सप्तरीमा सामुहिक आत्मदाहको प्रयास
समाचार
राजविराज। सप्तरीको राजविराज कारागारमा शनिबार बिहान पाँच कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
कारागार प्रशासनका अनुसार कैदीबन्दीबीच केही दिनयता चल्दै आएको आन्तरिक विवाद चर्किएपछि उनीहरूले आत्मदाहको प्रयास गरेका हुन्।
घटनालगत्तै सुरक्षाकर्मी र चिकित्सक टोली सक्रिय भएर उद्धारमा खटिएकाले कुनै मानवीय क्षति हुन पाएन। आत्मदाहको प्रयास गर्ने सबै कैदीबन्दीको अवस्था सामान्य रहेको जनाइएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारसँग भएको सामान्य विवादपछि कारागारभित्र तनावको अवस्था सिर्जना भएको जानकारी दिए।
घटनापछि कारागार प्रशासनले छलफलमार्फत स्थिति नियन्त्रणमा ल्याएको जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
