`

मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी–२० श्रृंखला

काठमाडौं । मलेसियाविरुद्ध महिला टी–२० अन्तर्राष्ट्रिय श्रृंखला (सिरिज) नेपालले जितेको छ । पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो । अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् । बलिङमा नेपालकी कविता कुँवर र राजमती ऐरीले ३ विकेट लिए ।

मलेसियाले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं । मलेसियाले अन्तर्राष्ट्रिय महिला ट्वेन्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि १०५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रनको योगफल बनाएको छ । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन्भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।

यो समाचार तयार पारिरहँदासम्म नेपालको लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएका छन् । नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।