`

टस हारेर आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

Nepal One HD १९ असार २०८० १२:४०
खेलकुद

काठमाडौं / विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि नेपालले आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेपछि आयरल्यान्डका कप्तान एन्डी बलबिर्नीले फिल्डिङको निर्णय गरेका हुन् । खेल नेपाली समयानुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । उक्त खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।


प्रतिक्रिया