`

राष्ट्रिय भलिबल टिमका कप्तान थापा बर्खास्त

Nepal One HD ३१ असार २०८० १३:१४
खेलकुद

काठमाडौं / नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।

उनी आर्मी क्लबका खेलाडी पनि हुन् । आर्मी र गण्डकीबीचको खेलमा साेमबार विवादसमेत भएको थियो । आर्मीका खेलाडीले दर्शकमाथि हातपात गरेका थिए । 

दर्शकमाथि भएको कुटपिट घटनाको छानबिन गर्न गठित समितिको सिफारिसमा थापालाई कप्तानबाट हटाइएको संघले जनाएको छ । 


प्रतिक्रिया