`

किमाथाङ्का भन्सार कार्यालयमा छैनन् कर्मचारी

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् ।

नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् ।

किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ ।

उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ ।

भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ । उता किमाथाङ्का सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

किमाथाङ्का सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनुपर्ने बाध्यता रहेको छ । भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो ।

उत्तरी क्षेत्र किमाथाङ्का नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन् ।

भन्सार कार्यालयले गत वर्ष रु ७५ हजार ५५७ राजस्व सङ्कलन भएको थियो । जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथाङ्का भन्सार कार्यालयले एक लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

किमाथाङ्का नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा तीन–चार दिन पैदल हिँडेर सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ ।

किमाथाङ्कावासी सीमापारीको चाँगा, देन्दाङ बजारमा सिमापासका आधारमा चिनियाँ बजारमार्फत सामान आयात गर्दै आएका छन् ।

किमाथाङ्का सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी एक सय ६२ किमि छ ।

जनकपुरधामबाट विश्व हिन्दूपरिषद्को अगुवाईमा विवाह पञ्चमीका लागि तिलकसहित अयोध्या पठाइयो निम्तो

जनकपुरधाम । विवाहपञ्चमी महोत्सवमा सीताको ससुराली भारतको अयोध्यामा जन्तीलाई निम्तो दिनका लागि जनकपुरधामबाट विश्व हिन्दुपरिषद्को अगुवाईमा तिलकसहित निमन्त्रणापत्र लिएर पठाइएको छ।

भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको सङ्ख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि निमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका छन् ।

तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरेका छन् । मुख्यमन्त्री सिंह मङ्सिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा राम मन्दिर ट्रस्टका चम्पत रायलाई हस्तान्तरण गरिनेछ ।

मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन् । प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेश प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले नेपाल र भारतबिचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए ।
जानकी मन्दिरले पहिलोपटक परम्परालाई भंग गर्दै विश्व हिन्दु परिषद्को अगुवाईमा तिलक पठाएको छ । विगतमा ठाकुर हजामले तिलकसहित निमन्त्रणा लिएर अयोध्या जाने परम्परा थियो ।

विवाहपञ्चमी यही मंसिर २१ गते जनकपुरधाममा प्रत्येक वर्ष झैँ यसपटक पनि धुमधामसाथ सात दिवसीय कार्यक्रम गरी मनाइने छ ।

डढेलोको खतराका कारण दक्षिणपूर्वी अस्ट्रेलियाका सहरहरू खाली गर्न आदेश

सिड्नी । दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर) को जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ ।
दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अष्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपतकालीन चेतावनी जारी गरेका छन् ।

अधिकारीहरुले चेतावनीमा जेखिम न्युनिकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गर्दै अवस्था धेरै बिग्रन सक्ने र यहि बसेमा आपतकालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ ।

मेलबर्नबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ ।

अधिकारीहरूले शनिबार उत्तरपश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर सतर्कता अपनाउन सल्लाह दिएका छन् ।

भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानका साथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ ।

‘डोरी’मा अञ्जना अनुबन्ध

काठमाडौं । अभिनेत्री अञ्जना बराइली चलचित्र ‘डोरी’मा अनुबन्ध भएकी छन् । चलचित्रमा अञ्जनालाई अनुबन्ध गरिएको निर्देशक अरुण लामाले बताए । लामाका अनुसार यो चलचित्रमा अञ्जनाको प्रमुख भूमिका रहनेछ । चलचित्र मंसिर दोस्रो साताबाट छायाँकन थाल्ने योजना छ ।

अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् । जी सेभेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर वाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा अनुबन्ध भइसकेका छन् ।

चलचित्रमा हाँसो, त्रास र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने निर्देशक लामाले बताए । चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यतिबेला अञ्जनाले अभिनय गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले तेस्रो हप्तामा पनि दर्शकको भरपुर साथ पाइरहेको छ ।

रूसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

मस्को । रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ ।
स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौता अन्तर्गत लागू हुने छन् । प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ ।

प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाईडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रूसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानून पछि यो कदम चालेको जनाइएको छ ।

अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद ५७४ मिलियन डलर पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम हो ।

इमान्दारीपूर्वक करका लक्ष्य पूरा गर्न कर्मचारीहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउन नहुने बताए ।

उनले भने,’विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस् ।’

असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताए ।

अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उनको भनाइ छ । “करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन”, उनले भने ।

कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताए । राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो जिम्मेवारी कर सङ्कलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफै बढ्छ ।’

अहिले नेपालको अर्थतन्त्रमा केही सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ । ‘हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न । हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन’, उनले भने, ‘तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन् । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।’

निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताए ।

राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताए । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिद्धता उनले जनाए । त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाई छ ।

व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिरेका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताए । हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरुमा क्रमशः उद्योगहरु बन्द हुँदै गएको पनि उनको भनाइ छ ।

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ ।

विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) काे २५औँ वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे ।

भियतनामकाे हनाेइमा जारी २४औँ वर्ल्ड कंग्रेसका दाैरान शनिबार भएको मतदान प्रक्रियाबाट सन् २०२६ मा हुने २५औँ वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो । ‘१० मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लाेभ्यायाे,’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदाेरहेछ, त्यसमा हामी चुक्याैँ ।’

नर्वेले आसन्न कंग्रेस आयोजनाकाे अवसर पाए पनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले बताए । ‘नेपाललाई विश्वमञ्चमा नाेटिस गराउन सफल भइयाे, यसमा खुसी लागेको छ,’ ठकुरीले भने, ‘प्रयास गर्नेले नै जित्ने हाे, हामी एक कदमअघि बढेका छाैँ, सबैको मायाले याे ऊर्जा मिलेकाे हाे, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’

संसारमै लाेकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हाे । एम्समा आवद्ध हरेक देशका म्याराथन आयाेजकहरू यतिबेला हनाेइमा जम्मा भएका छन् । चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पाेखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैँ संस्करण २२ मंसिरमा हुँदै छ ।

स्थानीय तह उपनिर्वाचनः आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

पुरुषले कार्यभार सम्हालेका स्थानीय तहमा महिला उम्मेदवार

आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।

आयोगको निर्देशनअनुसार जिल्ला समन्वय समिति कैलाली, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख, दोलखाको गौरीशङ्कर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर र रुकुम पूर्वका पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा महिलाको मात्र उम्मेदवारी दर्ता हुनेछ ।

आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिइसकेको छ । आयोगले २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानूनले अयोग्य नभएको उम्मेदवारको मात्र मनोयन दर्ता गर्न निर्देशन दिएको हो ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैरनेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति र नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

यसैगरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।

भ्रष्टाचार, जबरर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिको मनोनयत दर्ता हुने छैन ।

सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

कानुनबमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर, कुनै कसूरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्तिको मनोयन दर्ता नहुने आयोगले स्पष्ट पारेको छ । जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानून बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले रु ५० हजारसम्म खर्च गर्न सक्नेछ ।

महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले रु दुई लाख र गाउँपालिकाका वडाध्यक्षले रु एक लाख ५० हजार खर्च गर्न सक्नेछ । उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् ।

भारतमा अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु

नयाँदिल्ली । भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो ।

घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए । यसै गरी आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।

आगलागीको घटनामा दश जना शिशुको दुखद मृत्यु भएको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताए । उनका अनुसार सातवटा शवको पहिचान भइसकेको छ भने तीन वटा शवको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

आगलागीको कारणबारे अनुसन्धान गरि जिम्मेवारहरू विरुद्ध कडा कारबाही गरिने पाठकले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको बताए ।

गम्भीर घाइतेहरूलाई चिकित्सा सेवा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी अविनाश कुमारलाई उदृत गरी हिन्दुस्तान टाइम्सले जनाएको छ ।

स्थानीय सञ्चार माध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत बालबालिकाको मृत्युलाई ’हृदयविदारक’ घटना भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य गर्न निर्देशन दिएका छन् ।

अदृश्य पुरुषहरू

विश्वव्यापी स्तरमै अपेक्षा गरिएभन्दा तीव्र रूपमा प्रजननदरमा ह्रास आएको छ। चीनमा हालसम्मकै तल्लो स्तरको जन्मदर देखिएको छ। ल्याटिन अमेरिकी देशहरूमा पनि आधिकारिक जन्मसङ्ख्या पूर्वानुमानभन्दा निकै कम देखिएको छ।

मध्यपूर्व र उत्तरी अफ्रिकामा समेत नाटकीय रूपमा जन्मदरमा गिरावट आएको छ। मानिसहरूले कम सन्तान जन्माएका कारण यस्तो भएको हो। संसारका लगभग हरेक देशमा बहुसङ्ख्यक मानिसहरूका सन्तान छैनन्।

सन्तान नजन्माउनुका कारण

धेरैका निम्ति ‘सन्तान नहुनु’ एउटा छनौट हो। अन्यका निम्ति यो जैविक समस्या हो। अन्य कैयौँका निम्ति यो फेरि अर्कै हो– विभिन्न कारकहरूको संयोगले गर्दा कुनै सन्तान बच्चा चाहेको भए पनि व्यक्तिले त्यो प्राप्त गर्न सक्दैन। समाजशास्त्रीहरू त्यसलाई ‘सामाजिक नि:सन्तानपन’ भन्छन्।

हालैको एउटा शोधले पुरुषहरूले र त्यसमा पनि विशेष गरी न्यून आय भएका पुरुषहरूले चाहेर पनि सन्तान प्राप्त गर्ने सम्भावना नहुने देखाएको छ। सन् २०२१ मा नर्वेमा गरिएको एउटा अध्ययनले पुरुष नि:सन्तानपनको दर अध्ययनमा सहभागीहरूको आयका आधारमा विभाजन गर्दा सबैभन्दा कम आय भएका पाँच प्रतिशत मानिसमा सबैभन्दा धेरै अर्थात् ७२ प्रतिशत रहेको निष्कर्ष निकाल्यो।

सबैभन्दा बढी कमाउनेहरूमा यो दर केवल ११ प्रतिशत मात्र भएको देखायो। यो अन्तर ३० वर्षमा लगभग २० प्रतिशतले फराकिलो भएको पाइयो। तीसको दशकमा चल्दै गर्दा रोबिन ह्याड्लीलाई असाध्यै बाबु बन्न मन लागेको थियो। विश्वविद्यालय नगए पनि उनी उत्तरी इङ्ल्यान्डस्थित एउटा विश्वविद्यालयमा प्राविधिक फोटोग्राफरका रूपमा काम गर्थे। बीसको दशकमा विवाह गरेका उनी श्रीमतीसँग सम्बन्धविच्छेद हुनुअघिसम्म सन्तानका निम्ति प्रयत्नरत थिए।

धितोको किस्ता तिर्न सङ्घर्ष गर्नुपरेका कारण उनलाई नयाँ सम्बन्ध विकास गर्न कठिन भयो। साथीभाइ तथा सहकर्मीहरू बाबु बनेपछि उनलाई केही गुमाएजस्तो लाग्यो। ‘केटाकेटीको बर्थ–डे कार्ड वा उनीहरूका सामग्रीहरूले तपाईँ के होइन वा के हुनुपर्थ्यो भन्ने स्मरण गराउँदो रहेछ। त्योसँग दु:ख जोडिएको हुन्छ,’ उनी भन्छन्।

स्वयंको अनुभवले उनलाई पुरुष नि:सन्तानपनबारे पुस्तक लेख्न प्रेरित गर्‍यो। त्यो लेख्दा उनले आफूमाथि ‘सन्तानोत्पादनलाई प्रभावित पार्ने सबैजसो कारणहरू; अर्थशास्त्र, जीवशास्त्र, घटनाक्रमको समय तथा सम्बन्धको छनौट’ले असर पारेको महसुस गरे। सँगसँगै उनले आफूले अध्ययन गरेका धेरैजसो उमेर तथा सन्तानोत्पादनसम्बन्धी अनुसन्धानहरूमा नि:सन्तान पुरुषहरूको उल्लेख नभएको पाए। उनका अनुसार राष्ट्रिय तथ्याङ्कहरूमा पनि त्यस्तै स्थिति थियो।

‘सामाजिक नि:सन्तानपन’को उदय

सामाजिक नि:सन्तानपनका पछाडि बच्चा जन्माउन आवश्यक पर्ने स्रोतको अभावदेखि सही समयमा सही व्यक्तिलाई नभेट्नुजस्ता विभिन्न कारणहरू छन्। तर फिन्ल्यान्डको पप्युलेशन रिसर्च इन्स्टिच्यूटकी समाजशास्त्री र जनसङ्ख्याविद् अन्ना रोट्किर्च त्यसको जरो अन्तै भएको ठान्छिन्। उनले युरोप र फिन्ल्यान्डमा २० वर्षभन्दा बढी समयदेखि सन्तानोत्पादन अभिप्रायको अध्ययन गरेकी छन्। उनले बालबालिकालाई हेर्ने दृष्टिकोणमा पनि गहिरो परिवर्तन आएको देखेकी छन्।

एसियाबाहिर फिन्ल्यान्ड विश्वमै सबैभन्दा बढी नि:सन्तानपन दर भएको देश हो। तर सन् १९९० को दशक र सन् २००० को पूर्वार्धमा यसले विश्वकै अग्रणी बालमैत्री नीतिहरूका माध्यमले घट्दो प्रजननदरसँग लडेर खुसियाली मनायो। फिन्ल्यान्डमा आमाबाबुले प्रशस्त बिदा पाउँछन्, शिशुको हेरचाह गर्न धेरै खर्च लाग्दैन र महिला–पुरुष दुवैले घरायसी काममा समान हिस्सेदारी लिन्छन्। तर सन् २०१० यता फिन्ल्यान्डको प्रजननदर झन्डै तीन गुनाले घटेको छ।

प्राध्यापक रोट्किर्चका विचारमा विवाह तथा सन्तानोत्पादनलाई एक समय आधारशिलाका रूपमा हेरिन्थ्यो। वयस्क जीवनमा प्रवेश गर्दै गर्दा त्यसो गर्ने चलन थियो। तर अहिले यसलाई जीवनका अन्य लक्ष्यहरू पूरा भएपछि अन्तिममा गर्ने कार्यजसरी लिने गरिन्छ। ‘सबै विभिन्न वर्गका मानिसहरूले सन्तानले जीवनमा अनिश्चितता बढाउने ठान्ने गरेको देखिन्छ,’ उनी भन्छिन्।

उनले फिन्ल्यान्डमा धनी महिलाहरू अनिच्छुक रूपमा नि:सन्तान हुने सम्भावना कम रहेको र कम आय भएका पुरुषहरू चाहँदाचाहँदै पनि सन्तानविहीन हुने सम्भावना रहेको पाइन्। यो पहिले हेरी ठूलो परिवर्तन हो। पहिले गरिब परिवारका मानिस वयस्कतातर्फ पहिले प्रवेश गर्थे, पढाइ छाड्थे, काम थाल्थे र युवावयमै परिवार अघि बढाउँथे।

पुरुषत्वमाथिको सङ्कट

पुरुषहरूका हकमा आर्थिक अनिश्चितताले चर्को प्रभाव पार्छ, जसले उनीहरूको सन्तान प्राप्त गर्ने सम्भावनालाई झनै कम बनाइदिन्छ। यसलाई समाजशास्त्रीहरूले ‘छनौटको प्रभाव’ भनेका छन्, जसमा महिलाहरूले जीवनसाथी रोज्दा आफूसरह वा आफूभन्दा माथिल्लो सामाजिक हैसियतको व्यक्ति हेर्छन्।

‘म बौद्धिक तथा आत्मविश्वासको कोणबाट आफू मैदानबाहिर पुगिरहेको थिएँ भन्ने देख्न सक्छु,’ रोबिन ह्याड्ली आफ्नो तीसको दशकमा टुटेको सम्बन्धबारे भन्छन्, “यसो सोच्दा छनौटको प्रभाव एउटा कारक हुन सक्छ।’ झन्डै ४० नजिक पुगेपछि उनले अहिलेकी श्रीमतीलाई भेटे, जसले उनलाई विश्वविद्यालय गएर विद्यावारिधि हासिल गर्न सघाइन्। ‘उनी नभएको भए म अहिले जहाँ छु त्यहाँ हुँदैनथेँ।’ समयक्रममा उनीहरूले सन्तानका बारेमा सोचे, तर ४० कटिसकेकाले धेरै ढिला भइसकेको थियो।

संसारभरका देशहरूमध्ये ७० प्रतिशतमा पुरुषले भन्दा महिलाहरूले शिक्षाको क्षेत्रमा राम्रो गरिराखेका छन्। येल विश्वविद्यालयकी समाजशास्त्री मार्सिआ इनहर्न यसले ‘सम्बन्धमा अन्तर’ (मेटिङ ग्याप) बढाएको बताउँछिन्। यसले गर्दा विश्वविद्यालयको डिग्री नहुने युरोपेली पुरुषहरू नि:सन्तानको समूहमा पर्ने गरेका छन्।

अदृश्य पुरुषहरू

धेरै देशहरूमा पुरुष प्रजनन क्षमतासँग सम्बन्धित व्यवस्थित तथ्याङ्क छैन किनभने उनीहरूले जन्मदर्ता गर्दा आमाको प्रजनन इतिहासमात्र लिन्छन्। यसको अर्थ नि:सन्तान पुरुषहरूको निश्चित मान्यताप्राप्त ‘श्रेणी’ छैन भन्ने हो। तथापि केही नर्डिक देशहरूले दुवैको तथ्याङ्क लिन्छन्। एउटा नर्वेली अध्ययनले धनी र गरिब पुरुषहरूबीचको सन्तानप्राप्तिमा ठूलो असमानता पहिचान भएको पत्ता लगाएको छ, जसमा असङ्ख्य पुरुषहरू ‘पछि छुटेका’ छन्।

भिन्सेन्ट स्ट्राबले अक्स्फोर्ड विश्वविद्यालयमा पुरुष स्वास्थ्य र प्रजननबारे अध्ययन गरेका छन्। जन्मदर घटेको सन्दर्भमा पुरुषको भूमिकालाई प्रायश: नजरअन्दाज गरिएको उनी बताउँछन्। उनी प्रजनन क्षमतामा गिरावट आउनुमा ‘पुरुष अस्वस्थता’को भूमिकाबारे रुचि राख्छन्। त्यो भनेको युवा पुरुषहरूले महसुस गर्ने एक प्रकारको भ्रम हो जुन महिलाहरू सशक्त हुँदै जाँदा पुरुषत्वबारे उनीहरूको अपेक्षा बदलिन्छ भन्ने सोचसँग सम्बन्धित छ।

यसलाई ‘पुरुषत्वको सङ्कट’ का रूपमा पनि लिने गरिएको छ, एन्ड्रयू टेटजस्ता दक्षिणपन्थी नारीवाद विरोधी व्यक्तित्वको उदयले पनि त्यो देखाउँछ। ‘धेरै नपढेका पुरुषहरूले विगतका दशकहरूमा भन्दा धेरै खराब प्रदर्शन गरेका छन्,’ स्ट्रबले भने।

धेरै उच्च र मध्यम आय भएका देशहरूमा प्राविधिक विकासले मानिसले गर्ने कामहरूलाई कम मूल्यवान र अधिक असुरक्षित बनाइदिएको छ, जसले विश्वविद्यालयका डिग्री भएकाहरू र नभएकाहरूबीचको खाडललाई फराकिलो बनाएको छ। यसले ‘मेटिङ ग्याप’ पनि फराकिलो पारेको छ र यसले पुरुषको स्वास्थ्यमा पनि महत्त्वपूर्ण प्रभाव पारेको छ।

‘विश्वव्यापी रूपमा लागुपदार्थको दुरुपयोग बढ्दै गएको छ र यसको प्रभाव प्रजनन गर्ने उमेरका पुरुषहरूमा सबैभन्दा बढी छ, चाहे त्यो अफ्रिका, दक्षिण अमेरिका तथा मध्य अमेरिकामा किन नहोस्।’ यी सबैले सामाजिक र जैविक प्रजनन क्षमतामा प्रभाव पार्छन्। ‘मेरो विचारमा सन्तानोत्पादन र यी सामाजिक र सांस्कृतिक परिवर्तनहरूबीचको कडी छुटिराखेको छ,’ उनी भन्छन्।

यसले पुरुषहरूको शारीरिक र मानसिक स्वास्थ्यमा आधारभूत प्रभाव पार्न सक्छ। स्ट्रब भन्छन्, ‘सम्बन्धमा रहेका पुरुषहरूको तुलनामा एकल पुरुषहरूको स्वास्थ्य खराब हुन्छ।’

के गर्न सकिन्छ?

स्ट्रब र ह्याडलीले सन्तानोत्पादनसम्बन्धी चर्चा लगभग पूर्णतया: महिलाकेन्द्रित भएको देखेका छन् र यसलाई सम्बोधन गर्न बनाइएका नीतिहरू पनि अधुरा पाएका छन्। स्ट्रबका विचारमा हामीले सन्तानोत्पादनको कुरा गर्दा पुरुषको स्वास्थ्यबारे पनि ध्यान केन्द्रित गर्नुपर्छ र बाबुले सन्तानको हेरचाह गर्दाका फाइदाबारे चर्चा गर्नुपर्छ।

‘युरोपेली सङ्घमा सयमध्ये एकजा पुरुषले शिशुको हेरचाहका निम्ति आफ्नो करिअरलाई विराम दिन्छन्, महिलाको हरेक तीनमध्ये एउटामा त्यस्तो हुन्छ,’ उनी भन्छन्। शिशुको पालनपोषण गर्नु पुरुष स्वास्थ्यका निम्ति राम्रो छ भन्ने प्रशस्त प्रमाणहरूका बावजुद यस्तो भइरहेको छ।

सन्तानविहीन महिलाहरूको सङ्गठन ‘नुन्का मड्रेस’ (नेभर मदर्स) मार्फत् इजबेलले मेक्सिकोमा ठूला अन्तर्राष्ट्रिय ब्याङ्कका केही प्रतिनिधिहरूसँग भेटिन्। उनीहरूले इजबेललाई भर्खरै बाबु बनेकाहरूलाई छ हप्ता बिदा दिँदा समेत कोही बिदा नबसेको बताए।

‘उनीहरूलाई यो छोरीमान्छेको काम हो भन्ने लाग्छ। ल्याटिन अमेरिकी पुरुषहरू त्यसरी सोच्छन्,’ उनी भन्छिन्। ‘हामीलाई राम्रो तथ्याङ्क चाहिन्छ,’ रोबिन ह्याड्ली भन्छन्। पुरुषको प्रजनन क्षमताको अभिलेख नराख्दासम्म यसलाई पूर्ण रूपमा बुझ्न सकिँदैन वा यसले तिनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउन सकिँदैन।

प्रजननको चर्चामा पुरुषहरूको अदृश्यता अभिलेखभन्दा परसम्म फैलिएको छ। युवा महिलाहरूबीच उनीहरूको घट्दो प्रजनन क्षमताबारे सचेतना बढ्दै गर्दा पुरुष युवाबीच यसको चर्चा पनि हुँदैन।

पुरुषहरूमा पनि ‘जैविक घडी’ हुने बताउने ह्याड्ली अनुसन्धानतर्फ सङ्केत गर्दै ३५ वर्षपछि शुक्राणुको प्रभावकारितामा कमी आउने बताउँछन्। यी अदृश्य समूहलाई दृश्यमा ल्याउनु सामाजिक नि:सन्तानपनसँग जुध्ने एउटा उपाय हुन सक्छ। शिशुको पालनपोषणको परिभाषालाई व्यापक बनाएर पनि त्यसो गर्न सकिन्छ।

नि:सन्तानपनबारे टिप्पणी गर्ने सबै अनुसन्धानकर्ताहरू सन्तान नभएका मानिसहरूले केटाकेटी हुर्काउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नेतर्फ जोड दिन्छन्। यसलाई ‘एलोप्यारेन्टिङ’ भनिने रोट्किर्च बताउँछिन्। मानव विकासका क्रममा एउटा शिशुको हेरचाहका निम्ति एक दर्जनभन्दा बढी हेरचाहकर्ताहरू हुने गर्थे।

डाक्टर ह्याड्लीले आफ्नो अनुसन्धानका क्रममा कुरा गरेका निःसन्तान पुरुषहरूमध्ये एकले आफूले स्थानीय फुटबल क्लबमा नियमित भेट्ने एउटा परिवारको कुरा सुनाए। ती व्यक्तिका अनुसार, स्कूलको एउटा कार्यका निम्ति दुईजना भर्खरका बालकहरूलाई हजुरबुवा–हजुरआमा चाहिएछ। तर तिनीहरूसँग कोही पनि थिएनन्।

त्यसपछि ती व्यक्तिले केटाहरूको हजुरबुवाको भूमिका निर्वाह गरेछन्। वर्षौँपछि ती व्यक्तिलाई फुटबल मैदानमा देख्दा उनीहरू ‘नमस्ते हजुरबा’ भन्ने गर्थे। त्यस्तो सम्मान पाउँदा राम्रो लाग्यो, उनले भने। प्राध्यापक रोट्किर्च भन्छिन्, ‘मेरो विचारमा अधिकांश सन्तानविहीन व्यक्तिहरू यस प्रकारका हेरचाहमा सामेल छन्, बस् त्यो देखिँदैन मात्र।’ ‘त्यो जन्मदर्ताको ढड्डामा पनि देखिँदैन, तर वास्तवमै महत्त्वपूर्ण छ।’

स्टेफनी हेगार्टी
बीबीसी ।

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी । अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन् ।

कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गर्नुभएका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिए । गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो ।

मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई हाल बेलायतमा रहेका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी सहयोग गरेका छन् ।

“पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको थियो”, उनले भने “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौँ ।” रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको गुरुङले जानकारी दिए ।

यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लबको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको अगुवाइमा कात्तिक पहिलो हप्ता सरसफाइ गरिएको थियो ।

अष्टे«लियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यस शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधिमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजा, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।

एमाले इलामको अध्यक्षमा बराल

इलाम ।  नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन्।

बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गरे। उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गरे।

सचिवमा रामप्रसाद सुवेदी (रवीन्द्र) निर्वाचित भए। उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे।

सुवेदीले दुई सय ९२ मत पाउँदा अधिकारीले दुई सय ६८ मत प्राप्त गरे। उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित भएका छन्। राईले एक सय ७० मत प्राप्त गर्दा श्रेष्ठले एक सय ५३ मत प्राप्त गरे। अन्य प्रतिस्पर्धी यामबहादुर राईले एक सय ३४ र मानविर लुहागुनले ५६ मत मात्र प्राप्त गरे।

त्यस्तै उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै दिलकुमारी लिम्बू निर्वाचित भएका छन्। लिम्बूले तीन सय नौ मत पाउँदा रिमालले दुई सय १७ मत मात्र प्राप्त गरे।

बिहीबार सुरु अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए। मत भने पाँच सय ८१ मात्र खसेको थियो।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो। 

उत्कृष्ट करदाता सम्मानित, सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम

काठमाडौँ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिबार सम्मान गरिएको हो ।

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ ।

वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मान गरिएको छ ।

स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको छ ।

गत आर्थिक वर्षमा ५० करोड देखि एक अर्बसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ ।

ऊर्जामुलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित भएका छन् ।

विसं. २०७५ साउन देखि २०८१ असार मसान्त सम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरेको छ ।

वार्षिक ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राईजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेवापत वरुण बेभरेजलाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरु पनि सम्मानित भएका छन् ।

रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ । जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । शुक्रबार राति भएको खेलका सबै ६ गोल दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउबाट सानदार ‘एक्रोब्याटिक’ गोल गर्दै टिमको फराकिलो जित निश्चित गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै पाँच गोल पोर्चुगलले दोस्रो हाफमा गरेको दबाबपूर्ण प्रदर्शनमा संभव भएको थियो । राफाएल लियाओले हेडर मार्फत पोर्चुगलले ५९ औं मिनेटमा सुरुवाति गोल गरेको थियो ।

यसबाहेक, आर्सनल डिफेन्डर याकुब किभियोरले पेनाल्टी एरिया भित्र फाउल गरेपछि पोर्चुगललाई पेनाल्टी दिइयो । रोनाल्डोले उक्त बललाई बललाई जाली चुमाउँदै टिमको अग्रता दोब्बर बनाए । यो जितसँगै पोर्चुगल लिग ए को समूह १ को विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ ।

गण्डकी प्रदेशसभा सदस्य गौचनको अन्तिम बिदाइ

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको अन्तिम बिदाइ गरिएको छ । कात्तिक २८ गते निधन भएकी गौचनको शव गण्डकी प्रदेशसभाको प्रांगणमा राखिएको थियो ।

शनिबार बिहान गण्डकी प्रदेश सभा सचिवालयले उनको श्रद्धाञ्जली कार्यक्रम राखेको हो । उनको अन्तिम बिदाइमा सांसद, सर्वसाधारण र आफन्तको जम्मा भएका थिए ।

गण्डकी प्रदेशकी समानुपातिक सांसद गौचनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, विभिन्न दलका नेता, सांसद कांग्रेस गण्डकी सभापतिलगायतले श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरे । मुख्यमन्त्री पाण्डे, मन्त्रीहरूलगायतले सांसद गौचनको शवमा नेपालको झण्डा ओढाएका थिए ।

गत महिना दामोदर कुण्ड जाँदा लेक लागेर बिरामी परेकी गौचनलाई पछिल्लो पटक डेंगु संक्रमण भएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई ग्रान्डी पुर्याइएको थियो ।

तर उनको उपचारका क्रममा निधन भएको थियो । बिस २०१८ सालमा मुस्ताङको कोबाङमा जन्मिएकी गौचन महिला संघ म्याग्दीको अध्यक्ष पनि भएकी थिइन् भने उनी होटल व्यवसायमा पनि आवद्ध थिइन् ।

निर्माण पक्षले मोफसलका २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले २० वटा हलबाट फिल्म उतार्ने निर्णय भएको जानकारी दिएको हो ।

केही सिनेमा घरहरुले चलचित्र हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माण पक्षलाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराएपनि निर्माणपक्षले उक्त रिपोर्टमा असहमति जनाउँदै ती हलहरुबाट शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

डिजेल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । शनिबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै अब काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाँकेको गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् ।

“लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिएका साइलाले भने, “सानोले आफूभन्दा ठुलालाई हान्न लाग्यो भने रु १० हजार छ भने त्यसको मूल्य रु २५–३० हजार भइहाल्छ ।”

जानकी गाउँपालिका–६ कपासीबाट भेडा जुधाउन आएका सर्नाम खाँले यो खेल सौखका लागि हुने गरेको बताए । “भेडा लडाउने हाम्रो सौख हो, पाल्ने, लडाउने हारेपछि बुच्चडलाई दिने”, खाँले भने, “लडाकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।”

उनका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडा गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु ३० हजार पर्छ ।

भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरेको जानकी–४ का भेडापालक किसान दौलतप्रसाद यादवले बताए ।

मेलामा भेडापालक किसान स्वस्फूर्त रूपमा भेडा जुधाउन आउने गरेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक टीकाराम यादवको भनाइ छ । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उनले बताए ।

जानकी गाउँपालिका–५ स्थित गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम यादवले प्रत्येक वर्ष आउने गरेको बताए ।

गुरुवागाउँका ९५ वर्षीय भगौतिप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताए । “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैन्थ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन्”, उनले भने । भेडा जुधाइ शनिबारसम्म चल्नेछ ।

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपिएलका टोलीले १० लाख पुरस्कार दिने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

शुक्रबार संयुक्त रूपमा एनपिएलमा आबद्ध टोलीहरूले नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

नेपाली यु–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।

यु–१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । त्यसअघि नेपालले यु–१९ एसिया कप खेल्नेछ । आगामी मङ्सिर ३० गतेदेखि मलेसियामा हुने एसिसी यु–१९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

एकैदिन भक्तपुरका ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान

भक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार एकैदिन ८३ जना शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको छ।

शुक्रबार नेशनल प्याब्सन भक्तपुरको डोलेश्वरमा आयोजित नवौँ वार्षिक साधारणसभामा संस्थामा आबद्ध जिल्लाका विभिन्न विद्यालयमा विगत १० वर्षदेखि अनवरत रूपमा सेवा गरेका शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको हो।

साधारणसभाको उद्घाटन सत्रमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले ८३ जना शिक्षक–शिक्षिकालाई दोसल्ला ओढाएर दीर्घसेवा सम्मान वितरण गरे। कार्यक्रममा मन्त्री थापाले शिक्षासँग स्वास्थ्यलाई पनि जोडेर लैजानुपर्नेमा जोड दिँदै शिक्षक तथा विद्यार्थीलाई स्वस्थ राख्न विद्यालयले स्वास्थ्य शिविरलगायत कार्यक्रम विद्यालयमै गर्नुपर्ने औँल्याए।

उनले भने, “प्रत्येक विद्यालयले वर्षमा कम्तीमा पनि एउटा स्वास्थ्य शिविरको आयोजना गर्नस्, विद्यार्थीलाई स्वस्थ राख्नुस्, त्यसका लागि प्राविधिक सहयोग हामी गर्छौँ, भक्तपुर अस्पताल, सूर्यविनायक नगर अस्पतालबाट सेवा प्रवाह गर्छौँ, प्रत्येक विद्यालयमा यो अभियान चलाउनुस्।”

अब भक्तपुरका जनताले सस्तो र सहज रूपमा सिटिस्क्यान सेवा पाउने उल्लेख गर्दै उनले प्रदेश सरकारले १९ करोडको लागतमा सिटीस्क्यान मेसिन भक्तपुर अस्पतालमा जडान गर्न बोलपत्र आह्वान गरिसकेको बताए।

भक्तपुर अस्पतालमा सिटिस्क्यान मेसिन राख्न ठाउँ अभाव भइरहेको अवस्थामा भक्तपुर नगरपालिकाले अस्पतालले एक सय वर्ष अगाडिदेखि भोगचलन गर्दै आएको जमिनमा सटर हाल्ने योजना अगाडि बढाएको बताए।

भक्तपुरका जनताले सेवा पाउने विषयमा भक्तपुर नगरपालिकाले सहयोग गर्नुपर्नेमा उल्टै पूर्वाधार भत्काएर आफ्नै संचरना बनाउन खोजेको भन्दै उनले जनताप्रति स्थानीय सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले भक्तपुर नगरपलिकाद्वारा सञ्चालिन ख्वपः अस्पतालाई पनि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सिटिस्क्यान मेसिन राख्न बजेटको व्यवस्था गरेको बताए।

कार्यक्रममा एन प्याब्सन केन्द्रीय समितिका सहकोषाध्यक्ष विक्रम धुकुछु, केन्द्रीय पदाधिकारी जिबी खड्कालगायतले शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सम्मानले प्रेरणा प्रदान गर्ने बताए।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं कार्यक्रम सभापति सञ्जय खड्काले एउटै विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षक शिक्षिकालाई यस वर्षदेखि सुरु भएको सम्मान अब हरेक वर्ष सञ्चालन गर्ने बताए।

उनले नेशनल प्याब्सन भक्तपुरकै नेतृत्वमा निजी क्षेत्रको सहयोगमा यस संस्थाअन्तर्गत रहेका विद्यालयका शिक्षक शिक्षिकादेखि विद्यार्थीसम्मलाई एक लाखको निःशुल्क दुर्घटना बीमाको व्यवस्था गरेको बताए।

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आगामी मङ्सिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् । मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

मङ्सिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

यसैबीच आयोगले सहसचिव नीता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आयोगको आजको निर्णयानुसार अर्याललाई प्रवक्ता तोकिएको सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

आत्मसमीक्षा गर्दै इमान्दारितापूर्वक अगाडि बढ्छौंः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘इतिहासले जसलाई मिल्न भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तिनीहरूसँग मिल्न हुँदैन ।’

शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उनको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस गरेको उल्लेख गरे । ठूलो सङ्घर्षबाट ल्याएको व्यवस्थाको आफूलाई चिन्ता लागेको उनको भनाइ थियो ।

विचार, राजनीति, लोकतन्त्रबारे विगतमा हुने गरेको बहस तथा प्रभाव उच्चस्तरको रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा, स्वार्थ प्रेरित हुँदै गरेको आभास भएको बताए ।

देशको राजनीतिक र जनताको अवस्थाको चित्रण गर्दा आक्रोश, आवेग, पलायनजस्ता प्रवृत्ति हाबी भएको तथा देश र जनताका लागि कतिबेला केकति आवश्यकता हो भन्नेबारेमा पनि मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले वामपन्थ र लोकतन्त्रको मान्यतालाई समायोजित गरेर देशलाई अगाडि बढाउने उद्देश्यका साथ संविधान जारी भएको स्मरण गरे ।

जनतामा फैलिएको अराजकतामा टेकेर देशलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल नहोस् भन्नेतर्फ पनि उत्तिकै सचेत हुनुपर्ने उनको भनाइ छ । पार्टीको केन्द्रीय सल्लाहकार र प्राध्यापक सङ्घको अध्यक्षका रूपमा हेर्दा ‘अखिल सर’ निष्ठावान कार्यकर्ताका रूपमा चिनेको स्मरण गरे ।

एनपिएल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि नेपाल क्रिकेट संघ –क्यान)ले सिद्धार्थ बैंकसँग प्रायोजक सम्झौता भएको छ । क्यानले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ५ वर्षका लागि सिद्धार्थ बैंकसँग सम्झौता गरेको हो ।

अब प्रतियोगिताको नाम सिद्धार्थ बैंक एनपिएल हुने छ । यसैगरी एनपिएलका खेलहरु स्टार स्पोर्टस नेटवर्कमार्फत प्रत्यक्ष प्रशारण हुने भएका छन् । Hometogel

बोर्डकास्टिङका लागि पनि शुक्रबार नै क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको छ । नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि सुरु हुँदैछ ।

हेलो रोबोट! तिम्रो नाम के हो ?

मधु शाही, काठमाडौं ।

हेलो रोबोट!
तिम्रो नाम के हो?

न्युटन स्कुलका रिपेक्स कार्कीले रोबोटको छेउमा पुगरे जिस्कँदै उसको नाम सोधे। मानव आकृतिको रोबोटले आफ्नै परिचय दिँदै गयो। कार्कीले सुनेर रमाइलो मान्दै अरु थप जिज्ञासा राख्न थाले। यतिबेला बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डमा भइरहेको ‘स्टार्टप एण्ड आइडिया फेस्ट–२०२४’ मा रोबोटसँग भलाकुसारी गर्न पाउँदा युवाहरूको आकर्षण बढेको छ।

खासगरी विद्यार्थीहरूले रोबोटको रमाइलो खेलसँगै ज्ञान आर्जन गर्ने अवसर पाएका छन्। लिभिङ विथ आइसिटीले आयोजना गरेको फेस्टमा रोवटिक्स एकेडेमी अफ नेपालद्वारा निर्मित पाँच वटा रोबोट प्रदर्शनमा राखिएका छन्। भोटिङ सिस्टम रोबोट तीनवटा राखिएका छन् भने ‘इन्फ्रमेसन डिस्प्ले’ रोबोट, ‘टकिङ एसिस्टेन्स’ रोबोट छन्।

सबैभन्दा आकर्षणको केन्द्र टकिङ एसिस्टेन्स रोबोट रहेको छ। जुन भाषामा जे प्रश्न सोध्यो उही उत्तर दिनसक्ने सफ्टवेयर जडान भएकाले यसलाई टकिङ एसिस्टेन्स रोबोट नामकरण गरिएको रोवटिक्स एकाडेमी अफ नेपालका रोवटिक्स इन्जिनियर अविरल भण्डारीले बताए। करिब चार महिना लगाएर टकिङ एसिस्टेन्स रोबोट निर्माण गरिएको भण्डारीले जानकारी दिए।

‘पछिल्ल्लो समय मान्छे एक्लो भइरहेको छ। आइपरेका समस्यालाई सुल्झाउन साथी खोज्नुपर्ने झण्झट छँदैछ। व्यस्त समयमा मानिसले एकअर्कालाई समय दिन नपाउँदा मानिस एक्लो बन्दै गएको छ’, उनले भने।

समयको सदुपयोगलाई ध्यानमा राखेर सहज रूपमा सहकार्य गर्ने र कुराकानी गर्ने रोबोट निर्माण गरिएको इन्जिनियर भण्डारीले सुनाए। मानवीय एक्लोपन हटाउन यो रोबोटले धेरै हदसम्म सहयोग गर्ने उनको भनाइ छ।

‘टकिङ रोबोटमा जे प्रश्न जुन भाषामा सोध्यो त्यही उत्तर दिने सहजता छ। साथै यसमा कार्ड स्क्यानरदेखि किनमेलका सामग्रीको जानकारीसमेत पाउन सकिने प्रणाली जडान गरिएको छ’, उनले भने, ‘एउटै रोबोटले कुराकानी गर्ने, सूचना दिनेदेखि किनमेलमा सघाउँछ। यसले समयको पनि बचत गर्ने विश्वास लिएका छौँ।’

रोबोट एकेडेमी अफ नेपालका एआई इन्जिनियर तेजस कट्वालले घरायसी प्रयोजन (हाउस होल्ड) का लागि बनाइएका रोबोट बढी लोकप्रिय हुँदै गएका बताए।

‘खाना पकाउनेदेखि खुवाउनेसम्मका प्रक्रियामा रोबोट सहयोगी छन्। कोभिड महामारी जस्तो स्वास्थ्य सङ्कटका बेलामा रोबोटलाई ज्वरो मापन गर्ने यन्त्रका रूपमा प्रयोगमा ल्याउँदा सहज भएको थियो’, उनले भने। एकाडेमी स्वास्थ्यमा सेवा पुर्‍याउने किसिमका नर्स रोबोट बनाउने योजनामा रहेको उनले जानकारी दिए।

कक्षा ८ का विद्यार्थी निसान थापामगर रोबोट मेसिनले मानवीय जीवनमा पुर्याउने सहजता देखेर उत्साहित देखिनथे। भविष्यमा इन्जिनियर बन्ने सपना बोकेका उनले रोबोट निर्माण गर्न आइटी ज्ञान प्रशस्त हुनुपर्ने जानकारी लिएका थिए।

कार्यक्रममा रोबोट मात्रै नभई मानवीय जीवन व्यवस्थित बनाउने खालका थुप्रै सिर्जनात्मक सीपमूलक उत्पादन प्रदर्शन गरिएका छन्। धुम्रबराह माध्यमिक विद्यालयकी कक्षा ९ की विद्यार्थी निरुता मगरले वातावरण प्रदूषण न्यूनीकरण गर्न बायोग्यास उत्पादन गर्ने तरिका नमुनाका रूपमा प्रस्तुत गगरेकी छन्। Ziatogel

‘बायोग्यासले पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा निकै फाइदा पुग्छ’, उनले भनिन्, ‘यसको महत्व हामीले पहिला बुझ्न सकेनौँ। त्यही बुझाउन नमुना (डेमो) देखाएका छौँ।’

मगरको प्रस्तुतिमा बायोग्यास प्रयोग गर्न सके वायु प्रदूषण रोकिने, वनजङ्गलको संरक्षण हुने र राज्यको अर्थतन्त्रमासमेत सुधार आउने आधार झल्किन्छन्।

बायोग्यासका थुप्रै फाइदा हुँदाहुँदै पनि प्रयोग नभएकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘राम्रो कामको सुरुआत हामी युवाले नै गर्नुपर्छ भन्ने लागेर नमुना प्रस्तुत गरेकी हुँ।’

आइटीसम्बन्धी सिर्जनात्मक ज्ञान आर्जन गराउने उद्देश्यले फेस्ट कार्यक्रम आयोजना गरिएको लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बताए। कार्यक्रमले यसवा तथा विद्यार्थीलाई सकारात्मक सन्देश दिने अपेक्षा लिइएको उनले उल्लेख गरे। 

विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कानुन निर्माणलाई तीव्रता दिन विधायकी चरणलाई समय सीमाभित्र बाँध्न प्रस्ताव गरेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा  ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा गृहमन्त्री लेखकले विधायकी चरणलाई समयको सीमाभित्र नबाँधे विधेयकहरु समयमै निष्कर्षमा पुग्न नसक्ने बताए ।

‘विधि निर्माण अत्यन्त कमजोर भएको छ, धेरै सुस्त भएको छ । पाँच वर्षको प्रतिनिधिसभाको कार्याकालमा हामीले बनाउने सम्पूर्ण कानुनको हिसाब निकाल्दा सुखद तथ्याङ्क देखिनेवाला छैन’, गृहमन्त्री लेखकले भने, ‘विधेयक दर्ता भएपछि अनुमति माग्ने, सैद्धान्तिक छलफल गरी समितिमा पठाउने र समितिबाट प्रतिवेदनसहित आइसक्नुपर्ने चरणलाई समयबद्ध गरौँ । यदि तोकिएका दिनभित्र विधेयक नआएको खण्डमा मुलरुपमै अघि बढ्ने व्यवस्था गरौँ ।’

सरकारले आवश्यक विधेयक समयमै सदनमा पुर्याउन र सदनमा पुगेका विधेयक कानुनका रुपमा निष्कर्षमा पुग्न ढिला भएको गृहमन्त्री लेखकको भनाइ थियो । विसं २०७६ मा दर्ता भएको अख्तियारसम्बन्धी विधेयकमाथि २०८१ सालमा छलफल गरिनु लज्जाजनक विषय भएको उल्लेख गर्दै उनले यसबारेमा जनतालाई जवाफ दिन पर्छ कि पर्दैन् भनेर उनले प्रश्न गरे ।

विधायकी चरणलाई समयमा बाध्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली संशोधन गरेमात्रै पुग्ने गृहमन्त्री लेखकको भनाइ थियो ।

‘सङ्घीयता कार्यान्वयनसँग जोडिएको निजामती सेवा विधेयक, भ्रष्टाचार निवारणसम्बन्धी विधेयक यसै समितिमा विचाराधीन छ’, उनले भने, ‘गृहमन्त्री भएपछि पछिल्लो चार महिनादेखि लगातार समितिको बैठकमा आइरहेको छु, तर महत्वपूर्ण विधेयक अझै अगाडि बढेका छैनन् ।’ उनले विधायनको कामलाई समयसीमा भित्र नबाँधेसम्म विधेयक बन्ने कुरा अप्ठ्यारो रहेको बताए ।

प्रस्तुत विधेयकमा नीतिगत निर्णयका सम्बन्धमा प्रष्ट पार्न आवश्यक रहेको औँल्याउँदै गृहमन्त्री लेखकले विषयविज्ञसँग थप छलफल गर्न आग्रह गरे ।

‘नीतिगत निर्णय धेरै लामो समयदेखि छलफल भइरहेको छ, नीतिगत निर्णय भनेको के हो ? यसका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचलन के छन् हेरौँ’, उनले भने, ‘नीतिगत निर्णयसम्बन्धी अध्ययन गरेका विज्ञसँग राय लिएर ठोस निष्कर्षमा पुगौँ ।’

‘अख्तियारका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गरौँ’

बैठकमा उक्त विधेयकमाथिको संशोधनकर्ता सांसद हेमराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहज ढङ्गबाट काम गर्न दिन कर्मचारीको दरबन्दी सिर्जना गर्ने र नियुक्ति गर्ने अधिकार दिनुपर्ने बताए ।

आयोगले वर्षभरीमा कुल उजुरीको ६० प्रतिशत ‘केस’ मात्रै मुस्किलले फछ्र्योट गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले योग्य कर्मचारीको अभावमा काम हुन नसकेको दाबी गरे। Udintogel

सांसद सुमना श्रेष्ठले भ्रष्टाचार निवारणका लागि अख्तियारको सबलीकरण अनिवार्य सर्त रहेको उल्लेख गर्दै कार्यकारी निकायको निर्णयमाथि छानबिन गरी कारबाही गर्ने निकायका रुपमा रहेको अख्तियारको बजेट बनाउने जिम्मा संसदलाई दिइनुपर्ने बताइन् ।

नीतिगत निर्णयका नाममा व्यापक मात्रामा भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै उनले नीतिगत निर्णयको परिभाषामा थप स्पष्टता आवश्यक छ भनिन् ।

सांसद विश्वप्रकाश शर्माले अख्तियारको प्रमुख आयुक्त र आयुक्त खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने बारेमा वहस गर्नुपर्नेमा जोड दिए ।

सांसद प्रेमबहादुर महर्जनले भ्रष्टाचार निवारणका लागि आमनागरिकमा सचेतना फैलाउनुपर्नेमा जोड दिँदै जनगुनासालाई सम्बोधन गर्न सरकार र आयोग गम्भीर बन्नुपर्ने बताए ।

यी हुन् कोशी र गण्डकी प्रदेशका स्थानीय तह उपनिर्वाचनका कांग्रेस उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कोशी र गण्डकी प्रदेशका उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले भीमकुमार लक्सम्वालाई ताप्लेजुङको सिरिजंगा गाउँपालिका, वडा नम्बर ३ को वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

त्यस्तै रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नम्बर ६को वडा अध्यक्ष, वलराम सरदार मोरङ, ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । Yoktogel

त्यस्तै भाइकाजी आलेलाई गोरखाको गोरखा नगरपालिका, वडा नम्बर ५ को वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

उर्जाराज्यमन्त्री तामाङमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता तथा उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)का विषयमा संसदीय समितिमा प्रश्न उठाएका छन् ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले तामाङको कान्छाराम/एनबी कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा परेको विषयमा प्रश्न उठाएका हुन् ।

बैठकमा महामन्त्री शर्माले राज्यमन्त्री तामाङलाई यस विषयमा स्पष्ट पार्न आग्रह गर्दै समितिको ध्यान जानुपर्ने बताएका थिए । जवाफमा राज्यमन्त्री तामाङले आफूले सांसद हुनुभन्दा केही समयअघि नै कन्स्ट्रक्सन छाडिसकेको दाबी गरे ।

उनले भने, ‘मैले दुई–पाँच वर्षअघि नै कन्स्ट्रक्सन छाडेको हुँ । कानुनले रोक्ने गरी बस्दिनँ, सबै छाडिसकेँ ।’

त्यस्तै बैठकमा एमाले सांसद रुघुजी पन्तले पनि तामाङको कम्पनीले काम नगरेको, बीचैमा छाडेकोलगायतका प्रश्न गरेका थिए । यसमा पनि राज्यमन्त्री तामाङले तलमाथि गरे कानुनबमोजिम जरिवाना तिर्न तयार रहेको बताए ।

उनले आफूहरुले करोडौं धरौटी राखेकाले राज्यले त्यसलाई राज्यले जफत गर्न सक्ने बताए । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले राज्यमन्त्री तामाङको कन्स्ट्रक्सन कम्पनीलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखेको छ । मन्त्रीकै कम्पनी कालोसूचीमा परेको र उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठ्दै आएको छ ।

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु । रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा परेका हुन् । रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुसार केही दिनअघि सबै हवाइजहाज पूर्वी क्षेत्रतर्फ पर्यटक ल्याउन व्यस्त भएका कारण रारा विमानस्थलका उडान प्रभावित भएका छन् ।

कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई सहज र सुरक्षित मान्ने गर्दछन् । विकल्पका रूपमा मात्र सतही मार्ग रोज्ने मुगुका नागरिक कर्णाली राजमार्गमा धेरैपटक दुर्घटना भइसकेकाले गाडीको यात्रा सुरक्षित नभएका कारण बाध्यताले मात्र यात्रा गर्ने गर्दछन् ।

जिल्लावासीका लागि हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ । स्थानीयवासीहरूले हवाई कम्पनीलाई रारा विमानस्थलमा नियमित उडान सञ्चालन गर्न आग्रह गरेका छन् ।

मुगु पर्यटकीय जिल्ला भएकाले दैनिकजसो उडान विगतमा भइरहने भए पनि पछिल्लो समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थीलगायत अन्य समस्यामा परेका छन् । सबै जहाजहरूले रारामा हप्तामा एउटा दुईवटा उडान भर्दै आएका छन् ।

नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने प्रायः पर्यटक स्थलमार्गबाट रारा पुग्ने र केही दिन रारा क्षेत्रमा घुमेर हवाइमार्गबाट फर्कने गर्दै आएका थिए । नियमित उडान नहुँदा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन् । 

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ अभियानमा दुई सय ३६ को उद्धार

काठमाडौँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ । उद्धार हुनेहरुमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानवसेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

उद्धार गरिएकाहरुमा कोसी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कूल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कूल आठ जना रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक समुद्घाटन गरेको थियो भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मङ्सिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा समापन हुने जनाइएको छ । उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा सहभागी भएका थिए ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता रहेको थियो । ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरोको थियो ।

यसअघि पनि आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ । यस आश्रमले स्वयं आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानवहरू) हालसम्म १० हजार सात सय ६४ जनाको उद्धार गरिसकेको छ । तीमध्ये चार हजार दुई सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनःस्थापना गरिसकेको छ । त्यस्तै आठ सय ७७ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ ।

मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका एक हजार नौ सय छ जना संस्थाको २५ वटा सेवा केन्द्रहरुमा आश्रित गराई स्वास्थ्य सेवा दिलाइरहेको छ भने हालै उद्धार गरिएका दुई सय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ वटा सेवाकेन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको आश्रमले जनाएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ तेस्रो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न भएको र यसले मानवताको प्रवद्र्धनको अभियानलाई संस्थागत गर्न सहयोग पुग्ने फाउण्डेशनकी अध्यक्ष डोल्मा बताउँछन् ।

सरकारले आव २०८१र८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प गरिनुले यस संस्थाको लक्ष्य २०८२ घोषणाको लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारी बताउँछन् ।

विसं २०६९ मा मकवानपुर, हेटौँडामा औपचारिक रूपमा स्थापना भएको मानवसेवा आश्रमले सातवटै प्रदेशका १९ जिल्लाका २५ सेवा केन्द्रहरुमार्फत बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथहरुको उद्दार गरी उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । 

हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन हुन अझै डेढ महिना लाग्ने

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ ।

बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई नियमित सञ्चालन गर्नेसम्बन्धमा प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आर्थिक अवस्थाका बारेमा जानकारी गराएको बताए । उनले उद्योगमा आइपरेको आर्थिक सङ्कट उत्पादन रोकिएको भन्दै वैकिल्पक आर्थिक स्रोत जुटाएर कच्चापदार्थ, कोइला आपूर्ति गरी सञ्चालन गरिने बताए ।

महाप्रबन्धक पाण्डेले उद्योगमा रहेका प्राविधिक जनशक्तिबाट विभिन्न उपकरणको ममर्तसम्भार गर्ने र आवश्यकताअनुसार नयाँ उपकरण जडान गरी सिमेन्टको उत्पादन गर्ने दृढता व्यक्त गरे । उनले हाल उद्योगमा करिब आठ सय उत्पादित बोरा सिमेन्ट जगेडा रहेको भन्दै सो सिमेन्टलाई काठमाडौँसहित विभिन्न जिल्लाका डिलरमार्फत खपतको प्रयास भइरहेको जानकारी दिए ।

अहिले उद्योगमा करिब नौ सय मेट्रिकटन कोइला भण्डारणमा जगेडा राखिएको जनाउँदै महाप्रबन्धक पाण्डेले बाँकी अपुग पाँच हजार मेट्रिकटन कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको बताए ।

करिब चार दशक पुरानो उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन नसकिपछि उद्योग बन्द हुने अवस्थामा आएकाले सङ्घीय सरकारसँग आर्थिक अनुदान उपलब्ध गराउनुपर्ने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले आग्रह गरे ।

विसं २०३३ मा हेटौंडाको लामसुरेमा सरकारले हेटौंडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । उद्योगलाई तत्कालीन सरकारले १ अर्ब ५० करोड रकम उपलब्ध गराइएको थियो । उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गरी विभिन्न सहरमा आपूर्ति गर्दै आएको छ ।

गौशालाका अतिक्रमित संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको अतिक्रमित संरचना हटाउन गौशालामा डोजर चलाएको छ । गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन शुक्रबार महानगरले डोजर चलाएको हो । Wdbos

त्यसक्रममा केहीबेर तनावसमेत भएको थियो । स्थानीयले डोजर चलाउन अवरोध गर्न खोजेपछि तनाव भएको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका संरचना हटाउन डोजर चलाइएको नगर प्रहरीले जनाएको छ ।

प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ

पाल्पा । पाल्पाको रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार भन्दाबढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन्।

रामपुर नगरपालिका–३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोरको सडक छेउमा दुवाडीको घर छ । करिब एक रोपनी जग्गा प्याजका बिरुवा उत्पादन गर्न छुट्याएको उनले बताए । लामो समयदेखि निरन्तर रूपमा नर्सरी तयार गरी प्याजका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको उनको भनाइ छ । उहाँका अनुसार बिरुवा बिक्री गरेर एक सिजनमा एक लाख ५० हजारबढी आम्दानी हुन्छ ।

“बिरुवा उत्पादन गर्न धेरै समय नलाग्ने, कम लगानीमा मनग्ये आम्दानी लिन सकिन्छ”, दुवाडीले भन्े, “स्थानीय तथा बाहिरबाट आउने व्यापारीले यहाँबाट बिरुवा खरिद गरी लैजानुहुन्छ ।” प्याज खरिद गर्न आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडालगायत बिरुवा खोज्ने भएकाले यी बिरुवा पनि उत्पादन थालेको उनले जानकारी दिए ।

दुवाडीका अनुसार प्याज एक रुपैयाँको तीनवटा, काउली पाँच रुपैयाँको एउटा, हाइब्रिड बन्दा पाँच रुपैयाँको एउटा, स्थानीय बन्दा पाँच रुपैयाँको दुईवटा, ब्रोकाउली १० रुपैयाँको एउटा बिक्री भइरहेको छ ।

“प्याजका बिरुवा उत्पादनलाई प्रमुख व्यवसाय बनाएको छु । यहाँ आउने ग्राहकको सजिलोका लागि अन्य तरकारीका बिरुवा पनि उमार्ने गरेको हुँ”, उनले भने, “एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सहज भएको छ ।”

आफूले रोप्न बिरुवा खरिद गर्दा रोजेर लैजान नदिएपछि अर्को वर्षदेखि आफैँले उत्पादन थालेको दुवाडीले बताए । आधाकिलो प्याजको बिउबाट व्यवसाय सुरु गरेको भन्दै बिरुवा उत्पादन राम्रो हँुदै गएपछि क्षेत्रफल पनि बढाउँदै लगेको उनले उल्लेख गरे ।

