`

तृतराजको अर्धशतकमा जनकपुरद्वारा पोखरालाई १४८ रनको लक्ष्य

Nepal One HD १६ कार्तिक २०८३ १८:४७
खेलकुद

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो ।

जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे । तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन् । यस्तै अभिषेश तिवारीले २४, मोइन अलीले २१ रन बनाए । पोखराका सकिब अल हसनले ३,चमिका करूणारत्नेले २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *