नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित

खेलकुद

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए सँग ४ विकेटले हारेको छ ।
टस जितेर पहिले ब्याटिङ गर्ने नेपालले कमजोर प्रदर्शन गर्दै ३३ ओभरमा १७९ रन बनाउँदै अल आउट भएको थियो । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । नेपालका ललितनारायण राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले एक विकेट हात पारे ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ र प्रतिश जिसीले २६ रन बनाउन् बाहेन अन्य ब्याटसम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
नेपालले समूहको दोस्रो खेलमा सोमबार भारत एसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट