`

कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट

Nepal One HD १६ कार्तिक २०८३ १८:१२
प्रमुख खबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग आज बिदाइ भेटघाट गरेका छन् ।२०७८ साल कात्तिक २५ गते कार्यभार सम्हाल्नुभएका प्रदेश प्रमुख खापुङ यही २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।

बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उनले पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको थियो ।मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनका बीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै संघीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन खेलेको भूमिकाप्रति पनि आभार व्यक्त गरे ।

भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गरेका थिए ।संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *