`

सहकारीकर्मीसंग छलफल गरेर समस्याको समाधान गर्नुपर्छ :विश्वप्रकाश शर्मा

Nepal One HD ३१ असार २०८० १५:३३
राजनीति

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीसंग छलफल गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरु आन्दोलित भएको अवस्थामा सरकारले उनीहरुसंग छलफल गरेर समस्याको समाधान गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

उहाले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले लामो समयदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।


प्रतिक्रिया