मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी–२० श्रृंखला

खेलकुद

काठमाडौं । मलेसियाविरुद्ध महिला टी–२० अन्तर्राष्ट्रिय श्रृंखला (सिरिज) नेपालले जितेको छ । पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो । अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् ।
त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् । बलिङमा नेपालकी कविता कुँवर र राजमती ऐरीले ३ विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट