बीपी राजमार्ग अनुगमनका लागि मन्त्री कुलमानसहितको टोली जाँदै

बिशेष

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अवलोकनका लागि आज (बिहीबार) काभ्रे जाँदैछन् ।
बाढी–पहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न घिसिङ काभ्रे जान लागेका हुन् । टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत पनि रहने जनाइएको छ ।
यही असोज १७, १८ र १९ गतेको वर्षा र बाढी–पहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ । कुनै कुनै ठाउँमा पैदल हिँड्ने समेत बाटो नहुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । उनीहरु भिरको पहरो समाउँदै जोखिमपूर्ण तरिकाले हिँडेको फोटो भिडियो हालै सार्वजनिक भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट