`

नेपालले टस जितेर भारत ए विरुद्ध ब्याटिङ गर्दै

Nepal One HD १ साउन २०८० १४:१३
खेलकुद

काठमाडौं / एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा टस जितेर भारत ‘ए’ विरुद्ध ब्याटिङ गर्दै छ ।

डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुदैँछ ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो। अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएई ‘ए’ सँग खेल्नेछ ।

इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) छन्।


प्रतिक्रिया