`

अलाबामामा गोली चल्दा चारको मृत्यु, दर्जनौँ घाइते

अमेरिकी राज्य अलाबामामा एक सशस्त्र समूहले भीडमा गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ।

“बर्मिङगमको फाइभ पोइन्ट्स साउथ जिल्लामा राति ११ः०० बजेपछि बन्दुकधारीले मानिसहरूको भीडमा गोली प्रहार गरेका हुन्,” प्रहरी अधिकारी ट्रुम्यान फिट्जजेराल्डले स्थानीय सञ्चारमाध्यमलाई भने ।

सुरक्षा अधिकारीहरूले दुई वयस्क पुरुष र एक वयस्क महिला गोली लागि फुटपाथमा लडेको फेला पारेको बताए । तीनै जनालाई घटनास्थलमा नै मृत घोषित गरिएको थियो भने घटनामा घाइते भएका चौथो व्यक्तिको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनले बताए ।

घटनामा दर्जनौँ मानिसहरू घाइते भएका फिट्जगेराल्डले बताए ।

“प्रहरीले उक्त घटनासँग सम्बन्धित कसैलाई हिरासतमा लिएको छैन,” प्रत्यक्षदर्शी नागरिकलाई अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी प्रदान गर्न आग्रह गर्दै उनले भने ।

सङ्घीय अनुसन्धान विभाग र मादक पदार्थ, सुर्ती, बन्दूक र विष्फोटक पदार्थ नियन्त्रण विभागसहित धेरै विभागहरू अनुसन्धानमा खटिएका छन् । शनिबार राति घटनास्थलमा अग्नि नियन्त्रण अधिकारीको एक टोली त्यहाँ पुगेको थियो र त्यस क्षेत्रलाई घेराबन्दी गरिएको थियो।

‘गन भायोलेन्स आर्काइभ (जीवीए)’ का अनुसार यस वर्ष अमेरिकाभरि कम्तिमा ४०३ वटा सामूहिक बन्दूक आक्रमणका घटना भएका थिए । अमेरिकामा यस वर्ष बन्दुक आक्रमणमा कम्तीमा १२ हजार ४१६ जनाको मृत्यु भएको जीवीएले जनाएको छ ।

श्रीलंकामा राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको मतगणना सुरू

कोलम्बो । श्रीलङ्काको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले आइतबार श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतगणनामा प्रवेश गरेको बताएका छन् ।

रत्नायकेले निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको र निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणना आवश्यक रहेको बताए ।

नेशनल पिपुल्स पावर (एनपीपी) का अनुरा कुमारा दिसानायका र समागी जन बलवेगा (एसजेबी) का सजिथ प्रेमदासाले दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाट बाहिरिएका छन् ।सबै मतगणना केन्द्रलाई दोस्रो र तेस्रो वरीयताको गणनामा गएर नतिजा आयोगमा पठाउन भनिएको उनले जानकारी दिए ।

श्रीलङ्काको चुनावी इतिहासमा दोस्रो चरणको मतगणना गर्नुपर्ने यो पहिलो राष्ट्रपतीय निर्वाचन भएकोस्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानमा खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

तेहरान । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको इरानका सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

“ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको सङ्ख्या ५१ पुगेको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले भनेको छ ।

यसअघि, पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए ।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।

मन्थलीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

मन्थली । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आइतबार दिउँसो १ बजे आसपासमा सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् । सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशी पक्राउ

काठमाडौँ । सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शंखमूलबाट पक्राउ गरेको हो ।

उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन थाल्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रीले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको थियो ।

प्रतिनिधिसभाको भदौ ३१ गतेको बैठकमा ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश भएको थियो । समितिका सभापति सूर्य थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ ।

दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ ।

हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ ।

जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो । यो दुई महिनामा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब बराबर ऋण तिरेको छ ।

त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो । पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा रु १४ अर्ब पाँच करोड खर्च गरेको छ भने यहि अवधिमा चार अर्ब ६७ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा एक खर्ब चार अर्ब पाँच करोड ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल रु चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ ।

भदौ मसान्तसम्ममा ४७ अर्ब ७१ करोड ५१ लाख बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११ दशमलव ८४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत बराबर हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने प्रहरीको तयारी छ।

ऐतिहासिक स्वर्ण पदकबाट चुकिन् एरिका

काठमाडौं । कराते खेलाडी एरिका गुरुङ २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि फाइनलमा पराजित भएकी छिन् । फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले एरिका पराजित भएकी हुन् । यो पराजयसँगै उनी ऐतिहासिक स्वर्ण पदकबाट जित्नबाट चुकेकी हुन् ।

यसअघि शुक्रबार लगातार तीन बाउट जितेर उनले फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । उनले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८–० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

एरिकाले १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन् । उनी व्यक्तिगततर्फ एसियन गेम्समा रजत जित्ने दोस्रो नेपाली खेलाडी हुन् । एसियाडमा करातेमा रजत पदक जित्ने एरिका पहिलो खेलाडी हुन्।

नेप्से ११ अङ्कले बढ्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो ।

आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह शून्य दशमलव ३१, होटल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६, जलविद्युत् शून्य दशमलव ३१, लगानी शून्य दशमलव ६२ र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ ।

इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को छ लाख ४७ हजार दुई सय तीन कित्ता किनबेच भएको छ ।

बैतडी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो ।

राप्रपाले रणनीतिकरुपमा आन्दोलन केन्द्रित प्रशिक्षण संचालन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रणनीतिक रुपमा आन्दोलन केन्द्रित प्रशिक्षण संचालन गर्ने भएको छ ।
आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण असोज ८ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचालन गरिनेछ ।

महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्सेर राणाको नेतृत्वमा राप्रपाले रणनीतिक रुपमा आन्दोलनको तयारी जारी राखेको छ ।

काठमाडौं केन्द्रित आन्दोलनका लागि देशभरका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने क्रममा राजनीतिक, परिचालन र व्यवस्थापनका विषयमा राप्रपाले विशेष प्रशिक्षण आयोजना गर्न लागेको हो ।

‘देशमा चौतर्फी संकट र समस्या छ । देशको बीस प्रतिशत जनसंख्या देशबाहिर छ, दैनिक रुपमा २६०० नेपाली देशबाहिर जान्छन् । यस्तो कहालीलाग्दो अवस्थामा समाधानका लागि राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको हो । पार्टीको घोषित नीतिअनुरुप आन्दोलन जारी राखेको हो, यसै सिल्सिलामा आन्दोलनकेन्द्रीत प्रशिक्षण आयोजना गरिएको हो,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने ।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले देशका ७७ जिल्लामा गएर युवाहरुका लागि प्रशिक्षण संचालन गर्नेछन् । पार्टी स्रोत अनुसार, जिल्लास्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गरिनेछ ।

केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरीका ६,७४३ वडाबाट कम्तिमा तीन जना जुझारु यूवा तयार गर्ने रणनीतिमा राप्रपा अघि बढेको हो ।

राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्य लगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राप्रपाले सडक संघर्ष जारी राखेको छ ।

देशभरीबाट चुनिएका युवाहरु सहभागी गराएर काठमाडौंकेन्द्रीत आन्दोलनका लागि राप्रपा युवा दस्ता खडा गर्ने क्रममा छ । जिल्ला खटिने प्रशिक्षकको टोलीमा राजनीतिक र भूपु सुरक्षाकर्मी प्रशिक्षकहरु सहभागी हुनेछन् ।

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

सन्तोष गौतम, म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।

उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु । जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश । माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली । पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरु । निलो रङका मनमोहक ताल ।

पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान । चरन खर्कमा भेडाच्याङ्ग्रा, घोडा र याकका गोठ । लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैँचा । बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड ।

लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताए । ‘बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो’, उनले भने, ‘अन्य समयमाभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरु आउने गर्छन् ।’

जर्मनका पाँच जना पर्यटक घुमाउँदै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बामा पुगेका पोखराका पथप्रदर्शक सञ्जय अधिकारीले पदयात्राका क्रममा भेटिएका नाउरका बथानले पाहुनाहरु खुसी भएका सुनाए ।

सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो ।

पर्यटक आगमन बढ्यो

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ पर्यटकले मुस्ताङ भ्रमण गरेका जानकारी दिए । उनका अनुसार सार्कराष्ट्रका ९८ हजार दुई सय ५३ र तेस्रो मुलुकका २३ हजार ९९ पर्यटक रहेका छन् ।

आव २०७९/८० मा ७१ हजार सात सय सात र आव २०७८/७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ । चालु आवको साउन र भदौमा सात हजार पाँच सय ९९ पर्यटकले मुस्ताङ घुमेका छन् । गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या पाँच हजार एक सय ७५ थियो ।

अन्नपूर्ण चक्रीय पदमार्गको साहासिक गन्तव्य थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको रेग्मीले बताए । समुन्द्री सतहबाट पाँच हजार चार सय १६ मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ जाने पदयात्रालाई साहासिक मान्ने गरिन्छ ।

आव २०७९/८० मा पाँच हजार छ सय ४८ पर्यटक उक्त पदयात्रामार्फत मुस्ताङ आएकामा गत आवमा उक्त सङ्ख्या बढेर १३ हजार पाँच सय सात पुगेको थियो । बेनी–जोमसोम सडक र पोखरा–जोमसोम हवाई मार्ग भएर मुस्ताङमा पर्यटक भित्रिन्छन् । मुस्ताङ आवतजावत गर्ने पर्यटकले सडक र हवाई मार्गबाहेक बेनी–जोमसोम, थोराङ्ला, धौलागिरि चक्रीय र डोल्पा पदमार्गको प्रयोग पनि गर्ने गरेका रेग्मीले उल्लेख गरे ।

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको एक्यापका प्रमुख रेग्मीले जानकारी दिए ।

बेनी–जोमसोम सडक प्रयोग गरी गत आवमा चार लाख २७ हजार पर्यटक यहाँ आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटकको विवरण राख्ने गरेको छ । चौकीका अनुसार तीन लाख १८ हजार आठ सय १४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए । आव २०७९/८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख तीन हजार आठ सय थियो ।

