`

आज नेपालले भारत ‘ए’ सँग खेल्दै

Nepal One HD १ साउन २०८० ११:१९
खेलकुद

काठमाडौं / एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल भारत ए’सँग खेल्दैछ ।

डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो।

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भएको नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो। इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) छन्।


प्रतिक्रिया