`

ललितानिवास प्रकरणमा मुख्य दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ

Nepal One HD २९ असार २०८० १५:१०
राजनीति

काठमाडौँ / सांसदहरुले ललितानिवास प्रकरणमा मुख्य दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मीक समयमा उनीहरुले ललितानिवास प्रकरण जग्गा बिक्रि गर्ने मुख्य व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उक्त प्रकरणमा व्यापारी र साना कर्मचारीलाई मात्रै पक्राउ गरिएकाले मुख्य योजनाकारलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाले किन्नेलाई मात्रै नभई जग्गा बिक्री गर्ने मुलहरुमाथि नै कारवाही हुनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै सांसद अमरेशकुमार सिंहले ललितानिवास प्रकरणमा टिप्पणी उठाउने शाखा अधिकृत जेल जाने तर निर्णय गर्ने व्यक्ति भने खुल्ला रुपमा हिड्ने देखिएको बताउनुभयो । उहाले ललितानिवास प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

उहाले दलहरु बसेर भ्रष्टाचार गर्ने तर कर्मचारीहरुलाई फसाउने कामले मुलुकमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने जिकिर गर्नुभयो ।


प्रतिक्रिया