`

अस्ट्रेलियासँगको मतभेद हटाउन चिनियाँ प्रधानमन्त्री लीको आग्रह

चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार आर्थिक अवसरहरूको वाचामा केन्द्रित भ्रमणको सुरुआत गर्दै अस्ट्रेलियासँगको ‘मतभेदहरू हटाउन’ आह्वान गरेका छन् ।

चार दिने कूनीतिक भ्रमणका लागि एडिलेडमा अवतरण गरेपछि प्रधानमन्त्री लीले चीनद्वारा प्रमुख अस्ट्रेलियाली निर्यातहरूविरुद्ध दण्डात्मक व्यापार प्रतिबन्ध हटाएसँगै मेलमिलापको प्रस्ताव गरे ।

“पारस्परिक सम्मान र साझा आधार खोज्दै मतभेदहरू मेटाउने चीन–अस्ट्रेलिया सम्बन्धमा पारस्परिकरूपमा लाभदायक सहयोगका रूपमा रहेको बहुमूल्य अनुभवलाई अगाडि बढाउनुपर्छ”, उनले लिखित आगमन वक्तव्यमा भने, “अधिक परिपक्व, स्थिर र फलदायी व्यापक रणनीति साझेदारी दुवै मुलुकका जनताद्वारा साझा गरेको खजाना हुनेछ ।”

राष्ट्रपति सी जिनपिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता ली संसाधन सम्पन्न महादेश अस्ट्रेलियामा आफ्नो कूटनीतिक मिसनको सरुआतमा एडिलेड पुगेका छन् । उनी सन् २०१७ पछि अस्ट्रेलियाको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ अधिकारी हुन् ।

चीनले पूर्व कन्जरभेटिभ सरकारसँग कूटनीतिक मतभेदका क्रममा सन् २०२० मा वाइन, काठ, जौ र गाईको मासु निर्यातमा लगाइएको व्यापार प्रतिबन्धलाई क्रमशः हटाएको छ । यी उपायले अस्ट्रेलियाली निर्यातकहरूलाई प्रतिवर्ष २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब अमेरिक डलर) खर्च गर्ने अनुमान गरिएको छ ।

सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकार सत्तामा आएपछि र बेइजिङप्रति नरम कूटनीतिक दृष्टिकोण अपनाएपछि दुवै मुलुकबीच आर्थिक सम्बन्धमा सहजता आएको छ ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिन्छः महामन्त्री शर्मा

भक्तपुर ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् ।


भक्तपुरको सूर्यविनायकमा शनिबार आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए । उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए । 


नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।


नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए । उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको बताए ।


प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा पाँच लाख थपिने जानकारी दिइन् ।


चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्याएको योगदानको चर्चा गरे ।


नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले आफ्नो कुरा स्पष्ट राख्ने निडर जोन्छेजस्तो व्यक्तित्व अहिले पार्टीमा कोही नभएको बताए ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं भक्तपुरका पूर्वसभापति मदकृष्ण श्रेष्ठले माओवादीको कडा आलोचक भएकै कारण जोन्छेलाई माओवादीले गोली हानेका बताए ।

अब कांग्रेसले निर्वाचनमा कसैसंग गठबन्धन गर्दैन– महामन्त्री शर्मा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२ औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका हुन् । उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए । नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए । उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको बताए ।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा रु पाँच लाख थपिने जानकारी दिइन् । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पु-याएको योगदानको चर्चा गरे ।

उखु किसानले पाए १ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लो गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको जानकारी दिए । उनले भने, “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।”

समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताए । उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए ।

महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

जलेश्वर  । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् । 

एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए । उनले भने, “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।” 


समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताए । 


उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए । 

नेकपा एकीकृत समाजवादीका एक लाख पचास हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ । पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने बताए । 

राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनौट गर्नेछ । पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनौट गर्ने उनले बताए ।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र    केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन्भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनौटका लागि सङ्ख्या निर्धारण गरिएको छ । यही असार १६ देखि २० गतेसम्म पार्टीको दसौँ महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभक्त भएको पार्टीले आसन्न महाधिवेशनलाई दसौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी आफूलाई मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिएर अब हुने राष्ट्रिय महाधिवेशनलाई दसौँ मानेको हो ।

शिक्षा मन्त्रालयद्वारा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पहिलोपटक विज्ञान–प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार गरेको छ ।

मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक सो मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवाला, आम नागरिक र जनप्रतिनिधिलाई आग्रहसमेत गरिएको छ ।

राष्ट्रिय ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति’, २०७६ को कार्यान्वयनका क्रममा मस्यौदा गरिएको सो विधेयकमा यस क्षेत्रलाई उच्च रणनीतिक तहबाट मार्गदर्शन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् गठनको प्रस्ताव गरिएको छ ।

हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रको समग्र अगुवाइ गर्दै आएको छ । विधेयकमा यस क्षेत्रका लागि गुरुयोजना निर्माण, अनुसन्धान, विकास र सुशासनका लागि सरकार, गैरसरकारी क्षेत्र र अनुसन्धानकर्ताबीचको समन्वय, स्वामित्व, उपयोग, व्यवस्थापन, सर्वेक्षण, आविष्कारको प्रवद्र्धन, अनुसन्धानको व्यवसायीकरण र प्रणालीको विकासलगायत विषय समावेश गरिएको छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा ‘वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका कार्यक्रम कार्यान्वयन गर्न विश्वविद्यालय, विद्यालय, अनुसन्धानकर्ता र वैज्ञानिकलाई परिचालन गर्नुका साथै यस कार्यमा गैरआवासीय नेपालीलाई सहभागी हुन आह्वान गरिने उल्लेख छ ।

विज्ञान, सञ्चार तथा सूचना प्रविधि विषय समेट्ने गरी विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने, अनुसन्धान र नवप्रवर्तनबाट विकसित ज्ञान र उत्पादनको ‘पेटेण्ट’ दर्ता गर्न र उत्पादनलाई बजारमा पुर्याउन सहजीकरण गरिने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

यस प्रस्तावित कानुनले सम्बोधन गरेको मन्त्रालयका सहसचिव इन्दुविक्रम जोशीले जानकारी दिए । उनले कानुन बनेपछि विज्ञान र प्रविधिको विकासिमा स्पष्ट कोष खडा भई लगानी वृद्धि हुने र खर्च गर्ने तरिकासमेत स्पष्ट हुने बताए ।

मस्यौदामा नेपालमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, प्रदेश तहमा उच्चस्तरको अनुसन्धानशाला, युवा प्रतिभालाई पलायन हुन नदिई देशभित्रै राख्ने र उद्यमशीलताको प्रवद्र्धन गर्ने नीतिहरु समावेश गरिएको छ । नीतिले यस क्षेत्रमा कूल गार्हस्थ्य उत्पादनको न्यूनतम एक प्रतिशत बजेट विनियोजन हुनुपर्ने उल्लेख छ ।

हाल शून्य दशमलव ३० प्रतिशत मात्र लगानी छ । नीति जारी भएका बखत नेपालमा विज्ञान तथा प्रविधिको अनुमानित एक सय २० भन्दा बढी संस्था र ९० हजार जनशक्ति रहेको अनुमान भए पनि हाल यसको यकिन तथ्याङ्क मन्त्रालयसँग छैन ।

विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने र युवा जनशक्तिलाई स्वदेशमा नै रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्ने लक्ष्य विधेयकले लिएको छ ।

सरकारले सातौ राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सार्वजनिक नीतिले ‘दिगो विकास र समृद्धिका लागि विज्ञान तथा नव–प्रवर्तन’ को सोच र ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकको जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने’ लक्ष्य लिएको छ । नयाँ नीति जारीसँगै १५ वर्ष अघिको राष्ट्रिय विज्ञान तथा प्रविधि नीति, २०६१ खारेज भएको थियो ।

वैज्ञानिक प्रा डा दिनेशराज भूजूको संयोजकत्वमा रहेको नौ सदस्यीय कार्यदलले देश विदेशका विज्ञ र सरोकार भएकासँग छलफल गरी आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सो नीतिसम्बन्धी प्रतिवेदन पेस गरेको थियो ।

विश्व नवप्रवर्तन सूचक (जिआइइ) मा नेपालको स्थान एक सय नौ रहेकामा सोभन्दा तल ल्याउन नवप्रवर्तनात्मक नीति र कार्यक्रममार्फत पहल गर्न नीतिगत र कानुनी प्रबन्ध गर्न विज्ञहरुले जोड दिँदै आएका थिए ।

संविधानमा विज्ञान तथा प्रविधिलाई देशको विकाससित आबद्ध गर्दै वैज्ञानिक अध्ययन, अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने नीति व्यवस्था गरेको छ ।

मुलुकको द्रुत आर्थिक विकास र प्रगतिशील समाजको उत्थानको सपनालाई साकार बनाउने मूल आधार नै नवप्रवर्तनसहितको प्रविधि र वैज्ञानिक दृष्टिकोण जगाउने शिक्षा पद्धतिका लागि पनि सो नीतिले योगदान दिनेछ ।

बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ

चितवन । स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गरिएको सन्दर्भमा विनियोजित बजेट अपुग भएको हो ।

कार्यकारी निर्देशक डा पौडेलले हाल देशमा क्यान्सर विषयमा मात्र अध्ययन–अध्यापन गर्ने गराउने सुपर स्पेसियालिटी प्रतिष्ठान समेत नभएको उल्लेख गर्दै अस्पताल सञ्चालक समितिबाट प्रतिष्ठानसम्बन्धी प्रस्ताव पास भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गरिएको, राष्ट्रिय चिकित्सा आयोगबाट ‘सुपर स्पेसियालिटी’ अध्यापनका लागि अनुमति लिई तीनवटा विधामा सञ्चालन भएको र हाल क्यान्सरका विभिन्न सात विधामा ‘फेलोसिप’ कार्यक्रमअन्तर्गत १३ जनाले अध्ययन गरिरहेको जानकारी दिँदै उनले मन्त्रालयले सुपर स्पेसियालिटी प्रतिष्ठान घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने बताए ।

विपन्न नागरिक आर्थिक सहायता कोषबाट क्यान्सर रोग उपचारतर्फ उपलब्ध गराइएको रकम न्यून भएको भन्दै डा पौडेलले क्यान्सरको उपचार पद्धति धेरै महँगो हुने र लामो समयसम्म उपचार गराउनुपर्ने हुँदा सहायता रकम वृद्धि गरी प्रतिबिरामी कम्तीमा  पाँच लाखसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

रकम वृद्धि गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको र अस्पतालको पहलमा वाग्मती प्रदेश सरकारले रु ५० हजार दिने व्यवस्था भएको, लुम्बिनी प्रदेश सरकारले दुई लाख दिने सम्झौता गरेको, गण्डकी प्रदेश सरकारसँग रु एक लाख सम्झौता भएको र अन्य प्रदेशहरूसँग पनि छलफलको क्रम रहेको छ ।

कार्यकारी निर्देशक डा पौडेलले स्वास्थ्य बीमा समितिबाट पाउनुपर्ने रकम भुक्तानीमा विलम्ब हुँदा सेवा सञ्चालनमा कठिनाइ भएको बताए ।

अस्पताल एक सय शय्यामा सञ्चालन हुँदा आर्थिक वर्ष २०६९/७० मा प्राप्त बजेट २१ करोड ४२ लाख भएको र त्यसयता चार सय ५० शय्या हुँदा स्वास्थ्य कर कोषको रकम घट्दो क्रममा आई गत आर्थिक वर्षमा रु २३ करोडमा झरेको उनले जानकारी गराए ।

उनका अनुसार गत आर्थिक वर्षको सञ्चालन खर्च ९२ करोड ९२ लाख २७ हजार पाँच सय ७९ रहेको छ, गत आर्थिक वर्षमा आन्तरिक स्रोतबाट रु ४८ करोड ८८ लाख ९६ हजार तीन सय ४० आम्दानी भएको थियो ।

संविधान संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको संख्या घटाऔंः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशका सदस्यको संख्या घटाउनुपर्ने बताएका छन् ।

शनिबार पार्टीको नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको भन्दै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको संख्या घटाउनुपर्ने बताए । उनले कम खर्चमा संसद र सरकार चलाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिएर हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं । त्यो गर्न एमालेसँग सल्लाह गरौं ।’

उनले आफू किन प्रधानमन्त्री भएको भन्ने प्रचण्डलाई थाहा नभएको बताए । महामन्त्री थापाले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएकाले यसको पुष्टि भएको बताए ।

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा नगद सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ ।

सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।

वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने

वेल्सकी राजकुमारी क्याथरिनले मध्य लन्डनमा आयोजना हुने ट्रूपिङ द कलर सैन्य परेडमा भाग लिने घोषणा गरेकी छन् । क्यान्सर भएको पत्ता लागेपछि उनको यो पहिलो सार्वजनिक जीवनमा अस्थायी पुनरागमन हुनेछ ।  

गत वर्ष डिसेम्बरमा क्रिसमस डेको दिन केटले सार्वजनिक संलग्नतामा देखाएको थियो  र मार्चमा केमोथेरापी गरिरहेको खुलासा गरेकी हुन् ।

४२ वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुन् । केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उनको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो ।  

उनले शुक्रबार साँझ एक सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका राम्रो सुधार भइरहेको र अझै केही समय लाग्ने जानकारी गराएकी छन् । ‘म यस सप्ताहन्तमा मेरो परिवारसँग राजाको जन्मदिन परेडमा भाग लिन उत्सुक छु र केही सार्वजनिक कार्यक्रमहरूमा सामेल हुने आशा गर्दछु, तर मेरो स्वास्थ्यमा पूर्ण सुधार भईसकेको छैन’, राजकुमारीले भनिन्। 

सूचना प्रविधिको विकास सरकारको उच्च प्राथमिकतामाः अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१’ मा उनले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्न आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको बताए ।

“सरकारले बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा लगानी दशक घोषणा गरेर यो क्षेत्रलाई महत्वका साथ अघि बढाएको छ । अबको १० वर्षमा करिब रु ३० खर्बको निर्यात र १५ लाख जनशक्तिलाई रोजगारीको सम्भावना देखिएको छ । यसका लागि सरकारले नीतिगत स्थिरता र सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माणलाई जोड दिइएको छ”, उनले भने, “पाँच वर्षसम्म करका नीति नफेर्ने, काठमाडौँ उपत्यकाका कम्तीमा १० ठाउँ र प्रत्येक प्रदेशमा आइटी पार्क बनाएर तीन वर्षसम्म कुनै शुल्क नलिने योजना सरकारले बनाइरहेको छ ।”

आगामी आवको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको र मुलुकको आर्थिक समृद्धिका लागि सार्वजनिक, निजी तथा सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउने नीति सरकारले लिएको उनले जानकारी दिए ।

अर्थमन्त्री पुनले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलीजेन्स–एआई) को विकासलाई मानव सभ्यता माथिको चुनौतीका रुपमा समेत हेर्न थालिएको भए पनि यसलाई औद्योगिक क्रान्तिको अर्को चरणका रुपमा लिइनुपर्ने र समग्र विकासका लागि महत्वपूर्ण माध्यमका लागि विकास तथा प्रयोग गरिनुपर्ने बताए ।

“एआईसँग समुदाय नै आतङ्कित छ । कृतिम बौद्धिकतासँग मानव जाति नै चिन्तित छ । मान्छेले जस्तै सोच्न सक्नेजस्तै गरी एआइले पनि सोच्न सक्ने भएपछि यो प्रविधि मान्छेको सहयोगीको रुपमा रहन सक्छ कि सक्दैन भन्ने मुख्य चुनौती हो”, उनले भने, “तर मानव जीवनलाई सहज बनाउनका लागि प्रविधिको प्रयोग अति आवश्यक छ र यो जीवनको यथार्थ बनिसकेको छ ।”

वस्तु तथा सेवाको उत्पादनमा सूचना प्रविधिको प्रयोगलाई औद्योगिक क्रान्तिको पाँचौँ चरणका रुपमा लिने गरिएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले नेपालजस्ता मुलुकले यसलाई अवलम्बन नगर्ने हो भने आर्थिक र प्रविधिका क्षेत्रमा थप पछि पर्दै जाने बताए ।

कार्यक्रममा एआइविज्ञ डा विवेक पौडेलले सूचना प्रविधि क्षेत्र र एआइले सरकारको नीति कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले भने, “पूर्वाधार निर्माण, कृषि क्षेत्र, सेवा प्रवाह, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा एआइको प्रयोगले उल्लेख्य नतिजा दिनसक्छ । मुलुकको अर्थतन्त्र र रोजगारी विकासमा यसको भूमिका महत्वपूर्ण हुन्छ ।”

डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले नेपालमा सूचना प्रविधि क्षेत्रको विकास कमजोर रहेको जनाउँदै विश्वस्तरमा प्रतिस्पर्धाका लागि सरकारको नीति, लगानीलगायतका आवश्यक सहयोग आवश्यक पर्ने बताए ।

उनले भने, “सन् १९९५ देखि २००५ सम्ममा नेपाल सूचना प्रविधि क्षेत्रको विकासमा अन्य थुप्रै देशसँग प्रतिस्पर्धी भए पनि त्यसलाई निरन्तरता दिन नसक्दा नेपाल अहिले पछि परेको छ । सञ्चार क्षेत्रले पनि नयाँ प्रविधि अवलम्बन नगर्ने हो भने मूलधारका सञ्चारमाध्यमलाई वैकल्पिक सञ्चारमाध्यमले छायामा पार्न सक्छ । ”

सम्मेलनकासहभागीलाई एआइले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको थियो । अध्यक्ष सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) निर्देशन दिएका थिए । लगत्तै एआइ प्लाटफर्म च्याट जिपिटीले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री पुनसहित अतिथिलाई मन्तव्यमार्फत स्वागत गरेको थियो ।

सम्मेलनमा एआइकै प्रयोग गरी तयार पारिएको भिडियोमार्फत कार्यक्रमबारे प्रकाश पारिएको थियो । भिडियोमा कृत्रिम बौद्धिकतामार्फत तयार पारिएका टेलिभिजन कार्यक्रम प्रस्तोताझैँ लाग्ने एक युवकले सम्मेलनको आवश्यकता, एआइले विश्वभर र नेपालमा ल्याउन सक्ने अवसर र चुनौती तथा सञ्चार माध्यमको भविष्य, सार्वजनिक सेवाको प्रयोगलगायत विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा आमसञ्चारका प्राडा भानुभक्त आचार्यले एआइ प्रयोगले व्यक्तिको क्षमता अभिवृद्धि गरेर थोरै समयमा धेरै काम गर्न सकिने सन्देश दिएको बताए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले एआइको प्रयोगले तथ्य पहिचान, परीक्षण र प्रस्तुतिमा पत्रकारिता क्षेत्रले लाभ लिन सक्ने सम्भावना देखिएको उल्लेख गरे । उनले भने, “एआइका प्रयोगमा पत्रकारले सधैँ होसियारी अपनाउनुपर्छ । ”

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा

जलेश्वर । महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ । जलेश्वर भन्सार कार्यालयको एक करोड ८८ लाख ३३ हजार नौ सय ३९ लागतमा जनकपुरमा अवस्थित जानकी मन्दिर जस्तै आकर्षक प्रवेशद्वार निर्माण गरिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए । प्रवेशद्वारमा जानकी मन्दिरको जस्तै आकर्षक बुट्टा काट्ने, रङ्गरोगन गर्ने र बत्ती जडान गर्न भन्सारले चालु आवमा पुनः ६६ लाख ९३ हजार एक सय ८५ प्रदान गरेको थियो ।

विश्वसम्पदा सूचीमा समावेश गर्न सिफारिस गरिएको जनकपुरस्थित जानकी मन्दिरजस्तै देखिने यो प्रवेशद्वार हेर्न महोत्तरी आसपासका क्षेत्रका साथै भारतबाट पनि सयौँ मानिस दैनिक रूपमा यहाँ आउने गरेका छन् ।

युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्वका नेताहरू स्विट्जरल्याण्डमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा कियभलाई प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गरेपछि युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिबार स्विट्जरल्याण्ड पुगेका छन् ।  

बर्गेनस्टक रिसोर्टमा हुने दुई दिने सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ५० भन्दाबढी अन्य राष्ट्र र सरकार प्रमुखको सहभागिता रहनेछ तर रसियाले भने भाग लिने छैन ।  

स्विट्जरल्यान्डले मस्कोलाई संलग्न गरी शान्तिको मार्गका लागि प्रारम्भिक आधार तयार पार्ने लक्ष्य राखेको थियो तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शिखर सम्मेलनलाई “सबैलाई विचलित गर्ने चाल” भन्दै प्रतिकार गरेका छन् ।

उनले कियभले पूर्व र दक्षिणबाट आफ्नो सेना फिर्ता लिए र नाटो सदस्यताको त्यागेमा “तुरुन्तै” शान्ति वार्ता सुरु गर्ने बताए ।

जेलेन्स्कीले पुटिनको मागलाई नाजी जर्मनीका तानाशाह एडोल्फ हिटलरको सम्झना दिलाउने क्षेत्रीय “अल्टिमेटम” का रूपमा आलोचना गरेका छन् । नाटो र संयुक्त राज्य अमेरिकाले पनि रुसको यो कठोर सर्तलाई अस्वीकार गरेको हो । 

रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुनः निर्वाचित

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा पुनः निर्वाचित भएका छन् । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर–राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन् । विजयपछिको भाषणमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरेका थिए ।

चर्को राजनीतिक नाटकका बीचमा यो सहमति भएको हो । रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरेका थिए ।

संस्कृतिलाई जोड्दै कास्कीको गुरुङ सम्पदा पदमार्ग

गण्डकी । व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ ।

जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो ।

सङ्घले गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए।

सङ्घले हालै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मस्र्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको उनले जानकारी दिए।

मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् । आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् ।

परम्परागत रुपमा भेडापालनसँगै सिलाइबुनाइलाई मुख्य पेसाका रुपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको पाइन्छ । पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घरवास (होमस्टे) सञ्चालन गर्दै आएका छन् ।

गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, ताङतिङ, यान्जाकोट, भाचोक, हेम्जाकोटाजस्ता गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । आफ्नो मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ हेरिटेज टुरिजम डेस्टिनेसन विकास गर्न लागेको सङ्घका संस्थापक अध्यक्ष गुरुङले बताए।

गुरुङ सम्पदा पदमार्गलाई प्रकृति र संस्कृतिको सङ्गम थलोका रुपमा विकास गरिने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताए।

गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुख्र्यौली बाटोलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ । पदमार्ग क्षेत्रका अनुपम झरना, प्राकृतिक सौन्दर्यतालाई पदयात्रा पर्यटनसँग जोड्ने गरी आफूहरूले प्रयास थालेको
उनले बताए।

पदमार्गका माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरवासलाई जोड्ने योजना रहेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङले बताए । यस पदमार्गले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरवासलाई पनि जोड्ने उनले बताए।

कास्कीको लमजुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गलाई पनि पदयात्रा पर्यटनसँग जोड्न खोजिएको उनको भनाइ छ ।

यस अभियानअन्तर्गत सङ्घले पदमार्ग पहिचानसँगै मानव जीवनका संस्कृति र यहाँको जीवनशैलीका सूचना संकलन, ब्रोसर प्रकाशन गरिने जनाएको छ । प्रवर्द्धन एवं अन्वेषण भ्रमणका क्रममा पर्यटकीय नक्साको लागि जिपिएस डाटा संंकलन तथा फोटो तथा फुटेजहरू संकलनका साथै ट्रेल भिडियो, ट्रेल मार्किङसमेत गरिएको जनाइएको छ ।

गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशका लागि मात्र नभई नेपालकै एक महत्वपूर्ण पदमार्गका रुपमा स्थापित बन्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले बताए। वैकल्पिक पदमार्गको खोजी भइरहेका अवस्थामा यस पदमार्ग छोटो दूरीको हाइकिङदेखि लामो दूरीको पदयात्राका लागि पनि महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उनले बताए ।

यस पदमार्गको प्रवद्र्धन र विकास हुनसकेमा पदमार्ग क्षेत्रमा पर्ने विशेषतः लमजुङ र कास्की जिल्लाका मादी, मस्याङ्दी, क्होलासोँथर, चामेलगायत गाउँपालिकाका स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायी लाभान्वित बन्ने उनले बताए।

सरकारलाई दिएको समर्थनमा अब समीक्षा गर्छौंः खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन् । 

रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा शनिबार आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाव दिएका हुन् । 

गत मङ्सिरमा जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिएका छन् ।

  “जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रुपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन”, उनले भने,“ पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरु र आमनागरिकलाई बुझाउनुपर्ने बेला भैसकेको छ ।”

मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताए । सत्ता साझेदार दलहरुसँगै आफूहरुले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उनको भनाइ थियो ।
     
“शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौँ । हामीले सरकारको नेतृत्व गरिरहेका छौँ”, मन्त्री श्रेष्ठले भने, “हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौ । वर्तमान राजनीतिक परिस्थतिमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ ।”
    
त्यस अवसरमा उनले  शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरुले पुरस्कारवापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिए ।

उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती

भोजपुर । भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन् । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेकी छन् । उनी पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेकी हुन् ।

उनले भनिन्,“गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएको छु । ” उनले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दैै आएको आएकी छन् ।

“मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु”,उनले भनिन्, “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन । तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।”

विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिक रुपमा तरकारी खेतीमा लागेको उनको भनाइ छ । मेहनत गर्नसकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताइन् ।

“कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भनिन्, “तर हामीले व्यावसायिक बन्न चाहि सक्नुपर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्न छर छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु ।”

उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या रहेको उनले बताइन् । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने व्यवासायी उद्यमी राईको भनाइ छ । कृषिमा नै भविष्य देखेर व्यावसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनले बताइन् ।

आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देशीय सहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिइन् ।

“हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौँ” उनले भनिन्, “एकल भएर पनि समाजमा उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ । सहरकारीमार्फत १४ टनेल निर्माण तरकारी खेतीको काम भइरहेको छ ।” उन्नत जातको बीउबिजन नपाउँदा भने समस्या हुने गरेको उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उनको भनाइ छ । गाउँपालिकाको तर्फबाट विभिन्न वडाका किसानलाई आवश्यक सहयोग गरिरहेको उनले जानकारी दिइन् ।

“हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ”, उपाध्यक्ष राईले भनिन्, “गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौँ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ । कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाइ छ ।

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको जानकारी दिए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए ।

शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

एमसीसीअन्तर्गत रातमाटे सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनीलाई

काठमाडौं ।   मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन –एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । 


एमसिए नेपालले शनिबार विज्ञप्ति जारी गरी सम्झौताबारे जानकारी दिएको हो । ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर (जिआइएस) सवस्टेसन ३९ महिनाभित्र निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एउटा हुनेछ । 


पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसिए–नेपालले जनाएको छ ।


एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरे । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सवस्टेसनमध्ये एमसिए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो ।


उक्त सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, “नेपालको प्रसारण प्रणाली विकास योजना (टिएसडिपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अङ्गका रूपमा परिकल्पना गरिएको ४०० केभी रातामाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्वपूर्ण उपलब्धि हुनेछ ।”


निर्माण सम्झौतामा हस्ताक्षरपछि मिलेनियम च्यालेञ्ज कर्पोरेशनका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, “तीन वटा सबस्टेशनमध्ये दोस्रो रातमाटे सवस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकाले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिन सकिन्छ । आगामी केही वर्षमा एमसिसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौँ ।”


एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, “अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसिए नेपालले सवस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको छ । दमौलीमा निर्माण गरिने तेस्रो सवस्टेसनको निर्माण सम्झौता पनि चाँडै नै हुन लागेको छ भने १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागिपरेको बोलपत्रको मूल्याङ्कन भइरहेको छ । हामी प्रसारण लाइनको बाँकी अंश निर्माणका लागि पनि बोलपत्र आह्वान गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।” 


चार सय केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने तीन हजार दुई सय मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ । नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ ।


एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमी प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको को मूल्याङ्कन भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनःबोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ ।

बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइने

गुलरिया (बर्दिया)  । बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ । 
थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ । 

पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ । थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै थारू भाषाको संरक्षण, प्रवद्र्धन र विकासमा टेवा पु¥याउनेलगायत उद्देश्यले अध्यापन गराउन लागिएको जनाइएको छ । 

यसअघि पनि नगरपालिकाका केही विद्यालय थारु भाषामा पठनपाठन सुरु गरेपछि निरन्तरता पाउन सकेको थिएन । यसअघिको पाठ्यक्रममा देखिएको कमजोरीलाई सुधार गरी नयाँ पाठ्यक्रम तयार पारिएको नगरप्रमुख छविलाल थारुले बताए ।  पहिलो चरणमा कक्षा १ देखि ३ सम्म र दोस्रो चरणमा कक्षा ८ सम्म पाठ्यक्रम अध्यापन गराउने तयारी छ । 

बारबर्दिया नगरपालिकामा ९५ प्रतिशत विद्यार्थी थारु भाषा बोल्न जान्ने भएकाले उनीहरुलाई पठनपाठन गराउन सजिलो हुने नगरपालिकाका उपप्रमुख रत्नकुमारी पाण्डेले बताइन् ।

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

काठमाडौँ ।   आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । 

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रुपमा अनिल शाहलाई गुमाउन पुग्यो । अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए । आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए ।

नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए ।

ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रुपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र  एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे ।  दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भन  आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।

फिफाद्वारा म्याच फिक्सिङ काण्डमा मुछिएका युगान्डाका सातजनामाथि प्रतिबन्ध थप

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२३/२०२४ सिजनमा भएका विभिन्न म्याच फिक्सिङ काण्डमा संलग्न युगान्डाका सात व्यक्तिमाथिको प्रतिबन्ध थप गरेको छ ।

युगान्डा फुटबल सङ्घ (फुफा) को सञ्चार प्रमुख अहमद हुसेनले युगान्डामा पहिले नै प्रतिबन्धित पाँच खेलाडी र दुई रेफ्रीलाई फिफाले प्रतिबन्ध लम्ब्याएको पुष्टि गरे ।

फिफाले युगान्डाका खेलाडी र रेफ्रीहरूमाथि विश्वव्यापी प्रतिबन्ध विस्तार गरेको छ, यसलाई फुफाले सन् २०२३ मा म्याच हेरफेरमा संलग्न भएका कारण निलम्बन गरेको थियो”, फुफाले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

फिफाबाट प्रतिबन्धको विवरण प्राप्त गर्ने फुफाका अनुसार दुई रेफ्री जर्ज एनकुरुन्जिजा र डिओग्रासियस ओपियोलाई प्रतिव्यक्ति १० वर्षको प्रतिबन्ध लगाइएको छ ।

पाँच वर्षको प्रतिबन्धमा परेका पाँच खेलाडीहरू सालेह मागान्डा (पहिले कलभरी एफसीसँग), फ्रान्को ओरिङ्गा (पहिले नर्दन गेटवे एफसीसँग), गोडफ्रे लुवेसिबावा, याहाया महद काकुजा र एन्ड्रयू वाइस्वा (सबै पहिले गडाफी एफसीसँग) रहेका छन् ।

फुफाले मोसेस हसिम मागोगोको नेतृत्वमा हालै म्याच फिक्सिङ काण्डमा संलग्न अधिकारीहरू र खेलाडीहरूलाई सम्हाल्न स्वतन्त्र निकाय स्थापना गरेको छ ।

मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुईजनाको मृत्यु

मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुई जनाको मृत्यु भएको बृहन्मुम्बई नगर निगम (बिएमसी) ले जनाएको छ।

घटनामा केही व्यक्ति घाइते भएको मुम्बई फायर ब्रिगेडले सूचना पाएपछि फायर अफिसरहरू तुरुन्त घटनास्थलमा पुगेको थियो। घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ।

जुन १३ मा महाराष्ट्रको ठाणेको कलवार क्षेत्रमा आवासीय भवनको एक भाग ढलेपछि तीन जना घाइते भएका थिए भने ३० जनाभन्दा बढीलाई उद्धार गरिएको थियो। अधिकारीहरूले यो घटना ओम कृष्णा सहकारी आवास सोसाइटीमा भएको बताएका छन् ।

अमेरिका र नाटोद्वारा पुटिनको युक्रेन शान्तिको मागको आलोचना

क्रेमलिनको आक्रमण अन्त्य गर्न मस्कोले दावी गरेको क्षेत्रबाट युक्रेन फिर्ता हुनुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मागलाई शुक्रबार संयुक्त राज्य अमेरिका र नाटोले अस्वीकार गरेका छन् । 

“पुटिनले सार्वभौम युक्रेनी क्षेत्रलाई अवैधरूपमा कब्जा गर्नुभएको छ, शान्ति स्थापना गर्नका लागि के गर्नुपर्छ भन्नेबारे उहाँ युक्रेनलाई यस्तो निर्देशन गर्ने अवस्थामा हुनुहुन्न”, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ब्रसेल्समा नाटो बैठकको अन्त्यमा भने, “यदि उहाँले यस्तो गर्न चाहनुहुन्छ भने यसलाई आजै समाप्त गर्न सक्नुहुन्छ र हामी उहाँसँग यस्तो गर्न तथा युक्रेनी सार्वभौम क्षेत्र छाड्न आह्वान गर्दछौँ ।”

किएभले पूर्व र दक्षिणबाट आफ्ना सैनिकलाई फिर्ता गरेर प्रभावकारीरूपमा आत्मसमर्पण गर्छ र नाटो सदस्यताको प्रस्ताव त्याग्छ भने मस्कोले युक्रेनमाथिको आफ्नो आक्रमण रोक्ने पुटिनले शुक्रबार बताएका थिए । 

युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको पूर्णस्तरको सैन्य आक्रमण रोक्नका लागि पुटिनको कट्टरपन्थी ‘सर्तहरू’ लाई तत्काल खारेज गरेको छ । 

साथै किएभले यसै साताको अन्त्यमा स्विट्जरल्यान्डमा प्रमुख शान्ति शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न प्रयास गरिरहेको छ । 

नाटो प्रमुख जेन्स स्टोलटेनबर्गले पनि युक्रेन शान्ति वार्ता सुरु गर्न पुटिनले निर्धारण गरेको सर्तहरूको आलोचना गरे । “यो राम्रो मनसायले गरिएको प्रस्ताव होइन”, उनले भने । 

“वास्तवमा रुसले आफ्नो युद्धको लक्ष्य हासिल गर्न अहिलेसम्म कब्जा गर्न सकेकोभन्दा धेरै भूभाग युक्रेनीहरूले त्याग्नुपर्छ भन्ने अपेक्षासहित आएको प्रस्ताव हो यो”, उनले भने,“यो थप आक्रामकता, अधिक कब्जाको प्रस्ताव हो र यसले रुसको उद्देश्य युक्रेनलाई नियन्त्रण गर्नुरहेको देखाउँछ ।”

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ । आइसीसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा दक्षिण अफ्रिकाले नेपालसामू जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनायो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भने आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोड्दा डेभिड मिलरले सात रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । सिनियर क्रिकेट प्रतियोगितामा यी दुई टोली पहिलो पटक आमने सामने भएका हुन् ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।

सुडानको अल–फाशरमा भएको झडपमा दुईसय भन्दाबढीको मृत्यु

सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० भन्दा बढीको मृत्यु भएको छ । अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको अन्तिम सहर हो ।

साथै यो सहर सुडानी सेनाले पूर्व डेपुटी कमान्डर मोहम्मद हमदान डाग्लोको नेतृत्वको आरएसएफविरुद्ध लडिरहेको करिब एक वर्ष लामो युद्धको केन्द्रविन्दु बनेको छ ।

अनिकालको सङ्घारमा रहेको क्षेत्रमा मानवीय सहायताका लागि महत्त्वपूर्ण मानिने सहरका लागि लडाइँ एक महिनाभन्दा लामो भइसकेको छ ।

परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) ले अल–फाशरमा भएको लडाइँमा कम्तीमा दुई सय २६ जना मारिएको र एक हजार चार सय १८ जना घाइते भएको बताएको छ ।

समग्र मृत्यु हुनेको सङ्ख्या अझ बढी रहेको अनुमान गरिएको छ । यद्यपि जारी हवाई आक्रमण, गोलाबारी र स्थल लडाइँका कारण घाइतेहरूले उपचार पाउन सकिरहेका छैनन् ।

एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले भने, “अल–फाशरमा अवस्था अराजक बनेको छ ।”

अवस्था जटिल बन्दा मुख्यरूपमा प्रसूति सुविधा भएको दक्षिणी अस्पताल बन्द हुँदा मानिसहरू साउदी अस्पतालमा उपचार गर्न बाध्य भएका छन् ।

मे १० मा अल–फाशरमा तीव्र लडाइँ सुरु भएपछि आरएसएफले घेराबन्दी गर्दा लाखौँ नागरिक फँसेका छन् । बिहीबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले घेराबन्दी अन्त्य गर्न माग गर्दै प्रस्ताव पारित गरेको छ ।

यसैबीच पश्चिमी डार्फरको राजधानी अल–जेनिनामा १० हजारदेखि १५ हजारको बीचमा ज्यान गएको राष्ट्रसङ्घीय अनुमान छ । राष्ट्रसङ्घका अनुसार सन् २०२३ अप्रिलमा सुडानका सेनाप्रमुख अब्देल फतह अल–बुरहान र डाग्लोको आरएसएफबीच सुरु भएको द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भएको छ र ९० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सुरक्षा परिषद्को पछिल्लो प्रस्तावमा सुडानमा तत्काल युद्धविराम, निर्बाध मानवीय पहुँच र हतियार प्रतिबन्धको पालना गर्न आह्वान गरिएको छ । यो रमजानसँगै मार्चमा यसअघिको असफल युद्धविरामको आह्वानपछि भएको हो ।

दीपक कालीराजलाई राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि

काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् । 


प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हासिल गर्न सफल भए । युवा तथा खेलकुद मन्त्रालय, परिषद्को आयोजना र मिसन सञ्चार मल्टिमिडिया प्रालिको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतियोगिताको विजेता कालीराजलाई विजेताको ट्रफी, प्रमाणपत्र हस्तान्तरण गरे । 


मिसन सञ्चार मल्टिमिडियाका अध्यक्ष पार्वती चापागाईंले विजेतालाई नयाँ गीत रेकर्डिङको लागि सम्झौतापत्र प्रदान गरिन् । 


विजेताको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी पाण्डे, सुमन बैरागी र गणेश सुवेदीलाई साथै सङ्गीत भर्नका लागि सङ्गीतकार बीपी वाग्लेलाई जिम्मेवारी दिइएको थियो ।


     गायन रियालिटी सोमा १६ देखि ४० वर्ष उमेरका देशभरबाट ६५ युवाले सहभागिता जनाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धी मध्येबाट २१ जना छनौट गरी फिजिकल अडिसन अर्थात फिजिकल प्रतिस्पर्धाका लागि राजधानी काठमाडौँ बोलाइएको थियो । 


सोही २१ जना प्रतिस्पर्धी मध्येबाट शीर्ष नौ, शीर्ष छ र शीर्ष तीन गरी विजेताको टुङ्गो लगाइएको थियो । प्रतियोगितामा सङ्गीतकार बीपी वाग्ले, लोक गायिका देवी घर्तीमगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

बारा । बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या गरिएको छ । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको शुक्रबार गोली हानी हत्या भएको हो ।

आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

आदर्शकोतवालबाट खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नम्बर ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

बक्र ईदका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

 उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू–भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ । 

महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताए ।

“कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो, तर भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो”, उनले भने ।

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानमा साधारणतया बदली, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा  छ । कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

‘ईश्वर’ को ट्रेलर सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा आफ्नो कुलभन्दा बाहिरको युवायुवती प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा अन्तरजातीय प्रेमकथालाई उठान गरेको देखिन्छ ।

ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकार फिचर्ड छन् । दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।

यही फिल्मबाट अभिनेत्री अनु शाहले पाँच वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् । फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मले गर्दैछ । फिल्म साउन ११ मा रिलिज हुँदैछ ।

गण्डकीका उर्जामन्त्री देवकोटाको सांसद पद गयो

गण्डकी । गण्डकी प्रदेशका उर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाको सांसद पद गएको छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा सांसदबाट पदमुक्त भएका छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयले देवकोटालाई प्रदेशसभा सदस्यबाट निस्कासन गरी दल त्याग गरेको सूचना शुक्रबार प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले वाचन गरी सुनाएका हुन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको जानकारी सहितको पत्र शुक्रबार नै संसद् सचिवालयमा बुझाएका थिए ।

शुक्रबार प्रदेशसभाको दोस्रो बैठकमा सभामुखले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना प्राप्त हुन आएको संसद्मा जानकारी गराएका थिए । माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको थियो ।

उनले ‘ह्वीप’ उल्लंघन गरेपछि माओवादी प्रमुख सचेतक सुशीला सिंखडाले कारबाहीको लागि सिफारिस गरेकी थिइन् । देवकोटाले आफू माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि नेपाल समाजवादी पार्टीको कार्यकर्ता रहेकोले ‘ह्वीप’ नलाग्ने र माओवादीले कारबाही गर्न नमिल्ने बताउँदै आएका थिए ।

भारतमा बाढीपहिरोबाट ६ जनाको मृत्यु

भारतको उत्तरपूर्वको दुर्गम क्षेत्रमा भारी वर्षा पछि आएको आकस्मिक बाढी र पहिरमा परि ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

भारतीय पर्यटकहरूमा लोकप्रिय चिनको सिमानामा रहेको राज्य सिक्किमको प्रभावित क्षेत्र वरपर पाँच जना बेपत्ता भएका छन् ।

राज्य सरकारका वरिष्ठ अधिकारी गोपीनाथ राहाले तिस्ता नदीको बाढीले सडक तथा पुलहरू बगाउनुका साथै एक हजार पाँच सय भन्दा बढी मानिसहरु बाढीमा फसेको बताए ।

बिहीबार बिहान तिस्ता नदीको जलस्तर खतराको निशान नाघेकोले सडकमा गम्भीर क्षति पुगी यातायात अवरुद्ध भएको उनले बताए ।

उनका अनुसार सिक्किमको उत्तरी भागका विभिन्न बिन्दुहरूमा एक सय भन्दा बढी सवारी साधनहरू प्रभावित भएका छन् ।

मङ्गन जिल्ला प्रहरी अधीक्षक सोनम डिचूले राज्यको उत्तरका केही भागहरू देशका बाँकी भागहरूबाट काटिएको उल्लेख गर्दै बाढीले उक्त क्षेत्रका धेरै घरहरू बगाएको बताए ।

सिक्किमको राज्य विपद् एजेन्सीले उद्धार कार्य जारी रहेको तर स्थानीय मोबाइल फोन नेटवर्कमा भएको क्षतिले राहत कार्यमा बाधा पुर्याएको बताएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सरकारले प्रभावित परिवारलाई सहयोग प्रदान गर्ने काम गरिरहेको बताए ।

अमेरिका–युक्रेन सुरक्षा सम्झौता केवल ‘कागजको टुक्रा’ रहेको रुसको दाबी

रुसी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जी–७ शिखर सम्मेलनमा घोषणा गरिएको अमेरिका–युक्रेन सुरक्षा सम्झौतालाई ‘केवल कागजको टुक्रा’ रहेको बताएका छन् । ‘यी सम्झौताहरूको कानुनी कार्यान्वयन छैन र यो केवल एक कागजको टुक्रा मात्र हो’, रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भने ।

युक्रेनले बिहीबार अमेरिका र जापानसँग सुरक्षा सम्झौताहरूमा हस्ताक्षर गरेको थियो जुन बेलायत र फ्रान्सलगायत यसका पश्चिमी सहयोगीहरूसँग गरिएको सम्झौताको पछिल्लो श्रृङ्खला हो ।

सम्झौतामा रुसी सैन्य आक्रमण विरुद्ध युक्रेनलाई लामो समयसम्म सैन्य र आर्थिक सहयोग जारी राख्ने प्रतिवद्धता समावेश रहेको छ ।

जाखारोभाका अनुसार सम्झौताको मुख्य उद्देश्य ‘युक्रेनमा रहेका नागरिकहरूलाई विश्व समुदाय अझै पनि उनीहरूको साथमा छ भन्ने देखाउनु मात्र हो। वास्तवमा, यी सबै देश युक्रेनको भविष्यका लागि कानुनी जिम्मेवारीबाट टाढा रहन्छन्’, उनले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनसँग हस्ताक्षर गरिएको १० वर्षे सम्झौता आफ्नो देशका लागि नेटो सदस्यता प्राप्त गर्ने पुल भएको बताए ।

नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुवातः उर्जामन्त्री बस्नेत

बागमती । उर्जा, सिँचाई तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताएका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा शुक्रबार आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उनले राजनीतिक परिवतनपछि उर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताए । 

मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताए । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उनको भनाइ थियो ।

तीनवटै तहका सरकार, नीजि क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिए ।

समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत हेटौँडाको रातमाटेदेखि राप्ती नदीसम्म ‘बाइपास सडक’ निर्माण गरिने बताए ।

राजनीतिक परिवर्तन भइसकेको सन्दर्भमा अब सबैको ध्यान मुलुकको विकास र समृद्धितर्फ जानुपर्नेमा जोड दिँदै उनले यसका लागि दलीय आस्थाभन्दा माथि उठ्न सबैसँग अनुरोध गरे । 

समारोहमा मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसदद्वय दीपकबहादुर सिंह र महेश बर्ताैलाले हेटौंँडा बजारको विस्तार र मध्यवर्ती क्षेत्रको समस्यालाई गम्भीररुपमा लिन सरकारसँग आग्रह गरे । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा ४०० केभी क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएसँगै नीजि क्षेत्रसमेतको सहयोगमा जलविद्युत उत्पादनतर्फ उल्लेखनीय प्रगति भइरहेको बताए ।

यसबाट स्वदेशमा विद्युत प्रशारण सुनिश्चित गर्न र विद्युत् विदेशमा निर्यात गर्न बाटो खुलेको उनको भनाइ थियो ।  

समारोहमा उक्त सवस्टेसन निर्माणमा योगदान पुर्याउने निर्माण कम्पनी र प्राविधिकहरुलाई सम्मान गरिएको थियो । मुलुकको तेस्रो ठूलो सबस्टेसनको शुक्रबार एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।

नेसपाका सांसद देवकोटाले ‘फ्लोर क्रस’ गरेको भन्दै माओवादीद्वारा कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएको भन्दै माओवादीले सांसद देवकोटामाथि शुक्रबार कारबाही गरेको हो । देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको पत्र सभामुखलाई पठाइसकेको जनकारी दिए ।

नेपाल समाजवादी पार्टीका नेता देवकोटाले २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचन जितेका थिए ।

उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको बताउँदै आएका छन् ।

माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटा माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ । अहिले जारी संसद बैठकको अन्तिममा सभामुख कृष्णप्रसाद धितालले माओवादी केन्द्रले गरेको कारबाहीको पत्र पढ्ने र पद रिक्त भएको घोषणा गर्ने तयारी छ ।

नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकासले फड्को मारेको छ : अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन् । गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपश्चात् अध्यक्ष डा. राउतले गणतन्त्रपछिको उपलब्धिलाई राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गरे ।

“गणतन्त्रप्राप्तिपछिको उपलब्धिलाई समेटेर राससले गरेको तस्बिर प्रदर्शनी आफैमा महत्वपूर्ण छ । यसले गणतन्त्रपछि विकास र आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढेको छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष डा. राउतले भने, “गणतन्त्र आइसकेपछि यसका बारेमा नयाँ पुस्तामा गणतन्त्रको विरुद्धमा भास्यहरु सिर्जना गर्ने काम भइरहेका छन् । अनेक भ्रम फैलाएर निराशाको वातावरण सिर्जना गर्ने काम भएको छ । त्यस्तो पृष्ठभूमिमा राससको तस्बिर प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने मैले अपेक्षा गरेको छु ।”

विगत एक दशकको तुलना गर्दा नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको र एक किसिमले देशको विकासले फड्को मारेको अध्यक्ष डा. राउतको भनाइ थियो । उनले गणतन्त्र प्राप्ति पछिको समयमा विकास र पूर्वाधारको क्षेत्रमा कति प्रगति भएको छ, भन्ने विषयलाई पनि राससको तस्बिर प्रदर्शनीले उजागर गरेको उल्लेख गरे ।

“विगतमा दुर्गम क्षेत्रसम्म सडक सञ्जाल पुगेको थिएन । नागरिकहरु कुनाकाप्चामा छरपष्ट रुपमा बसेका थिए । सडकले नागरिकको सम्बन्धलाई जोडेको छ”, अध्यक्ष डा. राउतले भने,“भौतिक पूर्वाधारहरु थपिँदै गएका छन् । प्रादेशिक गौरवका योजना पनि बने । यि सबै यस अगाडिको शासनकालमा बन्न सकेका थिएनन । यसलाई राससद्वारा प्रदर्शित तस्बिरहरुले प्रष्ट पार्ने काम गरेको छ ।”

विगत दुई सय वर्षमा जति सडक सञ्जाल निर्माण गरिएको थियो त्योभन्दा कयौँ गुणा यो पछिल्लो ६, ७ वर्षमा तीन तहका सरकार आइसकेपछि बनेका उनले बताए । गाउँघरमा सडक, शिक्षा, स्वास्थ्यलगायत नागरिकका आधारभूत सेवा सुनिश्चित भएको सन्दर्भमा गणतन्त्रको सकारात्मक उपलब्धिप्रति खासगरी नयाँ पुस्ताले चासो राख्नुपर्ने अध्यक्ष डा. राउतको भनाइ थियो ।

रासस केन्द्रीय कार्यालय भद्रकाली आउनुहुँदा अध्यक्ष डा राउतलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता एकराज पाठक, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएको थियो ।

यही जेठ १० गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका ९५ तस्बिर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

बजेटप्रति जनार्दन शर्मा असन्तुष्ट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारमाथि वितरणमुखी बजेट बनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपमहासचिव शर्माले बजेटले संघीयताको उपहास गरेको बताएका हुन् । उनले संघीयताको उपहास हुनेगरी २५ देखि १ लाख रुपैयाँका योजना संसदमा प्रस्तुत हुनु दुःखको विषय भएको बताए ।

उनले बजेट प्रस्तुतीपछि संसदमा बजेटका विषयमा भएका छलफलको औचित्य र आवश्यकता नभएको बताए। उनले यस्तो छलफलले कुनै परिणाम नदिने दावी गरे ।

उनले भने, ‘बजेट प्रधानमन्त्रीको घोषणाअनुसार अघि बढ्न सकेन। त्यसको समीक्षा गर्न जरुरी छ। बजेट निर्माण गर्दा परम्परालाई मात्रै निरन्तरता दिने हो भने प्रगति गर्न सक्दैनौं । बदल्नुपर्छ भनेर अघि बढेपछि बदल्नु पर्ने हो तर बदलिएन । आज छलफलमा समय खर्च गरिरहेका छौँ‚ यसको औचित्य र आवश्यकता छैन। वर्तमान सरकारले ल्याएको बजेटले परिणाम दिँदैन। सरकारले बजेट छरिरहेको छ।’

शर्माले बजेट विनियोजन गर्दा सरकारका मन्त्रीहरुलाई प्रदेश र स्थानीय सरकार पनि छ भन्ने कुरा नबिर्सन आग्रह गरे। उनले केन्द्रीय सरकारको मन्त्री भएपछि केन्द्रीकृत मनोभावनाले ग्रसित हुन नहुने बताए ।

उनले भने, ‘मन्त्रीहरुले प्रदेश र स्थानीय पनि सरकार छ भनेर नर्बिसिऔँ। मन्त्री भएपछि केन्द्रिकृत मनोभावनाले ग्रसित नहोऔं । २५ हजार देखि १ लाखका योजनाहरु संसदमा प्रस्तुत गरेर संघीयताको उपहास नगरौँ। यी सबै कुराहरु प्रदेश र स्थानीय तहलाई दिऔँ।’

गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ : पूर्वसभामुख सापकोटा

काठमाडौँ / पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने बताएका छन्।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिँदै उनले प्रचारप्रसारका विभिन्न तौरतरिकामध्ये तस्वीर प्रदर्शनी पनि एक माध्यम भएको उल्लेख गरे ।

उनले जनताको बलिदानीपूर्ण सङ्घर्ष र आफूहरु समेतको सहभागितामा गणतन्त्रको स्थापना भएकामा गौरवबोध गर्दै यस व्यवस्थालाई बलियो गरी संरक्षण गर्न आवश्यक भएको बताए । पूर्वसभामुख सापकोटालाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहितले स्वागत गर्दै तस्बिर प्रदर्शनी र राससका गतिविधिबारे अवगत गराएका थिए । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।