रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुनः निर्वाचित

विश्व

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा पुनः निर्वाचित भएका छन् । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो ।
दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर–राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन् । विजयपछिको भाषणमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरेका थिए ।
चर्को राजनीतिक नाटकका बीचमा यो सहमति भएको हो । रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट