`

वलिकहरुले शुल्क लिदा रसिद पनि नतिर्ने र कर पनि नर्तिने : सांसद् साह

Nepal One HD ३१ असार २०८० १५:५४
राजनीति

काठमाडौं / आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले वकिलहरुले मनपरी शुल्क लिइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शाहले वकिलहरुले मनपरी शुल्क लिने गरेको भन्दै वकिलहरुको न्यूनतम र अधिकतम रकम तोक्नुपर्ने बताए । उहाले वकिलहरुले मुद्दाको ठेक्का लिने गरेको भन्दै मुद्दा हार्यो भने क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उहाले वलिकहरुले शुल्क लिदा रसिद पनि नतिर्ने र कर पनि नर्तिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।


प्रतिक्रिया