`

गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी

Nepal One HD ७ असोज २०८२ १३:२०
प्रमुख खबर

काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत तीन जना सचिवको सरुवा गरेको हो । रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

दुवाडीले तत्कालीन गृहमन्त्री रमेश लेखक जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी पाएका थिए । दुवाडी करिव दुई महिनापछि आगामी मंसिर १० मा ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *