यापार अनुमतिपत्र प्राप्त संस्थाबीच पनि आपसमा विद्युत् खरिद बिक्री गर्न सकिने गरी कानुनी व्यवस्था गर्न लागिएको छ । विद्युत् व्यापार कम्पनीले आफूले खरिद गरेको विद्युत् थोक वा खुद्रारूपमा बिक्री गर्न सक्नेछन् ।

ग्राहक सेवा अनुमतिप्राप्त संस्थाले उत्पादन वा व्यापार अनुमतिप्राप्त संस्थासँग विद्युत् खरिद गरी आफ्ना ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउन सक्नेछ । ग्राहकलाई वितरण वा आपूर्ति गरिरहेको विद्युत् पूर्वसूचना नदिई बन्द वा कटौती गर्न पाइने छैन । तर कुनै ग्राहकले तिर्नुपर्ने महसुल नबुझाएमा, प्रसारण तथा वितरण लाइनमा प्राविधिक समस्या देखिएमा तथा मर्मतसम्भार गर्नुपरेमा, प्राकृतिक विपद्का कारण आपूर्तिमा अवरोध भएमा भने विद्युत् कटौती गर्न सकिनेछ । विद्युत् आयोजनाको विकास तथा सञ्चालनका लागि एउटै संस्थालाई उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्र नदिने व्यवस्था विधेयकमा राखिएको छ ।

क्षेत्राधिकार

सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्रका विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नुपर्नेछ । यसरी जलाशययुक्त आयोजनालाई प्राथमिकता दिनुपर्नेछ । ठूला विद्युत् आयोजना र दुई वा दुईभन्दा बढी प्रदेशको सिमानामा पर्ने विद्युत् आयोजनाको हकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृति लिनुपर्नेछ । यस्ता आयोजनाको विकास र सञ्चालनको अधिकार सङ्घ सरकालाई मात्रै हुनेछ ।

प्रदेशस्तरको विद्युत् आयोजना तथा दुई वा दुईभन्दा बढी स्थानीय तहको सिमानामा पर्ने पाँच मेगावाटसम्म जडित क्षमता भएको विद्युत् आयोजनाको स्वीकृति प्रदेश सरकारले दिन सक्नेछ । स्थानीय तहबाट विकास र सञ्चालन हुने पाँच मेगावाट क्षमताका आयोजनाको स्थानीय तहले स्वीकृति दिन सक्नेछन् ।

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौँ, ३० भदौ : नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न असन्तुष्टि जनाएको हो । महासङ्घका अध्यक्ष अध्यक्ष कमला तुलाधरले सरकारले आफूहरुसँग गरेको सहमतिलाई बेवास्ता गरेको जनाउँदै आफूहरु बाध्यतावश आन्दोलनमा जान लागेको बताउनुभयो ।

नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यही भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

काठमाडौँ, ३० भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्‍यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ ।

बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले नमान्दै परिवारका सदस्यले बिदाइ गरिरहेका हुन्छन् । यो देख्दा लाग्छ, यो देशमा रोजगारीको सम्भावना नै छैन । त्यसैले गरेर खाने उमेरका युवायुवती यसरी दिन प्रतिदिन हजारौँको सङ्ख्यामा विदेशिएका छन् । अर्कातर्फबाट बाकसमा भित्रिएका शव बुझ्न आउनेको हालत त झन हेर्न नसकिने छ । त्यो दृश्यको बयान यहाँ शब्दले कोर्न कठिन छ ।यी दृश्य देखेपछि जसका मनमा पनि प्रश्न उब्जिन्छ– के देशमा काम गरेर खाने वातावरण नै छैन त ? अधिकांश यस्तै मानसिकताले ग्रसित भएर युवाले देश छोडेका छन् र खाडी पसेका छन् । अनि बजारमा सधैँभरि सुनिने निरासा त छँदैछ, जसले यहाँ केही हुँदैन भन्ने नकारात्मक सन्देश मात्र पर्वाह गर्ने गरेको छ । तर नराम्रा दृश्य र अवस्था मात्र छैन देशमा । गर्नसके देशभित्रै सबथोक छ भन्ने सन्देश पनि खोजीपसे प्रसस्तै भेटिन्छ । यसका लागि धेरै टाढा जानुपर्दैन, राजधानीबाट केही किलोमिटर पर काभ्रेको पाँचखाल नगरपालिका बाँस्कोट पुगे हुन्छ । यहाँ पुग्ने जोसुकैले पनि देशिभित्रै सम्भावनाको थुप्रो देख्न सक्छ । यहाँका स्थानीय गोविन्द थपलियाको कृषि फार्ममा पुग्नेले रोजगारीका लागि विदेशिनु पर्दैन भन्ने सन्देश मात्र पाउँछन् । यतिमात्र नभएर बजारमा जताततै पोखिने गरेको ‘यो देशमा केही हुँदैन’ भनिने निरासा पनि यहाँ पुग्ने मानिसको दिमागबाट हटेर जान्छ । गोविन्दको पौरख देख्ने जोसुकैको मनमा पनि यही माटोमा पसिना पोख्न सके सुन फल्दोरहेछ भन्ने सोच पलाउँछ ।नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थपलियाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका बाँस्कोटमा १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोल्नुभयो । प्रहरी सेवामा रहँदा देशविदेश देख्नुभएका उहाँलाई कृषिकर्म गर्ने हुटहुटीले छोयो । त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उहाँले तरकारी र फलफूल खेती सुरु गर्नुभएको हो । ऊ बेलादेखि नै उहाँले काठमाडौँका तारे होटललाई बजारको ‘टार्गेट’ गर्नुभएको हो । उहाँको लक्ष्य अहिले विस्तारित हुँदैछ ।गोविन्दले कोरोना महामारीपछि त्यही जमिन वरपर थप विस्तारित स्वरुपमा पशुपन्छी पालन थाल्नुभयो । त्यसपछि सो फार्ममा मिट मेकर प्रालि र मिट प्रोसेसिङ एण्ड मार्केटिङ कम्पनी हुँदै अहिले फार्म ग्रो ट्रेडिङ प्रालि सञ्चालित छन् । मागअनुसार जिउँदा तथा मासु बनाएरै उहाँले आपूर्ति गर्नुभएको छ । अहिले त बजार खोज्न उहाँहरु काठमाडौँसम्म आउनुपरेको छैन, बजारले उहाँहरुलाई खोज्दै पाँचखाल पुगको छ ।थप ५४ रोपनी जमिन लिजमा लिएर पशुपन्छी पाल्न थाल्नुभएका उहाँका फार्ममा अहिले तरकारी र फलफूलका अतिरिक्त करिब ३० हजार ब्रोइलर कुखुरासहित बाख्रा, गाई, भैँसी, बङ्गुर, स्थानीय जातका कुखुरा, टर्की आदि छन् । एकै स्थानमा रहेको करिब डेढ सय रोपनी जमिनमा अहिले तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ ।काठमाडौँका प्रमुख पाँचतारे होटलमा आपूर्ति गरिने मासु यिनै कम्पनीमा प्रोसेसिङ गरेर पठाउने गरिएको उहाँ बताउनुहुन्छ । यही फार्मबाट नै काठमाडौँका याक एण्ड यति, होटल र्‍याडिसन र हायात होटलमा उहाँकै फार्मबाट तरकारी, फलफूल र मासु आपूर्ति हुँदै आएको छ । अहिले यहाँ करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।यिनै कृषि फार्मबाट वर्षमा रु ७० करोडभन्दा बढीको कारोबार हुने गरेको थपलिया बताउनुुहुन्छ । पन्ध्र वर्षअघि रु एक करोडबाट सुरु भएको उहाँको कृषि कर्मको यात्रा अहिलेको मूल्याङ्कनमा कम्तीमा रु ४५ करोड बराबरमा उक्लिएको छ । त्यसमा रु २० करोड जति बैंकको ऋण पनि रहेको उहाँ बताउनुहुन्छ । सन्ताउन्न वर्षीय थपलियाको यो फार्म १५ वर्षे यात्राको क्रममा नै नमूना बनेको छ । यसको अध्ययनका लागि स्वदेश तथा विदेशबाट पनि मानिस आउने गरेका छन् । उहाँको पशुपन्छी पालनलाई जर्मनीको पशु सेवासम्बन्धी संस्थाले एक सफल कृषक र सफल फार्म भनी संसारका पशुपालकको साइटमा राखेको छ । त्यसको अध्ययन गर्ने र थप बुझ्न उहाँको फार्ममा आउने विदेशी पनि थपिँदैछन् ।“सबैको प्रश्न हुन्छ– काम गर्ने वातावरण कतिको छ ? बजारको सुनिश्चितता के छ ?” थपलिया भन्नुहुन्छ, “यो सबै नकारात्मक बजारको उपज हो । किन भने हामी जताततै सुन्छौँ कि अहिले देशमा गरिखाने वातावरण नै छैन । तर मलाई त्यस्तो छैन । मैले त्यस्ता ठूला चुनौतीको सामना गर्नुपरेको छैन ।”उहाँको यो आत्मबल नै व्यावसायिक सफलताको जग हो । मानिस आफूले काम थालिहाल्न डराउने र सुरुमै वातावरण नभएको देख्ने गरेको बताउने थपलियाको प्रश्न छ “उद्यम नै सुरु नगरी उद्योगी या व्यवसायी कसरी बन्ने ? कामै नथाली सफल कसरी हुने ?”सफलताको सबैभन्दा प्रभावकारी सूत्र मेहनत, स्पष्ट ‘भिजन’ र विश्वास हो भन्नुहुन्छ थपलिया । पछिल्लो समय उहाँको कुखुरापालनबाट स्वदेश मात्र होइन विदेशीले पनि राम्रोसँग सिकेका छन् । ब्रोइलर कुखुरा पालनबाट आम्दानी धेरै भए पनि सबै सफल हुँदैनन्, कुखुराको मृत्युदर तीन/चार प्रतिशतसम्म हुने गर्दछ । उहाँको फार्ममा मृत्युदर त्यस्तै एक प्रतिशत छ । उहाँले हरेक दुई महिनामा एक लट कुखुरा बजारमा पठाउनुहुन्छ । वर्षमा छ लटसम्म कुखुरा उत्पादन गर्ने गर्नुभएको छ । अहिलेका ३० हजारको बुकिङ भइसकेको छ अर्काे लटको तयारी सुरु भएको छ ।बजारमा अहिले बुङ्गुरको मासु अभाव छ । तर वर्षमा केही लाख कमाइका लागि नेपालका लाखौँलाख युवा खाडी पसेका छन् । मानिसले रु पाँच/सात लाखबाटै बङ्गुरपालन थाल्ने हो भने यहीँ राम्रो कमाइ छ । दसैँ आयो खसीको आयात पहिलेभन्दा झन बढेका समाचार आउँछन् । तिहारमा फूल या भाइमसलालगायतका सामग्रीका लागि विदेशमै भर पर्नुपरिरहेको छ । यसको शूक्ष्म अध्ययन गरेर देशभित्रै काम गर्ने वातावरणका लागि सरकारले युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ भन्नुहुन्छ थपलिया ।उहाँ भन्नुहुन्छ, “डाँडापाखा खाली छन्, खेतबारी बाँझै छन् । तर हामी खाडीबाट अएको रेमिट्यान्सबाट अन्न निर्यात गर्छौं । आखिर के अर्थ भयो त ?” सरकारले कृषिमा दिएको अनुदान वास्तविक किसानले नपाएको उहाँको अनुभव छ । सरकारले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम नल्याउँदासम्म कृषि क्रान्ति सम्भव नभएको उहाँको बुझाइ छ ।–

कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

भेरीगङ्गा (सुर्खेत), ३० भदौ : कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । जनगणनाको तथ्याङ्कअनुसार २५ हजार नौ सय ९० जना बालबालिकाको जन्म दर्ता नभएको हो ।

जन्म दर्ता गराएका ८७ दशमलव ३ प्रतिशत बालबालिकामध्ये बालकभन्दा शून्य दशमलव ७ प्रतिशत बालिका धेरै रहेको तथ्याङ्कमा उल्लेख छ । कर्णालीमा सबै बालबालिकाको जन्म दर्ता नहुनुको कारण सचेतनाको अभाव भएको सरोकारवाला बताउँछन् ।बाल अधिकारकर्मी नवराज विसीले आफ्ना छोराछोरीको समयमै जन्म दर्ता गराउनुपर्छ भन्ने ज्ञान नभएको बताउनुभयो । उहाँले बुबा पत्ता नलागेका बालबालिको पनि जन्म दर्ता गर्न सकिने भए पनि त्यस्ता बालबालिकाको जन्म दर्ता नगर्ने गरिएको बताउनुभयो ।सरकारी तवरबाट कोही पनि बालबालिका जन्म दर्ता गर्नबाट वञ्चित नहुन् भनेर नीति नियम आएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै उहाँले यो कार्यान्वयनमा स्थानीय सरकारको भूमिका धेरै हुने बताउनुभयो ।यता, कर्णाली प्रदेश सरकारले जन्म दर्ता गर्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै अहिले पनि जन्म दर्ताको बारेमा सबै नागरिक जानकार हुन नसकेको बताएको छ । सामाजिक विकास मन्त्रालयले जन्म दर्ताबाट छुटेका बालबालिकाको कारण पत्ता लगाई त्यहीअनुसारको सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।मन्त्रालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता ज्ञवालीले सबै बालबालिकाको जन्म दर्ता गराउनुपर्छ भनेर विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले जन्म दर्तासम्बन्धी कानुनी जानकारी पनि दिने गरिएको बताउनुभयो ।

छाप्न बाँकी लाइसेन्सको सङ्ख्या ११ लाख

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ कार्ड ल्याउँदै छ तर अनुमतिपत्रका लागि आवेदन गर्नेको छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब ११ लाख पुगिसकेको छ । कार्ड आउँदासम्म छाप्न बाँकी सङ्ख्या १२ लाख पुग्ने देखिन्छ ।

यस आधारमा ल्याएको कार्ड छाप्न बाँकी रहेको छाप्दा नै सकिन्छ । नयाँ आउनेको समस्या फेरि फेरि दोहोरिने सम्भावना छ । जर्मनीबाट ल्याउन लागिएको १२ लाख प्रति कार्ड पनि छ/छ लाख गरी दुई चरणमा ल्याइने र पहिलो पटक ल्याएको ८५ दिनमा सबै कार्ड आइसक्ने विभागमा प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए तर डेढ महिनामा आउने भनिए पनि कुन दिन कार्ड आउँछ भन्ने कुरामा विभाग आफैँ अनभिज्ञ छ ।

प्रशासनिक व्यवस्थापनको कमजोरीका कारण वर्षौंदेखि लाइसेन्स छपाइको समस्या रहिरहेको यातायात व्यवसायी बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले भने, “लाइसेन्सका विषयमा धेरै राजनीति भएको छ । यो ठुलो विषय पनि होइन, लाइसेन्सको काम प्रदेश सरकारले गर्ने, छाप्ने काम विभागले गर्ने हुँदा पनि समस्या भएको हो । यो प्रशासनिक जटिलताले गर्दा आएको समस्या हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ ले मात्रै जरिबाना बुझाए

काठमाडौँ । लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाएका छन्। आयोगको गत साउन १ गतेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने, प्रतिवेदन समयमा नबुझाउँदा स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ पेस नगर्ने दललाई जरिबाना तोकेको थियो ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोगको निर्णयबमोजिम सात हजार रुपियाँका दरले २१ दलले, १० हजार रुपियाँका दरले दुई दलले र २० हजार रुपियाँका दरले एक दलले जरिबाना बुझाएको जनाएको छ। आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाए पनि सार्वजनिक नगरेका ३९ दललाई सात हजार रुपियाँ जरिबाना गरिएको थियो । जसमध्ये १५ दलले उक्त जरिबाना बुझाएका छन् ।

प्रतिवेदन सार्वजनिक गर्न समयावधि तोके पनि आयोगले जरिबाना बुझाउनुपर्ने समयावधि तोकेको छैन। सो महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले जरिबाना बुझाउनुपर्ने दलले जरिबाना नबुझाउन्जेल आयोगबाट पाउने सेवा सुविधा पाउनबाट वञ्चित हुने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

‘बाढी र जमिन कटान रोक्न प्रदेश सरकार प्रतिबद्ध छ’

देउखुरी (दाङ)- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङमा बाढी र जमिन कटान रोक्न बबईको करिडोर र देउखुरीमा राप्ती करिडोर निमार्णलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति दाङको सातौँ जिल्ला सभामा उहाँले आर्थिक र भौतिक क्षेत्रको विकास हुन नसक्दा अरु विकास भएर मात्र नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार आर्थिक विकास तथा रोजगारीका लागि काम गर्ने तयारीमा छ, स्थानीय तहहरूले रोजगारी सृजना गर्ने खालका योजना ल्याएर काम गर्न चाहे प्रदेश सरकार सहयोग गर्न तयार छ ।”अहिले धेरै युवाहरू रोजगारको लागि विदेश जाने लहर चलेको छ भन्दै मुख्यमन्त्री चौधरीले स्थानीय स्तरमा रोजगार दिएर यसलाई रोक्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “भौतिक विकासका लागि धेरै माग रहेको छ, प्रदेश सरकारसँग बजेट सीमित रहेकाले सबैको माग सम्बोधन गर्न सकिएको छैन ।” भौतिक विकासले मात्र देशको विकास नहुने भन्दै नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताउनुभयो । “प्रदेशभरको स्वास्थ्य क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधारसँगै अन्य क्षेत्रको काम भइराखेको छ”, मन्त्री खनालले भन्नुभयो ।सोही अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले जिल्ला समन्वय समितिले प्रभावकारी अनुगमन गर्नुपर्ने बताउनुभयो । समन्वय समितिसँग दक्ष जनशक्ति नभए पनि विषयगत कार्यालयहरूबाट जनशक्ति माग गरेर भए पनि प्रभावकारी रूपमा अनुगमन गर्न सुझाव दिनुभयो ।

अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २९ भदौ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताउनुभएको छ ।

 नेपाल उद्योग परिसङ्घले   आयोजना गरेको ‘प्रेसिडेन्टस् ब्यान्क्वेट’ कार्यक्रममा उहाँले बिग्रिएको अर्थतन्त्र लयमा फर्काउन सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुधारका प्रयास थालेको भए पनि त्यो पर्याप्त नरहेको र कार्यान्वनमा पनि लक्षित उपलब्धी हासिल हुन नसकेको बताउनुभयो ।

 “अर्थतन्त्रको सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् । यसलाई तत्काल सुधार गर्न सकिएन भने हामी गम्भीर सङ्कटमा जान्छौँ”, उहाँले भन्नुभयो, “सरकारको पहिलो लक्ष्य आर्थिक रुपान्तरण हो । आर्थिक समृद्धि हासिल गर्नका सबैले आ–आफ्नो क्षेत्रबाट लाग्न सरकार निजीक्षेत्रलगायत सबै पक्षसँग आग्रह गर्दछ ।”

आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । निजी क्षेत्रको सहयोगमा औद्योगिकरण, उत्पादन वृद्धि, स्वदेशी वस्तु तथा सेवाहरूको गुणस्तर वृद्धि तथा निर्यात प्रवद्र्धन गर्दै अर्थतन्त्रको सवलीकरण हुने विश्वास सरकारले लिएको उहाँको भनाइ छ । निजी क्षेत्रको सहकार्यबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने पनि उहाँले स्पष्ट पानुभयो ।

 “निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु । यसका लागि वर्तमान सरकार निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्दै आएको छ र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

 अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको र सबैपक्षबाट त्यसमा योगदान आवश्यक रहने उहाँले बताउनुभयो । “अर्थतन्त्रलाई हामीले नै सुधार गर्नुपर्छ । यो काम सरकार एक्लैले गर्न सक्दैन । निजी क्षेत्रलाई समेत सहकार्य गर्न आग्रह गर्दछु”, दाहालले भन्नुभयो, “सरकार निजी क्षेत्रको साथमा छ । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गर्दछ । कत्ति पनि विचलित नभई अगाडि बढ्न म निजी क्षेत्रलाई आह्वान गर्दछु ।” सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको सवलीकरणका लागि सुधारात्मक कदमहरूको सुरुआत गरेको पनि बताउनुभयो ।

 कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले अहिले बजार माग घटेको र समग्र अर्थतन्त्रमा मन्दीको अवस्था देखिएको बताउनुभयो । “उच्च ब्याजदर, नगद प्रवाहमा भएको समस्या, उत्पादनमा कमी, लगानीको योजना स्थगनजस्ता समस्या अर्थतन्त्रमा छन्”, उहाँले भन्नुभयो, “समग्र बजार मागमा कमी आएको छ । सोही कारण अर्थतन्त्र मन्दीमा छ । निजी क्षेत्रको मनोबल घट्दो छ ।”

अवैध व्यापार स्वदेशी उद्योग र सरकारका लागिसमेत खतराको कारक बनिरहेको उहाँको भनाइ छ । “अवैध व्यापारका कारण एकातिर राज्यले राजस्व गुमाइरहेको छ भने अर्कोतिर स्वदेशी उद्योगहरू प्रभावित भइरहेका छन् । नक्कली तथा अवैध पैठारीलाई नियन्त्रण तथा निरुत्साहन गर्न आयातित मालवस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्र बजारमा पठाउने व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन्”, उहाँले भन्नुभयो ।

 बजारमा देखिएको अहिलेकै अवस्था कायम रहने हो भने देशमा आर्थिक गतिहिनता गहिरिने र आर्थिक वृद्धिमा ठूलो सङ्कचन आउने पनि उहाँको भनाइ छ । बजार माग बढाउन तथा आर्थिक गतिविधिमा वृद्धि ल्याउन सरकार र नेपाल राष्ट्र बैंकबाट वित्तीय तथा मौद्रिक प्रोत्साहनका लागि नीतिगत हस्तक्षेप गर्न जरुरी रहेको अग्रवालले बताउनुभयो ।

अहिले उपभोक्ताको क्रयशक्ति घटेको र उपभोगमा कमि आएको उहाँको भनाइ छ । सुधारका लागि तत्काल प्रभावकारी कदम नचाल्ने हो भने अर्थतन्त्र केही समयभित्रै चरम मन्दीको अवस्थामा जाने पनि उहाँले दावी गर्नुभयो । आर्थिक सुधारका लागि मौद्रिक, वित्तीय र संरचनात्मक नीतिहरूमा तत्काल सुधार आवश्यक रहेको अग्रवालले उल्लेख गर्नुभयो ।

 “केन्द्रीय बैंकले लगानीलाई प्रोत्साहन गर्न ब्याजदर घटाउने नीति लिनुपर्छ । वित्तीय प्रणालीमा रहेको तरलता बाहिर ल्याउने नीति अनुसरण गर्नुपर्ने आवश्कता छ”, उहाँले भन्नुभयो, “वित्तीय नीतिमार्फत माग बढाउन पूर्वाधार परियोजनालगायत क्षेत्रमा सरकारी खर्च बढाउनुपर्छ । आर्थिक मन्दीका कारण धराशायी भएका उद्योगहरूलाई लक्षित आर्थिक सहायता, ऋण पुनर्तालिकिकरण, प्रदान गर्ने कार्यक्रम संचालन गर्नुपर्छ ।”

 संरचनात्मक सुधारतर्फ नियामक अवरोधहरू हटाउन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहनसहित प्रतिस्पर्धी व्यवसाय वातावरण प्रबद्र्धन गर्न उहाँले प्रधानमन्त्रीसँग अनुरोध गर्नुभयो ।

 अर्थतन्त्रमा सुधार ल्याउन सरकार राष्ट्र बैंक कठोर बन्नैपर्ने स्थिति आइसकेको धारणा अग्रवालले राख्नुभयो । “निजी क्षेत्रको लगानी विस्तार गर्न ब्याजदर घटाउन, समग्र बजार माग बढाउन चालुपुँजी कर्जा मार्गदर्श मा सुधार र पछिल्लो एकीकृत निर्देशन खारेजका लागि अनुरोध छ”, उहाँले भन्नुभयो, “कर्जाको उत्पादनशील क्षेत्रमा विस्तार हुने नीति अबलम्बन गरिनु अपरिहार्य छ । सरकारको नीति आन्तरिक उत्पादनमुखी हुनुपर्छ, आयातलाई प्रोत्साहन गर्ने नीति हुनुहुँदैन ।”

 सत्ता पक्ष वा प्रतिपक्ष सबै राजनीतिक दलहरूको पहिलो प्राथमिकता आर्थिक विषय हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि राजनीतिक दलहरुबाट पनि अग्रसरता लिइनुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।

यसैगरी, केही कानूनमा सुधार, केही खारेज तथा केही नयाँ कानून बनाइनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो । सरकारले तत्काल तीन वटा ऐन खारेज गर्नुपर्ने, २२ वटा ऐन संशोधन गर्नुपर्ने, चार वटा नयाँ ऐन ल्याउनुपर्ने र ८ वटा ऐनमा सुधार गर्नुपर्ने अग्रवालको भनाइ छ । भुक्तानी सुरक्षा ऐन र अग्रिम जमानतसम्बन्धी व्यवस्था पनि तत्काल ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।d

हेर्नुहोस् भदौ ३० गते शनिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

औषधिको गुणस्तरमा सम्झौता गर्नुहुदैन : स्वास्थ्यमन्त्री

काठमाडौँ, २९ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न निर्देशन दिनुभएको छ । औषधि व्यवस्था विभागको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकाले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताउनुभयो ।

“स्वास्थ्य उपचार औषधिको गुणस्तरमाभर पर्छ । विभागले गुणस्तर कामय राख्न परीक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनुपर्छ,” उहाँले भन्नुभयो । औषधि एकदमै संवेदनशील विषय भएको भन्दै मन्त्री बस्नेतले यसमा सानो गल्तीले पनि व्यक्तिको ज्यान जोखिममापर्नेतर्फ सतर्क रहन सबैलाई अनुरोध गर्नुभयो ।मन्त्रालयका सचिव डा रोशन पोखरेलले थोरै दरबन्दीमा पनि बढी से बढी काम गर्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै विभागको संरचना सात वटै प्रदेशमा लैजान अब ढिलाइ गर्न नहुने बताउनुभयो ।विभागका महानिर्देशक नारायण ढकालले विभागले आफ्नो क्षमताअनुसार औषधिको गुणस्तर सुधार, अनुगमन र परीक्षणका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै जनशक्ति अभावमा थोरै औषधिको नमुना मात्र परीक्षण गर्न सकिएको बताउनुभयो । उहाँले औषधि प्रयोगशालमा जनशक्ति अभावकै कारण सोचअनुसार काम गर्न नसकेको बताउनुभयो ।उहाँले संरचना स्थानीय तहसम्म पुर्‍याउन नसक्दा फार्मेसीको अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले प्रादेशिकस्तरमा समेत औषधि परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्न न्यायिक आयोग गठन

काठमाडौँ, २९ भदौ : सरकारले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापितको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आरक्ष पीडितको माग सम्बोधनका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

“शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (पुरानो आरक्ष)बाट पीडित भएका जनताको समस्याको स्थायी समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय भएको छ,” मन्त्री शर्माले भन्नुभयो, “यसले गर्दा पटक पटक आयोग बन्ने, समस्या समाधानको कोसिस हुने तर फेरि पीडितको समस्या समाधान नहुने जे स्थिति थियो, त्यसको अन्त्य हुनेछ भन्ने हामीलाई लागेको छ ।”वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका अनुसार आयोगको नेतृत्व पूर्वन्यायाधीशले गर्नुहुनेछ । आयोगमा प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, डिभिजन वन कार्यालयका प्रतिनिधि र निकुञ्जको वार्डेन सदस्य हुनुहुनेछ । आयोगलाई समस्या समाधानका लागि सुरुमा छ महिनाको समय प्रदान गरिएको छ । “आयोगका पदाधिकारी फाइनल भइसकेको छैन । हामी पूर्वन्यायाधीश छनोट गर्दैछौँ । चाँडै आयोगले काम थाल्छ”, मन्त्री महतोले भन्नुभयो ।आरक्ष विस्तारका नाममा २०५८ सालमा सङ्कटकालको समयमा तत्कालीन सरकारले सयौँ परिवार विस्थापित गरेको थियो । विस्थापित भएर सडक किनारमा शिविर बनाएर बसिरहेका पीडितको २२ वर्ष बितिसक्दा पनि पुनः स्थापना हुन सकेको छैन । समस्या समाधानका लागि हालसम्म ३२ वटा आयोग बने पनि प्रतिवेदन बुझाउनेमै सीमित छ ।समस्या समाधानका लागि पाँच बुँदे माग गर्दै पीडितले हालै माइतीघर मण्डलामा भोक हड्तालसमेत गर्नुभयो । पीडितहरूले प्रतिपरिवार दश कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै आएका छन् ।माग पूरा गराउन आरक्ष पीडित सङ्घर्ष समितिका पदाधिकारी विगत चार महिनादेखि राजधानी काठमाडौँमा प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा सांसदसङ्ग भेट गरेर पहल गरिरहनु भएको थियो । सङ्घर्ष समितिका सचिव प्रेमदत्त भट्टले आयोग गठन सकारात्मक भन्दै छिटोभन्दा छिटो आफूहरुको पुनःस्थापना हुनुपर्ने माग गर्नुभयो । “चार महिनादेखि काठमाडौँमा नेताको ढोका ढोका चहारिरहेका थियौँ । बल्ल आयोग बन्यो, अब समस्या समाधान हुन्छ भन्ने आशा पलाएको छ । सरकारले यथाशिघ्र हाम्रा माग पूरा गरी ससम्मान पुनःस्थापना गरोस्”, उहाँले भन्नुभयो । 

