संसद बैठक बिहीबारसम्मका लागि स्थगित

प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले मंगलबार सूचना टाँसेर बिहीबारसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको हो ।
बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख देवराज घिमिरेले दलहरूलाई बुधबार सहमतिका लागि गृहकार्य गर्न आग्रह गरेक छन् । यसअघि आज दिउँसो २ बजेपछि बसेको बैठक केहीबेरमै आधा घण्टाका लागि स्थगित भएको थियो ।
तोकिएको आधा घण्टामा बैठक चल्न नसकेपछि सूचना टाँस गरेर साढे ४ बजेका लागि सारिएको थियो । तर सदन संचालनका लागि दलहरुबीच सहमति नभएपछि सभामुखले बैठक बिहीबारसम्मका लागि स्थगित गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट