`

जेनजीलाई गोपाल हमालको आग्रह : भोलि पनि चाहिन्छ, सार्वजनिक सम्पत्ति जोगाऔं

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आन्दोलन सफल भएकोमा जेनजीलाई बधाई दिँदै अब संयमयता अपनाउन अपिल गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर जितेका हमालले जेनजीलाई सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न सुझाव दिएका छन् ।

‘सार्वजनिक सम्पत्ति हामै हुन् । हाम्रै करबाट बनाइएको छ । तपाईहरूले जितिसक्नु भएको छ बधाई दिन चाहन्छु’ सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले भनेका छन्, ‘अब घुसपैठ हुने सम्भावना हुन्छ । तपाइहरूको भोलि चलाउँदा पनि चाहिन्छ यसलाई जोगाउ । अब संयमयता अपनाउ । ’ हिजो जनको क्षति भएको भन्दै आज धनको क्षति भएको मेयर हमालले टिप्पणी गरेका थिए । उनले आजसम्म जे भयो त्यो भइसकेको भन्दै भोलिदेखि शान्तिपूर्ण ढङ्गले अघि बढ्न आह्वान गरेका छन् ।