नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

खेलकुद

काठमाडौं / एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गर्ने शाहसिक निर्णय लिएको नेपालले मध्ययम प्रदर्शन गर्दै ३९ ओभरमा १७९ रनमा अलआउट हुँदै पाकिस्तान ए लाई १८० रनको लक्ष्य दिएको हो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । १०१ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे । ओपनर कुशल भूर्तेल १ रनमा आउट भएका थिए भने अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । त्यस्तै भीम सार्की शून्य, कप्तान रोहितकुमार पौडेल ४,अर्जुन साउद १७ ,पवन सर्राफ १, गुल्शन झा १३, कुशल मल्ल १७ रनमा आउट हुँदा ललित राजवंशीले १ रन बनाए ।
पाकिस्तानका सहनवाज दहानीले ५ र मुहम्मद वासिमले ४ विकेट लिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट