`

प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई सपथ गराएका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो ।

सपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने भन्दै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए । उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मङ्सिर २३ गतेदेखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।

त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध

त्रिशूली (नुवाकोट) । त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नि:शुल्क गरिएको छ ।

एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रूपमा सञ्चालन हुने गरी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो ।

“नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेशिक सरकारी अस्पतालमा नाक, कान र घाटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरिएको छ”, उनले भने “बहिरंग सेवा (ओपिडी)नि:शुल्क गरिएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमा सेवा दिने योजना छ ।”

अहिले पाक्षिक रूपमा ओपिडी सेवा निःशुल्क सञ्चालनमा ल्याइएको हुँदा जाँचको क्रममा पहिचान भएका रोगका समस्याको शल्यक्रिया समेत समेत उपलब्ध गराउन लागिएको छ । नि:शुल्क विशेषज्ञ सेवा अस्पतालको आन्तरिक स्रोत र माथिल्लो निकायको सहयोगमा सञ्चालनमा ल्याइएको हुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई न्यूनतम एवम् सहुलियत शुल्कमा सेवा दिन विशेषज्ञ चिकित्सकसँग सहमतिमा आवश्यक तयारी अघि बढाइएको छ ।

ओपिडी चाँजबाट पहिचान भएकामध्ये कानको जाली, टन्सिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको र नाकमा मासु पलाएकालगायतका नाक, कान र घाटीको रोगसँग सम्बन्धित शल्यक्रिया सेवा समेत उपलब्ध गराउन लागिएको हुँदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य र आर्थिक रूपमा समेत सहुलियत हुने अस्पतालका निर्देशक डा।लामाको भनाइ छ ।

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दीर्घकालीन विकासका लागि बीआरआई सम्झौता निकै महत्त्वपूर्ण भएको बताए । त्यस्तै बैठकले कीर्तिपुर नगरपालिका र काठमाडौं–१६ को उपनिर्वाचनको नतिजा अनपेक्षित आएको निष्कर्ष निकालेको छ ।

नतिजालाई एमालेले गम्भीरतापूर्वक लिएको उपमहासचिव ज्ञवालीले बताए। यसअघि एमालेले जितेका ७ वटा वडामा पद रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोले उपनिर्वाचन उपलब्धीपूर्ण भएको उनले बताए ।

दुई वर्षको बीचमा राजनीतिक दलप्रतिको जनमत फरक देखिएको र सहरी क्षेत्रमा सोचेको जस्तो परिणाम नआएको बैठकले निष्कर्ष उनले बताए ।

सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढीको मृत्यु

सुडान   । उत्तरी डार्फरको बजारमा सोमबार सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक प्रजातन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ ।

सोमबारको हवाई आक्रमणले राज्यको राजधानी अल–फसारबाट करिब १८० किलोमिटर पश्चिममा रहेको कबाबिया सहरमा सयौँ मानिस घाइते भएका छन् ।

द्रुत सहायता बल (आरएसएफ) र सुडानको सेना बीचको २० महिनाको युद्धले हजारौँको मृत्यु र लाखौँ विस्थापित भएको छ ।

‘हवाई आक्रमण सहरको साप्ताहिक बजारको दिन भएको थियो । यहाँ नजिकैका विभिन्न गाउँहरूका बासिन्दाहरू किनमेल गर्न भेला भएका थिए, जसको परिणामस्वरूप १०० भन्दा बढी व्यक्तिको मृत्यु भयो र महिला तथा बालबालिका सहित सयौँ घाइते भए,’ वकिलहरूको समूहले भनेको छ ।

सोमबारको हडतालपछिको अवस्था देखाउनका लागि एएफपीलाई पठाइएको फुटेजमा मानिसहरूले भग्नावशेषबाट वस्तुहरू बाहिर निकाल्दै गरेको देखाइएको छ । बालबालिकाको जलेको अवशेषहरू जमिनमा राखिएको छ ।

वकिल समूहले सोमबार साँझ एउटा छुट्टै घटनामा दक्षिण डार्फरको राजधानी न्यालामा तीन वटा छिमेकीहरूलाई बमले प्रहार गरेको बताएको छ ।

निजामती विधेयकमा योगेश भट्टराईको प्रस्तावः कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौँ

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको अवकाश उमेर बढाउन प्रस्ताव गरेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा ‘सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले उपसचिवभन्दा माथिका कर्मचारीको अवकाश उमेर ६५ र उपसचिवभन्दा तलका कर्मचारीको अवकाश उमेर ६२ वर्ष कायम गर्न प्रस्ताव गरे ।

भट्टराईले निजामती सेवाबाट अवकाशलगत्तै अन्य नियुक्तिका लागि न्यूनतम् दुई वर्ष ‘कुलिङ पिरियड’ को व्यवस्था राख्नुपर्नेमा जोड दिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि संसद्मा प्रस्तुत  विधेयक सङ्घीय निजामती प्रशासनको प्रस्थान बिन्दु भएको उल्लेख गर्दै उनले सङ्घीय प्रणालीअनुसार निजामती सेवामा पनि बदलाव आउनुपर्ने बताए ।

“अब परम्परागत मान्यता बदल्नुपर्छ, ‘राज्यको काम, कहिले जाला घाम’ हुनुहुँदैन”, उनले भने, “राज्य व्यवस्था जनताप्रति जवाफदेही र उत्तरदायी हुने संवैधानिक व्यवस्था छ, अब कर्मचारी प्रशासन पनि जनता र सम्बन्धित निकायप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ ।”

सांसद दामोदर बैरागीले कर्मचारी ट्रेड युनियनलाई राजनीतिक दलसँग आबद्ध गर्न नहुनेमा जोड दिए । सांसद अम्बरबहादुर रायमाझीले ट्रेड युनियनको भूमिका बदल्नुपर्छ भन्दै निजामती सेवालाई पारदर्शी र जवाफदेही बनाउन विधेयकमा सोसम्बन्धी व्यवस्था स्पष्टसँग राखिनुपर्ने बताए ।

सर्वोच्चद्वारा अदालतको अवहेलना मुद्दामा रास्वपाका नेताहरुसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले अदालतको अवहेलना गरेको रिटमा लिखित जवाफ माग गरेको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

यसअघि मंसिर ११ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले थप विवरण माग गर्ने आदेश दिएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले अदालतको अवहेलना हुने गरी प्रदर्शन गरेको भन्दै कात्तिक कात्तिक २९ गते रिट दायर गरेका थिए ।

रिटमा सार्वभौम संसदको सांसद पद धारण गरेको विपक्षीहरूले अदालत प्रतिको जनआस्थालाई भत्काउने गरी सञ्चालन गर्दै आएको कार्यले विपक्षीहरूलाई थप सजाय हुनुपर्ने माग गरिएको छ । उनले सांसदहरू डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठलगायत २० जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका थिए। त्यसबेलादेखि नै रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै सडक प्रदर्शन गर्दै आएको छ ।

अब विपक्षी बनाइएका रास्वपाका केन्द्रीय पदाधिकारी एवं सांसदहरूले सर्वोच्च अदालतमा लिखित जवाफ दिनुपर्नेछ । त्यसपछि अवहेलनाको निवेदनमाथि सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।

सम्पत्ति शुद्धीकरण निवारणको काम प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन

काठमाडौँ । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् ।

सदस्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक र वित्तीय जानकारी एकाइका प्रमुख रहने छन् ।

नेपाल राष्ट्र बैंकका निर्देशक कार्यदलको सदस्य सचिव रहने छन् ।

कार्यदलले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी संलग्न निकायबीच आवश्यक समन्वय पनि गर्ने जनाइएको छ ।

प्रधानसेनापति सिग्देल भारत प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा गएका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरुप सिग्देल भारत गएका हुन् ।

यसअघि भारतीय सेनाध्यक्ष द्विवेदीले नेपालमा आएर राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ जनरलको सम्मान लिइसकेका छन् ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा समेत सहभागिता जनाउनेछन् ।

‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौताको पूर्णपाठ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।

मंगलबार परराष्ट्र मन्त्रालयले सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको हो । फ्रेमवर्कमा बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदा समेटिएको छ ।

सम्झौतामा साझा विकासका लागि संयुक्त परामर्श, दोस्रोमा सार्थक प्रभावका लागि व्यावहारिक सहकार्य र तेस्रोमा लगानी वृद्धिका लागि नीतिगत वातावरण तयार पार्ने विषय उल्लेख छन्। त्यस्तै हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्ने विषय पनि सम्झौतामा समेटिएका छन् ।

यस्तो छ पूर्णपाठ

FRAMEWORK FOR BELT AND ROAD COOPERATION between the Government of Nepal and the Government of the People’s Republic of China

FRAMEWORK FOR BELT AND ROAD COOPERATION
between
the Government of Nepal
and
the Government of the People’s Republic of China

Government of Nepal and the Government of the People’s Republic of China (hereinafter collectively referred to as the “two sides”, and individually as the “Nepali side” or the “Chinese side”) have reached the following understandings:

  1. COOPERATION BACKGROUND
  1. The People’s Republic of China and Nepal enjoy time-honored traditional friendship, since the establishment of diplomatic relations in 1955. The two countries have witnessed steady progress in bilateral diplomatic ties, mutually beneficial economic cooperation and increasingly close people-to-people exchanges. On 12 May 2017, the Government of the People’s Republic of China and the Government of Nepal signed the Memorandum of Understanding between the Government of the People’s Republic of China and the Government of Nepal on Cooperation under the Belt and Road initiative (hereinafter referred to as ‘the MoU’).
  1. In 2019, the two Heads of State exchanged State Visits to each other’s countries. At the invitation of His Excellency Mr. Xi Jinping, the former President of Nepal Rt. Hon. Mrs. Bidya Devi Bhandari, paid a State Visit to China from 24 April-2 May 2019 and similarly at the invitation of the former President of Nepal Rt. Hon. Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping, paid a State Visit to Nepal from 12-13 October 2019, the result of which is the elevation of bilateral relations to Strategic Partnership of Cooperation Featuring Ever-lasting Friendship for Development and Prosperity, to strengthen all-round cooperation and promote the overall development of bilateral relations.
  1. Article III (II) of the MoU states that “for cooperation in any specific field, the two sides shall sign agreements or other cooperation documents.” Accordingly, the two sides are entering into this understanding in the field of

economic cooperation. The two sides may enter into additional cooperation documents for other areas of cooperation included in the MoU.

  1. Based on the consensus reached at the highest leadership level and the MoU, the Framework for Belt and Road Cooperation between the Government of the People’s Republic of China and the Government of Nepal for economic and project development partnership (hereinafter referred to as the ‘Cooperation Framework’) is thus formulated to establish a structured basis to undertake further negotiations in accordance with following Cooperation Principles, Objectives, Priorities, Projects and Mechanisms to give further effect to the MoU.
  1. COOPERATION PRINCIPLES
  1. The following principles will be followed in conducting the cooperation and negotiations between the two sides:

(1) Joint consultation for common development

The two sides will, by upholding the principles featuring peace and cooperation, openness and inclusiveness, mutual learning, and mutual benefits, conduct consultation and joint contribution for shared benefits. The concepts of openness, green, clean and environmentally friendly development shall be followed, and the goals of people’s welfare and sustainability shall be realized with utmost efforts. The two sides shall respect each other’s sovereignty and common interests and work together to improve people’s livelihoods through mutually beneficial and win-win cooperation.

This Cooperation Framework will accord due consideration to the developmental stages of China and Nepal, with particular emphasis to Nepal’s specific development requirements and priorities.

(2) Pragmatic cooperation for meaningful effects

The two sides will rely on their respective strengths and take into account the development needs of each other. The long-term vision should be adopted with, but equal attention will also be given to immediate needs. The two sides will tap cooperation potential, work seriously to encourage innovation, and based on full discussion of needs and objective analysis of

technical, financial, commercial and economic feasibility, promote with utmost efforts the cooperation in major economic areas and key projects that are in the long-term interest of the two countries, and ensure value for money so that more tangible benefits of high standard Belt and Road Initiative (hereinafter “the BRI”) cooperation can be achieved.

(3) Improving policy environment for increased investment

The two sides will encourage each other’s enterprises to act in conformity to market related rules and regulations, and applicable international standards and regulations, and respect the national laws and regulations of their respective countries. The enterprises of the two countries shall be independent to make their own decisions for investment cooperation, and assume sole responsibility for their own profits, losses and risks. The intergovernmental cooperation mechanisms shall be established and continuously improved to strengthen coordination and policy dialogue. The cooperation to improve the legal and regulatory environment shall be promoted and strengthened so as to create a more enabling business environment for high quality foreign investment and technology transfer.

  1. The above principles are elaborations of those already outlined in Article I(II) of the MoU. Both sides will continue to attach importance to the MoU principles.
  1. COOPERATION OBJECTIVES
  1. The two sides conclude this Cooperation Framework, among others to:

(1) establish and deepen economic partnership to promote the common development of China and Nepal by injecting new momentum to trade, infrastructure and connectivity cooperation by accelerating the development of priority projects;

(2) realize the mutual interests shared by the two sides to give effect to the MoU by providing a structured guidance to undertake negotiations for the implementation of the prospective projects;

(3) identify and develop projects that fall within the scope of the Area of Cooperation delineated in Article II of the MOU;

(4) facilitate and expedite the development of projects through subsequent negotiations on areas such as the allocation of financial and technical resources, the arrangement of financing, procurement methodologies, and the designation of entities responsible for implementation and execution.

  1. The above objectives are in addition to the objectives stipulated in Article I of the MoU.
  1. COOPERATION PRIORITIES
  1. Building on the current cooperation, the two sides encourage to deepen cooperation in the following areas:

(1) Economic cooperation

The Chinese side will support Nepal’s development efforts under the framework of jointly building the Belt and Road, by providing technical and financial assistance. The two sides will work to ensure technical support,and aid financing modalities that suit the need of the two sides and of the requirements for sovereign initiated projects.

The two sides will conduct objective analysis of technical, financial, commercial and economic feasibility and ensure value for money for the prioritized projects.

The two sides will continue to call upon international multilateral financial development institutions or mechanisms to provide more financial support for promoting connectivity and development.

(2) Financial Sector cooperation

The two sides will support the cooperation between commercial banks. The Nepali side will welcome and facilitate in the establishment of branches of Chinese banks and financial institutions in Nepal. The two sides will endeavor to expand the use of national currencies in bilateral trade transactions and investment according to practical situation. The Chinese side welcomes Nepali institutional, investors, approved by Government of Nepal, to invest in Chinese financial market and will provide facilitation for enabling a business environment for them.

The two sides will enhance bilateral communication and cooperation, financial institutions and financial regulation between bilateral authorities, promote domestic financial institutions to invest and conduct business in the other side’s market in compliance with, respective laws, and regulations, and provide high quality financial service for the Belt and Road Initiative.

The two sides will strengthen bilateral financing information exchanges and explore regulation cooperation on anti-money laundering based on Memorandum of Understanding on Anti-money Laundering and Anti-terrorism Financial Information Exchanges and Cooperation.

The two sides will deepen cooperation on information exchange and cross-border regulation between bank regulatory authorities under the framework of Memorandum of Understanding, between Nepal Rastra Bank and China Banking Regulatory Commission on Strengthening Bilateral Banking Regulation Cooperation, 20l6.

(3) Transport, connectivity and logistics cooperation

The two sides will jointly build the Trans-Himalayan Multidimensional Connectivity Network through the construction of ports, roads including bridges and tunnels, railways, aviation infrastructure, telecommunication projects, electricity transmission lines to upgrade the level of connectivity.

The two sides will utilize existing China-Nepal intergovernmental consultation and cooperation mechanisms for advancing cooperation for jointly building the Belt and Road, and promote the China-Nepal Cross-border Railway Project, after the accomplishment of feasibility studies.

The two sides will cooperate for the construction of cross border road and tunnel projects, dry ports, Integrated Check Posts (ICPs).

The two sides will maintain close communication to open or increase air routes or flights, according to the air transport agreement and traffic rights arrangements between the two countries.

The two sides will work, with concerted efforts to improve bilateral cooperation mechanisms between postal and express service authorities. The

two sides will also promote sustainable and stable development of cross border electronic commerce.

The two sides will expedite their efforts to materialize the understanding of relevant transit transport agreement by improving the infrastructures, procedures and coordination. In line with Trade and Transit Agreement and related Protocols signed by Nepal and China, the two sides agreed to take the necessary steps to materialize the transit transport, traffic-in-transit access to sea/dry ports in China with dedicated facility for import and export.

(4) Trade, industrial capacity and investment cooperation

The two sides will enhance cooperation in expanding bilateral trade and building trade infrastructures. The two sides will adopt trade and investment liberalization and facilitation measures and improve trade environment.

The two sides will encourage enterprises of two countries to carry out cooperation in line with market orientation, and business rules and international norms, leverage their comparative advantages, increase industrial capabilities, promote economic and social development of the two countries and expand bilateral economic relations.

The two sides will improve border cargo clearance efficiency and promote economic and trade cooperation for the prosperity of the border regions of the two countries.

As reflected in the MOU on Energy Cooperation, the two sides will study the feasibility of cross-border transmission projects, encourage enterprises to explore green and sustainable opportunities of cooperation in energy and resources, and promote cooperation in clean energy projects based on market principles.

The two sides will encourage domestic enterprises and industry associations to participate in commercial exhibitions and expos hosted by the other side, to strengthen exchanges and cooperation between exhibition industries of two countries. The Chinese side will provide facilitation for the Nepali side to participate in the China International Import Expo and other similar Expos.

The two sides will build more platforms to promote communication and information sharing between trade and investment facilitation institutions and trade associations.

(5) Customs cooperation

The two sides will strengthen cooperation on border ports, promote the construction of relevant infrastructure including dry ports, enhance the traffic capacity of the opened border ports, and open more border ports according to the need and operation conditions of the opened border ports as appropriate.

The two sides will strengthen cooperation in international trade.

Two sides will promote cooperation on custom matters with the view to facilitating custom clearances of fruits, haylage and other agricultural products, among others. Both sides will strengthen cooperation on border health quarantine, animal and plant quarantine, food safety, commodity inspection, e-commerce, controlling illicit trade, and enhance the level of trade security and facilitation between the two countries through, inter alia, technical exchanges and capacity building.

China will allow designated space to warehousing, transit, and clearing and forwarding services in dry ports and seaports mentioned in the Transit Transport Protocol between China and Nepal.

The Chinese side will provide duty-free treatment to Nepali goods as agreed upon by the two sides.

  1. The two sides may agree on cooperation in education, health and medical sectors by detailing them out in a separate framework for cooperation
  1. IDENTIFIED PROJECTS FOR NEGOTIATIONS
  1. The following projects, as set out in the attached Schedule of this Cooperation Framework, have been preliminarily identified as potential projects for joint implementation between the two sides.
  1. The two sides will, through friendly consultations, prioritize the projects from the Schedule, change or identify new projects for joint implementation, based on infrastructure, development, and connectivity requirements.
  1. The two sides will conclude cooperation documents or agreements for the prioritized projects through negotiations and will prepare a step-by-step implementation plan for the development and execution of the prioritized projects.

4.Subject to Paragraph 4 (1)(1) of this Cooperation Framework, the financial arrangement and development modalities for any specifically prioritized project (including projects mentioned in this Cooperation Framework) will be separately negotiated and agreed on a project-to-project basis under a separate agreement or arrangement.

6.COOPERATION MECHANISMS

  1. The Chinese side will designate the National Development and Reform Commission together with the Ministry of Foreign Affairs and the Ministry of Commerce to take the lead, while the Nepali side will designate the Ministry of Foreign Affairs together with the Ministry of Finance to take the lead.
  1. The designated ministries and agencies will coordinate bilateral cooperation under this Cooperation Framework.
  1. The two sides decide to regularly review and evaluate the progress of activities under this Cooperation Framework and further identify priority projects for joint implementation. The concerned Ministries and Governmental Agencies of the Government of Nepal will take the responsibility for implementing projects under this Cooperation Framework from the Nepali side.
  1. The Cooperation Framework does not constitute an international treaty hence does not create any rights or obligations under international law.
  1. Any specific project implemented under this Cooperation Framework are subject to each side’s respective national laws, regulations and policies

governing the specific project and does not constitute a breach of the obligations of each side under the international laws.

  1. Project cooperation implemented under this Cooperation Framework does not preclude cooperation for the projects with any other country and each side may enter into any mechanism, or agreements on any principles or modality of co-operation with other countries freely as desired.
  1. Any difference or dispute, if any, arising out of this Cooperation Framework shall be resolved through consultations and negotiations between the two sides.

8.This Cooperation Framework will be effective from the date of its signature and shall remain in force for a period of three (3) years, and shall be automatically extended for subsequent (3) years period and so forth, unless either side gives the other side a written notice of three (3) months in advance of its intention to terminate this Cooperation Framework.

9.The termination of the Cooperation Framework will not affect any ongoing cooperation projects.

10.Amendment to this Cooperation Framework can be made anytime by mutual consent of the two sides.

Signed in duplicate on 4 December 2024 in Beijing, in Chinese, English and Nepali languages, the three texts being equally authentic. In case of any divergence of interpretation, the English text shall prevail.

SCHEDULE: LIST OF PROJECTS

  1. INFRASTRUCTURE, URBAN DEVELOPMENT PROJECTS
  1. Tokha-Chhahare Tunnel

Tokha Chahare Bidur Highway is of strategic importance for Nepal-China international trade. The Tokha Chhahare Tunnel is part of the road alignment connecting Samakhushi and Chhahare and further to Bidur in Bagmati Province of Nepal. This route provides a vital link between Kathmandu, Nuwakot and Rasuwagadhi, facilitating international trade with China. The proposed tunnel aims to reduce travel time, improve road safety, and support economic growth. The Letters of Exchange for project feasibility studies have been agreed between the two sides.

  1. Hilsa-Simikot Road Project

The Hilsa-Simikot Road Project is crucial link to the Karnali Economic Corridor connecting Hilsa (northern border) to Jamuniya (southern border) with about 536 kilometers in length. The corridor is one of the eight North-South Corridors enhancing connectivity between Nepal and China. The proposed road of length 95 kilometers falls in the NH58 highway through which it is expected to enhance the connectivity in rural districts of Nepal through upgradation of roads, widening of the existing bridges and construction of new bridges, as required. The Letters of Exchange for feasibility study of upgrading of Hilsa-Simikot Section of NH58 to two lane standard have already been signed between the two sides.

  1. Kimathanka-Khandbari Road and Kimathanka Bridge and Integrated Check Post Project

The Kimathanka-Khandbari Road and Kimathanka Bridge are integral parts of the Koshi Corridor, one of the eight key corridors linking Nepal to its border with India and China. This corridor stretches from Rani (southern border) in Morang to Kimathanka (northern border) in Sankhuwasabha District, covering approximately 345 kilometres, The corridor aims to connect Nepal to Sigatse, China, enabling a shorter trade route to Lhasa. The project is vital for boosting bilateral trade connectivity, and economic integration between Nepal and China.

  1. Nepali section of the China-Nepal Cross-Border Railway Project

The Nepali section of the China-Nepal Cross-Border Railway Project is a proposed railway line connecting Jilong in southern Tibet, China, with Kathmandu, Nepal. The railway line is expected to traverse Nepal’s Rasuwa district, offering a direct link between China and Nepal and aims to enhance connectivity between the two countries.

  1. Amargadhi City Hall Project

The Amargadhi City Hall Project is an infrastructure development initiative undertaken by the Amargadhi Municipality in the Dadeldhura district of Nepal. The project aims to construct a modern and functional auditorium building and serve as the administrative space for the municipality.

  1. ENERGY PROJECTS
  1. Jilong-Rasuwagadhi-Chilime 220 KV Cross Border Power Transmission Line

The project teams have reached an agreement on the technical solutions for the Jilong-Rasuwagadhi-Chilime 220 KV Cross-Border Power Transmission Line, and are willing to discuss further cooperation on that basis.

  1. EDUCATION AND HEALTH
  1. Madan Bhandari University of Science and Technology

The Madan Bhandari University of Science and Technology is a relatively new university in Nepal, established with the aim of providing quality education in science and technology and develop highly skilled and proficient technical professionals of international calibre.

  1. Kathmandu Scientific Center and Science Museum

Kathmandu Scientific Center and Science Museum is a game-changing project envisioned to attain a higher level of development in scientific and technological sphere. The center aims to establish itself as a hub to promote innovation, scientific research and development along with the capacity enhancement of personnel of national as well as international scientific community. The museum is expected to have demonstration of the advanced technologies developed as well as the innovations of the scientific center.

The center, along with the museum, acts as the learning center of excellence for young scientists and professionals in the respective fields, among others.

  1. INDUSTRIAL AND TRADE INFRASTRUCTURE
  2. China-Nepal Friendship Industrial Park

China-Nepal Friendship Industrial Park is a mega industrial park to be constructed in Damak, Jhapa as a gesture of true friendship between Nepal and China. The park is expected to promote the growth of industries in eastern Nepal and qualitatively enhance the economy and livelihood of the local people. The two sides have agreed on the Project Development Agreement of the Park Project.

  1. SPORTS INFRASTRUCTURE
  2. Jhapa Sports and Athletics Complex

Jhapa Sports and Athletics Complex is a multi-purpose complex with a modern state-of-the-art stadium and infrastructures for training of professional sportsperson and athletes. The complex aims to cater the diverse needs of sportsperson by providing sustainable and international-standard facilities for various sports in Nepal such as football, cricket and athletics, etc. The complex is expected to contribute to promoting youth engagements through organization of regional, national as well as international sports events, among others.

आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरे ।

नेपालमा लगानीकर्ताहरुलाई पूँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवद्र्धन गर्न देश केन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकिुनपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको सन्दर्भमा लगानी भित्र्याउन त्यो सहयोगी बन्ने विश्वास व्यक्त गर्दै उहाँले सन् २०२६ मा मुलुक मध्यमआययुक्त विकासशील देशमा स्तरोन्नति हुने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रबाट देशले पाउँदै आएको सुविधा नघट्ने वातावरण बनाउन उनले प्रस्तावित राजदूतहरूसँग आग्रह गरे ।

परराष्ट्र मन्त्रालयका कामयमुकायम सचिव अमृत बहादुर राईले देशको प्रतिनिधिको रुपमा राजदूतहरुले नेपाली वस्तुहरुको प्रवद्र्धन, नेपाली व्यवसायीहरुलाई सहजीकरण गर्ने बताए । उनले नेपाली व्यवसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा सघाउन आग्रह गरे ।

उच्च व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको प्रवद्र्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत् पूर्वाधार विकासमा लगानी केन्द्रित गर्न आफूहरू लाग्ने प्रस्तावित राजदूतहरुले व्यक्त गरे ।

छलफलमा प्रस्तावित राजदूतहरु डा. शङ्कर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, डा. सुम्निमा तुलाधर, डा. जङ्गबहादुर चौहान, प्राध्यापक कपिलमान श्रेष्ठ, प्रकाशमणी पौडेल, डा. शिवमाया तुम्बाहाम्फे, डा. पूर्णबहादुर नेपाली र डा. नेत्रप्रसाद तिम्सिना सहभागी थिए ।

६ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा पुगेको हो ।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ । आज ३०३ स्क्रिप्सको ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँमा खरिदबिक्री भए । आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।

जोशी हााइड्रोपावर डेभलपमेन्टको सेयर ७.६७ प्रतिशतले बढ्दा खानीखोला हाइड्रोपावरको ७.५३,गणपति लघुवित्त वित्तीय संस्थाको ६.९१,अपर लघुवित्त वित्तीय संस्थाको ६.२७ र महिला लघुवित्त वित्तीय संस्थाको ६.२५ प्रतिशतले बढ्यो ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९० प्रतिशतले घट्यो।

१८ अर्बमाथिको सेयर कारोबार गरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो । सानिमा माइ हाइड्रोपावरको १८ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा जानकी फाइनान्सको १७ करोड,हिमालयन डिस्टिलरीको ११ करोड र नेपाल एसबीआई बैंकको १० करोड मूल्य बराबरको कारोबार भयो ।

पोखरालाई ७ विकेटले हराउँदै कर्णालीको जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई हराएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा कर्णालीले पोखरालाई ७ विकेटले हराएको हो ।

पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि च्याडविक वाल्टनले ४२ रन बनाए ।

गुल्शन झा ४९ रनमा अविजित रहे । पोखराका लागि विपिन खत्री, च्याडविक वाल्टन र कुशल भूर्तेलले १–१ विकेट लिए । यसअघि ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १०३ रन बनाएको थियो ।

दोस्रोपटक म्याद थपिएको चार महिनापछि बल्ल नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।

आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो । मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।

“पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ”, उनले भने, “अहिले सबबेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।” यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले बताए ।

त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इञ्जिनीयर खनालको भनाइ छ । गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए । सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, छ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको खनालले जानकारी दिए।

“अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ”, उनले भने, “निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ ।” यस खण्ड (गैँडाकोट–दाउन्ने) मा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको इञ्जिनीयर खनालले बताए ।

हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३ दशमलव १५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप तीन दशमलव १८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको इञ्जिनीयर खनालको भनाइ छ ।

मध्यविन्दु नगरपालिकामा पर्ने चोरमारा जङ्गलको उकालोमा सडक विस्तारको काम भइरहँदा जमिनमुनिबाट पानी रसाएर यातायात सञ्चालनमा समस्या आएपछि अहिले ‘सब सर्फेस ड्रेन’ निर्माणको काम भइरहेको उनले बताए ।

सडकको बीचमा खाल्डो खनेर जमिनमुनिबाट निस्किएको पानीलाई निकास दिनका लागि सब सर्फेस ड्रेन बनाइएको र अब यस खण्डमा सहज रुपमा यातायात सञ्चालन गर्न तथा सडक विस्तार गर्न सकिने उनको भनाइ छ ।

नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी विसं २०७५ माघमा सरकार र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडकाबीच सम्झौता भएको थियो ।

नारायणघाट–दाउन्ने (६५ किलोमिट) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा ठेक्का लगाइएको योजनाको तत्कालीन प्रधानमन्त्री केशी शर्मा ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गर्नुभएको थियो । निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।

कर्णाली याक्सलाई पोखराले दियो १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा १०३ रनमा अलआउट भयो ।

पोखराका दिनेश खरेलले सबैभन्दा धेरै २६ रन बनाए । कर्णालीका विलियम बोसिस्टोले ६ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।

‘सोल्टिनी’मा प्रकाश सपुत र परीक्षा लिम्बु प्रमुख भूमिकामा

काठमाडौं । अर्जुन सुवेदीको निर्देशनमा नयाँ फिल्म ‘सोल्टिनी’ घोषणा गरिएको छ । परिचयात्मक भिडियोमार्फत फिल्मका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस फिल्मको सोमबार औपचारिक घोषणा गरिएको हो ।

घोषणा भिडियोमा कथावाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले फिल्मको भाव व्यक्त गरेको छ । वाचनमा उनले भनेका छन्, ‘मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।’

यसबाट फिल्मले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ । फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ ।

अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भनेका छन्, ‘सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।’

अभिनेत्री लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै भनेकी छन्, ‘सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।’

यी संवादले यस फिल्ममा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ । फिल्मको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ । पृष्ठभूमिमा फिल्मको थिम गीतले भावनात्मक स्पर्श थपेको छ ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ । हाल फिल्मका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ । फिल्म घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।

श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् ।

श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिए ।

वामपन्थी दिसानायके भ्रष्टाचार विरुद्ध लड्ने वाचामा सेप्टेम्बरमा सत्तामा आएका हुन् । गत महिना भएको संसदीय चुनावमा उनको पार्टीले ठूलो जित हासिल गरेपछि सत्तामा आफ्नो पकड बलियो बनाए ।

नयाँ दिल्ली श्रीलङ्कामा बेइजिङको बढ्दो प्रभावको बारेमा चिन्तित छ, जसलाई उसले भूराजनीतिक प्रभावको क्षेत्रको रूपमा हेर्छ ।

दिसानायके अर्को महिना चिनियाँ नेताहरूसँग वार्ता गर्न बेइजिङ जाने अपेक्षा गरिएको सरकारले यसअघि घोषणा गरेको थियो ।

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर

मलेखु । धादिङको  नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनासलु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरूको भीड लाग्न थालेको छ।

“राम शाहले १६६६ सालमा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ, ” भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने, “पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बसेर भाकल गर्नुभएको र त्यसपछि विजय भएको किम्वदन्ती छ।”

पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना दुई पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए। जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार ७३२ रुपैयाँ उपलब्ध गराउने गरेको छ।

यस मन्दिरमा पूजासहित बडादशैँ र चैते दशैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा छ। दशैँको नवमीका दिन यहाँ सुँगुर बलि गरिन्छ। मन्दिर पुग्न सदरमुकामबाट १८ किलोमिटर पार गर्नुपर्छ।

भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताउनुभयो। “भूकम्पले जीर्ण मन्दिर पुनर्निर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ। यहाँबाट चारैतिर हिमशृंखला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्,” उनले भने।

यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पुजारी भगवान् राना मगरले जानकारी दिए। जिल्लाका विभिन्न संघ संस्थाले भैरवी मन्दिर सम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचारप्रसार भएको छ।

नीलकण्ठ नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचारप्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताए।

मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छः उपप्रधानमन्त्री पौडेल

काठमाडौं ।  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् ।

७६औँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘राज्य र राजनीतिक शक्तिहरू मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ,’ पौडेलले भने । उनले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीमा गएकाहरूको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसंघका आवासीय संयोजक (यूएनडीपी) का आवासीय प्रतिनिधि हाना सिङ्गर–हम्डेले कोप २९ मा नेपालले निर्वाह गरेको भूमिका तथा सङ्क्रमणकालीन न्यायका निम्ति गरेका कामको सराहना गरिन् । गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले मौलिक हकमैत्री कानुन बनाउन सरकारको ध्यानाकर्षण गराए ।

मानवअधिकार महाभेला २०२४ का संयोजक भोला भट्टराईले महिला, श्रमिक, किसान, अल्पसङ्ख्यकहरूको मानवअधिकारको रक्षामा जोड दिए । मानवअधिकार आयोगका सदस्य लिली थापाले अन्तर्राष्ट्रियस्तरमा नेपालको मानवअधिकारको अवस्था सन्तोषजनक रहेको बताए ।

सो अवसरमा मानवअधिकार रक्षककको सशक्त भूमिका निर्वाह गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम स्मृति पुरस्कार’ प्रदान गरिएको थियो भने वातावरणअधिकार रक्षामा योगदान गरेका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो । दुवै पुरस्कारको राशि ५० हजार छ ।

जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रित छ, सरकारतिर छैनः अध्यक्ष प्रचण्ड

चितवन । नेकपा  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् । 


मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए ।


उनले भने, ‘हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।’ 


फरक प्रसङ्गमा उनले चिनियाँ विकास परियोजनाबेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताए । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनले बताए ।


इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बीआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् ।

श्रीलङ्काको नौसेनाले पक्राउ गरेका २१ भारतीय मछुवा रिहा

कोलम्बो । श्रीलङ्काको नौसेनाद्वारा पक्राउ परेका २१ जना भारतीय मछुवाहरूलाई सफलतापूर्वक स्वदेश फिर्ता गरिएको भारतीय उच्चायोगले जनाएको छ ।

कोलम्बोमा रहेको भारतीय उच्चायोगले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट शेयर गर्दैै भनेको छ, ‘श्रीलङ्काबाट २१ भारतीय मछुवाहरूको समूह सफलतापूर्वक स्वदेश फिर्ता गरिएको छ । तिनीहरू हाल घर फर्कने क्रममा छन् ।’

यसअघि डिसेम्बर ८ मा श्रीलङ्काको नौसेनाले रामनाथपुरमको तटबाट आठ भारतीय मछुवा र दुईवटा डुङ्गा कब्जामा लिएको थियो ।

पक्राउ पर्नेमा रामानाथपुरमका मङ्गाडु भत्रप्पन (५५), रेड्डीयुरानी, कन्नन (५२), चिन्ना रेड्डीयुरानी मुथुराज (५५), अगस्तियार कुतम काली (५०) र थङ्गाचिमाड यासिन (४६) येशू, उचिपुल्ली रामकृष्णन रहेका छन् ।

श्रीलङ्काली नौसेनाले भारतीय मछुवाको गिरफ्तारी तमिलनाडु सरकार र भाजपा नेतृत्वको केन्द्र सरकार दुवैका लागि चिन्ताको विषय बनेको छ । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यस विषयमा विदेशमन्त्री जयशङ्करलाई पटकपटक पत्र लेखेका छन् ।

सीएम स्टालिनले माछा मार्नेहरूलाई हिरासतमा लिनु र उनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर सङ्कट र अनिश्चितता सिर्जना गरेको बताएका छन् ।

‘हाम्रा माछा मार्नेहरूलाई थुनामा राख्ने र तिनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर पीडा र अनिश्चितता निम्त्याएको छ । मैले बारम्बार दोहोर्याएको छु कि कूटनीतिक तवरले यो समस्या समाधान गर्न ठोस र सक्रिय कदम चाल्नु पर्छ,’ उनले भने ।

उनको पत्रको जवाफ दिँदै जयशङ्करले यस मुद्दामा कारबाही गर्ने आश्वासन दिए । कोलम्बोमा रहेको भारतीय उच्चायोग र जाफनास्थित महावाणिज्य दूतावासले हिरासतमा रहेका व्यक्तिहरूको चाँडो रिहाइका लागि ती मुद्दाहरू द्रुत र निरन्तर रूपमा उठाइरहेका छन् ।

मुम्बईको कुर्ला पश्चिममा सवारीसाधनको ठक्करबाट चार जनाको मृत्यु, २५ घाइते

मुम्बई। मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरी तर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो ।

प्रहरी उपायुक्त गणेश गावडेले पत्रकारहरूलाई भने,“कुर्लामा बेस्ट बसले नियन्त्रण गुमाएर केही सवारीलाई ठक्कर दिएको छ । २५ जना घाइते भएका छन् भने चार जनाको मृत्यु भएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धान चलिरहेको छ ।”

घाइतेहरूलाई कुर्लाको बीएमसीद्वारा सञ्चालित भाभा अस्पताल र सायन अस्पताललगायत नजिकका अस्पतालहरूमा लगिएको थियो ।

करिब २५ जना घाइतेलाई उपचारका लागि लगिएको भाभा अस्पतालका डा पद्मश्री अहिरेले बताए । तीमध्ये दुई जनाको मृत्यु भएको थियो भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो ।

यसैबीच शिवसेना विधायक दिलीप लाण्डेले ब्रेक फेल भएर दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमाएर ३०–३५ जनालाई ठक्कर दिँदा आत्तिएर बस चालकले एक्लेरेटर थिचेको उनले बताए । ।

“कुर्ला स्टेसनबाट छुटेको बसको ब्रेक फेल भयो र चालकले बसको नियन्त्रण गुमाए । चालक डराए र ब्रेक थिच्नुको सट्टा एक्सेलेटर थिचे र बसको गति बढ्यो, चालकले बस नियन्त्रण गर्न सकेन ।”

घाइतेहरुको सायन अस्पताल, राजावाडी अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ,” लाण्डेले जानकारी दिए । 

मैत्रीपूर्ण फुटसलमा प्रतिनिधिसभाले राष्ट्रियसभालाई हान्यो १३ गोल

काठमाडौँ ।  सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।

भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गरे । त्यसैगरी तारा लामाले तीन, माधव सापकोटा र सुहाङ नेम्वाङले समान दुई र मनिष झाले एक गोल गरे ।

प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले नौ गोलको अन्तर कायम गरेको थियो । दोस्रो हाफमा थप चार गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो ।

प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरे । प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरु मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत थिए ।

राष्ट्रियसभा टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरु धनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसदहरु थिए ।

यसैबीच, आजै संसद् सेवाका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मी (मर्यादापालक) को बेग्लाबेग्लै टिमबीच पनि मैत्रीपूर्ण फुटसल भइरहेको छ । संसद् सेवा दिवस मङ्सिर २८ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।

जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट

सुवास दर्नाल, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ। उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौंमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो।

‘यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ,’ उनले बताए। प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाए।

उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ। खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजनन्सम्बन्धी समस्या लिएर आउने गरेका छन्। कतिपय महिलाहरू आफ्नो समस्या चुपचाप सहेर बस्छन् भने केहीले मात्र जाँच गराउन आइपुग्छन्।

महिनावारीको अवधि लम्बिने, असामान्य रगतस्राव हुने र गर्भधारणमा समस्या उत्पन्न हुने घटना बढिरहेको शेर्पाले बताए।

‘पहिले मेरो महिनावारी नियमित थियो तर अहिले महिनावारी अनियमित भइसकेको छ। यो परिवर्तन जलवायु परिवर्तनकै कारण भएको जस्तो लाग्छ,’ सगरमाथा क्षेत्रकै अर्का एक शेर्पा थरकी महिलाले परिचय नखुलाउने शर्तमा भनिन्, ‘यस्तो हुँदैन थियो तर पछिल्लो १५ वर्षमा यहाँको परिवर्तनले हामी महिलालाई धेरै असर गरेको छ। मेरो मात्रै होइन, मेरा धेरै साथीहरूको पनि प्रजनन्मा समस्या भइरहेको बताएका छन्। उनीहरूको महिनावारी समयमा नहुने, रगत धेरै बग्ने, गर्भपतन हुने जस्ता समस्या यहाँका लागि सामान्य जस्तै भइसकेको छ। पुरुषहरूलाई खासै असर नगरे पनि महिलाहरूलाई यसको असर बढी छ।’

हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ।

महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन्। लबुचेका संगम राई भन्छिन्, ‘पछिल्लो केही वर्षयता चैत–वैशाखमा धेरै हिमपात हुने क्रम बढिरहेको छ। यो हिमपात पुस–माघमा हुनुपर्ने हो। अब समय त धेरै फेरियो।’

हिमालमा यस्ता परिवर्तनका असरहरू देखिने क्रम बढ्दो छ। जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा अनपेक्षित चुनौती थपेको छ। सगरमाथा क्षेत्रको खुम्बु हिमनदी छोटिँदै गएको र आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन्।

आरोहीहरूद्वारा छोडिएका सामग्री र फोहोरका कारण तापक्रममा थप असर परिरहेको छ। पर्यटन व्यवसायी साङ्गे शेर्पा भन्छन्, ‘आधार शिविर वर्षैपिच्छे खाल्डोमा परिणत हुँदैछ। यो राम्रो संकेत होइन।’

यसले स्थानीय पर्यावरण मात्र नभई महिलाहरूको जीवनशैली र स्वास्थ्यमा समेत असर पु¥याएको अभियन्ता प्रजिता कार्कीले बताए।

‘महिलाहरू घरदेखि बाहिरसमेत बढी केन्द्रीत हुने भएकाले चुलोमा देखिएको असरदेखि हिमालको फेदमा देखिएको असरको शिकार बढी मात्रामा महिलाहरु भइरहेका छन् । यसलाई रोक्न र समाधान गर्न सबै एक हुनुको विकल्प छैन,’ कार्कीले भनिन्।

प्रजनन् स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव

महिनावारी अनियमितताले महिलाहरूको जीवनमा ल्याउने दीर्घकालीन असरलाई नजरअन्दाज गर्न नसकिने खुम्बु क्षेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ।

गर्भाधानमा समस्या, बच्चा जन्माउने क्षमतामा गिरावट र मानसिक स्वास्थ्यमा प्रभाव जस्ता समस्या जलवायु परिवर्तनसँग सम्बन्धित हुने संकेत देखिएको छ। स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा जलवायु परिवर्तनले महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको हुनसक्छ।

यो समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ। जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाहरूको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जिव तिवारीको तर्क छ।

‘यहाँका महिलाहरूमा जलवायु परिवर्तनको असर भएको महसुस भयो तर यो गहिरो खोज र अध्ययनको विषय हुन सक्छ। यो सामान्य विषय भने होइन। यसलाई सामान्य सम्झँदै जाने हो भने भोलिका दिनमा यहाँका महिलाहरूमा ठूलो प्रजनन् समस्या नदेखिएला भन्न सकिन्न,’ उनले भने।

स्थानीय उत्पादन र खेतीमा गिरावट

खुम्बु क्षेत्रका खेतीयोग्य बालीमा समेत गिरावट आएको छ। खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ। ‘पहिले कति धेरै उवा र फापर हुन्थ्यो। अहिले बाली लगाउने बारी पनि बाँझो छोडिएको छ,’ उनले भने।

कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ। खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरू अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउँछन्। यसले गर्दा बालबालिकादेखि महिलाहरुको पोषणमा असर पर्नसक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। खेती नै हुन छोडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरु उब्जाउ हुने जग्गाहरु बाँझो पाखामा परिणत भएको स्थानीय फुरी शेर्पाले बताए।

