`

अशोक बिकको शब्द रचना र समिक्षा अधिकारीको स्वरमा “म मर्छु तिमी बिना” सार्वजनिक

Nepal One HD १७ असार २०८० ११:३३
मनोरञ्जन

काठमाडौं / नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा नयाँ गीत “म मर्छु तिमी बिना” सार्वजनिक भएको छ ।

यस गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ भने अशोक बिकको शब्द, संगीत रहेको छ । २१ स्टुडियो रेकर्ड गरिएको यस गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

अशोक बिकको निर्देशन रहेको गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदीको अभिनय रहेको छ ।

यस गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया