एनपीएल : ९ रनले चुक्यो पोखरा, जनकपुरले निकाल्यो दोस्रो जित
काठमाडौं । एनपीएल अन्तगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ। याे जनकपुरकाे दाेस्राे जित हाे। ३ खेलबाट ४ अंकसहित जनकपुर दाेस्राे स्थानमा समेत उक्लिएकाे छ। लगातार दाेस्राे खेल हारेकाे पाेखरा भने पुछारमा छ।
जनकपुरले दिएकाे १४८ रनको लक्ष्य पछ्याएकाे पाेखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्याे । जसमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। जनकपुरका माेइन अलिले ३, कप्तान हर्मित सिंह र सैफ हसनले २/२ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायाे। जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको याेगदान गरे। तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन्। यस्तै अभिषेश तिवारीले २४ , माेइन अलीले २१ रन बनाए। पाेखराका सकिब अल हसनले ३,चमिका करूणारत्नेले २ विकेट लिए।
