`

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । आज (सोमबार) देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले बिहान ६ बजे २४ घण्टे बुलेटिन जारी गर्दै मौसम पूर्वानुमानबारे जानकारी गराएको छ ।

आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ । देशका पहाड भूभागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाड भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भेगमा साधारणतया बदली र बाँकी ठाउँमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भू–भागका केही स्थान र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शनिबारका दिन संकटा मन्दिरमा भक्तजन

काठमाडौंको न्यूरोडस्थित संकटा मन्दिरमा शनिबार पूजा आराधना तथा दर्शन गर्न लामवद्ध भक्तजन । शनिबार संकटा मन्दिरमा पूजा एवं दर्शन गरे दशाग्रह कट्ने जनविश्वास रहेको छ । शनिबारका दिन सरकारी कर्मचारी र विद्यार्थीको समेत विदा हुने भएका कारण मन्दिरमा अन्य दिनको भन्दा बढी भीड हुने गर्छ । तस्वीर : हरिराम भेटुवाल / रासस

भद्रकाली मन्दिरमा शनिबारका दिन भक्तजन

काठमाडौँको भद्रकालीस्थित भद्रकाली मन्दिरमा शनिबार पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । अन्य दिन भन्दा शनिबारका दिन यस मन्दिरमा भक्तजनको बढी भीड लाग्ने गर्छ । यो मन्दिर ३६ करोड लागतमा पुन निर्माण गरिएको हो । तस्वीर : हरिराम भेटुवाल /  रासस