हिमनदीहरू खस्कँदै, हिमालहरू कालापत्थरमा परिणत हुँदै

सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन्। आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन्। पर्यटन व्यवसायी कर्मा शेर्पा १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका छन्।

पहिला आधार शिविरका हिमनदी चहकिला र सफा देखिन्थे, तर अहिले त आधार शिविर नै खाल्डो जस्तो देखिन्छ। हिउँ कम हुँदै गएर कालापत्थर देखिन थालेको छन्।

पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ। स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छोडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ। सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो। बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ।

‘पहिले पुस–माघमा हिउँ पर्दथ्यो, अहिले चैत–वैशाखमा हिउँ पर्न थालेको छ। यसले पर्यावरणीय सन्तुलन खलबलिएको छ,’ गोरक्सेपका व्यवसायीहिरा कुलुङले भने। यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उनको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले हालै अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिमगलनमा तीव्रता आएको देखाएको छ। सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पुर्याएको छ।

प्लास्टिक, खाद्यान्नका प्याकेट र अन्य गैरजैविक फोहोरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरुको तर्क छ। पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार आरोहीहरू यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन्। सधैं चाँदी झैँ टलक्क टल्कने हिमालहरु काला पहाडमा परिणत हुँदैछ जसका कारण पनि जलवायु परिवर्तनको असरको चपेटामा सगरमाथा क्षेत्र परेको पुष्टि हुने नाम्चेका लामाकाजी शेर्पाले बताए।

‘सगरमाथा नै अब कालो पहाड जस्तो देखिन थालेको छ, नाम्चेबाट देखिने हिमालहरु हेर्दा विरक्त लाग्ने भइरहेको छ। यी सबै समस्या जलवायु परिवर्तनको असरले नै देखिरहेको अभास हुन्छ,’ शेर्पाले भने।

जलवायु परिवर्तनको कारण र समाधान

जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ।

वातावरणविद् राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योगहरू र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ। युनेस्कोको प्रतिवेदनअनुसार तापक्रमको वृद्धिले विश्व सम्पदा सूचीका प्राकृतिक सम्पदामा गम्भीर जोखिम थपिएको छ। यदि तापक्रम वृद्धिको नयाँ गति रोकिएन भने दुई डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ, जसले सगरमाथा क्षेत्रका हिमालहरू संरक्षणमा ठूलै मूल्य चुकाउनुपर्ने थापाको भनाइ छ । हिमालहरु पग्लिएर गइरहेका छन्।

सामूहिक कदमको आवश्यकता

सगरमाथा क्षेत्रको पर्यावरणीय र सामाजिक समस्याको समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सामूहिक प्रयास गर्न आवश्यक छ। जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न शक्ति राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ।

‘यदि विश्वव्यापी तापक्रम वृद्धिमा रोक लागेन भने सगरमाथाका हिमनदीहरू केही दशकमै समाप्त हुनेछन्,’ थापाले चेतावनी दिए। जलवायु परिवर्तनले महिलाहरूको स्वास्थ्य र जनजीवनमा परेको असरले यो क्षेत्रका चुनौतीहरूको व्यापक अध्ययन र समाधानको खाँचो देखाएको छ। हिमाली क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि थप अनुसन्धान, स्वास्थ्य सेवा विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा ठोस कदम चाल्नु अपरिहार्य छ।

एनपीएलमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । 

लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे ।

त्यस्तै, रवि बोपाराले १६ बलमा १२ रन बनाए । लुम्बिनीका लागि कप्तान पौडेलले चार विकेट लिए भने रामोन सिमोण्डसले दुई तथा साद विन जाफर र अभिषेस गौतमले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए । उनले ६८ बलमा छ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी, साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।

चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए । पहिलो अङ्क पाएको लुम्बिनी पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

चितवनले भने पाँच खेलमा तीन जित र दुई हारसहित तेस्रो स्थानमा छ । चितवनले जितका साथ शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सुरुआती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो ।

काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । पछिल्लो खेलमा भने चितवनले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । शत्प्रतिशत जितका साथ जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ । 

रविमाथि प्रहरीबाट कुनै अभद्र व्यवहार भएको छैनः गृहमन्त्री लेखक

कर्णाली । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीबाट दुव्र्यवहार नभएको बताएका छन् ।

मंगलबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दैै गृहमन्त्री लेखकले अनुसन्धान प्रभावित पार्न दुव्र्यवहारको हल्ला चलाइएको बताएका हुन् ।  उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा रास्वपाले अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताए । उनले भने, ‘रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरामा सत्यता छैन, सरकार प्रत्येक व्यक्तिको मानव अधिकारको रक्षा गर्ने विषयमा गम्भीर छ ।’

उनले सहकारी ठगी प्रकरणमा रवि मात्र अरु थुप्रैमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय र अदालत घेरा हाल्ने काम भइरहेको छ, यस्ता विधिको शासन उल्लंघन गरेर गरिने गतिविधिले न्याय दिने होइन। न्याय दिने निकायले आफ्नो तरिकाले काम गरिरहेका छन्।’ उनले सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको बताए ।

सिमकोट विमानस्थलमै हिमपात

हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ ।

तस्बिर : दाने बोहरा / रासस

चिसोले महोत्तरीको जनजीवन प्रभावित

महोत्तरी । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् ।

“गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदे बाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतो भन्छन्, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ ।

महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डल बताउछन् । मङ्सिरभित्रै बढेको ठिहिर्‍याउने चिसोले घरपालुवा पशु वस्तुको बिजोग छ । पशु वस्तुको आहाराको जोहो र चरनमा लान नपाइँदा बिजोग भएको हो । भङ्गाहा–४ रामनगरकी हीरादेवी दाहाल अचाक्ली बढेको चिसोले पशुवस्तु जिङ्ग्राउने र बिरामी हुने क्रम बढेको बताए।

जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउछन् ।

घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

दाङ। घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उनले बताए ।

“अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ”, सञ्चालक गौतमले भने । साढे सात सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उनले बताए । छिट्टै सञ्चालनमा आउन लागेकोे जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ । स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ ।

घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उनी बताउँछन् । हालसम्म एक करोड बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ ।

घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि एक हजार आठ सय ५० शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताए । 

सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँ बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा मंगलबार प्रतितोला सुन दुई हजार एक सय रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन मंगलबार बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँकायम भएको छ ।

लुम्बिनी लायन्सले चितवन राइनोजलाई दियो १ सय ६८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर एक सय ६७ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ८० रन बनाए ।

यस्तै साद बिन जफरले ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिए । यस्तै कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट लिए । यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।