`

तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउन डाइभर्सन बनाइँदै

काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण सडकमा लेदो र ढुंगा थुप्रिँदा तीन दिनदेखि राति बन्द बीपी राजमार्ग खुलाउने प्रयास जारी छ ।काभ्रेपलाञ्चोकको रोशी–८ चारसयबेशी र रोशी–१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ ।

सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकाले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन बनाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक कार्कीका अनुसार विभिन्न स्थानको लेदो र पहिरो पन्छाइसकेको भएपनि राजमार्गको चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उक्त स्थानमा अहिले डाइभर्सन बनिरहेको छ ।

बिहीबारदेखि परेको अविरल बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतको स्थानहरूमा ढुङ्गा खस्ने लेदोसहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको थियो ।

लगातारको वर्षाका कारण बिपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

माम्तीको तल्लो भेगमा गत आसोजमा सडक बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेर अवरुद्ध भएको थियो । गत वर्षको असोज १०, ११ र १२ गतेको वर्षाले बिपी राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाईभर्सन निर्माण पश्चात यातायात सुचारु गरेको थियो । उक्त डाईभर्सन पनिअसोज १८ र १९ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत गर्न जापानले दुई अर्ब ६० करोड अनुदान दिने

काठमाडौं । संघीय राजधानी काठमाडौं र पूर्वका जिल्लाहरुलाई जोड्ने बीपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि जापान सरकारले दुई अर्ब ८० करोड जापानी येन (करिब दुई अर्ब ६० करोड नेपाली रुपैयाँ) अनुदान दिने भएको छ । नेपाल सरकार र जापान सरकारबीच बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ । महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म १५९ किलोमिटर बीपी राजमार्गको लम्बाइ छ । यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो । गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए ।

क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मत सम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ अनुदान सहायता प्रदान गरेको हो । अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन् ।

अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहपछि अर्थमन्त्री खनाल र जापान सरकारको तर्फबाट जापानी राजदूत तोरु माएदा र जाइका नेपालको तर्फबाट प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले भनाईहरु राखेका थिए । अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको पनि बताए । जापानी राजदूतले जापानले प्रदान गरेको यो अनुदान सहयोगले वीपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनःस्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।

मन्त्री घिसिङले गरे क्षतिग्रस्त बीपी राजमार्ग अवलोकन {तस्वीरहरु}

रामेछाप । यही भदौ १८ गतेको रोशी खोलाको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन् । बिहीबार बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङ बीपी राजमार्गको अनुगमनमा गएका हुन् । उनले चौकीडाँडा खण्डको अनुगमन गर्दै बाढी पहिरोले बगाएको सडकको अस्थायी ट्रयाक चाँडै तयार गर्न निर्देशन दिएका छन् ।

बाढीले बीपी राजमार्गको करिब चार किलोमिटर सडक बगाएको छ । सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्न लागिएको हो । मन्त्री घिसिङले शुक्रबार साँझसम्म सडकको अस्थायी ट्रयाक तयार गर्न निर्देशन दिएका छन् । संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग चाडपर्वको बेला बन्द हुँदा यात्रीले सास्ती पाउँदै आएका छन् । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।

आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सि बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए । बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।

 

बीपी राजमार्ग अनुगमनका लागि मन्त्री कुलमानसहितको टोली जाँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अवलोकनका लागि आज (बिहीबार) काभ्रे जाँदैछन् ।

बाढी–पहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न घिसिङ काभ्रे जान लागेका हुन् । टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत पनि रहने जनाइएको छ ।

यही असोज १७, १८ र १९ गतेको वर्षा र बाढी–पहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ । कुनै कुनै ठाउँमा पैदल हिँड्ने समेत बाटो नहुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । उनीहरु भिरको पहरो समाउँदै जोखिमपूर्ण तरिकाले हिँडेको फोटो भिडियो हालै सार्वजनिक भएको थियो ।