`

फ्रान्समा एकै रातमा ६६७ जना पक्राउ

Nepal One HD १५ असार २०८० १६:५८
विश्व

पेरिस / प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई पक्राउ गरेको हो ।

“हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे। मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे,“ गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन् ।(रासस–एएफपी)


प्रतिक्रिया