`

नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

Nepal One HD ३० असार २०८० ९:०३
राजनीति

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । 

शुक्रवारदेखि सुरु भएको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्न लागेको हो । नेताहरूले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नुपरेको हो ।  

माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक शुक्रवारबाट सुरु भएको हो । 

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसद्सहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सोही विषयमा सचिवालयका सदस्यहरूले आ आफ्नो धारणा राखिरहेका छन् । 


प्रतिक्रिया