काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । मन्त्रिपरिषद् बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो । बैठकमा विकसित घटना क्रमको समीक्षा गर्दै केही महत्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ ।
यो बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।