`

बालकको अपहरणपछि हत्या : आफन्तसहित आठ छिमेकी पक्राउ

सिरहा । सिरहामा बालकको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ ।

बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन ।
सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेका थिएनन् । सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।

फिरौती सन्देशमा के छ ?
‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’

सिरहामा फिरौती माग्दै अपहरण गरिएका बालकको हत्या

सिरहा । सिरहामा फिरौती माग्दै अपहरण गरिएका एक बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका सञ्जय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो ।

अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु पनि थिए । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो । घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए । परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुवैमा ५ करोड उल्लेख गरिएको छ । अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेन्ट लागेर मृत्यु भएको थियो । एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।