यहाँ उत्पादित बिरुवा काठमाडौँ, पोखरा, नारायणगढ, तानसेन, बुटवल, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न स्थानमा खपत हुने गरेको छ । यसवर्ष एक लाख ५० हजार बढीको आम्दानी हुने अनुमान गरिएको उनकी श्रीमती मतिकला दुवाडीले बताइन् । बिरुवा उखेल्ने र बिक्री गर्ने काममा श्रीमानश्रीमती दिनभर खटेर काम गर्छन् ।

यात्रुले गाडी रोकेर बिरुवा खरिद गर्नाले उहाँहरूलाई उखेलेर बेच्न भ्याइनभ्याइ हुने मतिकलाले बताइन् । “यात्रुले हरियाली बिरुवा देखेपछि गाडी रोकेर लैजाने गर्नुहुन्छ । हामीले तयारी बनाएर राखिदिने गरेका छौँ”, उनले खुसी हुँदै भनिन् ।

रामपुर–६ स्थित प्याक्लुक बस्ने राधिका बस्यालले पनि करिब एक रोपनी जग्गामा नर्सरी तयार पारेर बिरुवा उत्पादन गर्छिन् । प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले एक सिजनमा एक लाखबढी आम्दानी हुने गरेको उनले जानकारी दिइन् । तरकारी खेतीको तुलनामा छोटो समयमा बढी आम्दानी हुने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको अनुभव छ ।

पछिल्लो समय घरायसी प्रयोजनका लागि घर–घरमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडालगायत बिरुवा लगाउने चलन बढेकाले बजारीकरणको समस्या नभएको बस्यालले बताइन् ।

छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बिरुवा उत्पादनमा किसानको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई शाखाबाट प्राविधिक तथा तालिमलगायतमा सहयोग गरिने उनको भनाइ छ ।

आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रमुख उप प्रवक्ता वेदान्त पटेलले आप्रवासनको सवाललाई सम्बोधन गर्दै आप्रवासी भिसा पर्खिरहेका भारतीय अमेरिकीहरूका लागि यस सवालको महत्त्व स्वीकार गरे ।

विश्वभरका धेरै मानिसहरूका लागि आगन्तुक भिसा वा औपचारिक कानुनी आप्रवासन च्यानल सवैलाई गम्भीरताका साथ लिई काम जारी राख्ने र आप्रवासनका प्रक्रियाहरू सुधार गर्न सक्ने तरिकाहरू खोज्ने पटेलले बताए ।

केही हप्ताअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र वाणिज्यमन्त्री जिना राइमोन्डोले पर्यटक भिसा प्रशोधन प्रक्रियालाई सुव्यवस्थित बनाउने तरिकाहरूबारे स्पष्ट पारेका थिए ।

भारत–अमेरिका सम्बन्धको प्रशंसा गर्दै विश्व क्षेत्रीय स्थिरतालगायतका कुरामा भारत महत्त्वपूर्ण साझेदार बनेको तथा राष्ट्रपति बाइडेनको कार्यकालमा सम्बन्ध थप सक्षम भएकोमा पटेलले आभार प्रकट गरे ।

सन् २०२४ को अमेरिकी चुनावमा आप्रवासन चुनावी अभियानको महत्त्वपूर्ण हिस्सा थियो । भने ट्रम्पको चुनावी अभियानको आधारशिला रहेको सिएनएनले जनाएको छ ।

ट्रम्पले कागजात विहीन आप्रवासीहरूलाई हटाउनमा ध्यान केन्द्रित गरेको विश्वसनीय स्रोतलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार

बेइजिङ । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम) ले यस वर्षको छनौटमा चीनका सातवटा गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’ का रूपमा सम्मान तथा पुरस्कृत गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

बेइजिङको स्थानीय समयअनुसार शुक्रबार कोलम्बियाको कार्टाजेनामा आयोजित राष्ट्रसङ्घीय पर्यटन बैठकमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।

पुरस्कृत हुनेमा युन्नानको आझेके, फुजियानको गुआन्याङ, हुनानको शिबाडोङ, सिचुआनको ताओपिङ गाउँ, अनहुईको सियाओगाङ गाउँ, झेजियाङको जिटोउ र सान्डोङको यान्दुन्जियाओ रहेका छन् ।

चीनको ग्रामीण पर्यटन विकासमा उल्लेखनीय भुमिका खेलेका पूर्वी, मध्य र पश्चिमी क्षेत्रहरूमा फैलिएका गाउँहरू भूगोल, संस्कृति र विकास नमूनाको सन्दर्भमा प्रतिनिधिमुलक गाउँहरू हुन् ।

उदाहरणका लागि, युनेस्कोको विश्व सम्पदा स्थल होङ्गे हानी राइस टेरेसको मध्य विन्दुमा अवस्थित युन्नानको अझेक गाउँले पर्यटन विकासका लागि उल्लेखनिय कार्य गरेको जनाइएको छ । यस गाउँका बासिन्दाहरूले सामूहिक सहभागिता र साझा समृद्धिको मोडेल सिर्जना गर्दै घर र परम्परागत जीवनशैलीजस्ता स्रोतमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गरेका छन् ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न, राष्ट्रसङ्घीय पर्यटनले सन् २०२१ मा सर्वश्रेष्ठ पर्यटन गाउँ परियोजना सुरु गर्यो जसले ग्रामीण क्षेत्रको पोषण र सांस्कृतिक विविधता, स्थानीय मूल्य र परम्पराको संरक्षणमा अग्रणी रहेका विश्वका गाउँलाई मान्यता दिन्छ ।

जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी

टोकियो । जापानका प्रधानमन्त्री सिगेरू इसिबाले विश्वको चौथो ठुलो अर्थतन्त्रका रूपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ।

जापानमा दशकौँयताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ।

मन्त्रिपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बिचमा देशको वृद्धिदर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ।

तथ्यांकले बजारको अपेक्षा पूरा गरेको भए पनि अघिल्लो तीन महिनामा संशोधित ०.५ प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा जिडिपी ०.९ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित २.२ प्रतिशतको तुलनामा निकै कम हो। Dingdongtogel

मुख्य क्याबिनेट सचिव योसिमासा हयासीले दशकौँसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’को अपेक्षा सरकारले गरेको बताएका छन्।

‘हाम्रो देश एक महत्त्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा संक्रमण गर्न लागेको छ,’ उनले पत्रकारसँगको नियमित भेटमा भने, ‘यसलाई साकार पार्न हामी सबै सम्भावित आर्थिक र वित्तीय नीतिहरू लागू गर्नेछौँ, जसमा हाल विचाराधीन प्याकेज पनि समावेश छ।’

गत महिना सत्तारूढ गठबन्धनलाई १५ वर्षयताकै सबैभन्दा खराब परिणाम दिएको आमनिर्वाचनमा नेतृत्व गरे पनि इसिबाले सोमबार संसदीय मतदानमा विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। सरकारले सन् २०३० सम्ममा १० ट्रिलियन येन (६४ अर्ब अमेरिकी डलर)भन्दा बढीको साथ एआई र सेमिकन्डक्टर क्षेत्रलाई समर्थन गर्ने योजना सार्वजनिक गरेका छन्।

उनले यसै महिना नयाँ प्रोत्साहन प्याकेजका लागि पूरक बजेटको मस्यौदा पारित गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरेका छन्। यसमा कम आय भएका परिवार र परिवारका सदस्यका लागि नगद हस्तान्तरणसमेतको योजना समावेश गरिएको छ।

आन्तरिक परीक्षण स्क्यान्डलसँग सम्बन्धित व्यवधानपछि उत्पादन पुनः सुरु भएपछि कारहरूमा उच्च खर्चले त्रैमासिक अवधिमा उत्पादन बढाउन मद्दत पुर्‍याएको विश्लेषकहरूले बताएका छन्। तलब वृद्धि र अस्थायी आयकर कटौती पनि सकारात्मक कारक मानिएका छन्।

यो वर्ष आएको ७.१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि जारी गरिएको ‘महाभूकम्प’ चेतावनी र शानशान नाम दिइएको चक्रवातले आर्थिक वृद्धिलाई सुस्त बनाएको छ। अगस्तको अन्त्यमा शानशानको अवतरणपछि औद्योगिक उत्पादनमा पनि असर परेको थियो, जसले गर्दा जापानलाई रेल र उडान सेवाहरू रद्द गर्न बाध्य पारेको थियो।

सोही महिनाको सुरुमा मौसम एजेन्सीले पहिलोपटक नयाँ चेतावनी प्रणालीअन्तर्गत जारी गरेको महाभूकम्प चेतावनीले ‘पर्यटनको मागमा कमी आएको’ बताएको थियो। यसले उपभोक्ताहरूलाई आपतकालीन आपूर्तिको स्टक गर्न उत्प्रेरित गरेको थियो, जसले सुपरमार्केटहरूमा चामलको अभाव निम्त्याएको थियो। हजारौँले सप्ताहव्यापी परामर्शको समयमा बिदाहरू रद्द गरे।

‘तेस्रो त्रैमासिकमा अर्थतन्त्रले गति गुमाएको छ र हामीलाई लाग्छ कि आगामी त्रैमासिकमा जिडिपी वृद्धि लक्ष्यको वरिपरि रहनेछ,’ क्यापिटल इकोनोमिक्सका एसिया–प्यासिफिक प्रमुख मार्सेल थिलियान्टले भने, ‘यद्यपि, बैंक अफ जापान उपभोक्ता खर्चको शक्तिबाट प्रोत्साहित हुनेछ र अर्को महिना हुने बैंकको बैठकमा दर वृद्धिको साथ अगाडि बढ्ने अपेक्षा अझै पनि गर्न सकिन्छ।’

दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुनेछ : उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरुबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने विश्वास व्यक्त गरे ।

उनले सातबुँदे सहमतिबाट बनेको वर्तमान सरकारले थोरै समयमा धेरै उल्लेखनीय काम गरेको चर्चा गर्दै सरकारले जनताको चाहनाअनुसार काम गरिरहेको बताए ।

बजेट पारित भइसकेपछि बनेको वर्तमान सरकार एउटा परिधिभित्र बसेर काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले दोस्रो संविधानसभा पछि जारी भएको वर्तमान संविधानको संशोधन संसद्ले गर्ने र कुनकुन विषयमा संशोधन हुने छलफल भइरहेको बताए ।

“प्रदेशले संविधानमा व्यवस्था भएबमोजिम अधिकार पाउँछ”। उनले भने । अपचलन र ठगी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सरकार विधिको शासनको पक्षधर हो स्पष्ट पारे । बङ्गलादेशलाई बिजुली बेच्ने सरकारको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो ।

पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस सांसद बजगाईंविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध गलत प्रचार गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् ।

मन्त्री पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दिएको उनको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको मन्त्री पाण्डेले दिएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान तथा निष्ठामा धावा बोल्नेगरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यस्ता अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ ।’

सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै गत मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । मन्त्री पाण्डेले आफ्नो चरित्रमा आँच पुगेको भन्दै यसबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न उजुरी दिएका हुन् ।

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो ।

प्रितिकाले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि एक जनाबाट रुदुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि एक/एक जनाबाट एक/एक लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ माझिटारमा ६ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो ।

हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले विसं २०७३ मङ्सिरमा काम सुरु गर्दा दश हजार मेट्रिकटन क्षमतामा निर्माणको योजना थालिएको भन्दै सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर छ हजार मेट्रिकटन बनाइएको जानकारी दिए ।

हाल जिल्लामा सञ्चालित पाँच हजार मेट्रिकटन क्षमताका दुईवटा शीतभण्डार रहेकामा अहिले निर्माण भएको जिल्लाकै ठूलो रहेको गजुरेलको भनाइ छ । यहाँ उत्पादित आलु, तरकारी, फलफूललगायत सामग्री राख्न विगतमा ठाउँ अभावले चुनौती भइरहेकामा नयाँ निर्माण भएको शीतभण्डारले किसानलाई सहुलियत शुल्कमा सहज बनाएको शीतभण्डार सञ्चालक गजुरेलले बताए ।

“आलु उत्पादनको लागि पकेट क्षेत्र मानिएको नुवाकोट र रसुवाका किसानले उत्पादन गरेको आलु शीतभण्डारको अभावले खन्ने वित्तिकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो”, सञ्चालक गजुरेलले भने, “सहुलियत शुल्कमा शीतभण्डारको व्यवस्था भउपछि किसानले भनेको मूल्य पाउने अपेक्षा लिएका छौँ ।”

तेह्र रोपनी क्षेत्रफलमा २५ करोड लागतमा शीतभण्डार निर्माण भएको प्रालिका अध्यक्ष गोपी कँडेलले जानकारी दिए । उनका अनुसार प्रालिको पाँच करोड लागत रहने र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी विसं २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो ।

अठार महिनामा काम सम्पन्न गर्ने गरी १९ करोड ९४ लाखमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रालि आफैँले निर्माण गरेको हो ।

तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले पाँच करोड लगानी थप गरेर शीतभण्डार तयार गरेको जनाइएको छ । निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने प्रालिले जनाएको छ ।

जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु संरक्षणका विषय स्पष्टताका साथ प्रस्तुत गरेकाले भ्रमण फलदायी भएको छ ।

अजरबैजानको बाकुमा भएको उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृतबहादुर राईले ‘हिमालदेखि समुद्रसम्मको एकीकृत भावनाले जलवायु संरक्षण गर्नुपर्छ’ भनी नेपालले उठाउँदै आएका विषयमा भ्रमणबाट थप जोडबल पुगेको स्पष्ट पारे।

“जलवायु वित्त, हानिनोक्सानी र अल्पविकसित देशले भोगिरहेका पीडा कम गर्न विश्व समुदायमाझ प्रविधि र वित्तीय सहायता बढाउनुपर्छ भन्ने नेपालको धारणा उजागर गर्न भ्रमणबाट थप बल पुगेको छ”, उनले भने । हिमालदेखि समुद्रसम्मको सम्बन्धलाई एकीकृत रूपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्व समुदायलाई त्यस बैठकमा सहभागी हुन निमन्त्रणा दिएको प्रवक्ता राईले जानकारी दिए।

राष्ट्रपति पौडेलले सबै पर्वतीय मुलुकको भावनाको प्रतिनिधित्व गर्दै ‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो’ भन्ने कुरालाई हरेक फोरममा उठाएको विषय प्रभावकारी भएको महसुस गरिएको उनको भनाइ छ ।

अजरबैजानमा रहँदा राष्ट्रपति पौडेलले यही कात्तिक २७ गते ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’को उद्घाटन समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेताको हैसियतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले कार्बन उत्सर्जनमा नेपालको नगण्य योगदान भए पनि जलवायु परिवर्तनका कारण सेता हिमाल काला पहाडमा परिणत भएको र नेपाल जलवायुजन्य विपत्को चपेटामा परेको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले नेपालले वनको क्षेत्रफल र स्वच्छ ऊर्जाको उत्पादन तथा आपूर्ति बढाएको एवं अन्य थुप्रै कार्यद्वारा विश्व समुदायको हित र पृथ्वीको रक्षामा योगदान पुर्याएको उल्लेख गरे । नेपालजस्ता जोखिममा रहेका देशको जलवायु परिवर्तनका लागि मुख्य जिम्मेवार विकसित देशले पर्याप्त जलवायु वित्त, प्रविधि र क्षमता विकाससम्बन्धी सहयोग उपलब्ध गराउनुपर्ने विषयमा पनि राष्ट्रपति पौडेलले जोड दिए ।

सोही दिन राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुबीच भेटवार्ता भयो । उक्त भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी हितका आधारमा जलवायु परिवर्तनलगायत मुद्दाहरूमा सहकार्य गर्नेबारेमा विचारविमर्श भएको प्रवक्ता राईले जानकारी दिए ।

राष्ट्रपति पौडेलले कात्तिक २८ गते वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘माउन्टेन एण्ड प्रिलः लस एण्ड ड्यामेज इन द हिमालय’ शीर्षकको एक उच्चस्तरीय कार्यक्रममा सहभागी भई निष्कर्ष वक्तव्य दिएका थिए।

वक्तव्यमा विस्फोट र बाढीजस्ता वातावरणीय विपत्ले जनधनको ठूलो विनाश गरिरहेको उल्लेख गर्दै जलवायु वित्त परिचालन गर्दा नेपालजस्ता देशहरुले प्राथमिकता पाउनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले सोही दिन कीर्गिजस्तानले आयोजना गरेको उच्चस्तरीय बैठकमा पहाडी मुलुक जलवायु परिवर्तनबाट बढी प्रताडित बनेको तथा पहाडबाट व्यापक बसाइँसराइ भइरहेको सन्दर्भमा गरिबी निवारण र वातावरणीय विषयलाई सँगै समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए । उनले जलवायु न्याय र दिगो विकासका लागि हिमाल, मानव र जलवायु अन्तरसम्बन्धलाई विश्वव्यापी छलफलमा मूलप्रवाहीकरण गर्नुपर्ने सुझाव दिए ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेल संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अल्पविकसित राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग गरेको भेटघाटमा सहभागी भए । उक्त भेटमा राष्ट्रपतिले जलवायु परिवर्तनको प्रभावतर्फ कार्बन उत्सर्जन गर्ने विकसित मुलुक पर्याप्त गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै उनीहरूलाई यसमा अझ जिम्मेवार र गम्भीर बनाउन राष्ट्र सङ्घले भूमिका निर्वाह गरोस् भन्ने आग्रह गरे ।

राष्ट्रपति पौडेलले जलवायु सङ्कटको सामना गर्न अल्पविकसित देशलाई ऋण नभई अनुदान उपलब्ध गराउनुपर्ने र यसका लागि राष्ट्र सङ्घबाट यथेष्ट पहलकदमीको अपेक्षा गरे ।

उनले अल्पविकसित तथा विकासोन्मुख देशको मुद्दालाई राष्ट्रसङ्घले प्राथमिकता दिएकामा महासचिव गुटेरेसलाई धन्यवाद दिँदै भेटका क्रममा जलवायु परिवर्तनमा अल्पविकसित देश कारक नभए पनि उनीहरुले यसको दण्ड भोग्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएकाले विकसित मुलुक अझ बढी जिम्मेवार हुनुपर्ने विषय उठाएको प्रवक्ता राईले जानकारी दिए ।

सम्मेलनमा राष्ट्रपति पौडेलले जलवायु वित्त र त्यसमा पनि क्षतिपूर्तिको विषयलाई जोड दिँदै जलवायुजन्य प्रकोपहरूले नेपालमा ठूलो धनजनको नोक्सानी गरिरहेको र विश्वव्यापी तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताए । उनले हिमाल खतरामा पर्दा मानव सभ्यता नै खतरामा पर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको थियो ।

राष्ट्रपति पौडेलले जलवायु न्यायका लागि विकसित देशले विकासशील देशलाई पर्याप्त आर्थिक स्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिँदै कोप–२९ मा यी विषयमा ठोस प्रगतिका लागि आह्वान गरे ।

राष्ट्रपति पौडेलले यही कात्तिक २९ गते अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँगको भेटमा सफलतापूर्वक कोप–२९ सम्मेलन आयोजना गरेकामा धन्यवाद ज्ञापन गरे । सो अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा पनि विचारविमर्श भएको थियो ।

आगामी मङ्सिर ७ गते सम्म चल्ने उक्त सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी विषयगत क्षेत्रमा हुने वार्ता, छलफल र पारित हुने दस्तावेजमा नेपालको राष्ट्रिय हितलाई प्रत्याभूत गर्न वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सक्रिय सहभागिता रहनेसमेत प्रवक्ता राईले जानकारी दिए ।

राष्ट्रपति पौडेल अजरबैजानको बाकु पुग्दा त्यहाँको विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फारिद अहमादोभलगायतका उच्च अधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल अजरबैजानका राष्ट्रपतिको निमन्त्रणामा कोप–२९ सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।