शिक्षामा दलीय स्वार्थ हावी हुनु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

भक्तपुर, २९ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा दलीय स्वार्थ हावी हुन नहुने बताउनुभएको छ । आज बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटीमा आयोजित कार्यक्रममा उहाँले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोमा जाने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्नु हुँदैन, शिक्षा भनेको विकासको पहिलो पूर्वाधार हो, त्यसैले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोतर्फ जान्छ ।” उहाँले राष्ट्रिय शिक्षा नीति बनाउँदा पार्टीको चस्मा लगाउन हुँदैन भन्दै राष्ट्रको चस्मा लगाएर शिक्षा नीति बनाउनु पर्ने औँल्याउनुभयो ।संविधानले सोचे जस्तो शिक्षा दिन नसकिए देशको अवस्था सुधारिँदैन भन्दै उहाँले युवा शक्तिको विदेश पलायन रोक्न उचित र स्वदेशमै काम लाग्ने शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।“हाम्रो देश कृषि प्रधान देश हो, वन जङ्गलको धनी देश, जलस्रोतको धनी देश हो, उर्वर भूमि हामीसँग छ, तर खाद्यान्न विदेशबाट ल्याउनु पर्ने अवस्था छ”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “खेतबारी बाँझै छन्, कृषिमा काम गर्नेलाई हेला गर्ने सोच हामीसँग छ । अतः यस्तो सोचलाई अब अन्त्य गर्नुपर्छ ।”कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जुन घरमा मानिसको जन्म हुन्छ उसले त्यही घरको जात, धर्म, परम्परा अपनाउने भएकाले मानिस जन्मदै जात, धर्म परम्परा भनेर लिएर नआउने भएकाले जात, धर्मलाई विवादमा ल्याउन नहुने बताउनुभयो ।–––

संविधान दिवसका दिन विभूषण वितरण कार्य स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २९ भदौ : मन्त्रिपरिषद्को आजको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो समिति गठन गर्ने व्यवस्था राखेको थियो । मन्त्रिपरिषद्को आजकै बैठकले विभूषण वितरण कार्य केही समयसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गर्ने तथा विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ ।

उक्त कार्यदलले पेस गरेका सुझावका आधारमा विभूषण वितरणसम्बन्धी मापदण्ड बनाउने र त्यस्तो मापदण्ड नबनुन्जेलसम्मका लागि हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय भएको हो । दसँैं, तिहारलगायत चाडबाडका लागि चिनी आपूर्तिलाई सहज बनाउन भन्सार छुटमा चिनी आयात गर्ने निर्णय पनि सरकारले गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट समान १० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो । सिञ्चाइ नीति, २०८० र नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायीरूपमा समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत आजको बैठकबाट भएको छ ।त्यस्तै, प्रधानमन्त्रीको आसन्न चीन भ्रमण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व : राप्रपा अध्यक्ष लिङ्देन

झापा, २९ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन मेचीनगरले आज धुलाबारीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा उहाँले तीज, दसैँ लगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको बताउनुभयो ।

“तीज र दसैँ जस्ता चाडपर्व हिन्दूको मात्र हो भनेर अन्य जाति र समुदायलाई भड्काउने किसिमले दुष्प्रचार हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यी चाडपर्व सदियौँदेखि सबै जातजाति र धर्मका नेपालीले मनाउने गरेका छन् । पछिल्लो समय दुष्प्रचार गरेर बाहुन र क्षेत्रीको मात्र हो, जनजातिको होइन भनेर बहिष्कार गर्ने गलत काम हुन थालेको छ ।”संसारमा सबैभन्दा धेरै हिन्दू भारतमा भएको जनाउँदै उहाँले भारतमा दसैँमा रातो टीका लगाउने चलन नभएको स्मरण गराउनुभयो । दसैँमा रातो टीका र जमरा लगाउने संस्कृति हाम्रो नेपालमा मात्र भएको हुँदा यसलाई नेपालीको साझा र मौलिक पर्व मानिएको उहाँको धारणा थियो ।राप्रपा अध्यक्ष लिङ्देनले राजनीतिक प्रसङ्गमा बोल्दै राप्रपालाई नवीन सोच र शैलीका साथ मुलुकको अग्रणी शक्तिका रूपमा स्थापित गरिने बताउनुभयो । उहाँले ठूला राजनीतिक दलले पुरानो व्यवस्था र राजसंस्थालाई गाली गरेर सत्ता सञ्चालन गरिरहेको र जनताले आर्थिक परिवर्तनको अनुभूति गर्न नपाएको जिकिर गर्नुभयो ।कार्यक्रममा कोेशी प्रदेशसभा सदस्य सविना बजगाईं, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सङ्गठनकी जिल्ला अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

बागमती, २९ भदौ : हेटौँडा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्नका लागि सो अदालतबाट म्याद थप गरिएको जानकारी दिइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले पीडित चिकित्सकले दिएको जानकारी र सिसि क्यमेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारवाही हुने बताउनुभयो ।

घटना विवरणअनुसार गत साउन २५ गते डेङ्गु रोगबाट सङ्क्रमित हेटाँैडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा थापा र विडारीमाथि बुधबार हातपात तथा कुटपिट गरेका थिए ।

सञ्चो अस्पतालमा उपचार गराइरहेका डेङ्गु सङ्क्रमित राजेश प्रधानको उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएका कारणले निजका आफन्तले चिकित्समाथि आक्रमण गरेका थिए ।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज हेटाँैडामा रहेका सरकारी, निजी तथा क्लिनिकका चिकित्सकले आकस्मिक सेवाबाहेक उपचारका सबै सेवा ठप्प पारेका छन् । डा थापा सञ्चो अस्पतालका जनरल फिजिसियन हुन् भने डा विडारी हेटाँैडा अस्पतालका एनएस्थेसिया विभागमा कार्यरत छन् ।

यसैबीच कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै हेटाँैडा अस्पतालका ७८ चिकित्सकले सामूहिकरूपमा सो अस्पतालका सुपरिटेन्डेन्ट डा रामचन्द्र न्यौपानेसमक्ष लिखित राजीनामासमेत दिएको डा न्यौपानेले बताउनुभयो ।

पोखरीमा डुबेर बालकको मृत्यु

जलेश्वर, २९ भदौ : महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पङ्कज ठाकुरका छोरा चार वर्षीय प्रिंसराज ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

आफ्नै घर अगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा रहेको पानीमा पुगेपछि उनको सोही पोखरीमा डुबेर आज मृत्यु भएको हो । घर बाहिर खेल्दै गरेका बालक नदेखिएपछि गाउँ टोलमा चारैतिर खोजतलाश गरेको र अन्तःमा पोखरीमा मृतावस्थामा फेला परेको थियो ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रदूषित

काठमाडौँ, २९ भदौ : भाद्र कृष्ण औँसीका अवसरमा बिहीबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण त्यस क्षेत्रमा जम्मा भएको फोहर अझै सफाइ हुन सकेको छैन ।

पर्वका अवसरमा भक्तजन आउनुका साथै त्यस क्षेत्रमा लागेको मेलाका कारण गोकर्णेश्वर मन्दिर क्षेत्रमा प्लाष्टिक झोलालगायत फोहर थुप्रिएको छ । फोहर शुक्रबार बेलुकीसम्म पनि नउठ्दा प्रदूषण फैलन थालेको स्थानीयवासी सुवास श्रेष्ठले गुनासो गर्नुभयो । मन्दिर क्षेत्रको रेखदेखलगायत व्यवस्थापन गर्दै आएको गोकर्णेश्वर मन्दिर क्षेत्रले सफाइमा ध्यान नदिएको स्थानीयवासी एवं भक्तजनको गुनासो छ ।

समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत शुक्रबार बिहानैदेखि फोहर व्यवस्थापनमा लागिए पनि सबै काम भने नसकिएको बताउनुहुन्छ । शनिबारसम्ममा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको गोकर्णेश्वर मन्दिर क्षेत्रलाई स्वच्छ एवं सुव्यवस्थित बनाइने समितिले जनाएको छ ।

बाबुको मुख हेर्ने दिन पिताको मृत्यु भइसकेका भक्तजन गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आएर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने सनातनदेखिको परम्परा छ । यसो गरेमा २१ कुलका पितृ तर्ने धार्मिक विश्वास रहेको छ ।

तीजलाई विकृतिबाट मुक्त बनाउँदै लैजानुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २९ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।

आज गृहमन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको उल्लेख गर्दै महिला कर्मचारीलाई तीजको शुभकामना समेत दिनुभयो । तीज एक सामाजिक–सांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

खानपिन तथा लवाइखुवाइको अनावश्यक तड्कभड्क देखाएर यसलाई विकृत बनाउन नहुने बताउँदै उहाँले भन्नुभयो, “उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर मनाउनुपर्छ ।”

निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उहाँले स्मरण गर्नुभयो । उहाँले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेश : प्रदेश लोकसेवा आयोग वार्षिक प्रतिवेदन प्रस्तुत

मोरङ, २९ भदौ : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन आज यहाँ बुझाइएको छ । आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ अन्तर्गत स्थापना भएको आयोगको ऐन, २०७६ को परिच्छेद ७, दफा ४९ बमोजिम आव २०७९/८० भित्र सम्पादन गरिएका काम कारवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै प्रदेश सरकारसँग आयोगको काम कारवाहीलाई सहयोग पु¥याउन योग्य कर्मचारी छनोट र व्यवस्थापन गर्नका लागि नीतिगतरूपमा छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।

उहाँले आयोगले निष्पक्षरूपमा गरेको काम कारवाहीप्रति जनता र राज्यको विश्वास रहेको बताउँदै योग्य कर्मचारीको पदपूर्ति र व्यवस्थापनले स्थायी सरकारको स्वरूपमा बलियो जग निर्माण भएको धारणा राख्नुभयो ।

आयोगका अध्यक्ष भट्टराईले सूचना प्रविधि, मुद्रण, ओएमआर प्रविधिबाट परीक्षणलगायतका पूर्वाधार निर्माणलाई व्यवस्थित गर्नुका साथै अनलाइन दरखास्त प्रणालीको विकास गरिएको जानकारी दिनुभयो । आयोगले आव २०७९/८० मा स्थानीय सरकारी सेवाका लागि २४ वटा विज्ञापनमार्फत चार सय ४० पदका लागि दुई सय ८४ पुरुष र एक सय २५ महिला गरी चार सय नौ जना उम्मेदवार नियुक्तिका लागि सिफारिस गरेको छ ।

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

काठमाडौँ, २९ भदौ : न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधीवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट एक÷एकजना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसमध्ये, जिल्ला न्यायाधीशबाट १८ जना छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका हुन् । न्यायाधीशका लागि सिफारिस हुनेमा राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुङ्गाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजीबहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी र विनोदकुमार पोखरेल रहेका छन् ।त्यस्तै, सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानुन मन्त्रालयका सहसचिव सुशील कोइरालाको नाम सिफारिस भएको हो । कानुन व्यवसायीबाट सिफारिसमा पर्नेमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन रहनुभएको छ ।

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था

काठमाडौँ, २९ भदौ : हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।

तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तीन कुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइयो ।यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको हो ।दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भाग राखिनेछ ।चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । मूल मन्दिर परिसरको तस्बिर, भिडियो खिचेमा मोबाइल सिज गरिनेछ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल सिज गरी नगद जरिवानासमेत गरिने भएको छ ।पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार १००, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार १०० र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु ५०० जरिवाना गर्न सुरु गरेको छ । पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सुक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उहाँले दिनुभयो । कोषले तीजका दिन यही असोज १ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।छलफलमा कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले तीजमा पशुपति क्षेत्रमा आउने महिलालगायत भक्तजनको पहिरन शोभनीय हुनुपर्ने बताउनुभयो । दर्शनार्थीले अश्लील तस्बिर खिचेमा मोबाइल सिज गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइएको पनि उहाँले कार्यक्रममा सुनाउनुभयो । पशुपति क्षेत्रमा दैनिक घरघरबाट बरालिएर आउने युवायुवतीलाई सम्झाउन सबैको सहयोग कोषले माग गरेको छ ।सो अवसरमा काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथको मूल मन्दिरसम्म गाडी लैजान बन्द गरिनुपर्नेमा जोड दिनुभयो । विगत वर्षमा कोषको पास लिएका र ज्याकेट लगाएर स्वयंसेवक बनेकालाई नै मूलमन्दिर परिसरबाट भगाउनुपर्ने अवस्था आएको उल्लेख गर्नुहुँदै अब त्यस्तो हुन नदिने गरी वातावरण निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।तीजका अवसरमा महानगरपालिकाले पशुपति क्षेत्रमा दुईवटा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले विगत वर्षमा प्रवेश गरी कसैले खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकामा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको उहाँले जानकारी दिनुभयो ।“पशुपतिनाथ मूल मन्दिरमा हिन्दूमात्र छिर्न पाइन्छ भन्ने आस्थासँग जोडिएको कानुन हो, परम्परादेखि चल्दै आएको या नियम पशुपतिनाथमा पालना हुन्छ”, प्रवक्ता अधिकारीले भन्नुभयो । छलफलमा कोष सञ्चालक परिषद् सदस्यत्रय शिक्षित पराजुली, डा भरतप्रसाद बडाल र आशा पाण्डेलगायतले तीज पर्व व्यवस्थित गर्न कोषले आवश्यक सबै तयारी गरेको बताउनुभएको थियो । यस वर्षको हरितालिका तीज व्रत असोज १ गते सोमबार परेको छ ।पाँच दिने तीज पर्व भदौ ३१ गते आइतबारदेखि सुरु हुन्छ । तीजको पहिलो दिन आइतबार दर खाने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक

काठमाडौँ, २९ भदौ : आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन् । त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन् ।

त्यसैगरी ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहरा र सन्दीप लामिछाने पनि टोलीमा अटाएका छन् । एसियाली खेलकुदअन्तर्गत क्रिकेट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र मङ्गोलिया रहेका छन् । यसपटकको एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

नेपालबाट कूल दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाली खेलकुद प्रतियोगिता आगामी असोज २१ गतेसम्म चल्नेछ ।

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, २९ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैै उहाँले आजको दिनमा असहाय र गरिब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “गरिब र असहाय नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा दिलाउने अभियानमा लागेको छु, यसमा सबैको सहयोग अपरिहार्य छ, अब कुनै पनि नागरिक पैसा नभएर उपचार नपाएर छट्पटाउनुपर्दैन ।”

जनसङ्ख्या र विकास एकापसमा अन्तर सम्बन्धित विषय हुन् भन्दै उहाँले शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासबाट गुणस्तरीय नागरिक उत्पादन गर्न सकिने यस क्षेत्रको सुधारका लागि सबै संयन्त्र क्रियाशील हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले जनसङ्ख्याको असन्तुलनले दिगो विकास लक्ष्य हासिल गर्न कठिनाइ हुने उल्लेख गर्नुभयो । “ग्रामीण क्षेत्र रित्तिने र सहरी भेगमा भीडभाड हुने चुनौती बढेको छ”, उहाँले भन्नुभयो, “सहरमा जनघनत्व बढ्ने तर गाउँ रित्तिँदै जाने प्रवृत्ति बढेको छ, यसले सुविधाको अवसरको विभेद बढाएको छ र स्वास्थ्य शिक्षाजस्ता आधारभूत आवश्यकताको पहुँच र गुणस्तर अभिवृद्धिमा समस्या उत्पन्न हुन्छ ।”

स्वास्थ्यमन्त्री बस्नेतले जनसङ्ख्याको असन्तुलन नियन्त्रण गरी गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा अभिवृद्धि गर्न तीन तहका सरकारको समन्वय र सहकार्य गरी नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनसङ्ख्या वृद्धिदरमा कमी आएको र लैङ्गिक अनुपात पनि कमजोर रहेको भन्दै अबको दृष्टिकोण त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले सम्मेलनले विद्यमान जनसङ्ख्याको गतिविधिको विश्लेषण गर्दै आगामी रणनीति तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नेपालस्थित आवासीय प्रतिनिधि वोन योङ होङले नेपालको विद्यमान स्वास्थ्य प्रणालीको सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव रमेशकुमार केसीले जनसङ्ख्या र विकाससँगै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सम्मेलनमा विगतका अभ्यासको समीक्षा गर्दै विज्ञ सरोकारवालाको राय समेटेर आगामी रणनीति तयार गरिने उहाँले उल्लेख गर्नुभयो ।