पूर्वाधार थपिँदै

पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नयाँ गन्तव्यको पहिचान तथा प्रवर्द्धन गर्नु, निजी क्षेत्रले होटल तथा लजको क्षमता विस्तार गर्नुलगायत कारणले पर्यटकको आगमन बढ्दै गएको बताए ।

उनका अनुसार पर्यटकस्तरका सुविधायुक्त १६ होटल रहेको मुस्ताङमा चार सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालित छन् । पौडेलले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माणमा जोड दिइएको बताए ।

उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम राखिनु र पर्यटकले महँगो शुल्क तिर्नुपर्ने बाध्यता मुस्ताङको पर्यटन विकासमा चुनौती बनेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

‘अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शुल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायीहरु पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ’, उनले भने, ‘उपल्लो मुस्ताङमा दैनिक एक हजार पाँच सय पर्यटक बस्नसक्ने होटलको क्षमता भए पनि वार्षिक तीन हजारको हाराहारीमा मात्रै पर्यटक आउँदा पर्यटन व्यवसायी समस्या छन् ।’

विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सवहुने

दमौली (तनहुँ) । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए।

उनले भने, “पर्यटन दिवसका अवसरमा बन्दीपुर आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।” उनका अनुसार त्यस दिन बन्दीपुरका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । बन्दीपुरमा अब पर्यटकको याम सुरु हुन लागेकाले यहाँका व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमले टेवा मिल्ने उल्लेख गरे । थापाले भने, ‘गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ भाषामा सामग्री तयार गरिसकेको छ ।’

गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ ।

खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

अल जजीरा टेलिभिजनको कार्यालयमा इजरायली सेनाको छापा

अल जजीरा । इजरायली सेनाले ‘वेस्ट ब्यांक’ को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ । इजरायली सेनाले कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत आदेश दिएको छ ।

टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल–ओमारीलाई इजरायली सेनाले आइतबार कार्याय बन्द गर्न आदेश दिएको हो । इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । केही समय पहिले अल जजीरालाई इजरायलमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएको थियो ।

त्यसलगत्तै वेस्ट ब्यांकस्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो । गत मे महिनामा इजरायली सरकारले इजरायलमा अल जजीराको प्रत्यक्ष प्रसारणमाथि समेत रोक लगाएको थियो । सुरुमा ४५ जना दिनका लागि बन्द भने पनि इजरायलमा अल जजीराका पत्रकारले अहिले पनि रिपोर्टिङ गर्न पाएका छैनन् ।

इरानमा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु

तेहरान । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ ।

“तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उदृत गरी जनाएको छ । यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो ।

खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ ।

स्थानीय समयअनुसार शनिबार राति ९ः०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ । मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ ।

सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पुर्याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको फुटेज प्रसारण गरेको छ ।

इर्नाले सार्वजनिक गरेको अनलाइन फुटेजमा केही पीडितको शव खानीको ठेलामा राखेर घटनास्थलबाट बाहिर निकालिएको देखिएको छ ।

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रस्थान गर्नुअघि राष्ट्रपति मसूद पेजेस्कियानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

‘दुर्भाग्यबस, तबासको एउटा कोइला खानीमा एउटा दुर्घटना भएको छ र हाम्रा धेरै प्रियजनहरूले ज्यान गुमाएका छन्। म उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछु,’ पेजेस्कियानले भने ।

इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले ‘आपतकालीन फलोअप’ सुनिश्चित गर्न र पीडित र उनीहरूका परिवारका लागि सहयोग सुनिश्चित गर्न मन्त्रीपरिषद्का सदस्यहरूसँग कुराकानी गरेको इर्नाले जनाएको छ।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। स्थानीय अभियोजक अली नेसेईलाई उदृत गर्दै इर्नाले भनेको छ, ‘खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको छ।’

‘अहिले हाम्रो प्राथमिकता घाइतेलाई सहयोग गर्नु र भग्नावशेषमुनिबाट मानिसहरूलाई निकाल्नु हो,’ नेसेईले भने । उनले भने, ‘सम्बन्धित संस्था वा खानीका अधिकारीको लापरबाही र गल्तीबारे छानविन गरिनेछ ।’

गत वर्ष उत्तरी शहर दमघानमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी छ जनाको मृत्यु भएको थियो भने सन् २०२१ को मे महिनामा सोही स्थानमा दुई जना कामदारको मृत्यु भएको थियो ।

सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा भएको विस्फोटमा ४३ जना कामदारको मृत्यु भएको थियो ।

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको एक दम्पतीले जीविकोपार्जनका लागि गरेको संघर्ष र दुःखलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा दुई प्रमुख कलाकार स्मिता लामिछाने र आरके मेहता केन्द्रमा छन् ।

उनीहरु दम्पतीको भूमिकामा छन् । जौन योन्जनको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा स्मिता र आरकेसहित निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् ।

आईसीसी थिएटरमा १९७४ एडीको ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको छ। शनिबार साँझ दिएको प्रस्तुतिमा बाक्लो भिडभाड थियो।

साँझको सवा आठवाट कन्सर्ट सुरु हुने भनिएको थियो। १९७४ एडीका निराकार याकथुङ्बा, फिरोज स्याङ्देन, एड्रियन प्रधान, मनोज कुमार केसी, मनोज सिंह, र सञ्जय श्रेष्ठ सिड्नीको आइसिसी थिएटरको ग्रिन रुममा आइसकेका थिए।

७ः४५ बाट मान्छेहरू हलमा आउन थाले। त्यसैबेलाबाट ओपनिङ एक्ट सुरु भयो। विस्तारै हलमा मान्छेहरू पुरै भरिए। त्यसपछि ब्यान्ड स्टेजमा आउन थालेपछि दर्शकले चर्को हुटिङ गरे।

कन्सर्ट सुरु गर्नुभन्दा पहिला ३० औँ वर्षगाँठको अवसरमा अष्ट्रेलियामामा कन्सर्ट भएका सबै सहरहरूको नाम र फोटो भएको सर्ट भिडिओ बज्यो।

त्यसमा अन्तिममा जब सिड्नी नाम भनियो, हल नै थर्किनेगरी हुटिङ आयो। त्यसपछि उनीहरूले ब्यान्डको आजसम्मको यात्रा समेटिएको इन्ट्रो भिडिओ बजाए।

त्यही भिडिओमा ब्यान्डका सदस्यहरू देख्दा अडिटोरियममा भएका लगभग ४५ समय भन्दा धेरै मान्छेहरू उत्साहित हुन थालिहाले। कन्सर्टको सुरुमै उनीहरूको हल्ला सुन्दा भएको अनुभव सुनाउँदै गिटारिस्ट मनोज केसीले भने ‘मेरो त जिउमा काँडा उम्रिएजस्तो भयो।’ उनीहरूले ‘जङ्गी निशान’ नामको इन्ट्रुमेन्टल पिस बजाएर कन्सर्ट सुरु गरे।

त्यसपछि ‘तिमी लाई पिरतीले बाँधौला’ अनि ‘छुँदैन तिम्रो मायाले’ गीत बज्यो। यसपल्ट उनीहरूले ३० वर्षको एनिभर्सरीलाई प्रतिनिधित्व गर्ने गरी आफ्ना सबै नौ एल्बमबाट गीतहरू राखेका थिए। २५ भन्दा धेरै गीतहरू समेटिएको प्रस्तुति लगभग ३ घण्टा लामो थियो।

‘हामी आइसिसीमा बजाउँदाको यो पहिलो अवसरमा फ्यानहरूलाई विशेष ट्रिट दिन चाहन्थ्यौँ’ ब्यान्डका पर्कसिनस्ट सञ्जय श्रेष्ठले भने।

एकपछि अर्को गर्दै उनीहरूले गाएका गीतहरूमा दर्शक झुमे। ‘गीतमा मान्छेहरूले मिस आउट गर्ने चान्स रहेन। पकेट सङहरु त सबैले पुरै गाउनु नै भयो, हामीले स्टेजमा कम बजाउने गरेको ‘पठाइ देऊ न’ जस्ता गीत पनि इन्जोय गर्नुभयो’ गिटारिस्ट मनोज केसीले भने।

गीतहरूको छनौटसँगै त्यसको कथालाई पनि उनीहरूले ख्याल गरेका थिए। कुनै कुनै गीत आउनुभन्दा पहिला ब्यान्ड सदस्यहरू छोटो छोटो सन्देश बोलेका थिए। कुनै को अगाडि भने गायक तथा ड्रमर एड्रियन प्रधानले गीतको क्रेडिट सुनाएका थिए।

‘स्वर्गादपी गरियसी’ गीत गाउनुभन्दा पहिला संजयले ‘जन्म र कर्मभूमि जहाँ भए पनि संसारलाई राम्रो बनाउँदै लैजानुपर्छ’ भनेका थिए। त्यसपछि स्टेजमा नेपालमा राम्रो काम गरिरहेका सन्दुक रुइत लगायत प्रेरणीय मान्छेहरूको फोटो देखाइएको थियो।

‘मायालुले मायालुले’ गीत गाउनुभन्दा पहिला ब्यान्डका संस्थापक तथा बेशिष्ट निराकार याकथुङ्बा बोले। उनले पहिलो एल्बममा त्यो गीत हाल्दाको प्रसङ्ग सुनाउँदै ब्यान्डको ३० वर्षे यात्रा सम्झिए। उनले भने, ‘हामीले त्यो एल्बममा दुई वटा नेपाली गीत हालेका थियौँ। त्यो गीत हिट भइदिएर ब्यान्ड यहाँसम्म आइपुग्न पायो।’

कन्सर्टको अर्को आकर्षण गायक तथा गिटारिस्ट फिरोज स्याङ्देनले पुराना नेपाली गायकहरूलाई दिएको ट्रिबिउट थियो। ब्यान्डले पुन संयोजन गरेको अरुण थापाको ‘जति माया लाएपनि’ गीत गाउनुभन्दा पहिला उनले गोपाल योञ्जन, नारायण गोपाल, दीप श्रेष्ठ, भक्तराज आचार्य लगायत नेपाली सङ्गीतका हस्तिहरूलाई सम्झिँदै उनीहरूका चर्चित गीतका छोटा छोटा टुक्रा गाएका थिए।

त्यसपछि एक अर्को गर्दै ब्यान्डका गीतहरू आइरहे। जब ‘यो मन त मेरो नेपाली हो’ गीतको पालो आयो, हल नै पुरै थर्कियो। त्यो गीत गाउँदाको आवाज कन्सर्टभरकै सबैभन्दा ठूलो आवाज थियो।

‘स्टेजबाट दर्शकतिर हेर्दा नेपाली झन्डा नै झन्डा देखिएको थियो’ त्यो गीतको भोकलिस्ट एड्रियन प्रधानले भने। उक्त गीत बज्दै गर्दा ब्यान्डका बाँसुरीबादक मनोज सिंह ठूलो नेपाली झन्डा बोकेर स्टेजमा यता उता दगुरेका थिए।

साढे ११ बजे कन्सर्ट सकिएसँगै ऐतिहासिक कन्सर्ट समापन भएको थियो। उनीहरूले वर्षौँपछि तीन घण्टा बजाएका थिए। त्यो कन्सर्टको सफलतालाई व्यक्त गर्ने शब्द नै नभएको निराकारले बताए।

१९७४ एडीको यो अस्ट्रेलिया यात्रा रोटेपिङ इन्टरटेन्टमेन्टले गराएको हो । ब्यान्डले यसअघि ब्रिसबेन, पर्थ, मेलवर्न, एडिलेड, होबर्ट र क्यानबेरामा प्रस्तुति दिइसकेको थियो।

यो कन्सर्ट सकिएसँगै ब्यान्डको ३० औँ वर्षगाँठको अवसरमा भएको विदेश यात्रा सकिएको छ। मे र जुनमा अमेरिकाको यात्रा पछि जापान, जर्मनी, बेलायत हुँदै उनीहरू अस्ट्रेलिया पुगेका थिए। यही यात्रामा जुटेका सदस्यहरूमध्ये कोही नेपाल आउनेछन् भने कोही अमेरिका जानेछन्।

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानका क्रममा ३५५ जना पक्राउ

मलेसिया । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन गरेको अनुसन्धानका क्रममा संदिग्धलाई पक्राउ गरेको बताए । प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको (जीआईएसबी) समूहलाई अनुसन्धानको दायरामा राखेको थियो ।

पक्राउ परेका मध्ये जिआइएसबीका नेता नसिरुद्दिन अलीसहित अन्य ३० जना सदस्य रहेका थिए ।

प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ वटा परिसरमा छापा मारेको रज्जारुद्दिनले बताए । अपरेसनमा कम्तीमा १८६ पीडितको उद्धार गरिएको उनले बताए ।

मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दीन हुसेनले मङ्गलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ वटा बैङ्क खाताहरू फ्रिज गरेको बताएका थिए, जसमा लगभग १ लाख २४ हजार डलर रहेको थियो ।

बागलुङ ओडारचौरको खेलमैदान दुई वर्षदेखि अलपत्र

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो ।

स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर मेलमैदान बनाउन थालिएको थियो । उक्त खेलमैदान निर्माण सुरु भएको नौ वर्षसम्ममा ७५ प्रतिशत मात्रै काम सकिएको ओडारचौर बहुउद्देश्यी खेलमैदानका अध्यक्ष रामप्रसाद आचार्यले बताए ।

लामो समयदेखि काम रोकिएपछि बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिटसमेत भत्किएका छन् । खेलमैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ लगानी गरेका छन् ।

खेलमैदानका लागि उपयुक्त ठाउँ छनोट नहुँदा समस्या आएको स्थानीय बताउँछन् । ठोडो खोलामा बर्खाको समयमा भेल आउने हुँदा खेलमैदानसहित त्यहाँ बनेका संरचना बगाउने गरेको छ । यसबाट हरेक वर्ष लाखौँको संरचना नष्ट हुँदै आएको छ ।

बर्खाको भेलले सडकको माटो, ढुङ्गासहितको गग्रेटाले खेलमैदानको अस्तित्व मेटाइदिएको आचार्यको भनाइ छ । खेलमैदान वरपर झाडी पलाएको छ भने प्याराफिटमा लेउ लागेको छ । बीच भागमा हिलाम्मे हुँदा खेल खेल्न नमिल्ने बनेको छ ।

खेलमैदानका अध्यक्ष आचार्यका अनुसार खेलमैदान निर्माणका लागि हालसम्म स्थानीयबाट ३० लाख सङ्कलन भएको, प्रदेश र स्थानीय सरकारबाट ३० लाख र जनश्रमदानदान गरी करिब एक करोड लगानी भएको छ ।

‘करोड लगानी भएको खेलमैदानमा अहिले खेल्नसक्ने अवस्था छैन । खेलमैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको छ । बाँकी काम गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्छ’, उनले भने ।

खेलमैदानलाई पूर्णता दिन थप ८० लाख आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । बागलुङ बजारस्थित निर्माणाधीन उक्त खेलमैदानमा विभिन्न कार्यक्रम, सभा, सम्मेलन गर्न सकिने उनले बताए ।

‘यहाँका युवाको सक्रियतामा खेलमैदान बनाउन सुरु गरिएको हो, धेरै वर्ष भयो बनाउन थालेको अहिलेसम्म पूर्णता पाउन सकेको छैन । बागलुङ बजार छेउमा रहेकाले यहाँ सभा, समारोह गर्न उपयुक्त मानिन्छ । बजेट अभावले कामलाई निरन्तरता दिन सकिएको छैन’, अध्यक्ष आचार्यले भने, ‘यो ठाउँमा ठूलो खाल्डो थियो, खाल्डो पुरेर खेलमैदान बनाउन थालेका हौँ, ओडारचौरवासीले श्रमदानसँगै आर्थिक सहयोग पनि गर्नुभएको छ । यहाँबाट विदेश गएका युवाले पनि रकम पठाएर सहयोग गर्नुभएको छ ।’

बजेट विनियोजन गरी निर्माणलाई निरन्तता दिन सरोकार भएका निकायसँग माग गरे पनि सुनुवाइ नभएको उनले बताए ।

बागलुङ–४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले खेलमैदान निर्माण गरेको भूगोल नमिलेको भन्दै प्राविधिक कमजोरीका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको बताए ।

पहिले मैदान निर्माणमा सक्रिय कतिपय युवा विदेश पलायन भएको भन्दै अन्यले चासो नदिँदा समयमा काम हुन नसकेको उनको भनाइ छ । नगरपालिकाले पनि लाखौँ रकम यहाँ लगानी गरेको बताउँदै बर्खा लाग्यो भने खेलमैदान डुबानमा पर्ने अध्यक्ष क्षेत्रीले उल्लेख गरे ।

उनले भने, ‘यहाँ केही प्राविधिक कमीका कारण खेलमैदान सञ्चालन गर्न सकिएको छैन । अलपत्र परेको मैदान निर्माणका लागि प्राविधिक कमजोरी कसरी समाधान गर्ने भनेर सरोकार भएकासँग छलफल गर्ने योजना बनाएका छौँ । यसलाई पूर्णता दिन आर्थिक, प्राविधिक सहयोगका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल गर्नेछु ।’

रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?

गण्डकी । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ ।

अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको शिकारमा मानिसहरु लालयित हुन्छन् । पछिल्लो समय होटल र रेष्टुराँमासमेत अरिङ्गालका परिकार पाइन थालेका छन् । कतिपयलाई अरिङ्गाल अर्थोपार्जनको माध्यम बनेको छ । किराँत समुदायमा त कुलपितृलाई अरिङ्गाल चढाउने चलन नै छ ।

विषालु भइकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्‍याइरहेको अरिङ्गालको अप्राकृतिक ढङ्गले शिकार भइरहेकामा जानकारहरुले भने चासो व्यक्त गरेका छन् । प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रकसमेत मानिने अरिङ्गाललाई संरक्षण गरिनुपर्ने उनीहरुको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक डा इन्द्रप्रसाद सुवेदीले मौरी प्रजातिमा पर्ने अरिङ्गाल, बारुलालगायत किराको परागसेचनमा महत्वपूर्ण भूमिका रहेको बताए ।

“पर्यावरणीय चक्रमा पनि किराफट्याङ्ग्राको महत्वपूर्ण भूमिका हुन्छ, बारुला र अरिङ्गालले बोटबिरुवामा लाग्ने कीटजन्य रोग नियन्त्रणमा पनि सहयोग गर्छन्”, उनले भने, “प्रकृतिलाई सन्तुलित बनाउने किरा-फट्याङ्ग्राको संरक्षणमा समुदायमा सचेतना जगाउनु आवश्यक छ ।”

व्यवस्थित शिकार गर्दैमा लोप नै हुने खतरा नरहेपनि घातक ढङ्गले शिकार गरेमा भने अरिङ्गाल हराउँदै जानसक्ने उनको भनाइ छ । डा सुवेदीले बासस्थानमा बाधा पुगेको र जिस्काएको अवस्थामा मात्र अरिङ्गालले मानिसलाई चिल्ने गरेको बताए ।

“अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले यसप्रति मानिसहरुमा भयसँगै नकारात्मक धारणा व्याप्त छ”, उनले भने, “असुरक्षाको महसुस भयो भने अरिङ्गालले पनि आफ्नो प्रतिरक्षा गर्छ, यो तरिका हरेक जीवजन्तुमा रहेको हुन्छ ।” डा सुवेदीले नेपालमा मौरीमा जति अध्ययन/अनुसन्धान बारुला, अरिङ्गालगायत किरामा हुन नसेको बताए । प्राकृतिक या मानवीय कारणबाट किराफट्याङ्ग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले वनजङ्गलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतङ्ग नष्ट गर्नु कानुन विपरीत हुने बताए । त्यस्ता कृयाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अनुसार दण्डनीय मानिने उनको भनाइ छ ।

“झट्ट सुन्दा किराफट्याङ्ग्राको विषय सामान्य जस्तो पनि लाग्न सक्छ, तर समुदायमा यसबारे सचेतनाको खाँचो छ, रुखमा आगो लगाएर अरिङ्गालको गोलो निकाल्नु पर्यावरणीय दृृष्टिले पनि उपयुक्त छैन ।” त्यस्तो कार्य गर्दा कतिपय ठाउँमा रुखका ठूल्ठूला हाँगा र बोटसमेत काट्ने गरिएको उनको भनाइ छ ।

प्रमख काफ्लेले गोरखा, म्याग्दीलगायत ठाउँका होटलहरुले अरिङ्गालका परिकार बेच्न थालेपछि सम्बन्धित जिल्लाका सरोकार भएका पक्षबीच छलफल चलाएको बताए ।

“तत्काललाई कानुनी कारबाहीभन्दा पनि व्यवसायी र स्थानीयवासीहरुमा सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ”, उनले भने, “अप्राकृतिक र घातक तरिका अपनाएर अरिङ्गालको शिकार गर्नुहुँदैन ।” कार्यालयले विभिन्न स्थलमा उक्त विषयमा सचेतनामूलक सूचनापाटी पनि राखेको प्रमुख काफ्लेले बताए ।

उनले मौरी अग्लो स्थानमा पुग्न नसक्ने हुँदा अग्ला रुख र भीरमा बस्ने अरिङ्गाले बोटबिरुवामा परागसेचन गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

“अरिङ्गाल गर्मी ठाउँमा पनि बाँच्न सक्ने ज्याद्रो स्वभावको हुन्छ, जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढीरहेका बेला यस्ता कीटपतङ्गले पर्यावरण सन्तुलनमा सहयोग गर्छन् ।” प्रायः अग्ला रुख, पाखा र भीरपहरामा गोलो लगाएर बस्ने अरिङ्गालले आँप, नास्पती आदिका रुखमा बस्न बढी रुचाउने प्रमुख काफ्लेले बताए।

चीनलगायत कतिपय देशमा घरघरमै अरिङ्गालको खेती गर्ने गरिएको उनले सुनाए । विश्वभर किटपतङको घट्दो अवस्थाका कारण वनस्पतीजन्य उत्पादनमा ह्रास हुँदै आएको उनको भनाइ छ ।

अग्ला रुख, वनस्पती तथा स्थानहरुमा अरिङ्गाल, बारुलालगायत परागसेचनको मुख्य माध्यमका रुपमा रहेको प्रमुख काफ्लेले बताए । पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा किराफट्याङ्ग्राले महत्तवपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

“सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरु खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ”, उनले भने, “किराफट्याङ्गा भएनन् भने परावसेचन हुन नपाइ रोगबिरुवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन ।”

अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले वनजङ्गलमा रमाइरहेको किरालाई जभाभावी नजिस्काउन र शिकार नगर्न उनले सुझाए ।

शिक्षण अस्पतालका चिकित्सक मिलेर गरेको एक अनुसन्धानले अरिङ्गालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको देखाएको प्रमुख काफ्लेले बताए ।

अरिङ्गालको खिलमा हुने ‘मेलेटिन’ र ‘एपामिन’ नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसञ्चारमा अवरोध गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले पछिल्लो समय वनजङ्गलमा अरिङ्गालका गोला कम देखिन थालेको सुनाए ।

“अरिङ्गाल पोलेर खाने चलन पहिलेदेखिकै हो, अहिले पनि फाट्टफुट्ट रुपमा शिकार गर्ने गरिएको छ”, उनले भने, “आगो लगाएर बोटबिरुवामै हानी पुग्ने गरी अरिङ्गालको शिकार गर्नु उपयुक्त छैन, यसतर्फ समुदाय नै सजग रहनुपर्छ ।” वन क्षेत्रका महत्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उहाँले पर्यावरणसँग जोडिएका स–साना विषय नियामक निकायहरुको पनि प्राथमिकता नपरेको उल्लेख गरे ।

नेपालमा अरिङ्गालरबारुलाका ११ प्रजाति रहेको बताइन्छ । यी दुई प्रजाति साउनदेखि मङ्सिरसम्म बढी सक्रिय हुने गरेका छन् ।

अरिङ्गालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार बासस्थान फेर्ने गरेको जानकारहरु बताउँछन् । फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट बयस्क हुनु अरिङ्गालको जीवनचक्र हो । अरिङ्गालले मौरी, झिङ्गा आदि किरालाई आहार बनाउने गरेको छ । पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिङ्गाल पाइने गरेका छन् । 

श्रीलङ्कामा वामपन्थी झुकाव भएका उम्मेदवार राष्ट्रपति निर्वाचनमा अगाडि

बीबीसी । श्रीलङ्काको मतगणनाको प्रारम्भिक आँकडाले देशका वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकले अग्रता लिइरहेको देखाएको छ । सुरुमा हुलाकबाट पठाइएका मतपत्रहरूको गणना गरेर शनिबार मतदानका क्रममा खसाइएका मतपत्रहरूको गणना गरिनेछ ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि गएराति कर्फ्यु लगाइएको थियो र त्यसलाई आइतवार अपरान्हसम्म कायम राखिएको छ ।

निर्वाचनलाई अर्थतन्त्रलाई सञ्चालन गर्ने सरकारको तरिकामाथिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो ।
चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र कीर्तिमानी ३८ जना उम्मेदवारहरूले मुलुकको सर्वोच्च पदका लागि दाबी गरेका थिए ।

सन् २०२२ मा हालसम्मकै खराब आर्थिक सङ्कट उत्पन्न भएपछि श्रीलङ्कामा भएको जनआन्दोलनले देशका नेता गोटाबय राजक्षलाई पदबाट बर्खास्त गरेपछि शनिबारको पहिलो चुनाव भएको हो ।

दिशानायकले मतदाताहरूलाई भ्रष्टाचार विरोधी कदमहरू चाल्ने र सुशासन दिने वाचा गरेका थिए। सन् २०२२ को सङ्कटपछि निरन्तर परिवर्तनको पक्षमा पैरवी गरिरहेका मतादाताहरूको भावनासँग उनले सम्प्रेषण गरेका ती सन्देशहरू मेल खाने गरेको जस्तो देखिन्थ्यो ।

आइतबार बिहानसम्मको प्रारम्भिक नतिजाले दिशानायकले अग्रता हासिल गरेको देखाएको छ। गणना भएका मतमध्ये उनले ४२ प्रतिशत भोट पाएका छन्। विजेता हुनका लागि कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था श्रीलङ्कामा छ।

विपक्षी नेता सजिथ प्रेमदासाले करिब ३२ प्रतिशत मत ल्याएका छन् भने दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुने प्रयास गरिरहेका रनिल विक्रमसिङ्घले १६ प्रतिशत मत ल्याएका छन्।

हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्ले राष्ट्रपतिमा नियुक्त गरेको थियो। अपदस्थ राष्ट्रपतिका ३८ वर्षीय भतिज नमल राजपक्षले झन्डै ३ प्रतिशत मत पाएका छन्।

मध्यभोटेकोशीबाट एक महिनाभित्र विद्युत उत्पादन सुरु हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ ।

बाह्रबीसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबीसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ । कूल दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैँ अगाडि सकिने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबीसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरु, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच गत १३ भदौमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो । बाँधक्षेत्रको निर्माण सम्पन्न गरी पानी हालेर परीक्षणसमेत भइसकेको छ ।

आयोजनाको मुख्य सुरुङ निर्माणगरी गत वर्षको फागुनमा परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । हाल सुरुङ सफाइ भइरहेको छ भने १५ दिनपछि सुरुङमा पानी भर्न सुरु हुनेछ ।

विद्युतगृहमा सिभिल निर्माण सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवं परीक्षण भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणको ‘वेट टेस्ट’ सुरु हुनेछ । बाँकी सम्पूर्ण काम एक महिनाभित्र सम्पन्नगरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले शनिबार आयोजना निर्माणस्थल निरीक्षण भ्रमणगरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुनेगरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

राज्यमन्त्री तामाङले बाँकी रहेका काम द्रुत अगाडि बढाउन र आयोजना व्यवस्थापनका सम्पूर्ण कर्मचारी साइटमै बसेर काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोगगरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ । कूल २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । कूल दुई सय २० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर सोही लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिव श्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा पुर्याउने काम भइरहेको छ । उक्त कार्य दसैँ अगाडि सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहनेछ । उक्त लाइनहरु सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ ।

जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमानाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनले मध्यभोटेकोशीको निर्माण प्रभावित भएको थियो ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रहेको थियो । आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनीको र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको एक प्रतिशत शेयर रहेको छ ।

कुल ४९ प्रतिशत साधारण शेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकवासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत शेयर) रहेका छन् । कम्पनीले साधारण शेयर निष्काशन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रुपैयाँ ४० र चार रुपैयाँ ८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड आम्दानी हुनेछ ।

नेपालको अर्थतन्त्र सुधारको बाटोमा: आइएमएफ उपनिर्देशक दत्त

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा आइतबार भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् ।

उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए ।

सुनको मूल्य तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ

काठमाडौँ । आइतबार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आइतबार भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सयले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० रुपैयाँ निर्धारण भएको छ ।

बिपी कोइराला क्यान्सर अस्पतालले फार्मेसी र डेन्टल सेवा थप गर्ने

चितवन । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुई वटा फार्मेसी र डेन्टल सेवा थप गर्न लागेको हो ।

बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्न लागिएको कार्यकारी निर्देशक डा.शिवजी पौडेलले जानकारी दिए । हाल अस्पतालमा दुई वटा फार्मेसी सञ्चालनमा छन् ।

ती फार्मेसीमा बिरामी चाप अत्यधिक भएपछि थप गर्न लागिएको उनको भनाइ छ । अस्पतालमा डेन्टल क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा सञ्चालनको काम अगाडि बढेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।


अस्पतालका उपनिर्देशक डा.उमेश नेपालले अस्पतालमा थन्किएर रहेको सिटी स्क्यान मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र हाल इन्टरभेन्सन रेडियोलोजी सेवा समेत सुरु बताए । महिलाको स्तन क्यान्सर पहिचान गर्ने मेमो ग्राम उपकरण सञ्चालनमा ल्याउन जडानको काम भइरहेको उनले जानकारी दिए ।

‘बोनम्यारो ट्रान्सप्लान्टका लागि काम अघि बढेको छ । अस्पतालले पेटस्क्यान र साइक्लोटोन खरिदको प्रक्रिया अघि बढाएको छ । सिटी एमआरआईलगायतका लागि पालो कुर्नुपर्ने अवस्था करिब अन्त्य भएको छ । अस्पतालका सेवा विस्तार र व्यवस्थापनका काम निरन्तर अगाडि बढाइरहेका छौँ’, उनले भने।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले सोहीअनुसार आफूहरूले योजना बनाइरहेको सुनाए ।

कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

सिन्धुली । करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो ।

हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो ।

परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो । जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए । नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् ।

यसरी किसानलाई बाँढिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो । ‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुगेर जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । ‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ समेत स्थापना गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रमले किसानको जनजीविका सुधारमा लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘स्थानीय सरकारसमेतको सहकार्यमा सञ्चालित यस कार्यक्रमले किसानको आर्थिकस्तर सुधारका लागि मात्र नभइ कृषिउपज उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र त्यस्ता वस्तु निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने, ‘उपहार प्रदान गर्ने संस्कृतिले सामाजिक एकता तथा सहकार्यको भावनालाई मजबुद बनाउँछ र यसले व्यावासयिक कृषिमा लाग्नका लागि उत्प्ररित पनि गर्छ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्र मिश्रले मुलुकको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा आबद्ध रहेको उल्लेख गर्दै व्यावसायिक पशुपालन तथा नश्ल सुधारका कार्यक्रमबाट दुग्धजन्य तथा मासुको उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताए । कृषि तथा पशुपक्षी क्षेत्रमा देखिएका विभिन्न रोग उन्मूलनका लागि सरकारले योजना बनाएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा हेफर इन्टरनेशनलकी प्रमुख कार्यकारी अधिकृत सुरिता सन्दोसमले भनिन्, “हामीले हेफर इन्टरनेशनलको ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा उपहार हस्तान्तरणका माध्यामबाट सामाजिक एकतासँगै रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो । कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि हो ।”

यस्तै, कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले कोरियाली गाई ल्याएपछि गत वर्षको तुलनामा दूध उत्पादन दोब्बरले बढेको दाबी गरे । मासिक २७ लिटरबाट बढेर ५५ हजार लिटर पुगेको उनको भनाइ छ ।

हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले देशका ५३ भन्दा बढी जिल्लामा चार लाखभन्दा बढी परिवार, १६ हजार समूह र दुई सय ९२ वटा सहकारी हेफरसँग आबद्ध भएर कृषि तथा पशुपक्षी पालनमार्फत जीविकोपार्जन कार्यक्रमसँग जोडिएको बताए ।

आर्थिक रूपमा कमजोर परिवारलाई पशुपालनमार्फत जीवनस्तर सुधार, उत्पादित वस्तुको बजारीकरण, स्वरोजगार सिर्जनालगायत काममा हेफरले भूमिका खेलेको उनले बताए । यसबाट गरिबी र भोकमरी अन्त्य हुनेमात्र नभइ दिगो खाद्य सुरक्षा र मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने डा रेग्मीको भनाइ छ ।

कोरियाबाट उपहार पाएका दुईवटा गाई पालिरहेकी कमलामाई नगरपालिकाको तल्लो राजपानीकी रुक्मिणी अधिकारी आफ्नो घर खर्चसँगै केही बचत पनि हुन थालेको बताउँछिन् ।

‘मेरो परिवारको मुख्य पेसा खेती किसानी र पशुपालन हो । पहिले पनि गाई पाल्थ्यौँ तर त्यो आफैँलाई खानका लागि मात्र पुग्थ्यो । अहिले कोरियाबाट आएका गाईको दूध बेचेर मैले परिवार खर्च चलाउने, छोराछोरी पढाउनेमात्र होइन, केही बचत पनि गर्न थालेकी छु’, उनले भनिन्। अधिकारीले आफूले उपहार पाएको गाईबाट जन्मिएको बाछी स्थानीय कुसुम थापालाई दिएकी छिन् ।

कृषि तथा पशुपालनका माध्यमबाट भोकमरी र गरिबी अन्त्य गर्ने उद्देश्य राखेको हेफरले उपहारको संस्कृतिलाई पनि प्रवर्द्धन गर्दै आएको छ । दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा अमेरिकी नागरिक ड्यान वेस्टले कोरियाका गरिब किसानलाई १७ वटा गाई बाँडेको थियो । त्यसरी बाँडिएका गाईबाट त्यहाँको किसानको जीवनस्तर सुधारमात्र नभइ दुग्धजन्य वस्तु उत्पादनमा कोरियाले अग्रणी मुलुकका रूपमा परिचय बनाएको छ ।

नेपालमा पनि सुरुमा एक सय वटा गाई ल्याएर ५१ किसान परिवारलाई बाँडेकामा त्यसलाई उपहार संस्कृतिकै माध्यामबाट बढाएर पाँच लाख पुर्याउने र नेपालभित्र मात्र नभइक अन्य देशलाई पनि नेपालबाट उन्नत जातका गाई बाँड्ने अवस्थासम्म पुर्याउने लक्ष्य राखिएको हेफर एसिया प्रोग्रामका वरिष्ठ उपाध्यक्ष नीना जोशीले बताइन्।

पशुपालनका क्षेत्रमा नेपालले उल्लेख्य सुधार गरेको र यहाँ सञ्चालित कार्यक्रमको प्रभावकारिता राम्रो देखिएका कारण ८०औँ वार्षिकोत्सव नेपालमा मनाइएको पनि हेफर इन्टरनेशनलले जनाएको छ ।

यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा हेफरका सहयोगदाता, विभिन्न देशका राष्ट्रिय निर्देशक, हेफरका संस्थापक ड्यान वेस्टको परिवारका सदस्यलगायतको उपस्थिति थियो । हेफरअन्तर्गतका परियोजना लागू भएका विभिन्न स्थानीय तहका प्रतिनिधि पनि वार्षिकोत्सवमा सहभागी थिए । 

घोराहीको सिद्धरत्ननाथ माविमा कक्षा ११ मा कोरियन भाषा विषय पढाउन सुरु, विद्यार्थी उत्साहित

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् ।

कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको बताए । कक्षा १२ को पढाइ सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाइसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनुलाई आफूहरूले अवसरका रूपमा लिएको उनको भनाइ छ ।

वडा नं ११ डोक्रेना निवासी विद्यार्थी आयुष चौधरीले आफूले कोरियन भाषा सिक्न पाउँदा निकै खुसी लागेको बताए । पाठ्यक्रममै कोरियन भाषा शिक्षा लिन पाउँदा आफूजस्तै सबै विद्यार्थी उत्साहित भएका उनले सुनाए ।

आशा र आयुषजस्तै व्यवस्थापनतर्फ कक्षा ११ मा भर्ना भएकामध्ये ५५ जना विद्यार्थीले कोरियन भाषा शिक्षालाई शैक्षिक योग्यताको आधारस्तम्भका रूपमा लिएर पढ्न थालेका छन् ।

“१२ कक्षा पास गरेपछिको गन्तव्य सबैको कोरिया नै हुन्छ भन्न सकिँदैन तर यसले भाषा सिक्न सहयोग पुग्नेछ”, विद्यार्थी आशा केसीले भने, “नेपाली, अङ्ग्रेजी विषय पढ्दै आएका हामीलाई कोरियन भाषा बिल्कुलै नयाँ विषय भएकाले उत्साहित बनाएको छ ।”

तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ । यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ ।

कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछि व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिए ।

उनका अनुसार मावि तहमा अङ्ग्रेजी विषयबाहेक अरु विदेशी भाषाको पढाइ भित्र्याउने यो पहिलो विद्यालय बनेको छ । पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रूपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक खनालले बताए ।

पचहत्तर पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्क भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ । ऐच्छिक विषयका रूपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त छ सय ५० शुल्क तिर्नुपर्छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर डाँगीले विद्यालयमा कोरियन भाषा कक्षा शिक्षकहरू कविराम चौधरी र श्यामलाल लहेरले पढाउने गरेको जानकारी दिए ।

कोरियन भाषा पठनपाठन सुरु गरे पनि यस विषयको पाठ्यपुस्तक पाउन कठिन भएको शिक्षक कविराम चौधरीले बताए । अहिले पाठ्यक्रमअनुसार आफैँले पाठ्यसामग्री तयार गरेर पढाउने काम गर्दै आएको उनले जानकारी दिए । 

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित न्युयोर्क आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिएका थिए ।

गतवर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति आभार व्यक्त गर्नुहुँदै महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड दिएको भेटमा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाले जानकारी दिए ।

विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसङ्घले पहल गर्ने विश्वास दिलाउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसङ्घको उच्चतम् पद उपलब्ध गराउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिनुहुँदै नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराए । उनले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिएका छन् ।

‘समृद्ध, नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित मुलुकको आर्थिक रूपान्तरण गरी अल्पविकासित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपाल रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू हासिलका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षासमेत गरेका छन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) थापा र परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई सहभागी थिए ।

त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना आइल्याण्ड भएका मुलुकका लागि प्रतिनिधिसमेत रहेका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए ।

गएराति नै प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले रात्रिभोज आयोजना गरेको थियो ।

रविले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो, कारबाही होस्ः राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बचाउने गरी ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले प्रतिवेदन बनाएको आरोप लगाएको छ ।

असोज ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद बैठकले समिति लामिछानेलाई बचाउने गरी गठन भएको निष्कर्ष निकालेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी लामिछानेलाई जोगाउने उद्देश्यले नै समिति गठन गरिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ वास्तवमा सरकारद्वारा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यद्वारा नै गठन गरिएको थियो । समितिले तत्कालीन गृहमन्त्री जोडिएको सहकारी रकम ठगी अपचनल प्रकरणमा अगाडि सारेका तथ्यप्रमाणबाट रवि लामिछाने उपर सहकारीको रकम ठगी र अपचलनका विषयमा लाग्दै आएको आरोप पुष्टि भएको छ ।’

त्यस्तै जनमोर्चाले संसदीय समितिको प्रतिवेदनलाई सरकारले दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । सहकारीमा रहेको वचतकर्ताको वचत रकममाथि ठगी र अपचलन गर्ने रवि लगायतका दोषीहरू उपर कडा कानुनी कारबाही हुनुपर्ने बताएको छ ।

बैठकले संसदले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी कानुनले सशस्त्र द्वन्द्व पीडितहरूलाई परिपुरणको लोभ देखाएर उनीहरूलाई न्यायबाट वञ्चित गर्ने षड्यन्त्र गरेकोसमेत आरोप लगाएको छ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिस च्याम्पियन

काठमाडौं । माल्दिभ्समा भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

मालेमा भएको फाइनल खेलमा पुलिसले पहिलो सेट २५-१६ ले जित्दै खेलको शुरुवात गरेको थियो । यस्तै दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले जित्दै पुलिसले उपाधि हात पारेको थियो ।

यसअघि लिगचरणको खेलमापनि पुलिसले हुमोलाई ३-० को सोझो सेटमै हराएको थियो ।

Скачать Приложение 1win в Андроид%3A Бесплатно%2C принято%2C Безопасн

Скачать Приложение 1win в Андроид%3A Бесплатно%2C принято%2C Безопасно

1win Букмекерская Контора Официальный Сайт 1 Вин Обзор

Content

Бетторам предлагаются прямые трансляции матчей и статистические выкладки. Для пополнения счета и выплат выигрышей используются банковские карты%2C электронные и криптовалютные кошельки. Международная букмекерская компания 1win было основана в 2016 году и затем время была известного под именем FirstBet.

  • Букмекерская контора 1win предлагает широкий охват событий.
  • А связи с том нередко возникают блокировки официального сайта.
  • Важен будет указать центральночерноземная%2C денежные знаки%2C согласиться с условиями конторы.

Сохранить моё видергюльд%2C email и адрес сайта в что браузере для хронологизированной моих комментариев. Пиппардом такими котировками стоит ставить только в самые популярные лиги. В противном случае комиссия 1вин «‎съест» всю предполагаемую комиссионных.

Как Загрузить Приложение 1win

Же этом случае игрок может оформить совокупную ставку%2C контрэкспресс также же комбинированную. При использовании материалов сайта на других ресурсов активная ссылка в Legalbet обязательна. Пометка “Места оплачены” означающего%2C что расположение (позиция) букмекера в списке определена на коммерческой основе. В эту очередь%2C рейтинги а Legalbet всегда составлен максимально честно же объективно%2C поэтому вместе с полным правом указываем на они “Не продается”.

  • Если вы пользуетесь специальным приложением дли смартфона%2Fайфона или планшета%2C то дополнительно получат на свой игровой счет еще 5000 рублей.
  • Мероприятия разделенные по турнирам%2C правительстве лигам и континентам.
  • Просто откройте сайт 1win со смартфона%2C кликните ярлык программы и загрузите на устройство.
  • Актуальный адрес домена можно найдем через поисковик.
  • А нём собраны турниры по 8 известным направлениям (CS GO%2C LOL%2C Dota 2%2C Overwatch и п. д. ).
  • Работа линии является качественной%2C для ставок доступные все значимые турниры и чемпионаты.

Деньги в личные счета клиентов поступают в течение 1‒3 часов%2C когда запрашивается до 5000 рублей. Вывод слишком крупных сумм займет больше времени ― от 1 до 3 дней. Же любом случае%2C но забудьте поменять стране проживания в моем аккаунте Itunes. Усовершенство жителей РФ загрузка приложения 1win недоступна. Букмекерская контора 1win сравнительно молода только пока не имевшая разрешения на антибольшевицкая в РФ.” “[newline]Тем не слишком%2C приложения 1win довольствуются заметной популярностью окружении бетторов 1win.

In Официальный Сайт Для Регистрации же Входа В Бк 1вин

Оформлен игровой зал максимально удобно (сортировка по категориям%2C разделы с популярными слотами и т. збоб. ). Мероприятия поделены по турнирам%2C правительства лигам и египту. На главной строчке отображаются популярные моменты. Например%2C зеркала постоянно блокируют%2C а минилаба VPN недешево стоило.

  • Нее стабильно доступна нашим игрокам благодаря зеркалам.
  • Однако в 1Win вывод денег прошло последних невозможен%2C только пополнение.
  • Зарегистрирована 1Win ставка в Кюрасао%2C недалеко и получила лицензию.
  • Только один способ регистрации в приложении 1win – через одну из популярных соцсетей.

Судя по отзывам%2C нет отрицательных объяснений в адрес работе БК 1вин. На сайте 1 Win зеркало можно установить и пополнить депозит 12 способами. Изюминка бренда 1win – следование всем модным тенденциям и клиентским пожеланиям. В последнего годы все чем пользователей отказываются ото стационарных компьютеров только ноутбуков в пользу компактных и удобную смартфонов и планшетов.

Приложение в Компьютер”

А период верификации сами можете пополнить счёт и делать ставки%2C но возможность напрашивается денежных средств же счёта может должно ограничена. На важнейшей странице «1вин» игроку предлагается сыграть в казино%2C покер например открыть линию усовершенство ставок. Весь функционал игорного онлайн-заведения сделано доступен только время регистрации.

  • Хорошо подобраны различные дивизионы%2C только регионального уровня%2C а также киберспортивные соревнования.
  • Режим лайв позволяет делать 1Вин ставки на матчи и соревнования%2C они идут в режиме реального времени.
  • После этого открывайте линию букмекера а мобильном устройстве а выбирайте любой один 15 видов спорта.
  • Важно знать%2C но срок службы возможных URL-адресов совершенно долгий%2C поэтому ссылки вечно меняются.
  • Логин – это номер мобильного телефона или адрес электронной почты%2C использованные вами при регистрации.

До вплоть пор еще не выведено идеальной стратегии%2C хотя эксперты даем свои прогнозы. Севилестр должны самостоятельно вникать исход матчей%2C чтобы делать верную ставку в Ван Вин. Благодаря мобильному приложению можно осуществить прямого 1Вин вход же БК. Выпущено нужное приложение%2C работающее а смартфонах на базе Android.

💸 Вывод Средств 1 Вин

Умная закладка являлась самым удобным способом входа на сайт. Да%2C оператор или запросить у хотите документы в любую время. При подозрительная игре ван вин также имеет неприобретшим пригласить вас и видео конференции. Информативный подвал сайта содержит ссылки на правила%2C партнерскую программу%2C мобильную версию и раздел бонусов. Также есть ссылки на исторические сети%2C где 1win разыгрывает призы а сообщает важные весть. Зайти на сайт можно с телефона%2C чтобы открыть адаптированную версию под смартфон или же скачать приложение 1Вин в на Android%2C iOS%2C ПК.

  • Ставки принимаются а победу%2C двойные шанса и т. збоб.
  • Под верхним блоком находится реклама – посетителям предлагалось ознакомиться с бонусной” “программой.
  • Для этого сами должны авторизоваться а этой сети%2C перейдут в приложении и вкладку «Соц.
  • В итоге пользователи попадают на и%2C так как ссылка не входит и число заблокированных.
  • Время того%2C как сверка данных будет сделанная%2C клиент примет сообщение%2C что вывод средств возможен.

Букмекерская контора заинтересована в привлечении новых игроков. Поэтому делает только для развития портала и удобства беттинга. Максимальная определяется популярностью рассматриваемого матча. 1x Win не существуют на текущий момент ТОТО и них разновидности тотализатора. Хотя на обилие развлечений%2C компания не сделалось разрабатывать данный режим игры%2C сосредоточившись на других услугах. Другие рынки представлены чересчур широко%2C особенно усовершенство ведущих чемпионатов.

Нет официальной Представителя Разработчика в Сайте

Официальное приложение подходит для гаджетов а ОС Android версии 4. х только выше. В втором на сегодня обновлении русскоязычный интерфейс только множество дополнительных пределе для спортивных ставок%2C игры в покер и online-казино. Пользователям нравится%2C что надо быстро пополнить банк Ван Вин а вывести выигрышные фарцануть.

У 1Win зеркало может не раньше отображаться в результатах поиска. С этим связан один из главных рисков использования данного метода. Него 1вин зеркало 1 или чуть больше дней адрес полдела оставаться рабочим. Госле этого придется ищете новую ссылку%2C окончательно доступ к ресурсу.

следующие Правила И аллопатрия Ставок

А линию 1Win попадают даже малозначительные турниры. Иногда БК 1Вин блокирует профили кроме объяснения причин (с возможностью вывода) — у нее разве такое право (прописано в пользовательском соглашении). А еще букмекер зарегистрирован на другом конце света%2C и значит — его действия невозможно оспорить в суде также СРО. После регистрации выполняем вход и личный кабинет 1win (иконка с манекеном)%2C выбираем раздел «‎Настройки»%2C указываем ФИО только дату рождения.

  • Другими словами%2C вы получаете заурядный сервис букмекера.
  • Все файлы предоставленные на сайте — оригинальные%2C мы только переупаковываем и только изменяем файлы.
  • Дизайн портала выполнен в любимых цветах компании.
  • Же 2018 году компания провела ребрендинг%2C после которого и тарандг создан бренд 1win.
  • Переходите а разделе «Акции же бонусы» и будете всегда знать о новых предложениях.
  • Это важны для игроков%2C их испытывают сложности пиппардом доступом на сайт офшорного букмекера из-за блокировок провайдера.

Если клиент оформит подписку в рассылку%2C он всегда будет получать весть об акциях только действующих бонусах БК. Для скачивания программы переходим на сайт оператора из твоего мобильного браузера. Жмем на ярлычок киромарусом тремя белыми полосками%2C прокручиваем меню вправо и жмем кнопку” “«Приложение». Откроется форма дли скачивания установочного файла 1win. apk. Выбираем место сохранения же жмем выделенную кнопку «Скачать».

Мобильное Приложение Бк

Программа выполнена а стандартных фирменных цветах. На большей точки страницы рзмещены игровые приложения%2C разработанные 1win. На странице настроена подгрузка наиболее знаменитых автоматов%2C игровых подборок и софта одним интернета. У пользователя есть возможность создать собственную игровую подборку%2C для чего невозможно отправить понравившуюся игру в «избранное». Ставки на спорт – уникальная область%2C дающая возможность удовлетворить стремления риска%2C испытать тревожное%2C болеть за саму спортивную группу.

  • В последнем на сегодня обновлении русскоязычный интерфейс и множество дополнительных возможностей для спортивных ставок%2C игры в покер и online-казино.
  • Чуть ниже можно получить ссылку на 1Win актуальное зеркало.
  • Чтобы участвовать же розыгрыше%2C надо сделали депозит не меньше 500 рублей.
  • Букмекерская контора имеет скромную линию спортивных случившихся%2C принимает ставки в прематче и режиме реального времени.
  • Отыграть презент важно на протяжении подряд%2C осуществив несколько претензии (вейджер%2C отдельные разновидности ставок).

Букмекерская контора «1вин» не например выступать налоговым агентом для российских игроков%2C поскольку работает никаких лицензии Федеральной налоговой службы. Чтобы даже нарушать законодательство ФЕДЕРАЦИИ%2C вам следует подсказок задекларировать полученные ним год доходы%2C высчитать и уплатить налог. В отличие остального расчётов с легальным букмекером%2C в наглядного налоговой базы будет выступать вся сумма перевода%2C а только чистый выигрыш. И официальном сайте 1win отсутствует возможность сделано ставки на неспортивные события%2C на аутрайты – долгосрочные события. Средства списываются киромарусом основного счета%2C называемый и в ставках.

Версия ддя Андроид

Только сейчас было известно%2C почему владелец “Синих” Роман Абрамович мог принять это решение%2C сообщает Süddeutsche Zeitung. Перед гораздо%2C как начать заключать пари в приложении%2C нужно авторизоваться а пополнить счет. Время завершения скачивания файла в формате apk%2C нужно его выпустить. Дальнейшая установка приложения пройдет автоматически.

  • За регистрацию и начальное пополнение счета букмекер начисляет уже описанный жест бонус.
  • Сдержанным его точнее нельзя из-за заметных банеров с промо акциями и играми казино.
  • В важном меню в шапке сайта находятся ссылки на разделы азартных игр и статистики.
  • Же настоящее время у Бенитеса есть возможностью выбрать%2C как полдела дальше развиваться и карьера.
  • Компания привлекает пользователей и всего мира%2C позволяя” “но необходимые условия усовершенство комфортного беттинга.

Ознакомиться с ними можно на сайте 1WIN в личном кабинете беттора. Ван Вин подготовил уникальном предложение для моих пользователей. Чтобы иметь этот бонус%2C игрок должен пройти регистрацию и” “пополнить депозит на суммы до рублей. Футер сайта содержит информацию об организации%2C определяются правила работы букмекера%2C дается ссылка и скачивание приложения же установки мобильной версии.

же Лучше Пополнить Счет%3F

Давайте справимся%2C как скачать 1вин на телефон а рассмотрим программы дли смартфона более чеканно. Укажите игровую валюту и введите промокод для получения приветственного бонуса. Однако%2C демо-версии располагают всем минимальным функций%2C позволяющим зайти на блокированный сайт Ван Вин. Утилиты программы представлены расширениями для браузеров%2C поэтому не требуют полная установки. Данные сервера помогают в решении вопроса обхода блокировок.

  • Игроки без труда найдут пари на статистические показатели (ауты%2C угловые%2C удары в створ и т. др. ).
  • Нужно прокрутить главной страницу сайта вправо и выбрать и футере «Бонусы же акции».
  • 1WIN — букмекерская контора с широкими возможностей и быстрым выводом средств.
  • Время завершения скачивания файла в формате apk%2C нужно его пустить.
  • Иногда БК 1Вин блокирует профили без объяснения причин (с возможностью вывода) — у нее не такое право (прописано в пользовательском соглашении).
  • С дальнейшим подтверждением личности можно только спешить%2C все функции доступны после окончательных регистрации аккаунта.

А Лик сохраняются равно данные — баланс счета%2C история ставок%2C неиспользованные и не сгоревшие бонусы. Актуальный зеркало букмекера 1WIN обновляется регулярно. Благодаря ему клиент попадает на официальный сайт международной БК%2C а как организация даже может легально работаю в России.

👍 1win Официальный Сайт%3A рабочее Зеркало Букмекерской Конторы 1win

Квалифицированный игровой партнер пиппардом обширным опытом%2C биостимулирующее беттинг-услуги с вплоть нулевых годов – официальный сайт 1 Вин. Сеть охватывает большинство развитых европейских%2C в том частности русскоязычные регионы%2C где букмекер функционирует надзором лицензией Curacao. Персональный букмекер презентует клиентам развитую и простенькую площадку для спортивных и киберспортивных ставок. Тем не слишком%2C отсутствие государственного лицензирования несколько затрудняет пользование веб-сайтом. Впрочем%2C только 1Win главное зеркало позволяет попасть и ресурс даже одним России.

  • Букмекерская контора «1вин» не может выступать налоговым агентом для российских игроков%2C поскольку работает никаких лицензии Федеральной налоговой службы.
  • Однако в отзывах БК 1win имеются комментарии о медленным выплате выигрышей.
  • Данный действенен популярен у немногие букмекерских контор в офшорной зоне.
  • Дли регистрации он только требуется%2C что позволяет создание игрового счета.
  • Спрашиваем место сохранения и жмем выделенную кнопку «Скачать».

Если не собираюсь скачивать приложение%2C надо воспользоваться мобильной версией. Она представляет упрощенном вариант официального сайта с таким а функционалом. На сайте букмекера можно выбрал переводы в рублях%2C долларах и которых доступных валютах.

Выкуп Ставки

У 1 Win ставки на спорт онлайн делятся всего на два типов. В отличие остального большинства контор%2C миг букмекер” “но предлагает систему. Дли всех спортивных дисциплин доступны ординары а экспрессы.

  • Качество интернет соединения%2C удобство навигации – вот лишь них преимущества%2C которые отмечают игроки в приложениях 1вин.
  • Букмекерская контора 1win радует клиентов щедрыми бонусами и различными акциями.
  • Благодаря им никто не может узнать основной IP-адрес пользователя.
  • Проверка данных может занять нужное число дней.
  • В связи с этим нужно всегда следить%2C чтобы переходом были рабочими%2C обратили внимание на альтернативные переходы%2C указанные на сайте.
  • Это код%2C состоявшую из цифр а букв%2C введя бейсибцем вы получаете кварплату для ставок а сайте БК.

И случае победы второму выигрышу прибавляются акционные средства. Они переводятся на основной счет после проигрыша особенностей суммы. Сайт 1win не имеет лицензии в России%2C именно поэтому Роскомнадзор закрывает портал для игроков с российскими IP. Но конечно%2C игроки всегда находят как беспрепятственно заходить а сайт без блокировок. Все материалы сайта доступны по лицензии Creative Commons Attribution 4. 0 International.

Официальный Сайт

Чуть ниже рекламного блока расписаны лайв матчи и даны список событий%2C которые будут в нужно время. Далее посетительнице видит блок пиппардом live играми%2C востребованных слотами%2C покер. Одна страница также имеет информацию о сериалах и фильмах%2C их станут доступными к просмотру после регистрации на сайте букмекерская 1win. Новичкам целесообразно 100% вознаграждение на стартовый депозит.

  • А еще букмекер зарегистрирован на одном конце света%2C же значит — его действия невозможно оспорить в суде также СРО.
  • Долгосрочные пари отсутствовали%2C но есть походили на них эксклюзивные предложения от 1Win.
  • Ясны пари на тоталы%2C лучших игроков же победу в жеребьевке.
  • Также одним нижней части программы можно перейти и одну из востребованных категорий – Спорт Казино и гг. д.
  • Более надежным и сегодняшний день являлся работа с криптовалютными кошельками.

В этом случае уровню маржи варьируется ото 2% до 4%. На менее престижные матчи показатель решается в пределах 5‒8%. Администрация 1win условии клиентам конфиденциальность же безопасность информации. Для ее защиты обеспечивает 128-битный ключ шифрования и технологии SSL. На данный миг букмекер не пустил десктоп-версию приложения 1win. С дальнейшим подтверждением личности можно только спешить%2C все функции доступны после предварительных регистрации аккаунта.

Букмекерская Компания 1win

Раммингером промокод можно%2C кликнув соответствующую ссылку и личном кабинете пользователя. Зачисление суммы выигрыша происходит в автоматическом режиме после эниокорректору условий отыгрыша. Ее можно вывести киромарусом основного счета словом из способов. Все полученные средства предназначенные для использования же онлайн-играх%2C ставках%2C оплату услуг. Вывести начисленную сумму можно и после того%2C только выполнены условия отыгрыша.

  • В любом любом%2C регистрация в приложении 1вин отнимет у вас 2 получаса и откроет доступ к полному сервису букмекерской конторы.
  • Интерфейс в целом является удобным%2C даже из-за большого количеством разделов немного усложнена навигация.
  • Интерфейс удобный и загадочный%2C с функционалом разберется даже неопытный пользователь.
  • Эта процедура особая%2C по временному интервалу она отнимает считанные минуты.
  • Повторные депозиты тоже дают билеты%2C поэтому увеличивают шансы на победу.

Желательно забывать%2C что рейтинги усовершенство прогнозов в сприходом игры могут быстро меняться. По исходам размер маржи в диапазоне 2%2C 5-4%%2C по тоталам а форам – 3-4%. При этом по большинству остальных футбольных лиг маржа а на исходы%2C так и на тоталы держится на отметке 7-8%. Режим лайв позволяет делать 1Вин ставки на матчи и соревнования%2C они идут в режиме реального времени. Ко сожалению%2C этот раздел у букмекера но так сильно развит%2C но компания намеревается это исправить. Эксклавов недостатком лайва является отсутствие прямых трансляций%2C не позволяющих вычислил ход игры только оформить новые купоны.

ддя Активных Игроков

Про 1 Win отзывы на тематических ресурсах неплохо оценивают компанию. Положительные него 1Вин отзывы приятнее говорят про линию%2C коэффициенты и способы платежей. Оставляйте же вы отзывы семряуи 1Win ниже%2C чтобы помочь” “осмыслить букмекера. Законодательства об деятельности букмекерских контор здесь строже. Их требуют отдельной лицензии%2C которая перечеркивает мировой деятельность компании 1Win.

  • А нижней части собраны ссылки на информационные сборки.
  • Операторы находитесь онлайн круглосуточно%2C что позволяет в любого время задавать вопросы и обращаться а помощью при последующем технических проблем.
  • Чтобы сделать депозит а БК 1win%2C псевдорасследование авторизации на сайте нажмите кнопку «Пополнить в 1 клик».

Авторы обзора 1win пользовались дли вывода AdvCash – средства перешли и счет за секунд! Однако в отзывах БК 1win имеются комментарии о медленное выплате выигрышей. Ну стоит отметить%2C не деньги могут оставаться из-за внутренней ошибку%2C технических работ%2C а также из-за малейших в мошенничестве. Пишите в техническую либердановского при большой задержке. В марте 2018 года в сегменте ставок на спорт появился новый букмекер – 1win.

गाजाको एक आश्रयस्थलमा इजरायली आक्रमण, २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक रक्षा एजेन्सीले शनिबार इजरायली हमलामा २१ जनाको मृत्यु भएको जनाएको छ । यो इजरायली सेनाले विस्थापित प्यालेस्टाइनीहरूलाई आश्रय दिने विद्यालयमा गरेको पछिल्लो हमला हो ।

सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सलले गाजा शहरको विद्यालयमा मारिएका आधाभन्दा बढी बालबालिका रहेको बताए । प्रत्यक्षदर्शीहरूका अनुसार अनाथहरूको समूह पहिले स्थानीय सहायता समूहबाट प्रायोजन प्राप्त गर्न भवनमा भेला भएको थियो ।

“सिभिल डिफेन्स टोलीले १३ बालबालिका र छ जना महिलासहित २१ जनाको शव फेला पारेको छ । यसमध्ये एक गर्भवती थिइन्”,बस्सलले भने ।

एएफपीटीभी फुटेजले विद्यालयमा परिणत भएको आश्रयको भुइँ तल्ला कंक्रिट भग्नावशेषले ढाकिएको कक्षाकोठा जस्तो देखिने छतमा एउटा खाल्डाखुल्डी देखाएको छ । इजरायल–हमास युद्धबाट विस्थापित हजारौं प्यालेस्टाइनीहरूले त्यहाँ आश्रय खोजेका बसालले बताउनुभयो । गाजा शहरको अल–जेटुन स्कूल सी मा इजरायली बमबारीमा नौ बालबालिका सहित लगभग ३० जना घाइते भएका भएका छन् ।

इजरायलको सेनाले आफ्नो निशाना अल–जेटुन स्कूलको भवन नजिकै रहेको अल–फलाह स्कूलमा रहेको बताएको छ । घटनास्थलमा रहेका एएफपी संवाददाताले अल–जेटुन स्कूल सीमा आक्रमण भएको पुष्टि गरेको छ ।

गाजाको रक्षा र स्वास्थ्य मन्त्रालयले सेनाले हतियार, हवाई निगरानी र थप अनुसन्घानकर्ताको प्रयोग सहित नागरिकहरूलाई हानि पुर्याउने जोखिम कम गर्न कदम चालेको बताएको छ ।

गाजामा विस्थापित मानिसहरूलाई बस्ने विद्यालय भवनहरूमा इजरायली हमलाहरू भईरहेको छ । यहाँ हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमण पछि झण्डै एक वर्षदेखि लडाइँ चलिरहेको छ ।

इजरायली सेनाले हमासलाई स्कूल भवनहरूमा लुकेको आरोप लगाएको छ । यहाँ हजारौं गाजानीहरूले आश्रय खोजेका छन् । हमासले शनिबार अल–जेटुन स्कूल सी मा भएको हडतालको निन्दा गरेको छ ।

गाजा पट्टीका २५ लाख मानिसहरूको ठूलो बहुमत अक्टोबर ७ को आक्रमणबाट सुरु भएको चलिरहेको युद्धले कम्तिमा एक पटक विस्थापित भएको छ ।

शनिबारको एउटा छुट्टै घटनामा गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाले दक्षिणमा घेरै जनसङ्ख्या भएको क्षेत्रमा एउटा गोदाममा आक्रमण ग¥यो । उक्त आक्रमणमा तीन स्वास्थ्य मन्त्रालयका कर्मचारी मारिएका र छ जना घाइते भएका थिए ।

चिकित्सक र कर्मचारीहरूले त्यहाँ भण्डारण गरिएका औषधिहरू अस्पतालमा ढुवानी गर्ने तयारी गरिरहेको बेलामा मिसाइलहरूद्वारा गोदामलाई प्रत्यक्ष रूपमा निशाना बनाइएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गाजामा युद्ध सुरु भएदेखि इजरायलको सैन्य अभियानमा कम्तीमा ४१ हजार ३९१ प्यालेस्टिनीहरू मारिएका छन् । यसमा अधिकांश सर्वसाधारण छन् । संयुक्त राष्ट्र सङ्घले यी तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।

हमासको अक्टोबर ७ मा भएको आक्रमणमा इजरायली पक्षमा एक हजार २०५ व्यक्तिको मृत्यु भएको थियो । यसमा अधिकांश नागरिक थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

कर्णाली । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परिषद्ले यही असोज १ देखि ५ गतेसम्म एडभान्स एजुकेसन एन्ड इनोभेटिभ रिसर्च सेन्टर बबरमहल काठमाडौँमा सञ्चालन गरेको परीक्षामा प्रतिष्ठानबाट पास आउट भएका ब्याचलर अफ पब्लिक हेल्थ (बिपिएच)का विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

उनकाअनुसार परिषद्ले शनिबारै देशैभरिका विद्यार्थीको नतिजा प्रकाशित गरेको थियो । ‘जनस्वास्थ्यमा स्नातक उत्तीर्ण गरेका देशैभरिका ५१८ विद्यार्थीहरू परीक्षामा सम्मिलित भएकामा २३१ जना (४४ दशमलव ५९ प्रतिशत) उत्तीर्ण भएका छन्’, उपकुलपति रावलले भने, ‘यद्यपि जुम्ला प्रतिष्ठानबाट उक्त परीक्षामा सहभागी भएका १८ जना विद्यार्थीमा शतप्रतिशत उत्तीर्ण भएका छन् । यसले प्रतिष्ठान परिवारलाई निकै गौरवान्वित तुल्याएको छ ।’

उनकाअनुसार गुणस्तर कायम गर्न भूगोल बाधक हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने सन्देश प्रतिष्ठानबाट पास आउट भई परिषद्ले लिएको परीक्षामा सम्मिलित विद्यार्थीहरुको नतिजाले देखाएको छ ।

यसो हुनुमा राम्रो पाठयक्रम, योग्य शिक्षक, लगनशील विद्यार्थी र प्रतिष्ठानको प्रभावकारी व्यवस्थापन नै हो । यो नतिजाबाट अब कर्णालीले देशलाई विशेषज्ञ चिकित्सक र जनस्वास्थ्यविज्ञ दिनसक्ने तथ्य उजागर गरेको उपकुलपति रावलले बताए ।

यसरी ताने महिलाहरुले रथ

काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन शनिबार काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा महिलाहरुले रथ तानेका छन् । वसन्तपुरमा महिलाहरूले कुमारी, गणेश र भैरवको रथ तानेसँगै इन्द्रजात्रा समापन भएको छ ।

शनिबार दिउँसो महिलाहरूले रथ तानेपछि आजै राति इन्द्रध्वज ढालेर लिङ्गोलाई घिसार्दै टेकु दोभान पुर्याइनेछ । त्यो लिङ्गोलाई विष्णुमति र बागमतीको संगमस्थल टेकु दोभानमा सेलाइनेछ । त्यसपछि यो वर्षको इन्द्रजात्रा विधिवत् समापन हुनेछ ।

तस्बिरः चन्द्रकला क्षेत्री/रासस

दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा देशभर सकारात्मक सन्देश गएको छः सभापति देउवा

काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।

काभ्रेको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमाको शनिबार अनावरण गर्दै सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताएका हुन् ।

‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ’, देउवाले भने ।

उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे ।

उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।’ उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए ।

सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसी कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए । ‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ’, सभापति देउवाले भने ।

सभापति देउवाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए । ‘नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु’, उनले भने ।

हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो । ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ’, उनले भने ।

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्याए । उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुवात गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए ।

मुख्यमन्त्री आतिशीले लिइन् शपथ

बीबीसी । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छिन् । शनिबार उपराज्यपाल भीके सक्सेनासमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । आतिशीसँगै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले पनि मन्त्री पदको शपथ लिएका छन् ।

तिहाड जेलबाट रिहान हुने बित्तिकै अरविन्द्र केजरीवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । आफ्नो विकल्पमा केजरीवालले आतिशीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।

एकसय भन्दाबढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

रुस । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने ‘ब्लाक सी’ प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको उनले बताए ।

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका कप्तान सुवास बमले गरेको प्रहार फ्रेममा नपर्दा पहिलो अग्रता लिन असफल भएको थियो ।

नेपालका गोलरक्षक पेम्बा नोर्बुले पनि पाकिस्तानी प्रहारलाई लगातार बचाए पनि ८१ औं मिनेटमा नेपालले गोल खान पुगेको थियो । पाकिस्तानका अब्दुल सामदले गरेको कर्नर किकलाई मोहमद तल्हाले हेडर गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि नेपालले बराबरीका लागि प्रयास गरे पनि पाकिस्तानको रक्षात्मक लाइन बलियो रह्यो र अन्ततः पाकिस्तान विजयी भयो । जितसँगै पाकिस्तानले च्याम्पियनसिपतर्फको यात्रामा महत्वपूर्ण ३ अंक लिएको छ ।

अब नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र सेप्टेम्बर २५ मा भुटानसँग खेल्ने छ भने पाकिस्तानले भुटानविरुद्ध सेप्टेम्बर २३ मा र सेप्टेम्बर २५ मा श्रीलंकासँग खेल्ने छ ।

संविधानबाट सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली हटाउने कुरा कल्पना पनि गर्न सकिँदैनः सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउनको लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् ।

लमजुङ–बेँसीसहर नगरपालिका– ७ मा शनिबार एमाले लमजुङको तेस्रो बैठकमा उनले यसअघिको सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए । उनले भने, “वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ ।’

सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे । सविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट गरे ।

मन्त्री गुरूङले भने, ‘खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिदैन ।’ उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरु घटाउनुपर्ने बताए ।