`

पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडक संचालन

Nepal One HD ३ असार २०८२ १६:३८
प्रमुख खबर

चितवन । पहिरो पन्छाएपछि मुग्लिन नारायणगढ सडक संचालन भएको छ । मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला नजिकै खसेको सुख्खा पहिरो हटाएर अपरान्ह चार बजेपछि यातायात संचालन भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

हाल सवारीसाधन दुईतर्फी आवागमन सुरु भइसकेको कार्यालयले जनाएको छ । आज मध्यान्ह इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *