`

सिंहदरबारमा बज्यो घण्टी

Nepal One HD २ साउन २०८३ १५:४०
समाचार

काठमाडौं। गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबार पुगेका दुई महिलालाई प्रहरीले शनिबार सिंहदरबारको दक्षिण गेटबाट हटाएको छ।

हिंसापीडित रहेको भन्दै लामो समयदेखि न्यायको माग गर्दै आएकी ‘कुमारी आमा’का नामबाट परिचित निहारिका राजपुत र बिनु यादव गृहमन्त्री सुधन गुरुङसँग प्रत्यक्ष भेटेर आफ्ना गुनासा राख्न माग गर्दै धर्नामा बसेका थिए। उनीहरूलाई प्रहरीले बल प्रयोग गर्दै गेट क्षेत्रबाट हटाएको हो।

राजपुत र यादव विगत पाँच दिनदेखि लगातार सिंहदरबार पुगेर गृहमन्त्रीसँग भेटको माग गर्दै धर्ना दिँदै आएका छन्। उनीहरूको भनाइअनुसार आफ्ना समस्या सम्बन्धित निकायसमक्ष प्रत्यक्ष रूपमा राख्ने प्रयास गरे पनि सुनुवाइ नभएपछि सिंहदरबारको गेटमै धर्ना दिन थालेका हुन्।

प्रहरीले भने सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै उनीहरूलाई सिंहदरबार प्रवेशद्वारबाट हटाएको जनाएको छ। पछिल्ला केही दिनदेखि उनीहरू धर्नामा बस्न पुगेपछि प्रहरीले हरेक दिनजसो हस्तक्षेप गर्दै गेट क्षेत्र खाली गराउँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *